Home Blog Page 1310

७३ मिनेटमै च्याम्पियन

दुई दिनदेखि विमल घर्तीमगरलाई हल्का ज्वरो आइरहेको थियो। शनिबार मछिन्द्र क्लबले सहिद स्मारक ए डिभिजन लिगको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबको सामना गर्दासमेत उनको ज्वरो घटेको थिएन।

लिगको नयाँ विजेता कोे होला? छिनोफानो यही खेलबाट हुँदै थियो। दबाब थियो– मछिन्द्रलाई। आर्मीले बराबरीमा मात्रै रोके पनि ऊ च्याम्पियन बन्नेवाला थियो। उता नयाँ विजेताका रूपमा उदाउन मछिन्द्रसँग जितको विकल्प थिएन।

यही दबाबबीच मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले पूर्णरुपमा ‘फिट’ नभए पनि एक दिनअघि मात्रै अनुबन्ध भएका राष्ट्रिय टोलीका स्ट्राइकरसमेत रहेका विमललाई मैदान उतार्ने जोखिम उठाए।

उक्त जोखिम मोल्नाको कारण खोतल्दै प्रशिक्षक कटुवाल सुनाउँछन्, ‘विमल बिरामी थिए। दुई दिनदेखि तातो पानी खाइरहेका थिए। तर पनि उनलाई खेलाउनुपर्ने बाध्यता थियो। किनभने विमल मैदान उत्रँदा अर्काे टिममाथि दबाब सिर्जना हुन्थ्यो।’

विमल दुई महिनाका लागि मछिन्द्रसँग आवद्ध भएका हुन्

प्रशिक्षकको त्यस्तो रणनीतिले केही हदसम्म काम पनि गर्यो। १–० ले खेल गुमाएपछि आर्मीका प्रशिक्षक नवीन न्यौपानेले पनि आफ्ना खेलाडीहरू खेल अवधिभर दबाबमा परेको स्वीकारे। जसका कारण नयाँ च्याम्पियन बन्ने आर्मीको सपना चकनाचुर भयो।

एन्फाको प्रतिबन्धपछि पहिलोपटक मैदानमा ७३ मिनेट बिताएका ‘विरामी’ विमलको प्रदर्शन अपेक्षाबमोजिम भने थिएन। तर, उनको जोश मैदानमा कम थिएन। खेलको तीन चौथाइ समय मैदानमा बिताएका मुख्य स्ट्राइकर विमलबाट गोल नै हुन नसके पनि उनको खेलबाट प्रशिक्षक कटुवाल भने सन्तुष्ट देखिए।

‘विमलले उसको बेस्ट दिएको हो,’ उनले भने, ‘फिजिकल, टेक्निकअनुसार उनको प्रदर्शन उत्कृष्ट थियो। उसले खेल्नुभन्दा पनि खेलमा उसको उपस्थिति हाम्रा लागि फाइदाजनक हो।’

७३ मिनेट खेलेर च्याम्पियन बन्ने सौभाग्य
गत कात्तिक अन्तिममा विश्वकप छनोटअन्तर्गत कुवेतसँगको खेलका लागि भुटान जाने दिनको अघिल्लो रात ठमेलका विभिन्न डिस्कोमा गई अनुशासन विपरीतका गतिविधिमा संलग्न भएको भन्दै एन्फाले विमलसहित ४ खेलाडीलाई कार्बाही गरेको थियो। एन्फाको ९० दिने प्रतिबन्धपछि विमल पहिलोपटक शनिबारै घरेलु फुटबलमा फर्किएका हुन्।

शुक्रबार मात्रै (फाइनलको १ दिनअघि) मछिन्द्रले विमललाई अनुबन्ध गरेको थियो। यही अवसर सदुपयोग गर्दै आफू ‘अनफिट’ हुँदाहुँदै पनि फुटबलसँगको लगावका मैदानमा उत्रिएको विमल बताउँछन्।

