Home Blog Page 1309

सरकारका सकारात्मक कामको प्रचार गरौँ : मुख्यमन्त्री पोखरेल

राँझा । प्रदेश नं ५ का मुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं ५ कमिटीका इञ्चार्ज शङ्कर पोखरेलले सरकारका सकारात्मक कामको प्रचार गर्न पार्टीका नेताहरुलाई निर्देशन दिनुभएको छ । बाँकेको कोहलपुरमा आयोजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश ५ को तेस्रो पूर्ण बैठकमा उहाँले स्थानीय सरकारका काममा सहयोग तथा समन्वय गर्न पार्टीको स्थानीय तह कमिटी क्रियाशील हुनुपर्नेमा जोड दिनुभयो ।

सरकारले गरेका राम्रा कामको पार्टी नेता तथा कार्यकर्ताबाटै प्रचारप्रसार गर्नमा कञ्जुस्याइँ भएको भन्दै उहाँले तीनै तहका सरकारले गरेका कामको पार्टी कमिटीले निगरानी र समन्वय गर्दै सफलता हासिल गर्नमा सहयोग गर्न आग्रह गर्नुभयो । “स्थानीय सरकारले गरेका राम्रो कामको सरकारमा नरहेका पार्टीका जिम्मेवार नेताहरुले नै आलोचना गरेर निरुत्साहित पार्ने गतिविधि हुने गरेको पाइएको छ, यो राम्रो होइन”, उहाँले भन्नुभयो । उहाँले पार्टीको केन्द्रीय निर्देशनअनुसार प्रदेश नं ५ का सबै जिल्लामा राजनीतिक अभियान सञ्चालन गरी वैचारिक, राजनीतिक, भावनात्मक एकता सुदृढ गर्दै सरकारका सकारात्मक कामको प्रचार गर्ने र जनसम्बन्ध विस्तार गर्न आग्रह गर्नुभयो ।

बैठकले प्रदेशका लागि तीनमहिने अभियानको खाका तयार गरी फागुनमा जिल्ला तहदेखि तल्लो तहसम्मका पार्टीका बैठक गर्ने, जनसङ्गठन निर्माण गर्ने, चैतमा सर्वसाधारण र कार्यकर्ताबाट सुझाव सङ्कलन गर्ने, तीन तहकै सरकारको कामको समीक्षा गर्ने, प्रचारप्रसार गर्ने र वैशाखमा बृहत् जनसभा गर्ने निर्णय गरेको नेकपा प्रदेश नं ५ का अध्यक्ष ओनसरी घर्तीले जानकारी दिनुभयो । उहाँले प्रदेश नं ५ को प्रशिक्षण र बैठकले पार्टीका नेता, कार्यकर्ता र सदस्यका बीचमा वैचारिक, सङ्गठनात्मक एवं भावनात्मक एकताको विकास गर्ने, केन्द्रीय निकाय एवं विभागको पूर्णता, सबै तहमा पार्टी तथा जनवर्गीय सङ्गठनको एकीकरण, पार्टी सदस्यको एकीकृत अभिलेख र नवीकरण, पार्टी सम्पत्तिको अभिलेख एकीकरणलगायत पार्टी एकताका बाँकी काम सम्पन्न गर्न सम्बन्धित कमिटी तथा निकायलाई सहयोग र सहजीकरण गर्नेजस्ता कार्यमा सघाउ पुगेको दाबी गर्नुभयो ।

साभार : रासस

The post सरकारका सकारात्मक कामको प्रचार गरौँ : मुख्यमन्त्री पोखरेल appeared first on Rajdhani Daily News.

