Home Blog Page 1358

भारतमा तरकारी पकाउने ठूलो भाडामा खस्दा एक बालिकको गयो ज्यान

उत्तर प्रदेशको मिर्जापुर जिल्लामा गत सोमबार यस घटना भएको एएनआईले जनाएको छ।

विद्यालयका बालबालिकाका लागि एक महिलाले खाना पकाइरहेकी थिइन्। तरकारी पनि उनैले पकाइरहेकी थिइन्।

कानमा हेडफोन लगाएर काम गरिरहेकी ती महिलाले बालिका तरकारीको भाडामा खसेको थाहा नपाएको बताएकी छिन्।

बहिनी तरकारीको भाडामा खस्दा उनका दाई त्यही थिए। उनले गुहार मागेपछि बालिकालाई भाडोबाट निकालिएको थियो।

तातो भाडोमा रहेको तरकारीले पोलेर बालिकाको ज्यान गएको बताइएको छ। हाल खानेकुरा पकाउने जिम्मा पाएकी महिलामाथि अनुसन्धान भइरहेको छ।

नागढुङ्गाबाट खैरो हेरोइनसहित एक युवती प्रहरी नियन्त्रणमा

भरतपुर गोल्डकप आगामी फागुन २४ गतेदेखि सुरु हुने

केदार शर्मा चितवन, माघ २१ । जिल्लाकै सवार्धिक पुरस्कार राशी भएको भरतपुर गोल्डकप आगामी फागुन २४ गतेदेखि सुरु हुने भएको छ । ए.जे. इन्टरनेशनलको आयोजनामा दोश्रो संस्करणको रुपमा फागुन २४ गतेदेखि चैत्र ३ गतेसम्म गोल्डकप हुन लागेको हो । ६ वटा ए डिभिजन क्लवसहित ४ वटा जिल्ला क्लवहरु सहभागीता हुने गोल्डकपको बिजेताले नगद १० लाख […]

कोरोना प्रकोप रोक्न इटलीमा स्कुल र म्युजियम बन्द

सुन तस्करी गरेकाे अभियोगमा भारतीय नागरिक पक्राउ

विराटनगर, २१ माघ । सुन तस्करी गरेको अभियोगमा मोरङ प्रहरीले एक भारतीयलाई आज नियन्त्रणामा लिएकाे छ। प्रहरीले भारतकाे विहार राज्यको कटिहार ग्राम पञ्चायत वडा- २० निवासी ६२ वर्षीय चन्दन भौमिकलाई विराटनगर भन्सार ढोकामा नियन्त्रणमा लिएकाे हाे । अभियुक्त भौमिकलाई सुनका दुई चुरासहित नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी […]

भरतपुर महानगर प्रमुखमा पुनः माओवादीको दाबी

एपीएफ टोलीद्वारा लागूऔषधसहित दुई जना पक्राउ

रुपन्देही जिल्लाको सिद्वार्थ नगरपालिका १ स्थित बेलहियाबाट सशस्त्र प्रहरीले विभिन्न किसिमका लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कास्की जिल्लाको पोखरा महानगरपालिका १६ लेखनाथ बस्ने १९ वर्षीय रक्की गरबुजा पुन र अरुण सुनार छन् ।

उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ३८ गुल्म हेक्वा रुपन्देहीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो।

एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा निट्राजेपाम ट्याब्लेट ३ सय ४३ वटा, डाईजापाम ५८ वटा र प्रोमेथाजीन हाईड्रोक्लोराईड ईन्जेक्सन ५८ वटा फेला परेपछि पक्राउ गरिएको हो। एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामद लागुऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ।

प्रधानमन्त्री ओलीकाे ६९औं जन्मोत्सव पुर्ख्यौली घर तेह्रथुममा

कोरोना भाइरसबाट संक्रमित महिलाले जन्माइन् स्वस्थ शिशु

हेलङजियाङ प्रान्तको हार्बिन रेड क्रम सेन्ट्रल अस्पिटलमा ती महिलाले स्वस्थ छोरीको जन्म दिएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमले जनाएका छन्।

गत जनवरी ३० मा ती महिलामा कोरोनाको संक्रमण देखिएको थियो। बच्चा पाउने मिति तोकिसकेको समयमा ती महिलाको उच्च निगरानीमा उपचार भइरहेको छ।

