Home Blog Page 1316

साइपाल गाँउपालिकाको सबै वडामा खाद्यान्न

बझाङ । सडक सञ्जालसँग नजोडिएको बझाङको सबैभन्दा विकट मानिएको साइपाल गाउँपालिका सबै वडामा खाद्यान्न पुगेको छ । गाउँपालिकाको वडा नम्बर १, २, ३,४ र ५ को वीचमा पर्ने पानी लोट्यामा बाक्लो हिमपात जमेका कारण बाटो अबरुद्ध भएको हो ।

वडा नम्बर १ र २ मा प्रसस्त खाद्यान्न भए पनि केही दिन अघि गाँउपालिकाको वडा नम्बर ३, ४ र ५ मा खाद्यान्न अभावका कारण भोकमरी हुने सम्भावना थियो । उक्त खाद्यन्न अभाव हुन नदिन गाउँपालिकाका अध्यक्ष राजेन्द्रबहादुर धामी र सांसद आशा विकको विषेश पहलमा नेपाल सरकारले गाउँपालिकाको वडा नम्बर ४ मा नेपाली सेनाको हेलिकोप्टरमार्फत् गत शनिबार २५ क्युन्टल, २० केजी खाद्यान्न ढुवानी गरेको थियो ।

प्रतिव्यक्ति ३ केजीका दरले वितरण गरेको उक्त खाद्यान्न हिजो आइतबार धलौनबाट भेडामार्फत् ढुवानी गरेर २८ क्युन्टल थप खाद्यान्न धुली पुगेर वितरण गरिएको खाद्य संस्थानका कर्मचारी राजन धमेनाले बताए ।

झन्डै ३ किलो मिटरमा हिउँ जमेर खच्चड जान सक्ने अवस्था छैन । भेडाबाट ढुवानी गर्नुपर्ने भएकाले समयमा नै खाद्यान्न पुर्याउन नसकेर हेलिकोपटरमार्फत् ढुवानी गर्नुपरेको थियो । अहिले भेडामा ढुवानी गरेर गाँउपालिकाका सबै वडामा खाद्यान्न पुगेको गाँउपालिकाका अध्यक्ष राजेन्द्र बहादुर धामीले बताउनु भयो ।

अहिले वडा नम्बर ५ मा ३५ परिवारका लागि ८ क्युन्टल १० किलो चामल पुगिसकेको छ भने यस्तै धुली बलौडीका लागि हेलीकोप्टर मार्फत् ढुवानी भएको चामल प्राप्त नभएकाले थप २८ क्युन्टल चामल पुगेर वितण भैरहेको स्थानीय बासिन्दा कृपराज जोशीले बताए । काँडामा भने चामल प्राप्त भएर २० कट्टा वितरण नभएर थन्किएको डीपोका कर्मचारी धमेनाले बताए । बुधबारसम्म धुलीमा थप २८ क्युटन चामल पुग्ने उनको भनाइ छ ।

भोकमरी हुने भन्दै चिन्तामा परेका यहाँका स्थानीय बासिन्दाको घरमा नै खाद्यान्न पुगेपछि गाँउले खुशी भएका गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण जोशीले बताए । १२ महिनामा काम गरेर ३ महिना पनि राम्रोसँग खान नपुग्ने यस गाँउपालिकामा प्रत्येक वर्ष खाद्यान अभाव हुने गरेको उनको भनाइ छ । अधिकांश समय हिमपात हुने भएका कारण बाटोसमेत अबरुद्ध भएर खाद्यान्न अभाव हुने गरेको हो ।

साईपाल गाउँपालिकामा खाद्यान्न ढुवानीको जिम्मा ठेक्का मेरो कन्टक्सन डोटी दिपायलले लिएको छ । गाउँपालिकामा एक हजार क्युटल चामल ढुवानी गर्नुपर्ने छ । अहिलेसम्म ५ सय क्युन्टल साइपाल गाउँपालिकामा ढुवानी भइसकेको छ भने यस्तै एक सय क्युन्टल चामल तल्कोट गाँउपालिकाको स्याडामा रहेको छ ।

