Home Blog Page 1425

आज माघ ४ गते शनिबार, तपाईंको आजको राशिफल पढी शे’यर गर्नुहोला ।

वि.सं.२०७६ साल माघ ०४ गते । शनिबार । ईश्वी सन् २०२० जनवरी १८ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । माघ कृष्णपक्ष । तिथि– अष्टमी,०४ घडी ५६ पला,बिहान ०८ बजेर ५६ मिनेट उप्रान्त नवमी । नक्षत्र–स्वाती,५१ घडी ०८ पला,रातको ०३ बजेर २५ मिनेट उप्रान्त विशाखा । योग– धृति,२२ घडी २९ पला,दिउसो ०३ बजेर ५७ मिनेट उप्रान्त शूल । करण– कौलव,बिहान ०८ बजेर ५६ मिनेट उप्रान्त तैतिल,बेलुकी ०७ बजेर ५३ मिनेट उप्रान्त गर । आनन्दादिमा–सिद्धि योग । चन्द्रराशि–तुला । काठमाडौंमा सूर्योदय ०६ बजेर ५७ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ३१ मिनेट । दिनमान २६ घडी २३ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
मनपरेको भौतिक बस्तु तथा बिलाशि बस्तुहरुको प्रयोग गर्न पाईने हुँदा मन प्रफुल्लित हुनेछ । व्यापारको शिलशिलामा लामो दुरियो उपलब्धिमुलक यात्राको तय गर्न सकिनेछ भने व्यापार बिस्तार गरि मनग्गे आम्दानि गर्न सकिनेछ । जीवनसाथि तथा आफ्नो बिषेश मानिसको सहयोगले आम्दानिको दायरा बढाउँन सकिनेछ । अध्ययन तथा अध्यापनमा तपाईले गरेको लगानिबाट सार्थक नतिजा आउँनाले मन प्रशन्न हुनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

कामको सन्द्रर्भमा आउँने प्रतिश्पर्धिहरुलाई किनारा लगाउँदै महत्वपुर्ण उपलब्धि हासिल गर्न सकिनेछ भने खर्च बढेपनि उपलब्धिमुलक कामहरु हुनेछन् । बिवादित बिषयहरु आफ्नो पक्षमा फैसला हुनेछन् भने सत्रुहरु आफै किनारा लाग्नेछन् । आफन्त,मित्र तथा मावलि पक्षबाट तपाईको बौद्धिकतालाई सम्मान गर्ने तथा नयाँ काम गर्न खोज्दा सहयोग हुनेछ । माया प्रेम तथा रोमान्सको क्षेत्र स्वत स्फुर्त बलियो बन्ने योग रहेकोछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

भौतिक तथा मानव निर्मित स्रोत साधनको परिचालन गरि मनग्गे आम्दानि गर्न सकिनेछ । सन्तान तथा छोराछोरिको प्रगतिमा मन रमाउँनेछ भने वंश बृद्धिको योग रहेकोछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यावसाय फस्टाएर जानेछ भने अन्य व्यावसायमा नाँफा कमाउँन केहि समय पर्खनु पर्नेछ । बौद्धिक ब्याक्तित्वहरु सामु तपाईले प्रस्तुत गर्नुभएको खरो प्रश्तुतिले सबैको मन जित्नेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

व्यापार व्यावसायमा प्रशस्त समय खर्र्चिए पनि थोरै उपलब्धिमा चित्त बुझाउँनु पर्नेछ । कृषि तथा पशुपालन अगाल्नेहरुले व्यावसायलाई समय सापेक्ष परिमार्जन गरि आय आर्जन बढाउँन सक्नेछन् । स्थाई तथा पैत्रिक धन सम्पतिमा बिवाद आउँने योग रहेकोछ । राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुले जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

छोटो दुरिको व्यावसायिक यात्राको तय हुनेछ भने यात्राका क्रममा साथिभाई सँग रमाईलो गर्दै दिनलाई रंगिन बनाउँन सकिनेछ । आफन्त तथा निकट सम्बन्ध भएका मानिससँग छुट्टिनुपर्दा मन खिन्न रहनेछ । आफु भन्दा ठुला मानिसको सुझाब तथा सल्लाह लिएर अगाडि बढ्न सके गन्तब्यमा पुग्न सहज हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

गित संगित तथा कला साहित्यमा समय लगानि गर्नेहरुका लागि आजको दिन उत्तम रहेको छ । पारिवारिक जमघटमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर मिल्नेछ । कुटुम्ब सँगको सम्बन्धमा नयाँ आयामको बिकास हुनेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई हराई नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । व्यापार व्यावसायमा सोचेजस्तै आम्दानि हुनेछ भने नयाँ नयाँ कामको प्रश्ताब आउँनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

व्यापारमा भनेजस्तो नहुँदा रुपैया पैसाको व्यावस्थापन गर्न गाह्रो हुनेछ । आफन्त तथा घर भित्रकै मानिसहरुले असहयोग गर्ने तथा हल्लाको पछि लाग्नाले दुख पाईनेछ । स्वास्थ्यको ख्याल गर्नुहोला समस्या बल्झन सक्छ । माया प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले मनमुटाब बढ्नेछ भने पति पत्निबिचको सम्बन्धमा दरार आउँन सक्छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

