Home Blog Page 1381

अस्ट्रेलियाका वैज्ञानिकले कोरोना भाइरसको ‘नक्कल’ बनाए, उपचारमा सहयोग पुग्ने अपेक्षा

१५ माघ, काठमाडौं । अस्ट्रेलियाका केही वैज्ञानिकहरूले आफूहरूले विश्वभरि त्रासका रूपमा फैलिरहेको कोरोना भाइरस नामक जीवाणुको नक्कल (कपी) बनाएको दाबी गर्दै यसबाट रोगको पहिचान र उपचारमा सहयोग पुग्न सक्ने अपेक्षा गरेका छन् ।

कोरोना भाइरस उत्पत्ति भएको मुलुक चिनभन्दा बाहिर यसरी उक्त भाइरसको कपी गरिएको यो पहिलोपटक भएकाले वैज्ञानिकहरूले यसलाई ‘महत्वपूर्ण उपलब्धि’ बनेका छन् । यस विषयमा विश्व स्वास्थ्य सङ्गठनलाई जानकारी दिइने र सङ्गठनले थप अध्ययनमा सघाउने वैज्ञानिकहरूको विश्वास छ ।

विशेषतः यस नक्कलको अध्ययनले लक्षण देखिनुभन्दा अगाडि नै मानिसमा परीक्षण गर्दा सङ्क्रमण भएको छ कि छैन भन्ने छुट्याउन मिल्ने प्रविधि विकास गर्न सक्ने अपेक्षा गरिएको छ । साथै उपचारका लागि सम्भाव्य खोप विकास गर्न पनि यसले सहयोग गर्न सक्छ ।

पिटर डोहेर्टी इनस्टिच्युट फर इन्फेक्सन यान्ड इम्प्युनिटीका डा. माइक क्याटनका अनुसार यस्तै कुनै नयाँ जीवाणु उत्पत्ति भयो भने नक्कल गर्ने भनेर उनीहरूले पहिलै बनाएको योजना अनुसार यो अध्ययन गरिएको हो ।

चीनमा कोरोना भाइरसको महामारी फैलिँदा १३२ जनाको मृत्यु भइसकेको छ भने छ हजारभन्दा बढी पीडित छन् । विश्वभरका १६ अन्य देशमा यसको सङ्क्रमण फैलिएको पुष्टि भएपछि चीन बाहिर कसैको पनि ज्यान गुमेको छैन ।

(एजेन्सीकाे सहयोगमा)

बास्कोटालाई बर्खास्त गर्न कांग्रेसको माग

गाउँगाउँमा अख्तियार टोली : घुस खाने जनप्रतिनिधि धमाधम फन्दामा

काठमाडौं, १५ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो समय स्थानीय तहमा हुने भ्र्रष्टाचारविरुद्धको निगरानीलाई तीव्रता दिन थालेको छ । स्थानीय तहमा भ्रष्टाचार बढेको भन्दै सेवाग्राहीबाट गुनासो आउने क्रम बढेपछि अख्तियारले स्थानीय तहसम्मै पुगेर सक्रियता बढाउन थालेका हो । अख्तियार गाउँगाउँमा पुगेसँगै घुस खाने र भ्रष्टाचार गर्ने जनप्रतिनिधि धमाधम समातिन थालेका छन् । सोही क्रममा […]

दोलखाको प्रसिद्ध भिमेश्वर शिलामा पसिना निस्कियो,अनिष्ट हुने संकेत भन्दै पूजापाठ

चीनसँग सुपुर्दगी सन्धि नगर्न अमेरिकाले दबाब दिएको खुलासा

काठमाडौं, १५ माघ । चीनका राष्ट्रपति सी चिनफिङगत असोज तेस्रो साता नेपाल भ्रमणमा आउनुभन्दा एक दिनअघि अमेरिकाको वैदेशिक मामिला समितिले चीनसँग सुपुर्दगी सन्धि नगर्न आग्रह गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई सीधा पत्र लखेको खुलेको छ । अमेरिकी सिनेटर एवम् वैदेशिक मामिला समिति सदस्य रबर्ट मेनेनडेजले अक्टोबर ११ (असोज २४) मा चिनियाँ राष्ट्रपतिको आसन्‍न भ्रमणमा चीनसँग […]

रोल्पामा पहिलो लगानी सम्मेलन हुँदै

आगामी ३ दिनसम्म वर्ष र हिमपात हुने, यस्तो छ पूर्वानुमान !