जसमध्ये वडा नम्बर १ र २ का लागि ३ सय १६ क्युन्टल, ६० केजी वितरण भएको छ । बाँकी वडा नम्बर ३ मा ३५ क्युन्टल, वडा नम्बर ४ मा २८ क्युन्टल र वडा नम्बर ५ मा ८ क्युन्टल १० केजी वितरण भइसकेको छ । खाद्यान्न अभाव भएको वडा नम्बर ४ र ५ का लागि थप १ सय ५० क्युन्टल चामल साइपाल गाँउपालिकबा वडा नम्बर २ को वडा कार्यालयमा राखिएको र अहिले भेडा मार्फत् ढुवानी गर्ने काम भइरहेको गाउँपालिकाले जनाएको छ ।

The post साइपाल गाँउपालिकाको सबै वडामा खाद्यान्न appeared first on Rajdhani Daily News.

मलेसियामा पूर्व गृहमन्त्री मोहिइद्दीन यासिनले आइतबार प्रधानमन्त्री पदको शपथ लिए

काठमाडौँमा विद्युत्का तार भूमिगत बनाउने काम शुरु : अब शहर कुरुप हुँदैन- प्रधानमन्त्री

काठमाडौँ । काठमाडौँ उपत्यकामा विद्युतीय तार भूमिगत बनाउने महत्वाकाङ्क्षी परियोजना शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज महाराजगञ्जबाट उक्त परियोजनाको कार्य आरम्भ गरेका हुन् ।

पहिलो चरणमा काठमाडौँको महाराजगञ्ज र रत्नपार्क क्षेत्रमा तार भूमिगत गरिनेछ । त्यसलाई क्रमशः अन्यत्र विस्तार गरिँदै लैजाने सरकारको योजना छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको निर्देशनमा नेपाल विद्युत् प्राधिकरणले अगाडि बढाएको भूमिगत बनाउने कार्यक्रमको शिलान्याशपछि आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकासको नयाँ अध्याय शुरु भएको बताए ।

उनले विद्युत्, टेलिफोन र इन्टरनेटका तार भूमिगत भएपछि शहरको सौन्दर्य बढ्ने उल्लेख गर्दै कुरुपताको अन्त्य हुने विश्वास व्यक्त गरे । उनले यसबाट आम जनतालाई पनि सहज हुने र सेवा पनि सरल रुपमा प्राप्त गर्न सकिने स्पष्ट पारे ।

प्रधानमन्त्रीले भने, ‘यो योजना सम्पन्न भएपछि गुजुल्टिएको तार हट्छ । अब शहर कुरुप हुँदैन, चिटिक्कको शहर बन्छ । पोलभरि गुजुल्टिएको तार देख्ने दिन अन्त्यका लागि यो काम भइरहेको छ ।’ विद्युत्, टेलिफोनलगायत तार भूमिगत गर्ने काम काठमाडौँको महाराजगञ्जबाट शुरु भए पनि यसलाई देशका प्रमुख शहरमा विस्तार गरिने प्रधानमन्त्रीको भनाइ थियो ।

सरकारले विकास निर्माणको कामलाई प्रभावकारी रुपमा अगाडि बढाएको जानकारी दिँदै उहाँले केही मान्छेलाई भने पीर परेको बताए । उनले भने, ‘सरकारले धेरै राम्रा काम गरिरहे पनि समाचार भने मैले बाँसुरी बजाएको मात्र आउने गरेको छ । सरकारले विकास र सुशासनको काम अघि बढाउँदा केही केहीलाई किन पीर परेको हो ?’ उनले विकास सबैको साझा नारा र कर्तव्य भएको स्पष्ट पार्दै त्यसलाई मजाक नठान्नसमेत आग्रह गरे । प्रधानमन्त्रीले देशभर नै तुइन विस्थापनको काम अगाडि बढेको भए पनि एकाध स्थानमा रहेको तुइन देखाएर सरकारको आलोचना गर्ने गरिएको बताए ।

