Home Blog Page 1335

राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा जगत टमाटा

राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकको जिम्मेवारी पूर्व प्रशिक्षक जगत टमाटाले सम्हाल्ने भएका छन्। भारतीय प्रशिक्षक उमेश पटवालले जिम्मेवारी छाडेसँगै रिक्त रहेको सो स्थानमा टमाटालाई जिम्मेवारी दिइएको हो।

पटवालले अमेरिका र ओमानसँगको त्रिकोणात्मक सिरिज पछि लागु हुनेगरि दुई हप्ताअघि नै राजिनामा दिएका थिए।उमेश पटवालको राजिनामा केहि दिनमा नै स्वीकृती भएर आधिकारिक रुपमा आउने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।

क्यानका अनुसार नयाँ विदेशी प्रशिक्षक नियुक्त नहुँदासम्म टमाटाले नै जिम्मेवारी सम्हाल्ने छन्।

मैनालीसहित दुर्घटनाका घाइतेलाई हेलिकप्टरबाट काठमाडौं लगियो

‘जनयुद्ध दिवस’ मा नगरपालिकाले दियाे सार्वजनिक विदा

जनयुद्ध दिवसको अवसरमा धनुषाको सहिदनगर नगरपालिकाले बिहीबार सार्वजनिक विदा घोषणा गरेको छ।

भोली फागुन १ गते पर्ने तत्कालिन नेकपा माओवादीको १० वर्षे जनयुद्ध दिवसको अवसरमा सहिदनगर नगरपालिकाले विदा घोषणा गरेको हो। माघ २७ गतेको नगरपालिकाको निर्णयले फागुन १ गते विदा दिएको बुधबार एक सूचना प्रकाशित गर्दै नगरपालिका कार्यालयले जानकारी गराएको छ।

‘महान जनयुद्ध दिवस २०७६ को अवसरमा फागुन १ गते यस नगरपालिकाको कार्यालय र अन्तर्गतका कार्यालयहरुमा सार्वजनिक विदा गरिएको ब्यहोरा सबैमा जानकारी गराइन्छ’ निमित प्रमुख प्रशासकीय अधिकृत नन्दकुमार झाले जारी गरेको सूचनामा उल्लेख छ।  

साथै नगरपालिकाले जनयुद्ध दिवसको अवसरमा सबैमा शुभकामाना समेत दिएको छ ।

‘दुई महिनाभित्र चीनमा कोरोनाभाइरस नियन्त्रणमा आउँछ’

उडिरहेको विमानको ढोका खोल्न खोज्ने महिलालाई २ वर्ष जेल

उडिरहेका बेला जबर्जस्ती विमानको ढोका खोल्न खोज्ने एक बेलायती महिलालाई अदालतले दुई वर्ष जेल सजाय सुनाएको छ।

२६ वर्षीया क्लोइ हेन्सले गत वर्षको जुनमा बेलायतको स्ट्यानस्टेड विमानस्थलबाट टर्कीतर्फ उडेको विमानको ढोका खोल्न खोजेकी थिइन्।

उनलाई रोक्न खोज्ने चालकदलको एक सदस्यलाई उनले चिथोरेकी पनि थिइन्। ‘म मर्न चाहन्छु। र तिमीहरु सबैलाई मारिदिन्छु,’ उनले विमानमा चिच्याएकी थिइन्।

यो घटनापछि विमानमा होहल्ला मच्चिएको थियो। विमानलाई फिर्ता ल्याउन बेलायती सेनाका दुई लडाकु जहाज पनि उडेका थिए। अन्ततः विमानलाई स्ट्यानस्टेड विमानस्थलमै अवतरण गरिएको थियो।

तत्कालै प्रहरीले उनलाई गिरफ्तार गरेको थियो। उनले विमानका यात्रुको सुरक्षामा खतरा निम्त्याएको र एक जनालाई पिटेको आरोप स्वीकारेकी छन्।

जेट २ एयरलाइनको सो उडानमा २ सय ६ यात्रु थिए।

त्यसबेला अल्कोहल र औषधि खाएर उनी पूर्ण रुपमा होसमा नभएको वकिलले दाबी गरेका छन्।

विमान उडिरहेको बेला त्यसको ढोका खोल्न सम्भव नहुने तर्क अदालतमा गरिएको थियो। एजेन्सी

