Home Blog Page 1377

साथीको हत्या गर्ने बंगलादेशी नागरिक पक्राउ

आफ्नै साथीको हत्या गर्ने बंलादेशी नागरिक दुला मियाँलाई प्रहरीले पक्राउ गरेको छ। मियाँले सँगै काठमाडौं आएका ढाकास्थित सनरे ट्राभल टुर्स प्रालिका सञ्चालक मोहिद्दिन अहमदको हत्या गरी फरार भएका थिए।

काठमाडौंको सोल्टीमोडस्थित होटल ग्राण्ड भिलाको ११४ नं कोठामा सँगै बसेका बेला मदिराको बोतलले हानेर हत्या गरी फरार भएका उनलाई गएराति लहानबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले जानकारी दिए।

उक्त घटना यही माघ ६ गते भएको थियो। घटना घटाएर फरार भएका मिया रक्सौल, काँकडभिट्टा हुँदै पुनः नेपाल फर्किएर आउँदै गर्दा पक्राउ परेको प्रहरीले जनाएको छ। हत्या आरोपी मियाँ मृतक अहमदका भाइले सञ्चालन गरेको ओसन ट्राभल टुर्स प्रालिका व्यवस्थापक भएको खुल्न आएको छ।

उनले होटलको कोठामै रहँदा शुरुमा बोतलले टाउकोमा प्रहार गरेको र त्यसपछि त्यही सिसाले घाँटीमा हानेर मारेको देखिएको परिसरका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए। त्यसपछि उनले शवलाई सिरकले ओढाएर मानिस सुतेजस्तो बनाई छाडेर भागेका थिए।

प्रहरीका अनुसार अहमद सन् २०१५ देखि नेपाल आउजाउ गर्थे। उनी विभिन्न होटलको क्यासिनोका नियमित ग्राहक थिए। यसपालि उनीहरु यही माघ ६ गते पछिल्लोपटक नेपाल आएका थिए। हिमालय एयरलाइन्सको सिट १० को बी र सीमा बसेर उनीहरु आएको खुलेको छ।

एउटै कोठाको एउटै बेडमा बसेका व्यक्तिले भोलिपल्ट ७ गते हत्या गरेको र प्रहरीलाई भने ८ गते मात्रै खबर आएको थियो। उनीहरु होटलमा दैनिक १५ सयमा भाडा तिर्नेगरी बसेका थिए। प्रारम्भिक अनुसन्धानमा उसलाई कसैले मार्न लगाएको देखिएको प्रहरीले जनाएको छ। उनीहरुका आफन्तले पनि सोही आशंका गरेका छन्। आवश्यक अनुसन्धान पूरा गरी चार दिनअघि नै आफन्तले शव लिएर गइसकेका छन्। रासस

प्रचण्डकी नातिनीको गीतमा कार्टुन क्रुको डान्स (भिडियोसहित)

चेक किर्ते गरी बैंकबाट २० लाख निकाल्ने पक्राउ

प्रहरीले चेक किर्ते गरी बैंकबाट २० लाख रुपैयाँ निकाल्ने एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंले बिहीबार पत्रकार सम्मेलन गरी ताहाचल सामुदायीक आवास व्यवस्थापन समाजका कार्यालय सचिव ५६ वर्षीय सन्तोष घिमिरेलाई चेक किर्ते गरेको आरोपमा पक्राउ गरी सार्ववजनिक गरेको हो।

घिमिरे भोजपुर षडानन्द गाउँपालिका घर भई काठाडौको दक्षिणकाली नगरपालिका वडा नं. ६ मा बस्दै आएका थिए।

पत्रकार सम्मेलनमा महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक होविन्द्र वोगटीले घिमिरेले कार्यालय प्रयोजनका लागि सिद्धार्थ बैंक कुलेश्वर शाखाबाट गत पुष ९ गते जारी भएको ६७ हजार ९ सय १६ रुपैयाँको चेकलाई किर्ते गरी २० लाख ६७ हजार ९ सय १७ रुपैयाँ बनाई रकम निकालेको बताए।

चेक किर्तेगरी रकम निकालेर फरार भएपछि ताहाचल सामुदायीक आवास व्यवस्थापन समाजले प्रहरीमा उजुरी दिएको थियो।

