Home Blog Page 1346

साताको शेयर बजार : सात अर्बको कारोवार

काठमाडौँ / धितोपत्र बजारमा यस साता शेयर कारोवार मापक नेप्से परिसूचक उतार चढावपूर्ण अवस्थामा रह्यो । कूल १७७ कम्पनीका एक करोड ११ लाख छ हजार ३५३ कित्ता शेयर रु सात अर्ब ३९ करोड १७ लाख दुई हजार ५१० मूल्यमा खरिद बिक्री भए । बजार असन्तुलित देखिँदा नेप्से ओरालो लागे पनि कारोवार रकममा भने वृद्धि भएको छ । साताको पहिलो दिन नेप्से परिसूचक उकालो लाग्यो ।

उकालोको यात्रामा रहेको नेप्सेले नयाँ यात्रा तय गरेर नेप्से परिसूचक २१.२६ ले बढेर एक हजार ३४६.६४ मा पुग्यो । नेप्सेले उकालो यात्रा तय गर्दा कारोवार रकम भने रु दुई अर्ब माथि नाघ्यो । कूल १७५ कम्पनीका ५३ लाख ४६ हजार ५०८ कित्ता शेयर रु दुई अर्ब सात करोड ७९ लाख ८७ हजार ७९९ मूल्यमा खरिद बिक्री भए ।

सोमबार नेप्से परिसूचक वृद्धि भयो । त्यसदिन नेप्से २.४९ अङ्कले बढेर एक हजार ३४९.१३ मा पुग्यो । परिसूचकमा सामान्य वृद्धि हुँदा कारोवार रकम भने डेढ अर्ब नाघेको थियो । कूल १७७ कम्पनीका ४७ लाख ४८ हजार ८२९ कित्ता शेयर रु एक अर्ब ६१ करोड १७ लाख १९ हजार २०३ मा खरिद–बिक्री भए ।

मङ्गलबार नेप्से परिसूचक १२.०९ विन्दुले घटेर एक हजार ३३७.०४ मा झ¥यो । नेप्से ओरालो लागे पनि कारोवार रकम भने डेढ अर्बमाथि रहेको छ । कूल १७६ कम्पनीको ४९ लाख ४९ हजार १५ कित्ता शेयर रु एक अर्ब ५७ करोड एक लाख ६६ हजार १६३ मूल्यमा खरिद बिक्री भए । बुधबार नेप्सेमा सामान्य वृद्धि भयो । नेप्से ५.३१ अङ्कले बढेर एक हजार ३४२.३६ मा पुगेको छ । परिसूचक वृद्धि भए पनि कारोवार रकम एक अर्बमै सीमित भएको छ । आज कूल १७७ कम्पनीका ३२ लाख ६० हजार १९८ कित्ता शेयर रु एक अर्ब आठ करोड २४ लाख ८३ हजार ९०९ मा खरिद बिक्री भयो ।

यस्तै बिहीबार भने शेयर बजार पुनःओरालो लाग्यो । नेप्से ८.६७ विन्दुले घटेर एक हजार ३३३.६९ मा झ¥यो । कूल १७५ कम्पनीको २८ लाख एक हजार ८०३ कित्ता शेयर रु एक अर्ब चार करोड ९३ लाख ४५ हजार ४३६ मूल्यमा खरिद बिक्री भए ।

The post साताको शेयर बजार : सात अर्बको कारोवार appeared first on Purbeli News.

पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर रु १० ले बढ्यो

सुन्दरहरैंचाका होटलहरुमा खाद्य प्रविधिकाे अनुगमन : ढाँटी झुक्याई अखाद्य वस्तु विक्रि वितरण नगर्न निर्देशन

सुन्दरहरैंचा / माेरङकाे सुन्दरहरैंचा पहिलाे पटक खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले होटलहरुकाे अनुगमन गरि खाद्य स्वच्छता स्तरको प्रमाणपत्र दिन शुरु गरेको छ । सुन्दरहरैंचा नगरपालिका १० मा रहेको स्वाद होटलबाट अनुगमन शुरु गरि खाद्य स्वच्छता स्तरकाे प्रमाणपत्र दिएकाे थियाे । खाध प्रविधि तथा गुण नियन्त्रण कार्यालयले सुन्दरहरैंचामा पहिलाे दिन आठ होटलमा अनुगमन गरेको छ ।