‘म सानैदेखि फुटबल खेलमा संलग्न भइरहेको छु। फुटबलले नै मलाई चिनाएको हो,’ विमल भन्छन्, ‘औषधि लिएर हुन्छ कि के गरेर, जसरी पनि फाइनल खेल्छु भन्ने मनमा लागेको थियो। त्यसैले मैदानमा उत्रिएँ।’

पहिलो हाफको इन्जुरी समयमा विपक्षी खेलाडीको ट्याकलमा विमल घाइते पनि भए। लगत्तै ५२औं मिनेटमा दीपक राईलाई राम्रो पास उपलब्ध गराए। तर दीपकले गोलकिपर विकास खवासलाई बिट गर्न नसक्दा मछिन्द्रले दोस्रो गोल गर्ने मौका गुमायो।

७१औं मिनेटमा उनी अफसाइड भेटिए। त्यसलगत्तै ७३औं मिनेटमा सुजल श्रेष्ठले उनको ठाउँबाट खेल्न मैदान प्रवेश गरेका थिए। दर्शकहरूलाई नमस्ते गर्दै मैदानबाट बाहिरिएका विमललाई दर्शकले ताली बजाउँदै अभिभावदन फर्काएका थिए।

साढे २ महिना चलेको लिगको अन्तिम खेलको ७३औं मिनेट मात्रै मैदान विताएका उनले च्याम्पियन खेलाडी बन्ने सौभाग्य पाए। यसअघि च्यासल युथ क्लबबाट ए डिभिजन लिग खेलेका विमलले उचालेको यही एउटा ए डिभिजनको उपाधि हो।

‘क्लबले मलाई ठूलो अवसर दिएको हो,’ दुई महिनाका लागि मछिन्द्रमा आबद्ध विमलले भने, ‘यस्तो अवसर सबै खेलाडीले पाउदैनन्। यसरी एउटा खेल खेल्दै उपाधि उचाल्न पाउनु निकै ठूलो अवसरको कुरो हो। क्लबले अवसर दिएकामा धन्यवाद।’

बाँकी समय विमलले मछिन्द्रबाट मोफसलका प्रतियोगिताहरू खेल्नेछन्।

यसो गरेमा कोरोनाबाट बच्न सकिन्छ

दिलीपका हत्या आरोपीले दायर गरेको रिट खारेज

पर्यावरण अभियन्ता धनुषाका दिलीप महतोको तीन हत्या आरोपीले उच्च अदालतमा जिल्ला प्रहरी कार्यालय धनुषा विरुद्ध दायर गरेको बन्दी प्रत्यक्षीकरण रिट खारेज भएको छ।

उच्च अदालत जनकपुरका न्यायधीश बालकृष्ण उप्रेती र उज्जवल शुक्लको संयुक्त इजलासले सोमबार रिट खारेज गरेको हो। गएको वुधबार धनुषा जिल्ला अदालतले २५ र २५ हजार रुपैयाँ धरौटी लिएर साधारण तारेखमा रिहा गरेको दिलीपका हत्या आरोपी उनका साथी रोशन यादव, क्रसर उद्योग सञ्चालकका सहयोगी जितेन्द्र भनिने सत्यानारायण महतो र बृजमोहन भनिने शत्रुधन महतोलाई प्रहरीले अदालत परिसरबाट पुनः पक्राउ गरेको थियो।

जिल्ला प्रहरी कार्यालय धनुषाले सार्वजनिक शान्ति सुरक्षाको कसुरअन्तर्गत पुन: तीनैजनालाई पक्राउ गरेर शुक्रबार जिल्ला प्रशासन कार्यालय धनुषा मार्फत म्याद थप गरी थप अनुसन्धान अगाडि बढाइएको छ।

धनुषाको मिथिला नगरपालिका ५ श्रीपुरका २४ वर्षीय ओमप्रकाश भनेर चिनिने दिलीप महतोलाई गत पुस २५ गते बिहान घरनजिकैको औरही खोलामा टिपरले किचेर हत्या भएको थियो। उनको हत्या अभियोगमा पक्राउ परेका ६ जनामध्ये धनुषा जिल्ला अदालतले गएको बुधबार चुरियामाई प्रशोधन क्रसर सञ्चालक सञ्चालक विपिन महतो, किच्ने टिपर चालक मुनिन्द्र महतो, लोडर चालक रञ्जित भनिने जितेन्द्र महतोलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको थियो भने तीनजनालाई २५–२५ हजार रुपैयाँ धरौटीमा छोडन् आदेश गरेको थियो।

