बाह्रबिसे बजारमा सडक अतिक्रमण गरी बनाइएका घर टहरा नगरपालिकाले भत्काउँदा झडप भएको छ। नगरपालिकाले डोजर प्रयोग गरेर अतिक्रमण गरेर बनाएका बजारका घर टहरा बिहान ८ बजेबाट भत्काउन शुरु गरेको थियो।
टहरा भत्काउने क्रममा बाह्रबिसेको खुर्सानीबारीमा झडप भएको प्रत्यक्षदर्शीले जानकारी दिए। यसअघि भत्काउन पटकपटक सार्वजनिक सूचना जारी गर्दा स्थानीयले घर टहरा नहटाएकाले डोजर प्रयोग गरिएको नगरपालिकाले जनाएको छ। अहिले नगरपालिकाका प्रमुखसहित जनप्रतिनिधि, कर्मचारी, प्रहरीको उपस्थितिमा घर टहरा भत्काइएको हो।
बजार कुरूप देखिने र सडक साँघुरो हुँदा दुर्घटना हुनसक्ने सम्भावना भएकाले अतिक्रमण गरेर बनाइएका घर टहरा हटाइएको नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले जानकारी दिए।
सडक फराकिलो बनाउँदा जाम नहुने र दुर्घटना न्यूनीकरणमा सहयोग हुने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक राजेशकुमार दाहालले बताए। बजार क्षेत्र साँघुरो हुँदा जामको समस्या भएको उनको भनाइ थियो। रासस
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा पशुसेवा विभाग, हरिहरभवन ललितपुरका लेखाअधिकृत रमेश कार्कीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ।
लुलु मिडिया एन्ड पब्लिकेशन प्रालिले विभागको सूचना पत्रिका प्रकाशित गरेपछि रकम भुक्तानी दिने क्रममा निजले सेवाग्राहीसँग रु आठ हजार ५०० घुस लिएको आयोगले आरोप लगाएको छ। लेखाअधिकृत कार्कीविरुद्ध घुस रकमबराबर बिगो माग गर्दै आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।
यसैगरी धरौटी रकम फिर्ता दिने प्रयोजनका लागि रु दुई हजार घुस लिएको आरोपमा आयोगले रुपन्देही जिल्ला अदालतमा कार्यरत नासु बुद्धिप्रकाश न्यौपाने र लेखापाल विनोद शर्माविरुद्ध पनि मुद्दा दायर गरेको छ। धरौटी रकम फिर्ता गर्ने क्रममा निजहरुले सेवाग्राहीसँग दुई हजार घुस लिएको आयोगले आरोप लगाएको छ। रासस
झापा / विवादित कुराहरु बोलेर फेसबुक लाईभमा आइरहने र्यापर साकारलाई झापा प्रहरीले नियन्त्रणमा लिई परिवारलाई बुझाएको छ । साकार भनिने साकारा अधिकारीका मामा नेपालद्धत शिवाकोटी र आमा रोजु अधिकारीले इलाका प्रहरी कार्यालय बिर्तामोडलाई खोजतलासको लागि दिएको निवेदनको आधारमा उनलाई बिर्तामोडको एक होटलबाट बिहिबार नियन्त्रणमा लिई मामालाई बुझाइएको हो ।
साकार र्याप कन्र्सटको लागि भुटान जाने भन्दै बिगत तिन दिनदेखि बिर्तामोडको एक होटलमा बास बसेका थिए । होटलमा उनि मिकि नाम गरेकी एक युवतीसँग बसेर बुधबार साँझ फेसबुक लाईभ गर्दै राजनितिक दलका नेताहरुलाई अपशब्द बोलेका थिए । साथै भिडियोमा खुकुरी देखाउदै चुरोट तानेको समेत देखिन्छ । लाईभमै साकारले रवि लामिछानेले संञ्चालन गर्ने लोकप्रिय कार्यक्रम सिधा कुरा जनतासँगको बिषयमा गलत टिप्पणी समेत गरेका छन् ।
घर परिवारसँग सल्लाह नगरी साकार घरबाट हिडेको भन्दै उनको मामाले प्रहरीलाई खोजतलासको लागि सहयोग मागेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी मुकुन्द रिजालले बताए | ‘हामीले मात्र उनलाई होटलबाट नियन्त्रणमा लिइ मामालाई बुझाएका हौ’ उनले भने । साकारलाई झापा निवासी मामा नेपालद्धत शिवाकोटीले प्रहरी कार्यालयबाट बुझेको प्रहरीले जनाएको छ ।
