Home Blog Page 1315

जनकपुरमा महिलामाथि सामुहिक बलात्कार

जनकपुरधाम । जनकपुरधाममा एक महिलामाथि सामुहिक बलात्कार भएको छ । जनकपुरधाम उपमहानगरपालिका ४ विश्वकर्मा चोकमा सोमबार बिहान अन्दाजी ३५ वर्षीया महिलामाथि सामुहिक बलात्कार भएको प्रहरीले जनाएको छ ।

बलात्कार आरोपमा घटनास्थलबाटै एक भारतीय नागरिकसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरीको औरही नगरपालिका ७ का २५ वर्षका नरेश महतो र भारत बिहार मधुवनी कलुवाहीका ४९ वर्षीय राघवेन्द्र प्रसाद सिंह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक अशोक झाले जानकारी दिएका छन् ।

घटनामा अन्यको पनि संलग्नता रहेको वा नरहेको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

The post जनकपुरमा महिलामाथि सामुहिक बलात्कार appeared first on Rajdhani Daily News.

खप्तड गोल्डकपको उपाधिका लागि थ्रीस्टार र सुदूरपश्चिम-११ भिड्ने

कांग्रेस संसदीय दलमा श्रद्धाञ्जली सभा

काठमाडौं । संघीय संसद, राष्ट्रियसभा सदस्य एवं नेपाली कांग्रेस नेता दुर्गाप्रसाद उपाध्यायको निधनप्रति नेपाली कांग्रेस संसदीय दलले सोमबार दलको कार्यालय सिंहदरबारमा श्रद्धाञ्जलीसभा कार्यक्रम सम्पन्न ग-यो ।

श्रद्धाञ्जली सभामा कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा, महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, राष्ट्रियसभा प्रमुख प्रतिपक्ष दलका नेता सुरेन्द्रराज पाण्डे, संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाण, सचेतक पुष्पा भुषाल गौतमका साथै प्रतिनिधि सभा, लेखा समितिका सभापति भरतकुमार शाहले शोक मन्तव्य राखेका थिए ।

सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले स्व. दुर्गाप्रसाद उपाध्याय, विकास प्रेमी, जुजारु एवं लोकप्रिय नेता भएको र उनले नेपालको लोकतान्त्रिक आन्दोलनहरु र पार्टीको संगठनमा सक्रिय योगदान पु-याएको स्मरण गरे । उनको असामयिक निधनले नेपाली कांग्रेसलाई मात्र नभई राष्ट्रलाई समेत अपुरणीय क्षति पुगेको बताए ।

The post कांग्रेस संसदीय दलमा श्रद्धाञ्जली सभा appeared first on Rajdhani Daily News.

कोरोनाको त्रासः चुम्बन नगर्न फ्रान्सेली स्वास्थ्यमन्त्रीको सुझाव

आरआर क्याम्पसमा अनेरास्ववियू र नेविसंघबीच झडप

काठमाडौं । काठमाडौँको रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा अनेरास्ववियू र नेपाल विद्यार्थी संघबीच झडप भएको छ ।

सोमबार बिहान भएको झडपमा अनेरास्ववियूको आक्रमणबाट नेविसंघका नेताहरु आविष्कार पौडेल, कुशल बस्नेत, सुमन खड्का घाइते भएका छन् ।

साथै अनेरास्ववियूका नेताहरु सङ्गम देवकोटा, मुकेश कुँवर, धर्म न्यौपने पनि घाइते भएका छन् । उनीहरुलाई प्रहरीले पक्राउ गरेका छ ।

यसैगरी नेविसंघबाट पक्राउ पर्नेमा पुष्कर बास्तोला, सञ्जिव ढकाल, सुनिल शर्मा, रामजी बस्नेत, उमेश गुरुङ, विपु खड्का रहेका छन् । पक्राउ परेका विद्यार्थीलाई पुलिस क्लवमा राखिएको छ ।

The post आरआर क्याम्पसमा अनेरास्ववियू र नेविसंघबीच झडप appeared first on Rajdhani Daily News.

कोरोनाभाइरस के हो? यसको संकेत देखिए के गर्नुपर्छ?