जिल्ला अदालतको आदेश लगतै धरौटी बुझाएर साधारण तारेखमा छुटेका रोशन, सत्यानारायण र शत्रुधनलाई प्रहरीले पुनः पक्राउ गरेको विरुद्ध आफन्तले गएको शुक्रबार उच्च अदालत जनकपुरमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेको थियो। रोशनको तर्फबाट विजय कुमार यादव, सत्यनारायणको तर्फबाट रिनाकुमारी महतो र शत्रुधनको तर्फबाट सीतादेवी महतोले जिल्ला प्रहरी कार्यालयलाई विपक्षी बनाइ रिट दायर गरेका थिए।

सोही रिटमाथि सोमबार सुनुवाई गर्दै उच्च अदालत जनकपुरले रिट नै खारेज गरेको हो।

मिर्गौला प्रत्यारोपण गर्न प्रधानमन्त्री ओली शिक्षण अस्पताल भर्ना

यी दुई कारणले महराले पाए सफाइ, महरा छुट्दा एमसीसीको विरोधमा नारा

काठमाडौं । काठमाडौं जिल्ला अदालतले जबर्जस्ती करणी उद्योगमा पूर्वसभामुख कृष्णबहादुर महराले सफाइ पाउने फैसला गरेको छ । संसद् सचिवालयकी कर्मचारीमाथि जबर्जस्ती करणी उद्योगमा महराविरुद्धको मुद्दामा सुनवाइ गर्दै जिल्ला न्यायाधीश अम्मरराज पौडेलको एकल इजलासले निर्दोष ठहर गर्दै सफाइ दिएको हो ।
यसअघि १८ कात्तिकमा जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको एकल इजलासले थुनामा राखेर मुद्दा अघि बढाउन आदेश दिएसँगै महरा पुर्पक्षका लागि डिल्लीबजार कारागार चलान भएका थिए । महरा १ सय ३५ दिनको हिरासत बसाइपछि सोमबार रिहा भएका हुन् ।

: महरालाई सफाइका दुई आधार : औंठा र इन्कारी बयान
जिल्ला अदालतले महरालाई सफाइ दिनुका दुई आधार र कारण मानेको छ । अदालतले पहिलो आधारका रूपमा महराले घटना भएको भनिएको दिन आफू पीडित भनिएको महिलाको कोठामा जाँदै नगएको र उनलाई कुटपिट नगरेको बयान दिएका थिए । प्रहरी र अदालत दुवै निकायमा महराले दिएको यस्तो बयान र पीडित भनिएकी महिलाले पनि प्रहरी र अदालतमा उही बेहोराको बयान दिएकी थिइन् ।
पीडितले पनि महरा आफ्नो कोठामा नआएको सरकारी वकिलमा बकपत्र दिएकाले सोही आधारलाई प्रमाणका रूपमा मान्दै अदालतले निर्दोष हुने ठहर गरेको जिल्ला अदालतका स्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिए ।

औंठा छाप महराकै हो भन्ने प्रमाण अस्पष्ट
पीडित भनिएकी महिलाको कोठाबाट संकलन गरिएका गिलास, चस्माजस्ता वस्तुमा महराको औंठा छाप परीक्षण गर्न फरेन्सिक ल्याब पठाइएको थियो । विशेषज्ञले चेकजाँच गर्दा औंठा छाप महराकै हो भनेर यकिन गर्न नसकिने प्रतिवेदन अदालतमा पेस भएको थियो ।
अदालतले सो औंठा छापको विषयमा वस्तुनिष्ठ आधार भेट्न नसक्दा महरालाई निर्दोष भन्ने सफाइको आधार बनाएको छ । सरकारी वकिलले पनि सो आधारलाई प्रमाण पुग्ने गरी बहस गर्न सकेनन् । फौजदारी कानुन प्रणालीको मान्यतामा कुनै पनि अपराधमा मुद्दा दर्ता हुँदा अभियोगको प्रमाण शंकारहित तवरमा हुनुपर्छ भन्ने मान्यता छ । तर, महराले सो गिलास समातेका थिए भन्ने आधार र प्रमाण प्रस्ट हुन नसक्दा सफाइको आधार बनेको हो ।

