Home Blog Page 1307

सरकारका दुई वर्ष

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा सरकार गठन भएको दुई वर्ष पूरा भएको छ । सोही अवसरमा प्रधानमन्त्री ओलीले फागुन ३ गते प्रतिनिधिसभा बैठकमा सम्बोधन गरे । सम्बोधनमा उनले मुलुकमा राजनीतिक स्थायित्व भएको र सकारात्मक संकेत देखिएको बताए । आफू नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको सरकारले सत्ता सञ्चालनको दुई वर्ष पूरा गर्दै गर्दा प्रधानमन्त्री ओलीले ‘छोटो अवधिमा सरकार फेरिइरहने विगतको अस्थिरतालाई ध्यानमा राख्दा मुलुकमा एउटै पार्टीको सरकारको आयु २४ महिना पार हुनुलाई एउटा महत्वपूर्ण उपलब्धिका रूपमा लिनुपर्ने अवस्था आएको’ बताए । उनले गत वर्षको यसै दिन आफूले सत्ताको नेतृत्व लिएको पहिलो वर्ष आधार खडा गरेको र आउँदा वर्ष उपलब्धिका वर्ष हुने बताएको स्मरण गर्दै सो सम्बोधनमा पाँच वर्षको कार्यकाल पूरा गरेर अर्को आमनिर्वाचनमा जाँदा घोषणापत्रमार्फत् व्यक्त गरेका प्रतिबद्धता पूरा ग¥यौं है भन्ने त्यतिबेला देखिने सपना अर्कै हुने बताएको पनि स्मरण गरे ।

ओलीले सम्बोधनमा, आफ्नो नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीको सरकारले पहिलो वर्षलाई ‘आधार वर्ष’ मानेको भन्दै दोस्रो वर्षलाई ‘विकासको आरम्भ वर्ष’का रूपमा लिएको बताए । संघीयता कार्यान्वयन गराउने र संविधानको स्वीकार्यता विस्तार गर्ने काम वर्तमान सरकारको पहिलो जिम्मेवारी भएको तर ७ सय ६१ वटा सरकार सञ्चालनका लागि स्रोतसाधन मात्रै नभई भौतिक संरचनासमेत अपर्याप्त भएको उनको भनाइ थियो । एकातिर वित्तीय व्यवस्थापन, कर्मचारी समायोजन र कानुनी प्रबन्ध एकैचोटि गर्नुपर्ने आवश्यकता र अर्कातिर जनतामा रहेको तीव्र गतिको विकासका आकांक्षालाई सम्बोधन गर्नुपर्ने जिम्मेवारी सरकारसामु रहेको भन्दै उनले यस अवधिमा वित्तीय संघीयता कार्यान्वयनमा आएको, कर्मचारी समायोजनको काम मूलतः सम्पन्न भएको र संघीयताले कार्यारम्भ गरिसकेको बताए । पहिलो वर्ष परिचालन र क्षेत्राधिकारमा रहेको द्विविधा अन्त्य हुँदै गएको बताए । नयाँ प्रणालीसँगै आएको यस चुनौतीलाई छाड्दा काममा प्रस्टता आएको उनको दाबी थियो ।

आदेशपालक खोज्ने र व्यवस्थापिका, कार्यापालका र न्यायपालिकालाई एउटै डालोमा राख्ने, संवैधानिक निकायलाई औचित्यहीन बनाउने जस्ता प्रयासले लोकतन्त्रमाथि चुनौती थपिएको छ

प्रधानमन्त्री ओलीले संविधानको स्वीकार्यतामा कुनै समस्या रहेको आफूले नदेखेको बताए । यस सन्दर्भमा एउटा मात्र तथ्य राख्ने अनुमति चाहन्छु भन्दै उनले तराईमा बेग्लै राज्यको मुद्दा बोकेर क्रियाशील समूहले यसै संविधानअनुरूप चल्नेगरी आफ्नो दल र पहिचानसमेत बदलेको बताए जसले सीके राउतसँगको सहमतिको सन्दर्भको संकेत गरेको थियो । ओलीका अनुसार उसले विद्रोह र विखण्डन होइन, प्रतिस्प्र्धा र लोकतान्त्रिक मूलधारको बाटोमा आफूलाई उभ्याएको छ ।