यस्तो बन्यो राष्ट्रिय हवाई नीति

पनौतीमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

काभ्रे । जिल्लाको पनौती नगरपालिकामा नगरपालिका स्तरीय १२ औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आज (बुधवार) शुरु भएको छ । नगरपालिका स्तरीय १२ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उद्घघाटन गर्दै नगर प्रमुख भिम न्यौपानेले खेलकुदले विद्यालय–विद्यालय बीच भातृत्व विस्तार हुने विश्वास व्यक्त गरेका छन ।

बालबालिकाहरुको स्वास्थ्यसँग समेत जोडिएको यस्ता प्रतियोगिता महत्वपूर्ण हुने बताउँदै उनले भने, खेलकुद प्रतियोगिताले विद्यार्थीहरुको प्रतिभा मात्रै नभई विद्यालय विद्यालय बीचको भातृत्व समेत विस्तार हुने भएकाले बालबालिकाहरुको स्वास्थ्यसँग समेत जोडिएको यस्ता प्रतियोगिता महत्वपूर्ण हुने बताए ।

शुक्रबार समापन हुने प्रतियोगितामा भलिबल र कबडीलगायतका खेलहरु समावेश गरेको छ । १ सय, २ सय, ४ सय, ८ सय, १ हजार ५ सय र ३ हजार मिटर दौड प्रतियोगिता आयोजना गरिएको छ भने, ज्यावलिङ्ग थ्रो अन्र्तगत हाईजम्प, लङ्गजम्प, त्रिपलजम्प लगायतका विधाहरु समावेश गरिएको शिक्षा तथा खेलकुद शाखाका प्रमुख मधुसुदन अधिकारीले जानकारी दिए ।

त्यस्तै, भलिबल तर्फ छात्र र छात्रा समुह विभाजन गरिएको छ । छात्र तर्फ ९ टिमले सहभागिता जनाउने छन भने छात्रा तर्फ ८ टिमले सहभागिता जनाएका छन । कबडी खेलमा पनि ८ समुह छात्रछात्रा सहभागि भएका छन । झण्डै ३ सय विद्यार्थीहरुले प्रतियोगितामा सहभागिता जनाएका छन । यो वर्ष १२ नीजि विद्यालयका विद्यार्थीहरु सहभागि रहेको शिक्षा शाखाकी पुष्पा अर्यालले जानकारी दिईन ।

उप–प्रमुख गिता बञ्जारा, प्रमुख प्रशासकिय अधिकृत हरिप्रसाद चापागार्इँ, वडा अध्यक्ष रामचन्द्र नास्नानी लगायतले प्रतियोगिताका बारेमा मन्तब्य रखेका थिए । प्रतियोगितामा नीजि र सामुदायिक गरी २२ विद्यालयका विद्यार्थीहरु सहभागि छन ।

The post पनौतीमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु appeared first on Rajdhani Daily News.

नाइजेरियामा सिपाहीले गरे आफ्नै चार सहकर्मीको हत्या

रात्रीकालिन सार्वजनिक यातायात सञ्चालन हुने

काठमाडौँ । काठमाडौँ महानगरपालिका क्षेत्र भित्र अब रात्रीकालिन सार्वजनिक यातायात सञ्चालन हुने भएको छ । सहरी यातायात सेवालाई थप प्रभावकारी बनाउन र नेपाल भ्रमण वर्ष २०२० का अवसरमा नेपाल घुम्न आएका विदेशी पाहुनालाई समेत थप सहज बनाउन काठमाडौँ महानगरपालिका क्षेत्र भित्र रात्रीकालिन सार्वजनिक यातायात सञ्चालन गरिने भएको हो ।

आज काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको अगुवाईमा विभिन्न सरोकारवाला निकायसँग भएको छलफलले यस्तो निष्कर्ष निकालेको हो । विगतमा २०६९ साल भदौ १ गतेदेखि काठमाडौँ महानगरपालिकाको केही आर्थिक अनुदानमा रात्रीकालिन सार्वजनिक यातायात सञ्चालनमा आए पनि करीब १८ महिना सञ्चालनमा आएपछि महासंघले सेवा बन्द गरेको थियो । अहिले स्थानीय तहमा जनप्रतिनिधि आएपछि रात्रीकालिन सेवालाई थप सहज बनाउँदै दीर्घकालिन रुपमा सार्वजनिक यातायात सञ्चालन गर्ने विषयमा सरोकारवालासँग छलफल भएको मेयर शाक्यले जानकारी दिनुभयो ।