स्वास्थ्यमा सुधार भएर जाने तथा पुरानो रोगहरु केहि भए अलि बिसेक हुनेछ । आफन्त तथा अग्रजहरुको सुझाब तथा सल्लाहलाई अध्ययन गरि अगाडि बढ्दा राम्रो रहेको छ । घर परिवार तथा आफन्तबाट बाट छुट्टिएर लामो दुरिको यात्रा गर्नु पर्दा नरामाईलो लाग्नेछ । व्यापार व्यावसायमा नाफा कमाउँन निकै समय खर्चनु पर्नेछ भने बिदेशि भाषा तथा बिदेशि सस्थासँग सम्बन्धित कामहरु बाट मनग्गे रुपैया पैसा कमाउँन सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

बिभिन्न अवसरले पछ्याउँने तथा रोजगारि पाउँने समय रहेकोछ भने परिवारजनको आवस्यक्ताहरु पुरा गर्न सकिने हुँदा मन प्रशन्न रहनेछ । व्यापार व्यावसायबाट मनग्ने आम्दानि हुँने तथा आम्दानिका नयाँ नयाँ स्रोतहरु पहिल्याउँन सकिनेछ । बुवा तथा आफन्तबाट तपाईले थालनि गर्नुभएको काममा सहयोग तथा समर्थन पाईने हुँनाले थप लगानि गर्ने बाताबरण बन्नेछ । भोगबिलासका सामानहरु प्राप्त हुनेछन् भने ईच्छित कामनाहरु पुरा हुँने समय रहेकोछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । सामाजिक काम गर्ने अवसर जुर्ने हुँनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । पति पत्नि बिचको सम्बन्ध सुदृड हुँनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ । पढाई लेखाईमा बिजयको योग रहेकोछ भने पारिवारिक जमघटमा सहभागि भई स्वादिष्ट भोजन भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

व्यापार व्यावसायमा थोरै समय लगानि गर्दापनि सोचेभन्दा धेरै आम्दानि हुँदा मन प्रसन्न रहने तथा थप लगानि बढाउँन मन लाग्नेछ । आफन्त तथा घर परिवारका मानिस सँग रमाईलो जमघटमा सामेल हुँन पाईनेछ भने मिठा मिठा परिकारका साथ रमाईलो गर्दै दिनलाई रङगिन बनाउँन सकिनेछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने एक अर्काका राय सल्लाह मान्दै अगाडि बढ्न सक्दा गन्तब्य पहिल्याउँन सहज हुनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

माया प्रेममा धोका हुन सक्छ भने घर परिवारमा तथा पति पत्नि बिच मनमुटाब बढ्नेछ । ऋण,रोग तथा संकटको सामना गर्नुपर्नेछ भने तपाईको काममा अप्ठ्यारा परिस्थितिहरु सिर्जना हुनेछन् । गोप्य कुराहरु बाहिर आउन सक्छन् ध्यान दिएर काम गर्नुहोला । धन सम्पति तथा अचल सम्पति हराउन तथा लुटिन सक्छ सजक रहनुहोला । नयाँ काम शुरु गर्नु भन्दा गरिरहेको कामलाई निरन्तरता दिन सकिनेछ ।

The post आज माघ ४ गते शनिबार, तपाईंको आजको राशिफल पढी शे’यर गर्नुहोला । appeared first on .