सुन्दरहरैंचा नपाका नगरप्रमुख शिवप्रसाद ढकालले होटलमा स्टीकर टाँसेर सो कार्यक्रमको सुभारम्भ गरेका थिए । सुन्दरहरैंचाकाे स्वाद र प्लानेट लाउन्जले हरियो कलर भएको डबल स्टर (ख) वर्गको स्टीकर पाएका छन् । एक सय अङ्कमा ९० देखि १०० ल्याएमा अतिउत्तम तीनवटा स्टार (क), ८० देखि ९० ल्याएमा उत्तम दुइ वटा स्टार (ख), ७० देखि ८० ल्याएमा सन्तोषजनक (ग) र ५० देखि ६९ ल्याएमा सामान्य पहेँलो कलरको स्टीकर टाँसिने खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख राजकुमार रिजालले जानकारी दिए । अनुगमनका क्रममा होटलमा ग्राहकलाई असर पर्ने खालको अखाध वस्तु, होटलको गुणस्तरमा कमि भेटिएमा होटल शिल गर्न सम्म सक्ने व्यवस्था रहेकाे समेत रिजालले बताए ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रविधिक, सुन्दरहरैंचा नगरपालिका प्रतिनिधि, कोसीहरैंचा उवासका प्रतिनिधि, सञ्चारकर्मी लगायतको सहभागितामा होटलको अनुगम पश्चात मुल्याङ्कन गरी संचालक लाई खाद्य स्वच्छता स्तरको प्रमाणपत्र दिइएको थियाे। अनुगमन पछि व्यवसायीहरुलाई प्रतिवद्धता पत्र समेत प्रदान गरीएको छ । होटल, रेष्टुरेन्ट, भोजनालय, मिठाई पसल, चिया पसल, क्याफे, क्याटरिगं निरिक्षण गर्दा न्यूनतम मापदण्ड पुरा गरी अति उत्तम स्तरको लोगो सहितको स्टीकर प्रदान गरेकोमा सो कायम राख्न प्रतिवद्धता समेत गराइएको थियाे ।

अनुगमनका क्रममा गुणस्तरीय सेवा ग्राहकलाई उपलब्ध गराउने, खानेकुरालाई राम्ररी पकाएर सुरक्षित तापक्रममा राख्ने, काँचो र पकाएको खानेकुरा छुट्टा छु्टै राख्ने, स्वच्छ पानी र स्वच्छ कच्चा पदार्थ प्रयोग गर्न, प्याकिङ्ग गरिएको खाद्यवस्तुको उपभोग्य मिति भित्र प्रयोग गर्न हाेटल व्यावसायीलाई अग्रह गरिएको छ । ढाँटी झुक्याई कम गुणस्तरको खाद्य वस्तु विक्रि नगर्ने सर्त सहित प्रतिवद्धता लेखिएको पत्र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले व्यवसायीलाई प्रदान गरेकाे रिजालले पूर्वेली न्यूज मार्फत जानकारी दिए ।

The post सुन्दरहरैंचाका होटलहरुमा खाद्य प्रविधिकाे अनुगमन : ढाँटी झुक्याई अखाद्य वस्तु विक्रि वितरण नगर्न निर्देशन appeared first on Purbeli News.

विमलको ह्याट्रिकसँगै मछिन्द्र बुढासुब्बाको सेमिफाइनलमा

जनकपुरको राघोबाबा स्कुलमा पुगे मेयर, उत्कृष्ट बनाउने प्रतिबद्धता

धनुषा, २५ माघ । धनुषाको नगराइन नगरपालिका २ स्थित राघोबाबा प्राथमिक विद्यालयका विषयमा हामीले रिपोर्टिङ गरेपछि मेयरले अनुगमन गरेका छन् । विद्यालयका अधिकांश शिक्षक अनुपस्थित, डेक्स बेञ्चको अभाव, विद्यालयको कक्षा कोठाभित्र पशु चौपाए बाँध्ने गरेको विषयमा हामीले रिपोर्ट प्रशारण गरेका थियौं । यस बिषयमा लाइभमा कुरा गर्दै नगराइन नगरपालिका मेयर परमेश्वर यादवले आफूलाई विद्यालयको उक्त […]

बाबुसँग रिस उठेपछि प्रधानाध्यापकले छोरालाई स्कुलबाट निकालिन्

प्रहरीको बढ्दो ज्यादती, हाकिमहरु बोल्नै मान्दैनन् !

