काठमाडौं, ३ फागुन । नेपाली सेनाका उच्च तहका अधिकारीहरुले राजीनामा दिने क्रम बढेको छ। सैनिक मुख्यालयका अनुसार यो वर्ष साउनेदेखि पुससम्ममा मात्र ४९ जना उच्च अधिकारीहहरुले राजीनामा दिएका छन् । रक्षा मन्त्रालयका अनुसार छोटो समयमा यति धेरै सैनिक उच्च पदाधिकारीहरुको राजीनामा जंगी अड्डाबाट स्वीकृतिका लागि मन्त्रालयमा आएको यो पहिलो पटक भएको छ । राजीनामा दिनेमा […]
काठमाडौं, ३ फागुन । बानेश्वरका एलिना अधिकारी बाथरुममा नुहाउन जाँदाको घटना कहिल्यै बिर्सनु हुन्न । त्यही समय ठूलो पाठ सिकाएको छ उहाँलाई । अधिकारी भन्नुहुन्छ, “जाडो मौसमको बिहान सोलारको तातो पानीले नुहाउन भ्यालढोका बन्द गरेँ । तातो पानी खोलेँ । सानो बाथरुम भएकाले त्यसमा धेरै बाफ जम्मा भएर म त नुहाउँदा नुहाउँदै निसास्सिएँ, त्यसपछि केही […]
हङकहङबाट हवाईजहाजमा काठमाडौंका लागि आउँदै गर्दा आकाशमै अचानक बेहोस भएका खोटाङका डिकप्रसाद राईको मृत्यु भएको छ।
नेपाली वायु सेवा निगमको आरए ४१० विमानमा गत मंगलबार काठमाडौं उड्ने क्रममा मस्तिष्काघात भएर बेहोस भएका ४९ वर्षीय राईको उपपचारका क्रममा शुक्रबार राति मृत्यु भएको हो।
हङकङको प्रिन्स मार्गरेट अस्पतालको सघन कक्षमा उपचाररत उनको शुक्रबार राति ८ बजे मृत्यु भएको उनका आफन्तसमेत रहेका किरात राई यायोख्खा (हङकङ)का भूतपूर्व अध्यक्ष रजिन राईले नेपालखबरलाई जानकारी दिए।
८० प्रतिशत मस्तिष्क नष्ट भई मस्तिष्कमा रगत जम्दा उनलाई बचाउन नसकएिको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।
आफन्त राईका अनुसार मृतकलाई यलुङ्छा परिवारले किरात राई परम्पराअनुसार हङकङमै दाहसंस्कार गर्नेछ। उनी खोटाङका स्थायी बासिन्दा भएकाले खोटाङ समाज हङकङ तथा यायोख्खा हङकङका भाषिक सस्था चाम्लिङ खाम्बातिमसँग पनि दाहसंस्कारका लागि सहयोग मागिएको उनले बताए।
यलुङ्छा परिवारका डिकप्रसाद, राई-यलुङ्छा परिवारका सल्लाहकार पनि थिए। परिवारका अध्यक्ष जयराम राईले मृतकको सबै परिवार नेपालमै भएकाले उनको अन्त्येष्टि यलुङ्छा परिवारले गर्नेछ।
नेपाली राहदानीवाहक डिकप्रसाद लामो समयदेखि हङकङको युनलोङमा बसिरहेका थिए। उनी गत मंगलबार हङकङबाट काठमाडौं सिलसिलामा विमानभित्रै बेहोस भएका थिए।
त्यसपछि जहाजलाई हङकङमै आकस्मिक अवतरण गरी उनलाई अस्पताल भर्ना गरिएको थियो। कतिपयले अहिले विश्वभर आतंक मच्चाइरहेको कोरोना भाइरसको संक्रमणले पो हो कि भन्ने आशंकासमेत व्यक्त गरेका थिए।
तर उनको मृत्यु र कोरोना भाइरसबीच कुनै सम्बन्ध नरहेको जयरामले जानकारी दिए।
