Home Blog Page 1356

त्रिकोणात्मक क्रिकेट अपडेटः नेपाल सम्हालियो, २१ ओभरमा ३ विकेट ७१ रन

आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजअन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले सम्हालिएको प्रदर्शन गरेको छ।

ओमानले दिएको १ सय ९८ रनको पछ्याएको घरेलु टोलीले २१ ओभरको समाप्तिमा ३ विकेट गुमाएर ७१ रन बनाएको छ।

उपकप्तान दिपेन्द्र सिंह ऐरी ३६ रन जोड्दा आउट हुन पुगे। दिपेन्द्रले १ छक्का र ४ चौका हाने। दिपेन्द्र मोहम्मद नाविको बलमा एलबी डब्लु धरापमा परे। का छन्।

भेषावकरले ३ चौका मद्दतमा २४ रन जोडे। अहिले क्रिजमा शरद भेषावकर र आरिफ शेख  छन्।

ओपनिङ ब्याट्सम्यान कप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्का सस्तैमा पवेलियन फर्केपछि दबाबमा आएको नेपालले सम्हालिएको प्रदर्शन गरिरहेको छ।

त्यसअघि कप्तान ज्ञानेन्द्र लामो सट खेल्ने धुनमा कलिमुल्लाहको कलमा मोहम्मद नाभिदबाट क्याच आउट हुन पुगे। उनी ३ दशमलव ५ ओभरमा १ रन जोड्दा पवेलियन फर्केका हुन्। त्यस्तै पारस खड्का ३ रन जोड्दा विकेट किपर सुरज कुमारको हातबाट क्याच आउट भए।

त्यसअघि नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ९७ रनको योगफल तयार पारेको थियो। नेपालका करण केसीले ४ तथा सुसन भारीले ३ विकेट लिए। दिपेन्द्रसिंह ऐरिले १ विकेट आफ्नो नाममा लेखाए।

बिबिआइएनमार्फत ऊर्जा सहकार्य हुने, थप बिजुली लैजान भारत सहमत

नेपाललाई सुरुवाती झट्का, ज्ञानेन्द्र र पारस आउट

आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजअन्तर्गत ओमानविरुद्धको खेलमा नेपाललाई सुरुवाती झट्का लागेको छ। १ सय ९८ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ५ ओभर अगावै २ ब्याट्सम्यान गुमाएको छ।

ओपनिङमा आएका कप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्का सजिलै आउट भए। भरपर्दा र अनुभवी ब्याट्सम्यान सुरुमै गुमाएको नेपाल दबाबमा आएको छ।

कप्तान ज्ञानेन्द्र लामो सट खेल्ने धुनमा कलिमुल्लाहको कलमा मोहम्मद नाभिदबाट क्याच आउट हुन पुगे। उनी ३ दशमलव ५ ओभरमा १ रन जोड्दा पवेलियन फर्केका हुन्। त्यस्तै पारस खड्का ३ रन जोड्दा विकेट किपर सुरज कुमारको हातबाट क्याच आउट भए।

अहिले क्रिजमा शरद भेषावकर र उपकप्तान दिपेन्द्रसिंह ऐरी क्रिजमा छन्।

त्यसअघि नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ९७ रनको योगफल तयार पारेको थियो।

कम्बोडियामा १०१ र ९८ वर्षका दिदीबहिनीको ४७ वर्षपछि भेट

पढाइ नभएको भन्दै विद्यार्थीद्वारा वडा कार्यालय तोडफोड, १८ जना पक्राउ

विद्यालयमा पढाइ राम्ररी नभएको भन्दै विद्यार्थीले वडा कार्यालयमा तोडफोड गरेका छन्। रौतहटको गरुडा नगरपालिका वडा नं २ को कार्यालयमा बुधबार तोडफोड गरेका हुन्।

स्थानीय श्रीमाध्यमिक विद्यालयका विद्यार्थीहरु दिउँसो १२ बजे वडा कार्यालयमा प्रवेश गरी महत्वपूर्ण कागजात, फर्निचर, कम्प्युटर लगायतको सरसमान तोडफोड गर्नुको साथै कार्यालय बाहिर फलिदिएका छन्।