काठमाडौं, २५ माघ । सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका वडा नम्बर १ की ज्ञानी तामाङकी १४ वर्षीय छोरा माघ ६ गतेबाट बेपत्ता भए । उनले माघ ८ गते महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठमा खोज–तलासका लागि निवेदन दिइन् । त्यसको १० दिनपछि माघ १८ गते प्रहरी चौकीबाट उनलाई फोन गरेर बोलाइयो । छोराको बारेमा केही पत्ता लागेर बोलाइएको होला […]

सन्दीपको सनसनी : विश्व ११ विरुद्धको खेलमा सन्दीप लामिछाने एसिया ११ को टोलीमा

विष्णु पौडेलका छोराको नामबाट जग्गा खोसियो !

काठमाडौं – बालुवाटारको ललिता निवास क्षेत्रको सरकारी जग्गा आफ्नो नाममा गरेको पाइएपछि सरकारले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) महासचिव विष्णु पौडेलका छोरा नवीन पौडेलको जग्गा खोसेको छ ।

पौडेलसँगै सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको नाममा रहेको सरकारी जग्गा खोसिएको हो ।

अख्तियार दुरुपयोग अनुन्धान आयोगको पत्र र जग्गाधनीको सनाखतपछि सरकारले रेग्मी र पौडेलको नाममा रहेको जग्गा खोसेको जनाइएको छ । पौडेल र रेग्मीले अख्तियारमा बयान दिँदै सरकारलाई जग्गा फिर्ता गर्न मञ्जुरी दिएका थिए ।

काठमाडौंको भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारले दुवैको नामको जग्गा सरकारीकरण गरेको छ । जग्गा फिर्ता गर्ने मञ्जुरी दिएपछि दुवैमाथि मुद्दा नचलाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्पष्ट पार्दै आएको छ ।

कांग्रेस उपसभापति विजयकुमार गच्छदारमाथि विशेष अदालतमा मुद्दा चलेपछि कांग्रेस विरोधमा उत्रिएको छ । विष्णु पौडेलका छोरालाई छुट दिइएपछि सामाजिक सञ्जालमा समेत विरोध भइरहेको छ ।

१०६ वर्षीया वृद्धाबाट मतदान

पिएचडी, सुसासनको तक्मा पछि केपी ओलीलाई ‘दूरद्रष्टा नेता तथा राष्ट्र निर्माण’ अवार्ड, सामाजिक सञ्जालमा कुरीकुरी !

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली एशियाली दूरद्रष्टा नेता तथा राष्ट्र निर्माण अवार्डबाट सम्मानित भएका छन् । एशियाली व्यवस्थापन संस्थाहरुको संगठन आमोले शुक्रबार राजधानीमा आयोजन गरेको कार्यक्रममा सभापति राजिव कौलले प्रधानमन्त्री ओलीलाई अवार्ड प्रदान गरे ।

आमोले आइएमई ग्रुपका सहसंस्थापक तथा अध्यक्ष चन्द्रप्रसाद ढकाललाई कुशल व्यवसायिक नेतृत्वको सम्मान दिएको छ भने उत्कृष्ट व्यवसायी नेतृत्व सम्मान भारतका आदित्य विरला व्यवस्थापन कर्पोरेशन प्रा.लि.का कार्यकारी अध्यक्ष तथा अखिल भारतीय व्यवस्थापन संघका पूर्व सभापति डी शिवकुमारलाई प्रदान गरेको छ ।