एक वर्षअघि आफूले कानुनको निर्माणलाई अर्को महत्वपूर्ण आधारका रूपमा व्याख्या गरेको स्मरण गर्दै गत वर्ष २५ वटा कानुन निर्माण भएका तथा प्रमाणीकरण हुन बाँकी पाँचवटासहित यस अवधिमा जम्मा ५५ वटा नयाँ कानुन निर्माण भएको बताए । संविधानअनुकूल बनाउन विद्यमान ऐनमध्ये २ सय १ वटा ऐन संशोधन गरिएको र १३ वटा ऐन खारेज गरिनुलाई उनले सरकारको उपलब्धिको रूपमा बताए । तोकिएको समय सीमाभित्र कानुन निर्माणसँगै मौलिक हक कार्यान्वयनमा आएको दाबी गरे ।

आर्थिक वृद्धिदरमा सुधार आएको भन्दै प्रधानमन्त्री ओलीले नेपाल अहिले उच्च आर्थिक वृद्धिदर हासिल गरिरहेका विश्वका १० मुलुकभित्र परेको बताए । उनले गणतन्त्र स्थापनाको एक दशकसम्म आर्थिक वृद्धिदर ४ प्रतिशत मात्र रहेकोमा गत वर्ष ७.१ प्रतिशत पुगेको, विगत तीन वर्षदेखि कुनै पनि प्रदेशमा आर्थिक वृद्धिदर ६ प्रतिशत भन्दा न्यून नभएको बताए । आर्थिक वर्ष २०७६ को अन्त्यतिर आइपुग्दा कुल जनसंख्याको करिब ४८ लाख अर्थात् १६.५ प्रतिशत गरिबीको रेखामुनि रहने अनुमान गरिएको बताएका छन् । प्रधानमन्त्रीले गरिबी निवारण मात्र नभई उन्मूलन नै गर्नेगरी अघि बढ्ने पनि बताए ।

प्रधानमन्त्री ओलीले सम्बोधनमा रोजगारीको अवसर वृद्धि भएको बताएका छन् । बैंकिङ क्षेत्रको विस्तारमा गौरव गरेका छन् । ‘खोलौं बैंक खाता’ अभियान सफल भएको बताएका छन् । बिमाको पहुँच दोब्बर भएकोमा पनि सन्तुष्ट देखिन्छन् । प्रधानमन्त्रीले वडा तहदेखि गाउँ र नगरपाकिाल, प्रदेश र केन्द्रसम्म निर्वाचित जनप्रतिनिधिले जवाफदेही र जिम्मेवारीबोधका साथ कार्यसम्पादन गरिरहेको प्रत्यक्ष लोकतन्त्रको अभ्यासमा रहेको बताएका छन् । विदेशी र आन्तरिक लगानीमा उत्साहजनक वृद्धि भएको र थप प्रतिबद्धता आएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले राष्ट्रियसभामा हासिल गरेको विजयमाथि गौरव गरेका छन् । स्थानीय तहको निर्वाचन परिणाममा गौरव गरेका छन् । सामाजिक सुरक्षा कार्यक्रमको दायरा बढेको बताएका छन् , दुराचारी र दूराचार,भ्रष्ट र भ्रष्टाचारका सन्दर्भमा ‘मुखमा पानी हालेर बोल्ने बानी नभएको’ भन्दै जो जतिसुकै उच्च ओहदावाल र पहुँचवाल भएपनि मुख हेरेर सजाय नतोकिने बताएका छन् । सुशासनको दाबी गरेका छन् । विभिन्न प्रकरणमा निष्पक्ष छानबिन हुने बताएका छन् । तर व्यवहारमा सबैले देखैकै कुरा हो, सरकार नीतिगत भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ । छानबिनमा पक्षपात र प्रतिशोध देखिएको छ । सुनियोजित छानबिन र जोगाउने र फसाउने नियत देखिएको छ । यसैले भनाइ र गराइमा विरोधाभास महसुस भएको छ ।

