Home Blog Page 1363

नेकपामा वामदेव गौतम वामदेव गौतम शक्तिशाली हुँदै

काठमाडौं, २१ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठकले उपाध्यक्षमा चयन गरेसँगै वामदेव गौतम शक्तिशाली भएका छन्। उनी यसअघिदेखि नै संगठन विभागको संयोजक छन्। विधान संशोधन गरेर संगठन विभागको अधिकार थपेसँगै पार्टी कार्यकर्ता परिचालनको जिम्मा विभागलाई नै दिएपछि गौतम शक्तिशाली भएका हुन्। नेकपामा करिब आठ लाख संगठित सदस्य छन्। संगठन विभागलाई नियमावलीअनुसार […]

नेपाली भूभाग फिर्ता ल्याउन प्रयास भइरहेको छ : गृहमन्त्री थापा

पक्राउ परेका चिनियाँ नागरिक फिर्ता गर्दा कम्युनिस्ट सरकारलाई आपत, आज सर्वोच्चमा सुनुवाई

काठमाडौं– पक्राउ परेका १२२ चिनियाँ नागरिकलाई बिना कारबाही चीन फिर्ता गरिएपछि केपी ओली नेतृत्वको कम्युनिष्ट सरकार विरुद्ध सर्वोच्चमा मुद्धा परेको छ । अधिवक्ता हरिचन्द्र तिमल्सेनाले बिना अभियोग चिनियाँ नागरिकलाई पक्राउ गरी चीन फिर्ता गरेको भन्दै सरकार विरुद्ध सर्वोच्चमा मुद्दा हालेका हुन् । पक्राउ परेका चिनियाँ नागरिकमाथि कुनै अभियोग नलगाइएको तिमल्सेनाले बताए ।

नेपाल र चीनबीच सुपुदर्ग सन्धी नभएको अवस्थामा यसरी पक्राउ परेकाहरुलाई फिर्ता गर्न नमिल्ने तिमल्सेनाको भनाइ छ । बताउँछन् । नेपाल र चीनबीच गत अशोज २६ गते फौजदारी विषयमा पारस्परिक कानुनी सहायता सम्बन्धी सन्धी भएकाले त्यसैको आधारमा पक्राउ परेकाहरुलाई फिर्ता गरिएको हुनसक्ने उनको आशंका छ । उनले हालेको मुद्धाको सुनुवाई आज हुँदैछ । ।

नेपालबाट जाने हवाईयात्रुलाई पनि भारतीय विमानस्थलमा कोरोना जाँच

अवकास पाउन एक साता बाँकी रहँदा आइजिपीको दौड धुप, कार्यकाल लम्बाउन ओली–प्रचण्डको ढोका चाहार्दै

काठमाडौं– कार्यकाल लम्बाउन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल यतिबेला दौडधुपमा व्यस्त छन् । अवकाश पाउन एक साता मात्रै बाँकी रहँदा उनी ५ महिना कार्यकाल थप्न दौडधुपमा सक्रिय बनेका हुन् ।  ३० वर्षे सेवा अवधिका कारण उनले माघ २८ मा अवकाश पाउँदैछन्।

खनाल पछि आइजीपी हुन सक्ने प्रहरी अधिकृतले ५ महिना मात्रै संगठनको नेतृत्व पाउनेछन्। यसैमा खेल्दै उनले आफ्नै कार्यकाल थप्न राजनीतिक कसरत गरिरहेका छन् ।

उनको अवकाशपछि २०४७ असार २५ मा सेवा प्रवेश गरेका ठाकुर ज्ञवाली, तारणीप्रसाद लम्साल र सूर्यप्रसाद उपाध्यायमध्ये एक जना आइजिपी बन्नेछन्। यी तीनमध्ये जो आइजिपी भए पनि नियमावली परिर्वतन नभए ५ महिना मात्रै आइजिपी हुन सक्छन्।

५ महिनाका लागि मात्रै नयाँ आइजिपी बनाउँदा संगठनमा नकारात्मक प्रभाव पर्ने भन्दै उनी सो अवधिसम्म आफूलाई नै कायम राख्न प्रधानमन्त्री केपी शर्मा ओली देखि सत्ताधारी दल नेकपाका अध्यक्ष प्रचण्डसँग समेत भेटघाट गरेको स्रोतले जानकारी दियो । हालै खनालले प्रधानमन्त्री ओलीसँग वान टु वान वार्ता गरेका छन् ।