आमो एशियाका राष्ट्रिय व्यवस्थापन संस्थाहरुको छाता संगठन हो भने नेपालका व्यवस्थापकहरुको छाता संंगठन नेपाल व्यवस्थापन संघ यसको सक्रिय सदस्य छ ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत लगायतका देशका विश्व विद्यालयलले चार मानर्थ पिएचडीको उपाधि दिएका छन् । यस्तै एसिया प्यासेपिक समिट नामको कार्यक्रममा ओलीलाई सुशासन अवार्ड समेत दिइएको थियो। उक्त अवार्ड दिने संस्थाले गरेको कार्यक्रम ‘होली वाइन’ काण्डकारुपमा परिचित छ। ओलीले अहिले दूरद्रष्टा नेता तथा राष्ट्र निर्माणको अवार्ड पाएसपछि समाजिक सञ्चालमा व्यंग्य गर्न थालिएको छ।

जलविद्युत् कम्पनी एकापसमा गाभिँदै

बार काउन्सिलमा प्रगतिशिल समुहका पोखरेल बिजयी

विराटनगर , २५ माघ । नेपाल बार काउन्सिलमा एक नम्बर प्रदेशबाट प्रगतिशिल कानुन व्यवसायीको तर्फबाट प्रेमप्रसाद पोखरेल बिजयी भएका छन ।
शनिवार सम्पन्न निर्वाचनबाट लोकतान्त्रिक कानुन व्यावसायी (डिएलए) का उम्मेदवार देवेन्द्र कोइरालालाई पराजित गर्दै प्रगतिशिल (एनएलए) तर्फका कानुन व्यावसायी प्रेमप्रसाद पोखरेल बिजयी भएका हुन । पोखरेलले ३ सय ९० मत प्राप्त गरे । प्रतिस्पर्धी कोइरालाले ६३ मत कम ३ सय २७ प्राप्त गरे ।
निर्वाचन आयोगका अनुसार एक नम्बर प्रदेशमा कानुन व्यावसायीहरुको कुल ७ सय ७७ मध्ये ७ सय २६ जनाले मतदान गरेका थिए ।
जसमध्ये एनएलका पोखरेले झापाबाट ४८ इलामबाट ३९ धनकुटाबाट २८ उदयपुरबाट १६ र विराटनगरबाट २ सय ५९ मत प्राप्त गरे । प्रतिस्पर्धी कोइरालाले झापाबाट ५४ इलामबाट २५ धनकुटाबाट २० उदपुरबाट १८ र विराटनगरबाट २सय १० मत प्राप्त गरे ।

The post बार काउन्सिलमा प्रगतिशिल समुहका पोखरेल बिजयी appeared first on Koshi Online.

राज्यशक्तिको चरम दुरुपयोग, मौन अवधीमा रेणु दाहालको घर अगाडी सरकारी गाडीको लावालस्कर

ललिता निवास प्रकरण : कांग्रेस नेता सिहं भन्छन्, ‘मन्त्री मात्रै होइन, प्रधानमन्त्री र जग्गा धनी पनि दोषी हुन्’

चितवन, माघ २५ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले राजनैतिक रुपमा पूर्वाग्रही भएको आरोप लगाएका छन् ।

शनिबार चितवनमा पत्रकारसँग कुराकानी गर्दै नेता सिंहले सरकारले ललिता निवासको जग्गा प्रकरणमा तत्कालीन प्रधानमन्त्री र जग्गाधनी पूर्जा भएका व्यक्तिलाई उन्मुक्ति दिएर फाइल अगाडि बढाउनेलाई मुद्दा दायर गरेको बताए ।

उनले भने, ‘मन्त्रिपरिषद्को सर्वोच्च कमान्डर प्रधानमन्त्री हुन्छ, त्यहाँबाट हुने कुनै पनि निर्णयमा प्रधानमन्त्रीको भूमिका महत्वपूर्ण हुने भएकाले यसमा तत्कालीन प्रधानमन्त्रीलाई जोगाउन खोजिएको छ ।’

उनले भने, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग सरकारबाट प्रभावित भयो र जग्गा हुनेलाई कारवाही गर्न डरायो ।’

उनले तत्कालीन मन्त्री मात्रै होइन, प्रधानमन्त्री र जग्गाधनी पनि त्यतीकै दोषी रहेको बताउँदै उनीहरुलाई पनि कारबाही गर्न कांग्रेसले माग गरिरहेको बताए ।

नेता सिंहले यसैका लागि कांग्रेसले संसद् अवरुद्ध गरेको स्पष्ट पार्दै अख्तियारले राजनैतिक आग्रहपूर्वाग्रह विना नै स्वतन्त्र रुपमा छानबिन गर्नुपर्नेमा जोड दिए ।