उनले दार्चुलामा मात्र दुईवटा तुइन बाँकी रहेको भन्दै त्यसैलाई देखाएर आलोचना गर्नुको कुनै अर्थ नहुने स्पष्ट पारे । प्रधानमन्त्री ओलीले वर्तमान सरकार गठन भए पछि दैनिक छ किलोमिटरको दरले सडक कालोपत्र भएको र दुई वर्षको अवधिमा करीब तीन हजार किलोमिटर सडक कालोपत्र भएको तथ्याङ्क पेश गरे

प्रधानमन्त्रीले आगामी दुई वर्षभित्र देशका सबै स्थानमा विद्युत् सेवा पु¥याउन सरकार लागिपरेको र सोही अवधिमा नेपालले विद्युत् निर्यातसमेत गर्ने जानकारी दिए । एक सय वर्षभन्दा बढीको अवधिमा नेपालको कूल विद्युत् उत्पादन ५०० मेगावाट मात्रै रहेकामा पछिल्ला वर्षमा ५०० मेगावाट थपिएको र केही समय भित्रै ठूलो मात्रामा विद्युत् उत्पादन हुने अवस्थाको सिर्जना गरिएको बताए ।

उनहाँले विद्युत् खपत पनि बढाउँदै लैजाने पनि उल्लेख गरे । विद्युत् खपतको मात्रामा बढोत्तरी हुँदै गएको भन्दै प्रधानमन्त्रीले त्यसमा थप वृद्धि हुने विश्वाससमेत व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले विगतमा नेपालबाट बौद्धिक पलायन (ब्रेन ड्रेन) हुने गरेकामा त्यसलाई रोकेर विदेशमा काम गरिरहेकालाई स्वदेश फर्काउने (ब्रेन गेन) अभियान शुरु भएको बताए ।

The post काठमाडौँमा विद्युत्का तार भूमिगत बनाउने काम शुरु : अब शहर कुरुप हुँदैन- प्रधानमन्त्री appeared first on Rajdhani Daily News.

बालबालिका अधिकारसम्बन्धी विधेयक पारित

कालापानीमा अवतरण हुन सकेन हेलिकप्टर, आकाशबाटै अवलाेकन गरेर फर्किए रक्षामन्त्री

दार्चुला, ५ फागनु । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको टोली यहाँस्थित कालापानी तथा तिङ्कर क्षेत्रकाे अवलाेकन गरी फर्किएको छ । सोमबार बिहान साढे ८ बजे नेपाली सेनाको हेलिकोप्टरबाट कालापानी क्षेत्रकाे अवलाेकनका लागि गएकाे टाेली बिहान ९ बजे फर्केकाे दार्चुलाका प्रमुख जिल्ला अधिकारी यद्धुनाथ पौड्यालले जानकारी दिनुभयाे । दार्चुला उद्योग वाणिज्य सङ्घले आयोजना गरेको सुदूरपश्चिम पर्यटन […]

प्रचण्डमाथि जुत्ता प्रहार !

प्रदूषित वायुले काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा तुवाँलो

काठमाडाैं, ५ फागुन । पछिल्लो केही दिनयता वायुमण्डलको प्रदूषणले काठमाडौं उपत्यकासहित देशका अधिकांश भू–भागमा तुवाँलो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वायुमण्डलमा हावाको गति कम भएकाले तुवाँलो लागेको मौसमविद् मीनकुमार अर्यालले बताउनुभयो । ‘मौसम नखुले पनि तत्काललाई वर्षा हुने सम्भावना छैन’, मौसमविद् अर्यालले भन्नुभयो । मौसम खुल्ला भई घाम लाग्नका लागि नयाँ […]

आइतबारको एल–क्लासिको ला लिगाको उपाधिमा दाबेदारी प्रस्तुत गर्ने अवसर

काठमाडौंमा विद्युतका तार जमिनमुनि बिछ्याउने काम सुरु, प्रधानमन्त्री भन्छन् : ‘अब शहर कुरुप हुँदैन’

काठमाडौं, ५ फागुन । काठमाडौँ उपत्यकामा विद्युतीय तार भूमिगत बनाउने महत्वाकाङ्क्षी परियोजना शसरु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार महाराजगञ्जबाट उक्त परियोजनाको कार्य आरम्भ गरेका हुन् ।

