Home Blog Page 1365

एमसिसीबारे नेकपा कार्यदलको काम सुरु

काठमाडौं, २० माघ । अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) बारे सुझाव दिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) द्वारा गठिन कार्यदलले काम सुरु गरेको छ ।

वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको संयोजकत्वमा गठित समितिको सोमबार बसेको बैठकमा एमसीसी सम्झौतामा रहेका विषय अध्ययन गर्ने खनालको सचिवालयले जनाएको छ ।

नेकपा केन्द्रीय कमिटी बैठकले एमसीसीबारे सुझाव दिन पार्टी वरिष्ठ नेता खनालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो ।

समितिमा पार्टी नेता भीमबहादुर रावल र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सदस्य छन् ।

एमसीसीअन्तर्गत अमेरिकाले नेपाललाई विद्युत् र सडकमा खर्च गर्न ५१ अर्ब रुपैयाँ दिने सम्झौतामा उल्लेख छ ।

सम्झौतामा एमसीसीलाई सङ्घीय संसद्ले अनुमोदन गर्नुपर्ने जनाइएको छ ।

समितिले १० दिनभित्रमा पार्टीलाई प्रतिवेदन बुझाउने छ ।

The post एमसिसीबारे नेकपा कार्यदलको काम सुरु appeared first on Koshi Online.

रत्ननगरमा ज्येष्ठ नागरिककको लागी नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

संविधान संशोधनका लागि संघर्ष : अध्यक्ष यादव

उदयपुर, २० माघ । समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले संविधान संशोधनको लागि दबाबमूलक आन्दोलन गर्ने बताएका छन् ।

सोमबार उदयपुरको सदरमुकाम गाईघाटस्थित सिटीहलमा सञ्चालन भएको प्रदेश नम्बर १ स्तरीय समाजवादी पार्टीको दुईदिने कार्यकर्ता प्रशिक्षण सम्पन्न भेलालाई सम्बोधन गर्दै अध्यक्ष यादवले यस्तो बताए ।

उनले अब समाजवादी पार्टीले वर्तमान संविधान संशोधनको लागि शान्तिपूर्ण आन्दोलनको अभियान सुरु गर्ने बताए ।

विगतमा सरकारमा रहेको नेकपा र प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले मधेशी, आदिवासी जनजाति तथा महिलाको अधिकारको लागि पूर्ण समावेशी तथा समानुपातिक अधिकारको व्यवस्थापन गर्न संविधान संशोधन गर्ने प्रतिबद्धता गरेपनि पूरा हुन नसकेले शान्तिपूर्ण सङ्घर्षमा जानु परेको उनको भनाइ छ ।

आइतबार शुरु भएको प्रदेश स्तरीय पार्टी प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै अर्का अध्यक्ष डा. बाबुराम भट्टराईले वर्तमान निर्वाचन प्रणाली ठीक नभएको कारण देशमा व्यापक भ्रष्टाचार बढेको बताए ।

The post संविधान संशोधनका लागि संघर्ष : अध्यक्ष यादव appeared first on Koshi Online.

प्रधानमन्त्री ओलीकै घरबाट कमिशनको सेटिङ : डा.बाबुराम भट्टराई

प्रम ओली कुशल र अनुभवी पाइलट : मन्त्री भट्टराई

दमौली, २० माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराईले केपी शर्मा ओली नेतृत्वको सरकार सही बाटोमा रहेको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तनहुँले सोमबार दमौलीमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले सरकार गलत बाटोमा नरहेको जिकिर गरे ।

मन्त्री भट्टराईले सरकारको बाटो, दिशा र गन्तव्य सही रहेको बताउँदै भने, ‘सरकारको बाटो सही हुँदाहुँदै पनि कहिलेकाहीँ अप्ठ्यारा बाटो आउँछ, अवरोध आइपर्छ, त्यस्ता अवरोध हटाउँदै अगाडि बढ्नुपर्छ ।’

मन्त्री भट्टराईले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई कुशल र अनुभवी पाइलटको सङ्ज्ञा दिँदै उनको नेतृत्वको वर्तमान सरकारको जहाजले सही अवतरण गर्ने पनि बताए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्यसमेत रहेका मन्त्री भट्टराईले नेकपाको आकाश सफा र धर्ती उर्वर रहेको बताए ।

पार्टी एकीकरणलाई भावनात्मक बनाउन हालै सम्पन्न केन्द्रीय कमिटी बैठक सफल भएको भन्दै उनले बैठकले पार्टीलाई अझ सुदृढ र एकताबद्ध बनाउन सफल भएको चर्चा गरे ।

