Home Blog Page 1357

अष्ट्रेलियाको मेलवर्नबाट करोडौंको हुण्डी कारोबार, वाणिज्यदूतको भूमिका शंकास्पद !

काठमाडौं, २१ माघ । रेमिट्यान्स नेपालको एक महत्वपूर्ण आयश्रोत हो । विदेशमा भएका र रोजगारीका लागि विदेश गएका नेपालीहरुले कमाएका पैसाले उनीहरुको परिवार मात्र नभई देशकै पनि रक्त–सञ्चार हुन्छ । नेपाल राष्ट्र बैंकको डाटा हेर्ने हो भने, बार्षिक करीब ८ खर्ब रुपैयाँ लिगल बाटोबाट नेपाल भित्रिन्छ । तर, हिसाब गर्ने हो भने बार्षिक ८ खर्ब […]

नैतिकता र राजीनामाको भेट

घरेलु मैदानको फाइदा उठाउँछौः कप्तान मल्ल

नेपालले घरेलु मैदानमा पहिलो पटक एक दिवसीय क्रिकेट सिरिज खेल्दैछ। ओडीआई मान्यता पाएको झण्डै दुई वर्षपछि नेपालले घरेलु मैदानमा पहिलो सिरिज खेल्न लागेको हो।

नेपालले बुधबार ओमानसँग प्रतिस्पर्धा गर्दै लिगको सुरुवात गर्नेछ। मगंलबार भएको खेलअघिको पत्रकार सम्मेलनमा कप्तान ज्ञानेन्द्रले घरेलु मैदानको फाइदा उठाउने बताए। कप्तान ज्ञानेन्द्रले भने,‘आईसीसी विश्वकप लिग–२ मा नेपालको लक्ष्य शीर्ष दुईमा पुग्ने हो। हाम्रो तयारी राम्रो छ। पोखरामा पनि प्रशिक्षण गरेका थियौ त्यसैले पनि लिगमा सशक्त प्रदर्शन गर्नेछौ।’

नेपालले ओमान र अमेरिकासँग ओडिआइमा पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको हो।

पत्रकार सम्मेलनमा दुवै टोलीका कप्तानले आफुहरु नेपालको मैदानमा उत्साहित रहेको बताउँदै चुनौती पनि रहेको बताए।

ओमानका कप्तान जिसान मकसोदले आफूहरु जित्नकै लागि नेपाल आएको बताए। उनले भने, ‘हामी राम्रो क्रिकेट खेल्न चाहन्छौं। जितको लागि आएका हौं।’

यता, अमेरिकाले भने आफ्नो पहिलो खेलमा ओमानसँग बिहीबार प्रतिस्पर्धा गर्दैछ। अमेरिकाका कप्तान सौरभ नेत्रभल्करले पनि आफुहरु नेपालीसँग खेल्नका लागि निकै उत्साहित रहेको बताए। नेपालको पिच केही फरक भएकाले पनि आफुहरुलाई केही गाह्रो हुन सक्ने औल्याएका छन्।

नेपाल बार एशोसिएशनको निर्वाचन आज

जति हर्न बजायो त्यती नै ट्राफिक जाममा बस्नुपर्ने नियम

एजेन्सी, २१ माघ । ट्राफिक लाइटमा रोकिँदा पनि सवारी चालकहरूले हर्न बजाएर हैरान पारेपछि मुम्बई पुलिसले गज्जबको काइदा निकालेको छ । अनावश्यक हर्न बजाएर सहर कोलाहल पार्ने प्रवृत्ति रोक्न मुम्बई पुलिसले ट्राफिक सिग्नल भएका चोक–चोकमा ‘डेसिबल मिटर’ जडान गरेको छ । ‘सजाय दिने सिग्नल’ नाम दिइएको यो उपकरण गाडीको हर्नसँगै सक्रिय हुन्छ । सहरका चोकमा […]

ओलीले काटे यति समुहले हेलिकप्टरमा लगिदिएको नेपालको नक्सा अंकित केक, सामाजिक सञ्जालमा बदनाम

पेन्सन बढाउन अवधि अगावै राजीनामा दिने चलन !