आविष्कार केन्द्रमा बाँदर भगाउने मेसिनदेखि मेडिकल ड्राेनसम्म, ४७ प्राेजेक्टमा काम हुँदै

काठमाडाैँ, ५ फागुन । देशको आर्थिक विकासमा योगदान पुर्याउने उद्देश्यसहित राष्ट्रिय आविष्कार केन्द्र खोलिएको छ । केन्द्रले कृषि, शिक्षा, बायोमेडिकल लगायत क्षेत्रमा अनुसन्धान गरिरहेको छ । तर, युवा तथा विद्यार्थीहरुका लागि प्लेटफर्म बनेको केन्द्रमा राज्यको भने सहयोग देखिँदैन । त्रिभुवन विश्वविद्यालय परिसरमा रहेको यस आविष्कार केन्द्रको लक्ष्य सीप तथा क्षमता भएका विद्यार्थी विदेश पलायन नहाेउन् […]

बङ्गलादेशी नागरिकलाई बन्धक बनाउने सात पक्राउ

व्लड क्यान्सरसँगै जुध्दै पत्रकार पौडेल

अमर काफ्ले इनरुवा, ५ फागुन । वरिष्ठ पत्रकार कमल पौडेललाई व्लड क्यान्सर भएको छ । ब्लड क्यान्सर पीडित पौडेल हाल काठमाण्डौंको सिभिल हस्पिटलमा उपचारको क्रममा छन् । जनआस्था साप्ताहिकबाट पत्रकारिताको सुरुवात गरेका पौडेल नेपाल समाचारपत्र दैनिकका लागि लामो समय वरिष्ठ सह–सम्पादकको रुपमा रही जिम्मेबारी निभाएका व्यक्ति हुन् । इटहरीको नमुना कलेज र बिराटनरका केही क्याम्पसहरुमा […]

देशैभर आज धेरै ठूलो पानी पर्ने सम्भावना

कस्मिरका पत्रकार इटा भट्टामा काम गर्न बाध्य

कस्मिरलाई केन्द्र शासित बनाएपछि मुस्लिम बाहुल समुदायले लगातार सरकारविरुद्ध आन्दोलन चर्काए।

इन्टरनेट, टेलिभिजन, रेडियो तथा टेलिफोनबाट कस्मिरमा भइरहेको विरोध प्रदर्शन र दमनको विषय विश्वभर डढेलो झैं फैलिएपछि सरकारले सबै संचारका माध्यम विच्छेद् ग¥यो।

सरकारले महिनौंसम्म आपतकालिन अवस्था घोषणा गरेर इन्टरनेट बन्द गरिदिएपछि भारत प्रशासित कस्मिरका सर्वसाधारणसँगै पत्रकारहरु पनि मारमा परे।

अहिले केही स्थानमा मात्र सीमित इन्टरनेट सेवा सुरु भएको छ। लेखेको समाचारहरु प्रकाशन तथा प्रासारण गर्ने माध्यम नहुँदा पत्रकारहरु पत्रकारिता बाहेकका क्षेत्रमा श्रम गरेर जीविका धान्न बाध्य बनेका छन्।

समाचार लेखेर घरखर्च चल्न नसक्दा केही पत्रकारहरु इटा भट्टामा काम गर्न बाध्य बनेका छन्।

२९ वर्षका मुनिब उल इस्लाम फोटोपत्रकार हुन्। पाँच वर्षयता उनी पत्रकारिताबाटै जीवनयापन गरिरहेका थिए।

तर गतवर्षको अगष्ट महिनामा जब केन्द्र सरकारले ल्यान्डलाइन फोन, मोबाइल तथा इन्टरनेट सेवा बन्द गरिदियो, अनि मुनिबले आफ्नो मनपर्ने काम गुमाए।

कस्मिरको विशेषाधिकार हटाएको भोलिपल्टैदेखि केन्द्र सरकारले कस्मिरका सबै स्थानमा संचारका सबै माध्यमहरुमाथि प्रतिबन्ध लगाएको थियो।

इन्टरनेट प्रतिबन्ध भएको समाचार विश्वभर नै फैलिएको थियो। तर मुनिबजस्ता स्थानीय पत्रकारले वास्तवमै कस्मिरमा के भइरहेको छ त्यो विश्वलाई सुनाउन पाएनन्। त्यसपछि उनीहरु अरु नै काम गर्न बाध्य बने।