भरत केसी बुटवल, ३ फागुन । प्रदेश ५ सरकारले प्रदेशमा विकासका योजना सञ्चालन गर्दा गौरवका आयोजनका लागि मापदण्ड तय गरेको छ । प्रदेश सरकारले गौरवका आयोजनाका लागि मापदण्ड नै निर्माण गरेर कार्यान्वयन गर्ने निर्णय गरेको हो । प्रदेश सरकार मन्त्रिपरिषद्को आज मुख्यमन्त्री कार्यालयमा बसेको बैठकले प्रदेश गौरवका आयोजना निर्धारणसम्बन्धी मापदण्ड २०७६ स्वीकृत गरेको प्रदेश बैठकपछि […]
ललितपुर सानेपामा मुना कार्कीको हत्या र विजय चौधरीको आत्महत्या घटनाको गुत्थी सल्ट्याउन प्रहरीलाई मुस्किल परेको छ। दुवै जनाको पोस्टमार्टम रिपोर्ट प्रहरीको हातमा पुगिसकेको छ। तर, घटना अझै रहस्यमै छ।
घरेलु कामदार विजयले नै पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुनाको हत्या गरी आफूले झुण्डिएर आत्महत्या गरेको निष्कर्ष प्रहरीले सार्वजनिक गरिसकेको छ। तर, विजयले के कारणले हत्या र आत्महत्या गरे, अर्थात् यो अपराध गर्नुको पछाडि उनको मनसाय के थियो भन्ने चाहिँ प्रहरीले टुंगो लगाउन सकेको छैन। हाल प्रहरी अधिकारीहरुले यसैतर्फ अनुसन्धान केन्द्रित गरेका छन्।
के छ पोस्टमार्टम रिपोर्टमा? मुना कार्की र विजय चौधरीको शव पोस्टमार्टम गरेको पाटन अस्पतालले शुक्रबार प्रहरीलाई रिपोर्ट बुझाएको छ। रिपोर्टमा मुनाको आँखा र टाउकोमा चोट छ भने नाडीमा हात बाँधेको डोब पनि देखिएको छ।
रिपोर्टमा उनको मृत्यु भने ‘घाँटी थिचेका कारण’ उल्लेख गरिएको महानगरीय प्रहरी परिसर जावालाखेलका प्रमुख एसएसपी टेकप्रसाद राईले बताए।
विजयको भने ‘झुण्डिएका कारण’ मृत्यु भएको रिपोर्टमा उल्लेख छ।
‘अहिलेसम्म हामीलाई प्राप्त तथ्य प्रमाण र पोस्टमार्टम रिपोर्टका आधारमा म्याडम कार्कीको हत्या कामदार विजय चौधरीले नै गरेको हो भन्ने हाम्रो निश्कर्ष छ’, एसएसपी राईले शुक्रबार नेपालखबरसँग भने, ‘भुइँमा लडाएर घाँटी थिचेर मारेको देखियो।’
सोमबार बिहान अर्जुन कार्की पशुपति गएका बेला बिहान ९ देखि साढे ११ बजेबीच सो घटना भएको उनले बताए।
प्रहरीले कार्कीको घरमा कुनै न कुनै रुपमा जोडिएकाहरुसँग पनि अनुसन्धान जारी राखेको छ।
अर्जुन कार्कीका गाडी चालक नुवाकोटका दीपेन्द्र डंगोल, उनको घरमा काम गर्ने महिला मीना कोइराला र घटना घटेको दिन सोमबार कार्की निवासमा गएका प्लम्बर रमेश कार्कीसँग पनि प्रहरीले सोधपुछ गरिसकेको छ।
‘यी सबैका अतिरिक्त हामीले विजयका बुबा जानकी चौधरीसँग पनि अन्तर्वार्ता लियौँ,’ एसएसपी राईले भने, ‘मुनाको हत्या विजयले नै गरेको हो भन्नेमा अब कुनै शंका छैन।’
