Home Blog Page 1364

अब काठमाण्डाैवाट दुई हजारमा हवाइजहाज चढेर पाेखरा जान पाइने

 काठमाडाैं । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले पोखरा–काठमाडौँसम्मका लागि भाडा दर रु दुई हजार ६०० निर्धारण गरेको छ । काठमाडौँ–पोखराका लागि भने रु दुई हजार भाडा कायम गरिएको कम्पनीले आज विज्ञप्तिमार्फत जनाएको छ । आन्तरिक उडानमा आक्रमक रुपमा बजार विस्तार गरिरहेको श्रीले पोखरा–काठमाडौँको भाडा दर अहिलेसम्म कै सबैभन्दा कम राखेको हो । पोखरामा […]

भ्रष्टाचारीमाथि निर्मम र कठोर कदम चाल

बुद्ध एयरको पोखरा–विराटनगर उडान

  पोखरा । बुद्ध एयरले सोमबारदेखि पोखरा–विराटनगर–पोखरा सिधा हवाइ उडान सुरु गरेको छ । यसअघि पोखराबाट काठमाडौं, भैरहवा, भरतपुर उडान भर्दैआएको बुद्धले सोमबारदेखि पोखरा–विराटनगर–पोखरा समेत उडान सुरु गरेको हो । बुद्धको नाइन एन्एईडब्लु जहाजले पहिलो दिन पोखराबाट १८ जना यात्रु लिएर विराटनगर उडेकोमा त्यहाँबाट पनि १८ जना यात्रु बोकी पोखरा आएको जानकारी बुद्ध एयरलायन्सका कम्पनी […]

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बाट भैरहवा–कुवेत उडान गर्न जजिराको प्रस्ताव

खाना पकाउने ग्यासको मूल्य बढ्यो, डिजेल/पेट्रोलकाे घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटबढ गरेको छ । निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटरमा एक रुपैयाँ घटाएको छ भने खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएको छ । यो मूल्य सोमबार राति १२ बजेदेखि लागू हुने छ । नयाँ मूल्यसूचीअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर ११० रुपैयाँ र डिजल […]

बाँस्कोटामाथि छुट्टै छानबिन गर्नु नपर्ने भन्दै प्रधानमन्त्री ओलीले गरे बचाउ

ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँले बढ्यो

काठमान्डाैं / नेपाल आयल निगमले एलपी ग्यासको मूल्य वृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा एलपी ग्यासको मूल्य बढेको भन्दै निगमले आज राति १२ बजेदेखि लागू हुने गरी ग्यासमा प्रतिसिलिन्डर रु २५ ले वृद्धि गरेको हो । यससँगै ग्यासको मूल्य प्रतिसिलिन्डर रु एक हजार ३७५ पुगेको छ ।

यसैगरी निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको मूल्यमा प्रतिलिटर रु १ घटाएको छ । समायोजनसँगै पेट्रोलको मूल्य प्रतिलिटर रु १०९ तथा डिजेल र मट्टितेलको मूल्य प्रतितलिटर रु ९९ कायम गरिएको निगमले जनाएको छ । निगमले हवाई इन्धनको मूल्य भने यथावत नै राखेको छ । पेट्रोलियम पदार्थको खरिद मूल्य केही घटेर आएकाले मूल्य समायोजन गरिएको निगमका प्रवक्ता वीरेन्द्रकुमार गोइतले जानकारी दिनुभयो ।

निगमले ‘पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१’ अनुसार प्रत्येक १५÷१५ दिनमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएको छ । भारतीय आयल निगमले प्रत्येक अङ्ग्रेजी महिनाको १ र १६ तारिखमा पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाउँदै आएको छ ।

मूल्य समायोजन पश्चात भारतमा भन्दा नेपालमा इन्धन मूल्य सस्तो छ । वीरगन्ज नाकामा इन्धनको मूल्य भारतको रक्सौलमा कायम पेट्रोलको बिक्री मूल्यभन्दा प्रतिलिटर १६ रुपैयाँ ४० पैसा र डिजलको मूल्य प्रतिलिटर १६ रुपैयाँ २७ पैसा सस्तो रहेको निगमले जनाएको छ ।

The post ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँले बढ्यो appeared first on Purbeli News.

