Home Blog Page 1306

अछाम कारागारमा सुतेको अवस्थामा एक कैदी मृत भेटिए

अछाम । यहाँस्थित जिल्ला कारागारमा सुतेको अवस्थामा एक कैदी मृत भेटिएका छन् । कर्तव्य ज्यान मुद्दामा कैद भुक्तानी गरिरहेका पञ्चदेवल–विनायक नगरपालिका–६ तोलिका ४२ वर्षीय जितेन्द्र विक कारागारभित्रै मृतावस्थामा भेटिएका हुन् ।

आज बिहान ढिलोसम्म उनी नउठेपछि अन्य कैदीबन्दीले हेर्दा मृतावस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए । मृतकका आफन्तलाई बोलाइएको र आफन्त आइसकेपछि शवपरीक्षण गरिने जनाइएको छ । मृत्युको कारण खुल्न नसकेको र अन्य अवस्थाबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

कर्तज्य ज्यान मुद्दामा २०६६ भदौमा जेल परेका विकले १० वर्ष ६ महिना कैद भुक्तानी गरिसकेका र जेलबाट छुट्न सिफारिस हुने क्रममा रहेका थिए ।

The post अछाम कारागारमा सुतेको अवस्थामा एक कैदी मृत भेटिए appeared first on Rajdhani Daily News.

दाइजोलाई चुनौती दिदै अन्तरजातिय विवाह

खरिपाटी क्वारेन्टाइन : कोरोनाको त्रास हटाउन घरघरमा पुगे संयुक्त सुरक्षा टोली

भक्तपुर । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणको उद्गमस्थल चीनको उहानबाट सरकारले फर्काएका नेपालीलाई राखिएको खरिपाटीस्थित क्वारेन्टाइन क्षेत्रको आसपासका बासिन्दाका लागि जनचेतना अभिवृद्धि गर्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा घरदैलो अभियान शुरु गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी होमकला पाण्डेको नेतृत्वमा सहायक प्रमुख जिल्ला अधिकारी दिलीप लामिछाने, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधान, नेपाली सेना वीरदल गणका गणपति महासेनानी शिव पौडेल, सशस्त्र प्रहरी गुहेश्वरी गण दुवाकोटका सशस्त्र प्रहरी उपरीक्षक विश्वराज भट्टराईलगायत संयुक्त सुरक्षाकर्मीको टोलीले घरदैलो अभियान शुरु गरेको हो ।

खरिपाटी बाँसघारी क्षेत्रका बासिन्दाको घरघरमा पुगेर कोरोना भाइरसको जोखिम न्यूनीकरण, बच्ने उपाय र क्वारेन्टाइनमा रहेका नेपालीको सुरक्षित अवस्थाका बारेमा जानकारी गराउँदै कुनै पनि भाइरसको सङ्क्रमणबाट कसरी बच्ने भन्नेबारेमा जानकारी गराउँदै संयुक्त टोली घरघरमा पुगेको हो ।

प्रजिअ पाण्डेले स्थानीयवासीका लागि छुट्टै हेल्थ डेस्क राखिएको र त्यहाँ दैनिक निःशुल्क स्वास्थ्य जाँच एवं औषधि वितरण भइरहेकाले स्वास्थ्यमा कुनै पनि समस्या देखिए यहाँ गएर जाँच गराउन सक्नेबारेमा जानकारी गराएकी थिइन् । चीनको उहानबाट फर्काएर खरिपाटीस्थित क्वारेन्टाइनमा राख्दा सङ्क्रमणको त्रासले स्थानीयवासीले घर छाड्न थालेको र उनीहरु त्रासमा रहेको चर्चा चलेपछि स्थानीयवासीलाई त्रासबाट मुक्त बनाउन र दैनिक जीवनयापनमा सहज बनाउन घरदैलो अभियान शुरु गरिएको महासेनानी शिव पौडेलले जानकारी दिए ।