मेयर शाक्यले सकेसम्म चैत्र १ गतेबाट नभए नयाँ वर्षको सुरुवातसँगै पहिलो चरणमा बेलुका ८ बजेदेखि ११ बजेसम्म सेवा सुरु गर्ने गरी कार्यदल नै गठन गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । ‘महानगरपालिकाले यस अघि नै नमूनाका रुपमा टुँडिखेल वरीपरी ‘पिक एण्ड ड्रप’ सुरु गरिसकेको छ । सुरुमा केही आलोचना भए पनि अहिले त्यसको प्रभाव सकारात्मक परेको छ,’ मेयर शाक्यले भन्नुभयो, ‘सार्वजनिक यातायातले यात्रु पर्खिने होइन, यात्रुले चाँहि सार्वजनिक यातायात पर्खिने वातावरण निर्माण गर्दै यात्रुहरुको सहजतालाई पनि ध्यान दिएर हामीले रात्रीकालिन सेवा सुरु गर्न लागेका हौँ ।’

मेयर शाक्यले सुरुमा व्यवस्थापनका लागि पर्ने आवश्यकता पूरा गर्न महानगरपालिका तयार रहेको भन्दै दीर्घकालिन सेवा दिने गरी योजना बनाएर ल्याउन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघलाई आग्रह गर्नुभयो । ‘पहिला जस्तो केही समय चलाएर बन्द गर्ने गरी सेवा सञ्चालन गर्ने होइन दीर्घकालिन सेवा दिने योजना बनाउनु होला महानगर सहयोग गर्न तयार छ,’ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रदेश–३ संयोजक धर्मराज रिमाल (राजेन्द्र)लाई भन्नुभयो, ‘सुरुमा केही ट्क्सी र सार्वजनिक यातायातमा जीपीएस प्रणाली जडान गर्ने, विभिन्न ठाउँमा सीसी क्यामेरा जडान गर्ने, ट्राफिकलाईट जडान गर्ने जस्ता कुरामा हामी ट्राफिक र प्रहरीसँग मिलेर सहयोग गर्छौ ।’ मेयर शाक्यले प्रदेश सरकार र केन्द्र सरकार समेत सकारात्मक रहेको भन्दै यो सेवाले रात्रीकालिन व्यवसायको चहल–पहल बढ्ने र त्यसले पर्यटन वर्ष २०२० लाई पनि थप सहयोग पुग्ने बताउनुभयो ।

मेयर शाक्यको भनाईलाई समर्थन गर्दै रिमालले यो पटक सेवा सुरु गरेपछि बन्द नहुने गरी चलाउने गरी योजना बनाएको भन्दै केही योजना पनि प्रस्तुत गर्नुभएको थियो । ‘पहिला महानगरपालिकासँग ६ महिने सम्झौता भएको थियो । ६ महिनापछि सम्झौता थपिएन तर पनि हामीले १८ महिना सञ्चालन गरेपछि नसक्ने भएर बन्द गर्नुपर्यो,’ उहाँले भन्नुभयो, ‘यो पटक रात्रीकालिन सेवामा ५० प्रतिशत भाडा बढी उठाउने गरी हामीले अनुमति पायौँ भने सेवालाई दीर्घकालिन सेवा दिन तयार छौँ ।’ उहाँले अहिले रत्नपार्कलाइै केन्द्रित गरेर छिमेकी नगरपालिका र लतितपुर, भक्तपुरमा समेत सेवा पुर्याउने गरी १५ ओटा रुट बनाएर सेवा दिने बताउनुभयो । सुरुमा कम्तीमा पनि ६० ओटा वस दैनिक सञ्चालन गर्न सकिने उहाँको भनाई थियो ।