कोठा लिएर बसेको मानव सेवा आश्रमका लागि भवन

पशु स्वास्थ्य शिविर सम्पन्न

बैतडी । बैतडीको सुर्नया गाउँपालिका वडा नं ५, मा आज पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । सुर्नया गाउँपालिकाको आयोजनामा उक्त शिविर सम्पन्न भएको हो । शिविरमा २सय २१ भैसी, १ हजार ३०१ बाख्रा, १सय ५३ गाइगोरु र २ सय कुखुराका लागि परजीवि नियन्त्रण सम्बन्धि औषधि वितरण गरिएको छ ।

शिविरमा किसानहरुलाई विभिन्न रोगका बारेमा जानकारी दिइएको र ती रोगहरुबाट बच्ने उपायका बारेमा समेत जानकारी गराईको छ । गाउँपालिकाको पशु स्वास्थ्य शाखाका पशु स्वास्थ्य प्राविधिक सरदप्रसाद पन्त, विनोद बहादुर चन्द लगायतका कर्मचारीले शिविरमा सेवा दिएका बताईएको छ ।

शिविरको एक कार्यक्रमकाबीच वडा नं ५, का वडा अध्यक्ष केशवबहादुर मडै र सुर्नया गाउँपालिकाका अध्यक्ष बीरबहादुर बिष्टले संयुक्त रुपमा उद्घाटन गरेको स्थानीय सुरेश महराले जानकारी दिए ।

The post पशु स्वास्थ्य शिविर सम्पन्न appeared first on Rajdhani Daily News.

चीनमा ‘वुहान इमरजेन्सी टिम’ले गरेको प्रशंसनीय कार्य (तस्बिरहरु)

दिगो विकास लक्ष्यमा पत्रकारको भूमिका महत्वपूर्ण

पोखरा । गण्डकी प्रदेश नीति तथा योजना आयोग उपाध्यक्ष डा. गिरधारी शर्माले दिगो विकास लक्ष्य प्राप्तिमा सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र नेपाल पत्रकार महासंघ कास्की शाखाको आयोजना तथा नीति तथा योजना आयोग गण्डकी प्रदेश कार्यालयको सहयोगमा भएको दिगो विकास लक्ष्य र सञ्चारकर्मीको भूमिकाविषयक अन्तरक्रियामा बोल्दै शर्माले राजनीतिक मुद्दाभन्दा बढी विकासका विषयमा कलम चलाउन सञ्चारकर्मीलाई आग्रह गरे ।

उनले निजी क्षेत्रले दिगो विकास लक्ष्य प्राप्तिका सरकारको सहयोगीको रुपमा प्रभावकारी भूमिका खेल्न नसकेको बताए । ‘निजी क्षेत्र सुतेर बसेको अवस्था छ’,उनले भने ‘पत्रकार साथिहरुले निजी क्षेत्रलाई दिगो विकास लक्ष्य प्राप्तिमा क्रियाशील हुन सचेत गराउनुपर्छ ।’

कार्यपत्र प्रस्तुत गर्दै उनले दिगो विकास लक्ष्य जनताको जीवनमा संरचनागत परिर्वतन गर्न ल्याइएको विकास एजेण्डा रहेकाले यसको स्थानीयकरण गर्न आवश्यक रहेको बताए ।

दिगो विकास लक्ष्य प्राप्तिका लागि नेपाल सरकारले कुल ४ सय ७९ सूचक तयार गरेकोमा गण्डकी प्रदेश सरकारले १ सय ३९ सूचकलाई उपयुक्त मान्दै सोही अनुरुप योजना बनाइरहेको छ ।

पत्रकार महासंघ केन्द्रिय सदस्य रामकृष्ण ज्ञवालीले सरकारले योजना कागजी रुपमा बनाउने तर पूरा गर्ने बाटोमा हिड्ने काम नगरेका कारण खबरदारी आवश्यक रहेको बताए । उनले राज्यलाई विकास र समृद्ध बनाउन पत्रकारको कलम चल्ने विश्वास व्यक्त गरे ।

इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलले दिगो विकास लक्ष्य प्राप्तिका लागि अबको १० वर्ष नागरिक संघसंस्था, पत्रकारले राज्यलाई सचेत गराउँदै सहयोगी भूमिका खेल्नुपर्ने बताए ।

नेपाल प्रेस युनियन केन्द्रीय उपाध्यक्ष रमेश पौडेलले पत्रकारको अबको ध्यान दिगो विकासका लक्ष्य प्राप्तिमा रहने गरी अगाडि बढ्न आग्रह गरे ।

The post दिगो विकास लक्ष्यमा पत्रकारको भूमिका महत्वपूर्ण appeared first on Rajdhani Daily News.