बेरोजगारलाई लक्षित गरि रोजगारमुलक ३ महिने तालिम सुरु

आज माघ ३ गते शुक्रवार, तपाईंको राशिफल पढी शेयर गर्नुहोला।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यवसायमा लगानी बढाउदा मनग्गे लाभ हुनेछ । प्रतिष्ठित व्याक्तिसँग प्रतिस्पर्धा गर्नुपरे पनि अन्तत तपाईकै पक्षमा नतिजा आउँदा मन खुशी हुनेछ । पठन पाठनमा अलि मन नजाँदा गृहकार्यहरु समयमा सकाउन मुस्किल पर्नेछ । रमाइलो यात्रा हुनेछ भने आफन्त तथा शुभचिन्तकसँगको भेटले उत्साह जगाउनेछ । प्रणय सम्बन्धमा विश्वास बढेर जाने तथा विवाहमार्फत सम्बन्धलाई लामो समय सम्म टिकाउन सकिनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) लामो समयदेखि थाति रहेको काम बन्नेछ भने विभिन्न अवसरको सदुपयोग गरि मनग्गे धन तथा सम्पनि संग्रह गर्न सकिनेछ । आर्थिक मुद्दाहरु हल भएर जानेछन् भने मित्रहरुको सहयोग रहनाले सकयमा कामहरु बन्नेछन् । पढाइ लेखइमा पहिले भन्दा सुधार भएर जानेछ भने अलि बढि मेहनत गर्दा नतिजा आफैतिर ल्याउन सकिनेछ । भौतिक सम्पति तथा विलाशि बस्तुको प्रयोग गर्न पाइने हुँदा मन प्रफुल्ल हुनेछ । अध्ययनको शिलशिलामा यात्रा गर्न सकिने समय रहेकोछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) सवारी साधनको व्यापार व्यवसायमा अलि बढि मेहनत गर्दा भनेजस्तो नाफा कमाउन सकिनेछ । विद्यामा सफलता प्राप्त गर्न अलि बढिनै मेहनत गर्नु पर्नेछ । राजनिति तथा समाजसेवमा समय दिनेहरुका लागि समय मध्ययम रहेकोले जनतासँग सन्तुलित व्यवहार गर्नुहोला समर्थन नपाइन सक्छ । आमा तथा आफन्तबाट सकारात्मक सल्लाह तथा सुझाव पाइने हुनाले सुधारात्मक काम गर्न सहयोग हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सानो प्रयत्नले राम्रो काम गरि फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धिहरू परास्त हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ । अध्ययन अध्यापनमा प्रगति गरि गन्तब्य भेटाउन सकिनेछ । दाजुभाई तथा छिमेकिहरुसँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्तसँग गरिने व्यापार व्यवसायबाट प्रशस्त आम्दानी हुने ग्रहयोग रहेको छ । उत्पादित उद्योगमा लगानी बढाई भने जस्तो रुपैयाँ पैसा कमाउन सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आफन्त साथीभाई तथा कुटुम्बबाट आउन सुखद समाचारले मन प्रशन्न हुनेछ । व्यवसाय फस्टाएर जानेछ भने विशेष गरि होटल तथा रेष्टुरेन्टमा लगानी गर्नेहरुका लागि आजको दिन फलदायि रहनेछ । थोरै बोलेर मनग्गे आम्दानी गर्न सकिने समय रहेकोछ । माया प्रेमको डोरो कसिलो हुनेछ भने पतित पत्निबित एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिनेछ । अध्ययनमा मन जाने हुनाले अरु भन्दा अग्र स्थानमा तपाईको नाम आउनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) व्यापारमा समय दिए अनुसार आम्दानी नहुने हुनाले दैनिक काम तथा थप लगानी गर्ने वातावरण बन्ने छैन । अध्ययन अध्यापनमा अल्छी गर्नाले नतिजा अरुतिर नै जानेछ । राजनीति तथा सरकारी कामकजमा ढिला शुस्तिको चपेटामा परिने योग रहेकोछ । जनताको काम गर्न सक्दा मान सम्मानमा बृद्धि हुने भएपनि काम गर्नको लागि कसैको सहयोग पाइने छैन । आम्दानीको तुलनामा खर्च अधिक बढ्ने हुँदा आर्थिक व्यावस्थापन गर्न सहज हुने छैन ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) कुनैपनि आर्थिक कारोबार गर्दा सचेत हुनु होला आर्थिक कारोबार बिग्रिने तथा दण्ड तथा जरिवाना हुने सम्भावना रहेकोछ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जाने ग्रहयोग रहेको छ । पढाइ लेखाइ तपाई आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला । काम तथा अध्ययनको शिलशिलामा विदेश यात्राको गतिलो सम्भावना रहेको छ । विदेशि सामानको व्यापार फस्टाएर जानेछ भने विदेशमा बसेर व्यापार व्यवसाय गर्नेहरुका लागि समय फलदायि रहनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) अध्ययन अध्यापनमा अन्य दिन भन्दा सुधार गरि अरुभन्दा अगाडि बढ्न सकिनेछ । आफुले माया गर्ने मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न हुनेछ भने परिवारका आवस्यक्ताहरु पूरा गर्न सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने नयाँ काम पाउने तथा नोकरिमा पदोन्नति हुने समय रहेको छ । साथीभाईसँग रमाईलो भेटघाट हुने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । पैत्रिक सम्पतिको प्रयोग गरि आम्दानीका स्रोतहरु बढाउन सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पुराना समस्याहरु समाधान गरि आम्दानीका स्रोत हरु बढाउन सकिनेछ । सत्रु परास्त हुनेछन् भने आफ्नो क्षेत्रमा बर्चस्व कायम राख्न सकिने तथा पहुच विस्तार गर्न सकिनेछ । बुवा वा बुवा सरहका मानिसबाट तपाईको काममा सहयोग हुनेछ । परिवार तथा आफन्तको साथ पाइने हुनाले काम गर्न सहयोग पुग्नेछ । नोकरी तथा व्यवसायिक क्षेत्रमा देखिएका चुनौतिहरुलाई चिर्दै गन्तब्यमा पुग्न सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यवसायकै सन्द्रर्भमा लामो दुरिको व्यवसायिक यात्रा हुनेछ । यात्रा तथा पर्यटकिय व्यवसाय फस्टाएर जानेछ । धार्मिक तथा शैक्षिक क्षेत्रमा सहभागि भई उत्कृष्ट नतिजा हात लगाउन सकिनेछ । प्रेम प्रशङगमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । समयले साथ दिने हुनाले सानो प्रयत्नले राम्रा काम हुनेछ । खोज तथा अनुसन्धानको क्षेत्र स्वत स्फुर्त रुपमा अगाडि बढ्नेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) कामहरु समयमा नसकिने तथा अरुबाट बाधा व्यावधान हुने हुनाले मानसिक तनाब बढ्नेछ । मनोबल कमजोर हुने हुनाले काम गर्न जोस जाँगर हराएर जानेछ । पढाइ लेखाइ तपाई आफ्नै कारणले बिग्रने हुँदा अरुभन्दा पछि परिनेछ । प्रेम प्रशङग टाढै रहनु होला प्रीय पात्रसँग मनमुटाव सिर्जना हुनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ । विधिविधान तथा कानुन सम्बत काम गर्नुहोला दण्ड तथा जरिवाना हुने ग्रहयोग रहेकोछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आफ्नै बलबुताले व्यापार व्यवसायमा लागनी गरिन मनग्गे धन सम्पति संग्रह गर्न सकिनेछ । बिगतका कमजोरिहरुलाई सुधार गर्दै सफलताको मार्गमा पढाई बढ्न सकिनेछ । लेखाईमा भनेजस्तो सफलता हात पार्न सकिने हुँदा आफन्त तथा साथीभाईहरुबाट बधाईको ओइरो आउनेछ । भौतक सम्पतिको प्रयोग गर्न पाईने तथा बिलाशी बस्तुको उपयोग मार्फत अरुको मन आफुनिर तान्न सकिनेछ । प्रेम प्रसङमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ ।

The post आज माघ ३ गते शुक्रवार, तपाईंको राशिफल पढी शेयर गर्नुहोला। appeared first on .