मंगलबार उनले स्वस्थ बच्चा जन्माएपछि डाक्टर तथा नर्सहरु खुशी भएका छन्। शिशु जन्मने समयमा बच्चालाई सुरक्षित राख्न डाक्टरहरुले इमरजेन्सी सी सेक्सनमा गर्भवती महिलालाई लगेका थिए।

बच्चा पाउने महिला क्वारेन्टाइनमा भएकाले परिवारलाई उनीसँग भेट्न दिइएको छैन। बच्चालाई पनि आमाबाट अलग राखिएको छ।

The unidentified woman went into labour on January 30. Doctors later confirmed she had caught the SARS-like infection. Pictured, a doctor holds the woman's baby

चिकित्सकहरुले बच्चाको राम्रो हेरचाह गर्ने जिम्मा लिएका छन्।

मंगलबारसम्म नोबल कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय नाघेको छ। संक्रमितको संख्या २० हजार माथि पुगेको छ।

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ सय २५ पुगेको छ। चीनमा ४ सय २३ को मृत्यु हुँदा फिलिपिन्स र हङकङमा एक–एक जनाको कोरोनाको संक्रमणबाट मृत्यु भएको छ।

चीनमा मात्रै २० हजार ४ सय ३८ जना कोरोनाको संक्रमणमा परेका छन्। चीनबाहिर २६ देशमा फैलिएको कोरोनबाट १८५ जना संक्रमित भएको बताइएको छ। एजेन्सी

Medics treat the pregnant woman at the Harbin Red Cross Central Hospital in Heilongjiang

बागमती प्रदेशस्तरीय दुई दिवसीय सुरक्षा गोष्ठी सम्पन्न

बहानाबाजी गरेर दुई इन्जिनियरले लिए १६ लाख घुस, अख्तियारले चलायाे मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय लहान सिरहाका इन्जिनियर र सबइन्जिनियरविरुद्ध लाखौँ घुस रकम लिएको आरोपमा मुद्दा दायर गरेको छ।

इन्जिनियर नविनकुमार साह र सबइन्जिनियर वीरेन्द्रकुमार साहमाथि आयोगले १५ लाख ९६ हजार बिगो माग्दै मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

सेवाग्राहीसँग रुपनी राजविराज कुनौली सडक आयोजनाको अन्तिम बिल भुक्तानी लिने क्रममा बहानाबाजी गरेर दुई इन्जिनियरले घुस लिएका थिए।

सोसँगै दुवैलाई आयोगको कार्यालय बर्दिबासको टोलीले नियन्त्रणमा लिएको थियो। अख्तियारले अनुसन्धानपछि घुस रकमबराबरकै बिगो माग्दै आरोपपत्र दायर गरेको जनाएको छ।

निमित्त डिभिजन प्रमुख साहविरूद्ध पनि मुद्दा
यसैबीच, साेही कार्यालयका निमित्त डिभिजन प्रमुख विन्दा साह भन्ने विनोद साहविरूद्ध पनि अख्तियारले मुद्दा दायर गरेकाे छ। सेवाग्राहीसँग रुपनी राजविराज कुनौली सडक आयोजना निर्माणको अन्तिम बिल भुक्तानी लिने क्रममा विभिन्न बहाना बनाई ३ लाख घुस लिएका थिए। उनी पनि घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएका हुन्।

सुर्यविनायक-जडिवुटी सडकमा यसरी गरियो लेन व्यवस्थापन

नेकपाले मात्रै न्याय, समानता र समृद्धि दिन सक्छ : प्रधानमन्त्री

काठमाडौं, २१ माघ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले नेकपाबाहेक अरु कसैले न्याय, समानता र समृद्धिका लागि उद्देश्यमूलकरुपमा काम गर्न नसक्ने ठोकुवा गर्नुभएको छ । पार्टी निकट अखिल नेपाल महिला सङ्घको एकता घोषणा तथा केन्द्रीय समितिको शपथ ग्रहण समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उहाँले नेकपाले नै सङ्घर्ष गरेर हरेक निकायमा […]

अबको केही दिन मौसम बदली

प्रदेश ५ को प्रदेश सभा स्थापना दिवस : राजधानीबारे मुख्यमन्त्री मौन

शिव डुम्रे बुटवल, २१ माघ । प्रदेश सभा स्थापना भएको दुई वर्ष पूरा भएको छ । प्रदेश सभा स्थापना भएको लामो समयसम्म पनि प्रदेश नम्बर ५ को राजधानी र नामाकरण भने हुन सकेको छैन । प्रदेश ५ ले तामझामका साथ प्रदेश सभाको स्थापना दिवस मनाईरहँदा कार्यक्रममा बोल्न ढिला गरि बोल्न आईपुगेका प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले […]

