Home Blog Page 1376

सुशील कोइराला फाउन्डेसनको भवन शिलान्यास

विराटनगर, १६ माघ । सुशील कोइराला फाउन्डेसनको भवन शिलान्यास भएको छ । विराटनगर महानगरपालिका वडा नम्बर ८ बलुवाईमा भवनको शिलान्यास भएको हो ।

विराटनगर महानगरपालिकाले जग्गा उपलब्ध गराएपछि कांग्रेस केन्द्रीय सदस्य महेश आचार्यले विहीबार फाउन्डेसनको भवन शिलान्यास गरेका हुन् ।

आचार्यले विराटनगरमै जन्मिएका पूर्व प्रधानमन्त्री तथा कांग्रेस नेता सुशील कोइरालाको सादगीपूर्ण जीवनशैली सबैका लागि प्रेरणाको स्रोत भएको बताए । कोइरालाको सादा जीवनशैली अहिलेका नेतृत्वलाई पनि प्रेरणाको स्रोत भएको उनकाे भनाइ छ ।

कांग्रेस केन्द्रीय सदस्य अमृत अर्यालले संविधान जारी गराउन सुशील कोइरालाको ठूलो योगदान भएको बताए ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले सामाजिक काम गर्न अग्रसर भएको फाउन्डेसनलाई महानगरले भवन निर्माणका लागि जग्गा उपलब्ध गराएको बताए ।

फाउन्डेसनकी अध्यक्ष मृदुला कोइरालाले सुशील कोइरालाको जीवनशैली र उनको काम गर्ने तरिकाबारे कार्यक्रममा सहभागी भएका अतिथि तथा सहभागीलाई जानकारी गराएकी थिइन । फाउन्डेसनले समाजमा पिछडिएका र मूलधारमा ल्याउनु पर्नेहरुको हितमा काम गर्ने उनले बताइन् ।

फाउन्डेसनको कार्यसफलताका लागि प्रधानमन्त्री केपी ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस महामन्त्री शशांक कोइराला, प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलगायतले शुभकामना सन्देश पठाएको अध्यक्ष कोइरालाले जानकारी दिइन ।

फाउन्डेसन भवन निर्माणका लागि प्रदेश १ सरकारकाले ७५ लाख बजेट उपलब्ध गराएको छ । विराटनगर महानगरपालिकाले तीन कठ्ठा जग्गा उपलब्ध गराएको छ ।

The post सुशील कोइराला फाउन्डेसनको भवन शिलान्यास appeared first on Koshi Online.

खुशीको खबर: खुल्यो मलेशिया, नेपाली श्रमिक अब जान पाउने

नेविसंघका अध्यक्षमा सुनसरीका राजीव ढुंगाना

विराटनगर, १६ माघ । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्षमा सुनसरीका राजिव ढुङ्गाना मनोनित भएका छन् ।

काँग्रेस पार्टी सभापति शेरबहादुर देउवाले बिहीबार रिक्त रहेको ‘नेपाल विद्यार्थी सङ्घ केन्द्रीय तदर्थ कार्यसमिति’ गठन गरेका हुन् ।

पार्टीको २०७५ साल फागुन १ गतेको केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार पार्टी सभापति देउवाले ढुङ्गानालाई मनोनित गरेका हुन् ।

विसं २०४६ मा नेविसङ्घको जिल्ला सदस्यबाट नेविसङ्घको राजनीति शुरु गरेका ढुङ्गानाले यसअघि नेविसङ्घको केन्द्रीय सदस्य, कोषाध्यक्ष र उपाध्यक्षको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

तदर्थ समितिको महामन्त्रीमा काठमाडौँका मनोज वैद्य र पाल्पाका महेश्वरी कुँवर रहनुभएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कार्यसमितिलाई आजको मितिदेखि छ महिनाभित्र नेविसङ्घको आगामी १२ औँ केन्द्रीय अधिवेशन सम्पन्न गर्नुपर्ने जिम्मेवारी तोकिएको छ ।

तदर्थ कार्यसमितिमा रहेका पदाधिकारी र सदस्य आगामी केन्द्रीय अधिवेशनमा उम्मेदवार हुन पाउने छैनन् ।