नेप्सेमा २१ अङ्कको वृद्धि

स्मार्ट टेलिकमको खर्चमा प्रचण्ड सिंगापुर भ्रमणमा गएको खुलासा !

काठमाडौं– गत भदोमा प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा गएर गरेको उपचार खर्च राज्यकोषबाट नलिएको सार्वजनिक वक्तव्य दिए । उनको उपचार सिंगापुरजस्तो महँगो देशको महँगो अस्पतालमा निःशुल्क त भएको थिएन । खर्च कसले बेहोर्‍यो भन्ने चर्चा बढ्दै जाँदा यती समूह र एनसेल प्रालिले बेहोरेको तथ्य फेला पर्‍यो ।

यस्तै पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि व्यापारीबाट पैसा लिएर विदेश भ्रमण गर्ने गरेको तथ्य फेलापरेको छ ।

विकिलिक्सले सार्वजनिक गरेको काठमाडौंस्थित अमेरिकी राजदूतावासको एक डिप्लोमेटिक केबलअनुसार नेकपा अध्यक्ष प्रचण्ड स्मार्ट टेलिकमको प्रायोजनमा सिंगापुर गएका थिए । हालका अमेरिकी राजदूत र्‍यान्डी बेरी, नेपालस्थित अमेरिकी दूतावासमा चार्ज डे अफेयर्स हुँदा पठाइएको उक्त केबलमा प्रचण्ड आफ्ना सहयोगी कृष्णबहादुर महरा र व्यापारी दिनेश मानन्धरसँग सिंगापुर गएको र त्यहाँ उपचाररत नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालासहित केही भारतीय र चिनियाँ नेताहरूलाई भेटेको उल्लेख छ ।

‘प्रचण्डको सिंगापुर भ्रमणका लागि स्मार्ट टेलिकमले बिजनेस क्लासका टिकट, बीएमडब्लू गाडीको भाडा र फोर सिजन्स होटलको खर्च व्यहोरेको मानन्धरले दूतावासका कर्मचारीलाई बताए,’ डिप्लोम्याटिक केबलमा भनिएको छ । मानन्धरले प्रचण्डसहितका तत्कालीन माओवादीको डेलिगेसनको सिंगापुर भ्रमणका लागि यहाँबाट सबै बन्दोबस्ती मिलाएका थिए ।

‘बिजनेस क्लास’को टिकट, सिंगापुरको पाँचतारे होटलको खर्च र बीएमडब्लूको भाडासहित प्रचण्डसहितको टोलीको सिंगापुरे भ्रमणमा निकै ठूलो खर्च भएको देखिन्छ । यसका लागि स्मार्ट टेलिकमले २०६६ सालमा गरेको प्रायोजनको लागतबापत पछि उसले सस्तो लागतमा लाइसेन्स प्राप्त गरेको खुलेको छ ।

सुन्दरहरैंचामा आफ्नो छुट्टै पहिचान बनाउदै बाजेको सेकुवा

वल्ल निजगढ विमानस्थल निर्माण गर्न जुरिचसँग मागियो प्रस्ताव

काठमाडौं । स्विजरल्यान्डको सबैभन्दा ठूलो विमानस्थल सञ्चालन गरिरहेको जुरिच एयरपोर्ट इन्टरनेसनल एजीलाई बाराको निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित प्रस्ताव माग गरिएको छ ।

गत असोज ६ गते बसेको लगानी बोर्ड बैठकले जुरिचलाई छनोट गरेबमोजिम कम्पनीसँग प्रस्ताव माग गरिएको हो । बोर्डले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै ४५ दिनभित्र विमानस्थल निर्माण र सञ्चालनका विषयमा जुरिचसँग आवश्यक प्रस्ताव खोजेको हो । प्रस्ताव अध्ययनपछि बोर्डले उपयुक्त लागेमा जुरिचसँग निर्माणको अन्तिम सम्झौता गर्नेछ ।

गत असोजमा लगानी बोर्ड बैठकले निजगढमा विमानस्थल निर्माणका लागि आवेदन दिएका विभिन्न सात देशका कम्पनीमध्ये जुरिचलाई छनोट गरेको थियो । त्यति बेला सार्वजनिक निजी साझेदारी ९पीपीपी० मोडलमा निर्माण गर्ने निर्णयसहित जुरिच छनोट भएको थियो । बोर्डले गत वर्ष चैत १६ मा सम्पन्न लगानी सम्मेलनका क्रममा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई ‘सोकेस’ परियोजनाको रूपमा प्रस्ताव गरेको थियो । बोर्डले त्यति बेला करिब तीन अर्ब डलर लागतको परियोजनाका रूपमा यसलाई प्रस्तुत गरेको थियो ।

लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले मुलुककै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई प्राथमिकतामा राखी निर्माण प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो । उहाँले त्यसका लागि जुरिचसँग विस्तृत प्रस्ताव माग गरिएको जानकारी दिनुभयो । लगानी बोर्डले शुक्रबार सो प्रस्ताव पठाएको हो ।