टोलीले घरघरमा पुगेर क्वारेन्टाइनमा रहेका नेपाली सुरक्षित रहेको उनीहरुमा कोरोनाको सङ्क्रमण नपाइएका कारण आत्तिनुपर्ने अवस्था नरहेको, मास्क कसरी लगाउने, दैनिक हात कसरी धुनेलगायतका बारेमा जानकारी गराइएको पौडेलले बताए । घरदैलोमा स्थानीयवासीलाई प्रहरी उपरीक्षक प्रधानले रुघाखोकी नसरोस् भनेर पनि सावधानी अपनाउनुपर्ने बताउँदै नियमित हात धुनुपर्ने, फोहर हातले आँखा छुन नहुने, मुखमा मास्क लगाएर काम गर्नुपर्नेजस्ता सावधानी अपनाउनुपर्ने बारेमा जानकारी गराएका थिए ।

घरदैलोमा स्थानीय शर्मिला खड्काले कसैले पनि घर छाडेर नगएको भन्दै कोठामा बस्नेहरु केही दिनका लागि दुई÷चार परिवार गाउँ फर्किएको बताइन् । बारीमा काम गर्न हातमा सामान बोकेर गएकाहरुको फोटो खिचेर, काममा गएकाहरुको घरमा लगाएको ताल्चाको फोटो खिचेर गाउँ नै खाली भयो भनेर केही मिडियाले समाचार बनाएर उल्टै गलत हल्ला गरेको क्वारेन्टाइन नजिकै घर रहेकी खड्काले बताइन् ।

स्थानीय वासुदेव लामिछाने क्वारेन्टाइनमा बस्नेहरुलाई घृणा गर्नुपर्ने कुनै कारण नभएको र बस्ती छाड्नुपर्ने कुनै कारण नभएको बताउँदै यहाँका वास्तविक बासिन्दाले बस्ती नछाडेको भनाइ राखे । भाडामा बस्नेहरु केही परिवार गाउँ फर्किएका र आफन्तकोमा गएको बताउँदै उनले यसैलाई आधार बनाएर बस्ती खाली भो भन्न नहुने बताए ।

भूकम्पमा पनि गाउँ छाडेका भाडामा बस्नेहरुले अहिले पनि कोठामा ताल्चा लगाएको बताउँदै उनले सरकारले समयमै चेतना फैलाउन नसक्दा स्थानीयवासी लामो समय त्रासमा बस्नुपरेको गुनासो स्थानीयवासीको छ । स्थानीयवासी राजाराम भण्डारीले भने, ‘सरकार आफैँले यहाँका बासिन्दालाई आतङ्कित बनायो, लुकेर क्वारेन्टाइन बनाउँदा यो समस्या आएको हो, शुरुमै यहाँका जनतालाई तथ्य कुरा जानकारी गराएको भए, चेतना अभिवृद्धि गरेको भए र स्थानीयवासीसँग बेलाबेलामा अन्तरक्रिया गरेको भए कुनै पनि विरोध आउँदैनथ्यो, यसबारेमा जानकारी लिन जाने स्थानीयवासीलाई प्रहरीले लाठी तेस्र्याएपछि विरोधको आवाज आएको हो ।’

उनले मुस्कानसहितको सेवा भनेर प्रहरीले जतिसुकै नारा घन्काए पनि प्रहरीको जनताप्रति गर्ने व्यवहार र शैलीमा कुनै परिवर्तन नआएकाले प्रहरीकै शैलीका कारण विरोध भएको हुनसक्ने बताए । जनतासँग प्रत्यक्ष जोडिने प्रहरीले नै जनतालाई अझै पनि डण्डा देखाएर तर्साउन खोज्छ भने जुनसुकै ठाउँमा पनि गलत सन्देश जाने भन्दै सरकारले समयमै जनतालाई जानकारी गराउन नसक्दा विरोध आएको र त्रासमा बस्नुपरेको स्थानीयवासीको भनाइ छ ।

सरकारले चीनको उहानबाट उद्धार गरेर ल्याएका १७५ जनालाई खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणमा बनाइएको क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षण भइरहेको छ । उनीहरुमा कोरोना भाइरसको सङ्क्रमण भएको पाइएको छैन ।

The post खरिपाटी क्वारेन्टाइन : कोरोनाको त्रास हटाउन घरघरमा पुगे संयुक्त सुरक्षा टोली appeared first on Rajdhani Daily News.