यसअघि कायम रहेको नेविसङ्घ केन्द्रीय कार्य समिति विघटन भएको मिति २०७५ साल माघ २९ गतेसम्म ३२ वर्ष उमेर ननाघेका विद्यार्थीहरुले नेविसङ्घको आगामी १२ औँ अधिवेशनमा भाग लिन पाउने छन् ।

नेविसङ्घ तदर्थ कार्यसमितिका बाँकी पदाधिकारी र सदस्यहरुको मनोनयन यथाशीघ्र गरिने पार्टी कार्यालयले जनाएको छ । रासस

The post नेविसंघका अध्यक्षमा सुनसरीका राजीव ढुंगाना appeared first on Koshi Online.

बास्कोटा माथि आइलाग्यो अर्को आपत, तीन अभियोगमा छानविन हुने

वर्तमान सरकारले देश पछाडि धकेल्यो : नेता गगन थापा

इनरुवा, १६ माघ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले वर्तमान सरकारले देशलाई पछाडि धकेलेको बताएका छन् ।

सुनसरीको रामधुनी नगरपालिकामा बुधबार काँग्रेस रामधुनी नगर समितिले आयोजना गरेको नगर सम्मेलनमा उनले यस्तो बताएकी हुन्

सरकारले देशलाई विकासको सट्टा बरबादीतर्फ लगेको आरोप लगाउँदै उनले बहुमतप्राप्त सरकारले देशलाई अहिले विकास निर्माणतर्फ अगाडि बढाउनुपर्नेमा त्यसविपरीतका कार्य गर्ने गरेको बताए ।

कार्यक्रममा काँग्रेस सुनसरीका सभापति तथा प्रदेश नं १ को प्रदेशसभाका संसदीय दलका नेता राजिव कोइरालाले नेता थापालाई पार्टीको नेतृत्वमा आउन आग्रह गरे । रासस

The post वर्तमान सरकारले देश पछाडि धकेल्यो : नेता गगन थापा appeared first on Koshi Online.

बास्कोटाको अडियो बाहिर ल्याउने मिश्रलाई कारबाही गर्न लेखा समितिको निर्देशन, बस्लान त सँगै जेल ?

९ महिनालाई घाइते प्रतिभाको दृढता- निको भएपछि पुरानै लयमा फर्किनेछु

घुँडामा गम्भीर चोट लागेपछि राष्ट्रिय महिला भलिबल टोलीकी स्टार प्रतिभा मालीलाई अब लामो समय कोर्टमा देख्न पाइने छैन। यसले निश्चय नै प्रतिभाका समर्थकलाई निरास बनाएको छ। तर, प्रतिभा भने उपचारपछि भलिबलमा फर्कनेमा दृढ छिन्।

गत शुक्रबार आरबीबी एनभीए क्लब च्याम्पियनसिपमा एपीएफविरुद्धको फाइनल खेल्मा होंगान्जी न्यु डायमन्ड स्पोर्टस क्लबकी प्रतिभा घाइते भएकी थिइन्। त्रिपुरेश्वरको ब्लुक्रस अस्पतालमा भर्ना भएकी उनको बायाँ घुँडाको शल्यक्रिया गर्नुपर्ने भएको छ।

उनको घुँडामा खासगरी तीन वटा समस्या देखिएको छ। एसियलको इन्जुरी, मिडियल मेनिस्कस टियर र मिडियल कोल्याटरल इन्जुरी। उनको घुँडा अझै सुन्निएको छ। त्यो कम भएपछि शल्यक्रिया गर्नुपर्ने चिकित्सकले उनलाई बताएका छन्।

यतिखेर उनलाई एउटै चिन्ताले सताएको छ– शल्यक्रियापछि पहिलेकै अवस्था कसरी फर्किने? शल्यक्रियापछि लामो समय फिजियोथेरापी गर्नुपर्ने सुझाव चिकित्सकले दिएका छन्।