फरक प्रसंगमा बोल्दै उहाँले काँग्रेसले १४औँ महाधिवेशनका लागि तयारी सुरु गरेको बताए ।

महाधिबेशनको मिति तय भइसकेको अवस्थामा यसलाई स्वतन्त्र र निष्पक्ष बनाउनका लागि क्रियाशील सदस्यता छानबिनका लागि समिति बनाएर अघि बढेको उनले बताए । रासस

The post ललिता निवास प्रकरण : कांग्रेस नेता सिहं भन्छन्, ‘मन्त्री मात्रै होइन, प्रधानमन्त्री र जग्गा धनी पनि दोषी हुन्’ appeared first on Koshi Online.

दिल्ली हिंसाः शाहरुखले गोली चलाउँदा मुस्लिमको घरमा पेट्रोल बम प्रहार

सभामुख सापकोटालाई नागरिक अभिनन्दन

सिन्धुपाल्चोक, २५ माघ । सभामुख अग्निप्रसाद सापकोटालाई सिन्धुपाल्चोकमा शनिबार नागरिक अभिनन्दन गरिएको छ ।

जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको अगुवाईमा सिन्धुपाल्चोकका नगरपालिका, गाउँपालिका र गैर सरकारी संघसंस्थाहरूले संयुक्त रूपमा सभामुख सापकोटालाई नागरिक अभिनन्दन गरेको हो ।

सो अवसरमा सभामुख सापकोटाले देश भक्ति र सदाचारमा आफूले कहिले पनि सम्झैता नगर्ने प्रतिवद्धता जाहेर गरे ।

उनले लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरणका लागि आफूले कुनै कसर बाँकी नराख्ने बताए ।

यसैगरी सभामुख सापकोटाले सभामुख पद कुनै पार्टी विशेषको नभई सिंगो मुलुक र जनताको साझा पद हुने भएकोले आफ्ना कार्यकालमा कसैलाई पाखा र काखा नगर्ने बताए ।

The post सभामुख सापकोटालाई नागरिक अभिनन्दन appeared first on Koshi Online.

नेप्सेमा उछाल, ४३ अङ्कको वृद्धि

प्रमोद खरेलको ‘आज फुर्सद छैन मैया’ सार्बजनीक

ईटहरी/ गायक प्रमोद खरेलको स्वरमा रहेको “आज फुर्सद छैन मैया” बोलको गीतको भिडियो सार्बजनिक भएको छ । गायक प्रमोद खरेलले धेरै नेपाली गीतमा आफ्नो स्वर दिईसकेका छन् । भने यस पटक पनि नया गित”आज फुर्सद छैन मैया” बोलको गीतमा आफ्नो स्वर दिएका हुन ! सार्बजनिक गरिएको गीतको भिडियोमा बिकाश लामिछाने र सम्पदा बानिया को फ़िचर्ड रहेको छ । हेर्नुस भिडियो :

सार्बजनिक गरिएको गीतमा कन्चन पुडासैनी को सब्द तथा अनिल घिमिरेको संगीत रहेको छ भने बिपिन आचार्यले एरेञ्ज गरेका छन् । कृष्ण देभ रुपाखेतीले निर्देशन गरेको उक्त गीतको भिडियोलाई प्रशान्त तामांगले कोरियोग्राफ गरेका छन् भने छायाकार उत्सभ दाहाल ले छायांकन गरेका छन् ।

ओ एस आर डिजिटल बाट सार्बजनिक गरिएको उक्त गीतको भिडियोलाई बिकाश दाहाल ले सम्पादन गरेका छन् भने सार्बजनिक भएको केहि समयमै धेरैले उक्त भिडियोलाई हेरेर मन पराइसकेका छन् । धेरैले सो गीतको भिडियो हेरी भिडियो राम्रो बनेको भनि सकारात्मक प्रतिक्रिया समेत दिएका छन् ।

The post प्रमोद खरेलको ‘आज फुर्सद छैन मैया’ सार्बजनीक appeared first on Purbeli News.

बाजुरामा ट्याक्टर दुर्घटना, चालकसहित ९ जना घाइते