प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपण सफल होस भन्दै धार्मिक अनुष्ठान

निरन्तर बढ्दै छ सुनको भाउ

काठमाण्डौ / सुनको मूल्य मंगलबार (आज) २ सय रुपैयाँले बढेको छ । सोमवार ७६ हजार ५ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुन मंगलवार २ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार छापावाल सुन प्रतितोला ७६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजावी सुन प्रतितोला ७६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलवार चाँदी प्रतितोला ८ सय ९० रुपैयाँमा काराबार भइरहेको छ । सोमवार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

The post निरन्तर बढ्दै छ सुनको भाउ appeared first on Purbeli News.

१८ वटा रुपान्तरणकारी योजनासहित पन्ध्रौँ आयोजना स्वीकृत

बाग्लुङमा सुरू भयाे अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला, मूर्ति बनाउन २३ रोपनी जग्गा दान

बाग्लुङ, ६ फागुन । गलकोट नगरपालिका–५ टेउवामा अन्तर्राष्ट्रिय आधुनिक मूर्तिकला कार्यशाला शुरु भएको छ । गलकोट कला प्रतिष्ठानद्वारा आयोजित कार्यशालाको सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नुभयो । मुख्यमन्त्री गुरुङले कलाका माध्यमबाट अन्तर्राष्ट्रियस्तरमा नेपालको चिनारी विस्तार गर्न कार्यशाला सहयोगी बन्ने धारणा राख्नुभयो । “दश देशका मूर्तिकारले यहाँको सन्देश लिएर जानुहुनेछ, एक करोडमा नहुने प्रचार […]

काजकिस्तानमा एउटा गाउँका मानिसहरु हिड्दा-हिड्दै निदाउँछन् !

किसानलाई ट्रक, ट्र्याक्टर र पिकअप गाडी वितरण गर्दै वाग्मती प्रदेश सरकार

हेटौंडा, ०६ फागुन । ठूलो परिमाणमा कृषि उपजहरुको उत्पादन गर्नेगरी चक्लाबन्दी खेती गर्ने किसानलाई वाग्मती प्रदेश सरकारले ठूला कृषियन्त्र वितरण गर्ने भएको छ । देशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको कृषि विकास निर्देशनालय हेटौँडाले धेरै क्षेत्रफलमा खेती गर्ने किसानका लागि ठूलाखालका कृषियन्त्र उपकरण वितरण गर्ने तयारी गरेको हो । प्रत्येक कृषकको समेत ५० प्रतिशत […]

प्रदेशको २ को नाम मतदानबाट टुंग्याइने, २३ गते निर्वाचन

कमेडी च्याम्पियनबाट बाहिरिए कार्की, ईटहरीका सुमन सुरक्षीत

ईटहरी / नेपालको पहिलो कमेडि रियालिटि शो ‘कमेडि च्याम्पियन’बाट प्रतियोगी सुमन कार्की बाहिरिएका छन् । उपाधीको दावेदार मानिएका सुमन शिर्ष ५ बाट बाहिरिएका हुन् । यससँगै कमेडि च्याम्पियनका शिर्ष ४ प्रतियोगी पनि चुनिएका छन् । यता ईटहरीका सुमन कोईराला भने सुरक्षीत रहेका छन । सोमबारको एपिसोडमा उनको प्रस्तुति धमाकेदार रह्यो । यसअघि “दले दाइ” क्यारेक्टर मार्फत कमेडी च्याम्पियनमा एकाएक लोकप्रियता हासिल गरेका सुमन कोईराला यतिबेला बिजेताको दाबेदार हुन भन्दा फरक पर्दैन ।

यता सुमन बाहिरिएको कुरा आफ्नो लागि विश्वास गर्न गाह्रो रहेको जज सन्तोष पन्तले बताए । “यो मेरो कल्पना भन्दा बाहिरको कुरा भयो । उ धेरै सम्भावना बोकेको हाँस्य कलाकार हो । सुरुदेखि माथीमाथी हुँदै गएको थियो । भोटले गरेपछि हामीले बोल्ने ठाउँ छैन ।” कमेडि च्याम्पियनले एउटा राम्रो प्रतिभा गुमाएको पनि उनले बताए ।