बाह्र किलो चरेशसहित ३२ वर्षीय आरसी प्रहरी नियन्त्रणमा

कोरोना भाइरस चमेराबाट मान्छेमा सरेको अनुमान

यतिबेला रोग विज्ञहरुले कोरोना भाइरस चमेराबाट मान्छेमा सरको हुनसक्ने बताएका छन्।

अमेरिकास्थित इको हेल्थ अलाएन्सका डाक्टर पिटर डासजाक भन्छन्,‘नयाँ कोरोना भाइरसको आनुवंशिक अनुक्रम हेर्दा यसको सम्बन्ध चमेरासँग देखिएको छ।’

ल्यान्सेट मेडिकल जर्नलमा बुधबार प्रकाशित अनुसन्धानमा कोरोना चमेराबाट सरेको बताइएको छ।

कोरोना भाइरसको संक्रमण चीनको सबै २३ प्रान्तमा कोरोना फैलिसकेको छ।

चीनमा मात्र यस भाइरसको संक्रमणबाट १ सय ७० जनाको मृत्यु भएको छ। त्यहाँ ७ हजार ७११ जना कोरोनाबाट बिरामी परेका छन्।

कोरोनाको संक्रमण अन्य १६ देखि १८ देशहरुमा पनि देखिएको छ।

यसबीचमा यो खतराक नयाँ भाइरसको संक्रमण नियन्त्रण गर्न सिंगो विश्व एक भएर अगाडि बढ्नुपर्ने डब्लूएचओले सुझाव दिएको छ।

विश्व स्वास्थ्य संगठनका स्वास्थ्य आपतकाल कार्यक्रमका प्रमुखले चीनको उहानबाट फैलिएको कोरोना भाइरसको संक्रमणविरुद्ध विश्व नै सजग रहनुपर्ने बताएका हुन्।

डब्लूएचओका डाक्टर माइक र्‍यानले यो भाइरसको संक्रमण गम्भीर चरणमा पुगेकाले विश्व एक भएर यसलाई रोक्न लागि पर्नुपर्ने बताएका छन्। 

केही समय अगाडि चीनकी एक महिलाले चमेरको सुप खाएको भिडियो भाइरल बनेको थियोे। त्यसपछि उनको चर्को अलोचना भएको थियो।

Image result for bat soup

नेपाल आईपुगेका दुई रेलको भविष्य अन्योलमा: माधव नेपाल भन्छन् नेपालमा रेल हावादारी योजना हो

१ हजार मेगावाट विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिँदै

बढी भएको विद्युत् भारतमा बिक्री गरिने काठमाडौं।  चालू आर्थिक वर्षभित्र १ हजार ४ मेगावाट विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिने भएको छ । यो वर्ष विभिन्न ५० वटा आयोजना केन्द्रीय प्रसारण लाइनमा थपिने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । यी आयोजनाको विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिँदा हालको मागभन्दा बढी विद्युत् उत्पादन हुने भएपछि प्राधिकरणले विद्युत् बेच्ने […]

चरी जेलैमा गीतमा जस्तै विष्णु माझी पनि जेलैमा हुन् त ? हेर्नुस् यस्तो छ भित्रि कुरा

तातोपानी नाकामा कोरोना हेल्थ डेस्क स्थापना

चौतारा, १६ माघ । चीनमा फैलिएको नोवल कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन उत्तरी नाको तातोपानीमा हेल्थ डेस्क स्थापना गरिएको छ । भोटेकोशी गाउँपालिकासँग समन्वय गरी स्थानीयवासीमा जनचेतना जगाउने उद्देश्यले प्रचारप्रसार गर्नुका साथै हेल्थ डेस्क स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जानकारी दिनुभयो । डेस्कमा स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइएको र कोरोना भाइरसको लक्ष्यण देखिएमा बिरामीलाई […]

तेस्रो मेयर कपको उपाधि वडा नम्बर १ लाई

निर्मला प्रकरणः डेढ वर्षमा फेरिए पाँच अनुसन्धान अधिकृत

शेरबहादुर सिंह भीमदत्तनगर, १६ माघ । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय निकायले विभिन्न अनुसन्धान टोली गठन गरी गहनरुपमा अनुसन्धान गरिरहेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) र पछिल्लो समय प्रहरी महानिरीक्षको सचिवालयबाट टोली अनुसन्धानमा खटिरहेका छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट उक्त घटनाको अनुसन्धान अधिकृत रहने […]

ग्यास्ट्रिक हरण चुर्णको बट्टामा गाँजा बोकेर कतार उड्न लागेका व्यक्ति विमानस्थलमा पक्राउ

