Home Blog Page 1345

अस्ट्रेलियामा दुई दशकयताकै ठूलो पानी पर्‍यो, डढेलो निभ्यो तर जनजीवन प्रभावित

२६ माघ, काठमाडौं । अष्ट्रेलियाको न्यु साउथवेल्स राज्यमा भारी वर्षा भएको छ । वर्षाका कारण राजधानी सिड्नीसहित अधिकांश क्षेत्र जलमग्न भएका छन् ।

सडकहरु जलमग्न भएपछि यातायात सेवा प्रभावित भएको छ भने कतिपय क्षेत्रका बासिन्दा विद्युत सेवाबाट पनि बञ्चित भएका छन् ।

न्यु साउथवेल्स राज्यमा गत बुधबारदेखि नै पानी परिरहेको छ । शनिबार रातिको वर्षा दुई दशकयताकै ठूलो मापन गरिएको अधिकारीहरुले बताएका छन् ।

शनिबार रातिको भारी वर्षाका कारण झण्डै पाँच हजार हेक्टर वन क्षेत्र सखाप पारेको ठूलो डढेलो भने निभेको बताइएको छ । डुबान क्षेत्रमा एक व्यक्ति पौडिँदै फास्टफुड रेष्टुरेन्टमा पुगेको भिडियो अहिले सामाजिक सन्जालमा भाइरल भएको छ ।

उत्तरी सिड्नी र रिचमण्डको होचो भूभागमा बसोबास गरेकाहरुलाई सुरक्षित स्थानमा सारिएको छ । जलसतह बढेर उत्तरी रिचमण्ड पुललाई छोएपछि त्यहााबाट आवतजावत गर्न रोक लगाइएको छ ।

आइतबार दिउँसोबाट सिड्नी, सेन्ट्रल कोस्ट, हन्टर, ब्लु माउन्टेन्स र इलवारा क्षेत्रमा विद्युत सेवा बन्द भएको छ । बिजुली नहुँदा त्यहाँका हजारौं बासिन्दा समस्यामा परेका छन् ।

हावासहितको वर्षाका कारण सडक किनारको रुख ढल्दा एउटा कार थिचिएको तस्वीर न्यु साउथवेल्सको एम्बुलेन्स सेवाको ट्वीटर ह्याण्डलबाट सार्वजनिक गरिएको छ । सो घटनामा चार जना घाइते भएका छन् । उनीहरुको गर्धन र ढाडमा चोट लागेको छ ।

मौसमविदहरुले भारी वर्षा र बाढीका कारण स्थिति खतरनाक हुनसक्ने चेतावनी दिँदै पूर्वसतर्कता अपनाउन सुझाव दिएका छन् ।

दक्षिण कोरियामा कोरोना भाइरस : ४६ हजार नेपाली हालसम्म सुरक्षित

भुसालको गीति एल्बम ‘नूतन शैली’ सार्वजनिक

काठमाडौं । इजरायल निवासी गीतकार नूतन भुसालको चौंथो कृति ‘नूतन शैली’ सार्वजनिक भएको छ । जन्मदिनको अवसरमा भुसालले काठमाडौंमा एल्बमको सार्वजनिक गरेकी हुन् ।

एल्बमको वरिष्ठ गीतकार प्रा.डा. कृष्णहरि बराल, गीतकार भुसालकी आमा रामकुमारी भुसाल, गीतकार डा.राजुबाबु श्रेष्ठ, संगीतकार राजु सिंहले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा गीतकार भुसालले प्रवासमा रहँदा आफूले भोगेका र देश छोड्दा छोडिएका भावना र संवेदनाहरुलाई गीतमार्फत उजागर गरेको बताएकी थिइन् ।

आफूले नूतन शैलीमार्फत् आधुनिक संगीतमा इँटा थप्ने काम गरेको उनको भनाइ छ । संगीतकार सुनिल मास्केको सहयोगले नूतन शैली तयार भएको उनले बताइन् ।

प्रमुख अतिथि डा.कृष्णहरि बरालले पहिला केटाले केटीलाई सुनाउने गीत लेखिने गरिएको स्मरण गर्दै भुसालले भने केटीले केटालाई सुनाउने गीत लेखेकोले निरन्तरतामा क्रमभंग भएको बताए ।