संसदको नियन्त्रणमा रहने राजसंस्था कायम गर्न राजेन्द्र लिङ्देनकाे प्रस्ताव

निःशुल्क खाना अभियानले होटल सुकाए पछि…

अमर काफ्ले इनरुवा, ०५ फागुन । ५७ टोलीका युवाहरुले थालेको निःशुल्क खाना खुवाउने अभियान गरिब, दुखी र असहायका हकमा राहत प्याकेज बनेपनि स्थानीय होटल व्यवसायीकालागि भने टाउको दुखाईको विषय बन्न पुग्यो । युवाहरुको पहलमा बसचोकमा टेण्ट नै गाडेर निःशुल्क खाना अभियान थालिएको थियो । उक्त अभियान यतिबेला भने सो स्थानबाट अलि पर सारिएको छ । […]

कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या तीन हजार नाघ्यो

एक किराना पसलको गोदाममा आगलागी हुँदा ५० लाख भन्दा बढी क्षति

इरफान अली वीरगंज ५ फागुन । वीरगञ्ज महानगरपालिकाको वडा नं ८ माईस्थानमा एक किराना पसलको गोदाममा विद्युत सर्टबाट आगलागी हुँदा लाखौं मूल्य बराबरको क्षति भएको छ । आगलगीबाट वीरगञ्जको व्यपारी सञ्जय साहको बिटु किराना नामक पसलमा लाखौको सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । गोदाम भित्र भारी मात्रामा तेल, घ्यूँ, जस्ता तरल पदार्थ बढी […]

शिक्षकहरुको आन्दोलनले भोजपुर क्याम्पसको पठनपाठन ठप्प

‘ढिलै भएनि सरकारले ल्याइदियो, त्यही ठूलो कुरो हो’

चीनको हुबेई प्रान्तमा कोरोना भाइरसको प्रकोप फैलिन थालेपछि विभिन्न मुलुकले विशेष विमान ल्याएर त्यहाँ रहेका आफ्ना नागरिकलाई फिर्ता लैजान थाले।

हुबेईको राजधानी सहर वुहानका बजार, कलेज, यातायात ठप्प भए। सुनसान बनेको सहरमा भाइरस संक्रमणको त्रास फैलिएपछि त्यहाँ रहेका नेपालीले पनि उद्धारका लागि आह्वान गर्न थाले।

उता छोराछोरीले वुहानबाट निकाल्न आह्वान गरिरहँदा यता नेपालमा रहेका तिनका अभिभावक पनि स्वास्थ्य मन्त्रालयलगायत सरकारी अड्डा धाउन थाले।

त्यसरी धाउनेमध्येका एक हुन् धनुषाका रामपल्टन साह। वुहानमा अध्ययनरत छोरा चन्द्रभूषण यादवलाई नेपाल ल्याइदिन भन्दै उनले काठमाडौंमा १५ दिनसम्म सरकारी निकाय र विपक्षी दलका नेताका दैलो चाहारे।

‘डेलिगेसन लिएर सरकारकोमा गयौँ। विपक्षी दलका नेता शेरबहादुर देउवाजी कहाँ गयौँ,’ रामपल्टनले भने, ‘बल्लबल्ल यत्रो संघर्ष गरेर छोरा नेपाल आयो त्यो खुसीको कुरो हो।’

वुहान युनिभर्सिटी अफ टेक्नोलोजीमा अध्ययन गर्ने चन्द्रभूषण यादव बस्ने ७ तल्ले होस्टेलमा कोराना संक्रमण फैलनुअघि विभिन्न देशका १ सय ५० जना विद्यार्थी थिए। तर, प्रकोप फैलिँदै गएपछि होस्टेल रित्तिएको थियो।

होस्टेलको छैठौँ तल्लामा १५ कोठा थिए। शनिबार नेपाल फर्किनेबेलामा सो तल्लाका उनी एक्लो बासिन्दा थिए।

‘मेरा लागि होस्टल नै जेल जस्तो भइसकेको छ। एक्लै बस्दा निकै डर लागेको छ,’ वुहानबाट अघिल्लो साता चन्द्रभुषणले आफ्नो अनुभव सुनाएका थिए।