म्यानचेस्टर डर्बीमा यूनाइटेडको जित

एफएल कप अन्तर्गत बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा म्यानचेस्टर यूनाइटेडले म्यानचेस्टर सिटीलाई १-० ले पराजित गरेको छ।

यद्दपी पहिलो लेगमा ३-१ ले जित हात पारको सिटी समग्रमा ३-२ को नतिजासहित फाइनल प्रवेश गरेको छ। फाइनलमा सिटीले आगामी मार्च १ मा एस्टन भिलाको सामना गर्नेछ।

यूनाइटेडका नेमानजी म्याटिकले ३५औं मिनेटमा निर्णायक गोल गरेका थिए। ७६औं मिनेटमा तीनै म्याटिक दोहोरो कार्ड पाउँदै बाहिरिएपनि सिटीले त्यसको फाइदा उठाउन सकेन।

नेविसंघ र अनेरास्ववियूबीच कुटाकुट, दुई विद्यार्थी नेता गम्भीर घाइते

निर्मला हत्या प्रकरणः डेढ वर्षमा फेरिए पाँच अनुसन्धान अधिकृत

कञ्चनपुरको भीमदत्तनगरपालिका-२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय निकायले विभिन्न अनुसन्धान टोली गठन गरी गहनरुपमा अनुसन्धान गरिरहेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) र पछिल्लो समय प्रहरी महानिरीक्षको सचिवालयको टोली पनि अनुसन्धानमा संलग्न छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट घटनाको अनुसन्धान अधिकृत रहने प्रहरी नायब उपरीक्षक छोटो समयमै धेरै परिर्वतन हुने क्रम देखिएको छ।

शुरुआतको समयमा अनुसन्धान अधिकृतमा जिल्ला प्रहरी कार्यालयका तत्कालीन प्रहरी निरीक्षक (हाल निलम्बित) एकीन्द्र खड्का खटिएका थिए।

निर्मलालाई न्याय माग गर्दै आन्दोलन चर्किएपछि खड्कासहित सात प्रहरी निलम्बितमा परे। गृहमन्त्रालयले तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक डिल्लीराज विष्ट र तत्कालीन वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक जगदिश भट्टलाई घटनाको केही महिनापछि सेवाबाटै बर्खास्त गरिदिएको थियो।

निर्मला प्रकरणमा डेढ वर्षको अवधिमा जिल्ला प्रहरी कार्यालयबाट चार अनुसन्धान अधिकृत परिवर्तन भइसकेका छन्। शुरुका अनुसन्धान अधिकृत खड्का निलम्बनमा परेपछि प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले कार्यभार सम्हाले। उनीपछि सरुवा भइ आएका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले सो प्रकरणको अध्ययन गर्दैैगर्दा इलाका प्रहरी कार्यालय अत्तरिया काज सरुवा भयो।

यसपछिका प्रहरी नायब उपरीक्षक गणेश बम पनि थोरै समय जिल्ला प्रहरीमा बसेर जिल्ला प्रहरी कार्यालय बझाङको प्रमुख भएर सरुवा भएका छन्।

प्रहरी निकट स्रोतका अनुसार केही दिनअघि मात्रै निर्मला प्रकरणको अनुसन्धान अधिकृतमा खटिएका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दको पनि प्रदेश नं ५ को दङ्गा नियन्त्रण गणमा काज सरुवा भएको छ। उनी पनि केही महिनाअघि मात्रै जिल्ला प्रहरी कार्यालय आएका थिए।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्र पौडेलले भने प्रहरी नायब उपरीक्षक चन्दको काज सरुवा नभएको बताए। ‘उहाँ उपचारका लागि बिदा जानुभएको हो’, प्रहरी नायब उपरीक्षक पौडेलले भने।

प्रहरी स्रोतका अनुसार घटनाको अनुसन्धानकै लागि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको सचिवालयबाट केही दिनअघि मात्रै प्रहरी नायब उपरीक्षक गौतम केसीसहित प्रहरी अधिकृत भीमदत्तनगर पुगेर अुनसन्धानमा सक्रिय भएका छन्। यो प्रकरणपछि दुई जना जिल्ला प्रहरी कार्यालय प्रमुखको पनि सरुवा भइसकेको छ।

विसं २०७५ भदौ ४ गते सार्वजनिक हत्या अभियुक्त भन्दै सार्वजनिक गरिएका कञ्चनपुरको भीमदत्तनगरपालिका-१९ बागफाँटाका मानसिक अवस्था ठीक नभएका दिलीपसिंह विष्टलाई प्रहरीले पुनः गहन अनुसन्धान घेरामा राखेको छ।