“सङ्क्षिप्त सूचीमा सूचीकृत स्विजरल्यान्डको जुरिच एयरपोर्ट इन्टरनेसनल एजीका नाममा ‘आरएफपी’ जारी गर्नुका साथै सो कम्पनीलाई ईमेलमार्फत समेत प्रस्ताव पठाइसकिएको छ । अबको ४५ दिनभित्र सो कम्पनीले लगानी बोर्डलाई प्रस्ताव पठाइसक्ने छ”, उहाँले भन्नुभयो, “सो कम्पनीले पठाएको प्रस्तावको आर्थिक तथा प्राविधिक मूल्याङ्कन हुन्छ । त्यसपछि थप प्रस्तावकोे टुङ्गो लाग्छ । ” मुलुककै महŒवपूर्ण यो विमानस्थल निर्माणको कुल लागत करिब तीन खर्ब रुपियाँ हुने अनुमान छ ।

पीपीपी मोडलमा निर्माण हुने यो परियोजना निश्चित समयपछि सम्बन्धित कम्पनीले नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्छ । निर्माण, सञ्चालन र त्यसपछि चालू अवस्थामै सरकारलाई हस्तान्तरण गर्नुपर्ने मोडालिटीमा जुरिचले विमानस्थल निर्माण गर्न पाउने छ । बाराको निजगढमा करिब ८० वर्ग किलोमिटर क्षेत्र ओगट्ने गरी प्रस्तुत गरिएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल परियोजना पछिल्लो समय रूख कटानीको विषयले निकै चर्चामा थियो । विमानस्थल निर्माणका क्रममा अत्यधिक रूख काटिने चर्चा भए पनि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले डेढ लाखभन्दा बढी रूख नकाटिने जनाउँदै आएको छ ।

काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको चाप बढेको र अत्यधिक क्षमतामा सेवा दिनु परेको भन्दै देशकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा निजगढमा निर्माण प्रक्रिया अगाडि बढाइएको हो । तीन दशक अघिदेखि सो क्षेत्रमा विमानस्थल निर्माण गर्ने भनिए पनि अहिलेसम्म ठोस उपलब्धि हुन सकेको छैन । यद्यपि विमानस्थल निर्माण क्षेत्रको सीमा निर्धारण, त्यसभित्रका बस्ती व्यवस्थापन, आयोजना कार्यालय स्थापना लगायतका काम भइसकेका छन् । दुईवटा धावनमार्गसहितको हुने यो विमानस्थल सञ्चालनमा आएपछि वार्षिक करिब दुई करोड यात्रुलाई सेवा दिनसक्ने प्राधिकरणले जनाएको छ । हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै वार्षिक ७० लाख यात्रुले हवाई सेवा लिइरहेका छन् । यो क्षमताको करिब ८० प्रतिशत उपयोग हो ।

वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृत

सरकारले यस विमानस्थलको वातावरणीय प्रभाव मूल्याङ्कन ९ईआईए० २०७५ जेठ १० गते नै स्वीकृत गरिसकेको छ । वन तथा वातावरण मन्त्रालयले ‘ईआईए’ प्रतिवेदन स्वीकृत गर्दै आयोजना कार्यान्वयनका क्रममा कुनै वातावरणीय प्रभाव पहिचान भए त्यसलाई सम्बोधन गर्नुपर्ने सर्त अघि सारेको थियो । त्यस्तै वातावरणीय अवस्था र प्रभावको नियमित अनुगमन गरी त्यसको प्रतिवेदन बनाउनुपर्ने, निर्माण सामग्रीको गुणस्तर काम गर्न गुणस्तर परीक्षण प्रयोगशाला सञ्चालन गर्नुपर्ने सर्त राखेको थियो । अाजकाे गोरखापत्र दैनिकमा खबर रहेकाे छ ।

The post वल्ल निजगढ विमानस्थल निर्माण गर्न जुरिचसँग मागियो प्रस्ताव appeared first on Purbeli News.

६ वर्षीया बालिकालाई अपहरण गरी १६ लाख फिरौती मागेपछि….

केन्द्रले हस्तक्षेप गर्दा प्रदेशको अस्तित्व संकटमा : मुख्यमन्त्री डोरमणि पौडेल

काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको अधिकारमा केन्द्र सरकारले हस्तक्षेप गर्दा अस्तित्व नै संकटमा पर्दै गएको आरोप लगाएका छन् । संघीय संंसद, प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको आयोजनामा वाग्मती प्रदेशको राजधानी हेटौँडामा शुक्रबार बाट सुरु भएको “विकास र समृद्धिमा अन्तरतह समन्वय” विषयक दुई दिने अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उनले संविधानले दिएको अधिकारमा पनि केन्द्र सरकारले हस्तक्षेप गरिरहेको आरोप लगाएका हुन् ।

संविधानले प्रदेशलाई दिएका अधिकारमा केन्द्र सरकारले हस्तक्षेप गरेर प्रदेश नै चाहिदैन जस्तो व्यवहार गरिरहेको मुख्यमन्त्री पौडेलले बताए । उनले हरेक काममा केन्द्र सरकारले जिल्लाजिल्लामा आफ्नै संरचना बनाएर प्रदेश सरकारका अधिकारमाथि हस्तक्षेप गरिरहेको उल्लेख गरे ।

अहिले पनि केन्द्र, प्रदेश र स्थानीय सरकारबीच तालमेल नमिलेको उल्लेख गर्दै मुख्यमन्त्री पौडेलले कुन तहले के काम गर्ने भन्ने नै एकिन हुन सकेको छैन । यसले गर्दा तीन तहको सरकारको काम नदेखिएको उनले बताए । संविधानले दिएको अधिकार अनुसार तीनै तहले स्वतन्त्रपूर्वक काम गर्न र एकअर्काप्रति जिम्मेवार भएमात्रै विकासले फड्को मार्न सक्ने पौडेलको भनाइ छ ।