‘विजयमा त्यस्तो अस्वभाविक केही थिएन’ घटना घटेकै दिन पनि प्रहरीले कार्कीका छिमेकीहरुसँग घटनाबारे कुराकानी गरेको थियो। विजयले आउजाउ गर्ने ठाउँ, उसले सामान ल्याउने गरेको पसललगायतका स्थानमा पुगेर पनि प्रहरीले अध्ययन गरिरहेको छ।
सोमबार बिहान पानी तान्ने मेसिन बिग्रिएपछि प्लम्बर रमेश कार्कीलाई मुनाले फोन गरेर बोलाएकी थिइन्। रमेशले बिहान ८ बजे नै त्यहाँ पुगेर मेसिन मर्मत गरेको प्रहरीसँग बताएका छन्।
‘मुना मेडमले राम्रैसँग कुरा गर्नुभएको थियो, विजय भाइले पनि अह्राएको काम गरेका थिए’, रमेशको बयान उधृत गर्दै एसएसपी राईले बताए।
सानेपा बस्ने अर्जुन कार्कीका ड्राइभर दीपेन्द्र डंगोलसँग पनि प्रहरीले मुनाको आनाबानीदेखि कामदार विजयको स्वभावबारेमा कुरा गरेको थियो। दीपेन्द्रले त्यो दिन बिहान सबैथोक सामान्य देखेको बयान दिएका छन्।
‘७ बजे कार्कीका छोरालाई खुमलटारमा रहेको स्कुल पु¥याएर ड्राइभर रमेशले गाडी कार्की निवासमै छोडेर निस्केका रहेछन्,’ राईले भने।
वरिपरिका छिमेकी र काम गर्ने कामदार मीना कोइरालाले पनि विजयबारे कुनै नकारात्मक कुरा नसुनाएको ललितपुर प्रहरी प्रमुख राई बताउँछन्।
विजयका बाबु जानकी भन्छन्ः कसरी र किन यस्तो घटना भयो होला, अचम्ममा छु
किन गरे त विजयले हत्यापछि आत्महत्या? प्रहरी सजिलै भन्छ– विजयले मुनाको हत्या र आफूले आत्महत्या गरे। तर, यस्तो जघन्य अपराधको कारणबारे चाहीँ प्रहरी केही बताउन सक्दैन।
अहिलेसम्म प्राप्त प्रमाण हेर्दा विजय यस्तो अपराध गर्ने मनस्थितिमा किन पुगे, भन्न नसकिने एसएसपी राईले बताए।
‘हामीले प्रमाणका आधारमा मात्रै बोल्नुपर्छ,’ एसएसपी राई भन्छन्, ‘घरमा जोडिएको सीसीटिभी फुटेजलाई पनि विभिन्न किसिमले हेर्नुपर्ने हुन्छ।’
‘घरभित्र र बाहिर सामाजिक, आर्थिक, सांस्कृतिक रुपमा कहीँ न कहीँ उनीहरुबीच द्वन्द्व भएको हुनसक्छ,’ एसएसपी राईले भने, ‘७ वर्ष घरमा परिवारको सदस्यजस्तै भएर बसेको, त्यहीँ रमाएको कामदार आफ्नै मालिक्नीको हत्या गर्ने अवस्थामा त्यसै पुग्न सक्दैन, हाम्रो खोजी यही विषयमा केन्द्रित छ।’
विजयले कार्की परिवारमा आफू खुसी रहेको सन्देश घरमा पठाएको देखिएको पनि एसएसपी राईले बताए।
उनले भने, ‘कार्की घरपरिवारप्रति उसको आस्था देखिन्छ तर त्यही परिवारको आमाजस्तै मानेको व्यक्तिको हत्याको कारण खोजीका लागि प्रविधिको प्रयोग गरिरहेका छौँ।’
त्यसैले मुना र विजयले प्रयोग गरिरहेको मोबाइल अहिले फरेन्सिक ल्याबमा परीक्षणको क्रममा छ। त्यसैबाट हत्याको रहस्य पत्ता लगाउने प्रयासमा प्रहरी छ।
‘कसैकसैमा गेम खेलिरहँदा पनि आपराधिक मनोविज्ञान विकास हुन सक्छ,’ उनले भने, ‘हामी प्रविधिबाट हुनेखालका यस्तै विषयलाई पनि सूक्ष्म रुपमा अनुसन्धान गरिरहेका छौं।’