संगीतकार राजु सिंहले सुनिल मास्केका संगीतमा मौलिकता र सरलताभित्र गहनता भएको बताए ।

गीतकार डा.राजुबाबु श्रेष्ठले गीति लेखनमा गरेको लगानीले देश र परिवेशभित्र महत्वपूर्ण भूमिका खेलेको बताए । नुतनलाई आफूले सिद्धहस्त गीतकारका रुपमा पाएको उनको भनाइ छ ।

शुभकामना मिडिया सोलुशनले संयोजन गरेको कार्यक्रममा एल्बममा रहेका ‘भमराको भुनभुन सुन्छु’ र ‘थाहा छैन के हुन्छ’ गीतको म्यूजिक भिडियोसमेत सार्वजनिक गरिएको थियो ।

जसमा युवराज वाइवा र मदन खड्काको निर्देशन रहेको छ भने अनिता रन्जितकार, सोनु लामा, मन्दिरा न्यौपाने, आश्विन भुसाल र ऋचा थापाको अभिनय रहेको थियो ।

गीतिसंग्रह ‘नूतन शैली’मा भुसालको एकल शब्द एवम् सुनिल मास्केको एकल संगीत रहेको छ । एल्बममा ‘भमराको भुनभुन’, ‘थाहा छैन के हुन्छ’, ‘देखेको छैन’, ‘कुक्क लाग्यो बाडुल्की’, ‘तिम्रो साथभन्दा प्यारो’ बोलका पाँचवटा गीत समावेश छन् । जसमा प्रविशा अधिकारी, निशा देशार, मीना निरौला, प्रताप दास र पूणिर्मा लामाको स्वर रहेको छ ।

गीतमा प्रदीप श्रेष्ठ, सञ्जीव बराइली र सचिन सिंहको संगीत संयोजन रहेको छ भने किशोर थापाको मिक्सिङ तथा मास्टरिङ रहेको छ । एल्बमलाई शुभकामना मिडिया सोलुशनले बजार व्यवस्थापन गरेको हो ।

१५ लाख भन्दा बढीको सुन सहित दुई युवा पक्राउ

बालुवाटारको जग्गामा एनआरएनले कानूनी उपचार खोज्ने

२६ माघ, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ललितानिवासको जग्गा प्रकरणमा अख्तियारले दायर गरेको मुद्दामा कानूनी लडाइँ लड्ने निर्णय गरेको छ । एनआरएनले जग्गा किन्दा परेको रकम फिर्ताका लागि पनि कानूनी उपचार खोज्ने भएको छ ।

एनआरएन केन्द्रीय कार्यालय भवन रहेको बालुवाटार जग्गा सरकारी ठहर गर्दै अख्तियारले जग्गा फिर्ता प्रयोजनका लागि लागि विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

शनिबार बसेको एनआरएन पदाधिकारी बैठकले कानूनी उपचार खोज्न एक उच्चस्तरिय समिति गठन गरेको अध्यक्ष कुमार पन्तले बताए । संघका कोषाध्यक्ष महेश श्रेष्ठको अध्यक्षतामा गठित समितिमा जर्मनीका दिल गुरुङ र एनआरएनका कार्यकारी अधिकृत हेमन्त दवाडी छन् ।

अध्यक्ष पन्तले भने, ‘अख्तियारले ललितानिवास प्रकरणमा गैरआवासीय नेपाली संघलाई प्रतिवादी बनाइसकेको अवस्थामा कानूनी उपचार खोज्नुको विकल्प हामीसँग भएन । त्यसैले हामी कानूनी उपचार र नेपाल सरकारसँग एकैसाथ छलफल गर्छौं ।

संघले एनआरएन सामाजिक संस्था भएकाले भवन प्रयोग गर्न दिन सरकारसँग आग्रह गर्ने भएको छ । यसअघि प्रधामन्त्रीलाई भेटेरै पन्तले आग्रह गरिसकेका छन् भने जग्गाको पैसा फिर्ता लिनका लागि कानूनी बाटो लिन खोजिँदैछ ।

गैरआवासीय नेपाली संघले करिब १३ करोड रुपैयाँमा बालुवाटारको ३ रोपनी जग्गा किनेको थियो ।

इलाम नगरपालिका प्रमुख-उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार विजयी