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण बिहीबारदेखि मौसम बदली भई परेको वर्षाले देशभरको जनजीवन प्रभावित भएको छ। हिमाली तथा उच्चपहाडी क्षेत्रमा हिमपात हुनुका साथै पहाडी र तराईमा वर्षाले जनजीवन प्रभावित बनेको छ।
हिमाली तथा उच्चपहाडी क्षेत्रमा अध्ययन अध्यापन तथा सरकारी सेवा समेत प्रभावित बनेको छ। यस क्षेत्रमा हुने उडान तथा यातायात अवरुद्ध भएका छन्। नारायणगढ–मुग्लिङ सडक खण्डमा खसेको पहिरोको कारण केहि घण्टा यातायात अवरुद्ध भएको थियो। तराईका क्षेत्रमा हिउदे वर्षाले चिसो बढेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् शान्ती कँडेलका अनुसार शनिबारदेखि मौसममा क्रमिक सुधार देखिनेछ।
‘पश्चिमी न्यूनचापीय प्रणालीका कारणले उच्चपहाडी तथा हिमाली भु–भागमा हिमपात भइरहेको छ भने पहाडी तथा तराईका भुभागमा वर्षा भइरहेको छ,’ कँडेलले शुक्रबार अपरान्ह नेपालखबरलाई बताइन् ‘मौसम बदलीको प्रभाव शुक्रबार दिनभर र रातिसम्म पनि रहन्छ। यस्तै शनिबारदेखि भने क्रमिक सुधार हुने देखिन्छ।’
शनिबार केही समय घाम देखिएपनि फेरि बदली भएर छोटो अवधिको वर्षा हुने सम्भवाना रहेको मौसमविद् कँडेलले बताइन्। आइतबारसम्म पनि आंशिक बदलीको अवस्था जारी रहनेछ। आइतबार दिउँसो पहाडी भू–भागमा आंशिक बदली भई केही स्थानमा हल्का वर्षा हुने सम्भावना मौसम पूर्वानुमान महाशाखाले गरेको छ।
न्यूनचापीय प्रणाली मध्यवायुमण्डलमा हुन्छ। यो जति जति तलसम्म फैलियो र बंगालको खाडी, अरब सागरबाट जलवाष्पयुक्त हावा थप भयो त्यति सशक्त हुन्छ। त्यसैको असर अहिले नेपालमा देखिएको मौसमविद् कँडेलले बताइन्।
दुई विमान कलकत्ता र ढाका डाइभर्ट मौसमको खराबीका कारण भिजिबिलिटी नपुगेपछि त्रिभुवन विमानस्थलमा उडान तथा अवतरणसमेत प्रभावित भएको छ। त्रिभुवन विमानस्थलका प्रवक्ता चन्द्रलाल कर्णका अनुसार बैँककबाट आएका दुई विमानलाई कोलकत्ता र ढाका डाइभर्ट गरिएको छ।
बैँककबाट आएको थाइ एयरलाइन्सको विमान कोलकत्ता र थाइल्याण्ड एयरलाइन्सलाई ढाका अवतरण गराइएको उनले जानकारी गराए। यस्तै कतार एयरलाइन्सपनि दोस्रो प्रयासपछि बल्ल अवतरण भएको थियो। त्यसबाहेक अन्य अन्तर्राष्ट्रिय विमानहरु निर्धारित समयअनुसार नै उडान र अवतरण भएको प्रवक्ता कर्णले जानकारी दिए।
विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले प्रतिकूल मौसमका कारण आन्तरिकतर्फ आंशिकरूपमा उडान प्रभावित भएको र अन्तर्रािष्ट्रय उडान सामान्य रहेको जानकारी दिए। आन्तरिकतर्फ शुक्रबार बिहान केही उडान भए पनि अहिले आंशिकरूपमा मात्रै उडान भइरहेको महाप्रबन्धक केसीले बताए।
बिहीबार साँझदेखिको निरन्तर वर्षाले काठमाडौँसहित देशभरका विमानस्थलमा उडान प्रभावित भएको छ। खासगरी उच्च हिमाली भेग तथा पहाडी क्षेत्रका उडान बढी प्रभावित भएका छन्। उच्चपहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपातका कारण पनि उडान प्रभावित भएको बताइएको छ।