उनले भने, ‘बैठक अगाडि नेकपाको आकाशमा केही बादलहरु थिए, हावाहुरी पनि चलेको थियो । बैठकले ती बादलहरु सफा गरिदिएको छ, नेकपाभित्र अब हावाहुरी चल्नेवाला छैन, नेकपाको आकाश सफा छ, धर्ती उर्वर छ ।’

केन्द्रीय कमिटी बैठकले तीनमहिने अभियान घोषणा गरेको जानकारी गराउँदै उनले उक्त अभियानमा सबै नेताहरु गाउँ फर्कने र कार्यकर्ताको समस्या सुन्ने बताए ।

सो अभियानमार्फत पार्टीभित्रका समस्या समाधान गरिने मन्त्री भट्टराईले बताए ।

विसं २०७७ को चैत महिनामा पार्टीको महाधिवेशन घोषणा गरिएको र त्यसले पार्टीलाई थप मजबुद बनाउने उनको भनाइ थियो ।

मन्त्री भट्टराईले पार्टीको महाधिवेशनलगत्तै तीन तहको निर्वाचन हुने भएकाले तीनवटै तहको चुनावमा अहिलेको भन्दा पनि राम्रो परिणाम निकाल्न सबै कार्यकर्ता लाग्नुपर्नेमा जोड दिदैं बहुमत प्राप्त सरकार भएकाले जनताको अपेक्षा धेरै रहेको र त्यसलाई पूरा गर्न सरकार लागिपरेको बताए । रासस

The post प्रम ओली कुशल र अनुभवी पाइलट : मन्त्री भट्टराई appeared first on Koshi Online.

एमसीसी बाइबल होइन, संसोधन गर्न सकिन्छ : प्रचण्ड

पूर्व मिस नेपाल श्रृंखला खतिवडाले अर्को वर्ष लगन गाठो कस्ने पक्का

काठमान्डाैं  / पूर्व मिस नेपाल श्रृंखला खतिवडा अर्को वर्ष वैवाहिक बन्धनमा बाँधिने भएकी छिन् । भ्लगर सिसन बानियाँसँग प्रेममा सम्बन्धमा रहेकी खतिवडाले आफ्नो सम्बन्ध यसअघि लुकाउँदै आएकी थिईन् ।तर, मिडियामा उनीहरुलाई पछ्याउनेको संख्या बढेपछि खतिवडा र बानियाँको प्रेम सम्बन्ध लामो समयसम्म गुपचुप रहन सकेन् । पछिल्लो समय यी दुईको प्रेम झाँग्गिएको छ । पारिवारिक सूत्रले दिएको जानकारीअनुसार उनीहरुको विवाह अर्को वर्ष अर्थात २०७७ मा हुने भएको छ ।

खतिवडा सन् २०१८ की मिस नेपाल हुन् ।जोडीको प्रेम सम्बन्धको चर्चा भने श्रृंखला मिस वल्र्डको लागि चीन जानुभन्दा अघि मकवानपुरमा तयार पारेको एक डकुमेन्ट्रीका कारण भएको थियो । खतिवडा र बानियाँ देश तथा विदेशको यात्रामा समेत प्रायः एकसाथ देखिने गरेका छन् । यो जोडीले केही समय पहिले टर्कीको इस्तानबुल पुगेका थिए । त्यहाँ घुमफिर गरिरहेको तस्विरहरु खतिवडा र बानियाँले आफ्ना सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए ।

टर्कीमा रहँदा यो जोडीको एक तस्वीर बाहिरिएको थियो, जहाँ श्रृंखला सिसनको अंगोलामा थिईन् । यी दुईले भने गहिरो सम्वन्धमा रहेको बजारको चर्चालाई गसिपको रुपमा चित्रण गर्दै आएका छन् ।श्रृंखलाले त आफु सिंगल रहेको बताउँदै आएकी छिन् । श्रृंखलाका बुवा–आमा दुवै नेकपाका सांसद हुन् । उनको बुवा विरोध खतिवडा त नेपाली राजनीतिमा चर्चित नाम हो ।

The post पूर्व मिस नेपाल श्रृंखला खतिवडाले अर्को वर्ष लगन गाठो कस्ने पक्का appeared first on Purbeli News.

११ वटा विद्यालयका शिक्षकहरु २० महिनादेखि तलब विहीन !