गृहमन्त्रीलाई खोकनावासीले भने- ‘हाम्रो मौलिकता जोगाइदिनुपर्यो’

तिरूपती अटाे सिटीले ल्यायाे ‘मेघा एक्स्चेन्ज अफर’

इटहरी / इटहरीमा रहेकाे यामाहाको आधिकारीक डिलर तिरूपती अटाे सिटीले ‘मेघा एक्स्चेन्ज अफर’ ल्याएकाे छ । तीन दिन सम्म चल्ने साे मेघा एक्सचेन्जमा कुनै पनि कम्पनिकाे बाइकमा बजार मुल्य भन्दा १५ हजार बडी मुल्याङ्कन गरि एक्सचेन्ज गरिने व्यवस्था रहेकाेे छ ।

एक्स्चेन्ज अफरमा ७ हजार सम्मकाे नगद छुट, फ्रि एक्सेसरिज् र अन् द स्पाेट फाइनान्सकाे सुविधाका साथै आकर्षक पुरस्कारहरूकाे समेत व्यवस्था रहेकाे तिरूपती अटाे सिटीका सञ्चालक संजाेग पराजुलीले पुर्वेली न्युजलाई जानकारी दिए ।

‘यामाहाका SALUTO र SZRR बाइककाे खरिदमा ३२ इन्जकाे एलइडी टिभि SURE SHOT काे रूपमा उपहार समेत पाइन्छ ।’ उनले भने ‘मोटरसाईल एक्स्चेन्ज गर्न आँउदा विलबुक भने साथैमा लिएर जानु पर्ने छ ।’ एक्स्चेन्ज पश्चिम लाइन इटहरी यामाहा साेरूम अगाडी माघ २० देखि २३ गते सम्म सञ्चालन हुनेछ ।

The post तिरूपती अटाे सिटीले ल्यायाे ‘मेघा एक्स्चेन्ज अफर’ appeared first on Purbeli News.

अखिल नेपाल महिला संघ रत्ननगरको अध्यक्षमा विरञ्जना घिमिरे सापकोटा

नेप्से २.४९ ले बढ्दा कारोवार डेढ अर्बमाथि

काठमाडौँ / साताको दोस्रो दिन आज पनि धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक वृद्धि भएको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से २.४९ अङ्कले बढेर एक हजार ३४९.१३ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.१६ अङ्कले बढेर २८७.९१ मा पुगेर रोकिएको छ । परिसूचकमा सामान्य वृद्धि हुँदा कारोवार रकम भने डेढ अर्ब नाघेको छ ।

स्टकका अनुसार कूल १७७ कम्पनीका ४७ लाख ४८ हजार ८२९ कित्ता शेयर रु एक अर्ब ६१ करोड १७ लाख १९ हजार २०३ मा खरिद–बिक्री भए । कारोवार भएका १२ मध्ये पाँच उपसमूहको शेयर मात्र बढेको छ । आज सबैभन्दा बढी निर्जीवन बीमा उपसमूहको शेयर बढेको छ । निर्जीवन बीमा ५९.२७ अङ्कले बढ्दा जलविद्युत् ४८.४४, विकास बैंक ३०.५८, अन्य ०.४४ र सामूहिक लगानी कोषको शेयर ०.०६ अङ्कले बढेको छ ।

यसैगरी सबैभन्दा बढी जीवन बीमा उपसमूहको शेयर ४२.८ अङ्कले ओरालो लागेको छ । होटल १७.०१ अङ्कले घट्दा लघुवित्त ७.७५, बैंक ३.३६, उत्पादन ३.१३, व्यापार २.३८ र वित्त ०.७९ अङ्कले घटेको छ । कारोवार रकमका आधारमा नेको इन्सुरेन्स शीर्ष स्थानमा रह्यो । सो कम्पनीको शेयर रु छ करोड ५६ लाख ६० हजार ४८१ मा खरिद–बिक्री भयो । यस्तै ग्लोबल आइएमई बैंकको रु पाँच करोड एक लाख ९१ हजार ८२४, नेपाल इन्सुरेन्स कम्पनीको रु चार करोड ९९ लाख २० हजार ३६६, ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको रु चार करोड ८१ लाख ५० हजार ५८३, प्रभु बैंकको रु चार करोड १९ लाख १८ हजार ५७२ र ग्रामीण विकास बैंकको शेयर रु चार करोड आठ लाख तीन हजार ७१५ मा खरिद–बिक्री भयो ।