प्रहरीले छोराको गल्ती भन्दै आमालाई चौकीमै कुटे, प्रहरीकै कुटाईबाट रिक्सा चालक पनि अस्पतालमा ! (भिडियो)

काठमाडौं, २५ माघ । न्यूज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ४९३ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ । निम्न विषयमा रिपोर्टहरु प्रस्तुत गरिएको छ : १. प्रहरीको बढ्दो ज्यादती, हाकिमहरु बोल्नै मान्दैनन् काठमाडौं । सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका वडा नम्बर १ की ज्ञानी तामाङकी १४ वर्षीय […]

सिन्धुलीका नेवारी नेतृत्वलाई सम्मान

प्रदेश संरचना परवर्तन हुन सक्छ : अध्यक्ष दाहाल

बेत्रावती, २५ माघ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेशको सीमाङ्कनमा परिवर्तन हुनसक्ने बताउनुभएको छ । नुवाकोटको पञ्चकन्या गाउँपालिकाको आयोजनामा आजदेखि शुरु भएको प्रथम पञ्चकन्या ‘चेयरमेन कप’ भलिबल प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले प्रदेश नं ५ र प्रदेश नं २ का केही जिल्लाका जनताको मागअनुसार राजधानीको नाम र […]

विद्युत् चोरी गर्ने पक्राउ

भ्रष्टाचारीलाई ठाउँ छैन : मन्त्री अर्याल

स्याङ्जा, २५ माघ । भूमि व्यवस्था, गरीबी निवारण तथा सहकारीमन्त्री पद्माकुमारी अर्यालले मुलुकमा अब भ्रष्टाचारीलाई ठाउँ नभएको बताउनुभएको छ । हरिनास गाउँपालिका–४ स्थित चित्रेमा रहेको मातृभूमि माध्यमिक विद्यालयको ५८ औँ वार्षिकोत्सव समारोमा बोल्दै मन्त्री अर्यालले सरकार भ्रष्टाचारलाई शून्यमा झार्ने प्रतिबद्धताअनुसार अगाडि बढेकाले अब मुलुकमा भ्रष्टाचारीलाई ठाउँ नभएको बताउनुभएको हो । मन्त्री अर्यालले भन्नुभयो, “सरकारले काम […]

कोरोना भाइरसकाे कारण रसुवागढी नाकाबाट सवारीसाधन आवतजावत बन्द, भन्सार शुल्क शून्य

थाइल्यान्डमा एक सैनिकले जथाभावी गोली प्रहार गर्दा मारिनेको संख्या २० पुग्यो

थाइल्यान्डको एक शहर कोरात पनि भनिने नाखोन रचासिमामा शनिबार एक जुनियर सैनिकले गोली प्रहार गर्दा मारिनेको संख्या २० पुगेको छ भने अन्य कैयौं घाइते भएका छन्।

जक्राफन्थ थोम्मा नाम गरेका ती जुनियर सैनिक अधिकृतले आफ्नै कमान्डिङ अफिसरलाई मार्नुका साथै सैन्य शिविरबाट हतियार चोरेको अन्तर्राष्ट्रिय मिडियाहरुले जनाएका छन्।

त्यसपछि ती व्यक्ति एउटा सिटी सेन्टरमा पुगेर त्यहाँको एउटा सपिङ कम्प्लेक्समा छिरेको र त्यहिँ लुकेको बताइएको छ।

आक्रमणकारीले जथाभावी गोली प्रहार गर्नुकाे उद्देश्य थाह नभए पनि त्यसो गर्नुअघि सामाजिक सञ्जालमा पेस्तोलको तस्बिर तथा अन्य विभिन्न कुराहरु पोष्ट गरेका थिए।

आक्रमणकारीले सैन्य शिविरबाटै हतियार र गोलिगठ्ठा चोरी गरेर आक्रमण शुरु गरेको बताइएको छ।

त्यसपछि उनले विभिन्न ठाउँमा गोली प्रहार गर्दै टर्मिनल २१ नामको सपिङ सेन्टर पुगेका थिए।

आफ्नो गाडिबाट बाहिर निस्केर जथाभावी गोली प्रहार गरेको र अन्य मानिसहरु भागभाग गरेका दृष्यहरु स्थानीय सञ्चारमाध्यमहरुले देखाएका छन्।