छोराको त्रासबारे सुनेर बुबा रामपल्टन निकै चिन्तित बनेका थिए। तर, अरु एक सय ७४ जनासहित चन्द्रभुषण पनि नेपाल आइपुगेपछि रामपल्टन ढुक्क भएका छन्।

‘जे होस् देरै सही दुरुस्तै ल्याइदियो, त्यही ठूलो कुरो हो,’ रामपल्टन भन्छन्, ‘मेरो छोरामात्रै होइन, जतिलाई सरकारले ल्यायो, त्यही ठूलो कुरो हो। सबै त मेरो छोरासरह हुन्।’

छोराले क्वारेन्टाइनमा सबै सुविधा राम्रो भएको भनेपछि उनको मन हलुंगो भएको छ। अब १४ दिन कहिले बित्ला र छोरालाई भेटौंला भन्ने हतारो उनलाई छ।

‘छोरासँग फोनमा कुरा भएको थियो। त्यहाँ(क्वारेन्टाइन) सबै व्यवस्था ठिकै छ भन्यो। अब १४ दिन बितेपछि भेट्छु,’ रामपल्टनले भने।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता सागर दाहालका अनुसार नेपाली सेनाका चिकित्सक नवीन फुयाँलको नेतृत्वमा क्वारेन्टाइनमा ५० जना स्वास्थ्यकर्मीहरु खटिएका छन्।

रामपल्टनले खतरनाक भाइरससँग नडराई फर्केकाहरुको रेखदेखमा खटिने स्वास्थ्यकर्मीको प्रशंसा गरे।

‘जति स्वास्थ्यकर्मीहरु त्यहाँ छन्, म सबैलाई धन्यवाद दिन चाहन्छु। भगवानले पनि उनीहरुको रक्षा गरुन्,’ उनले भने।

614A9508.jpg

चीनको वुहानमै कृषिमा स्नातकोत्तर अध्ययनरत सौरभ लुइँटेलका बुबा यशोदाप्रसाद पनि छोरो बसेकै सहर ठप्प भएपछि बेचैन बनेका थिए।

सुरुका दिनमा सरकारी निकाय धाउँदा पनि कुनै सकरात्मक नतिजा नआएपछि उनी आत्तिन थालेका थिए। आइतबार छोरा विमानस्थलमा ओर्लिंदा उनलाई छोरा घरैमा पुगेजस्तो लागेको छ।

‘सुरुमा सरकार जनताप्रति जिम्मेवार नै नभएको महसुस गरेका थियौं,’ यशोदाप्रसादले भने, ‘हिजो विमानस्थल पुग्दा घरमै आइपुगेको जस्तो महसुस भएको छ। हामी फोनमा कुराकानी गरिरहेका छौँ। आफ्नो देश भनेको आफ्नै हो। ढिलै भएपनि सरकारले सकुशल ल्याइदिएकोमा धन्यवाद दिन चाहन्छौं।’

घरबाट मगाउन पाइन्छ अत्यावश्यक सामान
खरिपाटीस्थित क्वारेन्टाइनमा अत्यावश्यक सामान घरबाट मगाउन मिल्ने व्यवस्था गरिएको थियो। क्वारेन्टाइनमा रहेका विद्यार्थीहरुले घरबाट खानेकुरा बाहेक अन्य अत्यावश्यक सामान ल्याउन दिइएको छ।

‘खानाबाहेक आवश्यक सिमकार्ड, किताब, लत्ताकपडा, औषधिहरु ल्याउन दिइएको छ,’ क्वारेन्टाइनमा रहेका विधार्थी सन्दीप उप्रेतीले बताए।

काठमाडौंमा घर हुने विद्यार्थीले आफ्ना अभिभावकलाई आवश्यक सामाग्रीहरु फोनबाटै मगाउने गर्छन्। अभिभावकले गेटमा क्वारेन्टाइनका मान्छेलाई दिने गरेका छन्। क्वारेन्टाइनका मान्छेहरुले चेकजाँच पश्चात सम्बन्धित विधार्थीलाई ती सामग्री दिने व्यवस्था गरिएको क्वारेन्टाइनमा रहेका अर्का विद्यार्थी अशोक साहले बताए। 