बढेको बजारमा सबैभन्दा बढी मल्टीप्रपोज फाइनान्स कम्पनीका शेयरधनीले सबैभन्दा बढी ५.२२ प्रतिशतले गुमाए । यस्तै युनियन हाइड्रोपावर ३.५०, समृद्धि फाइनान्स कम्पनी २.८८, गुडविल फाइनान्स कम्पनी २.७३, विजय लघुवित्त वित्तीय संस्था २.६०, पोखरा फाइनान्स २.४८ र स्वाभिमान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले २.४७ प्रतिशतले गुमाए । ग्रामीण विकास बैंकका लगानीकर्ताले ९.३६ प्रतिशतले कमाउँदा नेशनल हाइड्रोपावर कम्पनी ९.२६, छ्याङ्दी हाइड्रोपावर ९.०९, रसुवागढी हाइड्रोपावर ८.५४, सानिमा माई हाइड्रोपावर ८.५० र चिलिमे हाइड्रोपावरका शेयरधनीले ७.७८ प्रतिशतले कमाए ।

The post नेप्से २.४९ ले बढ्दा कारोवार डेढ अर्बमाथि appeared first on Purbeli News.

मेस्सीको ४ गोलमा बार्सिलोनाकाे सानदार जित, रियल मड्रिड लेभान्टेसँग पराजित

पूर्व सिडिओ खगेन्द्रप्रसाद रिजालविरुद्ध भ्रष्टाचारजन्य कार्य गरेको आरोप

काठमाडौं, २० माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालविरुद्ध भष्ट्राचारको आरोपमा एकैदिन पाँच वटा मुद्दा दायर गरेको छ । मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस लिएको अभियोगमा अख्तियारले रिजाललाई पुस १५ गते पक्राउ गरेको थियो । उपसचिव रिजाललाई आफ्नो क्षेत्राधिकार भित्रका मुद्दाका अभियुक्तलाई धरौटीमा रिहा गर्न घुस […]

आजको राशिफल : फागुन ११ गते, आइतबार

सर्त पूरा भए राजपा नेपाल संघीय सरकारमा सहभागि हुने

काठमाडौं, २० माघ । नेकपासँगको बढ्दो हिमचिमका कारण संघीय सरकारमा सहभागि हुने आंकलन चलिरहँदा सत्तारोहणलाई लिएर राजपा नेपालमा विवाद भएको छ । ६ सदस्यीय अध्यक्षमण्डलका ४ जना सरकारमा सहभागि हुनुपर्ने पक्षमा छन् । तर, २ जनाले असन्तुष्टी जनाउँदा अनुकूल अवस्था रहेपनि राजपाले सरकार यात्राको निर्णय गर्न सकेको छैन । राष्ट्रियसभा निर्वाचनका लागि पुस २ गते […]

प्रधानमन्त्रीलाई अडियो सुनाएको विजय मिश्रको दाबी, कोरोनाको त्राससहित कोरियाबाट नेपालीहरु लाइभ (भिडियो)

व्यवसायीलाई हैरान पार्दै भन्सार, एउटा गाडीमा निहुँ खोज्दा सर्वत्र तरङ्ग !

