Home Blog Page 1334

आजको राशिफल : फागुन १ गते, बिहीबार

वि.सं.२०७६ साल फाल्गुन ०१ गते । बिहीबार । ईश्वी सन् २०२० फेब्रुवरी १३ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । फाल्गुन कृष्णपक्ष । तिथि–पंचमी ,४८ घडी ४५ पला,रातको ०२ बजेर १६ मिनेट उप्रान्त षष्ठी । नक्षत्र– हस्त,१९ घडी २६ पला,दिउसो ०२ बजेर ३२ मिनेट उप्रान्त […]

पुलिस बुढासुब्बाको फाइनलमा, लिग विजेता मछिन्द्र पराजित

एउटै परिवारका १६ जनाको हत्या

लागोस । नाइजेरियामा एकै परिवारका १६ जनाको रहस्यमय हत्या भएको छ । अज्ञात बन्दुकधारीले गोली प्रहार गर्दा उनीहरूको मृत्यु भएको प्रहरी अधिकारीहरूले बुधबार सिन्ह्वालाई जानकारी दिएका छन् ।

देशको दक्षिण मध्य क्षेत्रमा पर्ने काडुना प्रदेशको फिका जिल्लाको बाकालीमा घटना मङ्गलबार दिउँसो भएको उनीहरूको भनाइ छ । घटनास्थल चर्चित सहर मानिने जारियासँगै पर्दछ ।

प्रहरीले दिएको विवरणअनुसार बन्दुकधारीले उनीहरूलाई घरभित्र थुनेर गोली प्रहार गरेका थिए । घरभित्र रहेका आक्रमणमा परेका सबै जनाको मृत्यु भएको प्रहरी अधिकारीहरूले जानकरी दिएका छन् ।

The post एउटै परिवारका १६ जनाको हत्या appeared first on Rajdhani Daily News.

कोरोनाको त्रासपछि ‘मक्का र मदिना’ भ्रमणमा विदेशीलाई प्रतिबन्ध

काँग्रेसद्वारा पार्टी विधानका केही दफा निलम्बन

काठमाडौं ।  नेपाली काँग्रेसले पार्टीको आगामी अधिवेशन र महाधिवेशनको प्रयोजनका लागि मात्र लागू हुने गरी पार्टी विधानका केही दफा निलम्बन गरेको छ । काँग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको बैठकले पार्टीको क्रियाशील सदस्यता वितरण र नवीकरण गर्न तथा अधिवेशन र महाधिवेशनको कार्यतालिका कार्यान्वयन गर्न विधानका दफा निलम्बन गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । विधानका दफा निलम्बन गर्ने निर्णयलाई पार्टीको आगामी महाधिवेशनबाट अनुमोदन गराइनेछ । बैठकले दफा ४ (२) को “एक वर्ष पुगेपछि”, (१०) (ञ) “छ महिना”, (१२) (ख) “नेपाली काँग्रेसको सदस्यता प्राप्त गरेको एक वर्ष पुगेको”, दफा ३५ को (२) (घ) “भन्दा कम्तीमा एक वर्ष” र “तीन महिना”, दफा ५० को (६) – “छ महिना अगावै” र “छ महिना” व्यवस्था निलम्बन गरेको उनले बताए ।

यसैगरी, पार्टीका वडा तहमा हाल विद्यमान क्रियाशील सदस्य सङ्ख्याको बढीमा ५० प्रतिशत नयाँ क्रियाशील सदस्यता प्रदान गर्ने बैठकले निर्णय गरेको छ । काँग्रेसको नयाँ क्रियाशील सदस्यता वितरण गर्दा वडाको जनसङ्ख्याको बनोटलाई मध्यनजर गरी समानुपातिक समावेशीतालाई ध्यानमा राखी वितरण गरिनेछ । काँग्रेस पार्टी सङ्गठनको अन्तरिम संरचनाको समायोजनको कार्य केही जिल्लामा हालसम्म पनि सम्पन्न नभइसकेकाले क्रियाशील सदस्यता वितरण÷नवीकरण यही माघ १३ गतेको बैठकको निर्णयबाट पारित समायोजन र क्रियाशील सदस्यसम्बन्धी कार्यतालिका बमोजिम परिमार्जन गरिएको छ ।

बैठकले राजनैतिक पूर्वाग्रह राखी भिन्न राजनीतिक आस्था राख्ने राजनीतिक दलका नेता कार्यकर्तालाई सुनियोजित रुपमा झुठा मुद्दा लगाउने, दमन गर्ने, सरकारकै संरक्षणमा संस्थागत भ्रष्टाचार गर्ने गरेको आरोेप लगाउँदै संविधानको मर्म एवं भावना विपरीतका विधेयक र जनविरोधी क्रियाकलापकाविरुद्ध चरणवद्ध विरोधका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।

सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकमा भ्रातृ सङ्घ एवं शुभेच्छुक संस्थाको विधानका सैद्धान्तिक आधार तथा मापदण्ड एकरुपता निर्धारण समितिका संयोजक एनपी साउदले समितिको तर्फबाट बैठकमा नेपाल प्रजातन्त्र सेनानी सङ्घ, नेपाल किसान सङ्घ र नेपाल दलित सङ्घको विधान प्रस्तुत गरिएको थियो ।

The post काँग्रेसद्वारा पार्टी विधानका केही दफा निलम्बन appeared first on Rajdhani Daily News.

रवि लामिछानेको उम्मेदवारी खारेजी माग गर्दै निर्वाचन आयोगमा उजुरी

सानेपा घटना : सीसीटीभी फुटेज हेरेपछि बोल्नै सकेनन् विजयका बाबु

भान्सामा दुई जना मान्छे काम गरिरहेका देखिन्छन्। एक जना महिला, अर्को पुरुष। पुरुषले महिलालाई भान्साको काममा सघाइरहेजस्तो देखिन्छ।

चुलामा केही बसाउन लागेकी महिलालाई अचानक पुरुषले पछाडिबाट समात्छ, तान्छ र भुइँमा लडाउँछ।

ललितपुर महानगरीय प्रहरी परिसर जावलाखेलका डीएसपी सन्तोष तामाङ विजय चौधरीका बुबा जानकी चौधरीलाई यी दृश्य देखाइरहेका छन्।

जेठो छोरा विजयको मृत्युको खबर सुनेर दाङबाट बस चढेर मंगलबार राती काठमाडौँ आइपुगेका हुन् जानकी। उनी करिब ६ वर्षदेखि काठमाडौं बसेको छोराको मृत्युको यथार्थ विवरण जान्न चाहन्थे।

बुधबार बिहानै उनी जावलाखेल प्रहरी परिसर पुगे, जहाँ उनलाई प्रहरीले परिसरको मूल भवनको दोस्रो तल्लामा पुर्‍यायो। र, सोमबार सानेपास्थित पूर्वसचिव अर्जुन कार्कीको घरमा भएको घटनाको सीसीटीभी फुटेज देखाइयो।

फुटेजमा जानकीले देख्छन्– भुइँमा लडेकी महिलालाई पुरुषले पिर्काजस्तो वस्तु उठाएर हान्न थाल्छ।

चश्मा लगाएका जानकीका आँखा अविश्वासले तिर्मिराउँछन्। उनले मान्छे ठम्याउने प्रयासमा चश्मा फुकालेर पनि ती दृश्य दोहोर्‍याएर हेर्छन्। तर, मान्छे चिन्दैनन्।