तर, चोट लाग्दा बखत उनी हतास थिइन्। ‘सुरुमा चोट लाग्दा हेल्पलेस महसुस गरेकी थिएँ। तर खेलसँग सम्बन्धित धेरै जना मलाई भेट्न आउनुभएपछि त्यस्तो सोच्न छोडेँ,’ प्रतिभाले अस्पतालको बेडबाट भनिन्, ‘थुप्रै खेलाडीले चोट लाग्दा कसैको साथ नपाएको देखे/सुनेकी थिएँ। आफूलाई पनि त्यस्तै सोच्थेँ। तर मेरो हकमा त्यस्तो भएन। सबैबाट हौसला पाइरहेको छु।’

614A7310.jpg

लामो खेल जीवनमा प्रतिभाले कहिल्यै कोर्टबाहिर बस्नु परेको थिएन। अचानक घाइते भएपछि आफूलाई भलिबलको खुब तिर्सना लागेको बताइन्। ‘खेल्न थालेबाट गत सातासम्म कोर्ट बाहिर थिइनँ। अचानक चोट लाग्यो, अब लामो समय बाहिर हुन्छु। भलिबललाई खुब मिस गरिरहेकी छु,’ उनले भनिन्।

आफू चोटग्रस्त हुँदा क्लबका जुनियर खेलाडीले खेल्ने मौका पाउने उनले बताइन्। ‘क्लब र जुनियर खेलाडी दुवैका लागि यो एउटा राम्रो गर्ने चुनौतीसँगै अवसर पनि हो,’ प्रतिभाले भनिन्।

९ महिना कोर्टबाहिर
उपचारमा संलग्न चिकित्सकले उनी कम्तीमा ९ महिना कोर्ट बाहिर रहनुपर्ने बताएका छन्। शल्यक्रिया र त्यसपछिको रिह्याब उनका लागि बढी महत्वपूर्ण छ। तर, यसले उनको हौसला कम गरेको छैन। पुरानै लयमा फर्किन आफूले सक्दो प्रयास गर्ने उनको भनाइ छ।

‘९ महिना कोर्टबाट बाहिर बस्नु सानो कुरा होइन। अनि लामो समयपछि मैदान फर्कंदा पक्कै पनि मलाई गाह्रो हुन्छ नै। नियमित जस्तो हुँदैन,’ उनले थपिन्, ‘तर राम्रो अभ्यास गरेर फेरि पुरानै अवस्थामा फर्कनेमा म आफ्नो तर्फबाट पुरै प्रयास गर्नेछु।’

प्रतिभा न्यु डायमन्डकी मात्र होइन राष्ट्रिय टोलीका लागि पनि महत्वपूर्ण सदस्य हुन्। उनी सम्मलित टोलीले कात्तिकमा एभीसी सेन्ट्रल जोनमा स्वर्ण पदक जितेको थियो। त्यस्तै दुई महिनाअघि स्वदेशमै भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले रजत पदक जितेको थियो। त्यो रजत साग इतिहासमै नेपालका लागि पहिलो थियो।

प्रतिभा पछिल्लो ६ वर्षदेखि राष्ट्रिय टोलीको नियमित सदस्य हुन्। स्नातक तहमा अध्ययनरत प्रतिभाले १ कक्षादेखि १० कक्षासम्म न्यु डायमण्ड एकेडेमीमा पढिन्। भलिबल खेल पनि उनले त्यहीँ सिकिन्। उनी आफूलाई न्यु डायमन्डबाट अलग राख्न चाहन्नन्। अन्यत्रबाट प्रस्ताव आउँदा पनि खेल जीवनलाई न्यु डायमन्डबाटै अघि बढाउने उनको योजना छ।

614A7294.jpg

‘आज म जे छु, न्यु डायमन्डका कारण छु। सायद म यो स्कुलमा थिइनँ भने भलिबलमा नहुन पनि सक्थेँ,’ प्रतिभाले पटक पटक भन्दै आएकी छन्, ‘जहिलेसम्म खेल्न सक्छु, यहीँबाट खेल्छु भन्ने सोच छ।’

कुनै समयकी चर्चित खेलाडी रमिला तण्डुकार, नेपाल एपीएफ एवम् राष्ट्रिय टोलीका नियमित सदस्य रेश्मा भण्डारी, सेनाको सेकेन्ड लेफ्टिनेन्टमा छनोट भएकी कृपा अधिकारी न्यु डायमन्डकै उत्पादन हुन्। रमिला अहिले अमेरिका बस्छिन्। न्यु डायमन्डबाटै उदाएकी सलिना श्रेष्ठ पनि अहिले प्रतिभासँगै राष्ट्रिय टोलीमा छिन्।