Image result for kashmir journalists internet

इन्टरनेट प्रतिबन्धको विरोधमा कस्मिरका पत्रकार

यस वर्षको जनवरी महिनासम्म कस्मिरमा इन्टरनेट बन्द भएको १ सय ५० दिन पुगिसकेको थियो।

‘मैले पत्रकारिता रोजँे किनभने म मेरो समुदायको लागि केही गर्न चाहन्छु’ मुनिब भन्छन्, ‘मैले समर्पणका साथ यो द्वन्द्वग्रस्त क्षेत्रको समाचार बनाएँ तर कस्मिरले विशेषाधिकार गुमाएपछि मेरो यात्रा रोकियो।’

जनवरीदेखि सरकारले सीमित मात्रामा ब्रोडब्यान्ड सेवा र २जी सेवा सुरु गर्यो। यद्यपी मोबाइल इन्टरनेट र सामाजिक सन्जालहरु अधिकाँश स्थानमा प्रतिबन्धित नै छन्।

प्रदर्शन र हिंसालाई नियन्त्रण गर्न र कानुनी व्यवस्थालाई कायम गर्न कस्मिरका इन्टरनेट तथा संचारमाध्यममा प्रतिबन्ध लगाउनु आवश्यक रहेको भारत सरकारको दाबी छ।

हाल अनिश्चितकालका लागि कस्मिरमा इन्टरनेटसहितका संचारमाध्यममा प्रतिबन्ध लागेको छ।

अधिकारकर्मी तथा विपक्षी दलले सरकारको यस कार्य नागरिक अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकविपरित भएको बताउँदै आएका छन्।

जे भएपनि कस्मिरका पत्रकारहरुले आफ्नो काम गर्न पाएका छैनन्।

इन्टरनेट बन्द भएपनि महिनौंसम्म मुनिब इल इस्लामले कस्मिरका घटनाहरुको समाचार बनाए, फोटो खिचे। तर बनाएका सामाग्री संचारमाध्यममा पठाउन इन्टरनेट थिएन।

सेप्टेम्बर महिनामा उनी ६ हजार रुपियाँ खर्च गर्दै समाचार बनाउन राजधानी श्रीनगर पुगेका थिए। तर, पैसा सकियो। अनि उनले रिपोर्टिङलाई निरन्तरता दिन सकेनन्।

उनले अर्को उपाय पनि अपनाए। सीमित स्थानमा चालु रहेको ल्यान्डलाइन फोनमार्फत् रिपोर्टिङ गर्ने योजना बनाए। तर, समाचार वापत आउने पैसाले मेहनत पनि नउठेपछि उनले पत्रकारितालाई नै केहीसमय स्थगित गरे।

श्रीमती बिरामी पर्दा मुनिब आफ्ना भाइको सहयोगमा अन्य काममा संलग्न हुन बाध्य भए। उनले इटाभट्टामा काम थाले।

अनन्तनाग शहरमा इटाभट्टामा काम गर्दा उनले दैनिक ५ सय रुपियाँ पाउथे। यो पैसाले उनले संक्रमणको अवस्थामा राम्रोसँग परिवार चलाए। हाल उनी यही कामबाट गुजारा गरिरहेका छन्।

संचारमाध्यममा लागेको प्रतिबन्धका कारण मुनिब मात्र नभएर कस्मिरका प्राय सबै पत्रकार अन्य काम गर्न बाध्य बनेका छन्।

अर्का एक पत्रकार जसले वर्षौ पत्रकारितामा जीवन बिताए उनले नाम नभन्ने सर्तमा यतिबेला आफूले नयाँ व्यवसायमा जाने योजना बनाएको बताए। उनी चाँडै डेरी फार्ममा काम शुरु गर्दैछन्।

‘मसँग पैसा छैन किनभने ६ महिनायता मैले समाचार कसैलाई पठाउन पाएको छैन’ नाम गोप्य राख्ने सर्तमा तेस्रो पत्रकार भन्छन्, ‘परिवारले मलाई अर्को काम खोज्न दबाब दिइरहेका छन्। म के गर्न सक्छु र?’