मोबाइलमा रहेका र डिलिट भएका सबै सामग्री रिकभर गरी डाटा उतार्न समय लाग्ने देखिन्छ।
एसएसपी राईका अनुसार फरेन्सिक ल्याबमा जाँच गरेपछि प्रहरीले एक हप्तामा अनुसन्धान टुंग्याउन सक्छ। उनको भनाइलाई आधार मान्दा एक सातापछि मात्रै प्रहरीले सानेपा हत्याको निश्कर्ष सार्वजनिक गर्न सक्नेछ।
विजयले सुसाइड नोट किन लेखेनन् भन्नेबारे पनि हामी अध्ययन गरिरहेका छौँ : एसएसपी राई
‘सुसाइड नोट’ नहुँदा अनुसन्धानमा सकस अनुसन्धान गर्ने प्रहरीका लागि सधैँ ‘क्लु’ बन्ने गरेको सुसाइड नोट भने विजयले छाडेनन्। उनले त्यो किन छाडेनन् भन्ने प्रश्न पनि प्रहरीका लागि अर्को रहस्य बनेको छ।
‘घटनाको रहस्य खोतल्दै जाने क्रममा विजयले सुसाइड नोट किन लेखेनन् भन्नेबारे पनि हामी अध्ययन गरिरहेका छौँ,’ एसएसपी राईले भने।
विजयको शव परिवारले दाङमै लगेर अन्तिम संस्कार गरिसकेको छ भने मुनाको पनि काठमाडौंमा अन्तिम संस्कार भइसकेको छ।
प्रहरीका लागि जुनसुकै आपराधिक घटनामा पनि तीन वटा पक्ष महत्वपूर्ण हुन्छन्– घटनास्थल, पीडित र पीडक। सानेपा हत्याकाण्डमा भने यी सबै प्राप्त गरेर जघन्य अपराध पुष्टि भइसक्दा पनि प्रहरीले घटनाको रहस्य सल्ट्याउन सकिरहेको छैन।
आखिर यस्तै रहस्यमय घटनाहरुबाटै हो, प्रहरी अधिकारी र संगठनको दक्षता र योग्यताको मापन हुने। तसर्थ, सानेपा घटना प्रहरीकै लागि पनि परीक्षा बनेको छ।
इलाम । इलाममा एक वर्षमा ४९ जना नवजात शिशुको विभिन्न कारणले मृत्यु भएको छ । सन् २०१९ देखि हालसम्ममा ४९ जना नवजात शिशुको निधन भएको ‘वन हर्ट वल्ड वाइड’ नामको गैर सरकारी संस्थाले पहिचान गरेको हो । वनहर्टले इलाममा मातृ शिशु स्वास्थ्यको क्षेत्रमा सन २०१८ देखि काम गर्दै आएको छ ।
जन्मेको २८ दिनभित्र शिशुहरूको मृत्यू भएको हो । त्यसमा सूर्योदय नगरपालिकामा सबैभन्दा बढी मातृ शिशुको निधन भएको पाइएको छ । सूर्योदयमा मात्रै १६जना नवजात शिशुको निधन भएको तथ्यांकमा उल्लेख छ ।
इलाम नगरपालिका, फाकफोकथुम गाउँपालिका र चुलाचुली गाउँपालिकामा पाँच÷पाँच जना नवजात शिशुको निधन भएको पुष्टि भएको छ । एक वर्षको अवधिमा माई नगरपालिका, देउमाई नगरपालिका र माइजोगमाई गाउँपालिकामा चार÷चार जना नवजात शिशुको निधन भएको छ । सन्दकपुर गाउँपालिकामा तीन, माङसेबुङ गाउँपालिकामा दुई र रोङ गाउँपालिकामा एक जना नवजात शिशुुले ज्यान गुमाएको तथ्यांकमा उल्लेख छ ।