व्यवसायिक रुपमा तेस्रो पटक माल्दिभ्स खेल्न गएकी प्रतिभा त्यस्तो अवसरमा अझ बढी सिक्न पाइने सुनाउँछिन्। गत वर्ष नेदरल्यान्ड्समा समेत भलिबलको प्रशिक्षण गरेकी प्रतिभाले त्यहाँको पूर्वाधार र सुविधा देखेपछि निकै निरास भएको बताएकी थिइन्।

भलिबलमा प्रतिभाको अनुपस्थितिले नेपाललाई घाटा हुने न्यु डामयण्डका मुख्य प्रशिक्षक कुमार राई बताउँछन्।

‘प्रतिभा कोर्टबाहिर हुँदा क्लबलाई मात्र हैन नेपाललाई ठूलो क्षति पुग्छ,’ उनले भने, ‘हामीलाई ठूलो क्षति भएको छ। प्रतिभा मुख्य हतियार हुन्, अब हतियार नै नहुँदा कस्तो होला?’

अबको एक वर्षमा प्रतिभाजत्तिकै खेलाडी उत्पादन गर्ने संकल्प प्रशिक्षक राई गरे। ‘उनको स्थान त कसैले लिन सक्दैन तर पनि हामी प्रयास गर्नेछौँ,’ उनले भने।

बिहानै डेढ लाखले पशुपतिको दर्शन गरिसके, १० लाखभन्दा बढीले दर्शन गर्न सक्ने !

खेलमा भाग लिन नेपाल आएका अस्ट्रेलियाली टेनिस स्टारको मृत्यु

जुनियर टेनिस खेल्न नेपाल आएका अस्ट्रेलियाका एक उदीयमान खेलाडीको मृत्यु भएको छ। बुधबार सातदोबाटोस्थित नेपाल लन टेनिस संघको कोर्टमा अभ्यासका क्रममा १५ वर्षीय केन्ट यामाजाकीको मृत्यु भएको हो। उनी अन्तर्राष्ट्रिय टेनिस फेडेरेसन (आइटीएफ)को छनोट खेल खेल्न नेपाल आएका थिए।

अखिल नेपाल टेनिस संघका कोषाध्यक्ष सञ्जय आमात्यले उनको मृत्यु भएको पुष्टि गरे। ‘कोर्टमा ढलेपछि उनलाई सातदोबाटोस्थित बीएन्डबी अस्पताल लगिएको थियो। अस्पतालमै उनको मृत्यु भयो,’ उनले भने।

सोमबारबाट सुरु हुने आइटीएफ छनोट खेल्न उनी आफ्ना बुबासँगै नेपाल आएका थिए। बुधबार साढे १ बजे उनी टेनिस कोर्ट पुगेका थिए। केहीबेर उनी र उनका बुबाले त्यहाँ उपस्थित नेपाली प्रशिक्षक राजकुमार लामा र अन्य खेलाडीहरुसँग कुरा गरे। लगत्तै यामाजाकी कोर्ट छिरे।

त्यतिबेला नेपाली खेलाडी प्रेरणा कोइराला आफ्ना साथीहरुलाई कुरेर खाली बसिरहेकी थिइन्। प्रशिक्षक लामाले यामाजाकीको हिटिङ पार्टनर बनिदिन भनेपछि कोइराला उनीसँग नक गर्न थालिन्।

‘हामी खेलिरहेका थियौं। टेनिसमा भली भन्ने स्ट्रोक हुन्छ। यामाजाकी भली हान्न नेटमा आए,’ कोइरालाले दुर्घटनाबारे बताइन्, ‘तर, उनले बल मिस गरे। म बल समात्न जाँदा उनी आधा लडिसकेका थिए। उनले घुँडामा पनि ब्यान्ड गरेका थिएनन्। उनको र्‍याकेट खस्यो। र उनी ब्ल्याक आउट हुदैँ गए। अनि टाउको सीधै ग्राउन्डमा ठोक्कियो।’