यातायात व्यवस्था विभागका महानिर्देशक गोगनप्रसाद हमालले पनि कार्यदल बनाएर विवाद नआउने गरी समाधानको बाटो खोज्न तयार रहेको भन्दै सेवा दीर्घकालिन गर्ने कुराको ग्यारेण्टी महासँघले गर्नुपर्नेमा जोड दिनुभयो । ‘प्रस्ताव सकारात्मक छ,’ उहाँले भन्नुभयो, ‘रात्रीकालिन सेवा सञ्चालन गर्नुको विकल्प छैन । यसलाई छिटै कार्यान्वयन गर्ने गरी अघि बढौँ ।’ महानगरीय ट्राफिक महाशाखा रामशाहपथका प्रहरी उपरीक्षक राजकुमार बैदवारले पनि रात्रीकालिन व्यवसायलाई प्रर्वद्धन गर्न र सहरी सेवालाई थप प्रभावकारी बनाउन सेवा सञ्चालन गर्नुको विकल्प नभएको भन्दै आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी उपरीक्षक विमल बस्नेतले पनि नेपाल भ्रमण वर्षलाई केन्द्रित गरेर महानगर भित्रका पर्यटकीय क्षेत्रमा पनि विदेशी पाहुनालाई सहज आगमन र अवेसम्म हिडडुलका लागि सेवा प्रभावकारी हुने गरी योजना बनाएर अघि बढ्नु पर्ने बताउनुभयो । रात्रीकालिन सेवा सञ्चालनका लागि सुरक्षा दिन आफूहरु सक्षम रहेको बताउनुभयो । अहिले पनि मोवाइल गाढीको व्यवस्था गरेको भन्दै सुरक्षामा कमी हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो । काठमाडौँ जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जीवन प्रसाद आचार्यले पनि योजना सकारात्मक भएको भन्दै सकेसम्म छिटो सुरु गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले आफ्नो तहबाट गरिने सबै सहयोग गर्न तयार रहेको बताउनुभयो ।

काठमाडौँ महानगरपालिका सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले पनि छिट्टै काम अघि बढाउनु पर्नेमा जोड दिनुभयो । काठमाडौँ महानगरपालिका सहरी सुव्यवस्था विभागकका प्रमुख हरि कुँवरले पनि अब कार्यदल नै बनाएर छिट्टै अघि बढ्ने बताउनुभयो । ‘प्रदेश सरकार, ट्राफिक, महासँघलगायतका प्रतिनिधि रहने गरी कम्तीमा पाँच सदस्यीय कार्यदल बनाएर अब कामलाई द्रुत गतिमा अघि बढाउँछौँ,’ उहाँले भन्नुभयो, ‘सकेसम्म चैत १ भए नयाँ वर्षबाट सुरुवात गर्ने गरी अघि बढ्छौँ ।’

The post रात्रीकालिन सार्वजनिक यातायात सञ्चालन हुने appeared first on Rajdhani Daily News.

नेकपाको विवाद चर्कियो, पार्टीको निर्णय मान्नुको विकल्प नभएको वरिष्ठ नेता खनालको चेतावनी

कोरोना भाइरसको औपचारिक नाम कोभिड–१९

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चीनबाट फैलिएको नयाँ कोरोना भाइरसबाट हुने रोगको औपचारिक नामकरण गरेको छ । डब्लुएचओका अनुसार अब कोरोना भाइरसबाट उत्पन्न भएको सो रोगलाई कोभिड–१९ भनिनेछ । ‘हामीसँग अब सो रोगको नाम छ,’ विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले स्वीट्जरल्यान्डको जेनेभामा पत्रकारहरुलाई भने, ‘त्यो कोभिड–१९ हो ।’

संयोगवश चीनमा कोरोना भाइरसका कारण मृत्यु हुने मानिसको संख्या एक हजार एक सय १६ पुगेको दिन डब्लुएचओले सो रोगको औपचारिक नामकरण भएको हो । यसैगरी ४५ हजार २०४ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ भने ५ हजार ३० जना कोरोना भाइरस संक्रमित भएर पनि संक्रमण मुक्त भएका छन् ।

डा.गेहब्रेयससले सो भाइरसलाई परास्त गर्न यथासम्भव प्रयास गर्न सबैलाई आग्रह गरेका छन् । कोरोना भाइरस पदावलीले एउटा भाइरसलाई मात्रै नभएर अहिले फैलिएको समेत विभिन्न विषाणुको समूहलाई जनाउँछ । इन्टरनेशनल कमिटी अन ट्याक्सनमी अफ भाइरसेसले नयाँ भाइरसलाई सार्स कोभ–२ नामकरण गरेको छ ।

