Home Blog Page 1329

नोवल कोरोनाको पूर्वसावधानीका लागि धनगढी विमानस्थलमा ‘हेल्थ डेस्क’ स्थापना

कैलाली, २ फागुन । नोवल कोरोना भाइरसले जोखिम ल्याउन सक्ने भन्दै पूर्वसावधानी अपनाउनका लागि सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले धनगढी विमानस्थलमा आज हेल्थ डेस्कको स्थापना गरेको छ । छिमेकी राष्ट्र चीन, थाइल्यान्डलगायत विदेशबाट काठमाडौँ भई धनगढी विमानस्थलमा आउने यात्रुमा कोरोना भाइरस सङ्क्रमित लक्षणहरु छ वा छैन भनी परीक्षण (स्क्रिनिङ) गर्नका लागि सावधानी अपनाउन हेल्थ डेस्कको […]

एनएससी-काभा महिला भलिबल : नेपाल भारतसँग पराजित भएपनि सेमिफाइनलमा प्रवेश

कर्मचारीतन्त्रमा ओली सरकारले गर्‍यो फेरबदल, १६ सहसचिव को कहाँ ?

काठमाडौं – कम्युनिस्ट सरकारले १६ जना सहसचिवको सरुवा गरेको छ ।

विभिन्न मन्त्रालय र निकायमा कार्यरत सहसचिवहरूको सरुवा गरिएको हो ।

सामान्य प्रशासन मन्त्रालयका सहसचिव भूपाल बरालको महालेखा नियन्त्रक कार्यालय काठमाडौं सरुवा भएको छ ।

सामान्य प्रशासन मन्त्रालयका सहसचिव केदार पनेरुको अर्थ मन्त्रालयमा सरुवा भएको छ । जनकपुर उपमहानगरपालिका धनुषाका उमेश बस्नेतको श्रम मन्त्रालयमा सुरुवा भएको छ ।

जितपुर सिमरा उपमहानगरपालिका बाराका खड्गबहादुर कार्कीको मधेशी आयोगमा सरुवा भएको छ । प्रदेश प्रमुखको कार्यालय प्रदेश १ का सहसचिव ठाकुर सिग्देलको प्रदेश प्रमुखको कार्यालय, कर्णाली प्रदेश सुर्खेतमा सरुवा भएको छ ।

धनगढी उपमहानगरपालिका कैलालीका हरि बखतीलाई राष्ट्रिय समावेशी आयोगमा सुरुवा गरिएको स्रोतले जनाएको छ ।

वीरगञ्ज महानगरपालिका पर्साका कृष्णप्रसाद धिताललाई राष्ट्रिय दलित आयोग, विराटनगर महानगरपालिका मोरङका भीष्म न्यौपानेलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, राष्ट्रिय समावेशी आयोग, काठमाडौंका वासुदेव शर्मालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सुरुवा गरिएको छ ।

राष्ट्रिय दलित आयोगका सुशील ढकाललाई राष्ट्रिय कितावखानाको महानिर्देशकमा सरुवा गरिएको छ । कम्युनिस्ट सरकारले घोराही उपमहानगरपालिका दाङका टीकाराम ज्ञवालीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय प्रदेश २ का सहसचिव तेजराज पाण्डेलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गरिएको छ ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशका सहसचिव शंकरप्रसाद सुवेदीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा भएको छ ।

कर्णाली प्रदेश प्रमुखको कार्यालय सुर्खेतका सहसचिव आनन्द सारूलाई तुलसीपुर उपमहानगरपालिका दाङमा सुरुवा गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाका कृष्णकान्त उपाध्यायलाई प्रदेश प्रमुखको कार्यालय, प्रदेश ५ बुटवलमा सुरुवा गरिएको छ ।

हेटौंडा उपमहानगरपालिका उपेन्द्र खनाललाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ ।

दक्षिण कोरियामा २ हजार ३३७ जना कोरोना भाररस सङ्क्रमित

सरकारका दुई वर्ष उपलब्धिविहीन : उपसभापति निधि

पर्वत, २ फागुन । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारका दुई वर्षको अवधि ठोस उपलब्धि हुन नसकेको बताएका छन् ।

उनले सरकारले ठोस उपलब्धि हासिल नगरि २ वर्ष बिताएको टिप्पणी गरे ।

पर्वतको सदरमुकाम कुश्माबारमा शुक्रबार अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै उपसभापति निधिले सरकारले जनअपेक्षा पूरा नगरेको आरोप लगाए ।