अधिकाशं शिशुको घरैमा निधन भएको पाइएको छ । केहीले स्वास्थ्य संस्था लैजाँदा लैजाँदै बाटैमा ज्यान गुमाएका छन् । कतिपय शिशुको भने स्वास्थ्य संस्थामानै निधन भएको तथ्यांकमा उल्लेख छ । जिल्लामा रहेका प्राथामिक स्वास्थ्य संस्थादेखि झापा र मोरङका नाम चलेका अस्पतालहरुमा समेत इलामका नवजात शिशुहरूको निधन भएको पाइएको छ ।
नवजात शिशुको निधनको एकिन कारण नखुेको भएपनि समय नपुगी जन्मेका शिशु, घरमानै सुत्केरी गराउँदा र नवजात शिशु स्याहारबारे जानकारी नहुँदा नवजात शिशुको निधन हुने गरेको बताइएको छ । वन हर्ट वल्ड वाइटले स्वास्थ्य संस्था र महिला स्वास्थ्य स्वंयम सेविका मार्फत पाएको सूचनालाई स्थलगत रुपमा पनि जाँचबुझ गर्ने गरेको छ ।
‘हामीले सूचना पाएपछि स्थानीय स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयम्सेविकालाई लगेरै घटनाको बारेमा बुझ्छौ’, वन हर्ट वल्ड वाइटका इलाम संयोजक सन्दिप गुरुङले भने,‘अहिले नवजात शिशुको निधन भएमा रिपोर्टिङ गर्ने चलन बढेकाले संख्या बढी देखिएको हो ।’ वन हर्टले एक वर्षमा भएका घट्नाहरूको मात्रै अभिलेखिकरण गर्ने गरेको जनाएको ।
‘एक वर्षभन्दा अघि भएका घटनालाई हामी अभिलेखीकरण गर्दैनौ’, कार्यक्रम संयोजक गुरुङ भन्छन्,‘यसमा जिल्ला बाहिर भएका घटनाहरु पनि समावेश छन् ।’ जिल्ला स्वास्थ्य कार्यालयमा भने जिल्ला बाहिर भएका घटना अभिलेखीकरण हुँदैन । कार्यालयले स्वास्थ्य संस्थामा भएका घटना मात्रै अभिलेखीकरण गर्ने भएकाले सरकारी तथ्यांकमा नवजात शिशु निधनको संख्या कम मात्रै हुने गरेको छ ।
‘स्वास्थ्य संस्थामा भएका घटना मात्रै जिल्ला स्वास्थ्य कार्यालयमा थाहा हुन्छ’, स्वास्थ्य कार्यालय इलामका प्रमुख बृज कुमार दासले भने,‘बाहिरी जिल्लाको स्वास्थ्य संस्थामा भएका घटना त्यहीबाट रिपोर्टिङ हुन्छ, जिल्लाको तथ्यांकमा देखिदैन ।’ बाहिर भएका घटना जिल्लाबाट पनि सूचीकरण गराउँदा दोहोरो पर्ने भएकाले अन्य जिल्लाबाटै स्वास्थ्य सूचना प्रणालीमा दर्ता हुने गरेको छ ।
सुत्केरी महिला या नवजात शिशुको निधन भएको थाहा पाएपनि स्वास्थ्यकर्मीले आफ्नो कार्यक्षमता माथि प्रश्न उठ्ने डरले स्वास्थ्य कार्यालयलाई जानकारी गराउँदैनन् । स्वास्थ्य संस्था बाहिरका घटना थाहा भएपनि स्वास्थ्यकर्मीले थाहा नभएझै गर्ने गरेका छन् ।
घटनाको बारेमा जानकारी दिए वन हर्टले महिला स्वास्थ्य स्वयमसेविकालाई सुविधा दिने गरेको छ । त्यसले वनहर्टलाई जानकारी प्राप्त हुने गरेको छ । स्वास्थ्य कार्यालयमा करिब २५ प्रतिशत हाराहारीले मात्रै संस्थागत सुत्केरी गराउनेको गरेको तथ्यांक छ । गैर–सरकारी संस्थाहरूले गरेको अध्ययनमा घरमा सुत्केरी गराउनको संख्या निकै कम छ ।