यसअघि कसैकसैले सो भाइरसलाई २०१९–एनकोभ भन्ने गरेका थिए । सन् २००२ र २००३ मा फैलिएको सार्स रोगपछि जनस्वास्थ्यको क्षेत्रमा चीनले खेप्नुपरेको यो ठूलो संकट हो । यो संकट नियन्त्रण गर्न सघाउन विश्व स्वास्थ्य संगठनले पठाएको चिकित्साशास्त्रीहरूको टोली बेइजिङ पुगेको छ ।

अनुसन्धानकर्ताहरूले नामका कारण कुनै देश वा समुदायलाई अप्ठ्यारो नपरोस् भनेर सो भाइरस र त्यसले गराउने रोगको नाम सरल हुनुपर्ने औंल्याएका थिए । ‘हामीले कुनै भौगोलिक स्थान, जीव, व्यक्ति वा समुदायलाई इंगित नगर्ने तर उच्चारण गर्न सकिने र रोगसँग पनि सम्बन्धित नाम जुराउनुपर्ने थियो,’ डा. गेहब्रेयससले भने ।

नयाँ नाम तीनवटा शब्द कोरोना, भाइरस र डिजीज (रोग) र साल २०१९ को संयोजनमा बनाइएको हो । विश्व स्वास्थ्य संगठनले ३१ डिसेम्बर, २०१९ मा सो कोरोना भाइरस फैलिएको औपचारिक सूचना पाएको थियो ।

चीनमा अहिलेसम्म ४४ हजारभन्दा बढी मानिसमा कोभिड–१९ भएको पुष्टि भइसकेको छ । सोमवार एकैदिन १०३ जनाको मृत्यु भएपछि चीनले हुबे प्रान्तका वरिष्ठ अधिकारीहरूलाई कारबाही गरेको थियो । विश्वभरीका वैज्ञानिकहरू यो रोगको प्रकोप नियन्त्रण गर्ने उपायबारे छलफल गर्न जेनेभामा भेला भएका छन्

The post कोरोना भाइरसको औपचारिक नाम कोभिड–१९ appeared first on Rajdhani Daily News.

एमालेले सिसिटिभि फुटेज सँग एम अधिकारी साट्यो: रबि लामिछाने

भिस्ताराको काठमाडौँ उडान शुरु

काठमान्डाैं / भारतको टाटा समूह र सिङ्गापुर एयरलाइन्सको संयुक्त लगानीमा सञ्चालित भिस्तारा एयरलाइन्सले मङ्गलबारदेखि काठमाडौँ उडान शुरु गरेको छ । नयाँ दिल्ली–काठमाडौं दैनिक एक उडान गर्ने गरी नयाँ गन्तव्यमा उडान शुरु गरेको एयरलाइन्सले जनाएको छ । शुरुआती चरणमा दुईतर्फी प्रवद्धर्नात्मक भाडादर रु १५ हजार आठ सय तोकिएको भिस्ताराका प्रमुख व्यापारिक अधिकृत विनोद कन्नले जानकारी दिनुभयो । उहाँका अनुसार विजनेश क्लासको दुईतर्फी भाडादर रु ६१ हजार तोकिएको छ । ‘नेपाल भ्रमण वर्षलाई हाम्रो उडानले थप सहयोग हुन्छ, उहाँले भन्नुभयो, हाम्रो उडानबाट यात्रुले सुरक्षित र आरामदायी यात्राको अनुभव गर्न सक्नेछन् ।’ पहिलो उडानमा ९५ प्रतिशत अकुपेन्सीे थियो ।

सन् २०१९ बाट अन्तरराष्ट्रिय उडान शुरु गरेको भिस्ताराको नेपाल पाचौँ उडान गन्तव्य हो । हाल ३९ वटा विमानबाट आन्तरिक तथा अन्तरराष्ट्रिय ३६ गन्तव्यमा दैनिक दुई सय वटा उडान गर्दै आएको छ ।

भिस्तारामा तीन श्रेणीको सिटको व्यवस्था रहेपनि नेपाल र नयाँ दिल्लीको यात्रामा प्रिमियम र इकोनिमक वर्गको मात्र सुविधा रहेको छ । भिस्ताराले नेपालको जेनरल सेल्स एजेन्ट (जीएसए) ट्राभल राइट रहेको छ । ट्राभल राइटका निरज रिजालका अनुसार यात्रुको मागअनुसार उडान सङ्ख्या थप गर्ने तयारी भएको छ ।