Janki13

डीएसपी तामाङले उनलाई घरबाहिरको अर्को दृश्य देखाए। जसमा एउटा अग्लो मान्छे बाहिरबाट घरभित्र छिर्दै गरेको देखिन्छ। उसको जिउडाल र चालढाल हेरेर जानकी भन्न सक्छन्– मेरो जेठो छोरो विजय यही हो।

उसले दुईतिर मिलाएर कपाल कोरेको छ। ज्याकेट र चप्पल लगाएको छ।

‘अब यी महिलालाई पिर्काले हान्ने मान्छेले लगाएको ज्याकेट यही हो कि होइन?’ डीएसपी तामाङले जानकीलाई सोधे।

प्रमाणहरू यसरी जोडिएपछि जानकीको पैतालामुनिको जमिन भास्सियो। उनी केही बोल्न सकेनन्।

सोमबार सानेपास्थित पूर्वसचिव अर्जुन कार्कीको घरमा उनकी पत्नी मुना र जानकीका छोरा विजय मृत फेला परेका थिए। भान्सामा मुना रगतको आहालमा फेला परेकी थिइन् भने विजयले झुण्डिएर आत्महत्या गरेका थिए। विजयले मुनाको हत्या गरी आत्महत्या गरेको प्रहरी अनुसन्धानले भन्छ।

Janki12

सीसीटीभी फुटेज हेरेपछि …
मंगलबार दिनभरी दाङबाट काठमाडौं बसमा यात्रा गर्ने क्रममा जानकी यही सोचिरहेका थिए– मेरो सोझो छोराले कसैको ज्यान लिन सक्दैन।

सानेपा घटना उनको कल्पनाभन्दा बाहिरको कुरा थियो।

तर, सीसीटीभी फुटेज हेरेपछि उनी भन्न बाध्य भए, ‘भित्रको मान्छे त चिनिएन। तर, भित्र पस्दा मेरो छोराले लगाएको ज्याकेट र पिर्काले हान्ने मान्छेको ज्याकेट मिल्छ।’

‘किचेनमा पुगेपछिको अनुहार नचिनेपनि लगाएको कपडा हेरेर चिनियो’, सीसीटीभी फुटेज हेरेपछि जानकीले बुधबार नेपालखबरसँग भने, ‘त्यहीबेला किचेनमा रहेको ढोकाको चुकुल लगाइएको देखिन्छ अनि मेडमलाई भुइँमा लडाएर पिर्काजस्तो वस्तुले हान्दा बाहिर रहेको कुकुर जोडतोडले ढोका फोरम्लाझैँ गरेर भुकिरहेको पनि देखियो।’

मुनाको हत्यापछि विजयले आत्महत्या गरेको प्रहरीले उनलाई बतायो। उनी सायद त्यो दृश्य पनि हेरेर निश्चित हुन चाहन्थे। तर, आत्महत्याको दृश्य नभएको जवाफ डीएसपी तामाङले दिए।

यतिखेर जानकी निकै ठूलो बज्रपात सहिरहेका छन्।

‘जन्मेदेखि १५ वर्षसम्म मसँगै बसेको विजयले गाउँमा हुँदा कहिल्यै कसैसँग झगडा त गरेको थिएन। उसले कसैको हत्या …’, उनी रोकिए, ‘खै के भन्नु अब, उसैले गरेको देखिइसक्यो।’

‘कसरी र किन यस्तो घटना भयो होला, अचम्ममा छु,’ उनले थपे।

IMG_20200212_105024.jpg

मंगलबार बिहान ८ बजे दाङबाट गाडी चढेका जानकी राति १० बजे बालाजु उत्रिए। बसपार्क पुगेर छिमेकी भाइ श्रीपद चौधरीकोमा बास बस्न गए।

काठमाडौंमा बिहानबेलुकी अझै चिसै छ। तर, चप्पल लगाएर यहाँ आइपुगेका उनी बुधबार बिहान ९ बजे छोराबारे बुझ्न जावालाखेलस्थित प्रहरी परिसर पुगे।

प्रहरीले उनीसँग २ घण्टा बयान लियो। त्यसपछि मुद्दा शाखामा जाहेरी दिन लगायो। जाहेरी लेख्ने ठाउँ खोज्दै उनी एकछिन भौँतारिए।

आधा घण्टा कुरेपछि जाहेरी लेख्ने काम सुरु भयो। उनले सत्य तथ्य छानबिन माग गर्दै जाहेरी लेखाए। भन्न त क्षतिपूर्ति पनि माग गरेर जाहेरी तयार पारिदिनू भने तर लेखन्दासले मिल्दैन भनिदिए।

जाहेरी दिएपछि मुद्दा हेरिरहेका डिएसपी सन्तोष तामाङले उनलाई विभत्स घटनाको सीसीटिभी फुटेज देखाए। तर, विजयले हत्या र आत्महत्याको बाटो किन रोजे, जानकीले त्यसको उत्तर पाउन सकेका छैनन्।

हिरालाल कसरी बने विजय?
दाङको लमही २ चैलाहीमा २०५३ सालमा पार्वती चौधरीले जन्माएको छोरोको नाम राखियो हिरालाल। गाउँका छिमेकी उनलाई अहिलेपनि हिरा नै भनेर मात्रै चिन्छन्।

उनै हिरालाल काठमाडौं आएर अर्जुन कार्कीको घरमा काम गर्न थालेपछि विजय बने। उनको नागरिकता समेत वियजकै नाममा बनाइएको छ।

‘सर म्याडमहरुले नाम परिवर्तन गरिदिनुभएछ, हामी त हिरा नै भनेर बोलाउँछौँ’, जानकीले भने।

नाम परिवर्तन भएकाले सोमबार घटनाको खबर सुनेर सुरुमा मान्छे ठम्याउन नसकेको जानकीसँगै जावलाखेल पुगेका श्रीपद चौधरीले बताए।

bijay15

सरकारी जागिरको आसमा थिए विजय
कार्कीको घरमा बसेको यो अवधिमा विजयले कति रकम घर पठाए, जानकीलाई थाहा छैन। तर, काठमाडौं आउँदा एकदुईपटक भने आफैँले बाटोखर्च मागेर लगेको उनी सम्झिन्छन्।

छोरालाई राम्रो सरकारी जागिर खुवाइदिने बाचा गरेका थिए, पूर्वसचिव कार्कीले। त्यसैले महिनावारी तलबभन्दा पनि सरकारी जागिरको आसमा आफूहरु रहेको जानकीले बताए।

‘मैले मुना मेडमलाई पनि भनेको थिएँ’, जानकीले भने, ‘हजुरहरु त ठूलो पदमा हुनुहुन्छ, छोरालाई राम्रो दीगो जागिर लगाइदिनुपर्‍यो।’

२३ वर्ष पुगेका विजयको विवाहबारे उनले छोरासँग पनि चर्चा गरेका थिए।

‘उमेर पनि भयो, बिहेको बारेमा के सोचेको छस् भनेर सोधेको थिएँ’, जानकीले भने, ‘तर आफ्नो खुट्टामा उभिएपछि मात्रै बिहे गर्छु भनेपछि मैले कर गरिनँ। हुर्किएको छोरोलाई जबर्जस्ती गर्नुपनि भएन।’