काठमाडौं – नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभावले आगामी ३ दिनसम्म वर्षा र हिमपात हुने पूर्वानुमान गरिएको छ ।

अहिले देशको पश्चिमी भू–भागमा सामान्यदेखि पूर्ण बदली तथा पूर्वी र मध्य भू–भागहरूमा आंशिक बदली भइरहेको छ ।

बुधवार दिउँसो देशको पश्चिम तथा मध्य भू–भाग लगायत पूर्वी भेगका पहाडी क्षेत्रमा सामान्य बदली रही पूर्वी तराई भेगमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी र मध्य भू–भागका धेरै स्थानहरूमा र पूर्वी भेगका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भूभागमा समेत हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जनाइएको छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका १–२ स्थानमा भारी हिमपातको सम्भावना छ ।

बुधवार राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने महाशाखाले जनाएको छ । पश्चिमी र मध्य भूभागका अधिकांश स्थान र पूर्वी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जनाइएको छ ।

बिहीवार दिउँसो देशको उच्च पहाडी र हिमाली भेगमा सामान्य बदली रहने छ भने बाँकी भूभागमा आंशिक बदली रहनेछ । पूर्वी र मध्य भूभागका थोरै स्थानहरू र पश्चिमी भूभागका १–२ स्थानमा हल्का वर्षाको सम्भावना समेत रहेको छ ।

उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । बिहीवार राति देशको पूर्वी भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली रहने छ ।

शुक्रवार दिउँसो देशको पहाडी भेगमा आंशिक बदली रहेर मध्य र पूर्वी पहाडी भेगका १–२ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने बाँकी भूभागमा सामान्यतया मौसम सफा रहने छ । रातिदेखि देशको पहाडी भेगमा आंशिक बदली रहेर मध्य र पूर्वी पहाडी भेगका १–२ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने बाँकी भूभागमा सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ ।

पश्चिमी वायु फेरि सक्रिय, वर्षा र हिमपातकाे सम्भावना

नेकपाको केन्द्रीय कमिटी बैठक आज

काठमाडौं, १५ माघ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठक आज सुरु हुँदैछ ।

राष्ट्रियसभा गृहमा बिहान ११ बजेबाट बैठक सुरु हुने नेकपाले जनाएको छ ।

बैठकलाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् ।

सम्बोधनका क्रममा ओलीले विभिन्न गुनासा र सरकारको कामका विषयमा पनि बोल्ने छन् ।

सचिवालयले केन्द्रीय कमिटी बैठकको एजेण्डा पनि तय गरेको छ ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुबै अध्यक्षको तर्फबाट राजनीतिक प्रतिवेदन पेश गर्नेछन् ।

महासचिव विष्णु पौडेलले सांगठनिक तथा विधान संशोधन प्रस्ताव पेश गर्नेछन् ।

यस्तै सातै प्रदेशका अध्यक्षहरुले रिर्पोटिङ गर्ने कार्यक्रम पनि छ ।

The post नेकपाको केन्द्रीय कमिटी बैठक आज appeared first on Koshi Online.

नेकपा केन्द्रीय कमिटीका निर्णय आँखामा छारो, कार्यकर्ता अल्मलाउने ओली–प्रचण्डको जुक्ति

बुधबार र बिहीबार व्यापक वर्षा/हिमपातको सम्भावना

पानी पार्ने मौसमी प्रणाली- पश्चिमी न्यून चापीय प्रणाली सशक्त बन्दै गएको छ। जसका कारण आज (बुधबार) देशैभर वर्षा तथा हिमपातको सम्भावना देखिएको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार आज पश्चिमदेखि पूर्वसम्मै वर्षाको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको हुने संकेत देखिएको हो।