यही अवधिका कामकारवाहीतर्फ जाँदा ३३ किलो सुनकाण्ड अलपत्र छ, त्रिभुवन विमानस्थल हुँदै र उत्तरी सीमाहुँदै सनु तस्करी भइरहेकै छ, यातायातमा सिन्डिकेटको हल्ला चलेपनि नयाँ ढगमा सिन्डिकेट कायमै छ, मेलम्चीको रमिता चलेकै छ, वाइडबडी काण्डमा प्रधानमन्त्री स्वयंबाट भएको हस्तक्षेप सबैलाई आश्चर्य पारेकै हो, यति प्रकरणमा प्रधानमन्त्री स्वयम् हात धोएर बचाउमा लागेकै छन्, एमसीसी सम्झौतामा आन्तरिक किचलो छंदैछ, नेकपा केन्द्रीय समितिले अध्ययनका लागि कार्यदल गठन गरेको छ, तर प्रधानमन्त्रीले त्यो बेकारको भनेर दोहरो रबैया देखाएका छन्, ललिता निवास काण्डले सरकारको नियत छर्लङ्ग्याएको छ । तामझाम बढेको छ ।

मितव्ययिता खोक्रो नारा साबित भएको छ । केन्द्रको प्रदेशमा हस्तक्षेप जारी छ । प्रदेश असन्तुष्ट छन्, अहिले पनि प्रदेश २ मा सरकार ढाल्ने परिपञ्च भइरहेको छ । अनि संविधानको स्वीकार्यताको हकमा खै त अरु मधेसवादी दल जो सरकारमा बसेर फर्के र बस्ने तरखर गर्दैछन् तिनको असहमतिको उपेक्षा गरिएको हो वा तिनले संविधानप्रतिको असहमति त्यागेका हुन् ? ऐनको निर्माण, संशोधन र खारेजीको हकमा विवादित ‘यति समूह’ अनुकूल संशोधन गरिएको पनि यसैभित्र पर्छ कि । मौलिक हकविपरीत नियन्त्रणमुखी कानून बनिरहेका छन् तिनलाई के भन्ने ? अनि आर्थिक वृद्धिको तथ्याङ्कमा प्रदेशका तीन वर्षको आर्थिक वृद्धिको कुरा गरिएको छ जब कि प्रदेश गठन भएकै दुई वर्ष भएको छ ।

यसैबीच, प्रमुख प्रतिपक्षी कांग्रेसले चाहिं सरकारले जनअपेक्षाअनुरुप काम गर्न नसकेको बताएको छ । नेकपाको शक्तिशाली सरकारको दुई वर्षलाई कांग्रेसले अयोग्यता, असफलता र अधोगतितर्फ उन्मुख भन्दै आलोचना गरेको छ । अनुकूल परिस्थितिका बाबजुद सरकारले समयको सदुपयोग गर्न नसकेको र परिणाममुखी ढङ्गमा काम गर्न नसकेको पनि उसको दाबी छ । कांग्रेसले सुविधाजनक स्थितिमा दृढ इच्छाशक्ति र नवीन गतिका साथ कार्य गर्न सकिने भएपनि सरकारले यस अबधिमा त्यसो गर्न नसकेको, बरु अधिनायकवाद उन्मुख आकांक्षाका कारण अनुकूल परिस्थितिलाई स्वयं आफैले क्रमशः प्रतिकूल बनाएको कांग्रेसको ठहर छ । यसैगरी प्रधानमन्त्रीले स्थिर सरकारको कीर्तिमानको गौरव गरेका भएपनि सरकारले जनतामा त्यसको प्रत्याभूति दिन नसकेको, जनअपेक्षा अनुरुप काम गर्न नसकेको, अधिनायकवाद उन्मुख आकांक्षाका कारण ओली सरकार असफल भएको ठहर पनि गरेको छ । कांग्रेसले सरकारले राष्ट्रिय आकांक्षा पूरा गर्न नसकेको र अनुदार लोकतन्त्रको बाटोतर्फ उन्मुख भएको, संवैधानिक अधिकार खोस्न लागि परेको, मधेसकेन्द्रित दललाई राजनीतिको गोटी बनाउन खोजेको, संघीयतालाई कमजोर बनाउनका लागि प्रधानमन्त्री कार्यालयमा शक्तिको केन्द्रिकरण गरेको जस्ता आरोप पनि लगाएको छ ।