कस्मिरमा डिसेम्बर र जनवरी महिनाबाट सीमित मात्रामा इन्टरनेटको सुविधा प्रदान गरिए पनि स्थानीय पत्रकारले लाभ लिन सकेका छैनन्।

Image result for kashmir journalists

अनन्तनाग शहरको एक सरकारी कार्यालयमा इन्टरनेट दिइएको छ जहाँ ४ वटामात्र कम्प्युटर छ। त्यो कार्यलयमा अत्यधिक भीड हुन्छ। मानिसहरु सामाजिक संजाल चलाउन जान्छन्, इमेल हेर्न जान्छन्, कामको आवेदन दिन जान्छन् पालो पाउनै मुश्किल पर्छ।

‘केही मिनेटको लागि मात्र कम्प्युटर चलाउन पाइन्छ, नेट पनि निकै ढिला चल्छ’ उनी भन्छन्, ‘काम गर्न साह्रै गाह्रो छ।’

लामो समयदेखि इन्टरनेटको प्रतिबन्ध झेलिरहेका कस्मिरका पत्रकारहरु आफ्ना श्रोतबाट अलग्गिसकेको अवस्था छ।

राजधानी श्रीनगरमा दुई दर्जन जति कम्प्युटर मात्र इन्टरनेटमा जोडिएका छन्। तर सयौं पत्रकारका लागि ती कम्प्युटर पर्याप्त छैनन्।

त्यहाँका पत्रकार आफूहरु विश्वमा भएका गतिविधिबारे महिनौंदेखि अनविज्ञ भएको र अन्धकारमा रहन बाध्य भएको बताउँछन्। –बीबीसी

खेल्न गएका बालककाे बिजुली पोलमा किचिएर मृत्यु

जनकपुरमा महिलामाथि सामूहिक बलात्कार, एक भारतीयसहित २ पक्राउ

जनकपुरमा एक महिलामाथि सामूहिक बलात्कार भएको छ। जनकपुरधाम उपमहानगरपालिका ४ विश्वकर्माचोकमा सोमबार विहान अन्दाजी ३५ वर्षीया महिलामाथि बलात्कार भएको हो।

बलात्कार आरोपमा प्रहरीले घटनास्थलबाटै एक भारतीय नागरिकसहित दुई जनालाई पक्राउ परेका छन्। पक्राउ पर्नेमा महोत्तरीको औरही नगरपालिका ७ का २५ वर्षका नरेश महतो र भारत बिहार मधुवनी कलुवाहीका ४९ वर्षीय राघवेन्द्र प्रसाद सिंह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक अशोक झाले जानकारी दिए।

बलात्कृत भएकी महिला कहाँकी हुन् भन्ने अहिलेसम्म नखुलेको र घटनामा अन्यको संलग्नता रहेको वा नरहेको भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताए।

चापागाईंलाई दाहाल यज्ञनिधि सम्मान प्रदान

आरआर क्याम्पसमा विद्यार्थी समूहबीच झडप

उपत्यकाको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसमा दुई विद्यार्थी समूहबीच झडप भएको छ। सोमबार बिहानै भएको झडपमा केही विद्यार्थी घाइते भए पनि सांगठनिक झडप नभएको विद्यार्थी नेताहरुले बताएका छन्।

नेविसंघले आफ्नो समूहका आविष्कार पौडेल, कुशल बस्नेत र सुमन खड्कामाथि आक्रमण भएको जनाएको छ। घटनालगत्तै प्रहरीले केही विद्यार्थीलाई नियन्त्रणमा लिएको थियो।

पिकनिकको विषयमा झगडा भएको बताइएको छ। केही विद्यार्थी घाइते समेत भएकोमा मोडेल अस्पतालमा उपचारपछि फर्किएका छन्।

रक्षा सचिव मेराे मान्छे हाे भन्दै सेनालाई ठग्ने पक्राउ

नेपालले जलविद्युतमा लगानी भित्र्याउन पहल गर्नु पर्छ : युएइका ऊर्जामन्त्री

युएइ । युएइका उद्योगमन्त्री सुहेल मोहमद फराज अल मजरुइले नेपालले जलविद्युतमा लगानी भित्र्याउन पहल गर्नुपर्ने बताएका छन् ।

उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडसँग आफ्नै कार्यकक्षमा आइतबार भएको भेटमा मन्त्री मजरुइले ऊर्जाको एक महत्वपूर्ण श्रोत जलविद्युत रहेको र नेपालमा जलविद्युतको प्रचुर सम्भावना रहेको जनाए ।