त्यस्तै मनोज गजुरेलले सुमन बाहिरिएको कुराले आफूलाई व्यक्तिगत रुपमा दुःख लागेको बताए । “सुमन कार्की हाँस्य व्यंग्यको दुनियाँमा पहिले नै नाम्चेबजार पुगिसकेको व्यक्ति हो । कमेडि च्याम्पियनले उनलाई बेस क्याम्पमा पुर्याएको छ । अब चुचुरोमा पुग्ने जिम्मा उनको हातमा छ ।” सुमन बाहिरिनु ठूलो घाटा भएको ऋचा शर्माले बताइन् साथै यो सबै खेलकै हिस्सा भएको पनि उनले जोडिन् ।

“कमेडि च्याम्पियन एउटा घर थियो भने त्यो घर बनाउन इटा, ढुंगा, रोडा धेरै कुराको आवश्य पर्छ । सुमन कार्की पानी थियो, त्यो सबै कुरालाई जोडेर राख्ने ।” प्रदिप भट्टराईले बताए । ‘कमेडि च्याम्पियन’को भाग २५ मा अभिनेत्री द्वय नम्रता श्रेष्ठ र प्रियंका कार्की पाहुनाको रुपमा गएका थिए । कार्यक्रममा शिर्ष ४ प्रतियोगी सुमन कोइराला, विष्णु प्रसाद गौडेल(मेक्सम), खड्ग बहादुर पुन मगर र हिमेश पन्तले आफ्नो प्रस्तुती दिएका थिए ।

The post कमेडी च्याम्पियनबाट बाहिरिए कार्की, ईटहरीका सुमन सुरक्षीत appeared first on Purbeli News.

विद्युत् प्राधिकरण भरतपुरमा लाईन काट्ने अभियान तीव्र, दश दिनमा १ करोड ३७ लाख बाँकी वक्यौता संकलन

बल्खुमा भेटियो शव, अनुसन्धान गर्दै प्रहरी

बल्खुस्थित बागमती नदी किनारमा मंगलबार बिहान बेवारिसे शव भेटिएको छ।

बल्खुस्थित तरकारी बजारनजिकै खोला किनारमा पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ।

मधेसी मूलका जस्ता देखिने मानिसको शव भेटिएको कालिमाटी प्रहरी वृत्तका प्रमुख रुगमबहादुर कुँवरले जानकारी दिए।

‘अहिले हामी घटनास्थलमै छौं, मुचुल्का बनाउँदै छौं,’ डीएसपी कुँवरले नेपालखबरसँग भने, ‘अहिले सबै कुरा खुलिसकेको छैन, केही बेरपछि जानकारी गराउनेछौं।’

शव भेटिएको खबर पाउनासाथ घटनाको सत्यतथ्य बुझ्न त्यहाँ प्रहरी टोली परिचालन भएको छ। प्रहरीका अनुसार शव पुरुषको हो। पाइन्ट लगाएको अवस्थामा भेटिएको शव नदी किनार ढिस्कोमा भेटिएको हो।

कोरोना भाइरसका कारण विश्वभर ३ हजार ५३ जनाको मृत्यु

स्थानीयको त्रास हटाउन सरकारले खरिपाटीमा सुरु गर्‍यो घरदैलो अभियान

कोरोना भाइरसविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले भक्तपुरको खरिपाटी क्षेत्रमा घरदैलो अभियान शुरु भएको छ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा मंगलबार बिहानैदेखि सुरक्षाकर्मीसहितको टोलीले कोरोना भाइरसको त्रास हटाउने उद्देश्यले खरिपाटी क्षेत्रमा घरदैलो अभियान सुरु गरिएको हो।

भक्तपुरकी प्रमुख जिल्ला अधिकारी होमकला पाण्डेको नेतृत्वमा अभियान सुरु भएको हो। अभियानमा सहायक प्रमुख जिल्ला अधिकारी दिलीप लामिछाने, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधान, नेपाली सेना वीरदल गणका गणपति महासेनानी शिव पौडेल, सशस्त्र प्रहरी गुहेश्वरी गण दुवाकोटका सशस्त्र प्रहरी उपरीक्षक विश्वराज भट्टराईलगायत सहभागी छन्।