काठमाडौं, २१ माघ । सेवा निवृत्त सचिव प्रेमकुमार राईले अवधि अगाडि नै पदबाट राजीनामा गरेको प्रसंगले चर्चा पाएको छ । राईले अवकास पाउन दुईदिन बाँकी रहँदा राजीनामा गरेर लोभ देखाएको आरोप लागेको छ । निजामति सेवा ऐन २०४९ को दफा ३७ को ३ मा २०४९ साल कार्तिक २१ गते भन्दा अगाडि निजामती सेवामा बहाल रहेका […]

उपत्यकामा आज बिहान भएका सवारी दुर्घटनामा तीनको मृत्यु

कांग्रेसद्वारा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

काठमाडौं, २१ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभामा रोजगारीको दीर्घकालीन प्रबन्ध सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ ।

कांग्रेसले मुलुकभित्र रोजगारीका सम्भावनालाई खोजेर रोजगारीको दीर्घकालीन प्रबन्धतर्फ सरकार लाग्नुपर्ने जनाउँदै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग सम्बन्धित प्रस्ताव सदनमा आज दर्ता गराएको हो ।

प्रस्तावको प्रस्तावकमा सांसद डा. डिला सङ्ग्रौला पन्त तथा समर्थकमा सांसदद्वय सञ्जयकुमार गौतम र रङ्गमति शाही छन् ।

वैदेशिक रोजगारीमा जाँदा समस्या परेको युवालाई प्रदान गरिने राहत प्रभावकारी र व्यवस्थित बनाउन, सरोकारवाला तथा सर्वपक्षीय छलफलमार्फत वैदेशिक रोजगारीका समस्याको दीर्घकालीन समाधान खोज्नका लागि उक्त प्रस्ताव छलफल गर्नुपर्ने उनीहरुको भनाइ छ ।

यसैगरी रोजगारीका क्रममा बिरामी भएका युवाको उचित उपचार र आश्रित परिवारलाई आर्थिक सहयोग गर्नु पर्ने प्रस्तावमा उल्लेख छ ।

यस्तै मलेसिया सरकारसँग गरिएको सम्झौताअनुसार शून्यलागतमा कामदारलाई पठाउन सरकारले नै मलेसियाली कम्पनीसँग सिधा संवादमार्फत रोजगारी सुनिश्चित गर्न छलफल गर्नुपर्ने प्रस्तावमा उल्लेख छ ।

The post कांग्रेसद्वारा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता appeared first on Koshi Online.

प्रि-मनसुनी गतिविधि सुरु, पहाडी भेगमा मेघगर्जनसहित वर्षाको सम्भावना

भ्रमण वर्षको प्रचार गर्न थाइल्याण्डमा २ महिना भिडियो प्रदर्शन

काठमाडौं । थाइल्याण्डमा नेपाल भ्रमण वर्ष २०२० का लागि प्रबर्धनात्मक भिडियो प्रदर्शन गरिएको छ । ७ जनावरीबाट सुरु गरिएको प्रदर्शन दुई महिनासम्म चल्ने छ ।

बैंककस्थित नेपाली दूतावासले त्यहाँको प्रतिष्ठित कम्पनी सेन्ट्रल ग्रूपको एक सदस्य प्रोपटी डेभलपमेन्ट इन्भेष्टमेन्ट (सीपीएन)को सहयोगमा भिडियो प्रदर्शन गरिएको हो ।

दूतावासका अनुसार बैंककको चर्चित मल सेन्ट्रल वर्ल्डको बैंकक लगायत ७ वटा शाखाका १५ स्कृनमा भिडियो देखाइएको छ ।