केन्द्र सरकारले प्रदेश र स्थानीय तहलाई दिएको अधिकारमा हस्तक्षेप गरिरहने र आफै काम गर्ने हो भने संघीयताको कुनै अर्थ नरहने उल्लेख गर्दै मुख्यमन्त्री पौडेलले भने–‘केन्द्र सरकारले अहिले गरिरहेको व्यवहार प्रदेशलाई गर्ने हो भने यसको कुनै अस्थित्व रहदैन । केन्द्र सरकारले प्रदेश र स्थानीय सरकारलाई विश्वास गर्न सक्नुपर्छ । संघीयता कार्यान्वयनमा केन्द्रले अभिभाकत्वको भुमिका निर्वाह गर्नु आवश्यक छ ।’

प्रदेश, केन्द्र र स्थानीय तहबीच समन्वय नहुँदा वाग्मती सरकारले पनि सोचे अनुरुप काम गर्न नसकेको मुख्यमन्त्री पौडेलले स्विकार गरे । केन्द्रको हस्तक्षेपका कारण चाहेर पनि प्रदेशले काम गर्न नसकेको उनको आरोप छ । उनले अहिले पनि फाइल टेबल मुनी राख्ने र काम गर्न खोज्दा माथिबाट घाँटी समात्ने काम भइरहेको गुनासो गरे ।

प्रतिनिधिसभाका अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले योजनाहरुमा तनिै तहले समन्वय गरेर काम गर्नुपर्ने बताए । समन्वय नहुँदा काममा समस्या आइरहेको उनले उल्लेख गरे । बिना विवाद संघीयता कार्यान्वयन गर्नुपर्ने भन्दै उनले संघीय सरकारले ठूला योजना निर्माण गर्नुपर्ने र प्रदेश र स्थानीय तहले साना खालका योजना निर्माण गर्नुपर्ने बताए ।

संघीय सांसदको प्रतिनिधिसभा विकास तथा प्रविधि समितिकी सभापति कल्याणी खड्काको अध्यक्षतामा दुई दिनसम्म हेटौँडामा हुने कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डाक्टर रामकुमार फूँयाल, प्रदेश अर्थ तथा विकास समितिका सभापति सरेश नेपाल, प्रदेश मामिला विकास समितिका सभापति माधव पौडेल लगायतकाले मन्तव्य ब्यक्त गरेका थिए ।

कार्यक्रममा अन्तर सरकारी वित्त परिषद्का सदस्य डाक्टर खिमलाल देवकोटाले विकासमा अन्तरतह समन्वय संवैधानिक तथा कानूनी आधार र वित्तिय अवस्थाका विषयमा प्रस्तुतीकरण गरेका थिए । अाजकाे राजधानी दैनिकमा खबर रहेकाे छ ।

The post केन्द्रले हस्तक्षेप गर्दा प्रदेशको अस्तित्व संकटमा : मुख्यमन्त्री डोरमणि पौडेल appeared first on Purbeli News.

सप्तरीमा थपियो बोर्डर आउट पोस्ट

हाेचा व्यक्तिकाे विश्व कीर्तिमान बनाएका खगेन्द्र बिते

विश्वकै होचा व्यक्तिको कीर्तिमान बनाएका खगेन्द्र थापामगरको निधन भएको छ।

पोखरास्थित मणिपाल अस्पतालमा उपचारत खगेन्द्रको शुक्रबार दिउँसो निधन भएको हो।

स्वास्थ्यमा समस्या आएपछि उनलाई सघन उपचारकक्ष (आईसीयू)मा भर्ना गरिएको थियो।

उपचारकै क्रममा शुक्रबार दिउँसो ३ बजे उनको निधन भएको प्रतिष्ठानका सदस्य दिनानाथ बरालले बताए।

थापामगरको निधन निमोनियाका कारण भएको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन्।

५७ सेन्टिमिटर अर्थात् २२ दशमलव ४ इन्च उचाइ भएका थापामगरले २०६७ असोज २८ मा विश्वकै होचा व्यक्तिका रूपमा ‘गिनिज बुकमा नाम लेखाउन सफल भएका थिए।

बाग्लुङ धुल्लुवासकोट ६ का खगेन्द्र थापामगरलाई २०४९ साल असोज १८ गते जन्मिँदा ६ सय ग्राम मात्र थियो भने अहिलेको तौल ५ दशमलव ५ किलोग्राम मात्र र थियो।

गृहमन्त्री बादलले किन गरे एकाएक सीडीओसहित ३२ कर्मचारीको काज सरुवा ? (सूचीसहित)

कुहिरोले ढाक्यो काठमाडौं, आज वर्षा/हिमपात हुन्छ कि हुँदैन?

बिहीबारदेखि जारी हिमपात र वर्षा देशका कतिपय स्थानमा अझै रोकिएको छैन। तर आज (शनिबार)देखि मौसम क्रमिक रूपमा सुधार हुँदै जाने मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार अहिले पनि देशको पश्चिमी क्षेत्रका केही स्थानमा वर्षा र हिमपात भइरहेको छ।

‘सुर्खेत दिपायल आसपास अहिले पनि वर्षा जारी छ,’ मौसमविद् कँडेलले शनिबार बिहान नेपालखबरसँग भनिन्, ‘साथै पश्चिमी क्षेत्रका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात पनि भइरहेको छ।’

उनका अनुसार यसबाहेक देशका अन्य स्थानमा मौसम बदली भएको भए पनि वर्षा तथा हिमपात भएको छैन।

‘आजबाट मौसम क्रमिक रूपमा सुधार हँदै जाने देखिन्छ,’ मौसमविद् कँडेलले भनिन्, ‘तर पूर्ण रूपमा खुल्ले सम्भावना छैन।’