दिवंगत पत्नीको स्मृतिमा वडाध्यक्षले गरे खानेपानी संस्थालाई जग्गादान

कोरोना अपडेट: मृत्यु हुनेको संख्या ४ सय नाघ्यो, संक्रमित २० हजारभन्दा बढी

नोबल कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय नाघेको छ। संक्रमितको संख्या २० हजार माथि पुगेको छ।

चिनियाँ अधिकारीहरूका अनुसार कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ सय २५ पुगेको हो।

यो भाइरसको संक्रमणले हिजो सोमबार मात्र ६४ जनाको मृत्यु भएको छ। त्यस्तै चीनबाहिर गत आइतबार फिलिपिन्समा एक जनाको मृत्यु भएको छ।

चीनमा मात्रै २० हजार ४ सय ३८ जना कोरोनाको संक्रमणमा परेका छन्।

चिनियाँ अधिकारीको भनाइ उद्धृत गर्दै अलजाजीराले जनाएअनुसार हुबेइ प्रान्तमा मात्र सोमबार २ हजार ३ सय ४५ जना कोरोना भाइरसबाट संक्रमित फेला परेका छन्।

योसँगै हुबेइ प्रान्तमा मात्र अहिलेसम्म १३ हजार ५ सय २२ जनालाई कोरोना संक्रमण भएको छ।

हुबेइका विभिन्न अस्पतालमा भर्ना भएका १० हजार ९ सय ९० संक्रमितमध्ये ५७६ जनाको अवस्था गम्भीर रहेको चीनका स्वास्थ्य अधिकारीले बताएका छन्।

चीनको उहान सहरबाट फैलिएको कोरोना भाइरस अहिले नेपालसहित विश्वका २५ देशमा पुगिसकेको छ। चीनका ३१ भन्दा बढी प्रान्तमा यसको संक्रमण फैलिएको छ।

 

 

बालिमा मल र विषादी छर्न ‘ड्रोन’ को प्रयोग गरिने

चीनले नाका बन्द गरेपछि सीमावर्ती गाउँमा खाद्यान्न संकट

ताप्लेजुङ, २१ माघ । चीनले किमाथांका र ओलाङचुङगोला नाका बन्द गरेपछि सीमावर्ती गाउँमा खाद्यान्न संकट भएको छ। चिनियाँ बजारमा आश्रित संखुवासभा भोटखोला गाउँपालिकास्थित किमाथांकामा दैनिक उपभोग्य वस्तु अभाव देखिएको छ। दुई दिनभित्र वैकल्पिक व्यवस्था नभए हाहाकारै हुने वडाध्यक्ष तेन्छेवी शेर्पा बताउँछन्। ‘कोरोना भाइरसको कारण देखाउँदै चीनले माघ ५ गतेदेखि नाका ठप्प पारेको छ’, शेर्पाले टेलिफोनमा […]

सुनको मूल्य अकासियो , १५ वर्षमा प्रतितोला ६८ हजारले बढ्यो

बालविवाह नरोकिँदा बढ्दै छन् ‘किशोरी आमा’

रोल्पा, २१ माघ । जिल्ला अस्पताल रोल्पामा १८ विर्षीया एक किशोरी भेटिइन्, जो आमा बनिसकेकी छिन्। आफ्ना दुई वर्षीय छोरालाई रुघाखोकी र ज्वरोले सताएपछि उनी अस्पताल आएकी हुन्। झट्ट हेर्दा आमा भनेर पत्याउन गाह्रो पर्ने उनी रोल्पा नगरपालिका दार्बोटकी जयकला परियार हुन्। लहलहैमा लागेर १५ वर्षको उमेरमा विवाह गरेकी उनले १६ वर्षकै उमेरमा बच्चा जन्माएकी […]

एपीएफलाई उपाधि

नेपाली खेल पत्रकारले लेखेको समाचार विश्वकै उत्कृष्ट, ८ हजार अमेरिकी डलर पुरस्कार

नेपालका खेल पत्रकार प्रज्जवल ओलीले लेखेको समाचार विश्वमै उत्कृष्ट भएको छ।

उनले विश्वभरका खेल पत्रकारहरूको साझा संस्था एआईपीएसले प्रदान गर्ने एआईपीएस स्पोर्ट्स मिडिया अवार्ड जितेका हुन्।