लगत्तै कोइरालाले नजिकै रहेका प्रशिक्षकलाई बोलाइन्। प्रशिक्षक लामा र उनका बुबा दौडेर कोर्टमा आए। उसको बुबाले एम्बुलेन्स बोलाइदिन आग्रह गरे।

‘हामीले हस्पिटल नजिकै छ हाम्रो कार लैजानुस्, एम्बुलेन्सले समय लगाउँछ भनेका थियौं। तर, सुरुमा उनको बुबाले मान्नुभएन,’ प्रेरणा भन्छन्, ‘एम्बुलेन्स पर्खिंदा १०–१२ मिनेट ढिलो भयो। तत्कालै लगेको भए सायद उनी बाँच्थे कि!’

kent-yma.png

पछि उसको बुबालाई सम्झाइबुझाई गरेर आफूहरुकै कारमा यामाजाकीलाई अस्पताल लगिएको प्रशिक्षक लामाले बताए। ‘अस्पताल पुर्‍याएपछि एक–डेढ घण्टा डाक्टरले प्रयास गरे। तर, पछि मृत्यु भएको घोषणा गरे,’ प्रशिक्षक लामा भन्छन्, ‘पोस्टमार्टम नभएकाले कारण त थाहा हुन सकेको छैन। तर, सिजर अट्याक भएर लड्दा भुइँमा ठोक्किएर मस्तिष्कमा चोट लागेको अनुमान डाक्टरको छ।’

घटना लगत्तै टेनिस संघले नेपालस्थित अस्ट्रेलियाली राजदूतावास, राष्ट्रिय खेलकुद परिषद् लगायत सरोकारवालालाई यसबारे जानकारी गराइसकेको संघका कोषाध्यक्ष आमात्यले बताए। राजदूतावासको पहलमा मृतकको शव अस्ट्रेलिया पठाइने बताइएको छ।

उदीयमान स्टार थिए केन्ट
अष्ट्रेलिया पर्थका यामाजाकी उदाउँदा टेनिस खेलाडी थिए। कतिपयले उनलाई ‘विलक्षण प्रतिभा’ का रुपमा चित्रित गरेका छन्। आफ्नो उमेर समूहका सम्पूर्ण अस्ट्रेलियाली खेलाडीमध्ये शीर्ष ७ मा थिए उनी। उनका बुबा टोमियो र आमा किमियो छोराका हरेक प्रतियोगिता तथा अभ्यासमा सँगै हुन्थे।

‘केन्ट खेललाई एकदमै मन पराउने उदीयमान युवा खेलाडी थिए। खेलबाहिर उनी भद्र थिए,’ उनको निधनपछि समवेदना व्यक्त गर्दै पश्चिम अस्ट्रेलियाका टेनिस संघले लेखेको छ, ‘उनको लगाव र अतुलनीय मेहनतले नै उनलाई सफलतातर्फ डोर्‍याइरहेको थियो। उनी पश्चिम अस्ट्रेलियाको टेनिसलाई राष्ट्रियस्तरमा गर्वका साथ प्रस्तुत गर्ने खेलाडी थिए।’

kent-myama34.jpg

यामाजाकीले अघिल्लो महिनामात्रै अस्ट्रेलियन स्कुल टेनिस च्याम्पियनसिपको उपाधि जितेका थिए। अभ्यासमा उनी सबैभन्दा पहिले पुग्ने तथा राष्ट्रिय एकेडेमीको प्रतिस्पर्धा, प्रतिबद्धता र सम्मानको मान्यतालाई पूर्ण रुपमा पालना गर्ने खेलाडी भएको टेनिस संघले जनाएको छ।

उनीसँगै खेलेका अन्य खेलाडीका अभिभावकले पनि उनको मृत्युमा दुःख प्रकट गरेका छन्। ‘हे भगवान, आज निकै दुःख लागेको छ। मेरो छोराले केन्टसँग जुनियर्स सिंगल्स खेलेको सम्झन्छु। उनी निकै राम्रो खेल्थे,’ एक आमाले सामाजिक सञ्जालमा लेखेकी छिन्।