अहिलेको सरकारका मन्त्रीहरू अघिल्लो काँग्रेस नेतृत्वको सरकारले सुरु गरेका विकास निर्माणका योजनाको उद्घाटन गर्ने गरेको हिँडेको दाबी उनको छ ।

पूर्व उपप्रधानमन्त्रीसमेत रहेका निधिले जनताले ठूलो अपेक्षा लिएर दुई तिहाइ मत दिए पनि वर्तमान सरकारले घोषणापत्रमा उल्लेख गरेका काम गरेर देखाउन तत्पर नरहेको आरोप लगाए ।

सरकारले नयाँ नयाँ मुद्दा सिर्जना गर्ने र चर्चामा रहेको मुद्दालाई ओझेलमा पार्ने षडयन्त्र गरिरहेको पनि उनले आरोप लगाए ।

पार्टी महाधिवेशनको तयारीमा लागेको भन्दै पार्टीभित्र विभाग र सङ्गठनले पूर्णता पाइसकेकाले अब पार्टीले गति लिने विश्वास पनि व्यक्त गरे ।

The post सरकारका दुई वर्ष उपलब्धिविहीन : उपसभापति निधि appeared first on Koshi Online.

सुईखेतमा डुवान रोक्ने प्रयास

प्रधानमन्त्रीको सम्बोधन स्थगित, भोलि ११ बजे हुने

काठमाडौं, २ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार संसदमा गर्ने भनिएको संबोधन भोलिसम्मका लागि सरेको छ ।

राष्ट्रियसभाका सदस्यको निधन भएको कारण प्रधानमन्त्री ओलीले आज गर्न लागेको सम्बोधन भोलिसम्मका लागि स्थगित गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रियसभाका सदस्य दुर्गाप्रसाद उपाध्यायको निधनका कारण २ बजे प्रतिनिधिसभामा संबोधन गर्ने कार्यक्रम स्थगित भएको जनाए ।

उनले फेसबुकमा लेखेका छन्, ‘‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले आज २ बजे प्रतिनिधिसभामा संबोधन गर्न निर्धारित कार्यक्रम संघीय संसदका बहालवाला माननीय सदस्यको असामयिक निधनका कारण स्थगित भएको छ । सम्बोधन भोलि ३ गते बिहान ११ बजे हुनेछ ।’

The post प्रधानमन्त्रीको सम्बोधन स्थगित, भोलि ११ बजे हुने appeared first on Koshi Online.

बामदेवलाई प्रधानमन्त्री बनाउने विषय फिर्ता भैसक्यो : डा. भट्टराई

पहिरनका कारण ट्रोल बनेकी नुसरतले दिईन् ट्रोलर्सलाई कडा जवाफ

काठमाडौँ / आफूले लगाएको सेक्सी पहिरनको कारण ट्रोल बनेकी भारतीय नायिका नुसरत भरुचाले ट्रोलर्सलाई कडा जवाफ दिएकी छिन् ।

सन् २००६ मा ‘जय सन्तोषी माँ’ फिल्मबाट डेब्यु गरेकी नायिका नुसरतले पहिरनको कारण आफ्नो औधी ट्रोल भएपछी उनले जवाफ फर्काउँदै भनेकी छिन्,

‘हाम्रो देशमा सबैजनाले आफ्नो धारणा व्यक्त गर्न सक्छन् । जसरी सबैले आफ्नो सुझाव दिनसक्छन् त्यसरी नै मलाई आफ्नो मन परेको कपडा लगाउने अधिकार छ । ’

‘जब मैले त्यो पहिरन लगाएँ तब म निकै आत्मविश्वासी थिएँ त्यसकारण मैले त्यो पहिरनलाई कन्फिडेन्सका साथ क्यारी गर्न सकेँ ।’

उनले थपिन्, ‘यदि ड्रेस राम्रोसँग फिट नभएको भए वा उत्कृष्ट नभएको भए म त्यो लगाउँदै लगाउँदैनथेँ । मेरा साथीहरुले पनि उक्त पहिरनको निकै तारिफ गरेका थिए ।’

‘यहाँसम्म कि इन्डष्ट्रिकै मानिसहरुले मलाई आफूहरुले पनि त्यस्तो पहिरन लगाउन चाहेको तर कहिले पनि लगाउन नसकेको बताए । मैले उक्त ड्रेस लगाउन सकेँ, जुन राम्रो कुरा हो,’ उनले भनिन् ।

साथै उनले भनिन्, ‘मलाई यो ड्रेसमा आएको कुनै नकारात्मक कमेन्टले न त कुनै फरक पर्छ न नै यसले चिन्तित नै बनाएको छ । ’

The post पहिरनका कारण ट्रोल बनेकी नुसरतले दिईन् ट्रोलर्सलाई कडा जवाफ appeared first on Purbeli News.