साना दलले पनि दलकै चिह्नमा चुनावमा भाग लिन पाउने

नेपालको तगारो बन्नेछन् नेपाली मूलका यी ओमानी क्रिकेटर

आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत बुधबार नेपालले ओमानसँग खेल्दै शृंखलाको उद्घाटन गर्दै छ। तीन वर्ष होम एण्ड अवेका आधारमा हुने यस शृंखलामा ७ देशले कुल १ सय २६ खेल खेल्दै छन्।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा नेपालले पहिलो होम शृंखलाको उद्घाटन बिहान १० बजेबाट सुरु हुने ओमानविरुद्धको खेलबाट गर्नेछ। एकदिवसीय अन्तर्राष्ट्रिय(ओडीआई) यी दुई टोली पहिलोपटक आमनेसामने हुनलागेका हुन्।

२०२२ सम्म चल्ने यो प्रतियोगिताको शीर्ष ३ मा रहने टोलीले सन् २०२३ मा भारतमा हुने एकदिवसीय विश्वकप छनोट खेल्न पाउनेछ। त्यही छनोट खेल्ने लक्ष्य लिएको नेपाल ओमानविरुद्ध विजयी सुरुआत गर्न चाहन्छ।

तर, नेपाली जितको तगारो बन्नेछन्, ओमानी टोलीबाट खेलिरहेका नेपाली मुलकै सुरज कुमार। स्पष्ट नेपाली बोल्ने सुरजले २०१८ अगष्टमा ओमानी टोलीमा डेब्यू गरेका थिए। त्यसयता उनी ओमानी टोलीको मुख्य खेलाडी बनिसकेका छन्।

ओमानबाट ७ एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका यी विकेटकिपर ब्याट्सम्यानको क्षमता नेपाली बलरहरुले अनुभव गरिसकेका छन्। पाँच महिनाअघि ओमानले नै आयोजना गरेको पाँचदेशीय शृंखलामा उनले नेपालविरुद्ध ३० बलमा २ चौका र ३ छक्कासहित नटआउट ४२ रनको इनिङ खेलेका थिए।

११.५ ओभरमा नेपालले दिएको ६५ रनको सामान्य लक्ष्य भेट्टाउने क्रममा सुरजले नेपालका मुख्य बलर सन्दीप लामिछानेलाई एक छक्का र दुई चौका तथा करण केसीलाई लगातार दुई छक्का प्रहार गरेका थिए।

त्रिवि क्रिकेट मैदानमा ओमानी टोली

कसरी पुगे ओमान?
सुरजको पुख्र्यौली घर बाग्लुङ हो। कामका सिलसिलामा उनको परिवार उनी जन्मिनुअघि नै भारतको पञ्जाब पुगेको थियो। भारतमा क्रिकेट लोकप्रिय थियो। बच्चैदेखि सुरज पनि स्थानीय, टोल, गल्ली हुँदै स्टेट क्रिकेटसम्म खेले।

‘भारतको प्रतिस्पर्धा निकै चर्को छ। मैले माथिल्लो लेभलसम्म पनि प्रयास गरेको हुँ। तर अवसर पाइनँ,’ मंगलबार बिहान त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टोलीसँग अभ्यास गरेका सुरजले भने।

कामको खोजीमा समेत रहेका सुरजलाई एक दिन साथी रोहित मल्लिकले ओमानमा कामसँगै क्रिकेट खेल्ने अवसर रहेको सुनाए। पारिवार आर्थिक समस्याबाट गुज्रिरहेको उनलाई त्यो अवसरले लोभ्यायो। र, २०१५ मा उनी ओमान पुगे।

‘त्यहाँको राष्ट्रिय टिमबाट खेल्न योग्य हुन तीन वर्ष अनिवार्य रुपमा त्यहाँको घरेलु प्रतियोगिता खेलेको हुनैपथ्र्यो,’ उनले नेपालखबरसँग भने, ‘मैले तीन वर्ष कम्पनीको टिमबाट विभिन्न घरेलु प्रतियोगितामा राम्रो प्रदर्शन गरेपछि सन् २०१८ को अगष्टमा पहिलोपटक राष्ट्रिय टिममा स्थान बनाएँ।’