महरा छुट्दा एमसीसीको विरोधमा नारा
पूर्वसभामुख कृष्णबहादुर महरा छुट्दा उनका समर्थकले एमसीसीको विरोधमा नारा लगाएका छन् । डिल्लीबजार कारागारबाट छुटेलगत्तै कार्यकर्ताहरूले फूलमाला लगाएर महराको स्वागत गरेका छन् । ‘एमसीसी लागू गर्न पाइँदैन’, ‘एमसीसी मुर्दावाद’ जस्ता नारा उनका समर्थकले लगाएका थिए । महरा कारागारबाट अपराह्न ४ बजे छुटेलगत्तै आफ्नो निवास प्रस्थान गरेका थिए ।

The post यी दुई कारणले महराले पाए सफाइ, महरा छुट्दा एमसीसीको विरोधमा नारा appeared first on Rajdhani Daily News.

खप्तड गोल्डकपले नयाँ च्याम्पियन पाउँदै

तत्कालीन डिभिजन सडक कार्यालय प्रमुखमाथि चार करोड बिगो कायम गर्दै मुद्धा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन सडक कार्यालय विराटनगर मोरङका तत्कालीन डिभिजन प्रमुख जीतेन्द्रकुमार चौधरीले पदीय मर्यादाविपरीत सडकका विभिन्न आयोजनामा अनियमितता गरी अकूत कमाएको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले ठेकेदारसँग मिलेर सम्पत्ति आर्जन गरी घर घडेरी जोडेको, बैंकमा समेत रकम जम्मा गरेको, परिवारको अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको र आफ्नो हैसियतभन्दा बढी रकम खर्च गरी आफू, श्रीमती र छोराको नाममा सम्पत्ति जम्मा गरेकाले रु तीन करोड ९९ लाख ४४ हजार ३४२ बराबरको बिगो कायम गरी मुद्दा दायर गरेको छ । आयोगले आरोपी चौधरीलाई बिगोबमोजिमको असुली गरी कैद सजायको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

यस्तै आयोगले केदारेश्वर उच्च माध्यमिक विद्यालय लाना डोटीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर बोहराले भवन निर्माण र छात्रवृत्तिको रकम हिनामिना गरेको भन्ने अभियोगका आधारमा रु सात लाख २९ हजार ९४६ बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बोहोराले सरकारी स्रोतबाट प्राप्त भएको रकमको दुरुपयोग गरेको पाइएको छ ।

त्यस्तै आयोगले गोरखा जिल्ला नेपाने माध्यमिक विद्यालय सिरानचोक–१ का प्रधानाध्यापक शिवकुमार साह समेतले सरकारी स्रोतबाट प्राप्त भएको रकम हिनामिना गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार शिक्षा विकास तथा समन्वय एकाइ गोरखाका प्राविधिक सहायक सवइञ्जिनीयर विकास झासँग मिलेमतो गरी भ्रष्टाचार गरेको अभियोग लागेको छ ।

आयोगले शिक्षा विकास तथा समन्वय एकाइ गोरखाका सवइञ्जिनीयर विकास झाविरुद्ध रु ११ लाख १० हजार र प्रधानाध्यापक शिवकुमार साहविरुद्ध रु १३ लाख २२ हजार २९२ बराबरको बिगो कायम गरी मुद्दा दायर गरेको छ ।

The post तत्कालीन डिभिजन सडक कार्यालय प्रमुखमाथि चार करोड बिगो कायम गर्दै मुद्धा दायर appeared first on Rajdhani Daily News.