महिला लिग चैत ३ देखि, खेल्ने स्थान टुङ्गो लाग्न बाँकी

खेलाडी संघलाई वार्षिक एक लाख सहयोग गर्ने कुमार कार्कीको घोषणा

नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ र एभरेष्ट वल्र्ड क्लास तेक्वान्दो अमेरिकाबीच शुक्रबार आर्थिक सहयोग सम्वन्धी सम्झौता भएको छ। संघका अध्यक्ष दीपक श्रेष्ठ र एभरेष्ट वल्र्डकातर्फबाट नेपाल च्याप्टरका उपाध्यक्ष बलराम कार्कीले सम्झौता पत्रमा हस्ताक्षर गरे।

सम्झौता अनुसार नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका पूर्व महासचिव एवं एभरेष्ट वल्र्ड क्लास तेक्वान्दो अमेरिकाका संस्थापक कुमार कार्कीले ब्यक्तिगत रुपमा संस्था मार्फत खेलाडी संघलाई वार्षिक १ लाख प्रदान गर्ने जनाईएको छ। सम्झौता हाललाई ५ वर्षका लागि रहेको छ।

संघको वार्षिक कार्यक्रम अनुसार आगामी फागुन ६ गते बसन्तपुरमा हुने एनएनपिए स्पोर्टस् अवार्डमा प्रतिभावान २ खेलाडीलाई प्रदान गरिने नगद पुरस्कारका लागि सम्झौता भएको हो। पहिलो पटक सम्मिलित गरिएको प्रतिभावान खेलाडी सम्मान विधामा उत्कृष्ट महिला तथा पुरुष खेलाडी प्रत्येकले ५० हजार रुपैयाँ प्राप्त गर्ने छन्।
सम्झौता पत्र आदानप्रदान पश्चात एभरेष्ट वल्र्डका नेपाल च्याप्टरका उपाध्यक्ष कार्कीले राष्ट्रको लागि रगत पसिना बगाउने खेलाडीहरुको सम्मानका लागि सहयोग गर्न पाउनु ठुलो गौरवको कुरा रहेको बताए। यस्तै खेलाडी संघका अध्यक्ष श्रेष्ठले आफु खेलाडी जीवन ब्यतित गर्दै खेलाडीहरुको हक हितमा लागेका कार्कीले बिदेशमा रहेर पनि खेलाडीहरुको हक हित र सहयोगमा पु¥याएको योगदानको कदर गर्दै कार्की प्रति कृतज्ञता ब्यक्त गरे।

२०७५ सालमा मित्र राष्ट्र ईन्डोनेसियामा सम्पन्न १८ औं एशियाली खेलकुदमा सहभागी खेलहरुलाई आधार मानी ती खेलबाट २०७५ सालमा उत्कृष्ट प्रदर्शन गर्ने एक/एक जना खेलाडीहरु मध्येबाट नै एक महिला र एक पुरुष प्रतिभावान खेलाडी छनोट गरिने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष श्रेष्ठले जानकारी दिए।

भरतपुर हेर्न लायक सहरका रुपमा विकास भईरहेको छः प्रमुख दाहाल

भोलि पोखरा दौडँदै!

शनिबार पोखराको सडकमा करिब ७ हजार जनासँगै दौडनेछन्। भूतपूर्व खेलाडी मञ्च नेपालले आयोजना गरेको १४औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको अवसरमा उनीहरु सडकमा निस्कन लागेका हुन्।

पोखरा म्याराथनअन्तर्गत हुने विभिन्न इभेन्टमा सहभागिता जनाउनेको संख्या २ हजार नाघेको छ। ४२.१९५ किलोमिटरको पूर्ण म्याराथनमा १२५ जना, १० किलोमिटर महिला पुरुषतर्फ ३५०जना, ५ किलोमिटर छात्र–छात्रा तर्फ १६५० जना, ह्विल चियर, दृष्टीविहिन महिला पुरुष तर्फ करिब १०० जनाको सहभागिता रहने पक्का भएको आयोजक संस्थाका अध्यक्ष तेज गुरुङले जानकारी दिए।

यता, दर्ता भएका धावकसहित ‘रन फर फन’का लागि ७ हजारभन्दा बढी जनामानस पोखरा रंगशालाबाट एकैपटक दौडने उनले अनुमान लगाए।