‘विशेषगरी देशको पश्चिमी क्षेत्रमा वर्षा र हिमपात बढी हुने देखिन्छ,’ बुधबार बिहान नेपालखबरलाई जानकारी दिँदै भनिन्, ‘मध्य र पूर्वका पनि केही स्थानमा वर्षा र हिमपातको सम्भावना छ।’

उनका अनुसार आज पश्चिमी भेगका अधिकांश स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ भने पश्चिमी क्षेत्रकै उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि भारीसम्म हिमपात हुने सम्भावना छ।

यस्तै मध्य क्षेत्रका धेरै स्थान र पूर्वका केही स्थानमा हल्कादेखि मध्यमसम्म तथा यिनै क्षेत्रका उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यसम्म हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले बुधबार बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेकाे छ : सर्वसाधारणमा चिसोबाट बच्ने उपाय अपनाउन हुन र यात्रा गर्दा सामान्य सतर्कता अपनाउन हुन अनुरोध छ।

‘आज दिउँसोभन्दा राति र भोलि (बिहीबार) अझ बढी वर्षा र हिमपातको सम्भावना देखिएको छ,’ मौसमविद् बासीले भनिन्।

आज काठमाडौंमा पानी पर्ला?
अहिले (बुधबार बिहान) मध्य क्षेत्रअन्तर्गत काठमाडौं उपत्यकामा पनि मौसम आंशिक (आकाशमा थोरै बादल देखिनु) बदली भएको छ।

मौसमविद् बासीका अनुसार आज दिउँसाे पानी नपरे पनि काठमाडौंमा घाम लाग्ने सम्भावना कम छ।

 ‘तैपनि बिहान ११-१२ बजे एकछिन घाम लाग्न पनि सक्छ,’ उनले भनिन्, ‘दिउँसोपछि चाहिँ मौसम बदली भएर वर्षा हुने सम्भावना छ।’

उनका अनुसार बिहान साढे ६ बजेको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६.४ डिग्री सेल्सियस छ।

तराईमा हुस्सु/कुहिरो लाग्न छाड्यो
पश्चिमी न्यून चापीय प्रणाली प्रवेश गरेपछि तराईमा हुस्सु कुहिरो लाग्न छाडेको छ।

यो प्रणालीको प्रभावले मौसम बदली भएर आकाशमा बादल देखिन थालेपछि मंगलबारबाछ तराईमा हुस्सु /कुहिरो देखिन छाडेकाे हाे। 

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार आज (बुधबार) बिहान पनि तराईमा कुहिरो देखिएको छैन।

‘अब यो प्रणालीको प्रभाव रहुन्जेल हुस्सु कुहिरो लाग्दैन,’ उनले भनिन्।

यस हिसाबले अब दुई/तीन दिन तराइवासीले हुस्सु/कुहिरोका कारण बिहान बिहान हुने कठ्यांग्रिँदो चिसोबाट मुक्ति पाउने भएका छन्।

तर मौसम बदलीका कारण दिउँसो घाम नलाग्ने भएका कारण दिउँसो भने जाडो हुनेछ।

आगामी तीन दिनको मौसम पूर्वानुमान  

माघ १५ गते (बुधबार)
दिउँसो : देशको पश्चिम तथा मध्य भू-भागलगायत पूर्वी भेगका पहाडी क्षेत्रमा सामान्य बदली रही पूर्वी तराई भेगमा आंशिक बदली रहने छ। पश्चिमी र मध्य भू-भागका धेरै स्थानमा र पूर्वी भेगका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यमसम्म हिमपातको सम्भावनाछ। साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा भारी हिमपातको सम्भावना छ।

राति :  देशभर सामान्यदेखि पूर्णसम्म बदली  रहनेछ। पश्चिमी र मध्य भू-भागका अधिकांश स्थान र पूर्वी भू-भागका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यमसम्म हिमपातको सम्भावना छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा भारी हिमपातको सम्भावना छ।

माघ १६ गते (बिहीबार)
दिउँसो : देशको उच्च पहाडी र हिमाली भेगमा सामान्य बदली रहनेछ भने बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पूर्वी र मध्य भू-भागका थोरै स्थान र पश्चिमी भू-भागका १-२ स्थानमा हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना छ। 