स्पेन र अर्जेन्टिनाका खेल पत्रकारले लेखेका समाचारलाई समेत पछाडि पार्दै नेपाली खेल पत्रकार ओलीले लेखेको समाचार ‘वेस्ट कोलम राईटिङ’तर्फ विश्वकै उत्कृष्ट बन्न सफल भएको हो। अवार्डसँगै ओलीले ८ हजार अमेरिकी डलर पुरस्कार प्राप्त गरेका छन्।

सोमबार राति हङ्गेगीको बुडापेस्टमा सोमबार राति भव्य कार्यक्रमबीच ओलीलाई विजेता घोषणा गरिएको हो।

एनआईपीएस अवार्ड जित्ने ओली पहिलो नेपाली खेल पत्रकार बनेका छन्।

उनले गत असार १९ गते काठमाडौं पोस्टमा ‘मुस्किल’ले ५० खेल खेलिने नेपालमा झन्डै २०० खेल संघ पालिएका छन्’शीर्षकमा समाचार लेखेका थिए।

विश्वभरका करिब १ सय ८० देशका सयौं पत्रकारले पठाएका समाचारमध्ये ओलीले लेखेको समाचार उत्कृष्ट भएको हो।

ओली नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)का महासचिव हुन्। डेढ दशकदेखि उनी खेलकुद पत्रकारितामा सक्रिय छन्।

 

ज्येष्ठ नागरिकलाई घरघरै उपचार

फाटफुट वर्षा र हिमपातको सम्भावना

आज (मंगलबार) राति देशका पहाडी भेगका केही स्थानमा वर्षा तथा उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज राति पश्चिम, मध्य र पूर्व तीनै क्षेत्रका पहाडी भेगका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना देखिएको हो।

यस्तै तीनै क्षेत्रका उच्च पहाडी तथा हिमाली भेगका एक/दुई स्थानमा हिमपातको पनि सम्भावना छ। तर यो सम्भावना पनि निकै कम रहेको उनले बताइन्।

‘यो कुनै नयाँ प्रणाली भित्रिएको होइन,’ मंगलबार बिहान नेपालखबरसँग कुरा गर्दै मौसमविद् मानन्धरले भनिन्, ‘यो पहिलेकै पश्चिमी निम्न चापीय प्रणालीको थोरै प्रभाव हो।’

तराईमा भने अहिले वर्षाको सम्भावना छैन। यस्तै काठमाडौंमा उपत्यकामा पनि आजलाई वर्षाको सम्भावना छैन। ‘तर आंशिक बदली (कहिले घाम कहिले बादल) भने हुने देखिन्छ,’ उनले भनिन्।

अहिले (मंगलबार बिहान सवा ७ बजे) काठमाडौं उपत्यकाको तापक्रम ४ डिग्री सेल्सियस छ।

माैसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसाेचाहिँ देशका पहाडी भेगमा आंशिक बदली रहनेछ भने देशका बाँकी स्थानमा माैसम सामान्यतया सफा रहनेछ।

माैसमविद् मानन्धरका अनुसार अहिले तराईमा खासै हुस्सु कुहिरो पनि लागेको छैन।

हिउँद यामको अवधि छोटिँदै जाँदा मुलुकभर बिस्तारै चिसो घट्दै गएको र तापक्रम बढ्दै गएको उनले बताइन्।

औपचारिक रूपमा यो फेब्रुअरीभरि हिउँद अर्थात् जाडो यामको अवधि मानिन्छ। यसपछि प्रि-मनसुन सुरु हुने उनले जानकारी दिइन्।

कम्युनिस्ट शासनमा अर्को चर्तिकला ! ओलीको जन्मदिन मनाउन सार्वजनिक विदा

हेटौँडाका १० बालुवा प्रशोधन केन्द्र भत्काइयो

हेटौँडा उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालित १० बालुवा प्रशोधन केन्द्र भत्काइएको छ।

जिल्ला अनुगमन समितिले सोमबार हेटौँडाको कुखरेनीखोलामा नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा अनुगमन गर्ने क्रममा वडा नम्बर ९ र १३ मा अवैधरूपमा सञ्चालित बालुवा प्रशोधन केन्द्र भत्काएको हो।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख एवं अनुगमन समितिका संयोजक रघुनाथ खुलालको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौर, सशस्त्र प्रहरी बल १४ नम्बर गणका सशस्त्र प्रहरी उपरीक्षक विकास घिमिरे, डिभिजन वन कार्यालयका प्रमुखलगायतको सहभागितामा अनुगमन भएको थियो।