जे होस्, ओली नेतृत्वको नेकपा सरकारले दुई वर्ष पूरा गरेको छ । प्रदेश २ बाहेक सबै प्रदेशमा नेकपाकै सरकार छन् । कतैपनि कुनै किसिमको बाधा र अबरोध छैन, त्यस्तो सम्भावना पनि छैन । विपक्षी अत्यन्त कमजोर छ । यस्तो सरकारले मुलकलाई धेरै अगाडि बढाउनु पर्ने थियो, निर्वाध अघि बढ्नुपर्ने थियो, जनताले महसुस गर्ने खालका सुधार भइसक्नु पर्ने थियो, जनताको जीवनस्तरमा कतै न कतै सुधार आएको र सरकार जनमुखी रहेको तथा सुशासनको प्रत्याभूति भएको महसुस गराउन सक्नुपथ्र्यो । प्रधानमन्त्रीले सरकारले दुई वर्ष पूरा गर्नुलार्ई ऐतिासिक भनेका त छन् तर त्यो उनकै लागि मात्र ऐतिहासिक भएको छ, जनताका लागि होइन । किनकि सरकारकै कारण अनेक किसिमका किचोला र खिचोला उठे, सडकदेखि सदनसम्म विरोध सुनिए । राम्रा होइन, हाम्रा रोज्ने, योग्य होइन । आदेशपालक खोज्ने र व्यवस्थापिका, कार्यापालका र न्यायपालिकालाई एउटै डालोमा राख्ने, संवैधानिक निकायलाई औचित्यहीन बनाउने जस्ता प्रयासले लोकतन्त्रमाथि चुनौती थपिएको छ । कार्यशैलीमा परिवर्तन आएको छैन न त कर्मचारीतन्त्रलाई नै जिम्मेवार र उत्तरदायी बनाउन सरकार सफल भएको छ । यसो हुनुका पछाडिको कारण चाहिं राजनीतिक नेतृत्वकै गैरजिम्मेवार र अनुत्तरदायी प्रवृत्ति हो ।

प्रधानमन्त्री ओलीको सोंच सकारात्मक देखिन्छ भने चाल चाहिं कुटिल, वहांको लोकतन्त्रप्रतिको प्रतिबद्धता माथि नै प्रश्न उठ्न थालेको छ । सरकारका कामबाट आफ्नै कार्यकर्ता पनि सन्तुष्ट छैनन् मतदाता र विरोधीको त कुरै पर । जनतासंग गरेका बाचा र जनाएका प्रतिबद्धता पूरा गर्न नसक्नुले जनतामा सरकार प्रतिको आस्था र आशामा ह्रास आएको छ भने निराशा र राजनीति प्रति नै वितृष्णा बढ्दो छ । यसप्रति स्वयं प्रधानमन्त्रीको थप चासो र गम्भीरता आवश्यक छ । ठूल्ठुला घोषणा गर्ने तर कार्यान्वयन नगर्ने क्रम दोहोरिइरहेको छ । सरकारका कामको प्रचार भएन भनेर प्रधानमन्त्री चिन्तित हुन्छन्, आफ्ना सांसद र नेतालाई सरकारको प्रतिरक्षामा बोल्न, बचाउ गर्न निर्देशन दिइरहेका छन् कस्तो अचम्म ? महसुस भएको भए, जनतासामु जान सक्ने अवस्था भए, देखिने सकारात्मक काम केही भएको भए त्यो अप्ठेरो किन हुन्थ्यो र ? आखिर विचरो प्रतिपक्षी यसैपनि निरीह छंदैछ ।

अन्त्यमा, जबसम्म यथार्थलाई स्वीकार तथा आत्मसात् गरिंदैन र शक्तिको दम्भवमा एकोहोरो बाँसुरी फुकिरहिन्छ, जतिसुकै शक्तिशाली सरकार बनेपनि जनताको सास्ती कम हुँदैन र मुलुक बन्दैन भन्ने कुरा वर्तमान नेकपा सरकारको दुई वर्षे अवधिले पुष्टि गरेको छ । अरुले कसरी हेरेका छन्, सडकमा कस्तो आवाज छ, जनमानसको प्रतिक्रिया के छ जस्ता कुरातर्फ सरकारको ध्यान जानु आवश्यक छ । आत्मप्रशंसा गर्नु भिन्नै कुरा हो परिस्थितिको यथार्थ मूल्यांकन गर्ने र वास्तविकता पनि स्वीकार गर्नुपर्छ । सरकारले लोकप्रिय हुन खोज्दाखोज्दै पनि अलोकप्रियता र शक्तिशाली हुँदाहुँदै पनि अलमलिएका कारण आलोचना खेप्नुपरेको छ । सत्ताधारीहरूले यस कुरालाई महसुस गरी आफ्नो शैलीमा सुधार ल्याउनु जरुरी छ ।

The post सरकारका दुई वर्ष appeared first on Rajdhani Daily News.