तोडफोडको कारण कार्यायका धेरै सामग्री नष्ट एवं क्षतिग्रस्त भएको छ। प्रहरीले तोडफोडमा संलग्न १८ जना विद्यालर्थीलाई पक्राउ गरेको छ। पक्राउ परेकालाई इलाका प्रहरी कार्यालय गरुडामा राखिएको रौतहटका प्रहरी प्रवक्ता डीएसपी नविन कार्कीले जानकारी दिए।

कार्यालयमा तोडफोड गर्दा महत्वपूर्ण कागजातहरु नष्ट भएको र यसअघि पनि ती विद्यार्थीहरुले विद्यालयमा तोडफोड गरेकाले कानुन अनुसार कारबाही गरिने डीएसपी कार्कीले बताए।

यसअघि २ महिना अगाडि पनि पढाइ नभएको भन्दै विद्यार्थीहरुले विद्यालयमै तोडफफोड गरेका थिए। त्यस बेला सर्वपक्षीय बैठक बसेर विद्यार्थी बालबालिका भएकाले छोडिएकाे थियाे।

सिन्धुपाल्चोकमा प्रहरी चौकी आक्रमण गर्ने समूहलाई ज्यान मार्ने उद्योग मुद्दा

भाटभटेनीका मालिक गुरुङलाई ५० करोड बिगोका दुई मुद्दा

भाटभटेनी सुपर मार्केटका सञ्चालक अर्थात भाटभटेनी डेभलपमेन्ट कम्पनी प्रालिका मालिक मीनबहादुर गुरुङविरुद्ध विशेष अदालतमा भ्रष्टाचारका दुई मुद्दा दर्ता भएका छन्।

बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा मुछिएका सञ्चालक गुरुङविरुद्ध बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० करोड बिगो दावी गर्दै भ्रष्टाचारका दुई मुद्दा दायर गरेको हो।

अख्तियारले दायर गरेका दुई मुद्दामध्ये पहिलोमा ३९ करोड २७ लाख ६७ हजार रुपैंया बिगो दावी गरिएको छ भने अर्कोमा ११ करोड २० लाख रुपैंया बिगो दावी गरेको हो।

३९ करोड २७ लाख ६७ हजार रुपैंया विगो दावी भएको मुद्दामा उनलाई उनी आफैँ जग्गा दलाली गरेको र जग्गा आफैँले पनि प्रयोगमा ल्याएको उल्लेख छ। उनको गोदाम हाउस समेत हाल सोही जग्गामा अवस्थित छ।

तयस्तै गरि ११ करोड २० लाख लाख रुपैंया विगो दावी भएको मुद्दामा प्रत्यक्ष हानी पुर्याउने कार्य गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा (४) बमोजिम कसूर गरेको आरोप लगाइएको छ। सञ्चालक गुरुङ जग्गा प्रकरणमा सुरुदेखि नै जोडिएर प्रत्यक्ष रुपले काम गरेको पाइएको छ।

गुरुङविरुद्ध गत महिना मात्रै नक्कली भ्याट विल बनाइ राजस्व छली गरेको आरोपमा असुली गर्न सर्वोच्च अदालतले आदेश जारी गरेको थियो।

भाटभटेनीविरुद्ध नक्कली भ्याट बिलबाट राजस्व छली गरेको राजस्व न्यायाधीकरणले ठहर गरेको थियो। न्यायाधीकरणले ९ करोड रुपैयाँ भ्याट छली गरेको ठहर गरेको थियो। न्यायाधीकरणको सो ठहरलाई सर्वोच्च अदालतले सदर गरेको थियो।

यसरी भएको थियो व्यवसायमा गुरुङको उदय

२०४१ सालमा १० वाई १२ को एउटा सानो कोठाबाट मीनबहादुरले व्यवसयिक यात्रा सुरु गरेका थिए। त्यही व्यवसयालाई विस्तार गर्दै अहिले उनी देशका विभिन्न स्थानमा सुपरमार्केट सञ्चालन गर्ने हैसियतमा पुगेका छन्। गुरुङ यो व्यवसाय ३५ हजार पुँजीबाट सुरु भएको थियो। अहिले भने उनी अर्बौंको कारोबार गर्ने अवस्थामा पुगेका छन्। उनको सुपरमार्केटले हजारौंलाई रोजगारी समेत दिएको छ। खोटाङको सामान्य किसान परिवारमा जन्मिएका उनी सानो व्यवसाय काठमाडौंमा आएर उनले सुरु गरेका थिए।