यसक्रममा कुखरेनीखोलामा अवैधरूपमा सञ्चालन भएका बालुवा प्रशोधन केन्द्र भत्काइएको जिल्ला समन्वय समितिका प्रेस संयोजक विवश अधिकारीले जानकारी दिए।

टोलीले कुष्माण्डा सरोवर त्रिवेणीधामदेखि दक्षिणमा मानव सेवा अश्रमसम्मको कुखरेनीखोलाको बगर अनुगमन गरेको थियो। ती क्षेत्रमा १० बालुवा प्लान्ट अवैधरूपमा सञ्चालन भएको पाइएको छ।

त्यस्तै सो क्षेत्रमा चार वटा क्रसर उद्योगसमेत सञ्चालन भएको पाइएको अनुगमन समितिका संयोजक खुलालले जानकारी दिए।

अनुगमन टोलीले उक्त क्षेत्रमा अवैधरूपमा सञ्चालित बालुवा प्रशोधन केन्द्रमा प्रयोग गरिएका उपकरणसमेत जफत गरेको जनाइएको छ। चुरे क्षेत्रमा अवैधरूपमा बालुवा प्रशोधन केन्द्र सञ्चालन भएको भन्ने सूचनाका आधारमा अनुगमन टोलीले उक्त क्षेत्रको अनुगमन गरेको उनले बताए।

ती क्षेत्रमा अवैध नदीजन्य पदार्थ उत्खनन नियन्त्रणका लागि नियमित अनुगमन गर्ने निर्णय भएको संयोजक खुलालले जानकारी दिए।

अनुगमनपछि बसेको समितिको बैठकले नदीजन्य पदार्थको संरक्षणका लागि निरन्तर अनुगमनको आवश्यकता देखिएकाले अनुगमनलाई नियमित गर्ने निर्णय गरेको छ।

हेटौँडा उपमहानगरपालिका, भीमफेदी, मकवानपुरगढी, बकैया र वाग्मती गाउँपालिका क्षेत्रमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको सहयोगमा तीन समूह बनाई नियमित अनुगमन गर्ने जनाइएको छ।

ती क्षेत्रमा डिभिजन वन कार्यालय हेटौँडाका प्रमुख इमनाथ पौडेलको नेतृत्वमा अनुगमन हुने छ।

त्यस्तै, हेटौँडादेखि पश्चिम लोथरसम्म, राक्सिराङ र इन्द्रसरोवर गाउँपालिका तथा थाहा नगरपालिका क्षेत्रमा पनि प्रहरीको सहयोगमा तीन समूह बनाई डिभिजन वन कार्यालय मनहरिका प्रमुख दीर्घनारायण कोइरालाको नेतृत्वमा निरन्तर अनुगमन गरिने समितिले जनाएको छ।

बैतडीमा जिप दुर्घटना, चालक सहित २ जना घाइते

आज माघ २१ गते मंगलबार, तपाईंको राशिफल पढी शे’यर गर्नुहोला।

वि.सं.२०७६ साल माघ २१ गते । मंगलबार । ईश्वी सन् २०२० फेब्रुवरी ०४ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । माघ शुक्लपक्ष । तिथि– दशमी,२७ घडी ४४ पला,बेलुकी ०५ बजेर ५७ मिनेट उप्रान्त एकादशी । नक्षत्र–रोहिणी,३९ घडी २२ पला,बेलुकी १० बजेर ३६ मिनेट उप्रान्त मृगशिरा । योग– ऐन्द्र,४९ घडी १६ पला,रातको ०२ बजेर ३४ मिनेट उप्रान्त वैधृति । करण– गर,१७ बजेर २४ मिनेट उप्रान्त वणिज, ३० बजेर ०२ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–मातंग योग । चन्द्रराशि–वृष । काठमाडौंमा सूर्योदय ०६ बजेर ५१ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ४५ मिनेट । दिनमान २७ घडी १३ पला । शल्य दशमी। बैतडी गुजरमा बनारसी पूजा।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