देश र सरकारको जय गाउँदै भक्तपुर क्वारेन्टाइनमा बसेका विद्यार्थीहरु घर फर्किए (फोटोफिचर)

वुहानबाट नेपालीहरू लिएर आएको जहाज ४८ घन्टे क्वारेन्टाइनपछि आजबाट उड्ने

काठमाडौँ, ६ फागुन । चीनको वुहानबाट नेपालीहरू लिएर आएको जहाजले ४८ घन्टे क्वारेन्टाइनपछि आजबाट नियमित उडान गर्ने भएको छ । आइतवार राति चीनको वुहानबाट १ सय ७५ जना नेपालीलाई काठमाडौं ल्याएको नेपाल एयरलाइन्सको वाइडबडी जहाजलाई पनि ४८ घण्टा क्वारेन्टाइनमा राखिएको थियो । जहाजलाई विश्व स्वास्थ्य संगठन डब्लूएचओको मापदण्ड अनुसार डिप क्लिनिङ गरी मंगलबारबाट नियमित उडान […]

मुस्ताङको घैकु भीरमा स्काभेटर दुर्घटना, चालकको मृत्यु

भारतको आलोचना गर्ने बेलायती सांसद अब्राहम्सलाई दिल्ली विमानस्थलमा रोकियो

एजेन्सी, ०६ फागुन । भारतले बेलायतकी लेबर पार्टीकी एक सांसदलाई दिल्ली विमानस्थलमा रोकेर उनको भिसा रद्ध गरिदिएको छ । सांसद डेबी अब्राहम्सले काश्मीर मामिलामा भारतले गरेको निर्णयको कठोर आलोचना गरेकी थिइन् । बीबीसीमा प्रकाशित समाचारअनुसार उनी ब्रिटेनको संसदीय समितिकी अध्यक्ष पनि हुन् । उनले दिल्ली विमानस्थलमा आफ्नो भिसा रद्ध गर्नुको कारण माग गरेकी थिइन् । […]

म्याइभ्याली गोल्डकपः मछिन्द्र सेमिफाइनलमा

अमेरिकन आइडलमा छानिए नेपाली युवा

इटहरी / विश्वकै सबैभन्दा ठूलामध्येको एक गायन रियालिटी शो अमेरिकन आइडलमा नेपाली युवा छानिएका छन् ।अमेरिकाका विश्वस्तरीय संगीतकार लियोनेल रिची, गायक ल्युक ब्रायन र गायिका केटी बेरीको अगाडि प्रस्तुती दिँदै काठमाडौंका दिवेश पोखरेल हलिउड प्रस्तुतीका लागि छानिएका हुन् । हलिउड प्रस्तुतीका लागि छानिएका टप ४० मध्येका एक दिवेश हाल अमेरिकाको क्यान्सस राज्यको विचिटामा बसोबास गर्दै आइरहेका छन् । उनी ५ वर्षअघि नेपालबाट अमेरिका गएका हुन् ।

आइतबार अमेरिकी च्यानल एबिसीबाट प्रसारण भएको पहिलो श्रृंखलाबाट उनी छानिएका हुन् । दिवेशले आर्थर गनको उपनामबाट गाउँदै आएका छन् । दिवेशले पहिलो पटक आफ्नी आमाबाट गितार पाएका थिए । त्यसपछि नै उनले गाउन थालेका थिए । प्रस्तुतीका क्रममा दिवेशले नेपालको सुन्दरताबारे मात्रै चर्चा गरेनन् उनले नेपालीपन पनि प्रस्तुत गरिरहेका थिए । उनले अभिवादन गर्दा पनि नमस्ते गरेका थिए र पटक पटक नमस्ने गरिरहेका देखिन्थे । उनको प्रस्तुतीको जजहरुले पनि निकै प्रशंशा गरेका थिए ।

The post अमेरिकन आइडलमा छानिए नेपाली युवा appeared first on Purbeli News.