६ कक्षा पढ्दापढ्दै बीचमै छाडेर काठमाडौं हान्निएका विजयले पढाइमा आफूलाई रुची नभएको बताउने गरेका थिए।

तर, जानकी फोनमा भनिरहन्थे, ‘तँलाई त्यहाँ काम गर्दा गाह्रो परेको भए भन्नु, पढ्ने भए मै पढाउँछु।’

उनी छोराले सरकारी जागिर खाएको हेर्न चाहन्थे। धेरै नपढेका कारण अन्य जागिरको भन्दा पनि सरकारी ड्राइभर हुने उनले विश्वास लिएका थिए। तर, विजय ड्राइभर नबन्दै संसार छोडेर विदा भए।

काठमाडौँमा १६ घण्टा
मंगलबार राती काठमाडौं आएका जानकी विजयको शव लिएर बुधबार नै दाङ फर्किए। थारु परम्पराअनुसार उनले छोराको अन्तिम संस्कार गर्नेछन्।

२३ वर्षे छोराको कमाइ खानेबेला उसकै शव लिएर हिँड्नुपर्दा जानकी संसारसँग निकै विरक्तिएका देखिन्थे।

काठमाडौंमा जम्मा १६ घण्टा बिताएर छोराको लास बोकेर घर फर्किन उनका गोडा मानिरहेका थिएनन्। आफन्तले समातेर उनलाई एम्बुलेन्समा राखे।

यो पनि
सानेपा घटना : छोराको मृत्युको कारण खोज्न काठमाडौं आइपुगे विजयका बाबु
पूर्वसचिव कार्कीको विलापः मुना तिमी किन चिच्याइनौ?

 

खल्ती एप मार्फत पूर्वेली म्युजिक अवार्डको फारम भर्न सकिने, अन्तिम मिति फागुन १८

अर्थ सचिवमा ढुंगानाको सरुवा

काठमाडौं । सरकारले अर्थ मन्त्रालयको सचिवमा शिशिरकुमार ढुंगानालाई सरुवा गरेको छ । मन्त्रालयको राजस्व सचिवबाट उनलाई अर्थ मन्त्रालयको सचिव बनाइएको हो । तत्कालीन अर्थ सचिव राजन खनाल गत २२ माघमा सेवानिवृत्त भएपछि सो पद रिक्त थियो ।

ढुंगाना आर्थिक र प्रशासनिक क्षेत्रमा राम्रो दक्खल राख्ने प्रशासक हुन् । ढुंगानाले सरकारले दिएको जिम्मेवारी इमानदारितासाथ पूरा गर्ने प्रतिबद्धता जनाए ।

The post अर्थ सचिवमा ढुंगानाको सरुवा appeared first on Rajdhani Daily News.

धान काटेर फर्कँदै गरेका आमाछाेरीकाे अरिङ्गालले टोकेर मृत्यु

माघ १५ देखि माइभ्याली गोल्डकप

इलाम । पूर्वकै प्रतिष्ठित माइभ्याली गोल्डकप प्रतियोगीताको छैठौ संस्करण माघ १५ गतेदेखि शुरु हुने भएको छ । २३ गतेसम्म सञ्चलन हुने प्रतियोगीतामा नेपालका चारवटा एडिभिजन क्लव, चार विदेशीटिम सहित १० टिम सहभागी हुने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगीता सञ्चालन गर्नका लागि इलामको ठूलो टुडिखेलमा बासको प्याराफिट निर्माण शुरु भएको छ । मैदान सम्याउने, मैदानलाई नरम बनाउन नियमीत रुपमा पानी लगाउने काम भइरहेको माइभ्याली फुटवल क्लवका अध्यक्ष धिरेन चेम्जोङ्गले जानकारी दिए । ‘मैदानलाई खेल्न योग्य बनाउनको लागि काम भइरहेको छ’, उनले भने, ‘प्रतियोगीताको अन्तिम तयारीको काम भइरहेको छ ।’

प्रतियोगीतामा भारतको मोहवोर्डन स्पोटिङ्ग क्लव कोलकत्ता, कोइमाइगल क्लव नागाल्याण्ड, दार्जिलिङ्ग एघार भापा एघार आउने पक्का भइसकेको छ । प्रतियोगीतामा भाग लिनको लागि जापानको जापनीज युर्निभरसिटी टिमसंग छलफल भइरहेको आयोजकले जानकारी दिएको छ । नेपालका ए डिभिजन टिमसंग पनि छलफल भइरहेपनि कुन कुन क्लवलाई सहभागी गराउने भन्ने अन्तिम निर्णय भइसकेको छैन ।

मोफोसलमा हुने प्रतियोगीतालाई सहज बनाउनको लागि क्लवहरुको डायल सिस्टम हुनुपर्ने अध्यक्ष चेम्जोङको जोड छ । ‘मोफोसलका प्रतियोगीतालाई वर्गिकरण गरेर त्यस अनुसार क्लवहरुको डायल सिस्टम बनाउनुपर्छ, त्यो गर्दा अर्को सिजनमा कुन कुन टिम सहभागी हुन्छ भन्ने अहिलेकै सिजनमा थाहा हुन्छ’, चेम्जोङ्गले थपे,‘घरेलु क्लवहरुको टुङ्गो भएपछि आयोजकले विदेशी टिम भित्र्याउँन पर्याप्त कसरत गर्नसक्छ ।’ एन्फाका केन्द्रीय सदस्य निरोज खड्गीले भने ।
प्रतियोगीताको विजेताले आठ लाख रुपैयाँ नगद सहित ट्रफि मेडल र प्रमाणपत्र पाउने छ ।

उपविजेताले पाँच लाख रुपैयाँ नगद पाउने छ । अघिल्लो सिजनमा विजेताले सात लाख रुपैयाँ र उपविजेताले तीन लाख रुपैयाँ पाएका थिए । प्लेयर आफ दि टुर्नामेन्टले एक लाख १५ हजार पुरस्कार पाउनेछन् भने विधागत उत्कृष्ट खेलाडीलाई समेत नगद पुरस्कार प्रदान गर्ने आयोजकले जानकारी दिए ।

The post माघ १५ देखि माइभ्याली गोल्डकप appeared first on Rajdhani Daily News.

हतकडी रुमालले छोपेर सन्दिप लामिछाने प्रहरी नियन्त्रणमा

कृषि तथा औद्योगिक विकासका लागि विराट एक्स्पो २०७६

माेरङ / मोरङको विराटनगर महानगरपालिका स्थित शंकरपुर मार्गमा फाल्गुन २ गते देखि विराट एक्स्पाे २०७६ भव्य रुपमा आयोजना हुदैंछ । उद्योग संगठन माेरङको आयोजनामा फाल्गुण १० गते सम्म एक्स्पो संचालन हुनेछ । आर्थिक समृद्धिको मुल आधार , कृषि पर्यटन, उधोग र व्यापार भन्ने नाराका साथ अाैद्योगिक तथा सुन्दरनगरीका रुपमा परिचित विराटनगरमा साझेदारीको अवधारणा अनुरुप एक्स्पो आयोजना भएको हो । ३ सय १५ भन्दा बढी विभिन्न प्रकारका स्टलहरु रहने कृषि तथा अाैद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनीमा करिव ३ लाख अवलाेकनकर्ताहरुले अवलाेकन गर्ने अपेक्षा राखिएको छ । विराट एक्स्पो २०७६ को बारेमा आयोजक तथा सरोकारवाला हरुको संक्षित्त धारणा याहां प्रस्तुत गरिएको छ…. ।