कोरोनासँग लड्न सरकारले गर्‍यो स्वास्थ्य संकटकाल घोषणासम्मको तयारी

मुख्यमन्त्रीलाई आठ बुँदे मागसहित ज्ञापनपत्र

जनकपुरधाम । लामो समयदेखि अवरुद्ध प्रदेशसभा बैठक सञ्चालन गर्न माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलले आज प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई आठ बुँदे मागसहित ज्ञापनपत्र बुझाएको छ । संसदीय दलका नेता सत्यनारायण मण्डलको नेतृत्वमा गएको टोलीले सदन अवरुद्ध हुँदा नीति निर्माणदेखि सरकारको गति ठप्प भएको भन्दै मुख्यमन्त्री राउतलाई ज्ञापनपत्र बुझाउँदै उनले यस्तो माग गरेका हुन् ।

ज्ञापनपत्रमा उपभोक्ता समितिलाई समयमा भुक्तानी नगर्दा सरकारकै कारण प्रदेशसभा बैठक अवरुद्ध हुँदै आएकोले समस्या समाधान गरी संसद बैठक सञ्चालनको वातावरण निर्माण गर्न, चालु आर्थिक वर्षमा सरकारले विनियोजन गरेको विकास निर्माणको कार्यक्रम सार्वजनिक नगरेको भन्दै प्रदेशको सबै निर्वाचन क्षेत्रमा पर्ने गरी यथाशीघ्र रातो किताब सार्वजनिक गर्न, संघीय सरकारद्वारा हस्तान्तरित जनता आवास कार्यक्रममा ढिला सुस्ती नगर्न, सबै निर्वाचन क्षेत्रमा घर हस्तान्तरण गरी व्यवस्थित रुपले कार्यान्वयन गर्न, अख्तियारी नपुगेको जिल्लामा अख्तियारी पठाउन मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराइएको छ ।

यसैगरी प्रदेश सरकारबाट पालिकाहरुमा पठाइने सर्शत अनुदानको योजना सम्बन्धित निर्वाचन क्षेत्रका प्रदेशसभा सदस्यले सिफारिस गरेको योजना कार्यान्वयन गराउन र प्रदेशभित्र सञ्चालनमा रहेका सामुदायिक कलेजहरुका लागि निर्माण तथा सञ्चालन खर्चको व्यवस्था गर्न समेत नेकपाले माग गरेको छ ।
गत आर्थिक वर्षझैं यस आर्थिक वर्षको अन्त्यमा पनि सबै कार्यक्रम बाँडने र समस्या बल्झाउने नियत सरकारले बोकेको हो कि भनेर नेता मण्डलले मुख्यमन्त्री राउतसँग जवाफ मागेका छन् ।

नेकपाले प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट किसानका लागि प्रदान गरिने अनुदान, कार्य्विधि तयार गरी निष्पक्ष तथा पारदर्शी ढंगले किसानलाई वितरण गर्न समेत माग गरेको छ । प्रदेश सरकारले ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानअन्तर्गत साइकल वितरण लगायतका कार्यक्रम एक पक्षीय र पूर्वाग्राही भएकोले यस्ता कार्यक्रममा सम्बन्धित क्षेत्रका प्रदेशसभा सदस्यको भूमिका कायम गराउन र प्रदेशमा वनको चोरी निकासी बढ्नुका साथै खोलाहरुमा अनाधिकृत रुपले नदीजन्य पदार्थको दोहन भइरहेकोले कडाइका साथ नियन्त्रण गर्न ज्ञापनपत्रमार्फत नेकपाले प्रदेश सरकारसँग माग गरेको हो ।

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री राउतले सदन सञ्चालनका लागि आफू प्रयासरत रहेको र चाँडै प्रदेशसभा बैठक बस्ने विश्वास दिलाए । नेकपाले उठाएको मागहरु गम्भीर र यथार्थ रहेको भन्दै यसलाई पूरा गराउन समेत मुख्यमन्त्री राउतले प्रतिवद्धता जनाए ।
आइतबार बसेको नेकपाको संसदीय दलको बैठकले सरकारको ध्यानाकर्षण गराउन मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको थियो ।

The post मुख्यमन्त्रीलाई आठ बुँदे मागसहित ज्ञापनपत्र appeared first on Rajdhani Daily News.