पहिलो चरणमा काठमाडौँको महाराजगञ्ज र रत्नपार्क क्षेत्रमा तार भूमिगत गरिनेछ । त्यसलाई क्रमशः अन्यत्र विस्तार गरिँदै लैजाने सरकारको योजना छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको निर्देशनमा नेपाल विद्युत् प्राधिकरणले अगाडि बढाएको भूमिगत बनाउने कार्यक्रमको शिलान्याशपछि आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकासको नयाँ अध्याय शुरु भएको बताए ।

उनले विद्युत, टेलिफोन र इन्टरनेटका तार भूमिगत भएपछि शहरको सौन्दर्य बढ्ने उल्लेख गर्दै कुरुपताको अन्त्य हुने विश्वास व्यक्त गरे ।

उनले यसबाट आम जनतालाई पनि सहज हुने र सेवा पनि सरल रुपमा प्राप्त गर्न सकिने स्पष्ट पारे ।

प्रधानमन्त्रीले भने, ‘यो योजना सम्पन्न भएपछि गुजुल्टिएको तार हट्छ । अब शहर कुरुप हुँदैन, चिटिक्कको शहर बन्छ । पोलभरि गुजुल्टिएको तार देख्ने दिन अन्त्यका लागि यो काम भइरहेको छ ।’

यस्तै उनले विद्युत, टेलिफोनलगायत तार भूमिगत गर्ने काम काठमाडौँको महाराजगञ्जबाट सुरु भए पनि यसलाई देशका प्रमुख शहरमा विस्तार गरिने बताए ।

सरकारले विकास निर्माणको कामलाई प्रभावकारी रुपमा अगाडि बढाएको जानकारी दिँदै उनले केही मान्छेलाई भने पीर परेको बताए ।

उनले भने, ‘सरकारले धेरै राम्रा काम गरिरहे पनि समाचार भने मैले बाँसुरी बजाएको मात्र आउने गरेको छ । सरकारले विकास र सुशासनको काम अघि बढाउँदा केही केहीलाई किन पीर परेको हो ?’

उनले विकास सबैको साझा नारा र कर्तव्य भएको स्पष्ट पार्दै त्यसलाई मजाक नठान्नसमेत आग्रह गरे ।

प्रधानमन्त्रीले देशभर नै तुइन विस्थापनको काम अगाडि बढेको भए पनि एकाध स्थानमा रहेको तुइन देखाएर सरकारको आलोचना गर्ने गरिएको बताए ।

उनले दार्चुलामा मात्र दुईवटा तुइन बाँकी रहेको भन्दै त्यसैलाई देखाएर आलोचना गर्नुको कुनै अर्थ नहुने स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले वर्तमान सरकार गठन भए पछि दैनिक छ किलोमिटरको दरले सडक कालोपत्र भएको र दुई वर्षको अवधिमा करीब तीन हजार किलोमिटर सडक कालोपत्र भएको तथ्याङ्क पेश गरे ।

प्रधानमन्त्रीले आगामी दुई वर्षभित्र देशका सबै स्थानमा विद्युत् सेवा पु¥याउन सरकार लागिपरेको र सोही अवधिमा नेपालले विद्युत् निर्यातसमेत गर्ने जानकारी दिए ।

एक सय वर्षभन्दा बढीको अवधिमा नेपालको कूल विद्युत उत्पादन ५०० मेगावाट मात्रै रहेकामा पछिल्ला वर्षमा ५०० मेगावाट थपिएको र केही समय भित्रै ठूलो मात्रामा विद्युत् उत्पादन हुने अवस्थाको सिर्जना गरिएको बताए ।

उनले विद्युत् खपत पनि बढाउँदै लैजाने पनि उल्लेख गरे ।

विद्युत खपतको मात्रामा बढोत्तरी हुँदै गएको भन्दै प्रधानमन्त्रीले त्यसमा थप वृद्धि हुने विश्वाससमेत व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले विगतमा नेपालबाट बौद्धिक पलायन (ब्रेन ड्रेन) हुने गरेकामा त्यसलाई रोकेर विदेशमा काम गरिरहेकालाई स्वदेश फर्काउने ( ब्रेन गेन ) अभियान शुरु भएको बताए । रासस

The post काठमाडौंमा विद्युतका तार जमिनमुनि बिछ्याउने काम सुरु, प्रधानमन्त्री भन्छन् : ‘अब शहर कुरुप हुँदैन’ appeared first on Koshi Online.