अबरुद्ध नारायणगढ मुग्लिन सडकखण्ड खुल्यो वर्षाका कारण पहिरो खसेपछि एकतर्फीरुपमा सञ्चालनमा रहेको नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–६ चारकीलोको सडक खण्ड सञ्चालनमा आएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार कार्यालय र इलाका प्रहरी कार्यालय मुग्लिनबाट खटिएको प्रहरी टोली परिचालन गरि पहिरो पन्छाइएको थियो। सडकको पहिरो पन्छाएपछि शुक्रबार दिउँसोदेखि सडक पुर्ण रुपमा सञ्चालन भएको छ। बिहीबार रातिदेखि लगातार पानी परिरहेका कारण पहिरो गएको हो।
कर्णालीको दैनिकी कष्टकर कर्णालीमा फेरि हिमपात र वर्षा भएपछि चिसो बढेको छ। यसवर्ष सातौंपटक उक्त क्षेत्रमा परेको हिमपात र वर्षाले हुम्ला, डोल्पा, मुगु, जुम्लामा त्यहाँको दैनिकी निकै कष्टकर बनेको स्थानीय बासिन्दाले जनाएका छन्।
जिल्ला प्रशासन कार्यालय हुम्लाका सहायक प्रमुख अधिकारी दत्तराज हमालले हिमपातले हुम्लाका नागरिकको दैनिकी निकै सकसपूर्ण बन्दै गएको बताए। हिमपातले साविकको कर्णालीमा मोबाइल तथा टेलिफोन सेवा पनि अवरुद्ध बनेको उनले जनाए।
सो क्षेत्रमा लामो तथा छोटो दूरीका यातायात सञ्चालन हुन सकेका छैनन्। हवाई यातायात दुई दिनदेखि ठप्प छ। खाद्य तथा अन्य वस्तुको आयात रोकिँदा हिमाली बासिन्दाको दैनिकी समस्याग्रस्त बन्दै गएको छ। चिसोले हुम्ला, डोल्पा, मुगु र जुम्लाका धारामा बरफ जम्ने, पाइप फुट्ने, विद्युत्का पोल भाँचिने तथा तार चँुडिने समस्या बढेको त्यहाँका स्थानीयले जनाएका छन्।
जुम्ला चन्दननाथ–९ का स्थानीय धर्मसिंह कठायतले बरफ जमेर धारा बन्द हुँदा खानेपानी जुगाड गर्न धौ–धौ भएको बताए। ‘धारोबाट पानी पग्लाउन पानी तताएर पाइपमा खन्याउनुपर्छ तर पानीको विकल्प हिउँ प्रयोग गर्ने गरेका छौँ, उनले भने। सिलिण्डरको ग्याँससमेत चिसोले जम्न थालेपछि खान पकाउन पनि हम्मेहम्मे भएको छ।
जिल्ला प्रशासन कार्यालय जुम्लाले सबै जिल्लावासीलाई चिसोमा न्यानो कपडा लगाउन, घरबाहिर ननिस्कन र प्राकृतिक तथा मानवीय विपद् जोखिमबाट बच्न उच्च सतर्कता अपनाउन सार्वजनिक सूचना जारी गरेको छ। हावापानी फिल्ड कार्यालय जुम्लाका अनुसार जुम्लाको आजको तापक्रम माइनस दुई डिग्री सेल्सियस छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र प्रदेश अस्पताल सुर्खेतले हिमपातको समयमा गरिब घरपरिवार, ज्येष्ठ नगारिक, सुत्केरी महिला तथा बालबालिकालाई चिसोका कारण हुने भाइरल रुघाखोकी, न्यूमोनिया, दमको रोगबाट बच्नका न्यानोमा बस्न, बिरामीलाई नियमित औषधि सेवन गरिराख्न, झोलिलो तात्तानो चीज खान सन्देश प्रवाह गरेको छ।
मौसम पूर्वानुमान महाशाखा काठमाडौँले शुक्रबार जारी गरेको प्रादेशिक साप्ताहिक मौसम पूर्वानूमानअनुसार कर्णाली प्रदेशका पहाडी जिल्लामा वर्षा हुनुका साथै हिमाली जिल्लामा भारी हिमपात हुने सम्भावना देखाएको छ। बिहीबारसम्म उच्च हिमाली भेकमा हिमपात र पहाडीमा भेकमा वर्षा हुने तालिका महाशाखाले जनाएको छ।
विद्यालय र सरकारीको कामकाज प्रभावित निरन्तर तीन दिनदेखि परेको अविरल वर्षा तथा हिमपातका कारण जाजरकोट र रुकुम पश्चिमका विद्यालय तथा सरकारी कार्यालयको काम प्रभावित भएको छ। चिसोकै कारण जाजरकोटका सात स्थानीय तह र रुकुम पश्चिमका सबै स्थानीय तहको काम प्रभावकारी भएनन्। जिल्लाका सयभन्दा बढी सामुदायिक विद्यालय, एक दर्जन निजी विद्यालय, सदरमुकाममा रहेका दर्जन कार्यालयमा चिसोले सेवा प्रवाहमा समस्या भएको परेको छ।