रामबहादुर मगर, भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री ,प्रदेश १

विराटनगर महानगरपालिकाको सुन्दर तथा औद्योगिक नगरीमा संञ्चालन हुने महोत्सवले कृषि, पर्यटन , उद्योग तथा व्यापार लगायत विविध पक्षको सकारात्मक सुधार हुने विश्वास लिएको छु । देश विदेशका उपभोक्ता र उत्पादक बिच भेटघाट हुने याे मेलाकाे ठूलाे महत्त्व रहन्छ । यसमा ४० वटा भन्दा बढी स्टलहरु कृषि सम्बन्धि रहने भएकोले यसलाई कृषि मन्त्रालयले समेत सहयाेग गर्ने व्यवस्था मिलाएकाे छ । कृषि उपजका चिया ,सुर्ती लगायतका चिजहरु, दुग्धजन्य र महजन्य चिज तथा ढाका लगायत नेपाली उत्पादनका चिजहरु समेत रहनेछन । एक्स्पाेमा नेपाली उत्पादन लगायत विदेशी वस्तुहरुकाे एकै ठाउँमा प्रदर्शन भएर उपभोक्ता तथा उत्पादन बिच सुखद समन्वय हुने भएकोले व्यापार प्रवर्द्वनकाे ढाँचामा महत्त्वपूर्ण हुनेछ । अाफ्नाे बजार प्रवर्द्वनका निम्ति समेत विराट एक्स्पाे जानकारी मूलक ,महत्त्वपूर्ण र अावश्यक हुनेछ । विभिन्न देशहरुबाट कृषि समाग्री लगायत अार्थिक ,अाैधाेगिक उत्पादनकाे समेत प्रदर्शनी हुने भएकोले नयाँ प्रविधिको जानकारीका लागि समेत उपयुक्त थलाे हुन सक्छ । यसले व्यापारिक महत्वका साथै विभिन्न समानहरुका वारेमा जानकारी समेत दिलाउँने भएको हुँदा यस्ताे खालकाे एक्स्पाेकाे महत्त्व र अावश्यकता धेरै छ ।

माहोत्सवलाई प्रभावकारी र सफल बनाउन आवश्यक छ । एक्स्पोलाई प्रभावकारी रुपमा सफल बनाउंन सके देशको कृषि तथा औधोगिक लगायतका विविध उत्पादनमा टेवा पुग्नेछ । यस महोत्सवले राम्रो गति लिएर लक्ष्य प्राप्त गरोस भन्न चाहान्छु । एक्स्पोे सफलताको कामना सहित आफनो तर्फबाट आफुले गर्न सक्ने साथ सहयोग गर्ने प्रतिबद्धता गर्दछु ।

जगदिशप्रसाद कुसियैत, उद्योग ,पर्यटन ,वन तथा वातावरण मन्त्री ,प्रदेश १

मुलुकको आर्थिक तथा सामाजिक क्षेत्रको विकासका लागि महोत्सवबाट टेवा पुग्ने गर्दछ । विराट एक्स्पाेकाे प्रदर्शनीबाट कृषि , पर्यटन , उद्योग र व्यापारकाे विकासमा महत्वपुर्ण योगदान पुग्ने अपेक्षा गर्न सकिन्छ । यसबाट प्रदेशकाे विकास र नगरको पहिचान बढ्नुका साथै व्यापार व्यवसायको क्षेत्रमा समेत सफलता हासील हुनेछ ।

उद्योग संगठन माेरङकाे अायाेजनामा हुन लागेकाे विराट एक्स्पाे नेपाल सरकार उद्योग वाणिज्य तथा अापूर्ति मन्त्रालय , उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय , भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश १ तथा विराटनगर महानगरपालिका प्रवर्द्वक रहेको छ । विराट एक्स्पाेबाट अाफ्ना उत्पादन बारे उपभोक्ताहरु बिच जानकारी हुनुका साथै उत्पादन व्यवसायीकरण तथा प्रचार प्रसार हुनेछ । एक्स्पाेबाट लक्षित ग्राहक पहिचानमा सहयाेग पुग्नुका साथै उपभोक्ता बिच सम्बन्ध सुधार समेत हुनेछ । नयाँ प्रविधि तथा सेवाहरु बारे जानकारी गराउँने अवसरका साथै स्वास्थ्य प्रतिष्पर्धा हुनेछ । विश्वव्यापी र क्षेत्रीय अवधारणाबाट अाैधाेगिक क्षेत्रमा पर्ने असर र लाभका क्षेत्रकाे पहिचानका साथै शिक्षा , स्वास्थ्य क्षेत्रकाे गतिविधि बारे जानकारी गराउँने महत्त्वपूर्ण उदेश्यका साथमा विराट एक्स्पाे २०७६ अायाेजना गर्न लागिएको हाे । महोत्सवलाई सबैको सहकार्य र सद्भावबाट सफल बनाउनुन अावश्यक छ ।

भीम पराजुली, विराटनगर महानगरपालिका , प्रमुख

विराट एक्स्पाे प्रदेशकै लागि गाैरवकाे विषय हाे ।एक्स्पाे हुन जरुरी भएकोले यसले अन्तरिक पर्यटनलाई समेत फाइदा पुग्छ । स्वदेशी उत्पादन लाई प्रवर्द्वन गर्नुका साथै उपभोक्ताहरुले सर्वसुलभ मूल्यमा सामानहरु पनि पाउँछन् । विराट एक्स्पाे २०७६ ले पर्यटन बर्ष २०२० लाई समेत सफल बनाउँन सहयाेग गर्छ । यस्ताे महाेत्सव भै रहनु पर्दछ जसले गर्दा राजस्व बढ्नुका साथै कुल ग्राहास्थ उत्पादनलाई पनि फाइदा पु- याउँछ । विराट एक्स्पाेबाट शहरकाे गाैरव बढ्नुका साथै उत्पादन र उपभोक्तालाई पनि लाभ पु- याउँछ। सर्वसुलभ मूल्यमा उपभोक्ताले लाभ लिन सक्ने भएकोले ग्राहकहरु पनि ठगिदैनन् । एक्स्पाेकाे लागि विराटनगर महानगरपालिकाकाे भूमिका सकारात्मक छ ।

यस्ताे खालकाे एक्स्पाे हुनु पर्दछ भनेर महानगरले सहयाेग समेत गर्ने गरेकाे छ । विराटनगरको आर्थिक तथा सामाजिक रुपमा स्तरउन्नती गर्नका लागी आयोजना गरिएको विराट एक्स्पोमा सवैको सकारात्मक सहभागिता रहनु जरुरी छ । महोत्सवको लागि प्रवर्द्वक समेत रहेको विराटनगर महानगरपालीकाको एक्स्पो संचालनमा महत्वपुर्ण भूमिका समेत रहेकाे छ । कृषि,औधोगिक,सूचना प्रविधि,मनोरन्जनको विशेष महत्व झल्कने एक्स्पोमा स्थानिय उत्पादन,कृषि , पर्यटन हस्तकला तथा विभिन्न क्षेत्रको विकासमा टेवा पुग्नेछ । यस्ताे खालकाे महत्त्वपूर्ण महोत्सवलाई सफल बनाउंन सबैकाे साथ सहयोग तथा एकताकाे जरुरी रहन्छ ।