सीसीटीभी दृष्यमा सो व्यक्ति राइफल उठाएर सपिङ सेन्टरभित्र बसिरहेको पनि देखिन्थ्यो।

‘सो बन्दुकधारीले मेशिनगनबाट गोली चलाउँदा निर्दोश व्यक्तिहरुको ज्यान गएको र कैयौं घाइते भएका छन्’ सरकारका प्रवक्ता कृस्सना पट्टानचारोएनले एएफपीलाई बताएका छन्।

रक्षा मन्त्रालयका प्रवक्ता लेफ्टिनेन्ट जर्नेल कंगचिप तन्त्रभनिचले सो गोलीप्रहारमा २० जनाको ज्यान गइसकेको बताए।

साे व्यक्तिले आक्रमण शुरु गर्नुअघि फेसबुकमा विभिन्न कुराहरु व्यक्त गरेकाे र तीनवटा गोलीसहित एउटा पेस्तोलको तस्वीर समेत पोस्ट गरेका थिए।

उनले ‘आत्मसमर्पण गरौँ कि नगरौँ’ अनि ‘अब चाहिँ उत्तेजित हुने बेला भयो’ लगायतका कुरा व्यक्त गरेको बताइएको छ।

याे पनि:
थाइल्यान्डका एक सैनिकद्वारा गोली हानी १२ जनाको हत्या (अपडेट)

समाजवादीले प्रवास कमिटीको टुंगो लगायो, धन गुरुङ अध्यक्ष

थाइलैन्डमा सैनिकले जथाभावी गोली चलाउँदा १७ को मृत्यु

बैंकक । थाइल्याण्डको उत्तरपूर्वी प्रान्त नाखोन रत्चासिमामा एक ‘थाई सैनिक’ले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा १७ व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

आक्रमणकारी एक सिपाहीले सैनिक शिविरबाट एउटा स्वचालित हतियार ‘हुम्वी’ चोरेर शहर पसेको र अन्धाधुन्ध गोली चलाएको थाई सञ्चारमाध्यमहरूले स्थानीय प्रहरीलाई उद्धृत गरी उल्लेख गरेका छन् । आक्रमणकारी सैनिकले शहरको एउटा व्यापारिक केन्द्रमा पनि प्रवेश गरेको र त्यहाँ रहेका पसलहरूमा जथाभावी गोली चलाएको प्रहरीले जनाएको बताइएको छ ।

घटनामा १७ जनाको मृत्यु भएको थाई प्रहरीका एक उच्च अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा बताएका छन् । प्राप्त जानकारीमा आक्रमणकारी भनिएका ती सैनिकले गाली चलाउँदै व्यापारिक भवनमा छिरेका र त्यहाँ एउटा आफ्नो तस्वीर ‘सेल्फी’ खिचेर सामाजिक सञ्जालमा राखेका प्रहरीले बताएको छ ।

The post थाइलैन्डमा सैनिकले जथाभावी गोली चलाउँदा १७ को मृत्यु appeared first on Rajdhani Daily News.