शनिबार पोखरामा करिब ४ घन्टा अत्यावश्यकबाहेक अन्य यातयातका सवारी साधनहरु ठप्प हुने भएका छन्। म्याराथनमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता किरण सिंह वोगटीले सहभागिता जनाउने भएका छन्। पोखरा म्याराथनमा सहभागि जनाउन पोखरा आइपुगेका धावक वोगटीले सागमा २ घन्टा २१ मिनेट १६ सेकेण्डमा दुरी पार गर्दै स्वर्ण जितेका थिए।

पोखरा म्याराथनले आफूलाई म्याराथन धावकको रुपमा जन्म दिएकोले कहिल्यै बिर्सन नसक्ने उनले बताए। ११ औं पोखरा म्याराथन मार्फत पहिलो पटक पोखरा म्याराथन दौडिएका वोगटीले छैटौं स्थानमा आएका थिए। सशस्त्र प्रहरी बल काठमाडौमा कार्यरत उनी ८ औंँ राष्ट्रिय खेलकुदमा तेश्रो स्थानमा रहेका थिए।

यसैबीच पोखरा शहरको भगिनी सम्वन्ध रहेको जापानको कोमागानेका धावक पनि पोखरा आइपुगेका छन्। धावक युशुकी नाकाशाकी जापानको कोमागाने शहरमा हालै सम्पन्न हाफ म्याराथनका विजेता समेत हुन्। पोखरा म्याराथनमा डेनमार्ककी २४ वर्षीया धावक शिसिली पनि दौडने छन्।

‘१५ दिने मिथिला माध्यमिकी परिक्रमा’ महोत्तरीको जलेश्वर पुग्यो

ए डिभिजन लिगः डिफेन्डिङ च्याम्पियन मनाङ तेस्रो स्थानमै समेटियो

मनाङ मर्स्याङ्दी क्लबले तेस्रो स्थानमा रहँदै कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको अन्त्य गरेको छ। गत संस्करणको विजेता मनाङ यो सिजन तेस्रो स्थानमै सीमित बनेको हो।

शुक्रबार भएको लिग चरणको आफ्नो अन्तिम खेलमा जावलाखेल युथ क्लबलाई १–० ले पराजित गर्दै साबिक विजेता मनाङले रुस्लान थ्री स्टार क्लबलाई पछि पार्दै शीर्ष तीनमा रहँदै लिग सकेको हो।

खेलको १२औं मिनेटमा दयानन्द सिंहको प्रहार गोलरक्षक टेकेन्द्र थापाले पोजिसनबाहिर रहे पनि नियन्त्रणमा लिन सफल भए। खेलको ७५औं मिनेटमा निशान लिम्बुले गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए।

सुशील लामाको क्रसमा निशानले हेडमार्फत गोल गरेका थिए। त्यो गोल नै खेलका लागि निर्णायक बन्यो। त्यसअघि जावलाखेलका सुजित बुढाथोकीको प्रहार बारमा लागेर फर्किएको थियो।

थ्री स्टार आजै च्यासल युथ क्लबलाई २–० ले हराएर केहि समयका लागि तेस्रो स्थानमा उक्लेको थियो। यस नतिजासँगै १३ खेलमा मनाङले ८ जित, ४ बराबर र १ हारका साथ २८ अंक जोड्यो। समान खेलमा ८ जित , २ बराबर र ३ हार व्यहोरेको थ्री स्टारले २६ अंक जोडेको थियो।

जावलाखेल पनि शीर्ष ६ मा रहँदै लिगको अन्त्य गरेको छ। जावलाखेल १९ अंकमा रहँदा नेपाल पुलिस क्लब २० अंकसहित पाँचौँ स्थानमा रह्यो। लिगको उपाधिका लागि शनिबार शीर्ष दुई क्लब त्रिभुवन आर्मी र मछिन्द्र क्लब भिड्नेछन्।

कमेडी च्याम्पियनका सुमन गृहनगर ईटहरीमा, भन्छन ‘फाईनलमा दलेदाई-२ आउन सक्छ’ (भिडियो सहित)

क्षेत्रीय टि-ट्वान्टी प्रतियोगिताका लागि राष्ट्रिय टोलीको घोषणा

थाईल्याण्डमा आगामी फागुन तेस्रो साता हुने पूर्वी क्षेत्रीय टि–ट्वान्टी क्रिकेट प्रतियोगिताका लागि राष्ट्रिय टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले शुक्रबार कप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो। 