विश्वकप क्रिकेट: पाकिस्तानद्वारा श्रीलङ्का ६ विकेटले पराजित

रोजगार सेवा कार्यालय इटहरीमा खुल्यो

इटहरी / सुनसरी मोरङं औधोगिक करिडोर लगायत पुर्वी नेपालको विभिन्न क्षेत्रमा दक्ष कामदार उपलब्ध गराउने उदेश्यले सुनसरीको इटहरीमा इस्टर्न इम्प्लोइमेन्ट सर्भिस सञ्चालमा आएको छ । बेरोजगार ब्यक्तिहरुलाई शीप र क्षमताको अधारमा विभिन्न क्षेत्रमा दक्ष कामदारको रुपमा प्रशिक्षण दिने उदेश्यले रोजगार केन्द्रको रुपमा यसको सुरुवात गरेको सञ्चालक चण्डि गौतमले जानकारी दिनु भयो । इटहरी उद्योग बाणिज्य संघका अध्यक्ष भिम पौड्लले केन्द्रको औपचारिक कार्यक्रममार्फत शुभारम्भ गर्नु भएको हो ।

पुर्वी नेपालमा अहिले होटल, कलकारखाना, उद्योग, अस्पताल, विद्यालयलगायत संस्था र दक्ष कामदारको माग यसले पुरा गर्ने वाणिज्य सघं इटहरीका अध्यक्ष पौड्लले आशा व्यत्त गर्नु भयो । आफ्नो उधोग व्यवसायमा समेत दक्ष कामदारको कमि रहेकोले यस्ताखाले रोजगार सेवा कार्यालयलहरुले वजारको माग पुरा गर्न सहयोग पुर्याउने बताउनु भयो ।

रोजगार नभएकाहरुलाइ लक्षित गरेर सञ्चालनमा आएको उक्त सस्थावाट रोजगारी पाउनमा सहयोग पुग्ने अपेक्षा रहेको रिलायन्स स्पिनिग मिल्सका प्रशासन प्रमुख महेश पोख्रलले बताउनु भयो । राजधानी काठमाण्डौ लगायत मुलुकको विभिन्न क्षेत्रवाट दक्ष प्रशिक्षक झिकाइ प्राशिक्षार्थिहरुलाइ प्रयोगात्मक विधिवाट दक्ष वनाइने सञ्चालक चण्डि गौतमले बताउनु भयो ।

The post रोजगार सेवा कार्यालय इटहरीमा खुल्यो appeared first on Purbeli News.

उपराष्ट्रपति पुनद्वारा प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना

पेट्रोल र डिजेलको मूल्य घट्यो

काठमाडौँ / नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य समायोजन गरेको छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु दुईका दरले घटाइएको छ ।

इन्डियन आयल कर्पोरेशनले पठाएको पछिल्लो मूल्यसूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको हो । निगमका अनुसार पेट्रोल प्रतिलिटर रु १०८, डिजेल र मट्टितेल समान रु ९७ कायम भएको छ । यसअघि पेट्रोल प्रतिलिटर रु ११० र डिजल तथा मट्टितेल प्रतिलिटर रु ९९ रहेको थियो । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने हाल यथावत राखिएको छ ।

The post पेट्रोल र डिजेलको मूल्य घट्यो appeared first on Purbeli News.

शेयर बजारमा तीव्र गिरावट, सर्किट ब्रेकरपछि पनि फेरि ओरालो लागेपछि काराेबार बन्द

घुस लिएको अभियोगमा मोरङका तत्कालीन डिभिजन प्रमुखबिरुद्ध मुद्दा दायर

काठमाडौं, ०५ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन सडक कार्यालय विराटनगर मोरङका तत्कालीन डिभिजन प्रमुख जीतेन्द्रकुमार चौधरीले पदीय मर्यादाविपरीत सडकका विभिन्न आयोजनामा अनियमितता गरी अकूत कमाएको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले ठेकेदारसँग मिलेर सम्पत्ति आर्जन गरी घर घडेरी जोडेको, बैंकमा समेत रकम जम्मा गरेको, परिवारको अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको […]