भ्रष्टाचार विरोधी आन्दोलन कुनैपनि हालतमा रोकिदैन : पुर्वमन्त्री साह

नेपालको पहिलो जित, अमेरिकालाई ३५ रनले हरायो

काठमाडौं । नेपालले आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा पहिलो जित हात पारेको छ । शनिबार नेपालले दोस्रो खेलमा अमेरिकालाई ३५ रनले पराजित गर्दै घरेलु मैदानमा पहिलो जित हात पारेको हो । नेपाल आफ्नो पहिलो खेलमा ओमानसँग १८ रनले पराजित भएको थियो ।
नेपालले दिएको १ सय ९१ रनको लक्ष्य पक्ष्याएको अमेरिका ४४ ओभर १ बलमा १ सय ५५ रनमा अलआउट भएपछि नेपालले जित हात पार्न सफल भएको हो । अमेरिका अलराउन्डर इयान होल्यान्डले १ सय ११ बलमा ७ चौका सर्वाधिक ७५ रनको योगदान दिएपनि हार टार्न सकेन । ओपनर आरोन जोन्सलाई ५ रनमा आउट भए । स्टिभन टेलरलाई दीपेन्द्रसिंह ऐरीबाट शून्यमा क्याच आउट भए । जेभियर मार्शल पन २ रनमा आउट भएपछ नेपालले राम्रो शुरुवात पाएको थियो । मोनाक पटेल पनि ४ रनमा आउट भएपछि अमेरिका १३–४ को कमजोर अवस्थामा पुगेको थियो । अक्षय होमराज ५ रनमा आउट भएपछि नेपाल ततर्फ अग्रसर बनेको थियो । करिमा गोर १० रनमा पेभिलिएन फर्काए । एल्मोर हुचेन्सनलाई ३ रनमा पेभेलियन फर्किए । तल्लोक्रममा इयान होल्यान्ड र क्यामरन स्टिभेन्सनले आठौं विकेटका लागि ४९ रनको साझेदारी गर्दै अमेरिकालाई खेलमा फर्काउन खाजेका थिए । क्यामरनलाई १९ रनमा आउट भए ।
करण केसीले ४ तथा सुशन भारीले ३ तथा विकेट लिए । सन्दीप लामिछानेले २ विकेट तथा कुशल मल्लले १ विकेट आफ्नो नाममा लेखाए ।
त्यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङ थालेको नेपाल ४९ ओभर २ बलमा १ सय ९१ रनमा अल आउट भएको थियो । नेपालका लागि कुशल मल्ल र विनोद भण्डारीले महत्वपूर्ण अर्धशतकीय इनिङ खेले । विनोद भण्डारी सर्वाधिक ५९ रनकोयेगदान दिए । डेब्यू खेलमा कुशलले ५० रनको कीर्तिमानी इनिङ्स खेले । यससँगै कुशल ओडीआईमा कम उमेरमा अर्धशतक पुरा गर्ने विश्वकै कान्छा खेलाडी बने । कुशलले ४९ बलमा डेब्यूअर्ध शतक प्रहार गरेका थिए । यस अघि यस कीर्तिमान नेपालका रोहित कुमार पौडेललको नाममा थियो । उक्त कीर्तिमान रोहितले १६ वर्ष १ सय ४६ दिनको उमेरमा गत वर्ष यूएईसँगको दोस्रो वान डे खेलमा ५५ रन जोड्दै बनाएका थिए । जसक्रममा रोहितले भारतीय पुर्व कप्तान सचिन तेन्दुलकर र पाकिस्तानका पुर्व कप्तान शाहिद अफ्रिदीको कीर्तिमान तोड्न सफल भएका थिए । संयोगनै मान्नुपर्छ आज रोहितकै स्थान लिएका कुशलले उक्त विश्व कीर्तिमान आफ्नो नाममा बनाएका हुन् । कुशलले ब्यक्तिगत ३८ रनमा जीवनदान पाएका थिए । एक समय ४९–५ को कमजोर अवस्थामा पुगेको नेपाललाई बलियो योगफल सम्म पु¥याउन छैटौं विकेटका लागि कुशल मल्ल र विनोद भण्डारीले ८४ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । ओपनर सुवास खकुरेल ३ रनमा आउट भए । दोस्रो विकेटका लागि पारस खड्का र ज्ञानेन्द्र मल्लले ४० रनको साझेदारी गरेका थिए । ज्ञानेन्द्र २१ रनमा क्याच आउट भए । उप कप्तान दीपेन्द्रसिंह ऐरी शून्यमा पेभेलियन फर्कए ।
पारस १९ रनमा क्याच आउट भएपछि नेपाल संकटमा परेको थियो । आरिफ शेख २ रनमा पेभेलिएन फर्कदा नेपाल ४९–५ को कमजोर अवस्थामा पुगेको थियो । करण केसीले १२ रन जोडे । सुशन भारीले ११ र अभिनाश बोहराले ५ रन जोडे । क्यामरन स्टिभेन्सनले ३ तथा कप्तान सौरभ नेत्रवलकारले २ विकेट लिए । रस्टी थेरन २ तथा करिमा गोर, इयान होल्यान्ड र एलमोर हुचिसेनले समान १–१ विकेट हात पारे
नेपालले आइतबार ओमानसँग खेल्ने छ ।

The post नेपालको पहिलो जित, अमेरिकालाई ३५ रनले हरायो appeared first on Rajdhani Daily News.