अर्कीले लेखेकी छिन्, ‘केन्टो, तिमी गएको हामीलाई विश्वासै लागेको छैन। तिमीले हाम्रो मुटु र यो संसारमा स्थान छाडेर गएका छौ।’ 

चितवनमा नेकपा एकीकृत समाजवादीले बनाएका दुवै सहसचिवले गरे पद अश्वीकार, एमालेमै रहने घोषणा

प्रधानसेनापति खुला दौड प्रतियोगिता फागुनमा

नेपाली सेनाको आयोजनामा प्रधानसेनापति पाँचौँ खुला दौड प्रतियोगिता आगामी फागुनमा गरिने भएको छ। आगामी फागुन ३ गते हुने एकदिने उक्त प्रतियोगितामा म्याराथन, हाफ म्याराथन १० किमी, वाकाथन पाँच किमी र छात्रछात्रा दौड पाँच किमी गरी पाँच स्पर्धामा प्रतिस्पर्धा हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेपाली सेना जनसम्पर्क तथा सूचना विभाग निर्देशक विज्ञानदेव पाण्डेले जानकारी दिए।

म्याराथनमा पुरुष खेलाडीले मात्र प्रतिस्पर्धा गर्नेछन् भने अन्य विधामा महिला तथा पुरुष दुवै खेलाडीले सहभागिता जनाउनेछन्। त्यसैगरी हाफ म्याराथनमा ४५ वर्षसम्म र ४५ वर्षमाथि उमेर समूहका धावकले सहभागिता जनाउन पाउनेछन्। दश किमी दौडमा सैनिक सहचारी, सैनिक अधिकृत तथा गैरसैनिक धावकले सहभागिता जनाउनेछन् भने वाकाथनमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, निजामती उच्च पदाधिकारी र विदेशीको सहभागिता रहनेछ।

त्यसैगरी पाँच किमी दौडमा सैनिक महाविद्यालय तथा उपत्यकाभित्र कक्षा ७ देखि १२ सम्म अध्ययनरत छात्रछात्रा तथा सकल दर्जाका छोराछोरीले पनि सहभागिता जनाउन पाउने उक्त पत्रकार सम्मेलनमा जानकारी दिइयो। प्रतियोगिताअन्तर्गत म्यारथनमा पहिलो हुने खेलाडीले रु एक लाख २५ हजारका साथै एक थान मोटरसाइकल पाउनेछन्। त्यसैगरी दोस्रो हुने खेलाडीले रु ६५ हजार, तेस्रोले रु ३५ हजार, चौथोले रु २५ हजार, पाँचौँले रु १५ हजार, छैँटौँले रु १० हजार, सातौँले रु सात हजार, आठौँले रु पाँच हजार, नवौँले रु तीन हजार तथा दशौँ हुने खेलाडीले रु दुई हजार प्राप्त गर्नेछन्।

हाफ म्याराथनअन्तर्गत ४५ वर्षसम्मको उमेर समूहमा पहिलो हुने खेलाडीले रु ५० हजार, दोस्रोले रु ३५ हजार तथा तेस्रो हुने खेलाडीले रु २५ हजार प्राप्त गर्नेछन्। सोही स्पर्धाअन्तर्गत ४५ वर्ष माथि उमेर समूहमा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः रु ४० हजार, रु २५ हजार र रु १५ हजार पाउनेछन्। दश किमीतर्फको दौडमा पहिलो हुने खेलाडीले रु १० हजार, दोस्रोले रु सात हजार र तेस्रो हुने खेलाडीले रु पाँच हजार प्राप्त गर्नेछन्। वाकाथनमा भने मेडल, प्रमाणपत्र र ट्र्याकसुट प्रदान गरिनेछ। पाँच किमी दौडमा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः रु १० हजार, रु सात हजार र रु पाँच हजार पाउनेछन्।रासस

गोल्डेन भिषालाई अब स्पोन्सर नचाहिने; भिषा लिने नियम पनि खुकुलो

नेपाल मेरो आँधी हेर्न तयार हुनुस्: क्रिस गेल (भिडियो)

नेपालमा खेल्ने भएपछि वेस्ट इण्डिजका विस्फोटक ब्याट्सम्यान क्रिस गेलले आफ्नो आँधी हेर्न तयार हुन सबैलाई अनुरोध गरेका छन्।