भारतको नेशनल ल युनिभर्सिटीमा नेपाली न्यायिक अधिकारीहरुको प्रशिक्षण

दोश्रो इबीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता : अमृत र इबीए विजयी

काठमाडौं, ५ फागुन । अमृत र आयोजक इडेन ब्रिज एकेडेमी (इबीए) ‘बी’ ले दोश्रो इबीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्स थ्री बाइ थ्रीमा सोमबार जित हात पारेका छन् । दुवैले एनआईसीलाई पराजित गरे । अमृतले एनआईसीलाई १७–१४ तथा इबीएले एनआईसीलाई १९–१५ ले हराए । अमृतकी दिया न्यौपानेले ८ तथा इबीएकी अस्मिता विकले ९ अंक […]

हिट चलचित्रको सिरिज ‘एक भिलेन २’ मा जोनको जोडी दिशा

“सुनसरी लिटिल प्रीन्स एन्ड एन्जल-२०७६”को फाईनलमा स्वर्णिम र निनिमा

ईटहरी/ एल एन्ड सि मोडल एजेन्सीको आयोजनामा भएको “सुनसरी लिटिल प्रीन्स एन्ड एन्जल-२०७६” को ग्राण्ड फिनाले भब्य रुपमा सम्पन्न भएको छ । फाईनल कार्यक्रमबाट प्रीन्स तर्फ ईटहरीका स्वर्णिम कार्की बिजेता भए भने एन्जल तर्फ धरानकी निनिमा खवाङ लिम्बुले बिजेताको ताज पहिरिन सफल भईन । यस्तै प्रीन्स तर्फ फर्स्ट रनरअप अतुल गौतम र सेकेन्ड रनरअप प्रनबमान स्थापित भए ।

ईटहरी स्थित उधोग बाणिज्य संघको सभाहलमा सम्पन्न भएको कार्यक्रमको एन्जल तर्फ भने फर्स्ट रनरअप सिजासु भन्डारी र सेकेन्ड रनरअप समता विश्वकर्मा भईन । ईटहरी र धरानको अडिसनबाट फाईनलका लागि २६ प्रतिष्पर्धी छानिएका थिए ।

बिजेता प्रीन्स एन्ड एन्जललाई २५ / २५ हजार नगद, ट्रफी, सर्टिफिकेट र अन्य उपहार, फर्स्ट रनरअप प्रीन्स एन्ड एन्जललाई १५ / १५ हजार नगद र अन्य उपहार संगै सेकेण्ड रनरअप प्रीन्स एन्ड एन्जललाई १० / १० हजार नगद र अन्य उपहार प्राप्त गरेका छन् । कार्यक्रममा सव-टाईटल पनि प्रदान गरिएको थियो । एन्जल तर्फ सव-टाईटल मध्ये महत्त्वपूर्ण टाईटल मल्टिमिडिया अवार्ड समता विश्वकर्माले हात पारिन् भने बेस्ट स्माईल मुस्कान तामाङ, बेस्ट फोटोजेनिक प्रसंशा श्रेष्ठ, बेस्ट क्याटवाल्क अन्लिशा संकर, बेस्ट डिसिप्लेनको अवार्ड हिमानी चौधरीले हात पारिन् । यस्तै एन्जल तर्फ नै बेस्ट ट्यालेन्टको अवार्ड मुस्कान तामाङले हात पारिन भने बेस्ट ब्युटिफुल समता विश्वकर्मा, पब्लिक च्वाईस सुभानी चौधरी, मिस हस्पिटालिटी निनिमा खवाङ लिम्बू र बेस्ट फिगरको अवार्ड मुस्कान तामाङले हात पार्न सफल भईन ।