टोलीले खरिपाटी बाँसघारी क्षेत्रका बासिन्दाको घरघरमा पुगेर कोरोना भाइरसको जोखिम न्यूनीकरण, बच्ने उपाय र क्वारेन्टाइनमा रहेका नेपालीको सुरक्षित अवस्थामा रहेको बारेमा जानकारी गराइरहेको छ।

प्रजिअ पाण्डेले स्थानीयवासीका लागि छुट्टै हेल्थ डेस्क राखिएको र त्यहाँ दैनिक निःशुल्क स्वास्थ्य जाँच एवं औषधि वितरण भइरहेको बताए। ‘स्वास्थ्यमा कुनै पनि समस्या देखिए हेल्थ डेक्समा गएर जाँच गराउन सकिन्छ,’ पाण्डेले भने।

चीनको उहानबाट फर्काइएर विद्यार्थीलाई खरिपाटीस्थित क्वारेन्टाइनमा राख्दा संक्रमणको त्रास बढेको भन्दै स्थानीयवासीले घर छाड्न थालेको चर्चा चलेपछि स्थानीयलाई त्रासबाट मुक्त बनाउन र दैनिक जीवनयापनमा सहज बनाउन घरदैलो अभियान शुरु गरिएको महासेनानी शिव पौडेलले बताए।

999

टोलीले घरघरमा पुगेर क्वारेन्टाइनमा रहेका नेपाली सुरक्षित रहेको रउनीहरुमा कोरोनाको सङ्क्रमण नपाइएका कारण आत्तिनुपर्ने अवस्था नरहेको भन्दै स्थानीयलाई आश्वस्थ पार्ने प्रयास गरेको छ।

मास्क कसरी लगाउने, दैनिक हात कसरी धुनेलगायतका बारेमा जानकारी गराइएको पौडेलले बताए। रुघाखोकी नसरोस् भनेर नियमित हात धुनुपर्ने, फोहर हातले आँखा छुन नहुने, मुखमा मास्क लगाएर काम गर्नुपर्नेजस्ता सावधानी अपनाउन सिकाइएको छ।

घरदैलो कार्यक्रममा स्थानीय शर्मिला खड्काले कसैले पनि घर छाडेर नगएको भन्दै कोठामा बस्नेहरु केही दिनका लागि आफन्तकोमा गएका रदुई÷चार परिवार गाउँ फर्किसकेका बताइन्।

बारीमा काम गर्न हातमा सामान बोकेर गएकाको फोटो खिचेर, काममा गएकाहरुको घरमा लगाएको ताल्चाको फोटो खिचेर गाउँ नै खाली भयो भनेर केही मिडियाले समाचार बनाएर गलत हल्ला चलाएको क्वारेन्टाइन नजिकै घर रहेकी खड्काले बताइन्।

स्थानीय वासुदेव लामिछाने क्वारेन्टाइनमा बस्नेहरुलाई घृणा गर्नुपर्ने कुनै कारण नभएको र बस्ती छाड्नुपर्ने अवस्था नभएको बताए। ‘यहाँका वास्तविक बासिन्दाले बस्ती छाडेका छैनन्,’ लामिछानेले भने, ‘भाडामा बस्नेहरु केही परिवार गाउँ फर्किएका र आफन्तकोमा गएका हुन्। यसैलाई आधार बनाएर बस्ती खाली भो भन्न मिल्दैन।’

स्थानीयवासी राजाराम भण्डारीले भने, ‘सरकार आफैँले यहाँका बासिन्दालाई आतङ्कित बनायो, लुकेर क्वारेन्टाइन बनाउँदा यो समस्या आएको हो,’ उनले भने, ‘शुरुमै यहाँका जनतालाई तथ्य कुरा जानकारी गराएको भए, चेतना अभिवृद्धि गरेको भए र स्थानीयवासीसँग बेलाबेलामा अन्तरक्रिया गरेको भए कुनै पनि विरोध आउँदैनथ्यो, यसबारेमा जानकारी लिन जाने स्थानीयवासीलाई प्रहरीले लाठी तेस्र्याएपछि विरोधको आवाज आएको हो।’

उनले मुस्कानसहितको सेवा भनेर प्रहरीले जतिसुकै नारा घन्काए पनि प्रहरीको जनताप्रति गर्ने व्यवहार र शैलीमा कुनै परिवर्तन नआएको बताए।