पढाई लेखाईमा मन जाने हुनाले अरुदिन भन्दा राम्रो नतिजाको अपेक्षा गर्न सकिनेछ । व्यापारमा लगानि गरि पछि सम्म आम्दानि गर्न सकिनेछ । गाएन तथा सांगितिक क्षेत्रसँग सम्बन्धित काममा व्ययस्त हुनुहुन्छ भने मनग्गे आम्दानिको साथै नाम कमाउन सकिनेछ । सामाजिक सञ्जाल तथा मिडिया मार्फत आफ्ना भनाई बाहिर लैजान सकिनेछ । माया प्रेममा नजिक हुन सकिनेछ भने मिष्टान्न भोजनमा साथ रम्न सकिनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

नयाँ नयाँ कामको प्रस्ताब आउँनेछ भने आर्थिक ब्याबस्थापनका मुद्दाहरु सजिलै हल गर्न सकिनेछ । कन्भिन्स गर्ने पावर बढ्ने हुँनाले अरुलाई सजिलै प्रभावमा पारेर काम लिन सकिनेछ । कलात्मक तथा सिर्जनात्मक कामबाट सकारात्मक नतिजा निकाल्न सकिनेछ भने गित संगित तथा चलचित्र क्षेत्रमा समय दिनेहरुका लागि फरक बिषयबस्तुमा भुमिका निर्बाह गर्नुपर्ने हुँनसक्छ । खोज तथा अनुशन्धानको क्षेत्रमा थोरै समय लगानि गर्दानि उत्कृष्ट नतिजा आउँदा खुसिले उँचाई नाघ्नेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

आफन्त तथा घर परिवारका मानिस सँग बिवाद बढ्नेछ भने बिश्वास गरेकाहरु बाटनै धोका हुनेछ । बिद्या तथा प्रतिश्पर्धामा सहभागि भए पनि नतिजा आफुतिर ल्याउन राम्रै मेहनेत गर्नुपर्नेछ । बैदेशिक क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसाय फस्टायर जानेछ भने बिदेशमा बसेर काम गर्नेहरुका लागि आजको दिन फलदायि रहनेछ । लामो दुरिको यात्राको अधिक सम्भावना रहेको छ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउनेछ भने दैनिक काम गर्न असहज महशुस हुनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुनेछ । बिषेश गरि तरल पदार्थ तथा खनिज पदार्थ सँग सम्बन्धित बस्तुहरुको व्यावसाय फस्टायर जानेछ भने आम्दानिका नयाँ नयाँ स्रोतहरु फेला पर्नेछन् । सवारी साधन प्राप्तिको योग रहेको छ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराएर अगाडि बढ्न सकिनेछ । बिभिन्न किसिमका मानव निर्मित भौतिक साधनहरु लाभ हुनेछन् । प्रेम प्रशङगले दिन रमाईलोका साथ बित्नेछ । ईच्छित कामनाहरु पुरा हुने समय रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

काम गर्ने सवालमा सहकर्मिहरुबाटनै असहयोग हुँने हुँदा काम बिग्रने तथा मान सम्मानमा दाग दाग्न सक्छ ध्यान दिनुहोला । घर परिवार भित्रकै मानिसहरुले तपाईको नराम्रो कुराहरुको प्रचारबाजी गर्दै हिड्नेछन् । अध्ययन अध्यापनमा प्रशस्त समय खर्चिय नतिजा आफैतर ल्याउँन सकिनेछ । व्यापार व्यावसायमा लगानि गरि नाँफा कमाउँन केहि समय पर्खनु पर्नेछ भने गरिरहेको कामलाई निरन्तरता दिन सकिनेछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)

व्यापारमा रुपैया पैसा लगानि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । आज थालिएका जुनसुकै कामहरुबाट भनेजस्तो कमाई हुँने हुँदा आर्थिक क्षेत्र मजभुत हुनेछ । नयाँ काम पाउँने तथा नोकरिमा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेकोछ । राजनिति तथा समाजसेवामा जनताको समर्थन पाईने हुँनाले पद प्राप्तिको गतिलो योग रहेकोछ । माया प्रेममा रमाउँन चाहनेहरुका लागि समयले साथ दिने हुँनाले मन प्रशन्न रहनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