भोलेश्वर दुलाल, विराट एक्स्पाे २०७६ ,संयाेजक

एक्स्पोमा विभिन्न किसीमका औधोगिक उत्पादन, कृषि ,पर्यटन तथा सेवाका ३ सय १५ भन्दा माथीका स्टलहरु रहने छन । एक्स्पाेकाे विशेष अाकर्षणमा स्वदेशी अाैधाेगिक उत्पादनकाे प्रदर्शन तथा प्रदेश १ का जिल्लाका उधाेमीहरुकाे सहभागिता र अन्तर्राष्ट्रिय प्रदर्शककर्ताहरुकाे सहभागिता रहने छ । बाल उद्यान तथा खानाकाे विभिन्न परिकारका साथै कृषि ,पर्यटन, वनमा अाधारित उद्योगकाे सहभागिता र सुचना प्रविधि लगायत अटाेमाेबाइल्सका क्षेत्रमा भएका नयाँ उपलब्धिहरुकाे जानकारी समेत हुनेछ । बैक तथा वितिय क्षेत्रकाे प्रदर्शनी साथै शिक्षा ,विज्ञान ,स्वास्थ्यका विविध पक्षबारे जानकारी हुनुका साथै विविध साँस्कृतिक कार्यक्रमकाे समेत अायाेजनाले गर्दा एक्स्पाेकाे विशेष अाकर्षण रहने छ। अाफ्ना उत्पादनहरु अवलाेकन कर्ताले हेर्नुका साथै अन्तर्राष्ट्रिय स्तरका स्टलहरु पाकिस्तान ,बङ्गलादेश ,चिन , भुटान लगायत ५ देशका स्टलहरु समेत बुक भएका छन ।

स्वदेशी उत्पादन, कृषि सम्बन्धि कृषकले गरेका उत्पादन , घरेलु उत्पादन लगायत समाग्री प्रर्दशन गर्ने उत्कृष्ट थलाेकाे रुपमा विराट एक्स्पाेलाई लिन सकिन्छ । एक्स्पाे नियमित रुपमा संचालन हुन अावश्यक भएकोले उपभोक्ताले एकैचोटी धेरै कुराकाे जानकारी लिनका लागि महत्त्वपूर्ण हुनेछ । एक्स्पाे संचालनका लागि सम्बन्धि सबैकाे अावश्यक साथ सहयाेग प्राप्त भएको छ । एक्स्पाेबाट नाफा कमाउँने भन्दा पनि हाम्रा उत्पादनहरु कसरी उपभोक्ता माझ सहज रुपले पु- याउँने भन्ने बारेमा हामीले ध्यान दिएका छाै । आर्थीक,सामाजिक तथा पहिचानको विकासका लागी आयोजना गरिएकोे महोत्सवमा सबैले आआफ्नो ठाउं तथा क्षेत्रबाट सहकार्य गरि एकता र सद्भभावका साथमा महोत्सवलाई सभ्य तथा भव्य बनाउन जरुरी छ ।

भीम घिमिरे, अध्यक्ष, आयोजक उद्योग संगठन माेरङ

उद्योग संगठन माेरङकाे अायाेजनामा हुने विराट एक्स्पाे २०७६ अत्यन्त महत्त्वपूर्ण कार्यक्रमका रुपमा लिएका छाै । आर्थिक समृद्धिको मुल आधार , कृषि पर्यटन उधोग र व्यापार, भन्ने नाराका साथमा हुने महाेत्सवमा सबै किसिमका समाग्री राखेर प्रर्दशनी गरिने छ । विराट एक्स्पाेमा कृषि ,अाैधाेगिक , जडिबुटी ,अल्लाे , सेलरोटी , अटाेमाेबाइल्स, सूचना प्रविधी , ठूला उद्योग , साना उद्योग , विदेशी उद्योगबाट उत्पादित वस्तुहरुकाे समेत प्रदर्शनी हुनेछ । उपभोक्ता तथा उत्पादन बिच एउटा संघमकाे विन्दुका रुपमा विराट एक्स्पाेलाई हामीले बुझेका छाै । समृद्ध नेपाल सुखि नेपाली बनाउँने राष्ट्रिय सरकारकाे अभियानलाई साथ पु- याउन एक्स्पाेकाे भूमिका महत्त्वपूर्ण हुनेछ ।

पर्यटन बर्ष २०२० लाई सफल बनाउँन समेत एक्स्पाेकाे अायाेजना गरिएको हाे । यस क्षेत्रको आर्थिक एवम् औद्योगिक विकास र औद्योगिक बस्तुहरुको प्रविधि एवम् बजार प्रवर्द्वनमा महत्वपूर्ण योगदान पुर्याउने उद्धेश्यले गर्न लागिएको यस प्रदर्शनीबाट औद्योगिक उत्पादन, कृषि, पशुपंक्षि एवम् पशुजन्य उत्पादनमा व्यवसायीकरण, सा‌ंस्कृतिक एवम् पर्यटन प्रवर्द्वधनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षाका साथ एक्स्पो आयोजना गरिएको हो । ५० कराेड भन्दा माथिकाे अार्थिक काराेवार तथा २ कराेड खर्च र २ कराेड अाम्दामी हुने अनुमान राखिएको एक्स्पाेमा ३ लाख भन्दा बढी मानिसहरुले अवलाेकन गर्ने अपेक्षा राखिएको छ ।

विश्व अधिकारी, माेरङ, प्रमुख प्रहरी उपरीक्षक

विराट एक्स्पाेले अार्थिक तथा सामाजिक विकासमा टेवा पु- याउने भएकोले याे अायाेजना हुनु अाफैमा महत्त्वपूर्ण बिषय हाे । एक्स्पाेकाे लागि विशेष सुरक्षाकाे व्यवस्था समेत गरेका छाै । एक्स्पाेमा प्रहरीकाे हेल्थ डेक्स नै राखेर सुरक्षा दिनेछौं । शान्ति सुरक्षाका साथसाथै प्रहरी साझेदारीकाे व्यानरमा एक्स्पाेमा सहभागि हुनेलाई अावश्यक सहयाेग गर्नेछाै । विराट एक्स्पाे विभिन्न देशहरुकाे व्यापारिक मेला भएकोले यसकाे फाइदा र अाफ्नै महत्त्व छ । महाेत्सवमा विभिन्न देशका उत्पादन , कृषि समाग्रीहरु लगायत अाैधाेगिक प्रदर्शनीका साथ साथै मानिसहरुले अवलाेकन गर्ने माैका पाउँनेछन ।

एक्स्पोबाट व्यापार व्यवसायी तथा विविध क्षेत्रका व्यक्तिहरुलाई लाभ मिल्नेछ । विराट एक्स्पाेबाट बिक्री वितरण , प्रदर्शन तथा उत्पादन उपभोक्ता बिचकाे सम्बन्ध स्थापित गराउँन महत्त्वपूर्ण हुनेछ भन्ने लागेकाे छ ।