काठमाडौं लगायत धरान, नारायणगढ, पोखरा, बुटवल, भैरहवा र विराटनगर गरी कुल १७ स्थानमा यसको शाखाहरु रहेका छन् भने नेपालगञ्जमा सञ्चालनको तयारी भइरहेको जनाइएको छ। उक्त सुपरमार्केटले अहिले दैनिक साढे पाँच करोडको कारोबार गर्दै आएको छ।

 

अमेरिकी राष्ट्रपति ट्रम्प भारत प्रस्थान, भ्रमणमा निस्किनुअघि मोदीको प्रशंसा

तत्कालिन मुख्यसचिव लिलामणिलाई चलेन मुद्दा

बालुवाटारमा रहेको ललिता निवास जग्गा अनियमितता प्रकरणमा मुछिएपनि तत्कालिन मुख्यसचिव लिलामणि पौड्याललाई भने मुद्दा लागेन। बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दामा पौडेलको नाम उल्लेख छैन।

अख्तियारले बालुवाटार जग्गा अनियमितता प्रकरणमा मुछिएका पूर्वमन्त्रीसहित १७५ जनामाथि विशेष अदालतमा मुद्दा दायर गरेपनि तत्कालिन मुख्यमसचिव रहेका पौड्याल भने जोगिएका हुन्।

जग्गा अनियमितता प्रकरणमा अख्तियारले उनीसँग बयान भने लिएको थियो। पौडेल हाल चीनका लागि नेपाली राजदूत छन्।

ग्याल्बो ल्होसारमा नेकपा अध्यक्ष दाहाल दिए शुभकामना

टर्कीमा हिम पहिरो जाँदा २३ जनाको मृत्यु

टर्कीस पत्रिका हरियतका अनुसार मृत्यु हुनेमा उद्धारकर्ता, सुरक्षाकर्मी र सर्वसाधारण छन्।

मंगलबार मात्र टर्कीमा हिम पहिरो गएको थियो। उक्त हिम पहिरोमा पाँच जनाको मृत्यु भएको थियो।

हराइरहेकाको खोजीका लागि ३ सयजना उद्धारमा खटेका थिए। मंगलबार हिम पहिरो गएकै क्षेत्रमा बुधबार हिम पहिरो गएको बताइएको छ।

मुस्लिम धर्मावलम्बीको रमजान आजदेखि सुरु

बालुवाटार जग्गा अनियमितताः ‘मुख्य दलाल’ ढकाललाई सबैभन्दा बढी ३९ करोड बिगो

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटार जग्गा अनियमितता प्रकरणका ‘मुख्य दलाल’ शोभाकान्त ढकाललाई ३९ करोड २७ लाख ६८ हजार बिगो भराउन माग गरेको छ।

आयोगले विशेष अदालत काठमाडौंमा बुधबार मुद्दा दायर गर्दै ढकालमाथि सबैभन्दा बिगो दाबी गरेको हो।

आयोगले काठमाण्डौ, बालुवाटारस्थित ललिता निवास क्याम्पभित्रका सरकारी, सार्वजनिक जग्गा हिनामिना प्रकरणमा तत्कालीन उप-प्रधानमन्त्री सहित ३ मन्त्री, ६ विशिष्ट श्रेणीका पदाधिकारी, कर्मचारीहरू र अन्य व्यक्तिहरू समेत गरी जम्मा १७५ जना उपर आरोपपत्र दायर गरेकाे हाे।