एसियन कप छनोटका लागि खेलाडीको बन्द प्रशिक्षण सुरु

परराष्ट्रमन्त्री ज्ञवाली बंगलादेश प्रस्थान

काठमाडौं, ५ फागुन । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली बंगलादेश प्रस्थान गरेका छन् ।

विदेशमन्त्री डा एके अब्दुल मोमेनको निमन्त्रणमा उक्त देशको तीनदिने औपचारिक भ्रमणमा शुक्रबार बिहान उनी बंगलादेशतर्फ प्रस्थान गरेका हुन् ।

मन्त्री ज्ञवालीका साथ परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी र उक्त मन्त्रालयका सहसचिव यज्ञबहादुर हमाल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकाल र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव प्रवीण अर्याल छन् ।

मन्त्री ज्ञवाली नेतृत्वमा ढाकामा दुई देशबीच मङ्गलबार प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ ।

दुवै देशका परराष्ट्रमन्त्रीले आपसी सम्बन्धका साथै साझा चासोका ऊर्जा, व्यापार, पारवहन, सम्पर्क सञ्जाल, पर्यटन, क्षेत्रीय तथा बहुपक्षीय सहयोग प्रवद्र्धनमा केन्द्रित रहेर विचार आदानप्रदान गर्नुहुने कार्यक्रम रहेको मन्त्री ज्ञवालीले बताए ।

उनले भने, ‘भूगोलका हिसाबले हामी धेरै नजीक छौँ ।

आर्थिक साझेदारी जल, सडक, रेल र हवाई मार्गबाट सम्पर्क सञ्जाल विस्तार, ऊर्जा, पर्यटन, लगानी प्रवर्द्धनलगायत पारस्परिक हित र चासोका विषयमा बङ्गलादेशी समकक्षीसँग वार्ता हुनेछ ।’

दुई देशबीचको सम्बन्धलाई आर्थिक समृद्धिका लागि रुपान्तरणको प्रयास गरिने बताउँदै मन्त्री ज्ञवालीले क्षेत्रीय, अन्तर्राष्ट्रिय र बहुपक्षीय मञ्चहरुमा दुवै देशबीच साझेदारी बढाउने र अन्य साझा चासोका मामिलामा सक्रिय रुपमा सहकार्य गर्ने प्रयास आफूबाट हुने बताए ।

बङ्गलादेश अन्तर्राष्ट्रिय रणनीतिक अध्ययन प्रतिष्ठानले आयोजना गर्ने ‘नेपाल–बङ्गलादेश सम्बन्ध र दक्षिण एसियाली सहयोग’ विषयमा उनले प्रवचन दिनेछन् ।

मन्त्री ज्ञवाली नेतृत्वको प्रतिनिधिमण्डल बुधबार स्वदेश फर्कनेछ । रासस

The post परराष्ट्रमन्त्री ज्ञवाली बंगलादेश प्रस्थान appeared first on Koshi Online.

मिथिला परिक्रमा कञ्चनवनमा, यस्तो छ उल्लास

मुख्यमन्त्रीले रक्सी पिएको भिडियोबारे स्पष्टिकरण

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले रक्सी पिइरहेको भिडियो र फोटोहरू सामाजिक सञ्जालमा भाइरल भएपछि उनको निजी सचिवालयले स्पष्टिकरण दिएको छ ।

निजी सचिवालयका डिल्लीराम सिग्देलले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै ‘माननीय मुख्यमन्त्रीज्यूको जन्मदिनमा पारिवारिक जमघट’ भएको जनाएका छन् ।