जनतासँग प्रत्यक्ष जोडिने प्रहरीले नै जनतालाई अझै पनि डण्डा देखाएर तर्साउन खोज्छ भने जुनसुकै ठाउँमा पनि गलत सन्देश जाने उनको भनाई छ।

सरकारले चीनको उहानबाट उद्धार गरेर ल्याएका १७५ जनालाई खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणमा बनाइएको क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षण गरिरहेको छ। उनीहरुमा कोरोना भाइरसको संक्रमण पाइएको छैन।

पछिल्लो दुई महिनामा आए साढे १५ हजार चिनियाँ

खप्तड गोल्डकपमा १२ टोली

धनगढी । चौथो संस्करणको नेपाल आईस सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकप फुटबल प्रतियोगिताको सोमबार ट्रफी सार्वजनिक गरिएको छ । आयोजक सुदूरपश्चिम–११ स्पोटर््स क्लबले सोमबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै ९ देखि २० फागुनम्म आयोजना हुने प्रतियोगिताको ट्रफी सार्वजनिक गरेको हो ।

आयोजक क्लबका अध्यक्ष सुरेश हमालले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराए । चौधरी ग्रुपको नेपाल आइसले मुख्य प्रायोजन गरेको प्रतियोगितामा दुई विदेशीसहित १२ टिम सहभागी हुनेछन् । जसमा ‘ए’ डिभिजनका ६ क्लब, २ विदेशी, १ आयोजक र ३ विभिन्न क्लब गरी १२ टोलीको सहभागिता रहेको छ । समूह ‘ए’ मा आयोजक सुदूरपश्चिम–११, बाग्मती क्लब सर्लाही, कञ्चनजंघा एफसी भारत, नेपाल एपीएफ क्लब, न्युरोड टिम (एनआरटी) र नेपाल पुलिस क्लब रहेका छन् । समूह ‘बी’ मा रुस्लान थ्री स्टार क्लब, नवजन जागृति सिमरा, प्रभु जावलाखेल युथ क्लब, गोर्खा ब्वाइज, कोवा एफसी क्यामरुन र संकटा क्लब रहेका छन् ।

प्रतियोगिताको उद्घाटन खेलमा ९ गते बाग्मती क्लब सर्लाही र कञ्चनजंघा फुटबल क्लब भारतबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले २१ लाख १ रुपैयाँ हात पार्नेछ । दोस्रो हुनेले १० लाख १ रुपैयाँ पाउनेछ । धनगढी रंगशालामा हुने प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई मोटरसाइकल, विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५–१५ हजार र प्रत्येक खेलको म्यान अफ दि म्याचलाई १०–१० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताको अनुमानित बजेट १ करोड ५० लाख रुपैयाँ रहेको छ । गत संस्करणमा रुस्लान थ्रीस्टार क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लबले उपाधि जितेको थियो । प्रतियोगितालाई नेपाल टेलिकमले सहप्रायोजन गरेको छ । प्रतियोगिताको प्रायोजकमा ग्लोबल आईएमई बैंक, एभरेस्ट एकेडेमी र सगरमाथा सिमेन्ट रहेको छ ।

The post खप्तड गोल्डकपमा १२ टोली appeared first on Rajdhani Daily News.

जाजरकोट भूकम्प: पीडितलाई विभिन्न निकायको सहयोग

क्यान इन्फोटेकमा कम्पनीबीच प्रतिस्पर्धा

काठमाडौं । भृकुटीमण्डपमा जारी सूचना प्रविधि मेला क्यान इन्फोटेकको चौथो दिनमा आफ्नो सेवाको बजारीकरण गर्न कम्पनीहरूबीच चर्को प्रतिस्पर्धा देखिएको छ । सेवाग्राही तथा अवलोकनकर्ताको ध्यान समेत त्यस्तै स्टलतर्फ नै बढी देखिएको छ । विशेषगरी क्यान इन्फोटेकमा राखिएका विभिन्न सेवा प्रदायकले स्टलबाट दिएको छुटले नै अवलोकनकर्तालाई आकर्षित बनाएको छ ।