काठमाडौं – श्रीमा डिस्ट्रिब्यूसन नेपाल प्रालिले पर्साको वीरगञ्ज भन्सार कार्यालयबाट भित्र्याएको एउटा गाडीमा भन्सार कार्यालय र विभागले निहुँ खोजेपछि व्यवसायी क्षेत्रमा तरङ्ग उत्पन्न भएको छ ।

गत माघ १४ गते वीरगञ्ज भन्सार कार्यालयबाट जाँचपास स्वीकृत भएर काठमाडौं ल्याउँदै गरेको गाडी धादिङमा गुण्डागर्दी शैलीमा नियन्त्रणमा लिएर वीरगञ्ज नै पुर्‍याइएपछि विवाद देखिएको छ ।

सबै कागजात ठीकठाक भएर जाँचपास भइसकेको गाडी धादिङबाट नियन्त्रणमा लिँदै निहुँ खोजेपछि व्यवसायी हैरान भएका छन् । गाडी आयातकर्ता श्रीमान प्रालिले व्यवसायीलाई दुःख दिने नियत भन्सारले देखाएको आरोप लगाएको छ ।

प्रक्रिया पूरा गरेर आयात भइसकेको गाडीमा भन्सारले निहुँ खोजेर उपल्लो निकायमा धाउनुपर्ने बाध्यता सिर्जना गरेपछि व्यवसायी झन्झट मानिरहेका छन् । भन्सार कार्यालयले गाडीबारे सम्बन्धमा तीन दिनभित्र भन्सार विभाग त्रिपुरेश्वरको अनुसन्धान शाखामा उपस्थित हुन गाडी आयातकर्ता श्रीमा प्रालिसहित भन्सार एजेन्टलाई आईतबार पत्र थमाएको छ । भन्सारको पत्र अनुसार भन्सार एजेन्ट भाग्य नारायण मिश्र र संजोग मानन्धरले समेत भन्सार विभाग धाउनुपर्ने भएको छ ।

जाँचपास गर्दा सही भेटिएको गाडी सम्बन्धमा आयातकर्ता र भन्सार एजेन्टलाई भन्सार कार्यालयले दुःख दिन थालेपछि विरोध सुरू भएको छ । वीरगञ्ज भन्सार एजेन्ट संघ पर्साले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै भन्सार कार्यालयको व्यवहारको विरोध गरेको छ । भन्सार कार्यालयले आयातकर्ता र भन्सार एजेन्टलाई थमाएको पत्रमा गाडी आयातका क्रममा भएको गल्ती, त्रुटि वा गैरकानुनी कामबारे कुनै उल्लेख गर्न सकेको छैन । सबै प्रक्रिया पूरा गरेर आयात गरिएको गाडी सम्बन्धमा विभागमा सम्पर्क राख्न भन्नु दुःख दिने नियत मात्रै भएको आरोप व्यवसायीको छ ।

‘भन्सार प्रशासन र भन्सार एजेन्ट एकअर्काबीच नङमासुको सम्बन्ध भनिएपनि बारम्बार भन्सार जाँचपास तथा ट्रेकिङ प्रणालीको व्यवस्था समेत भई भन्सार क्षेत्रबाट पास भएको दुरुस्त मालसामान बाटोमा धरपकड गर्ने तथा सरोकार भन्सार एजेन्ट तथा प्रतिनिधिलाई पत्र काटी दुःख दिने नियतले हामी प्रताडित भएका छौं,’ संघले निकालेको विज्ञप्तिमा उल्लेख छ, ‘भन्सार विभागमा हाजिर हुन भनेर भन्सार एजेन्ट भाग्य नारायण मिश्र र प्रतिनिधि संयोग मानन्धरलाई निर्देशन गरिएकोमा त्यसतर्फ संघको ध्यानाकर्षण भई सो पत्र फिर्ता लिनुहुन विज्ञप्तिमार्फत जानकारी गराउँछौं ।’ विज्ञप्ति वीरगञ्ज भन्सार कार्यालय पर्सा, भन्सार एजेन्ट महासंघ नेपाल त्रिपुरेश्वर काठमाडौं, प्रदेश संयोजक, सुख्खा बन्दरगाह भन्सार कार्यालय पर्सा र वीरगञ्ज उद्योग वाणिज्य संघलाई समेत पठाइएको छ ।

संघका कार्यबाहक अध्यक्ष निर्मलप्रसाद कुर्मीले सबै व्यवसायी क्षेत्रको गुहार माग्ने गरी विज्ञप्तिबाजी गरेपछि सर्वत्र तरङ्ग फैलिएको छ । कुनै गल्ती र त्रुटि नै नऔल्याई गाडी सम्बन्धमा उपस्थित हुन पत्राचार गर्ने भन्सार कार्यालयले अब के बहाना गर्छन् हेर्न बाँकी रहेको व्यवसायीको टिप्पणी छ ।