‘फागुन २ गते माननीय मुख्यमन्त्रीज्यूको जेठानको परिवार बेलायतबाट आउनुभएको सन्दर्भमा पाहुना खानाको प्रबन्ध गरेको तथा उक्त दिन माननीय मुख्यमन्त्रीज्यूको जन्मदिन समेत रहेकोले निवासमा साँझ पारिवारिक जमघटको व्यवस्था गरिएको थियो । सो क्रममा खिचिएका भिडियो र फोटोहरूलाई मुख्यमन्त्रीज्यूको सरकारी कार्यकक्षमै मदिरापान गरेको भन्दै सार्वजनिक गर्नु बिडम्बनापूर्ण छ ।’

साथै, विज्ञप्तिमा लेखिएको छ, ‘गुरुङ जातिको संस्कार अनुसारको पारिवारिक जमघटको क्रममा कुनै मर्यादाविपरीत कार्य नभएको र अतिरञ्जित गर्न खोजिए जस्तो त्यस्तो नियत पनि नरहेको स्पष्ट पार्न चाहन्छौं । यस विषयमा कुनै भ्रममा नपर्नको लागि हामी सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक आग्रह गर्दछौं ।’

The post मुख्यमन्त्रीले रक्सी पिएको भिडियोबारे स्पष्टिकरण appeared first on Rajdhani Daily News.

कोरोनासँग जुध्ने यस्तो छ सरकारी तयारी

शिवमायालाई कानुन मन्त्रालयको जिम्मेवारी, सपथ आजै दिउँसो ३ बजे

काठमाडौं, ५ फागुन । पूर्वउपसभामुख शिवमाया तुम्वाहाम्फेलाई कानुन मन्त्रालयको जिम्मेवारी दिइने भएको छ । उहाँलाई आजै दिउँसो ३ बजे राष्ट्रपति भवन शीतल निवासमा कानुनमन्त्रीको रूपमा शपथ ग्रहण गराउने तयारी गरिएको छ । सभामुखको दाबी गर्दै आउनुभएकी उपसभामुख तुङ्बाहाङ्फेलाई नेकपा सचिवालयले पार्टीबाट राजीनामा दिन लगाएर अग्नि सापकोटालाई सभामुख बनाएको थियो। उपसभामुख पद भने अहिले खाली रहेको […]

जुम्लाका युवाद्वारा प्रचण्डलाई ताकेर जुत्ता प्रहार

सप्तरीमा आयोजित धार्मिक सम्मेलनमा सहभागी हुन आएका दुई जना भारतीयको मृत्यु

जितेन्द्र जितु सप्तरी, ५ फागुन । सप्तरीमा आयोजित इस्लामिक धार्मिक सम्मेलन ‘इज्तिमा’मा सहभागी हुन आएका दुई जना भारतीय नागरिकको मृत्यु भएको छ । शनिवारदेखि सुरु भएको सम्मेलनमा सहभागी हुन आएका विहार मोतिहारी ग्रामका ७४ वर्षीय हारुन रसिक र अर्को विरपुरका एक जना गरी दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका […]

सरकार र सहकारी पीडितबीच सात बुँदे सहमति

शिवमाया तुम्बाहाङ्फे कानूनमन्त्री, आजै शपथग्रहण

काठमाडौं, ५ फागुन । अघिल्लो महिना उपसभामुख पदबाट राजीनामा दिएकी शिवमाया तुम्बाहाङ्फेलाई कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री बनाइने भएको छ ।

dfs

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार तुम्बाहाङ्फेले आज कानून मन्त्रीको शपथ लिने जानकारी दिएका छन् ।

उनका अनुसार तुम्बाहाङ्फेले आजै दिउँसो साढे ३ बजे राष्ट्रपतिसमक्ष कानून, न्याय तथा संसदीय मामिला मन्त्रीको शपथ लिँदैछिन् ।

यसअघि उपप्रधानमन्त्रीसमेत रहेका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजीनामा दिएपछि कानूनमन्त्रीको जिम्मेवारी स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सम्हाल्दै आएका छन् ।

अग्‍नि सापकोटालाई सभामुख बन्ने बाटो खोलिदिनका लागि तुम्बाहाङ्फेले माघ ६ गते उपसभामुखबाट राजीनामा दिइएकी थिइन् ।

The post शिवमाया तुम्बाहाङ्फे कानूनमन्त्री, आजै शपथग्रहण appeared first on Koshi Online.

निर्माण व्यवसायीका जायज माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण