Home Blog Page 1395

कोरोना संक्रमितका लागि चीनले बनाउला त ६ दिनमा अस्पताल?

कोरोना भाइरसको महामारी झेलिरहेको चीनले ६ दिनभित्र हजार शैय्याको अस्पताल निर्माण गरिसक्ने बताएको छ।

चीनमा शनिबारसम्म कोरोना भाइरसका कारण ४१ जनाको मृत्यु भएको छ। १२ सयभन्दा बढी संक्रमति भेटिएका छन्।

कोरोना भाइरसका संक्रमित सबैभन्दा बढी भएको क्षेत्र वुहान सहरमा नयाँ अस्पताल निर्माण भइरहेको शुक्रबार चीनले बताएको थियो।

यही सहरबाट सो भाइरस फैलिएको अधिकारीहरुले बताएका छन्। वुहानमा यो भाइरसका बिरामी बढ्दै जाँदा अस्पतालको अवस्था चिन्ताजनक भएको बताइएको छ।

हाल २५ हजार वर्ग मिटर खुला इलाकामा चीनले कोरोना भाइरस संक्रमितलाई लक्षित गर्दै अस्पताल निर्माण गर्न सुरु गरिसकेको छ। सामाजिक सञ्जाल तथा चीनका सरकारी सञ्चारमाध्यमले दर्जनौं डोजरले जमिनको सहह मिलाइरहेका दृश्यहरु सार्वजनिक गरेका छन्।

हालकै जस्तो सन् २००३ मा पनि चीनले बेइजिङमा सार्स भाइरसको खतरासँग जुध्न आनन–फानन अस्पतालको निर्माण गरेको थियो।

हाभर्ड मेडिकल स्कुलमा ग्लोबल हेल्थ एन्ड सोस मेडिसिन पढाउने जोआन काफमेन भन्छन्, ‘आनन–फानन अस्पताल भाइरसबाट संक्रमित व्यक्तिको लागि निर्माण गरिएको थियो। अस्पताल बिरामीका लागि सुरक्षित भएकाले त्यहाँ उपचार गरिएको बिमारीबाट अन्यमा भाइरस सरेको थिएन।’

६ दिनमा बन्ला त अस्पताल?
काउन्सिल अफ फरेन रिलेसनसिपमा ग्लोबल हेल्थ वरिष्ठ चिकित्सक फैलो यानजोङ हुआङ भन्छन्, ‘ठूल्ठूला परियोजना चाँडै सम्पन्न गर्नमा चीन माहिर छ। चीन सक्षम पनि छ’

उनका अनुसार सन् २००३ मा ७ दिनभित्र बेइजिङमा अस्पताल निर्माण सम्पन्न भएको थियो। त्यो कीर्तिमानी पनि चीनले भंग गर्न चाहेको हुआङ बताउँछन्।

काम चाँडै सक्न देश भरीबाट राम्रा इन्जिनियरहरु झिकाइएको अधिकारीहरुले बताएका छन्। हुआङ भन्छन्, ‘इन्जिनियरिङको काममा चीन निकै निपूर्र्ण छ। छोटो समयमा ठूल्ठूला भवनको निर्माण गर्नु चीनको लागि झन्झटिलो कार्य होइन। पश्चिमा देशलाई यो आश्चर्य लाग्छ। तर, चीनको लागि यो सम्भव छ।’

शुक्रबार ग्लोबल टाइम्सले चिनियाँ जनमुक्ति सेनाका १ सय ५० स्वास्थ्यकर्मी वुहान सहर पुगेको पुष्टि गरेको थियो। अत्यन्त धेरै बिरामीहरु रहेको वुहानमा शनिबार ४५० चिनियाँ सैन्य स्वाथ्यकर्मीहरु थपिएको सिन्ह्वाले जनाएको छ।

सार्स महामारीको बेला के भएको थियो?
सन् २००३ मा सार्स बिरामीका लागि चीनले एक हप्ताभित्रै अस्पताल बनाएको थियो। छोटो समयमा अस्पताल निर्माण सम्पन्न गरेर चीनले विश्वमा रेकर्ड पनि बनाएको थियो।

चाइना डट कमका अनुसार उक्त अस्पताल निर्माण गर्नका लागि ४ हजार जनाले दिनरात खटेका थिए।

त्यस अस्पतालमा एउटा एक्स–रे रुम, सिटी स्क्यान रुम, गहन रेखदेख गर्नका लागि इन्टेन्सिभ केयर युनिट र एक प्रयोगशाला थियो। अस्पतालको प्रत्येक वार्डमा एक बाथरुम थियो।

उक्त अस्पताल निर्माण भएको दुई महिनाभित्र चीनमा भएका सार्स रोगीहरुको सात प्रतिशतले सोही अस्पतालमा उपचार गराएका थिए। चीनका सञ्चारमाध्यमले त्यस क्षणलाई चिकित्सा इतिहासकै चमत्कारको रुपमा हेर्ने गर्दछन्। बीबीसीबाट

रासन वितरणका क्रममा भागदौड मच्चिँदा कम्तीमा २० को मृत्यु

चिकित्सकहरु भन्छन् : नेपालमा देखिएको ‘कोरोना भाइरस’ खतरनाक छैन, डराउनु पर्दैन

नेपालमा देखिएको ‘कोरोना भाइरस’ विश्वका अन्य मुलुकमा देखिएको जस्तो खतरनाक नभएको चिकित्सकहरुले बताएका छन्।

शुक्रराज ट्रपिकल एण्ड सरुवा रोग अस्पतालका चिकित्सक डा. शेरबहादुर पुनले प्रारम्भिक अध्ययनबाट विश्वका अन्य मुलुकमा देखिएजस्तो नेपालमा धेरे खतरा नभएको बताए। उनले अमेरिका लगायतका मुलुकमा देखिएको समस्याजस्तो नेपालमा धेरै कम खतरा रहेको बताए।

‘प्रारम्भिक नतिजामा चिन्ता गर्नुपर्ने विषय देखिएन्। हाम्रोमा यो रोगका विषयमा धेरैलाई जानकारी नभएकोले पनि चिन्ता बढेको हो कि?’, उनले भने, ‘चीनमा अहिलेसम्म १७ जनाको मृत्यु भएको पुष्टि भएको छ। तर, मृत्यु हुनेमा सबै ७० वर्षभन्दा माथिका र दीर्घरोगी छन्। बालबालिका र युवाहरुमा ज्यानै जानेगरी संक्रमण देखिएको छैन्।’

अस्पतालका अर्का चिकित्सक डा. वाशुदेव पाण्डेले सुरुमा स्वाइन फ्लुको जस्तै रुघाखोकी लाग्ने, ज्वरो आउने र स्वासप्रस्वासमा समस्या देखिनेजस्ता लक्षण देखिन सक्ने बताए। यी लक्षणहरु देखिएपनि चिन्ता लिनुपर्ने अवस्था नरहे पनि चेकअपका लागि अस्पताल जान उनले आग्रह गरे।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले चीनको वुहान प्रान्तबाट सुरुमा यो भाइरसको विस्तृत प्रकोप दर, यसका लक्षण र कति समयपछि असर गर्छ भन्ने कुराहरु अझै अध्ययनकै क्रममा रहेको बताए। विश्वभरी फैलिएको यो रोगका विषयमा धेरे प्रश्नहरु अनुत्तरित रहेको बताउँदै उनले नेपालमा फैलन सक्ने संक्रमणतर्फ मन्त्रालय सतर्क रहेको बताए।

 

नेपालमा एक जनामा संक्रमण भेटिएको र उनको सम्पर्कका अन्य व्यक्तिहरुको सूची तयार गरी सबैको अवस्थाका विषयमा जानकारी लिने काम भइरहेको उनले बताए। चीनसँग जोडिएका नाकाहरु र त्रिभुवन विमानस्थलमा चीनबाट आउने सबैको स्वास्थ्य परीक्षण गर्ने काम भइरहेको पनि उनले जनाकारी दिए।

कुनै व्यक्तिमा लक्षण देखिएमा शुक्रराज ट्रपिकल सेन्टर, पाटन अस्पताल लगायत अन्य नीजि तथा सरकारी अस्पतालमा उपचारको व्यवस्था गर्नेगरी मन्त्रालय अगाडि बढेको उनको भनाइ थियो।

नाइजरमा खाद्यान्न वितरणका समय भागदौड मच्चिँदा कम्तीमा २० को मृत्यु

९० फिटमाथि टावरबाट लडेपछि जुरुक्क उठेर हिँडिन् एक महिला!

९० फिटमाथिको उचाइबाट उनी लड्छिन्। निकै माथिबाट उनी भुइँमा बजारिन पुग्छिन्।

तर संयोगबस उनलाई केही हुँदैन। जब उनी भुइँमा बजारिन्छिन्, उनी जुरुक्क उठेर हिँड्न थाल्छिन्।

तल हिउँ थुप्रिएको हुन्छ। हिउँ भएरै उनी बाँचेको बताइएको छ। तर हिउँ धेरै बाक्लो पनि हुँदैन।

प्रहरीका अनुसार ती महिलाले केही बेरपछि स्थानीयलाई एम्बुलेन्स बोलाउन आग्रह गरेकी थिइन्।

अस्पतालमा उनमा सामान्य चोट भएको पाइएको छ। उनको कुनै पनि हड्डीमा समस्या नभएको बताइएको छ। एजेन्सी

पशु स्वास्थ्य शिविर सम्पन्न

पाल्पामा माटोको ढिस्कोले पुरिँदा तीन महिला घाइते

कालीगण्डकी नदीको किनारामा पूजा गर्ने क्रममा माटोको ढिस्कोले पुरिँदा तीन जना घाइते भएका छन्।

तानसेन नगरपालिका–१४ ऋषिकेश मन्दिरदेखि तल कालीगण्डकी नदीमा स्नान गरी पूजा गर्ने क्रममा माथिबाट खसेको माटोको ढिस्कोले पुरिँदा तीनजना महिला घाइते भएका हुन्।

घाइते हुनेमा कपिलवस्तु बाणगंगा नगरपालिका–९ का ७१ वर्षीय गोमा आचार्य, कपिलवस्तुकै विजयनगर नगरपालिका–४ का ५६ वर्षीय केशरदेवी खत्री र रुपन्देही जिल्लाको बुटबल उपमहानगरपालिका–११ देवीनगरकी ४० वर्षीया बिमला पौडेल रहेको प्रहरी चौकी अर्गलीका प्रहरी सहायक निरीक्षक धर्मबहादुर घर्तीले बताए।

घाइतेको अहिले तानसेनस्थित युनाइटेड मिशन अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ। रासस

निःशुल्क खाना अभियानले होटल सुकाए पछि…

आज माघ ११ गते शनिबार, आजको राशिफल पढी शे’यर गर्नुहोस।

मेष -लामो समयदेखि प्रतीक्षा गरिएको काम सम्पादन हुनेछ। आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। कीर्तिमानी काम बन्नाले मूल्यवान् वस्तु लाभ हुन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ र भेटघाटले काममा उत्साह बढाउनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ।

बृष -स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। मिहिनेत परे पनि सोचेको काम पूरा नहुन सक्छ। सहयोगको तत्परता देखाउनेहरू पछि हट्नेछन्। काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय छ। आजको मिहिनेतले भविष्यमा भने उपलब्धि दिलाउन सक्छ। सामाजिक काममा पछि परिनेछ। अवसरवादीहरूले मौकाको फाइदा उठाउने चेष्टा गर्नेछन्।

मिथुन -आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ला। काम बिग्रने भयले सताउनेछ भने श्रमको उचित मूल्य प्राप्त नहुने देखिन्छ। नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ। गरी आएको कामसमेत स्थगित हुने सम्भावना देखिन्छ। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने समय छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्नेछ।

कर्कट -घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन पनि कसिने समय छ। परिवारजनको साथले उत्साह जगाउनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। व्यापार र पेसामा राम्रै फाइदा हुनेछ।

सिंह -साहसी काम गरेर अरूको मन जित्न सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विभिन्न अवसर दिलाउन सक्छ। रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। (नेपाली पात्रो)

कन्या -परिस्थितिवश चिताएको काममा विलम्ब हुनेछ। अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीसँग जुध्नुपर्नेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुपर्ला। अध्ययनमा समय दिन नसक्दा पछि परिने सम्भावना छ। लगनशीलताले मात्र परिस्थितिलाई बदल्न सक्छ। शुभचिन्तकहरूले राम्रो साथ दिनेछन्। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला।

तुला -परिवारमा असमझदारी देखिएला। साथीभाइले साथ नदिन सक्छन्। अरूको फाइदाका लागि उपयोग भइएला। साझेदारीमा देखिने समस्याले सम्झौता भंग हुन सक्छ। काम बिग्रने डरले सताइरहनेछ। पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ। तर बेसुरमा दिइएको वचनले समस्या निम्त्याउन सक्छ। महत्त्वपूर्ण योजना तत्काल सार्वजनिक नगर्नुहोला।

बृश्चिक -नयाँ काम प्रारम्भ गर्ने समय छ। मिहिनेतले दिगो फाइदा दिलाउनेछ। प्रतिस्पर्धीले हार खानेछन्। परिश्रम परे पनि समय निकै फलदायी रहनेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। मिहिनेतले दिगो फाइदा दिलाउनेछ भने गरिएका कर्मको उचित प्रतिफल पाइनेछ।

धनु -बोलीको गलत अर्थ लाग्ने र मान–सम्मानमा आघात पुग्ने सम्भावना छ। विचार सम्प्रेषण गर्नुअघि राम्ररी विचार पुर्याउनुहोला। श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ। आफ्नो कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। वादविवादले अधिकार कटौती गराउने हुँदा उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला। फजुल खर्च बढ्नेछ र काममा केही उल्झन आउन सक्छ।

मकर -बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ। सहयोगीहरू प्रशस्तै भेटिनेछन्। सुन्दर पहिरनले व्यक्तित्व निखार्दै नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। मनग्य धन आर्जन हुनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्ति हुनेछ।

कुम्भ -फाइदाका पछि लाग्दा छर–छिमेकमा असमझदारी बढ्न सक्छ। काममा लगानीको समय छ। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। वैदेशिक क्षेत्रबाट भने लाभ लिने मौका छ। घरखर्चको मात्रा बढ्नेछ। समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। बनिसकेको काम बिग्रन सक्छ। होसियारीसाथ काम लिनुपर्ने समय छ। लामो यात्राको अवसर जुट्न सक्छ।

मीन -प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आय बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा फाइदा हुनेछ। चल(अचल धनको उपयोगबाट मनग्गे लाभ हुनेछ। पछिसम्म फाइदा हुने कामको जग बसाउने अवसर प्राप्त हुनेछ। र अन्तमा तपाइहरुलाइ हामी बारम्बार भनिरहेका छाैं कि हामीले अहिलेको बैज्ञानिक युगमा धर्मलाइ तल राखेक कर्मलाइ पहिलो स्थानमा राख्ननुपर्दछ । किनकी अहिलेको जमानामा कर्म गरेन भने हम्रो मुखमा कसैले पनि एक गास पनि दिनेबाला छैन ।

The post आज माघ ११ गते शनिबार, आजको राशिफल पढी शे’यर गर्नुहोस। appeared first on .

नवरात्रको सातौँ दिन : आज दशैँघरमा फूलपाती भित्र्याइँदै

सेवा शुल्कबाट ५२ करोड बढी राजस्व संकलन

  धनगढी,  सुदूरपश्चिम प्रदेश सरकारले विभिन्न सेवा शुल्कबाट ५२ करोडबढी राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७५÷७६ मा लक्ष्यनुसार राजस्व संकलन गर्न नसकेको प्रदेश सरकारले यस वर्ष १३ करोड वृद्धि गरी राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । प्रदेश सरकारले चालू आर्थिक वर्षमा ८८ करोड ६४ लाख ७२ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको […]

‘ढिलै भएनि सरकारले ल्याइदियो, त्यही ठूलो कुरो हो’

उखु किसानको बक्यौता नतिर्ने उद्योगको बैंक खाता बन्द

काठमाडौं, सरकारले उखु किसानको बक्यौता भुक्तानी नगर्ने चिनी उद्योगको बैंक खाता बन्द गर्ने भएको छ । सरकारले चिनी उद्योगलाई दिएको समय सीमा सकिँदा पनि किसानको बक्यौता रकम भुक्तानी गर्ने तीनवटा चिनी उद्योग अन्नपूर्ण, इन्दिरा र लुम्बिनीको बैंक खाता बन्द गर्ने भएको हो । ती उद्योगको बैंक खाता रोक्का गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बिहीबार अर्थ […]