“शुरुवाती उडान बोइङबाट गरिएको छ, तर आगामी मार्च १ देखि एयर बस ३२० (न्यारोवडि) विमानबाट उडान हुनेछ”, उहाँले भन्नुभयो ।” काठमाडौँ–नयाँ दिल्ली मार्गमा दैनिक ५ वटा उडान गर्दै आएको जेट एयरवेजले २०७५ साल चैत २९ गतेदेखि नेपालको उडान बन्द गरेको थियो ।

जेटको नेपाल उडान बन्दपछि भारतका विभिन्न वायुसेवा कम्पनीहरुले नेपाल उडानको तयारी गरेको नेपाल नागरिक उडड्यन प्राधिकरणले जनाएको छ । हाल काठमाडौँको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट नयाँ दिल्ली उडानमा नेपाल वायुसेवा निगमले दैनिक दुई उडान, इण्डियन एयरले दैनिक दुई उडान र भुटानको टुक एयरले सातामा तीन उडान भर्दै आएका छन् । जेट एयरको उडान बन्दपछि नयाँ दिल्ली उडानको भाडादर वृद्धि भएकोमा नयाँ विमान थपिएपछि भाडादर कम हुने ट्राभल्स एजेन्टहरु बताउँछन् ।

The post भिस्ताराको काठमाडौँ उडान शुरु appeared first on Purbeli News.

सीपी मैनाली चढेको गाडी दुर्घटना, हेलिकोप्टरमार्फत काठमाडौँ ल्याउने तयारी

‘एनआईसी एसिया बैंक’ र ‘खल्ती’ बीच डिजिटल भुक्तानीका लागि सम्झौता

काठमाडौं / एनआईसी एसिया बैंक र खल्ती डिजिटल वालेट बीच डिजिटल भुक्तानी सेवा प्रदान गर्नका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । एनआईसी एसिया बैंकका तर्फबाट सीईओ रोशन कुमार न्यौपाने र खल्तीका तर्फबाट डाइरेक्टर अरविन्द साहले बैंकको थापाथली स्थित प्रधान कार्यालयमा आयोजित हस्ताक्षर समारोहमा उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । यस सम्झौता अनुसार अब एनआईसी एसिया बैंकका ग्राहकहरुले उक्त बैंकको मोबाईल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी ‘खल्ती’मा सजिलै पैसा लोड गर्न र ‘खल्ती’ को प्लाटफर्ममा उपलब्ध सबै प्रकारका सेवाहरुको डिजिटल भुक्तानी गर्न सक्नेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

उक्त सम्झौताको बारेमा बोल्दै खल्तीका डाइरेक्टर अरविन्द साहले भन्नुभयो,“हामी एनआईसी एसिया बैंकसँग यो सम्झौता गर्न पाउँदा उत्साहित छौँ । अब एनआईसी एसिया बैंकका ग्राहकहरुले बैंकबाट नगद झिकिराख्ने झन्झट गर्नुपर्दैन । उहाँहरुले बैंकबाट सिधै ‘खल्ती’ मा पैसा लोड गरी वस्तु तथा सेवाको डिजिटल भुक्तानी गर्न सक्नुहुनेछ । नगद पैसा बिनाको सरल भुक्तानीको यो एउटा सुरुवात हो ।

यस सहकार्य सँगै हामीले नगदपैसा बिनाको नेपालको लागि एउटा अर्को पाइला अगाडी सारेका छौँ जस्तो लागेको छ ।” त्यसै गरी एनआईसी एसिया बैंकका सीईओ रोशन कुमार न्यौपानेले भन्नुभयो,“हामी प्रविधिको प्रयोग गरेर मानिसहरुका विभिन्न बैंकिङ्ग तथा वित्तिय समस्याहरु समाधान गर्न खोजिराखेका छौँ, जसको माध्यमबाट ग्राहकहरुले मोबाईलबाटै सबै किसिमका सेवाहरु प्राप्त गर्न सक्नुहुनेछ । हामी खल्ती वालेटसँग सहकार्य गरी हाम्रा ग्राहकहरुमाझ खल्तीको सजिलो मोबाईल भुक्तानी सेवा उपलब्ध गराउन पाउँदा अत्यन्तै उत्साहित भएका छौँ । यसबाट हामी दैनिक कारोबारलाई डिजिटल बनाउन एक कदम अगाडि बढेको महसुस गरेका छौँ ।” एनआईसी एसिया बैंक मुलुकभर हाल तीन सय १३ शाखा कार्यालयहरु, चार सय ३० एटीएम, एक सय चार वटा वटा एक्सटेन्सन काउण्टर एवं ४७ वटा शाखारहित बैंकिङ मार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो सञ्जाल भएको बैंक हुन सफल भएको छ । २१ लाखभन्दा बढी ग्राहककासाथ सञ्चालनमा रहेको बैंकको प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् ।