लोकगायक बद्री पङ्गेनीलाई पितृशोक

काठमाडौँ / लोकगायक बद्री पङ्गेनीलाई पितृशोक परेको छ । उहाँका पिता बोधराजको ७० वर्षको उमेरमा आज निधन भएको हो । काठमाडौँको धापासीबाट उपचारका लागि अस्पताल लैजाँदै गर्दा उहाँको बाटामै निधन भएको परिवारले जनाएको छ । उहाँ दमसम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो । उहाँको पाल्पा, रामपुरमा दाहसंस्कार गरिने भएको छ ।

उहाँका दुई छोरा र एक छोरी छन् । स्व बोधराजकी श्रीमतीको यसअघि नै निधन भइसकेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका निवर्तमान अध्यक्ष पङ्गेनीका पिताको निधनप्रति प्रतिष्ठानका अध्यक्ष रमेश बिजीलगायत विभिन्न सङ्घसंस्थाले दुःख व्यक्त गरेका छन् ।

The post लोकगायक बद्री पङ्गेनीलाई पितृशोक appeared first on Purbeli News.

गोकुल बाँस्कोटालाई प्रधानमन्त्रीकै संरक्षण !

‘चपली हाइट ३’ काे गीत ‘चार आनाको मसला’ मा स्वस्तिमा र सुपुष्पाको ठुम्का (भिडियो सहित)

ईटहरी / चैत्र २८ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘चपली हाइट ३’ काे गीत सार्वजनिक भएकाे छ । सोमवार राजधानीमा एक कार्यक्रमको आयोजना गरी गीत सार्वजनिक गरिएकाे हाे । ‘चार आनाको मसला’ बोलको गीतमा राज लिम्बु र अस्मिता अधिकारीको स्वर सुन्न सकिन्छ । हेर्नुस गितकाे भिडियो . . .

The post ‘चपली हाइट ३’ काे गीत ‘चार आनाको मसला’ मा स्वस्तिमा र सुपुष्पाको ठुम्का (भिडियो सहित) appeared first on Purbeli News.

अनशनकारीका माग पूरा गर्न कांग्रेसको आग्रह

तलबकाे कर विवादपछि मुख्य प्रशिक्षक पटवालले दिए राजीनामा

कर विवादका कारण राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक उमेश पटवालले पदबाट राजीनामा दिएका छन्। पटवालले घरेलु मैदानमा बुधबारदेखि सुरु हुने अमेरिका र ओमान सम्मिलित त्रिकोणात्मक सिरिजपछि लागू हुने गरि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)मा राजीनामा बुझाएका हुन्।

पटवालले लिने तलवमा कर कस्ले तिर्ने भन्ने विवाद रहँदै आएकाे छ। मासिक ७ हजार डलर तलब पाउने पटवालले २०१९ जुन देखि २०२० को जुन १० सम्म नेपाली टिम हेर्ने सम्झौता थियो। यो तलबमा कर लाग्ने भएपछि पटवाल असन्तुष्ट थिए। उनले यो रकम कर बाहेकको हुनु पर्ने भन्दै तलब लिन नै अस्वीकार गरेको स्रोतको दाबी छ।

पटवाललाई गतवर्ष आईसीसी र राष्ट्रिय खेलकुद परिषद्ले प्रशिक्षकको रुपमा जिम्मेवारी दिएका थिए। उनलाई  एसीसी टि ट्वान्टी ईस्टन रिजनसम्मकाे लागी टाेली सम्हाल्न आग्रह गरिएकाे नेपाल क्रिकेट संघ (क्यान) स्राेतले जनाएकाे छ।

२०७४ को फागुनमा जिम्बाबेमा भएको युएईविरूद्धको एकदिवसीय सिरिज र टी–२० सिरिजमा पनि पटवाल नेपाली टिमको कन्सल्ट्यान्ट ब्याटिङ प्रशिक्षक बनेका थिए। सो भ्रमणमा नेपालले पहिलो पटक एकदिवसीय मान्यता पाएका थियो।

प्रशिक्षकको रुपमा पटवालले सिंगापुरमा भएको टी–२० विश्वकपको एसिया छनोटका नेपाली टिमको जिम्मेबारी सम्हालेका थिए।

अलैँची मूल्यमा भारी गिरावट

मनाङको अपराजित यात्रामा पूर्णविराम

ए डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लबको अपराजित यात्रामा पूर्णविराम लागेको छ। हारसँगै मनाङको उपाधि सम्भावना झिनो बनेको छ।

ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा गतवर्षको लिग विजेता मनाङ च्यासल युथ क्लवसँग २–० ले स्तब्ध भयो। लिगको नवौ चरणसम्म मनाङ मात्र एक अपराजित टोली थियो।
मनाङले ५ खेलमा जित हात पार्दा ४ मा बराबरी गर्दा च्यासलसँग पहिलो हार बेहोर्दै १९ अंकमा तालिकाको तेस्रो स्थानमा छ।

लगातार कमजोर प्रर्दशन गर्दै च्यासलले उत्कृष्ट प्रर्दशन गर्दै उपाधि दाबेदार मनाङलाई रोकेको हो। च्यासल ३ खेलमा जित ३ मा बराबरी र ४ खेलमा हार भोग्र्दै १२ अंकमा नवौ स्थानमा उक्लेको छ।