झापाकी युवती खैरो हेरोइनसहित काठमाडौँबाट पक्राउ

शुभ बिहानी?? पाथीभरा माइको दर्शन गरि आजको राशिफल पढ्नुहोस।

पाथीभरा माइको दर्शन गरि आजको राशिफल पढ्नुहोस।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) नयाँ काम गरि मनग्गे आम्दानि बढाउँन सकिनेछ । व्यापार व्यावसायमा समय थोरै दिएपनि मनग्गे आम्दानि हुनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागि समयले साथ दिनेछ भने परिवारका साथ रहेर मिष्टान्न भोजन गर्ने अवसर प्राप्त हुनेछ । आट पराक्रम बढेर जाने हुनालेजोसिलो काम गर्ने जागर आउँनेछ । राजनीति तथा समाजसेवामा समय लगानि गर्नेहरुले जनताको गतिलो समर्थन पाउँने तथा पद प्रतिष्ठा पाउँने समय रहेकोछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापार व्यावसायमा लगानि गर्दा पछिसम्म आम्दानि भैरहनेछ । पढाइ लेखाइमा सुधार भएर जाने तथा उत्कृष्ट नतिजा हात लाग्नेछ । सामाजिक क्षेत्रमा तपाईले गरेको काम समयमा सम्पन्न हुने हुदा चर्चा चुलिनेछ । विलाशि वस्तुहरुको प्रयोग गर्न पाईने तथा सानु प्रयत्नले भौतिक बस्तुहरु लाभ हुनेछन् । आफ्नो क्षमता प्रयोग गरि वा वैचारिक कुराले सबैलाई आफ्नो मातहतमा राख्न सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने जीवन साथिको सहयोग हर क्षेत्रमा रहने योग रहेकोछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) आफन्त तथा परिवारकै सदस्यहरुबाट सहयोग नपाईने हुदा कामहरु थाति रहनेछ । व्यापारमा लगानि गर्ने समय नरहेकोले केहि समय पर्ख र हेरको रणनीति अपनाउनुहोला । माया प्रेममा अरुकै नकारात्मक टिका टिप्पणिले मनमुटाव बढ्ने योग रहेकोछ भने पतिपत्नीविच अविस्वास बढ्ने योग रहेकोछ । खानपानमा ध्यान दिनुहोला समान्य स्वास्थ्य सम्बन्धि समस्या आउनेछ । लामो दुरिको विदेश यात्राको तय हुनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आउने आम्दानिले उत्साह जगाउनेछ । पानी तथा खनिज पदार्थको व्यावसायबाट मोटो रकम हात लागि हुने योग रहेकोछ । प्राकृतिक स्रोत तथा पैत्रिक सम्पतिको प्रयोग गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । पढाइ लेखाइमा अरुभन्दा अग्र स्थानमा तपाईको नाम आउँनेछ भने शिक्षा क्षेत्रसँग सम्बन्धित काममा बिषेश रुचि बढ्नेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) नोकरिमा अप्ठ्यारो परिस्थितिको सामना गर्नुपर्नेछ भने सहयोग गर्ने कमै भेटिनेछन् । पहिले निर्णय भैसकेका मुद्दाहरु आईलाग्ने हुदा मानशिक तनाब बढ्नेछ । सामान्य स्वास्थ्य सम्वन्धि समस्या आउँने हुनालेदैनिक कामकाज गर्न गाह्रो हुनेछ । माया प्रेममामा आफ्नो मायालुसँग मनमुटाब बढ्नेछ । आफ्नो भन्दापनि अरुकै कामको लागि दिनभर व्यस्त रहदा आफ्नो काम थाति रहनेछ । व्यापारमा व्यावसायमा लगानी गर्न केहि समय पर्खनु उचित हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) सरकारी तथा प्रशासनिक क्षेत्रमा तपाईको बलियो पकड रहने हुनाले कामहरु सजिलै सम्पादन हुँनेछन् । राज्यबाट पाउँने सेवा सुबिधा पाईनेछ भने मान सम्मानमा बृद्धि भएर जानेछ । धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्रा गरि प्रसाद तथा टिका ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्र बलियो रहने हुँदा मन प्रशन्न रहनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) समय तथा परिस्थिती अनुशार नचल्नाले दुख पाईनेछ । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउँनेछ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउँनेछ । भौतिक सम्पतीको प्रयोग गर्दा वा सवारी साधनको प्रयोग गर्दा तथा चलाउदा ध्यान दिनुहोला ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यापार व्यावसायमा नाँफा कमाउँन बढिनै संघर्ष गर्नुपर्ला । यात्रा गर्दा ख्याल गर्नुहोला झन्झटिलो तथा कष्टपुर्ण हुनसक्छ । स्वास्थ्य सम्बन्धि समस्याले सताउँने हुदा उपचार खर्च बढ्न सक्छ । बिदा तथा प्रतिस्पर्धामा अरुभन्दा पछि परिने हुदा मनमा असान्तिले गतिलो डेरा जमाउँनेछ । पारिवारिक सम्बन्ध तथा पति पत्निबिचको सम्बन्धमा केहि खल्लो अनुभुति भएको महशुष हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आई उपचार खर्च बढ्ने योग रहेकोछ । ऋण लाग्ने तथा सापटि मागेर दैनिकि गुजार गर्नुपर्ने अवस्था आउँन सक्छ । अध्ययन अध्यापनमा मन नजादा अरुभन्दा पछि परिनेछ । प्रेम सम्बन्धमा चिसोपन बढ्नेछ ध्यान दिनुहोला । विवादित बिषयमा सहभागि नहुनु होला समय मध्ययम रहेकोछ । मामा तथा आफन्त सँग मनमुटाव सिर्जना हुनेछ । नोकरि तथा बिद्यामा हुने प्रतिस्पर्धामा प्रतिस्पर्धीहरु बलिया हुने सक्छन ध्यान दिनुहोला ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) पढाइ लेखाइमा मन जाने हुनाले प्रतिस्पर्धीहरुलाई पछि छोड्दै एक कदम अगाडि बढ्न सकिनेछ । माया प्रेमका कोपिलाहरु फक्रिएर जानेछन् भने नया ठाउबाट प्रेम प्रस्ताव आउँनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आकस्मिक धन सम्पति हात लागि हुने योग रहेकोछ । पदिए दायित्व बढ्ने तथा काम गर्ने ठाउमा तपाईको काम गर्ने शैलिको धेरैले प्रशंसा गर्नेछन् ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) जीवन शैलि व्यास्त भएपनि आर्थिक रुपमा पछिनै परिनेछ । आमा तथा आफ्नैबाट टाडिनु पर्ने बाध्यता आउनेछ भने कामको सवालमा देश परदेशको यात्राको तय हुनेछ । अध्ययनमा समय दिन नसक्दा सफलता चुम्न निकै मुस्किल पर्नेछ । माया प्रेममा सामान्य मनमुटाब सिर्जना हुनेछ भने साथिभाईले नै धोका दिन सक्छन् । स्थाई सम्पतिमा विवाद आउँनेछ । कृषि तथा पशुपालन व्यावसाय भने व्यावसाय फस्टाएर जानेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) बादबिवाद तथा मुद्दा मामिलामा सहभागि नहुनुहोला नकरात्मक नतिजा आउनेछ । सकसपुर्ण तथा झन्झटिलो यात्रा हुनेछ । व्यापार व्यावसायमा सन्तोष जनक प्रगति हुनेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले सताउने हुदा काम गर्न असजिलो महशुष हुनेछ । बिद्यामा सफलता पाउन कडा मेहनेत गर्नु पर्नेछ । दाजुभाई तथा छिमेकि सँग मनमुटाव बड्नेछ । लेखन कला तथा साहित्यको क्षेत्रमा समय दिय पनि भनेजस्तो नतिजा नआउने हुदा मन खिन्न हुनेछ । – तपाईको दिन शुभ रहोस् ।