आगामी चैत्रमा कीर्तिपुर मैदानमा हुने एभरेष्ट प्रिमियर लिग(ईपीएल)मा क्रिस गेलले खेल्ने भएका हुन्। गेलले इपिएलको चौथो संस्करणमा पोखरा राइनोजबाट खेल्ने भएका हुन्। पोखराले बिहीबार पत्रकार सम्मेलनमार्फत गेललाई अनुबन्ध गरेको खुलाएको हो।

पत्रकार सम्मेलनमा प्रस्तुत गरिएको भिडियोमा गेलले आफू टि-२० क्रिकेटको बादशाह भएको उल्लेख गर्दै आफ्नो आँधी हेर्न तयार हुन भनेका छन्।

याे पनिः
 टि २० का ‘बादशाह’ गेलः जसले आइपीएलको एकै ओभरमा ३७ रन जोडे

‘सबैजना मेरो टिम पोखरा राइनोजको सपोर्ट गर्न आइदिनुहोला। सबैजना गेलको आँधी हेर्न तयार हुनुस्,’ गेलले भिडियोमा भनेका छन्।

भिडियाेः 

आजको राशिफल : फागुन ९ गते, शुक्रबार

‘ए’ डिभिजनमा एनआरटी चौथो स्थानमा उक्लियो

राजेश परियारको दुई गोलसँगै न्युरोड टिम (एनआरटी) ले कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बिहीबार ब्रिगेड ब्वाइज क्लब बीबीसीलाई २–० ले पराजित गरेको छ।

नवौँ चरणको अन्तिम खेलमा बीबीसीलाई हराउँदै एनआरटी अंक तालिकाको चौँथो स्थानमा उक्लिएको छ। न्युरोड टिमले रुस्लान थ्री स्टारलाई १ अंकले पछि पारेको हो।

लिगमा ५ खेलमा जित, २ बराबरी र २ हार बेहोरेको एनआरटीको गत सिजन पुछारमा रहेको कारण २ अंक घटाइएको छ। बीबीसी भने ८ अंक जोड्दै ११ औं स्थानमा कायम छ।

खेलको सातौं मिनेटमा बीबीसीका लागि डेब्यु गरेका सुलभ मास्केको फ्रि–किक प्रहार पोस्टभन्दा माथिबाट बाहिरियो।

एनआरटीले ३२ औं मिनेटमा राजेशको गोलमा अग्रता लिएको थियो। दर्शन गुरुङको क्रसमा वैकल्पिक खेलाडीका रूपमा मैदानमा प्रवेश गरेका राजेशको प्रहार डिफेन्डर पदम भट्टराईलाई लाग्दै गोलमा परिणत भएको थियो।

दोस्रो हाफको सुरुवातमै एनआरटीले अग्रता दोब्बर पार्यो। ५२ औं मिनेटमा श्याम बाबुको पासमा राजेशले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहारलाई गोल रक्षकले रोक्ने कुनै अवसर पाएनन्।बीबीसीले खेलमा फर्कने थुप्रै मौका पाएपनी अवसर सदुपयोग गर्न सकेन।

जसरी पनि MCC पास गराउने देउवाको रणनिति, आन्दोलनको डरले आर्मी पुलिस हाईअलर्ट

टयाक्सीमा हराएको नोकिया-८ फोन यात्रुलाई जिम्मा

ट्राफिक प्रहरीको सक्रियतामा ट्याक्सीमा हराएको मोबाइल फोन फेला परेको छ।

ललितपुको बगडोलदेखी नख्खिबोट सम्म जाँदा बा१ज ४२१७ नंबरको टयाक्सीमा पार्बती खड्काको नोकिया ८ फोन छुटेको थियो। उनले दिएको निवेदन अनुसार ट्राफिक प्रहरी महाशाखाको खोजतलास शाखाले सीसीटीभीको माध्यमबाट टयाक्सी चालकलाई खोजतलास गरी अनुसन्धान गर्दा सो फोन फेला परेको थियो।

महानगरीय ट्राफिक प्रहरी महाशाखामा बिहीबार सो मोबाइल सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको छ।