मेलामा सेवामुलक स्टलहरू, इन्टरनेट सेवा प्रदायक कम्पनी, टेलिकम कम्पनी तथा इलेक्ट्रिक कम्पनीको छुटमा अवलोकनकर्ताको भिड छ । तर, ठूला व्यवसायिक स्टलमा भन्दा साना तथा दैनिक जीवनमा काम लाग्ने समान राखिएका स्टलमा बढी घुइँचो देखिन्छ ।

क्यान इन्फोटेकमा वल्र्डलिंक, भायनेट, एनसेल, नेपाल टेलिकमलगायतका विभिन्न कम्पनीले आफ्नो सेवामा आकर्षक छुट दिइरहेका छन् भने ब्रान्डेड सामानले पनि अवलोकनकर्तालाई तानिरहेको छ । एलजीले आफ्ना समान खरिदमा छुटसहितको अफर दिएको छ ।

प्रभुले मेलामा ९ सय ९९ मै ३० एमबीपीएस इन्टरनेट दिने योजना सर्वजनिक गरेको छ । स्मार्ट र टेलिकमले सिमकार्ड वितरणलाई मुख्य प्राथमिकतामा राखेका छन् । दैनिक रूपमा देखिने चिजविजमा भन्दा अवलोकनकर्ताको रोजाइमा रोबोटिक्स, स्टार्टअप कम्पनी, गेमिङलगायतका नयाँ प्रविधि परेका छन् । मेला आयोजक कम्प्युटर एसोसियसन अफ नेपाल–क्यान महासंघका अध्यक्ष नवराज कुँवरले नयाँ प्रविधिमै मानिस बढी आकर्षित रहेको बताए ।

‘ठूला र महंगो सामान भएको स्टलमा भन्दा साना स्टलमै बढी चहलपहल देखिन्छ,’ उनले भने । मेलामा स्मार्ट घर एप, ई–वेस्ट कलेक्सन, मेरो यात्रा, फाइनाइन्सियल नोटिस, सोसाइटी डेभलपमेन्ट डट ओआरजी, स्मार्ट केयर डट कम, काठमाडौं अग्र्यानिक्स, सजिलो मर्मत सेवा, स्किल सेवा, ई–टिकेट नेपाल, सर्वनाम सफ्टवेयर, हाम्रो लाइफ बैंक, डिजिटल नेपालजस्ता स्टार्टअपका स्टल पनि छन् ।
अवलोकनकर्ताले ती स्टार्टअपले दिने सेवामा चासो देखाइरहेका छन् । मेलामा मोबाइल, ल्यापटप, टेलिभिजन, कम्प्युटर, प्रिन्टरलगायतका सामानमा विशेष छुट छ । केही ब्रान्डले मेलामा ५० प्रतिशतसम्म छुटमा मोबाइल बिक्री गरिरहेका छन् ।

एक सय ७५ स्टल रहेको मेलामा इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटी सोलुसन, सोलार पावर सिस्टम, इन्भटर, यूपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिन्टर, पावर सिस्टम, कम्प्युटर एसेसरिज, एन्टिभाइरस सफ्टवेयर, बैंकिङ सोलुसन, सीसीटीभी र हार्ड डिस्कजस्ता उत्पादनका स्टल समेत छन् ।

त्यसैगरी, आईटी कलेज, बैंक, बिमा तथा लेखासम्बन्धी सफ्टवेयर, सेल्फ लर्निङ सफट्वेयर तथा ट्युटोरियल, मोबाइल आदि प्रदर्शनीका आकर्षणको रूपमा रहेका छन् । क्यानले प्रविधिका क्षेत्रमा भएका नवीनतम सोचलाई प्रवद्र्धन गर्न स्टार्टअप कम्पनीलाई विशेष प्राथमिकतामा राखेको क्यानका अध्यक्ष कुँवरले बताए ।

उनले क्यान इन्फोटेकबाट सरकारले लिएको डिजिटल नेपालको लक्ष्यलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

The post क्यान इन्फोटेकमा कम्पनीबीच प्रतिस्पर्धा appeared first on Rajdhani Daily News.

गुल्शन झा उत्कृष्ट युवा खेलाडी घोषित