जब क्वारेन्टाइनबाट निस्किनेले ‘नेपाल सरकार जिन्दावाद!’ को नारा घन्काए

प्रतिनिधिसभा बैठक बस्दै, मन्त्रालयका काम-कारबाही बारे प्रश्नोत्तर हुने

काठमाडौं, ०६ फागुन । प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा आज विभिन्न विधेयक पेश गरिनुका साथै विभिन्न मन्त्रालयका कामकारबाही बारे प्रश्नोत्तर हुनेभएको छ । बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरु सोधिने र […]

कोरोनाका कारण इरानका सर्वोच्च नेता आयोतल्लाह खामेनेइका सल्लाहकारको मृत्यु

गौचनसहित क्रिकेटका अन्तर्राष्ट्रिय प्रशिक्षक थापा पुरस्कृत

रुपन्देही, ६ फागुन । अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट सन्न्यास लिएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान शक्ति गौचनलाई भैरहवामा सम्मान गरिएको छ । विसं २०७५ असारमा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट सन्न्यास लिएका शक्तिले सोही वर्षको मङ्सिर अन्तिम साता पोखरामा सम्पन्न एभरेष्ट प्रिमियर लिग (इपीएल) समापनलगत्तै राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट पनि सन्न्यास लिएको घोषणा गरेका थिए । दायाँहाते ब्याट्सम्यान तथा […]

सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा लागूऔषध तथा अवैध सामान बरामद

कहाँ छन् वुहानबाट घर फर्कन नपाएका ६ नेपाली, कस्तो छ अवस्था ?

काठमाडौं– शुक्रबार चीनबाट स्वदेश फर्किन १ सय ८१ जना नेपाली वुहानमा जम्मा भएका थिए। तर उद्दार गर्न गएको नेपाल एयरलाइन्सको वाइडबडी जहाज १ सय ७५ जनालाई मात्र लिएर काठमाडौं फर्कियो।

बाँकी ६ जना वुहानमै छुटे। छुट्नेमा २२ महिने शिशुसहित आमाबुवा र बाँकी तीन जना पुरुष थिए। नेपाल उड्नुअघि मेडिकल जाँचमा शिशुका बुवाको शरीरको तापक्रम ३७.२ डिग्री सेन्टिग्रेडभन्दा माथि देखियो।

त्यसपछि उनलाई विमानस्थलले नेपाल जान दिएनन्। शरीरको तापक्रम ३७.२ भन्दा माथि देखिए चीन सरकारले त्यस्ता व्यक्तिलाई स्वदेश जान नदिने भनेको थियो।

श्रीमान नेपाल आउन नपाएपछि श्रीमती पनि नआउने भइन्।  बाँकी तीनजना पनि शरीरको तापक्रमकै कारण नेपाल आउन पाएनन् । तीनमध्ये दुईजना चिङ्चाओ र एकजना आङ्सोमा बस्छन्। तीन जनाको परिवार वुहानमै बस्ने भएकाले त्यही दिन उनीहरुलाई पुर्याइएको थियो।

युएनआई नेपालको महिला समितिमा खड्का र युवा समितिमा रोकाया निर्वाचित

ललितपुरकी युवतीको अस्ट्रेलियामा मृत्यु

ललितपुरकी एक युवतीको अस्ट्रेलियामा मृत्यु भएको छ।

ललितपुर साना गाउँबाट अध्ययनका लागि अस्ट्रेलियाको सिड्नी गएकी रमिला मर्हजनको मृत्यु भएको हो।

दुई वर्षअघि मात्रै अस्ट्रेलिया गएकी महर्जनलाई ब्रेन ट्युमरको समस्या देखिएको थियो। त्यसको उपचारका क्रममा उनको मृत्यु भएको बताइएको छ।

श्रीमान सञ्जय महर्जन पनि उनी सँगै थिए। रमिलाको दाहसंस्कार सोमबार अस्ट्रेलियामै गरिएको छ।

२ वर्षअघि मात्रै उनकाे विवाह भएकाे थियाे। 

रमिला ललितपुरको महालक्ष्मी नगरपालिका साना गाउँस्थ्ति अनन्त इंगलिस स्कुलबाट एसएलसी गरेकी रमिला बीबीएस सकेर उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया गएकी थिइन्।

 

कोरोनाबाट बच्न सतर्कता अपनाउन कांग्रेसको अपील

रोकिएन टिपर आतंक : साँखुमा टिपरको ठक्करबाट एक युवाको मृत्यु

काठमाडौँमा टिपरको ठक्करबाट फेरि एक युवाको मृत्यु भएको छ। 

मंलगबार राति पौने १० बजे काठमाडौँको शंकरापुर नगरपालिका ६ धोलाटोलमा ना १ क ४५६४ नम्बरको टिपरले ठक्कर दिँदा ४० वर्षीय प्रविण श्रेष्ठको मृत्यु भएको हो।