दुई वर्षपछि नदीजन्य उत्खनन् गर्न अनुमति

‘मेरो घरको ख्याल राख्नु’ भन्दै पेस्तोल बोकेर प्रदर्शनकारीमाथि जाइ लागे रामभक्त

भारत सरकारले हालै ल्याएको नागरिकता कानुनविरुद्ध प्रदर्शन गरिरहेका प्रदर्शनकारीमाथि रामभक्तले ‘यो लिउ स्वतन्त्रता’ भन्दै गोली चलाएका थिए।

प्रहरीकै अगाडि उनले प्रदर्शनकारीमाथि गोल चलाएका थिए। यस घटनाको भिडियो पनि सार्वजनिक भएको छ।

उनले प्रहार गरेको गोली लागेर एक व्यक्ति घाइते भएको जनाइएको छ। सदाब नामका विद्यार्थी घाइते भएको र उनको इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स अस्पतालमा उपचार भइरहेको छ।

एक प्रत्यक्षदर्शी नाजिम क्याजीका अनुसार बन्दुकधारीले ‘दिल्ली प्रहरी जिन्दावाद’ भन्दै चलाएका थिए।

प्रदर्शनकारीमाथि गोली हान्ने ती व्यक्तिलाई यतिबेला प्रहरीले नियन्त्रणमा लिएको छ।

रामभक्तले प्रदर्शनकारीमाथि गोली चलाउन अगाडि ४, ५ वटा उत्तेजक पोस्टहरु गरेको द प्रिन्टले जनाएको छ।

राम भक्तले यसरी चलाए गोली

उनले ‘गेरु रङमा मेरो अन्तिम यात्रा होस् र जय श्री रामको नारा लागोस्’ भनेका छन्। यस्तै उनको अर्को पोस्टमा ‘म यहाँ एक्लै हिन्दु छु’ भनेका छन्। उनले प्रदर्शनकारीमाथि गोली चलाउन अगाडि ‘मेरो घरको ख्याल राख्नु र साहिन बाग खेल खत्तम’ भनेका छन्।

उनको पोस्टहरु हेर्दा उनी बदला लिने हिसाबले प्रदर्शनकारीहरुविरुद्ध होमिएको देखिन्छ। हालै भारत सरकारले ल्याएको नागरिकता कानुन भारतमा मुसलमान विरोधी भएको भन्दै मुसलमान समुदायले त्यहाँ विरोध गरिरहेका छन्।

उनले एक कमेन्टमा ‘चन्दन भाई यो बदला तिम्रो लागि हो’ भनेका छन्।

चन्दन भन्ने व्यक्ति सन् २०१८ २६ जनवरीमा मुसलमान बाहुल क्षेत्रमा कुटपिटपछि मारिएका थिए। भाजपाको विद्यार्थी संगठनले आयोजना गरेको कार्यक्रममा उक्त घटना भएको थियो।

रामभक्तले मुसलमानलाई घृणको दृष्टिले हेर्ने गरेको पाइएको छ।

नागरिकता कानुनको चर्को विरोध भइरहँदा रामभक्त भने सरकारको पक्षमा कठोर रुपमा उभिएका हुन्। साहिन बाग नजिकैको प्रदर्शनमा रामभक्तले गोली चलाएका हुन्।

भारतको संसदले गैरकानुनी रूपमा अफगानिस्तान, बंगलादेश र पाकिस्तानबाट आउने गैरमुस्लिम आप्रवासीहरूलाई नागरिकता दिने प्रावधान भएको नागरिकता विधेयक पारित गरेपछि भारतमा विवाद मच्चिएको हो।

छिमेकी देश बाङ्ग्लादेश र अन्यदेशबाट आउने आप्रवासीको चेपुवामा आफूहरू पर्ने भन्दै यतिबेला स्थानीयले बिरोध जनाइरहेका छन्। अर्कातिर भारतले गैरमुस्लिमलाई मात्र नागरिकता दिन लागेको उल्लेख गरेपछि उक्त कानुन मुसलमान विरोधी भएको भन्दै भारतका मुसलमानहरु आन्दोलित भएका छन्। एजेन्सी

कञ्चनपुरमा प्रहरी र स्थानीयबीच झडप, १६ जना पक्राउ