बैंककस्थिति मलभित्र ४ वटा स्कृनमा र बाहिरको एउटा ठूलो स्कृनमा भिडिया देखाइएको छ भने यसै ग्रूपअन्तर्गत फुकेट, पताया, च्याङ्गमाई र च्याङ्गराई शहरमा रहेका मलहरुमा पनि भिडियो प्रदर्शन गरिएको दूतावासले जनाएको छ ।

मलहरुमा दैनिक हजारौं मानिसहरुको आवतजावत् हुने गर्छ । यो भिडियो प्रदर्शनीबाट थाइ जनतामाझ वनेपाल भ्रमण वर्ष २०२० को प्रचारप्रसार हुनुका साथै सम्भावित थाइ पर्यटकलाई नेपाल भ्रमणका लागि आकर्षित गर्ने दूतावासको विश्वास छ ।

१ अर्बको कारोबार गर्दै विराट एक्स्पाे २०७६ सम्पन्न, ३ लाख बढीले गरे अवलोकन

दोस्रो मेयर कपको उपाधि आयोजकलाई

रबिना बोहरा बागलुङ, २१ माघ । दोस्रो मेयर कप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि आयोजक बागलुङ नगरपालिकाले जितेको छ । मंगलबार फाइनल खेलमा बागलुङले उपदयपुरको चौदण्डीगढी नगरपालिकालाई ५–२ गोलअन्तरले पराजित गर्दै उपाधिको रक्षा गरेको हो । सुरुवातदेखि आक्रमक खेल प्रस्तुत गरेको बागलुङले खेलको १ मिनेट २६ सेकेण्डमा कप्तान प्रमेश थापाको गोलबाट अग्रता लिएको थियो । चौदण्डीगढीका […]

‘आदेश आए १ महिनाभित्रै रेल गुडाउछौँ’ : रेल विभाग

रुपन्देहीको मणिग्राममा जारी दोस्रो राष्ट्रिय औद्योगिक व्यपार मेलाको अवधि एक दिन थपियो

कृष्ण पाण्डे रुपन्देही, २१ माघ । ‘तिलोत्तमामा लगानी, समृद्धिको सुनौलो बिहानी’ नारासहित रुपन्देहीको मणिग्राममा जारी दोस्रो राष्ट्रिय औद्योगिक ब्यापार मेलाको अवधि एक दिन थप भएको छ । सोमबार मेला सचिवालयमा बसेको आयोजक संस्थाको कार्यसमितिको वैठकले मेला अवधि एक दिन थप्ने निर्णय गरेको हो । माघ २१ गते समापन हुने भनिएको मेला स्टल धनीहरुको आग्रहमा एक […]

कम मूल्यका गाडी प्रयोगकर्ताको रोजाइमा पर्न थाले

अर्काे चुनावमा दुई तिहाइ ल्याउन कसैले रोक्न सक्दैन : प्रधानमन्त्री

काठमाडौं, २१ माघ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले नेकपाबाहेक अरु कसैले न्याय, समानता र समृद्धिका लागि उद्देश्यमूलकरुपमा काम गर्न नसक्ने ठोकुवा गरेका छन् ।

पार्टी निकट अखिल नेपाल महिला सङ्घको एकता घोषणा तथा केन्द्रीय समितिको शपथ ग्रहण समारोहमा सम्बोधन गर्दै उनले नेकपाले नै सङ्घर्ष गरेर हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिता स्थापित गरेको बताए ।

उनले पार्टीका महिला नेताकार्यकर्तालाई आफ्नो सङ्गठन नै बलशाली ठानेर यसैबाट परिवर्तन र रुपान्तरण सम्भव छ भनेर लाग्न जोड दिए ।

वर्तमान सरकारले विकासनिर्माणलाई गति दिएकाले आगामी आम निर्वाचनमा दुई तिहाइ ल्याउनबाट नेकपालाई कसैले रोक्न नसक्ने उनले बताए ।