समयको ख्याल नगर्दा पुराना तथा नयाँ कामहरु थाति रहनेछन् । ऋण लाग्ने तथा व्यापार व्यावसायबाट भनेजस्तो आम्दानि नहुँदा दैनिक कष्टप्रद हुनेछ । माया प्रेम आजको दिन टाडै रहनु बेस हुनेछ किनकी भेटमा एक अर्कालाई शंकाको दृष्टिले हेर्दा मनमुटाव बढ्नेछ । खानपान तथा बाहिरि बाताबरणको ख्याल गर्नुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । भौतिक सम्पति तथा सवारि साधनको खरिद बिक्रि गर्दा वा चलाउँदा ध्यान दिनुहोला अप्रिय घट्ना हुँन सक्छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

माया प्रेममा आत्मियताको कमि हुनेछ तथा पति पत्निबिच अबिश्वास सिर्जना हुँनेछ । समय तथा परिस्थिति अनुशार नचल्नाले दुख पाईनेछ भने समयमा काम सम्पन्न नहुँदा आर्थिक ब्याबस्थापन गर्न गाह्रो हुनेछ । साझेदारि व्यावसायमा लगानि नवढाउँनु उचित हुनेछ किनकि साझेदारहरु बिच मनमुटाब सिर्जना हुन सक्छ । बिद्या तथा प्रतिश्पर्धामा सन्तोषजनक प्रगति गर्न सकिनेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्या आउँने हुनाले खानपानमा ध्यान दिनुहोला ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

मामा तथा मावलि पक्षसँग कुनैपनि काम गर्दा सन्तुलित व्याबहार गर्नुहोला दैनिक काम गर्दा मनमुटावको अवस्था सिर्जना हुँनेछ । तपाईको खुट्टा तान्ने मानिसहरु हावि हुँने तथा सत्रुहरु सलबलाउँनेछन् । न्यालयसँग सम्बन्धित काम गर्दा ध्यान दिनुहोला अनाबस्यक मुद्दा मामिला आईलाग्नेछन् । अध्ययन तथा अध्यापनमा तपाई आफ्नै कारणले पछि पर्नु हुनेछ । खानपान तथा बाहिरि बाताबरणको ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या बढ्न सक्छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

पढाई लेखाईमा अरुदिन भन्दा राम्रो प्रगति भएर जानेछ भने प्रतिश्पर्धामा तपाईनै अग्र पंक्तिमा आउनु हुनेछ । शैक्षिक परामर्श तथा चेतनामुलक कार्यक्रम सञ्चालन गरेर शिक्षाको पहुँच भन्दा बाहिरका मानिसहरुलाई शिक्षाको पहुचमा जोड्न सकिने छ । बंश बृद्धिको योग रहेको छ भने सन्तानको प्रगति देखेर मन प्रफुल्लित हुनेछ । परिवार आफन्त तथा साथिभाईहरुको सहयोग हुँने हुँनाले समस्याका पर्खालहरु आफै ढल्नेछन् ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

राजनिति तथा समाजसेवामा जनतासँग सन्तुलित व्यावहार गर्नुहोला खासै समर्थन पाईने योग रहेको छैन । घर परिवारमा आफन्त तथा आमालाई छोडेर टाडाको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । खानपानमा ध्यान दिनुहोला छाति तथा श्वासप्रश्वास सम्बन्धि समस्या आउँन सक्छ । घर जग्गा तथा पशुपालन व्यावसायमा समय खर्चने हरुले मनग्गे आम्दानि गर्न सक्नेछन् । समयमा काम नसकिने हुँनाले मान सम्मानमा कमिको महशुस हुनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

व्यापार व्यावसायमा समय दिन नसक्दा आर्थिक आर्थिक कारोबार बिग्रनेछ ध्यान दिनुहोला । आफ्नै भन्नेहरुले अबिश्वास गर्ने तथा धोका दिनेछन् भने छोटो दुरिको व्यावसायिक यात्रा हुँने भएपनि गन्तब्यमा पुग्न बिभिन्न समस्याहरुको सामना गर्नु पर्नेछ । अध्ययन अध्यापनमा मन नजादा चाहेजस्तो सफलता प्राप्त गर्न सकिनेछैन । दाजुभाई तथा छिमेकि सँग नचाहादा नचाहादै बिवाद हुँने तथा छुट्टिनु पर्ने अवस्थाको सिर्जना हुनेछ ।

The post आज माघ २१ गते मंगलबार, तपाईंको राशिफल पढी शे’यर गर्नुहोला। appeared first on .

कम्युनिस्ट पार्टीका चुनौती