दुवै देशका मन्त्रीबीचको भेटमा युएइ र नेपालको जलविद्युत, नवीकरणीय ऊर्जा तथा पर्यटन क्षेत्रको विकासमा लगानी गर्न सकिने विषयमा छलफल भएको थियो ।

भेटका क्रममा मन्त्री दुगडले नेपालमा कृषि, पर्यटन जलविद्युत ऊर्जालगायतका क्षेत्रमा लगानीको प्रचुर सम्भावना रहेको उल्लेख गर्दै युएइ सरकार र निजी क्षेत्रलाई नेपालमा लगानी गर्न आग्रह गरे ।

नेपालले राजनीतिक स्थायित्व पाएपछि दिगो आर्थिक वृद्धि र विकासलाई प्राथमिकतामा राखेको जनाए ।

भेटमा दूतावासका तर्फबाट राजदूत कृष्णप्रसाद ढकाल, नियोग उपप्रमख रिता धिताल सहभागी थिए ।

मन्त्री दुगड दुवईमा निर्माणधीन नेपाल प्याभिलियनको निरीक्षणका लागि शनिबार युएइ आएका हुन् । उनलेले दुवइ एक्सपो २०२० का प्रतिनिधीसँग समेत भेटगर्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ ।

दुवइमा निर्माणधीन नेपाल प्याभिलियको गत नोभेम्बर अन्तिम साता राजदूत ढकाल र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले शिलान्यास गरेका थिए ।

स्याउको बोट बेचेरै करोडौँको कमाइ

जनप्रतिनिधि नै छुवाछूतबाट पीडित

गुल्मी । ‘मन्दिर वा गाउँघरमा हुने विवाह, भोज–भतेर लगायतका स्थानमा हामीलाई दलित भएकै कारण विभेद गरिन्छ ।’ धुर्कोट गाउँपालिका ५ वस्तुकी वडासदस्य एवम् गाउँकार्यपालिका सदस्य सरस्वती सुनारले भनिन्, ‘जनप्रतिनिधि नै छुवाछूतबाट पीडित भएका छौ ।’ उनले समाजमा अझै पनि दलित र गैरदलितबिच ठुलो विभेद रहेको भन्दै त्यसलाई हटाउन निकै चुनौति रहेको बताइन् ।

सदरमुकाम तम्घासमा रेसुङ्गा दलित महिला संजालद्वारा आयोजित दलित महिला प्रतिनिधिका चुनौति बिषयक कार्यक्रममा बोल्ने सबैजसो दलित महिला जनप्रतिनिधिहरुले जातिय छुवाछूत कायम रहेको, भोज–भतेर, मन्दिर लगायतका स्थानमा विभेद गरेको, वडा वा गाउँपालिकाका उच्च पदस्थहरुले आफुहरुका कुरा नसुनेको जस्ता गुनासा गरेका थिए । सत्यवती गाउँपालिका ४ की सदस्य झरना परियारले वडा र गाउँपालिकाले दलितहरुको क्षेत्रमा बजेट विनियोजन गर्न नमान्ने गरेको गुनासो गरिन् । ‘अहिले दलितहरुको लागि बजेट विनियोजन हुनैपर्ने बाध्यकारी व्यवस्था छैन, बोल्दा गाउँपालिकामा हाम्रो आवाज सुनिदैन ।’

उनले भनिन्, ‘गाउँपालिकामा हालिमुहाली गर्नेले दलितको लागि बजेट विनियोजन गर्न मान्दैनन् ।’ उनले आफुहरु पहिलेभन्दा अहिले निर्धक्कासाथ बोल्न सक्ने भएपनि गाउँकार्यपालिकाका अन्य सदस्यहरुले वास्ता नगरेको बताइन् । रेसुङ्गा नगरपालिका १० की सदस्य कमला विकले गाउँमा तरकारी छुदासमेत भेदभाव हुने गरेको बताइन् । दलितले गैरदलितको तरकारी, भाडाँकुडा वा अन्य सामग्री छुदा छिट्टो छर्कने, सुनपानीले चोख्याउने लगायतका गलत परम्परा अझै पनि आफुले सामना गर्नुपरेको उनले बताइन् । ‘मुखले केहि नभनेपनि व्यवहार त्यस्तो देखिन्छ, भेदभाव बढेको छ ।’ उनले भनिन्, ‘व्यवहारिक पाटोले गर्दा भेदभाव गर्ने सबैबिरुद्ध मुद्धा दर्ता गर्न सकिएको छैन ।’