सरकारले केही गरेन भनेर फैलाउन खोजिएको भ्रमको कुनै असर नपर्ने उल्लेख गर्दै उनले भने, “म खुलारुपमा भन्न चाहन्छु, अब नेकपाले दुई तिहाइ ल्यायो, ल्यायो । कसैले रोकेर रोकिँदैन । रोक्नका लागि तयारी गर्नुछ भने लागे हुन्छ ।”

अध्यक्ष ओलीले पार्टीभित्र सबै नेताहरु एकता र एकमतका साथ मुलुकको समृद्धिको लक्ष्य लिएर अघि बढेकाले कतिपय सञ्चारमाध्यमले चलाएको भ्रममा परेर को बहुमत र को अल्पमतमा भन्नेतिर नलागी न्यायपूर्ण र समतामूलक समाज निर्माणमा लाग्न आग्रह गरे ।

उनले छाउपढी जस्ता कुप्रथा अन्त्यका लागि मनमस्तिष्कदेखि लाग्नुपर्ने आग्रह गर्दै विद्रोह र सङ्घर्षलाई सही बाटाका साथ सङ्घर्ष र मेलमिलापबाट रुपान्तरणमा ल्याउन आवश्यक रहेको पनि बताए ।

सङ्घकी अध्यक्ष अमृता थापाले अब आफूहरु छिट्टै जिल्ला तहको एकतामा जाने जानकारी दिइन् ।

The post अर्काे चुनावमा दुई तिहाइ ल्याउन कसैले रोक्न सक्दैन : प्रधानमन्त्री appeared first on Koshi Online.

जेनोआलाई हराउँदै लाजियो सिरी ए उपाधिनजिक

उद्घाटनमा नेपालले ओमनसँग खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टोलीले ओमनसँग खेल्दै आइसिसी विश्वकप क्रिकेट लिग दुई प्रतियोगिताको उद्घाटन गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा भोलि (बुधबार) देखि शुरु हुने उक्त प्रतियोगितामा सहभागिता जनाउनका लागि ओमन र अमेरिका नेपाल आइसकेका छन्। नेपालले आफ्नो उद्घाटन खेलमा ओमनलाई पराजित गर्दै जीत निकाल्ने लक्ष्यसहित मैदानम उत्रनेछ।

यही माघ २९ गतेसम्म चल्ने खेलमा नेपाल, ओमान र अमेरिकाले त्रिकोणात्मक सिरिज खेल्दैछन् जसमा कूल ६ खेल हुनेछन्। हरेक टोलीले समान दुई–दुई खेल खेल्नेछन्। नेपालले आफ्नो दोस्रो खेलमा अमेरिकासँग माघ २५ गते खेल्नेछ भने तेस्रो खेलमा नेपालले ओमानसँग माघ २६ खेल्नेछ।

त्यसैगरी नेपाले आफ्नो अन्तिम खेल अमेरिकासँग माघ २९ खेल्नेछ। त्यस्तै लिग दुईमा नेपालसहित स्कटल्यान्ड, संयुक्त अरब इमिरेट्स (युएई), नामिबिया, ओमान, पपुवा न्युगिनी र अमेरिका छन्। नेपालबाहेक अन्य राष्ट्रहरुले आफ्नो पहिलो खेल खेलिसकेका छन्।

अहिलेसम्म अंक तालिकामा अमेरिका शीर्ष स्थानमा छ। आठ खेल खेलेको अमेरिकाले ६ खेलमा जीत निकाल्दै १२ अंक हात पारेको छ। त्यस्तै स्कटल्यान्डले नौ अंक जोड्दै दोस्रो स्थानमा छ भने आठ अंक जोडेको नामिबिया तेस्रो स्थानमा छ । समान आठ अंक नै जोडेको ओमन अंक तालिकाको चौथो स्थानमा छ भने सात अंक रहेको युएई पाँचाै र अंकविहीन रहेको पपुवा न्युगिनी छैटाैं स्थानमा छ। नेपालले भने पहिलो खेल खेल्न लागेको हो।

एशियन टूर प्याराग्लाइडिङमा २० देशका ९० पाइलट