एकदेव अधिकारी, विराटनगर महानगरपालिका , प्रमुख प्रशासकिय अधिकृत

विराट एक्स्पाे प्रदेश १ लगायत विराटनगरकाे लागि महत्त्वपूर्ण कार्यक्रम हाे । यसलाई विराटनगर महानगरपालिकाले समेत सहयाेग गरेकाे छ । महानगरले एक्स्पाेकाे लागि सरसफाइ , पिचबाटाे बनाउँने लगायतका कामहरु समेत गरेकाे छ । विराट एक्स्पाेले सबै प्रकारका उद्योगहरुकाे प्रवर्द्वन गर्नेछ । यसले विराटनगरलाई थप परिचित बनाउँन समेत मद्दत पु- याउँने छ । विराटनगर महानगरपालिकाले यस्ता खालका अर्थपूर्ण कार्यक्रमलाई ध्यानमा राखेर विशेष सहयाेग गर्दै अाएकाे छ । एक्स्पाेलाई सफल बनाउँन दैनिक रुपमा त्याहाँ पुगेर अाफ्नै कार्यक्रम सम्झेर साथ सहयाेग समेत पु- याउँदै अाएका छाै ।

महोत्सव सबैको लागि गौरवको विषय पनि हो । यस महोत्सवबाट कृषि तथा औधोगिक क्षेत्रको विकास गरि कृषिको व्यवसायिकरण तथा औधोगिक उत्पादन बारे जानकारी हुनेछ । महोत्सवबाट हामी बिचको एकता र सद्भभाव अझै बढेर जाओस भन्न चाहान्छु । एक्स्पोबाट नयां प्रविधि र उत्पादन वारे ज्ञान हुनुका साथै उत्पादन र उपभोक्ता बीचको सम्वन्धमा विस्तार हुनेछ । विभिन्न वस्तुको उत्पादन एवम् यान्त्रिकरण र पर्यटन प्रवर्द्वनमा यस्ता खालका आर्थिक तथा व्यवसायिक महोत्सवको महत्वपुर्ण भूमिका रहन्छ । आफ्नो ठाउंको पहिचान तथा समाज र देश विकासको लागि आयोजना हुने महोत्सवलाई सबैले साथ सहयाेग पु- याएर सकारात्मक किसीमले बुझेर महसुस गर्न जरुरी छ ।

प्रकाश मुन्डरा, माेरङ व्यापार सङ्घ , अध्यक्ष

विराट एक्स्पाे २०७६ मा माेरङ व्यापार संघ सहयाेगि संस्था रहेकाे छ । एक्स्पो बाट व्यपार, व्यवसाय उधोगधन्दाको कारोवारमा विकास भै व्यवसायीहरुलाई आर्थिक ,सामाजिक रुपमा अघि वढ्न मदत पुग्नेछ । महोत्सवमा कृषी,उधोग,अटोमोवाईल्स, सुचना प्रविधि ,हस्तकला ,वैकल्पिक उर्जा,घरयासी सामाग्री,गामेन्ट,खाधपदार्थ, वैक तथा वितिय संस्था , सुचना प्रविधि,बिधुतीय सामग्री लगायतका प्रदर्शनमा हुने सेवा तथा वस्तु रहने छन् ।

महाेत्सवमा राष्ट्रिय उद्योग व्यवसाय तथा वहुराष्टि्य कम्पनीहरु , घरेलु र साना उद्योग , श्रृङ्गारका सामाग्रीहरु साथै गार्भेन्ट , छालाजन्य बस्तुहरुकाे समेत सहभागिता रहनेछ । यसवाट विविध क्षेत्रका मानिसलाई फाईदा पुग्नेछ । वृहत रुपमा ८ दिन सम्म संचालन गरिने महोत्सवमा आर्कषक गेट, पंडाल, स्टल निर्माण तथा स्टेज सजावट लगायतका विविध आवश्यक कामहरु भएका छन् । आर्थिक तथा सामाजिक विकासका साथै विविध पक्षको हितका लागी विराट एक्स्पो उपलब्धी मूलक हुने विश्वास गरिएको छ ।

The post कृषि तथा औद्योगिक विकासका लागि विराट एक्स्पो २०७६ appeared first on Purbeli News.

‘राजा महेन्द्र सहेन्द्र चिन्दिन, बिना पासवर्ड भित्र जाने अनुमति छैन’ भन्ने सिपाहीको बढुवा

चीनमा कोरोना भाइरसले ज्यान गुमाएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौं, २९ माघ । चीनको वुहान शहरमा कोरोना भाइरसका कारण एक हजार ११५ जनाले ज्यान गुमाइसकेका छन् । हजारौँ कोरोनाको भाइरसबाट सङ्क्रमित छन् । सो शहरका मानिस कोरोनाको सङ्क्रमणसँग लडिरहेका बेला कोरोना भाइरसको महामारीले विश्व जगत्को ध्यान तानेको छ । चीनले आफ्ना नागरिकलाई अन्य मुलुक जानमा रोक लगाएको छ । अन्य देशबाट चीनमा गई बसोवास […]

कोरोनाको प्रकोपपछि सेनजेनमा कुकुर र बिरालोको मासु प्रतिबन्ध

काठमाडौं महानगरपालिकाले रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन गर्ने

काठमाडौं, २९ माघ । काठमाडौं महानगरपालिकाले आगामी वैशाखदेखि रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ । आज कामपाका प्रमुख विद्यासुन्दर शाक्य र अन्य सरोकारवालासँगको बैठकले यस्तो निणय गरेको हो । सार्वजनिक यातायातलाई थप प्रभावकारी बनाउन र नेपाल भ्रमण वर्ष २०२० का अवसरमा नेपाल घुम्न आएका विदेशी पाहुना पनि सहयोग होस् भन्दै कामपाले रातको समयमा पनि […]

सामुदायिक विद्यालयमा कर्मचारीको राजनीति,आजदेखि चितवनका विद्यालय एक साता बन्द आव्हान

कीर्तिपुरमा क्रिकेटरले कायम गरेका यी दर्जन कीर्तिमान

आइसीसी विश्वकप त्रिकोणात्मक शृंखलाअन्तर्गत अमेरिकासँगको दोश्रो खेलमा बुधबार नेपालले ८ विकेटको कीर्तिमानी जित हासिल गर्‍यो। यससँगै नेपालले घरेलु मैदानमा भएको सो शृंखलाको सुखद् समापन गरेको छ।

लिग २ मा ४ खेल खेलेको नेपालले होम एन्ड अवे (देशभित्र र बाहिर) गरेर अझै ३२ वटा खेल खेल्न बाँकी छ। ओमानसँग दुवै खेल हारेको नेपालले अमेरिकालाई भने दुवै खेलमा पराजित गर्‍यो।

लिग २ मा नेपाल, ओमान, अमेरिका, स्कटल्यान्ड, नामिबिया, संयुक्त अरब इमिरेटस् (यूएई) र पपुवा न्युगिनीसहित ७ देश सहभागी छन्।

बुधबार भएको शृंखलाको अन्तिम खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको अमेरिकाले १२ ओभरमा अल आउट हुँदै मात्र ३५ रन जोेड्न सक्यो। योसँगै एक दिवसीय इतिहासमा विपक्षीलाई सबैभन्दा कम बलमा अलआउट गर्ने कीर्तिमान नेपालले बनाएको छ।

नेपालले ७२ बलमै अमेरिकालाई अल आउट गर्दै दुर्लभ कीर्तिमान आफ्नो नाममा गरेको हो। यसअघि सन् २००४ मा श्रीलंकाले जिम्बावेलाई ३५ रनमै अल आउट गरेको थियो।