राति : देशको पूर्वी भागमा आंशिकदेखि सामान्यस्म बदली  रहनेछ भने बाँकी भू-भागमा आंशिक बदली रहनेछ।  

माघ १७ गते (शुक्रबार)
दिउँसो : देशको पहाडी भेगमा आंशिक बदली रही मध्य र पूर्वी पहाडी भेगका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने बाँकी भूभागमा सामान्यतया मौसम सफा रहनेछ।

राति : देशको पहाडी भेगमा आंशिक बदली रही मध्य र पूर्वी पहाडी भेगका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने बाँकी भूभागमा सामान्यतया मौसम सफा रहनेछ।

स्राेत : जल तथा माैसम विज्ञान विभागअन्तर्गत माैसम पूर्वानुमान महाशाखा

बाजुरामा भूकम्पकाे धक्का

कोरोना भाइरस : मित्रराष्ट्रको साथ खोज्दै चीन

काठमाडौँ, १५ माघ । चीनले बेइजिङमा रहेका कूटनीतिज्ञलाई नोवेल कोरोना भाइरस नियन्त्रणका लागि आफ्नो नीतिप्रति समझदारी राखिदिन आग्रह गरेको छ। विदेश मन्त्रालयले बेइजिङस्थित नेपालसहित विभिन्न मुलुकका राजदूतहरूलाई कोरोना भाइरस नियन्त्रणबारे अपनाइएको नीतिबारे विस्तृत जानकारी दिँदै यस्तो अपिल गरेको हो। चिनियाँ पक्षले भ्रमपूर्ण समाचार वा सूचनासँग सावधान रहन, कोरोना भाइरस संक्रमणका सम्बन्धमा आधिकारिक सूचना मात्र सामाजिक […]

गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टीङ प्रेस खरिदमा ७० करोड घुस मागेको खुलासा (अडियो सहित)

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य तीव्र

पोखरा, १५ माघ । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रूपमा लिइएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । विमानस्थल तोकिएको समयभन्दा छ महिनाअगावै सम्पन्न गर्ने गरी दुर्त गतिमा काम भइरहेको छ । हालसम्म उक्त विमानस्थलको दुई हजार पाँच सय मिटर लम्बाइ र ४५ मिटर चौडाइको रन–वे निर्माण सम्पन्न भइसकेको, विमानस्थलसम्म पुग्ने […]

बाजुरामा ४.३ रेक्टरको भूकम्प

आजको राशिफल : माघ १५ गते, बुधबार

वि.सं.२०७६ साल माघ १५ गते । बुधबार । ईश्वी सन् २०२० जनवरी २९ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । माघ शुक्लपक्ष । तिथि– चतुथी, ०४ घडी २८ पला,बिहान ०८ बजेर ४२ मिनेट उप्रान्त पञ्चमी । नक्षत्र– पूर्वाभाद्रपदा,०९ घडी २८ पला,बिहान १० बजेर ४२ मिनेट […]

आर्थिक वृद्धिदर ५ प्रतिशतमा सीमित हुने

नियमित व्यायामबाट यसरी बढाउनुस् दिमाग

मानव मस्तिष्क एक जटिल संरचना हो । मानिसलाई लाग्न सक्छ कि मस्तिष्कलाई कुनै पनि कृत्रिम गतिविधिबाट प्रभाव पार्न सकिँदैन । तर, त्यस्तो होइन । विभिन्न अनुसन्धानले भनेका छन्, त्यस्ता थुप्रै कृत्रिम गतिविधि हुन्छन् जसले मस्तिष्कको न्युरोन्स बनाउन सक्छ । यस्ता गतिविधि र खाद्यपदार्थले स्मरणशक्ति वृद्धि गर्न ठूलो भूमिका निर्वाह गर्छ । ध्यानमस्तिष्क बढाउनका लागि एउटा […]

भ्रमण वर्ष र आयुर्वेदिक उत्पादनका लागि रामदेवले १ हजार योगगुरु नेपाल ल्याउने