१५ महिनापछि बागमती प्रदेशको भौतिक पुर्वाधार मन्त्रालयले मन्त्री पायो

सुन्दरहरैंचा खाद्य मेलाकाे उद्घाटन, पहिलाे दिन तस्बिरमा यस्ताे देखियाे

सुन्दरहरैंचा / माेरङकाे सुन्दरहरैंचा स्थित इन्द्रपुर जेसिज मङ्गल स्मृति प्रतिष्ठान सामुदायिक भवनकाे प्राङ्णमा आज बाट ३ दिन सम्म शुरु भएको खाद्य मेला २०७६ उद्घघाटन भएको छ । खाद्य मेलाकाे उद्घघाटन प्रदेश १ का भुमि व्यवस्था,कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगरले गरेका थिए । खाद्य मेलामा जातजाती विशेष खानेकुरा, पाेसिलाे खानेकुरा, मह, हर्राे ,बर्राे अमला, अलैची, सिस्नु, छुर्पि, अकबरे, माछा, मासुकाे, परिकार, अचार लगायतका खाद्य प्रदार्थ राखिएको छ । जुम्ला तथा इलामकाे श्री अन्तु हाेमस्टे बाट उत्पादित खाद्य प्रदार्थ समेत मेलाकाे आकर्षण रहेकाे छ। नेपाली विशेषता झल्कने पाेशाखमा केहीकाे सहभागी भएकोले मेलाकाे आकर्षण समेत बढेकाे छ । मेलामा विभिन्न विद्यालयका विद्यार्थीहरुकाे समेत सहभागिता समेत भएको छ ।

नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बिराटनगर मेलाकाे मुख्य आयोजक रहेको हाे। परम्परागत पोषिलाे तथा स्थानीय खाद्य पदार्थहरुको प्रवर्द्धन गरौँ, असल पोषणका लागि खानेबानीमा सुधार गरौँ” भन्‍ने मुल नाराका साथमा खाद्य मेला अायाेजना भएको छ ।

खाद्य मेलामा करिव ६० वटा स्टल रहेका छन । उपरोक्त स्टलहरुको सहभागिताका लागि नि:शुल्क स्टल तथा प्रवेशकाे व्यवस्था गरिएको छ । सुन्दरहरैंचामा पहिलाे पटक खाद्य मेला २०७६ भएको हाे । खाद्य मेलामा तुलसी पराजुली, रामा मण्डल, सुनिता कटुवाल, नितिन गजुरेल लगायतका कलाकारहरुको विविध मनोरञ्‍जनात्मक साँस्कृतिक कार्यक्रम समेत राखिएकोआयाेजकले बताएकाे छ । सुन्दरहरैचामा पहिलाे पटक भएको खाद्य मेलाबाट स्थानीयहरु समेत अहिले हर्षित भएका छन ।मेलाकाे उद्घघाटन समाराेहमा नगर प्रमुख शिवप्रसाद ढकाल , काेसीहरैचा उवासका अध्यक्ष नवराज चापागाईं लगायतले बाेलेका थिए । सुन्दरहरैंचामा भएको खाद्य मेलाकाे पहिलाे दिन यस्ताे देखियाे । तश्विरहरु :


The post सुन्दरहरैंचा खाद्य मेलाकाे उद्घाटन, पहिलाे दिन तस्बिरमा यस्ताे देखियाे appeared first on Purbeli News.

क्यामरूनको ‘सामूहिक हत्या’ दूर्भाग्यपूर्ण : सेना

नगरकोट सडक निर्माण सम्पन्न नभए कारवाही गर्छौं : मन्त्री बाँस्कोटा

रासस, भक्तपुर, १० माघ । सूचना तथा सञ्चार प्रविधि एवं शहरी विकासमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आगामी वैशाखसम्ममा भक्तपुर नगरकोट सडक निर्माण सम्पन्न नभए निर्माण व्यवसायीलाई कारवाही गरी क्षतिपूर्तिसमेत तिराइने बताउनुभएको छ । नगरकोटमा आजदेखि शुरु भएको तीनदिने दोस्रो नगरकोट महोत्सवको उद्घाटन गर्दै उहाँले भक्तपुर–नगरकोट सडक निर्माण सम्पन्न नभए सार्वजनिक खरिद ऐनअनुसार असुलउपर गरी क्षतिपूर्ति भराइने बताउनु […]

पतिको उपचारका लागि भारतकी एक महिला जब खाली खुट्टै दौडिइन

चोरबाटो हुँदै प्याजको आयात बढेपछि मूल्य घट्यो !

वीरगञ्ज, १० माघ । भारतबाट चोरबाटो हुदै प्याजको आयात बढ्न थालेपछि वीरगंजमा अहिले प्याजको मूल्य घट्न थालेको छ । प्रतिकिलो ३ सय ५० रुपैंयासम्म पुगेको प्याजको खुद्रा मूल्य अहिले प्रतिकिलो १ सय १० रुपैंयामा बिक्री भइरहेको छ । गत भदौ महिनादेखि महँगिदै प्रतिकिलो ३ सय ५० रुपैंयासम्म पुगेको प्याज अहिले प्रतिकिलो १ सय १० रुपैंयामा […]

३०प्याकेट ब्राउन सुगरसहित दुई युवक नियन्त्रणमा