तर त्यसका लागि श्रीलंकाले १८ ओभर खर्चेको थियो। 

यसअघि अफगानिस्तानले २०१७ मा जिम्बावेलाई १३.५ ओभर अर्थात् ८३ बलमा ५४ रनमा अल आउट गरेर कीर्तिमान कायम गरेको थियो भने नेपालले अमेरिकालाई १२ ओभरमै अलआउट गरी सबैभन्दा छिटो अलआउट गर्ने नयाँ कीर्तिमान कायम गरेको छ।

cricket audience

खेलमैदानलाई मान्यता
विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक शृंखलाको आयोजनासँगै कीर्तिपुरको त्रिवि क्रिकेट मैदानले एक दिवसीय खेल मैदानको मान्यता पाएको छ।

अन्तर्राष्ट्रिय स्तरका क्रिकेट खेल खेलाउनका लागि नेपालमा अहिलेसम्म यहि एकमात्र खेलमैदान छ भने मुलपानीमा वर्षौंदेखि निर्माणाधीन क्रिकेट मैदान अझै सम्पन्न भएको छैन। त्रिवि मैदानमा अन्तर्राष्ट्रिय स्तरका खेलहरु खेलाइने गरेको भए पनि एकदिवसीय मैदानको औपचारिक मान्यता पाएको यो पहिलोपटक हो।

त्रिवि मैदानले त्यहाँ पहिलो अन्तर्राष्ट्रिय खेल आयोजना गरेको २२ वर्षपछि सो मान्यता पाएको हो।

kamal Airee
क्याप्टेन मल्लबाट एक दिवसीय खेलकाे क्याप लिँदै कमल ऐरी। 

४ खेलाडीको डेब्यु
नेपालले आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक शृंखलामा नेपालका ३ बलरहरु सुसन भारी, अविनाश बोहोरा, कमल ऐरी र अलराउन्डर कुशल मल्लले एक दिवसीयमा डेब्यु गरे। बुधबार ओमानविरुद्धको पहिलो खेलमा तीव्र गतिका बलर अविनाश बोहोरा र स्पिनर सुशन भारीले डेब्यु गरे। अविनाश नेपालबाट एक दिवसीयमा डेब्यु क्याप लगाउने २०औं खेलाडी हुन्।

योसँगै अविनाश घरेलु मैदानमा ओडीआईमा डेब्यु गर्ने पहिलो खेलाडी बनेका छन्।

गतवर्ष यूएईसँगको टी–ट्वान्टी शृंखलाबाट नेपाली क्रिकेटमा डेब्यु गरेका अविनाशले हालसम्म नेपालबाट १७ टी–ट्वान्टी अन्तर्राष्ट्रिय र १ लिस्ट–ए खेल खेलेका छन्।

उनले गत नोभेम्बरमा बंगलादेशमा भएको इमर्जिङ एक दिवसीय एसिया कपमा हङकङविरुद्ध लिस्ट–ए मा डेब्यु गरेका थिए।

त्यस्तै बायाँ हाते युवा स्पिनर सुशन भारीले पनि एक दिवसीयमा डेब्यु गर्दै नेपालको २१औं ओडीआई क्याप लगाएका हुन्। भारीले नेपालबाट ६ वटा टी–ट्वान्टी अन्तर्राष्ट्रिय र ४ लिस्ट–ए खेल खेलिसकेका छन्।

नियमित अनुभवी स्पिनर वसन्त यसपटक टोलीमा नहुँदा सुशनले मौका पाएका हुन्। सुशनले सन् २०१७ को अक्टोबरमा हङकङविरुद्ध अन्तर्राष्ट्रिय खेलको डेब्यु गरेका थिए।

डेब्युमै कुशलको कीर्तिमान
बायाँ हाते युवा अलराउन्डर कुशल मल्लले आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक शृंखलाअन्तर्गत माघ २५ गते अमेरिकासँगको खेलमा डेब्यु गरेका हुन्। कुशल नेपालबाट एक दिवसीय खेल्ने २२औं खेलाडी हुन्।

कुशललाई नेपालका प्रशिक्षक जगत टमाटाले डेब्यु क्याप दिएका थिए। आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक शृंखलाअन्तर्गत दोस्रो खेलमा अमेरिकासँग डेब्यु गर्दै अर्धशतकीय इनिङ खेलेपछि सबैभन्दा कम उमेरमा अर्धशतक पूरा गर्ने उनी विश्वकै पहिलो खेलाडी बनेका हुन्।

यो रेकर्ड कायम गर्दा कुशलको उमेर १५ वर्ष ३ सय ४० दिन थियो। ४९ बलमा कुशलले ३ छक्का र ४ चौका प्रहार गर्दै ५० रनको कीर्तिमान कायम गरे।

यसअघि गतवर्ष रोहित कुमार पौडेलले यूएईसँग दोस्रो एकदिवसीय खेलमा अर्धशतक प्रहार गर्दै भारतीय क्रिकेटका पूर्वकप्तान सचिन तेन्दुलकरले बनाएको रेकर्ड तोडेका थिए।
रोहितले उक्त खेलमा ५८ बलमा ५५ रन जोडेका थिए। जुन एकदिवसीय क्रिकेटमा सबैभन्दा कान्छो उमेरमा अर्धशतक पुरा गर्ने कीर्तिमान रचेका थिए।

सो अर्धशतक प्रहार गरेको दिन रोहित १६ वर्ष १ सय ४६ दिनका थिए। यसअघि सचिनले टेस्टमा १६ वर्ष २ सय १३ दिन र त्यसअघि पाकिस्तानका सहिद अफ्रिदीले १६ वर्ष २ सय १७ दिनको हुँदा अर्धशतक प्रहार गरेका थिए। नेपाली खेलाडी रोहितको कीर्तिमान एक वर्षभित्रै अर्का कान्छा क्रिकेटरले तोडेका छन्।

Sandeep Lamichhaneएक्सनमा सन्दीप लामिछाने

एकै ओभरमा ६ विकेट
अमेरिकासँगको दोश्रो खेलमा लेग स्पिनर सन्दीप लामिछानेले एकै खेलमा ६ विकेट लिँदै नेपालबाट एउटै एक दिवसीय शृंखलामा सर्वाधिक विकेट लिने खेलाडी बनेका छन्।

ओमानसँगको खेलमा सन्दीपले ६ ओभर बलिङ गर्दै १ मेडनसहित ६ विकेट लिए। बुधबारको खेलमा म्यान अफ दि म्याच समेत बनेका सन्दीपले यसअघि अमेरिकासँगकै खेलमा २ विकेट लिएका थिए।

समग्रमा उनले त्रिकोणात्मक शृंखलामा ८ विकेट लिएका छन्। अमेरिकासँगको पहिलो खेलमा सन्दीपले आफ्नो स्पेलमा २ मेडनसहित २७ रन खर्चेर २ विकेट लिएका थिए।

यसअघि एकै शृंखलामा सर्वाधिक विकेट लिने कीर्तिमान सोमपाल कामीको नाममा थियो। सोमपालले गत वर्ष यूएईसँगको तीन एक दिवसीय शृंखलामा २१.३ ओभर बलिङ गर्दै ४ मेडन सहित १ सय १४ रन खर्चेर कुल ७ विकेट लिएका थिए।