व्यवसायीबाट ‘घुस’ लिन पल्केका सरकारी कर्मचारीले विना कारण नै पत्र काटेर कार्यालयमा बोलाई अनुसन्धानको त्रास देखाउँदै मोलमोलाई गर्ने गरेको कतिपय भुक्तभोगी व्यवसायीको गुनासो छ । भन्सारका कर्मचारीको इच्छा अनुसार घुस नदिएपछि अनुसन्धानको बहानामा ‘बार्गेनिङ’ गर्न भन्सार विभागमा बोलाइएको हुनसक्ने अनुमान व्यवसायीले गरिरहेका छन् ।

व्यवसायीबाट संकलन गरिएको घुस भन्सार विभाग हुँदै मन्त्रीसम्म पुग्ने गरेको चर्चा चल्ने सन्दर्भमा राष्ट्रियसभा सदस्यको पदावधि सकिनै लागेका अर्थमन्त्री युवराज खतिवडाले दिएको घुसको ‘टार्गेट’ पूरा गर्न भन्सार विभागले व्यवसायीलाई अनावश्यक दुःख दिएको हुनसक्ने अनुमान समेत व्यवसायीले गरिरहेका छन् । मन्त्रालयबाट प्राप्त भएको अवैध असूलीको टार्गेट पूरा गर्नुपर्ने तनाव कर्मचारीले व्यवसायीमाथि थोपर्ने प्रवृत्ति पुरानै रहेको व्यवसायी बताउँछन् ।

आंशिक युद्धविरामको स्वागतमा अफगानीहरूको नाचगान

नेकपा फुटाउन एमसीसीको फण्डा ! कति छ सत्यता ?

काठमाडौं– पछिल्लो केही समय यता मुलकभर एमसीसी अर्थात अमेरिकन सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसनको चर्चा छ । पार्टीका बैठक, संसद देखि चिया पसलसम्म एमसीसीका बारेमा गमागर्मी बहस चलिरहेको छ । सम्झौतामा हस्ताक्षर भएको तीन बर्ष वितेको छ ।

हस्ताक्षर हुँदा र त्यसयताका तीन बर्ष खासै चर्चामा नआएको विषयमा अहिले किन विवाद भइरहेको छ । एमसीसी कम्प्याक्टमा नेपाले सन् २०१७ मा मै हस्ताक्षर गरेको थियो । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वका अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हस्ताक्षर गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओली एमसीसी पारित गर्नुपर्ने बताउँदै आएका छन् । विपक्षी दल कांग्रेससहितका दलहरु पनि एमसीसी पारित गर्नुपर्ने बताउँदै आएका छन् । प्रमुख प्रतिपक्षी दल कांग्रेस र प्रधानमन्त्री ओली सहमत भइसक्दा सत्तारुढ नेकपाभित्र देखिएको लफडालाई ‘नेकपा फुटाउन’ चालिएको खेलको रुपमा चर्चा हुन थालेको छ ।

चियापसलदेखि सार्वजनिक स्थानसम्म र सामाजिक सञ्जाल पनि एमसीसी नेकपा फुटाउन ल्याएको हुन सक्ने भन्दै आशंका व्यक्त गरिन थालिएको छ । विशेषगरी सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका केही नेता एमसीसीको विपक्षमा रहेका बेला र प्रधानमन्त्री ओलीले जसरी पनि एमसीसी पारित गर्नुपर्ने सदनदेखि सार्वजनिक कार्यक्रममा बताउँदै आएका छन् ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएको दुई वर्ष पनि नपुगेका बेला दीर्घकालीन प्रभाव राख्ने एमसीसीबारे ओली–प्रचण्डमा फरक फरक धारणा देखिएपछि पार्टी फुटाउन एमसीसी प्रयोग हुने अड्कल काटिएको हो । तर, यसलाई सत्तारुढ दल नेकपाका नेताहरु अस्वीकार गर्छन् ।

तेस्रो नेपाल–बङ्गदालेश युवा सम्मेलन काठमाडौंमा सुरु