राष्ट्रिय टोलीमा ज्ञानेन्द्र मल्ल (कप्तान) दीपेन्द्र सिंह ऐरी, पारस खड्का, विनोद भण्डारी, मोहम्मद आरिफ शेख, करण केसी, सन्दीप लामिछाने, अभिनाश बोहरा, कुशल मल्ल, सुशन भारी, पवन सरार्फ, सन्दीप जोरा, किशोर महतो र भुवन कार्की छन्।

आगामी फागुन १५ देखि २३ गतेसम्म थाईल्याण्डमा हुने प्रतियोगितालाई सेप्टेम्बरमा पाकिस्तानमा हुने टि–ट्वान्टी एसिया कपको छनोटकोरुपमा समेत लिइएको छ। प्रतियोगितामा आयोजक थाईल्याण्ड सहित नेपाल, भुटान, चीन, म्यानमार, हङकङ, मलेसिया र सिंगापुर छन्।

यस्तै पश्चिम क्षेत्रमा पनि छ्नोट प्रतियोगिता हुनेछ। जसमा बहराइन, इरान, कुवेत, माल्दिभ्स, ओमान, कतार, साउदी अरबिया र यूएई छन्। यो क्षेत्रको छ्नोट फागुन ९ देखि १६ सम्म ओमानमा हुनेछ।

यसपछि यी दुई रिजनको छनोटमा उत्कृष्ट २ टोली मलेसियामा हुने अन्तिम छनोट प्रतियोगिता खेल्नेछन। छनोटको विजेताले आगामी एसिया टि–ट्वान्टी कपमा स्थान पक्का गर्नेछ। छनोट हुने टोलीले भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानसँग खेल्ने अवसर प्राप्त गर्नेछ।

नेपालबाट भारततर्फ गाँजा तस्करी गर्ने तीन भारतीय पक्राउ

सावित्राको निर्णायक गोलमा गोकुलमले जित्यो भारतीय महिला लिगको उपाधि

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार स्ट्राइकर सावित्रा भण्डारी साम्बाको निर्णायक गोलमा गोकुलम केरला एफसीले भारतीय महिला लिगको उपाधि उचालेको छ। ब्याङ्ग्लोर फुटबल स्टेडियममा शुक्रबार भएको फाइनलमा कृप्सा एफसीलाई ३–२ गोल अन्तरले पराजित गर्दै गोकुलमले पहिलो पटक उपाधि हात पारेको हो।

उपाधिसँगै गोकुलमले १० लाख भारतीय रुपैयाँ प्राप्त गर्यो। उपविजेता बनेको कृप्सा एफसीले ५ लाख भारतीय रुपैयाँमा चित्त बुझाएको छ।

छनोटसहित ८ खेलमा १८ गोल गरेकी सावित्रा महिला लिगको सर्वाधिक गोलकर्ता समेत बनिन्। सावित्राले १ लाख भारतीय रुपैयाँ पाएकी छिन्। छनोट चरणमा समेत सावित्राले ३ गोल गरेकी थिइन्।

सावित्राले खेलको पहिलो हाफमा २–१ ले अग्रता बनाएको गोकुलमले दोस्रो हाफमा १ गोल थप्यो।

samba gokulam sabitra i league

२–२ को बराबरीको अवस्थामा रहँदा सावित्राले निर्णायक गोल गरेकी थिइन्। सावित्राले खेल सकिन ३ मिनेट बाँकी रहँदा मनिषाको पासमा गोल गर्दै गोकुलमको जित पक्का गरेकी हुन्।

एउटा छनोट खेल समेत खेलेकी सावित्राले लिग चरणमा पहिलो रोजाइमा मैदान उत्रेकी थिइन्। दोस्रो मिनेटमा परमेश्वरी देवीको गोलबाट अग्रता लिएको गोकुलमका लागि २५औँ कमलादेवीले गोल थपेकी थिइन्। ३४औं मिनेटमा कृप्साका लागि कप्तान दाङमय ग्रेसले गोल फर्काएकी थिइन्। कृप्साका लागि रतन बालादेवीले ७३औँ मिनेटमा गोल गर्दै खेललाई २–२ को बराबरीमा पुर्याएकी थिइन्।

सेमिफाइनलमा सावित्राको टोलीले अनिता बस्नेत सम्मिलित सेथु एफसीलाई ३–० ले पराजित गर्दै फाइनल पुगेको थियो। सावित्राले गत सिजन अनितासँगै सेथुबाट खेलेकी थिइन्।

त्यति बेला टोलीलाई च्याम्पियन बनाउने क्रममा सावित्राले १५ गोल गरेकी थिइन्।

प्रदेशलाई कमजोर बनाउन विभिन्न चलखेल भइरहेको छ : मुख्यमन्त्री राउत