सभामुखद्वारा पेट्रोलियम पदार्थमा कर वृद्धिको विषयमा सदनलाई जानकारी गराउन निर्देशन

१५ महिनापछि बागमती प्रदेशको भौतिक पुर्वाधार मन्त्रालयले मन्त्री पायो

मन्त्री फुयाँलद्वारा सपथग्रहण

चुरे मकवानपुर । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले १५ महिना पछि मन्त्री पाएको छ । २०७५ कार्तिक १६ गते तत्कालिन भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापितलाई वर्खास्त गरेपछि रिक्त रहेको मन्त्रालयले नेकपा बागमती प्रदेशका प्रमुख सचेतक रामेश्वर फुयाँल लाई मन्त्रीको रुपमा पाएको हो ।

मुख्यमन्त्री डोरमणी पौडेलले बागमती गत माघ २९ गते भौतिक पुर्वाधार विकास मन्त्रीमा नियुक्त गरेका फुँयालले ६ दिनपछि सोमबार पद तथा गोपनियताको सपथ लिए । नेपालको संविधानमा भएको व्यवस्था अनुसार फुँयाललाई प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईले मुख्यमन्त्री पौडेलको उपस्थितीमा पद तथा गोपनीयताको सपथ गराएका हुन् ।

मुख्यमन्त्री पौडेलले आफ्नो मन्त्रिपरिषद्मा फुँयाललाई नियुक्त गरे पछी सपथ ग्रहण लगत्तै उनले सोमबार नै मन्त्रालयमा पदभार ग्रहण गरेका छन् । मुख्यमन्त्री पौडेलले केशव स्थापीतलाई भौतिक पूर्वाधार विकास मन्त्री पदबाट बर्खास्त गरेपछि यो मन्त्रालय आफै मातहतमा राखेका थिए । विकास निर्माणको मुख्य जिम्मेवारी रहेको यो मन्त्रालयमा मुख्यमन्त्रीले पर्याप्त समय दिन नसकेकै कारण मन्त्रालयले बजेट खर्च हुन नसकेको वताइएको थियो ।

सपथग्रहणपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै मन्त्री फुयाँलले चुनौतिका बीचमा भौतिक पूर्वाधारको जिम्मा पाएपनि जनतालाई विकासको अनुभूति दिलाउने गरी काम गर्ने बताए । प्रदेशको राजधानीबाट देशको केन्द्रिय राजधानी जोड्ने कठिन सडक सञ्जाललाई सहज बनाउन पहिलो काम भिमफेदी–कुलेखानी सुरुङमार्गबाट थाल्ने मन्त्री फुँयालले प्रतिबद्धता व्यक्त गरे ।

भौतीक पुर्वाधार विकास मन्त्रीमा नियुक्त भएको फुयाँल काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ को २ बाट प्रदेश सभामा निर्वाचीत सदस्य हुन् । सपथ ग्रहण समारोहमा मुख्यमन्त्री डोरमणि पौडेल,सभामुख सानुकुमार श्रेष्ठ, आन्तरिक मामलिा तथा कानून मन्त्री शालीकराम जम्मकट्टेल, कृषी तथा सहकारी मन्त्री दावा दोर्जे लामा, सामजिक विकास मन्त्री युवराज दुलाल लगायतकाने उपस्थिती थियो ।

नव नियुक्त भौतिक पूर्वाधार मन्त्री फुँयाल को हुन ?

काठमाडौं जिल्लाको तत्कालिन आलापोट गाविस हाल कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर २ घर भएका रामेश्वर फुँयाल सरकारी जागिरमा प्रवेश गरेको थिए । गिरिजा प्रसाद कोइरालाको प्रधानमन्त्रीको कार्य कायलमा सकारी कर्मचारीले आन्दोलन गरे पछी २०४९ साल बैशाख १७ गते तत्कालिन सरकारले कर्मचारीमा रहेर आन्दोलन गरेको भन्दै वर्खास्थ गरेको अन्य कर्मचारी सँगै फुँयाल समेत वर्खास्त परेका थिए ।