एक वर्षमा दुई हजार एक सय ६७ महिला सुत्केरी भएका छन् । तीमध्ये घरैमा सुत्केरी गराउनेको संख्या एक सय २८ मात्रै छ । एक हजार आठ सय ४२ जनाले जिल्ला बाहिर गएर सुत्केरी गराएका छन् ।
सिन्धुली । नेपाल विद्युत प्राधिकरण सिन्धुली वितरण केन्द्रका सहायक प्रवन्धक इन्जिनियर शेरबहादुर सुनार शुक्रबार घुस सहित पक्राउ परेका छन् । प्राधिकरणको कार्यालय भवनको तला थप गर्ने कार्य सम्पन्नपछि अन्तिम विल भुक्तानीको सँग ७५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा सुनार पक्राउ परेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार इन्जिनियर सुनारले उक्त घुस रकम सोही कार्यालयका हलुका सवारी चालक टेक बहादुर खड्कालाई लिन पठाएका थिए । उक्त घुस रकम लिएर खड्का भाग्दै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
खड्कालाई कमलामाई नगरपालिका – ७ ,गैरी चोकबाट पक्राउ गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । अख्तियारले सुनारलाई कार्यालयबाटै पक्राउ गरिएको कोइरालाले बताए । दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उनले बताए ।
दैलेख । कर्णाली प्रदेशमा चिनबाट आयात हुने स्याउ र लसुनको मुल्य बृद्धि भएको छ । चीनमा आवतजावत बन्द हुँदा कर्णालीमा स्याउ र लसुनको मुल्य आकाशिएको हो । कर्णाली प्रदेश राजधानी सुर्खेतमा अहिले लसुनको मुल्य आकासिए सँगै लसुनको व्यापार समेत कम हुन थालेको छ ।
केही महिना पहिले भारतबाट आयात हुने प्याजको मुल्य बृद्धि भएपछि आर्थिक अबस्था कमजोर भएका नागरिकहरुले प्याजको समेत प्रयोग गर्न छाडेका थिए । केहिदिन देखि प्याजको मुल्य घटेको भएप्नि लसुनको मुल्य दोब्बर बढेका व्यापारी बताउँछन् ।
कृषि बजार सुर्खेतका अध्यक्ष प्रबल शाहीले चीनमा देखिएको कोरोना भाईरसका कारण आवात–जावत बन्द भएपछि लसुनको मुल्य झण्डै ७ सय रुपैँया बराबर प्रतिकिलो विक्रि हुन थालेको जानकारी दिए । शाहीले भने, कोरोनाका कारण प्रत्यक्ष रुपमा चीनबाट आयात हुने स्याउ र लसुनमा प्रभाव परेको छ । शाहीका अनुसार प्याज केही दिन अघि देखि घटेर ८० देखि ९० रुपैँया प्रति केजि विक्रि भईरहेको छ । पछिल्लो समय तरकारी उत्पादन केही मात्रामा वृद्धि भएपनि कृषकहरुले तरकारी उत्पादन नगरिँदा सामान्यतयाः खुर्सानी,काउली, बन्दा पनि वाहिरबाट आयात गर्नुपर्ने बाध्यता रहँदै आएको छ ।