नेपाल ट्रष्टको श्वेतपत्र जारी : लाभमा सरकारको जिकिर,दोष अन्यको थाप्लोमा

महाभियोगमा ट्रम्पविरुद्ध बयान दिएका दुई अधिकारी बर्खास्त

वासिंगटन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले महाभियोग प्रस्तावमा आफूविरुद्ध बयान दिएका दुई वरिष्ठ अधिकारीलाई बर्खास्त गरेका छन् । युरोपेली संघका लागि अमेरिकी राजदूत गोर्डन सन्डल्यान्डले भने, ‘राष्ट्रपतिले तत्काल लागु हुने गरी मलाई फिर्ता बोलाउन सुझाव दिएको भनिएको छ ।’केही घण्टा अगाडि युक्रेन मामिलाका वरिष्ठ विज्ञ लेफ्टिनेन्ट कर्णेल अलेक्जेन्डर भिन्डम्यानलाई ह्वाइट हाउसबाट निष्कासन गरिएको थियो । बुधवार महाभियोगमा सिनेटबाट सफाइ पाएपछि ट्रम्पले आफूविरुद्ध बयान दिएका कर्मचारीलाई हटाएका हुन् ।
ऐतिहासिक मतदानमा सिनेटले अमेरिकाका ४५ औं राष्ट्रपतिलाई युक्रेन मामिलामा महाभियोग नलगाउने निर्णय लिएको थियो । राष्ट्रिय सुरक्षा परिषद्मा वरिष्ठ वकिल तथा भिन्डम्यानका जुम्ल्याहा भाइ येभजेनी भिन्डम्यानलाई पनि सैन्य विभागमा फिर्ता पठाइएको थियो ।
सन्डल्यान्डका वकिलले जारी गरेको विज्ञप्तिमा सन्डल्यान्डले भनेका छन्, ‘राष्ट्रपतिले मलाई ईयूका लागि अमेरिकी राजदूतबाट तत्काल फिर्ता बोलाएको भनियो । म सेवा गर्ने मौका दिएकोमा राष्ट्रपति ट्रम्प, निरन्तरको समर्थनप्रति मन्त्री माइक पोम्पेओ र ईयू कार्यालयमा काम गर्ने व्यवसायिक तथा समर्पित कर्मचारीप्रति आभारी छु ।’
भिन्डम्यानका परामर्शदाता डेभिड प्रेसम्यानले भने, ‘उनको देश र राष्ट्रपतिको सेवा गरेका भिन्डम्यानलाई ह्वाइट हाउसबाट निकालियो ।’ विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि अमेरिकीको मनमा यी सैन्य अधिकारीको जागिर किन सकियो र यो मुलुकमा ह्वाइट हाउसमा सेवा गर्ने सिपाहीको संख्यामा किन एउटा संख्या कम भयो भन्नेबारे प्रश्न छैन ।’
‘भिन्डम्यानलाई सत्य बोलेकामा छोड्न भनिएको हो । सत्यप्रति उनको प्रतिबद्धता र सम्मानले शक्तिशालीहरूलाई त्रस्त बनाइदियो,’ प्रेसम्यानले भने, ‘सत्यतामा अडिग हुँदा उनको जागिर र गोप्यता समाप्त भयो ।’
विज्ञप्तिमा भनिएको छ, ‘संसारको सबभन्दा शक्तिशाली मान्छेले बदला लिने निर्णय ग¥यो ।’ भन्डम्यान सधैंजसो काम गर्न शुक्रवार पनि ह्वाइट हाउस पुगेका थिए । नर्थ क्यारोलाइनास्थित कार्यकारी भवन छोड्नुअघि राष्ट्रपति ट्रम्पले भने, ‘म उनी (भिन्डम्यान) सँग खुशी छैन । म उनीसँग खुशी हुनुपर्छ र ? म खुशी छैन ।’ त्यसपछि ट्रम्पले अरू प्रतिक्रिया व्यक्त गरेका छैनन् । ट्रम्पविरुद्ध अभिव्यक्ति दिएका अरू पनि निष्कासनमा पर्ने अनुमान गरिएको छ ।

The post महाभियोगमा ट्रम्पविरुद्ध बयान दिएका दुई अधिकारी बर्खास्त appeared first on Rajdhani Daily News.

जीपी कोइराला स्मृति व्याडमिन्टन : भोलि सबै ५ स्पर्धाका फाइनल खेल हुने