जाजरकोट–डोल्पा सडकखण्डभित्र सञ्चालनमा रहेका सबै यातायातका साधन अविरल वर्षाका कारण अवरुद्ध भएको प्रहरीले जनाएको छ। त्यस्तै सातै स्थानीय तहमा जाने र आउने यातायातका साधन प्रभावित भएका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए। जाजरकोटदेखि नेपालगञ्ज तथा सुर्खेत जाने यातायातका साधन भने सञ्चालनमा रहेको उनले बताए।
रिडीमा बाढी वर्षाका कारण गुल्मीको रिडी खोलामा आएको बाढी रिडीको रुरु महोत्सवका लागि बगर छेउमा बनाइएका ३४ वटा होटलका अस्थायी टहरामा पसेको छ। होटलका टहरामा बाढी पसेपछि व्यवसायी विस्थापित बनेका छन्। स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा व्यवसायीका सामानलाई टहराबाट हटाएर सुरक्षित स्थानमा सारिएको महोत्सव आयोजक समितिका निर्देशक हिमाल श्रेष्ठले जानकारी दिए।
नदीमा बाढी आएसँगै मेलामा वारपार गर्नका लागि खोला तर्न बनाइएको काठको अस्थायी पुलसमेत बगाइदिएको छ।
पाल्पा, स्याङ्जा र गुल्मीको सङ्गमस्थल रिडीमा माघे सङ्क्रान्तिको अवसरमा तीन दिनसम्म ठूलो मेला लाग्ने गर्दछ। तर, यसपटक लगातारको झरी र अत्यधिक चिसोका कारण मेला प्रभावित बन्यो। दुई दिनदेखिको वर्षाका कारण गुल्मी जिल्लाको जनजीवन प्रभावित बनेको छ। लगातारको झरी र चिसोका कारण मानिस अत्यावश्यक कामबाहेक घरबाहिर निस्केका छैनन्। वर्षाका कारण सडक चिप्लो भएपछि जिल्लाका चार दर्जनभन्दा बढी ग्रामीण सडकमा सवारी साधनसमेत सञ्चालन हुनसकेका छैनन्।
पाँचौ आरबीबी–एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब च्याम्पियनसिपमा न्यु डायमण्ड क्लवले विजयी सुरुवात गरेको छ।
काठमाडौको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा शुक्रबार भएको उद्घाटन खेलमा न्यु डायमण्डले नेपाल पुलिस क्लबलाई ३–२ को सेटमा पराजित गर्दै कठिन जित निकालेको हो।
पहिलो सेट १७–२५ ले गुमाएको डायमण्डले दोस्रो सेट २५–१८ ले आफ्नाे पक्षमा पारेको थियो।
तेस्रो सेट पुनः २३–२५ ले पुलिसलाई सुम्पिएको डायमण्डले चौथो र पाँचौ सेटमा उत्कृष्ट पुनरागन गर्दै जित दर्ता गरेको हो। निकै प्रतिस्पर्धात्मक खेलमा डायमण्डले चौथो सेट २५–१८ र पाँचौ तथा अन्तिम सेट १५–११ ले जित्दै नतिजा आफ्नो पक्षमा पारेको थियो।
च्याम्पियनसिप अन्तर्गत आजै भएको पुरुषतर्फको खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लब विजयी भएका छन्।
त्यसअघि आर्मीले समूह ‘ए’ को पहिलो खेलमा आरजी भलिबल ग्रुपलाई ३–० को सेटमा पराजित गर्यो। आर्मी २५–९,२५–१६ र २५–९ ले विजयी भएको थियो।
अर्को खेलमा एपिएफले बुलबुले रारा क्लबलाई ३–१ ले पराजित गरेको छ। भारतीय खेलाडीको साथ रहेको बुलबुलेले पहिलो सेट जितेपछि त्यसपछि लगातार तीन सेट एपएीफले जित्यो। एपीएफ २३–२५,२५–१२,२५–२० र २५–१८ ले विजयी भएको थियो।
च्याम्पियनसिपमा पुरुषतर्फ ११ र महिलातर्फ ७ टोलीको सहभागिता रहेको छ। राउन्ड रोविनपछि समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन्। प्रतियोगिताका सहभागी टोलीले ३ जना सम्म विदेशी खेलाडी राख्न पाउने प्रावधान छ।