नेपालमा खेल्दा गर्व
गत मंगलबार विश्व क्रिकेट लिग खेल्न नेपाल आउँदा उनले २० वर्षपछि आफ्नो पुख्र्यौली भूमिमा टेके। नेपाल आउँदा धेरै उत्साहित रहेको उनको भनाइ छ।

‘२० वर्षपछि नेपाल आउँदा धेरै उत्साहित छु। मेरो खेल हेर्न परिवारका सदस्यहरु पनि आउँदै छन्,’ उनले भने, ‘नेपाली दर्शकले क्रिकेट धेरै माया गर्ने सुनेको छु। उहाँहरुसामु राम्रो खेल्ने प्रयासमा छु।’

आफूहरुका लागि पनि खेल महत्वपूर्ण भएकाले राम्रो तयारी गरेर आएको उनले बताए। ‘यस प्रतियोगिताबाट विश्वकप छनोट खेल्ने सबै टोलीको चाहना छ,’ उनले भने, ‘मेरो र टिमको तयारी राम्रो छ। हामीले नेपाली कन्डिसनसँग घुलमिल हुन मुम्बईमा अभ्यास खेल पनि खेलेर आएका छौं। त्यसले आत्मविश्वास बढेको छ।’

आफ्नो पुख्र्यौली थलो नेपालमा आएर खेल्न पाउँदा गर्व लागेको उनले बताए।

‘म नेपाली भूमिमा खेल्न लागेकोमा गर्व लागेको छ। नर्भस फिल गरेको छैन’, उनले भने, ‘गेम हो। हार–जित भइहाल्छ। म बेस्ट दिने प्रयास गर्नेछु।’

सोमपालका साथी
भारतमा हुँदा नेपाली टोलीका तीव्र गतिका बलर सोमपाल कामी उनका साथी थिए। सोमपालसमेत पञ्जावमा खेल्दाखेल्दै २०१५ मा नेपाली क्रिकेटमा भविष्य खोज्न नेपाल आइपुगेका हुन्। लगातारको प्रदर्शनपछि सोमपाल अहिले नेपाली टोलीका मुख्य सदस्य हुन्।

सोमपालले सुरजलाई पनि नेपाल आउन निम्तो दिएका थिए। तर, पारिवारिक आर्थिक अवस्था राम्रो नभएका कारणले सुरजले ओमान रोजे।

‘त्यसबेला मेरो परिवारको आर्थिक अवस्था राम्रो थिएन। ओमानमा जागिरसँगै क्रिकेट खेल्ने अवसर थियो। भिसा पनि लाग्यो र ओमान पुगेँ’, उनले भने।

सुरजले नेपाली क्रिकेटलाई पनि राम्ररी नियालेका छन्। उनी पारसको ब्याटिङ र सोमपालको बलिङ मनपर्ने उनले बताए।

त्रिशूलीमा ट्रक खस्दा चालकको मृत्यु

मानिसका कारण विश्वबाट लोप हुने खतरामा जुनकिरी

मान्छेले प्रयोग गर्ने किटनासक औषधी, मान्छेले बनाएको कृत्रिम प्रकाशका कारण जुनकिरीले प्राकृतिक बासस्थान गुमाएको वैज्ञानिकहरुले बताएका छन्।

बासस्थानै गुमाएपछि विश्वमा रहेका २ हजार प्रजातिका जुनकिरी अब चाँडै पृथ्वीबाट लोप हुने वैज्ञानिकले चेतावनी दिएका छन्।

अमेरिकको मासाचुसेट्समा रहेको टफ्ट्स विश्वविद्यालयकी प्राध्यापक साला लिविसका अनुसार मानविय क्रियाकलापले जुनकिरिले जीवन चक्र पुरा गर्न पाइरहेका छैनन्।

किटनासकले जुनकिरी मर्न थालेको साथै विद्युतीय बत्ती, झिलिमिलीले जुनकिरीको प्रजनन् क्षमता तथा प्रकाशको क्षमता गुमेको जनाइएको छ। एजेन्सी

Image result for firefly affected by artificial lights"

धार्मिक आस्थाका आधारमा विभेद गर्नुहुँदैनः मन्त्री कार्की