पश्चिमी वायुबाट विकसित न्यून चापीय प्रणालीकाे प्रभावले नेपालमा मौसम बदली भइरहेको हो।

आज पनि काठमाडौं उपत्यकालगायत मध्य क्षेत्रका केही स्थान, पूर्वका पनि केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको उनले बताइन्।

‘हिजो (शुक्रबार)जस्तो भारी हिमपात तथा वर्षा आज हुँदैन, हल्का किसिमको हुन्छ,’ उनले भनिन्, ‘बीचबीचमा वर्षा रोकिने र कतिपय स्थानमा घाम पनि देखिने सम्भावना छ।’

माैसम पूर्वानुमान महाशाखाले कम्तीमा आगामी २४ घण्टा वर्षा/हिमपातकाे सम्भावना औंल्याएको छ।

शनिबार बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले यसाे भनेकाे छ : देशका थोरै स्थानमा हल्का वर्षासाथै  केही उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातका सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन तथा यसबाट हुने चिसोबाट बच्न सर्वसाधारण सबैलाई अनुरोध छ।

काठमाडौंमा कुहिरो
अहिले बिहान काठमाडौं उपत्यकालगायत पहाडी क्षेत्र कुहिरोले ढाकेको छ।

तराईमा क्षेत्रमा पनि अहिले हुस्सु लागेको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन्।

यो बिहान ९/१० बजेपछि क्रमश: हटेर जाने उनको अनुमान छ। 

मौसमविद्का अनुसार पानी परेपछि त्यो वाफ बनेर उड्ने भएका कारण कुहिरो/हुस्सु लाग्ने गर्छ।

मौसमविद् कँडेलका अनुसार शनिबार बिहान ५:४५ बजेको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तामपक्रम ६.४ डिग्री सेल्सियस छ।

कहाँ कति भयाे वर्षा?
देशभरिमा सबैभभन्दा बढी वर्षा वीरेन्द्रनगरमा भएको छ।

मौसम पूर्वानुमान महाशाखाको शुक्रबार साँझसम्मको तथ्यांकअनुसार वीरेन्द्रनगरमा ६० मिलिमिटर वर्षा भएको हो।

यसपछि दोस्रोमा सबैभन्दा बढी काठमाडौं उपत्यकामा पानी परेको छ। महाशााखको तथ्यांकअनुसार उपत्यकामा ४८ मिलिमिटर वर्षा भएको हो।

तेस्रोमा लुम्लेमा ४५ दशमलव ५ मिलमिटर, चौथोमा भैरहवामा ४१ दशमलव ३ मिलिमिटर तथा पाँचौंमा धनगढीमा ३८ दशमलव ९ मिलिमिटर वर्षा भएको शुक्रबार साँझ ५ः४५ को बुलेटिनमा महाशाखाले उल्लेख गरेको छ।

यसबाहेक अन्य स्थानमा २६ मिलिमिटरभन्दा कम वर्षा भएको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान :
माघ ४ गते (शनिबार) 
दिउँसो : देशभर आंशिकदेखि सामान्यसम्म बदली रहनेछ। पहाडी  तथा तराई भू-भागका थोरै स्थानमा हल्का वर्षा हुने देखिन्छ भने उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति : देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्यसम्म बदली र तराईका भू-भागमा आंशिक बदली भई पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना छ।

माघ ५ गते (आइतबार) 
दिउँसो : देशभर सामान्यतया सफा तथा आंशिक बदली भई  पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

राति : देशभर सामान्यतया सफा तथा आंशिक बदली भई  पहाडी भू-भागका १-२ स्थानहरुमा हल्का वर्षा हुन सक्ने संभावना रहेको छ ।

माघ ६ गते (सोमबार) 
दिउँसो : देशभर सामान्यतया सफा तथा आंशिकसम्म बदली भई पहाडी भू-भागका १-२ स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

राति : देशभर आंशिकदेखि सामान्यसम्म बदली भई पश्चिमी पहाडी भू-भागका १-२ स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

स्रोत : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा

याे पनि पढ्नुहाेस् :

हिउँदे वर्षाको प्रभावः अन्तर्राष्ट्रिय विमान कोलकत्ता र ढाकातर्फ डाइभर्ट, राजमार्ग अवरुद्ध

 

 

नेविसङ्घमा पदाधिकारी थपिए

कास्कीमा हिमपहिरोमा परेर २ नेपालीसहित ७ पर्यटक बेपत्ता

कास्कीस्थित अन्नपूर्ण आधार शिविरको पर्यटकीय पदमार्गमा हिमपहिरो जाँदा २ नेपालीसहित ७ पर्यटक बेपत्ता भएका छन्।

कास्कीको अन्नपूर्ण गाउँपालिका-११ हिमालय र देउरालीबीचको हिंकुमा हिमपहिरो जाँदा दुई नेपाली गाइडसहित चार कोरियाली र एक चिनियाँ पर्यटक हराइरहेका हुन्।

गण्डकीस्थित प्रदेश प्रहरी कार्यालयका अनुसार अन्नपूर्ण बेसक्याम्प (एबीसी) जाने क्रममा नौ कोरियालीमध्ये चार जना सम्पर्कविहीन भएका हुन्। यसैगरी एक चिनियाँ पर्यटक र दुई नेपाली गाइड पनि सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ।

भारी हिमपातले उक्त मार्गमा तत्काल ओहोरदोहोर गर्न सकिने अवस्था छैन। स्थानीय र प्रहरीले उक्त स्थानमा फोनले काम नगरेकाले पनि खोजीमा समस्या भएको बताएका छन्।

हिमपहिरामा परी शुक्रबार दिउँसोदेखि बेपत्ता उनीहरूको खोजी गर्न प्रहरी घटनास्थलतर्फ गएको बताइएको छ।

एमसिसीबारे टुंगो लगाउन नेकपाको तीन सदस्यीय सुझाव समिति गठन

दुई जनालाई इँटा भट्टामा हालेका आलम पुगे जेल, खुलेआम पाँच हजार जना मारेको बताउने प्रचण्डलाई के ?