यस्तैगरि, सुर्खेतमा तरकारी पसल सञ्चालन गरेकी यमुना शर्माले गत बर्ष भन्दा यो बर्ष हरेक तरकारीको मुल्यमा बृद्धि भएको बताईन । धेरै बर्षातले तरकारी बारीमा कुहिएको हुनाले तरकारी मुल्यमा बृद्धि भएको हो । यस्तैै, कर्णप्रिय फलफुल तथा तरकारी पसलमा सञ्चालक मिमा बुढाले लसुन महँगो भएका कारण लसुन किन्ने सेवाग्राहिको सँख्या घट्दो क्रममा रहेको बताए । प्राय ठुला–ठुला होटेलहरुमा लसुन लिने गर्दछन्,’। ‘नत्र खासै व्यापार हुँदैन् ।’ तरकारी बजारका केहि तरकारी मण्डिहरुमा समेत लसुन नपाईने गरेको उपभोक्ताहरुले बताएका छन् ।
प्रदेश राजधानीमा रहेका अधिकाँश तरकारी मण्डिहरुमा तरकारीको समान मुल्य छैन । जसको प्रत्यक्ष मार सेवाग्राहीले भोग्नुपरेको छ,‘तरकारी मण्डिमा तरकारी किन्दै गरेका एक सेवाग्राहीले भने् । तरकारी व्यापारी भने् ‘दिन प्रतिदिन तरकारीको मुल्य घट–बढ हुने भएकाले तरकारी मुल्य समान हुन नसक्ने बताए ।
अर्गाानिक प्रदेशमा तरकारीको आयातमा बृद्धि
कर्णाली प्रदेश सरकारले पहिलो वैठकबाट प्रदेशलाई अर्गानिक प्रदेश बनाउने निर्णय गरेपनि प्रदेशको राजधानी सुर्खेतमै करौडौंको तरकारी आयात हुने गरेको छ । अत्याधिक बर्षा भई कृषकले लगाएको तरकारी बारीमै कुहिएपछि तरकारी बाहिरबाटै आयात गर्नु परेको हो ।
प्रदेश सरकारको भुमि, व्यवस्था, कृषि तथा शहकारी मन्त्रालयका प्रवक्ता तथा बरिष्ठ कृषि अर्थविज्ञ हरि प्रसाद पण्डित बाहिरको तरकारीलाई विस्थापित गर्नका लागि प्रदेश सरकारले बेमौसमी तरकारी उत्पादनलाई बढवा दिन लागेको बताए । बेमौसमी तरकारी उत्पादन गर्नका लागि नर्सरी, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट जोनहरु बनाईनुका साथै १ सय वटा ब्लक र पकेटका विभिन्न कार्यक्रम प्रदेशका १० वाटै जिल्लामाहरुमा सञ्चालनमा ल्याईएको जानकारी दिए ।
उनले भने, २ सय ५४ स्थानमा कृषि सिँचाई कार्यक्रमहरु पनि अघि बढाईएको पण्डितले जानकारी दिए । ‘ उनले भने, ५ बर्ष भित्र कर्णाली प्रदेश अर्गानिक प्रदेशको रुपमा विकसित भईसक्छ । उत्पादित तरकारीको बजारीकरणको लागि समस्या रहेको स्वीकार गरे । विद्युत र सडक अभावले समस्या भएको हो । वजारीकरण गर्नका लागि कृषि सडकहरुको निर्माढा क्रमजारी छ । उत्पादनलाई जोड् नदिँदा तरकारी बाहिरबाट आयात गर्नुपर्ने बाध्यता भएको हो मन्त्रालयका प्रवक्ता पण्डितले बताए ।
काठमाडौं, ०२ फागुन । १. मगर राजा बलीहाङले स्थापना गरेको राज्य बा्र« मगराँत क्षेत्रको धरोहरहरु जीर्ण बन्दै नेपालको एकीकरण पूर्व अस्तित्वमा रहेका बाइसे चौबीसे राज्यहरुमा बलिहाङगढीको चर्चा अझै पनि इतिहासका पानाहरुमा सुरक्षित छ । १४ औं शताब्दीमा मगर राजा बलिहाङ राना मगरले बाह्र मगराँत क्षेत्रको एकीकरण गरी स्थापना गरेको बलिहाङ राज्यको त्यसबेलाको साम्राज्य चानचुने थिएन […]