The post शुभ बिहानी💘💘 पाथीभरा माइको दर्शन गरि आजको राशिफल पढ्नुहोस। appeared first on .

कोरियामा कोरोना संक्रमण बढ्दै, एकै दिन १६१ जना संक्रमित

अष्ट्रेलियाबाट करोडौं हुण्डी कारोबार गर्नेको खुलासा, मृगौला रोगीको औषधिमा शिक्षण अस्पतालमा दोब्बर मूल्य (भिडियो)

काठमाडौं, २१ माघ । न्यूज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ४९१ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ । निम्न विषयमा विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ : १. ३० महिनामा निर्माण सम्पन्न हुनुपर्ने पुल ८ वर्षदेखि अलपत्र ! काभ्रे, २१ माघ । काभ्रेको रोशी गाउँपालिका र […]

गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी बर्तौलावाट सिक्ने कि ? आफ्नो सुविधाले एम्बुलेन्स खरिद

२२ लाखको मोबाइलसहित एक विदेशी नागरिक नियन्त्रणमा

काठमाडौं, २१ माघ । प्रहरीले झण्डै रु २२ लाखको मोबाइलसहित एक जना विदेशी नागरिकलाई आज नागढुङ्गाबाट नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी वृत्त थानकोट तथा महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले १८९ थान मोबाइलसहित तिब्बतीयनमुलका ४० वर्षीय स्याङ्ग्याल ग्यलाई नियन्त्रणमा लिएको हो । उनी हाल भारत पश्चिम बङ्गालको कालिङ्पोङमा बस्दै आएका खुल्न आएको छ […]

नेपालमा कानुन निर्माण प्रक्रिया