पक्राउ परेको केही सातापछि अभियुक्त भनी सार्वजनिक गरिएका विष्टको डिएन नमिलेपछि सरकारी वकिल कार्यालयबाट साधारण तारेखमा रिहा भएका थिए।

राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पूर्वप्रमुखसमेत रहेका डिएनए विशेषज्ञ जीवनप्रसाद रिजाल नेतृत्वमा गठित छानबिन समितिले डिएनएको नमूना परीक्षणमै त्रुटि भएकाले सो घटनामा डिएनएबाट दोषी पत्ता नलाग्ने निष्कर्ष चार महिनाअघि गृहमन्त्रालयलाई दिएको थियो।

डिएनए परीक्षणमै त्रुटि भएको ठहर भएपछि परिस्थिति प्रमाणलाई आधार बनाएर प्रहरीले अनुसन्धान अघि बढाइरहँदा शङ्काको सुई फेरि यसअघि सार्वजनिक गरिएका विष्टमाथि सोझिएको हो।

झण्डै दुई महिनायता प्रहरीको टोलीले दिलीपसिंह विष्टलाई नै अभियुक्त बनाएर अभियोजन सरकार वकिल कार्यालय कञ्चनपुर लैजान चाहे पनि बाह्य परिस्थितिले रोकिएको प्रहरी स्रोतको भनाइ छ।

‘भिडियो क्लिपकै आधारमा दिलीपलाई पक्राउ गरेर प्रक्रिया अघि बढाउन सकिन्न भन्ने सरकारी वकिलको जवाफपछि प्रहरी पछि हटेको हो,’ प्रहरी स्रोतले भन्यो, ‘दिलीप पक्राउ गर्न केन्द्रबाटै दबाब पनि छ।’

गत भदौ तेस्रो साता निर्मलाका आमा दुर्गादेवी पन्तले पनि दिलीपसिंह विष्टको नाममा किटानी जाहेरी दिए पनि सुनुवाइ भएको छैन।

यसअघिकै जसरी सरकारी वकिलले विष्टलाई प्रमाण नपुगेको भन्दै छाडेपछिको अवस्था के हुने भन्ने चिन्ता अनुसन्धानमा खटिएका प्रहरी अधिकृत वृत्तमा छ।

राष्ट्रिय एकता र सुरक्षाबीच अन्योन्याश्रित सम्बन्ध रहन्छ : उपप्रधानमन्त्री पोखरेल

कोरोना भाइरसको प्रभाव पोखरामा, बुकिङ रद्द गर्दै पर्यटक

पोखरा, १६ माघ । पोखराको पर्यटकीय क्षेत्र लेकसाइड सुनसान जस्तै देखिन्छ । यतिबेला चिनियाँ पर्यटकले भरिभराउ हुने यो क्षेत्र चीनमा देखिएको कोरोना भाइरसको सङ्क्रमणका कारण सुनसान देखिएको हो । नेपाल आउने पर्यटकमध्ये चिनियाँ पर्यटको हिस्सा दोस्रो नम्बरमा रहेको छ । यहाँ अहिले नेपालमै बसोबास गरिरहेका चिनियाँ पर्यटकको मात्रै उपस्थिति छ । चिनियाँ पर्यटक एड्भेञ्चर र […]

रत्ननगर १६ को भद्रकाली डेरीमा निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न

फेवाताल अतिक्रमण : सर्वोच्चले सरकारसँग प्रगति विवरण

काठमाडौं,१६ माघ । फेवातालको विषयमा गरेको फैसला के कति कार्यान्वयन भयो भन्दै सर्वोच्च अदालतले प्रगति विवरण पेश गर्न सरकारलाई आदेश गरेको छ। सर्वोच्च अदालतले गरेको फैसला सरकारले कार्यान्वयन नगरेको भन्दै अधिवक्ता खगेन्द्र सुवेदीले दायर गरेको अवहेलना मुद्दामा सर्वोच्चले सरकारसँग अहिलेसम्म गरेका कामको प्रगति विवरण मागेको हो। अधिवक्ता सुवेदीले अधिवक्ता फेवाताल अतिक्रमणको मुद्दा फैसला भएको एक […]

दुबई जानको लागी GDRFA अप्रुभल कसरी लिने? के के कागजात चाहिन्छ? सम्पूर्ण जानकारी