उनले विवाहमा अझै पनि दलित र गैरदलितको भान्सा छुट्टै हुने गरेको गुनासो गरिन् । वडा सदस्य नारायणी विकले आफु कुनै भोज भतेरमा जाँदा विभेद हुनेबारे सोचेर मात्र जाने गरेको बताइन् । ‘गएपछि गैरदलितबाट छुट्टै बस्नुपर्दा अपमानित भएको अनुभव हुन्छ ।’ उनले भनिन्, ‘त्यस्ता धेरै अनुभवपछि आजकाल विचार गरेमा मात्र जाने गरेकी छु ।’ कार्यक्रममा सहभागि दलित महिला जनप्रतिनिधिहरुले महिलाहरुका पक्षमा थुप्रै काम गर्न चाहेपनि गर्न नसकेको गुनासो गरेका थिए । भने जातीय छुवाछूत प्रमुख समस्या भएको धारणा राखेका थिए ।

अधिकारका लागि आफै सङ्घर्ष गर्नुपर्छ
कार्यक्रममा बोल्दै प्रमुख अतिथि, दलित महिला संघकी जिल्ला अध्यक्ष कमला बरालले दलित महिला प्रतिनिधिहरु अझै पनि समाजबाटै उपेक्षित हुनु दुखद् विषय रहेको बताइन् । त्यसका साथै उनले अधिकार प्राप्तिका लागि आफै सङ्घर्ष गर्नुपर्ने बताइन् । ‘अझै पनि पानी नचल्ने, दलित भएकै कारण पछाडि पर्नुपर्ने विषय दुःखद् छ ।’

उनले भनिन्, ‘यस्तो सामाजिक समस्या सबै मिलेर न्यूनिकरण गर्नु आवश्यक छ ।’ कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सचिवालय सदस्य कृष्ण सुनारले आफ्नो अधिकारका लागि आफे सङ्घर्ष गर्नुपर्ने बताए । ‘अधिकार कसैले दिने होइन, सङ्घर्षबाट प्राप्त हुने प्रतिफल हो ।’ उनले भने, ‘यसका लागि दलितभित्रै एकता हुन आवश्यक छ ।’

त्यस्तै सरसफाई, गुणस्तरिय शिक्षा, आचरणलगायतका पक्षमा पनि सुधार हुनुपर्नेमा उनले जोड दिए । नेपाली काङ्ग्रेसका सचिवालय सदस्य झविन्द्र सुनारले राज्यले जातिय छुवाछूत अन्त्यका लागि सबै दलितहरु एक ठाँउ हुनुको विकल्प नरहेको बताए । जनचेतना फैलाउनु नै प्रमुख कार्य रहेकोले यसका लागि सबैले सहयोग गर्नुपर्ने बताए ।

छुवाछूत गर्नेलाई के छ सजाय ?
नेपालमा जातिय छुवाछूत न्यूनिकरणको लागि ‘जातिय छुवाछूत तथा कसुर ऐन २०६८’ जारी भएको छ । उक्त ऐनअनुसार कसूर गर्ने व्यक्तिलाई तीन महिनादेखि तीन बर्षसम्म कैद र ५० हजारदेखि दुईलाखसम्म जरिवाना हुने व्यवस्था रहेको छ । त्यस्तै छुवाछूत तथा भेदभाव गर्न मद्धत गर्ने, दुरुत्साहन गर्ने, उक्साउने वा त्यस्तो कार्य गर्न सहयोग गर्ने व्यक्तिलाई डेढ महिनादेखि डेढ बर्षसम्म कैद र २५ हजारदेखि एक लाखसम्मको जरिवाना हुने व्यवस्था रहेको छ । भने कोही व्यक्तिले गल्ती दोहोर्याएमा प्रत्येक पटक दोव्बर सजाय र सार्वजनिक पद धारण गरेको व्यक्तिले छुवाछूत गरेमा अन्यलाई भन्दा ५० प्रतिशत बढी सजाय हुने व्यवस्था रहेको छ ।

The post जनप्रतिनिधि नै छुवाछूतबाट पीडित appeared first on Rajdhani Daily News.

नेकपा अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार, जुत्ता प्रहार गर्ने व्यक्ति सुरक्षाकर्मीको नियन्त्रणमा