अमेरिकासँगकै पहिलो खेलमा तीब्र गतिका बलर करण केसीले ७.१ ओभरमा १ मेडन राख्दै १५ रन खर्चेर ४ विकेट लिदै म्यान ‘अफ द म्याच’ बने। पहिलो खेलमा करणले ओमानविरुद्ध ९ ओभरमा ४७ रन खर्चेर ४ विकेट लिएका थिए। जारी शृंखलामा करण केसी र सन्दीप लामिछानेले समान ८ विकेट लिए।

सुसान भारीले ३ ओभरमा १ मेडनसहित ५ रन खर्चेर ४ विकेट लिए। यसअघि ओमानसँगको खेलमा उनले १ विकेट लिएका थिए।

Sharad Bheswakarशरद भेषावकर

शरदको अर्धशतक
भरपर्दा ब्याट्सम्यान शरद भेषावकरले आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक शृंखलाअन्तर्गत ओमानविरुद्ध अर्धशतक पुरा गरे। शरदले ९६ बलमा अर्धशतक पुरा गरेका हुन्।

योसँगै शरद घरेलु मैदानमैं एक दिवसीयमा अर्धशतक पुरा गर्ने पहिलो ब्याट्सम्यान बनेका छन्। यसअघि नेपालबाट एक दिवसीयमा ज्ञानेन्द्र मल्ल, पारस खड्का, सोमपाल कामी, रोहित कुमार पौडेल र सुवास खकुरेलले अर्ध शतक प्रहार गरेका थिए।

ज्ञानेन्द्रको अर्धशतक
राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्लले आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक शृंखलाअन्तर्गत तेस्रो खेलमा अर्धशतक प्रहार गरे।

ओमानविरुद्धको खेलमा ज्ञानेन्द्रले ७० बलमा आफ्नो दोस्रो एक दिवसीय अर्धशतक पुरा गरेका हुन्। २५ ओभरको चौथो बलमा मोहम्मद नदीमलाई चौका प्रहार गर्दै ज्ञानेन्द्रले अर्धशतक पुरा गरेका थिए।

यसअघि ज्ञानेन्द्रले २०१८ अगष्ट १ मा नेदरल्यान्डसँगको पहिलो एक दिवसीय डेब्यु खेलमा ५१ रन जोडेका थिए।

Binod Bhandariविनाेद भण्डारी

विनोदको अर्धशतक
विकेटकिपर विनोद भण्डारीले आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक शृंखलाअन्तर्गत अमेरिका विरुद्धको खेलमा अर्धशतक पुरा गरे। विनोदले ६२ बलमा अर्धशतक पुरा गर्दै आफ्नो एक दिवसीय करिअरको पहिलो अर्धशतक पुरा गरेका हुन्।

अविजित ओमान
त्रिकोणात्मक शृंखलामा ओमानले ४ वटै खेल जित्दै शतप्रतिशत नतिजा हासिल गर्‍यो। ओमानले नेपाललाई पहिलो खेलमा १८ रनले तथा दोस्रो खेलमा ८ विकेटले पराजित गरेको थियो भने अमेरिकालाई पहिलो खेलमा ६ विकेटले तथा दोस्रो खेलमा ९२ रनले पाखा लगाएको थियो।

नेपालसँगको अन्तिम खेलमा ओमानले तेस्रो विकेटका लागि उपकप्तान अकीब इलियास र कप्तान जिशान मकसुदले १ सय ६७ रनको नटआउट शतकीय साझेदारी गरेका थिए।

यो साझेदारी नेपालविरुद्ध एक दिवसीयमा विपक्षी टोलीले बनाएको उच्च हो भने ओमानले एक दिवसीयमा कुनै पनि विकेटका लागि गरेको उच्च साझेदारी।

नेपालले एक दिवसीय मान्यता पाएको २ वर्ष पुग्न लाग्दा १० खेल खेलिसकेको छ। १० खेलमा नेपालविरुद्ध शतक प्रहार गर्ने अकीब पहिलो ब्याट्सम्यान हुन्।

उनले १ सय ८ बलमा १२ चौका र १ छक्कासहित १ सय ९ रनमा अविजित रहेका थिए। यसअघि गतवर्ष यूएईसँगको तेस्रो खेलमा शैमान अनवारले ७० बलमा ९ चौका र २ छक्का सहित ८७ रनको इनिङ खेलेका थिए।

ओमानसँगको ८ विकेटको हार एक दिवसीयमा विकेटका हिसाबले नेपालले भोगेको ठूलो हार हो। नेपालले एक दिवसीयमा १० खेलमध्ये ५ खेल हारेको छ।

जसमा विकेटका हिसाबमा यो ठूलो हार हो। नेपाल नेदरल्यान्ड्ससँग पहिलो खेलमा ५५ रन, यूएईसँग एसिया कपमा ७८ रन, यूएईसँगको तीन शृंखलाअन्तर्गत पहिलो खेलमा ३ विकेटले पराजित भएको थियो। त्यस्तै त्रिकोणात्मक सिरिजमा नेपाल गत बुधबार ओमानसँग १८ रनले पराजित भएको थियो।

ओमानसँगको दोस्रो खेलमा गत आइतबार टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ४९ रन बनाएको थियो, जुन नेपालले एक दिवसीयमा विपक्षलाई दिएको सर्वाधिक ठूलो लक्ष्य हो।

नेपालले गतवर्ष यूएईलाई दोस्रो खेलमा २ सय ४३ रनको लक्ष्य दिएको थियो। लक्ष्य पक्ष्याउने क्रममा युएई ९७ रनमा अल आउट भएपछि नेपाल १ सय ४५ रनको फराकिलो जित हात पारेको थियो।

कुशल र विनोदको साझेदारी
गत शनिबार अमेरिकासँगको खेलमा छैटौं विकेटका लागि कुशल मल्ल र विनोद भण्डारीले ८४ रनको महत्वपूर्ण साझेदारी गरे। जुन नेपालले एक दिवसीयमा गरेको कुनै पनि विकेटका लागि उच्च साझेदारी हो। यसअघि नेपालको एक दिवसीयमा उच्च साझेदारी ८२ रन थियो।

गतवर्ष यूएईसँगको दोस्रो एक दिवसीय खेलमा आरिफ शेख र रोहित कुमार पौडेलले छैटौं विकेटका लागि ८२ रनको साझेदारी गरेका थिए।

अम्पायर सुवेदीको एक दिवसीयमा डेब्यु
घरेलु मैदानमा भएको एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा अम्पायर दुर्गानाथ सुवेदीले डेब्यु गरेका छन्। कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीबार ओमान र अमेरिकाबीचको खेल खेलाउँदै सुवेदीले एक दिवसीयमा डेब्यु गरेका हुन्।

एक दिवसीय खेलाउने उनी दोस्रो नेपाली अम्पायर हुन् भने पहिलो नेपाली अम्पायर हुन् बुद्धिबहादुर प्रधान।

सुवेदीले यसअघि विभिन्न एसोसिएट राष्ट्र सम्मिलित लिस्ट ए र टि–२० प्रतियोगितामा अम्पायरिङ गरिसकेका छन्। सुवेदीले सन् २००६ देखि अन्तराष्ट्रिय क्रिकेटमा अम्पायरिङ गर्दै आएका छन्।

नाइजेरियामा एक सिपाहीले आफ्नै ४ सहकर्मीको हत्यापछि गरे आत्महत्या