२०३८ साल चैत २९ गते वैदार पदबाट सरकारी जागिर सुरु गर्नुभएका रामेश्वर फुयाल मुखिया, खरिदार, नायव सुव्वा हुँदै शाखा अधिकृतका रुपमा नाम निकाल्न सफल हुनुभएको थियो । २०४४ सालमा वढा लेखापाल र शाखा अधिकृत पदमा एकैपटक नाम निकाले पनि कर्मचारी आन्दोलनमा लागेकै कारण सरकारी जागिर खान पाएनन् ।

गाउँपालिका अध्यक्ष, सांसद हुँदै मन्त्रीसम्म

रामेश्वर फुयाल राजनीतिक क्षेत्रमा गाउँपालिका अध्यक्ष, सभासद, सांसद हुँदै यो पहिलोपटक मन्त्री वनेका हुन । २०४९ सालमा काठमाडौको आलापोट गाविसको अध्यक्ष पदमा निर्वाचित भएका उनी २०५४ सालको गाविसको चुनावमा पनि अध्यक्षमा निर्वाचित भएका थिए । गाविस अध्यक्ष हँदै काठमाडौं जिल्ला विकास समितिको उपसभापतिमा निर्वाचित भएका हुन।

२०६४ सालको संबिधानसभाको चुनाबमा भने काठमाडौ निर्वाचर क्षेत्र नम्बर ३ बाट उहाँ पराजित भए । दोस्रो संविधानसभाको निर्वाचन २०७० को चुनावमा भने उनी सोही क्षेत्रबाट निर्वाचित भई संविधान लेख्ने थलोमा प्रवेश गरेको थिए । त्यसैगरी २०७४ सालको प्रदेशसभाको चुनावमा काठमाडौ निर्वाचन क्षेत्र नम्बर ३ प्रदेशसभा निर्वाचन क्षेत्र २ बाट फुँयाल निर्वाचित भएको हुन् । त्यसपछी तत्कालिन एमालेको बागमती प्रदेशको प्रमुख सचेतक, नेकपा एमाले र नेकपा माओवादी पार्टी एक भएपछी बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रमुख सचेतकका रुपमा काम गरेका हुन ।

२०३६ सालमा विद्यार्थी राजनीतिदेखि पार्टीको केन्द्रीय सदस्यसम्म

२०३६ सालदेखि विद्यार्थी राजनीतिमा लाग्नुभएका रामेश्वर फुयालको
राजनीतिक यात्रा धेरै लामो छ । त्यतीवेला अनेरास्ववियुमा लाग्नुभएका फुयाल २०४१ सालमा तत्कालिन एमालेको सदस्य भएका थिए । उनले २०४३ सालदेखि जिल्ला तहको संगठनमा वसेर काम गरेका थिए । २०४७ सालमा काठमाडौ जिल्ला कमिटीको एमालेको उपसचिवका रुपमा काम गरेका हुन । २०५४ साल फागुन २१ गतेदेखी काठमाडौ जिल्ला कमिटीको सचिवका रुपमा काम समेत गरेको छन् । लगातार २०६६ साल सम्म तत्कालिन एमालेको जिल्ला सचिवका रुपमा रहेर काम गरे । पार्टीको आठौ राष्ट्रिय महाधिवेशनपछि २०६५ सालमा केन्द्रीय सदस्यका रुपमा निर्वाचित भएका थिए ।

जनपरिचालनमा फुयालको दख्खल

रामेश्वर फुयालको विशेषगरी पार्टीमा जनपरिचालनमा विशेष दख्खल रहेको छ । सामाजिक अभियानताका रुपमा समेत काम गर्दै आएका फुयाँल को पार्टीमा जिम्मेवारी पनि त्यसैगरी समाल्दै आएका छन् ।

The post १५ महिनापछि बागमती प्रदेशको भौतिक पुर्वाधार मन्त्रालयले मन्त्री पायो appeared first on Rajdhani Daily News.