प्रतियोगिताका दुवैतर्फका विजेताले २ लाख, उपविजेताले १ लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। त्यस्तै दुवैतर्फका सर्वोत्कृष्ट खेलाडीले जनही २५ हजार पाउनेछन्। विधागत उत्कृष्टले समान १० हजार रुपैयाँ पाउनेछन्।
काठमाडौं । सिजन मिडियाले सञ्चालन गरेको ‘ लेटमिइन मिसेस ब्युटी क्विन नेपाल २०२०’ को विजेता सन्तोषी शाही बनेकी छिन् । विजेता कर्णाली प्रदेश विरेन्द्रनगर सुर्खेतकी ४० वर्षीया सन्तोषी शाहीले ‘लेट मिइन मिसेस ब्युटी क्वीन नेपाल २०२०’ को उपाधिसहित टिभिएस स्कुटर, इन्डोनेशियाको बाली भ्रमणको टिकट र विभिन्न उपहार प्राप्त गरेकी छिन् भने मिसेज मल्टी मिडिया अवार्ड पनि हाल पार्न सफल भइन ।
यस्तै ‘फस्ट रनरअपमा सविता शर्मा भइन भने उनले मिसेज पपुलरको अवार्डपनि हातपार्न सफल भइन र ‘सेकेण्ड रनरअपमा सीता अर्चना पौडेल चयन भएका छन् भन उनीले पनि वेष्टवाकको अवार्ड पनिहात पार्न सफल भइन साथै दुवैले बाली भ्रमणको टिकट र विभिन्न उपहार प्राप्त गरेका छन् ।थर्ड रनर अपमा रञ्जना निरौला, र ‘फोर्थ रनर अपमा देवकला पुन छनोट भएका छन् ।
यस्तै ‘सवटाइटल अवार्ड’ हातपार्नेमा देवकला पुन व्यूटीफूल आइज, सिर्जना गौतम फेष्डसिप अवार्ड, सिर्जना पनेरु डाइनामिक अवार्ड, सरिता कर्ण वियारी एलीगेनस अवार्ड, अमिता अमात्य इनोसेन्ट अवार्ड, दिपा ढुङ्गाना इनरजेटीक हवार्ड, सुहाना अर्याल वेष्ट फीगर अवार्ड, उर्मिला खत्री फोटोजेनीक अवार्ड, समीसा गिरी ट्यालेन्ट अवार्ड, , सुम्निमा चौधरी व्यूटीफूल स्कीन अवार्ड,रिता कार्की वेष्ट पर्सनालीटी अवार्ड र रस्मिला शाही अर्गनाइजर च्वाइस वेष्ट ड्रेस र भिर्योस च्वाइस अवार्ड हातपार्न सफल भइने ।
सिजन मिडियाले विगत गत तीन वर्षदेखि निरन्तररुपमा लेट मिइन कोरियन स्कीन हस्पिटलको सहयोगमा मिसेज ब्युटी क्वीन नेपाल सञ्चालन गर्दै आएको छ । उक्त कार्यक्रमको निर्णायक मण्डलमा नेपाल लाइफ इन्सुरेनसका प्रमोसन हेड मेगेन्द्र प्रकाश गिरी,नेपाल टेलीभिजनकी समाचार सम्पादक सिवानी थापा वस्नेत ,सिसनयर व्यूटीसियन सिता पाठक,प्रदेश एकका आनका संयोजक पवन अधिकारी,जुम्वा प्रशिक्षक सोनाम केसी,मिसेज व्यूटी क्वीन २०१८की विजेता सुदिक्षा आचार्य र सिनियर विमान परिचारीका अन्जली खनाल रहनु भएको थियो ।
प्रतियोगितात्मक कार्यक्रमले विवाहित महिलाको व्यक्तित्व विकास तथा आत्मविश्वास अभिवृद्धि गराउनुका साथै नेतृत्वदायी क्षमताको विकास गराउने मिडियाका अध्यक्ष प्रदीपराज वन्तले बताए ।
झापा / कृष्णले अर्जुनलाई रथमा राखेर रथ हाँकेको प्रतिमा शनिश्चरे बजारमा राखिएसँगै अर्जुनधारा नगरपालिकाभित्र आउने पर्यटकका लागि यो प्रतिमा आर्कषकको केन्द्र बनेको छ ।
नगरपालिकाले रु २५ लाख खर्च गर्दै महाभारतकालीन सम्झना झल्कने चारवटा घोडाको रथ हाँकेको प्रतिमा शनिश्चरे बजारमा राखेसँगै आन्तरिक तथा बाह्य पर्यटकका लागि यो आर्कषकको केन्द्रविन्दु बनेको हो । नगरपालिकाले जिल्लाकै पुरानो बजार शनिश्चरेलाई पर्यटकीय नगरीका रुपमा विकास गर्न भौतिक संरचना निर्माणको काम शुरु गरेको छ । शनिश्चरे बजारको चोकमा अहिले आर्कषक पार्क बनाउन शुरु गरिएको नगरपालिकाका प्रमुख हरिकुमार रानाले बताउनुभयो ।