च्यासलका लागि खेलको तेस्रो मिनेटमा बिक्रम लिम्बुको फ्रिकिकमा अमिर श्रेष्ठको प्रहार पोस्टबाट थोरै आकासियो। १३औं मिनेटमा कमल श्रेष्ठको प्रहार पोस्टबाट थोरैले बाहिरियो। पहिलो हाफको २४ औं मिनेटमा जापानीज खेलाडी ताइजा नाकामुराले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। दयानन्द सिंहले लडाएको फलमा टाईगाले २५ यार्ड टाढाबाट फ्रिकिकमा सुन्दर गोल गरेका थिए।

३६औं मिनेटमा अन्जन बिष्टको प्रहार आकासियो। पहिलो हाफको अन्त्यतिर जोसुवा फेमीेले पेनाल्टी क्षेत्र बाहिरबाट सट प्रहार गर्न ढिलो गर्दा मनाङ खेलमा फर्कन सकेन।

६५औं मिनेटमा फेमीकै पेनाल्टी क्षेत्र बाहिरको प्रहार आकासियो। ६६औं मिनेटमा बिमल रानाको क्लोज रेन्जबाट गरेको प्रहारलाई छिरिङ गुरुङले ब्लक गरिदिए। ८१औं मिनेटमा अन्जन बिष्टले गरेको प्रहार पोलमा लाग्दै फर्कियो। त्यसै रिबाउन्डमा उनले फउल गर्न पुगेका थिए।

दोस्रो हाफको अतिरिक्त समयमा कप्तान सन्तोष साहुखलले १ गोल थप्दै गोल अन्तर बढाएका हुन्।

६ वटा सरकारले अगाडि बढाएको एमसीसी सम्झौतामा अझै विवाद

प्रियंका कार्कीको तस्बिर सेयर गर्दै बार्साले भन्योः हामी नेपाललाई माया गर्छौं

हालै प्रियंका कार्की प्रेमी आयुसमान देशराज जोशीसँग स्पेनमा बार्सिलोनाको फुटबल हेर्न गएका थिए। उनले यस जानकारी फेसबुक पेजमार्फत् बताएकी थिइन्।

आज सोमबार बार्साको आधिकारिक फेसबुक पेजमा प्रियंकाको तस्बिर सेयर गर्दै बार्साले क्याप्सनमा भनेको छ,‘हामी नेपाललाई माया गर्छौं।’

समाजवादी पार्टी आन्दोलनको गृहकार्यमा : अध्यक्ष यादव

करण केसीद्वारा आईसीसी वरियतामा सुधार

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को नयाँ टि–ट्वान्टी वरियतामा पुर्व कप्तान पारस खड्का र लेग स्पिनर सन्दीप लामिछाने खस्कँदा तीब्र गतिका बलर करण केसीले स्थान सुधार गरेका छन्।

आईसीसीले सोमवार सार्वजनिक गरेको नयाँ टि ट्वान्टी वरियतामा पारस ब्याटिङतर्फ खस्किएर ६२ औं स्थानमा पुगेका छन्। बलिङतर्फ सन्दीप पनि खस्किँदै ८५ औं स्थानमा पुगेका छन्।

बलिङतर्फ तीब्र गतिका बलर सोमपाल कामी, करण केसी, अभिनास बोहरा र स्पिनर वसन्त रेग्मी शीर्ष एक सय भित्र छैनन्। अलराउन्डरतर्फ करणले सुधार गरेका छन्। नयाँ वरियतामा करण ७५ औं स्थानमा उक्लिएका छन्। सोमपाल कामी ६५ र पारस खड्का २७ औं स्थानमा यथावत छन्।

अलराउण्डरतर्फ अफगानिस्तानका मोहम्मद नावी शीर्ष र अष्ट्रेलियाका ग्लेन म्याक्सवेल दोस्रो स्थानमा छन्।

बलिङतर्फ अफगानिस्तानका स्पिनर राशिद खान शीर्ष स्थानमा यथावत छन्। भारतीय तीब्र गतिका बलर जस्प्रीत बुमराह ११ औं स्थानमा उक्लिएका छन्। ब्याटिङतर्फ पाकिस्तानका कप्तान बाबर अजाम शीर्ष र भारतका लोकेश राहुल दोस्रो स्थानमा छन्। रोहीत शर्मा १० औं स्थानमा उक्लिएका छन्।

टि–ट्वान्टी नयाँ वरियतामा नेपाल १२ औं स्थानमा यथावत छ।

मनोहरा साहित्य समाजको ५३ औं वाचन सम्पन्न