साँखुबाट मेलम्चितिर जाँदै गरेको टिपरको ठक्करबाट गम्भीर घाइते भएका श्रेष्ठको उपचारको क्रममा राति नै सुस्मा कोइराला मेमोरियल अस्पताल साँखुमा मृत्यु भएको साखुका प्रहरी निरीक्षक गोविन्द पन्थीले जानकारी दिए।

ठक्कर दिने टिपर चालक ५१ वर्षीय सोम तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। राति सडकमा हिँडिरहेको बेला श्रेष्ठलाई टिपरले ठक्कर दिएको हो।

दुई साताअघि कलंकीमा पनि टिपरको ठक्करबाट दुई युवाको मृत्यु भएको थियो।

माघ २३ गते राति कलंकीमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा रौतहटको कटहरिया गाउँपालिका ४ का १९ वर्षीय राकेशकुमार चौधरी र कटहरिया ७ का २४ वर्षीय मुन्ना चौधरीको मृत्यु भएको थियो।

कलंकीको अन्डरपासमा चौधरीद्वय सवार प्रदेश २–०३००४ प ५५० नम्बरको मोटरसाइकललाई ठक्कर दिएर भागेको टिपरलाई पछि प्रहरीले सीसी क्यामेराको सहयोगमा नियन्त्रणमा लिएको थियो।

काठमाडौँमा टिपरको ठक्करबाट ज्यान जाने क्रम बढेपछि प्रहरीले दिउँसोको समयमा टिपर सञ्चालनमा रोक लगाएको छ। तर, दिउँसो टिपर सञ्चालनमा रोक लगाए पनि टिपरले मान्छे मार्ने क्रममा भने कमी आएको छैन।

शंकास्पद स्वदेशी एवं विदेशी नागरिकलाई आइसोलेसनमा राख्न सर्वोच्चको आदेश

नेपालीले यूएईमा पाए १ किलो सुन र कार उपहार

युएई । १९ वर्षेदेखि युएईमा कार्यरत श्रीजङ्गा–४, ताप्लेजुङका यमनाथ भट्टराईले १ किलो सुन उपहार पाएका छन् । अल अहलिया एक्सचेञ्ज यूएईको विन्टर प्रमोसन योजनाअन्तर्गत १ किलो सुन उपहार पाएका हुन् ।

एमवीएम कम्पनीमा कार्यरत भट्टराईले १८ वर्षदेखि अल अहलिया एक्सचेञ्जमार्फत रकम पठाउँदै आएका थिए । उनले विन्टर प्रोमोसन योजनाअन्तर्गत एक महिनाअघि ३५ हजार रुपैयाँ सेन्चुरी रेमिटमार्फत अहलिया एक्सचेञ्जबाट नेपाल पठाएका थिए।

उनले पाएको १ किलो सुन नेपाल लैजान प्राविधिक कठिनाइ रहेकाले बजार मूल्य अनुसार ५७ लाख रुपैयाँ नगद प्रदान गर्न लागिएको अलअहलिया एक्सचेञ्जका नेपाल प्रमुख बेनी माधव ढकालले जानकारी दिए ।

उता, रोल्पाका झकबहादुर गिरी र रूपन्देही सैनामैनाकी सीता पाण्डेले निशानको कार उपहार पाएका छन् । एक्सचेञ्जको योजना अन्तर्गत उनीहरूले निशानको सनी कार जितेका हुन् । यूएईमा अहिले निसानको सनी कारको मूल्य झण्डै ४५ हजार दिराम खछ ।

रेमिट गर्नेमा नेपाली पहिलो स्थानमा

एक्सचेञ्जले वर्षमा ७ महिना यस्ता किसिमका योजना ल्याउने गरेको छ । ४ महिना अहलिया एक्सचेञ्ज र ३ महिना आईएमईमार्फत विभिन्न उपहार योजना ल्याउने ढकालले बताए ।

युएईमा अल अहलिया एक्सचेञ्जबाट रेमिट गर्नेमा नेपाली पहिलो स्थानमा रहेको एक्सचेञ्जका जनरल म्यानेजर कमल सुब्बाले जानकारी दिए ।

नयाँदिल्लीमा पनि एक जनामा भेटियो कोरोना भाइरस