सरकारी स्वामित्वको यो जमिनमा यसअघि निर्माण गरिएका संरचना भत्काएर नगरपालिकाले आधुनिक पार्क बनाउन थालिएको नगरपालिकाका प्रमुख रानाले बताउनुभयो । शनिबार लाग्ने हाटलाई वडा नम्बर ८ मा दुई बिगाहा जमिन किनेर स्थानान्तरण गरिएको उहाँले बताउनुभयो । मुख्य सडकभन्दा अन्यत्र हाट लाग्न थालेपछि नगरपालिकाले चोकमा पार्क बनाउन शुरु गरेको हो ।
शनिश्चरे बजार नजिकै अर्जुनधारा जलेश्वर धाम रहेको छ । सोही धामको नामबाट नगरपालिकाको नाम पनि अर्जुनधारा रहन गएको बताइन्छ । धाममा वर्षेनी हजारौँ धार्मिक पर्यटक दर्शन तथा अवलोकन र अध्ययनका लागि आउने गरेका छन् । नगरपालिकाले अर्जुनधारा धाममा आउने पर्यटकलाई लक्षित गरेर महाभारतकालीन सभ्यता झल्किने मूर्ति सहितको पार्क निर्माण गरेसँगै नगरकै मुहार फेरिएको हो ।
द्वापर युगमा १२ वर्षको वनवासपछि एक वर्षका लागि गुप्तवास बसेका पाण्डवमध्ये अर्जुनले विराट राजाको गाई चराउँदै सो स्थानमा आएको धार्मिक किंवदन्ती छ । चराउँदै गरेका गाई तिर्खाएपछि अर्जुनले बाँण हानेर पानी निकालेको तथा आफूले चराएका गाईलाई त्यहाँ पानी खुवाएको भन्ने महाभारतकालीन मान्यताअनुसार त्यसस्थानको नाम अर्जुनधारा रहन गएको बताइन्छ ।
ठेकी बजारका रुपमा जिल्लामै ख्याति कमाएको शनिश्चरे बजारले विस्तारै फड्को मार्दै अहिले पर्यटकीय नगरीका रुपमा विकसित हुँदै गएको छ । अहिले काठका ठेकी विस्थापन हुने अवस्थामा छन् । नगरपालिकाले ठेकीको प्रतिमा, केही वर्ष अघिसम्म सामान ढुवानीमा प्रयोग गरिने बयलगाडा (गोरुगाडा), सहितको आकर्षक स्वागतद्वार निर्माण गर्ने योजना अघि सारेको छ ।
उपाधि दाबेदार मछिन्द्र क्लबले कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिग फुटबलमा अप्रत्यासित हार व्यहोरेको छ। रेलिगेसनको खतरामा रहेको हिमालयन शेर्पाले भने पहिलो जित दर्ता गरेको छ। ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा शुक्रबार भएको खेलमा शेर्पाले उपाधि दाबेदार मछिन्द्रलाई २–० ले पराजित गरेको हो।
राष्ट्रिय टोलीका महत्वपुर्ण सदस्य रहेको बलियो मछिन्द्रलाई शेर्पाले सहजै पाखा लगाउँदै जितको पहिलो स्वाद लिएको हो। लिगमा अहिलेसम्म एउटा पनि खेल जित्न नसकेको शेर्पाले पिटर सेगुनको आत्मघाती गोलबाट अग्रता लिएको थियो। खेलको २० औं मिनेटमा निरज बस्नेतको फ्रिकिकमा विजय श्रेष्ठले हेडमार्फत गोल गर्दै अग्रता दोब्बर पारे।
लिगको सातौं चरणको यो पहिलो खेल हो। लगातारको वर्षाका कारण एन्फाले आजको खेल दशरथ रंगशालाबाट सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सारेको थियो। शेर्पाले लिगको ७ खेलमा ४ मा बराबरी गर्दा २ खेलमा हार भोग्दा पहिलो जित दर्ता गरेको हो।
मछिन्द्रले लिगका ७ खेलमा ४ जित र २ बराबरी र १ मा हार भोग्दै १३ अंकमा दोस्रो स्थानमा झरेको छ। अघिल्लो सिजन लिगको पुछारबाट दोस्रो स्थानमा रहेका कारण मछिन्द्रको यो सिजन एक अंक घटाइएको छ।
शेर्पा भने पहिलो जितसँगै ३ स्थान माथि उक्लिएको छ। शेर्पा १ मा जित २ मा बराबरी र ४ मा हार भोग्दै ७ अंकमा नवौ स्थानमा छ। लिगमा मछिन्द्रसँगै त्रिभुवन आर्मी क्लबको १३ अंक छ। मनाङ मस्र्याङ्दी क्लबको १२ र रुस्लान थ्री स्टार क्लबको १० अंक छ।