यता प्रीन्स तर्फबाट पब्लिक च्वाईसको अवार्ड अतुल गौतमले हात पारे भने मल्टिमिडिया अवार्ड स्वर्णिम कार्की, बेस्ट स्माईल अनिकेत सिकर्मी, बेस्ट फोटोजेनिक अतुल गौतम, बेस्ट र्याम्प वाल्क प्रनबमान स्थापित, बेस्ट डिसिप्लेन जेनिश कठेत, बेस्ट ट्यालेण्ट प्रनबमान स्थापित, बेस्ट ह्यान्डसम अनिकेत सिकर्मी, बेस्ट हस्पिटालिटी अतुल गौतम र बेस्ट फिजिक्सको अवार्ड स्वर्णिम कार्कीले हात पारे । कार्यक्रममा झनै रौनकता थप्नको लागि सहभागीहरुको आमाबुवाले पनि स्टेजमा र्याम्प गरेका थिए भने प्रतिष्पर्धीहरुको तालिम अबधिमा आमाबुवाले छोराछोरीको हेरचारको आधारमा २ जनालाई ‘सुपर मम-ड्याड’ को उपाधिले पनि सम्मान गरिएको थियो । जसमा सुपर मम सरस्वति श्रेष्ठ लिम्बु र सुपर ड्याड देबी प्रसाद रिजाल भएका थिए । सहभागीहरुलाई २२ दिन विभिन्न तालिमहरु प्रदान संगै र्याम्प वल्कको बिशेष तालिम दिइएको थियो ।

कार्यक्रमलाई ब्यबस्थापन दिपक गिरीले गरेका थिए भने फेशनको दुनियामा दशक लामो यात्रा पार गरिसकेका अनुभवी व्यक्तित्व निश्चल पालिखे कार्यक्रम संयोजकको रुपमा रहेका थिए । फाईनल कार्यक्रममा ईटहरी, धरान, झुम्का लगायतका झन्डै ५०० उपस्थित रहेका थिए । आयोजक कम्पनीका सिईओ दिपक गिरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेश १ कि उप-सभामुख सरस्वति पोख्रेल प्रमुख अतिथीको रुपमा रहेकी थिइन् । निर्णायकको रुपमा भने बराह ज्वलरीका सिएओ गङा कालिकोटे, मोडल तथा निर्देशक दिनेश कोइराला, प्राज्ञ राम धामी, होटल गजुर प्यालेस धरानकी सिओओ रन्जना झा र प्रमुख निर्णायकको रुपमा मिस लुमिनियर ईन्टरनेसनल वर्ल्ड २०१९ मा मिस ग्ल्यामरको उपाधी हात पारेकी सिम्रन श्रेष्ठ रहेका थिए ।

साझ करिब ६ बजेदेखि सुरु भएको कार्यक्रम १२ बजे समापन भएको थियो । कार्यक्रमको प्रमुख आकर्षणको रुपमा चर्चित बेली डान्सर बिनु साक्य, जादुगर महादेव त्रिपाठी र संसारकै होचो व्यक्तिको रुपमा वर्ल्ड रेकर्डको लागि अन्तिम तयारिमा रहेका मनोज बिक रहेका थिए । त्यसैगरी अफिसियल मेकअप आर्टिस्ट रुबिना श्रेष्ठ, इभेन्ट होस्टकारुपमा सरुपा थापा मगर, अफिसियल कोरियोग्राफर संगीता चौधरी, डिथ्री फोटोग्राफी र डिथ्री अनलाईन अफिसियल मिडिया तथा फोटोग्राफी पार्टनर हो भने ईभेण्टको मिडिया संयोजक सुवास संकल्प रहेका थिए । पब्लिक रिलेशन अफिसरको रुपमा जेरी शर्मा र ईभेण्ट सपोर्टरको रुपमा सुस्मिता श्रेष्ठ, प्रभा अधिकारि, कला, जुनु श्रेष्ठ, सर्मिला दाहाल र निष्मा क्षेत्री रहेका थिए । कार्यक्रममा साईनिङ्ग स्टार डान्स एकेडेमीको बिसेष डान्स र बिबेक नेपालिले गीत ताएर मनोरंजन प्रदान गरेका थिए ।

The post “सुनसरी लिटिल प्रीन्स एन्ड एन्जल-२०७६”को फाईनलमा स्वर्णिम र निनिमा appeared first on Purbeli News.

प्रधानमन्त्री प्रचण्डद्वारा संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग छलफल