एनआईसी एसियाले बैंक पनि, साथी पनि, राम्रो पनि, हाम्रो पनि मूल नारासहित सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको छ । त्यस्तै, सन् २०१७ को जनावरी २६ बाट नेपाली बजारमा आरम्भ भएको खल्ती नेपाल राष्ट्र बैंकबाट अनुमती प्राप्त, एक उदयमान र रुचाइएको पेमेन्ट गेटवे हो । खल्तीको मोबाईल एप तथा वेबसाइट प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ आदि गर्ने, इ–कमर्स मार्फत किनिएको सामानको भुक्तानी, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने जस्ता अन्य थुप्रै सेवाहरु लिन सकिन्छ । हाल खल्ती प्रयोगकर्ताहरुको संख्या १० लाख भन्दा बढि रहेको छ ।

The post ‘एनआईसी एसिया बैंक’ र ‘खल्ती’ बीच डिजिटल भुक्तानीका लागि सम्झौता appeared first on Purbeli News.

कालिकोटमा २१ कृषक पुरस्कृत

दिपायल विमानस्थल कालोपत्र सम्पन्न

दिपायल / सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको सबैभन्दा पुरानो दिपायल विमानस्थलमा कालोपत्रको काम सम्पन्न भएको छ । विमानस्थलमा कालोपत्रको काम सकिएर धावनमार्गको किनारामा रहेको पर्खाललगायतको काम सञ्चालन भइरहेको छ । गएको वर्षको असार महिनामा सक्ने लक्ष्यसहित विसं २०७४ मा निर्माणकार्य शुरु गरिएको दिपायल विमानस्थलको कालोपत्रको काम बल्ल अहिले आएर सकिएको हो ।

विमानस्थलको कालोपत्रको काम सकिएर बाँकी अन्य धावनमार्गको पर्खाल, तारजाली लगाउने काम शुरु भएको विमानस्थल कालोपत्रको जिम्मा पाएका सप्नाग्याल्भा तथा जेभी कन्स्ट्रक्सनका साइट प्रमुख राजेन्द्र विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले विमानस्थलको पक्की गर्ने काम सकेका छौँ, धावनमार्गको काम पनि केही दिनमा सक्नेछौँ ।” विमानस्थलमा धावन मार्ग रेखाङ्कनलगायतका काम शुरु भएको उहाँले जानकारी दिनुभयो । दिपायल विमानस्थलको कालोपत्र गर्ने काम समयमै नसकिएको भन्दै स्थानीयस्तरबाट गुनासो बढेपछि ठेकेदार कम्पनीले बल्ल आएर कालोपत्रको काम सकेको दिपायलका स्थानीय तेजबहादुर डुम्रेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, “एक वर्ष पहिले सकिनुपर्ने काम अलपत्र पारेपछि हामीले स्थानीयस्तरबाट दवाब दिएका कारण कालोपत्रको काम सकिएको हो, अरु धेरै काम गर्न बाँकी नै छ, सम्बन्धित निकायले समयमै ध्यन दिनु जरुरी छ ।” नेपाल कम्युनिष्ट पार्टी (नेकपा) डोटीबाट निर्वाचत सांसद प्रेमबहादुर आलेमगरको पहलमा नेपाल सरकारले दिपायल विमानस्थल कालोपत्रका लागि बजेट विनियोजन गरेको थियो । करीब रु साढे पाँच करोडको लागनीमा दिपायल विमानस्थल कालोपत्र तथा स्तरोन्नतिको काम पाएको कम्पनीले तोकिएको समयमा काम गर्न नसक्दा र नेपाल नागरिक उड्डयन प्राधिकरणले समयमै म्याद नथप्दा विमानस्थल निर्माणकार्य ढिला हुँदै आएको स्थानीयवासीको आरोप छ ।