झापा / झापाको भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा बेवारिसे अवस्थामा रहेकी महिलाको आज मानव अधिकारकर्मीहरुले उद्धार गरेका छन् । उहाँलाई प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्रालय मातहत रहेको बेसहाराको आश्रयस्थल इटहरीस्थित माया संरक्षण घरमा राख्ने गरी अस्पताल प्रशासनले सामाजिक अभियन्ता र पत्रकारहरुको उपस्थितिमा मानव अधिकारकर्मीलाई जिम्मा लगाएको छ ।
गत कात्तिक ३० गते बिरामी अवस्थामा काँकडभिट्टा प्रहरीले मेचीनगरबाट उद्धार गरी अस्पतालमा भर्ना गराइएकी ती महिलाका आफन्त खोजी गर्दा पत्ता लागेको थिएन । अन्दाजी ४५ वर्षीया उहाँलाई मानव अधिकारकर्मी कोषराज न्यौपाने, रणदेव हजाम, दीपक दास, विष्णुप्रसाद खरेल, रेखा अधिकारीलगायतको पहलमा माया घर इटहरीको संरक्षण पठाइएको हो ।
अस्पतालका प्रमुख डा पिताम्बर ठाकुरले उद्धारका लागि आएकी माया घरकी सचिव अर्पणा राईलाई महिला रहेको क्याबिनमा जिम्मेवारी पत्र हस्तान्तरण गर्नुभएको थियो । राम्ररी बोल्न, आँखा देख्न र कान सुन्नसमेत नसक्ने ती महिला आफ्नो नाम डिकी तामाङ भएको बताउनुभयो ।
पूर्व पश्चिम राजमर्ग अन्तर्गत धनुषाको ढल्केबर बजारसँगै पूर्वमा टाँसिएरै रहेको बसही खोला। भूमाफियाहरुले अवैध दोहन तथा खोला अतिक्रण गर्दा त्यसबिरुध्द मिथिला नगरपालिका ५ का श्रीपुर गाउँबासी डेढवर्ष अघि जुरमुराएका थिए।
गाउँलाई जोखिममै पार्ने गरी २५ फिटसम्म गहिरो विघौं खोला अवैध उत्खनन् तथा अतिक्रमण गरी प्लटिंग गर्दा श्रीपुर गाउँले डेढवर्ष अघि त्यसलाई रोक्न एक्सनमा उत्रेका थिए। कति दिन त क्रसर, टिपरमालिक र प्रहरी प्रशासनसँग विवाद पनि भयो। तर पनि उनीहरु डटेर अवैध उत्खनन् गर्ने टिपर, एक्स्काभेटर र चालकलाई समेत कारबाही गर्न ईलाका प्रहरी कार्यालय ढल्केबरलाई जिम्मा लगाए। प्रहरीले छाड्दै गए।
एकदिन मिथिला नगरपालिका प्रमुख हरिनारायण महतोकै एक्स्काभेटर तथा टिपर प्रयोग गर्दै बसही खोलामा गैरकानुनी उत्खनन् गरिँदै थियो। स्थानीय गएर रोक्ने प्रयास गरे। नरोकिएपछि ढुंगामुढा गरे। एक्स्काभेटरको सीसा फुट्यो। घटनाबारे ईलाका प्रहरी कार्यालयमा त्यसको छलफल भयो। मेयरको एक्स्काभेटरको सीसा फुटाएकोमा उल्टै गाउँलेलाई १५ हजार रुपैयाँ जरिवाना तिर्ने निर्णय भयो। गाउँलेले आफै चन्दा उठाएर जरिवाना तिरे।
ढल्केबरका स्थानीय चर्चित जग्गा व्यापारी राजाराम महतोले ठुलो उद्योग खोल्ने र गाउँलेलाई जागिर दिने नाममा पूर्व पश्चिम राजमार्गसँगै टाँसिएको बसही खोला पुल नजिकको खोला बग्ने जग्गा कौडीको भाउमा स्थानीयसँग किने। व्यापारी राजारामले श्रीपुर गाउँलाई जोखिममा पार्ने गरी दक्षिण छेउबाट माटो खनेर उत्तरतर्फ खोला पुरेर विघौं जग्गा प्लटिंग गरे। जुन अहिले करोडौंको भाउमा बेचिरहेका छन्। केही घडेरीमा घर समेत निर्माण गरिएको छ।
तर खोला साँघुरिएपछि श्रीपुर गाउँ बाढीको जोखिममा पुगेको छ। त्यसको पनि गाउँलेले चर्को विरोध गरे। तर प्रहरी प्रशासनले उनीहरुमाथि कारबाही गर्नुको साटो उल्टो गाउँलेलाई नै असहयोग क्रसर, टिपर साहु, नगरप्रमुख र जग्गा व्यापारीलाई सहयोग गरिरहे।