काठमाडौं– गत बुधबार नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले माओवादी युद्धको समयमा पाँच हजार जना मारेको जिम्मा लिने बताए । तत्कालिन सरकारले युद्धमा ज्यान गुमाएका मध्ये १२ हजार मारेको र आफुहरुले पाँच हजार मारेको उनको भनाइ थियो ।

युद्धको नेतृत्वकर्ता प्रचण्ड आफूले पाँच हजार मानिस मारेको भन्दै सार्वजनिक कार्यक्रमबाट जिम्मेवारी लिइरहेका छन् । गर्वका साथ उनले आफूले पाँच हजार नागरिक मारिएको जिम्मेवारी लिने, तर १२ हजारको नलिने बताएका छन् । उनले सधैं आफूलाई १७ हजार नागरिक मारेर आएको आरोप लगाउने गरेको भन्दै पाँच हजारको मात्र जिम्मेवारी आफ्नो रहेको उनले स्पष्ट पारेका हुन् ।

दुईजनालाई जिउँदै इँटाभट्टामा हालेर मारेको किटानी उजुरीको आधारमा कांग्रेस सांसद मोहम्मद आफ्ताव आलम अहिले पुर्पक्षका लागि थुनामा छन् । तर, सार्वजनिक कार्यक्रमबाट पाँच हजार नागरिक मारेको स्वीकार्ने प्रचण्ड भने खुलेयाम हिँडिरहेका छन् । सार्वजनिक रूपमै उनले जिम्मेवारी स्वीकार गरेको भन्दै अहिले उनको चर्को आलोचना भइहरेको छ ।

माओवादी युद्ध समाप्त भएर शान्ति प्रक्रिया हुँदै संविधान सभाबाट संविधान जारी भइ दुई तिहाइ समर्थन प्राप्त गरेर प्रचण्डको पार्टी नेकपाले सरकार चलाएको दुई वर्ष पुग्न लाग्यो । तर, माओवादी युद्धकालमा जनतालाई देखाइएका सपना र आशा उनले कति पूरा गरे ? तर, दुईपटक प्रधानमन्त्री भइसकेका प्रचण्डले पाँच हजार नागरिक मारेको स्वीकार्ने अभिव्यक्ति दिएर पीडितको घाउमाथि नूनचुक लगाउने काम गरे ।

उनी बेलाबेलामा विवादस्पद अभिव्यक्ति दिँदै आएका छन् । गएको मंसिरमा काठमाडौंमा आयोजित एउटा कार्यक्रममा उनले सशस्त्र द्वन्द्वका क्रममा भएका ’सबै राम्रा नराम्रा घटनाको जिम्मेवारी लिने’ बताएका थिए । यसअघि गएको साउनमा पनि एउटा कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आफूलाई ‘हेग पु¥याइए विश्वकै हिरो भएर निस्कने’ बताएर सनसनी मच्चाएका थिए ।

दश वर्षे माओवादी सशस्त्र युद्धमा कति मानिस मारिए भन्ने यकिन तथ्यांक नरहे पनि तत्कालीन शान्ति मन्त्रालयद्वारा गठित एउटा कार्यदलको अन्तिम प्रतिवेदनअनुसार द्वन्द्वकालमा कुल १८ हजार १६५ जना मारिएका थिए । यद्यपी यो तथ्यांकलाई सबै स्वीकारेका भने छैनन् ।

सुकुमबासीलाई लालपूर्जा बाँड्दै रत्ननगर: नगरपालिका र भुमि आयोग बीच सम्झौता हुने

आज कस्तो छ मौसम ? महाशाखाको पूर्वानुमान यस्तो !

काठमाडौं – शुक्रबार देशभर अविरल वर्षाले जनजीवन प्रभावित पारेपछि मौसम पूर्वानुमान महाशाखाले शनिवार नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव बिस्तारै कम हुँदै गएको जानकारी दिएको छ ।

महाशाखाले शनिवार जारी गरेको मौसम पूर्वानुमानमा शनिवारबाट मौसममा क्रमिक सुधार हुँदै जाने जनाएको छ ।

शनिबार बिहान देशभर आंशिकदेखि सामान्य बदली भई १–२ स्थानमा हल्का हिमपात र वर्षा भइरहेको जारी सूचनामा उल्लेख गरिएको छ ।

शनिवार दिनभर आंशिक र सामान्य बदली रहने पूर्वानुमानमा उल्लेख गरिएको छ । पहाडी र तराईका केही भूभागका थोरै स्थानमा मात्रै हल्का वर्षा हुनेछ भने उच्च पहाडी र हिमाली भेगमा केही स्थानमा भने हल्का हिमपातको सम्भावना रहेको छ ।

शनिबार राति भने देशको पहाडी भूभागमा आंशिक र सामान्य बदली हुन सक्ने तथा तराईका केही भूभागमा आंशिक बदली भई पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

एकिकृत कृषक बचत तथा ऋण सहकारीको दशौँ साधारणसभा तथा चौथो अधिवेसन सम्पन्न