विगतमा लक्ष्यअनुसार कालोपत्रको काम शुरु नहुँदा विमानस्थलको काम अलपत्र परेको थियो । अहिले बल्ल आएर कालोपत्रको काम सकिएपछि यहाँका स्थानीयवासी विमानस्थल सञ्चालन हुनेमा निकै खुशी भएको दिपायल पिपल्लाका स्थानीयवासी तथा पूर्व डोटी उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरेन्द्रबहादुर खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “विमानस्थलको काम अलपत्र पर्छ कि भन्ने सोचेका थियौँ, अहिले पक्कीको काम सकिएको छ, अब त जहाज चल्ला कि ?” विमानस्थल कालोपत्रसँगै वरिपरिको जमीन सम्याउने, भवनमा रङरोगन लगाउने र गेट निर्माणको काम पनि सञ्चालन भइरहेको छ । दिपायलसँगै कालोपत्र निर्माण शुरु गरिएको अछाम जिल्लाको साँफेबगर विमानस्थलको काम सम्पन्न भएर गएको वर्षको जेठ महिनामै परीक्षण उडानसमेत भइसकेको छ ।

उता बैतडीको पाटन विमानस्थलको कालोपत्रको काम पनि सम्पन्न भइसकेको छ । सुदूरपश्चिम प्रदेशको दोस्रो ठूलो दिपायल तथा बैतडीको पाटन विमानस्थल कालोपत्रको काम सकिएपछि जहाज चल्ने आशामा त्यहाँका स्थानीयवासी खुशी भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार बैतडीमा झण्डै रु ११ करोडको लागतमा विमानस्थल कालोपत्रको काम शुरु गरिएको थियो । डोटीको दिपायल र बैतडीको पाटनसहितका दुई विमानस्थल निर्माण सम्पन्न गरे यहाँका धार्मिक तथा पर्यटन क्षेत्रमा पर्यटक भित्र्याउन सकिने र यहाँको आयस्रोत बढ्ने उच्च सम्भावना रहेको दिपायल पिपल्लाका होटल व्यवसायी नन्दनसिंह कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “सुदूरपश्चिमका पहाडी जिल्लाका दुई विमानस्थल दिपायल र पाटनमा नियमित जहाज चलाए यहाँको विकास आफैँ हुनेछ ।”

दिपायल विमानस्थलमा नियमित जहाज चलाउन सके यहाँको प्रमुख पर्यटकीयस्थल खप्तड, बडिमालिका, शैलेश्वरी, उग्रतारा, घटालथानलगायतका क्षेत्रमा पर्यटक भित्र्याउन सकिने सुदूरपश्चिम प्रदेशका पर्यटन व्यवसायी कृष्ण महराले बताउनुभयो । उहाँले भन्नुभयो, “सुदूरपश्चिमका पहाडी जिल्ला पर्यटन क्षेत्रको प्रचुर सम्भावना बोकेका ठाउँ हुन्, विमानस्थलमा नियमित जहाज चलाउन सके यहाँको पर्यटन क्षेत्रमा निकै राम्रो हुनेछ ।”

The post दिपायल विमानस्थल कालोपत्र सम्पन्न appeared first on Purbeli News.

नयाँदिल्ली हिंसामा मृतकको संख्या ३२ पुग्यो, छिटपुट हिंसा जारी

सिन्धुपाल्चोकमा कोरोना भनिएको मौसमी रुघाखोकी मात्रै हो : स्वास्थ्य मन्त्रालय

रिया भण्डारी काठमाडौं, २९ माघ । सरकारले सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ गुम्बा गाउँमा सिजनल रुघा–खोकीका विरामी मात्रै देखिएको स्पष्ट पारेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यहाँ खटाइएको स्वास्थ्यकर्मीसँगको छलफलपछि कोरानाको लक्षण देखिएको भनिएको उक्त भाइरल सिजनल रुघा–खोकी रहेको जनाएको हो । मन्त्रालयले गाउँपालिका चीनको सीमासँग जोडिए पनि आवत–जावत नरहेकाले कोरोना भाइसरको संक्रमण हुन सक्ने भन्दै […]

स्व रवीन्द्र अधिकारीको पूर्णकदको शालिक अनावरण