क्वारेन्टाइनमा राखिएका कसैलाई पनि कोरोना नभएको पुष्टि, आजै घर जान पाउने

क्यामरूनको ‘सामूहिक हत्या’ दूर्भाग्यपूर्ण : सेना

याउन्डे । अफ्रिकी मुलुक क्यामरुनको तनावग्रस्त एङ्लोफोन क्षेत्रका गाउँलेहरू एउटा ‘दुर्भाग्यपूर्ण दुर्घटनामा’ मारिएका यहाँको सेनाले सोमबार एएफपीलाई बताएको छ ।

अफ्रिकी देश क्यामरुनमा एक गाउँमा भएको आक्रमणमा १४ बालबालिका, केही महिलासहित २२ जनाको गत शुक्रबार सामूहिक हत्या भएकोप्रति राष्ट्रसङ्घले चासो व्यक्त गरेको छ । राष्ट्रसङ्घले घटनाबारे वास्तविकता बाहिर ल्याउन क्यामरून सरकारलाई आग्रह पनि गरेको छ । राष्ट्रसङ्घले मृतकका आपन्तजनप्रति समवेदना प्रकट गरेको छ । मारिनेमा पाँच वर्षमुनिका नौ बालबालिका रहेको संयुक्त राष्ट्रसङ्घको मानवीय सहायता संगठन ओसिएचएका अधिकारी जेम्स नुनानले बताउनुभएको छ ।

घटनापछि स्थानीय बासिन्दा त्रसित भएको उहाँले बताउनुभयो । क्यामरुनको विपक्षी पार्टीले घटनामा आर्मी सम्लग्न रहेको आरोप लगाएको छ । क्यामरुनको सरकारले देशको उत्तर–पश्चिमी क्षेत्रमा सक्रिय रहेका विखण्डनकारीविरुद्ध विगत तीन वर्षदेखि कारवाही अभियान सञ्चालन गरिरहेको छ ।

सरकारले अहिलेसम्म घटनाबारे कुनै टिप्पणी गरेको छैन तर सोमबार सेनाका प्रवक्ता कर्नल सिरिल एटनफेक गुएमोले उक्त आरोपलाई ‘गलत दावी’ भनेका छन् । सेनाको अनुसन्धानले घटनालाई ‘दुर्भाग्यपूर्ण दुर्घटना’ बताएको छ भने यसलाई पृथकतावादी समूहसँगको गोलीबारीको क्रममा ईन्धनको विस्फोट हुँदा भएको एएफपीलाई फोनमा बताउनुभयो । उनले घटनामा मारिनेमा एक महिला र चार बच्चाहरुसहित पाँचजना सर्बसाधारण रहेको र सात आतङ्ककारी मारिएको बताएका छन् ।

The post क्यामरूनको ‘सामूहिक हत्या’ दूर्भाग्यपूर्ण : सेना appeared first on Rajdhani Daily News.

भारतमा दुई जनालाई कोरोना भाइरस

पतिको उपचारका लागि भारतकी एक महिला जब खाली खुट्टै दौडिइन

एजेन्सी, ५ फागुन । आफ्ना जीवन साथीका लागि तपाई के सम्म गर्न सक्नुहुन्छ ? भारतकी एक ६५ वर्षीया महिलाले आफ्ना पतिका लागि के सम्म गरिनन् ? उनी पतिको ज्यान जोगाउन खाली खुट्टै दौडिइन पनि । गत तीन वर्षदेखि उनी महाराष्ट्र राज्यमा आयोजित तीन किलोमिटर दौड प्रतियोगिता सहभागी हुँदै र विजयी बन्दै आएकी छन् । प्रतियोगितामा […]

कोरोनाको आशंकामा भर्ना गरिएका ४ जनाको रिपोर्ट साँझसम्म आउने

३०प्याकेट ब्राउन सुगरसहित दुई युवक नियन्त्रणमा

दिलिपकुमार सहनी सिरहा , ५ फागुन । सिरहाको गोलबजार नगरपालिका चोहर्वाबाट ३० प्याकेट ब्राउन सुगरसहित दुई युवकलाई सिरहा प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिएकाहरु गोलबजार नगरपालिका–७ बस्ने २४ वर्षीय कृष्णा यादव र सोही नगरपालिका(४ बस्ने २२ वर्षीय प्रवेश महतो रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहा मातहात अन्तरर्गतका इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले […]

अर्थमन्त्री खतिवडाले निरन्तरता पाउने हल्लाले सेयर बजारमा पहिरो