प्रहरी प्रशसनकै संरक्षणमा अवैध रुपले खोला दोहन गरिरहँदा २०७५ जेठ महिनामा गाउँका युवा र स्थानीयले जनकपुरबाट पत्रकार समेत बोलाए। ‘हामीले बोलाएपछि पत्रकारहरु स्थलगत रिपोर्टिंग गरेर समाचार सम्प्रेशण गरेपछि बसही खोलामा अवैध उत्खनन नियन्त्रण भयो। तर केही दिन पश्चात पुनः उत्खनन जारी नै रह्यो,’ गाउँलेको तर्फबाट बसही खोलाको अवैध उत्खनन विरुद्ध नेतृत्व गर्ने युवा सुनिल महतोले भने। ‘त्यसै क्रममा भूमाफिया, क्रसर तथा टिपर मालिकले प्रहरीकै आगाडी चेतावनी दिँदै भन्ने गर्थे। आज या भोली २-३ जना मर्छन्, अनि शान्त हुन्छ। जे जे गर्नु छ गर। यसरी नै हामी जस्ता युवालाई क्रसर तथा टिपर मालिकले डराउने धम्काउने काम गरिरहे। तर हामी निरन्तर विरोध गरिरह्यौं।’
गाउँलाई नै जोखिममा पारेर भइरहेको खोलाको गैरकानुनी उत्खनन् विरुद्ध अभियानमा लागेका श्रीपुरका २४ वर्षीय युवा दिलीपकुमार महतोको पुस २५ गते एकाबिहानै टिपरले किचेर हत्या भयो। घर नजिकैको औरही खोलामा अवैध रुपले भइरहेको उत्खनन् रोक्न जाँदा स्थानीय चुरियामाई प्रशोधन क्रसर उद्योगका मालिक विपीन महतो समेत मिलेर पहिला रडले प्रहार गरी घाइते बनाएर टिपरले किचेर दिलीपको हत्या गरेको प्ररीले ठहर गरिसकेको छ। हत्या आरोपी विपीनसहित चारजनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।
दिलीपका दियादी भाई पर्ने सुनिलले भने ‘म बसही खोला र दिलीप औरही खोलाको अवैध दोहन विरुद्धको अभियानको नेतृत्व गर्दै आइरहेका थियौं। दिलीप दियादीमा पर्ने मेरो दाई हो। उहाँ कसैसँग डराउनु हुन्नथ्यो। त्यसैले उहाँलाई नै पहिले मार्ने क्रसरमालिकले योजना बनाए। त्यसमा प्रहरी प्रशासन र अन्य क्रसर तथा टिपर मालिकको समेत संलग्नता हुनसक्छ। मुचुल्का नै नगरी शव उठाउने कुराले पनि त्यसको पुष्टि हुन्छ।’
दिलीपको हत्या गर्नु दुई दिनअघि मात्र पक्राउ परेका क्रसर सञ्चालक विपीनले छोरालाई सम्झाएर राख्न बुबा रामजीवन महतोलाई घरमै पुगेर चेतावनी दिँदै नत्र कुनै दिन टिपरले किचेर मारदिने धम्की दिएका थिए। दिलीपको हत्यापश्चात क्रसर तथा टिपर सञ्चालकहरुले गैरकानुनी खोलाको उत्खननको विरोध गर्नेहरुलाई विभिन्न समयमा ज्यान मार्ने तथा घरमा आगो लगाईदिने समेत धाकधम्की दिने गरेको रहस्य खुलिरहेको छ।
मिथिला नगरपालिका १ केमलीपुरका स्थानीय नन्द सिलवाललाई एक वर्षअघि क्रसर सञ्चालकहरुले घरमा आगो लगाइदिने धम्की दिएका थिए। ‘बसही खोला र औरही खोलाको उदगम् स्थलमा अवैध उत्खनन् गरेर बस्ती जोखिममा पार्न थालेपछि हामी ५० जना जति गाउँले पुगेर दुई पटक रोक्यौं। त्यसपछि क्रसर मालिकहरुले मेराे घरमा आगो लगाइदिने धम्की दिए।’ स्थानीय सिलवालले भने ‘यहाँसम्म आउँदा दिलीपको हत्यासम्म गरे। हामीले अवैध खोला दोहनको विरुद्ध आबाज उठाउँदा त जतिबेला पनि हामीमाथि आक्रमण हुनसक्छ।’
प्रहरी प्रशासनकै आडमा क्रसर मालिकले हत्यासम्म गर्ने आट गरेको सिलवाल बताउँछन्। ‘अवैध खोला दोहन गरेर प्रहरी प्रशासनकै संरक्षणमा रातारात मालामाल हुँदा जतिबेला मासु मदिरा खाएपछि मान्छे मार्नेसम्मको आँट आइहाल्छ नि्!’ उनले भने ‘हत्या हुँदा समेत विना मुचुल्का प्रहरीले हतार हतार शव उठाई लगे। यसले पनि धेरै कुरा प्रष्ट हुन्छ। कसको संरक्षण छ भनेर।’