Home Blog Page 1359

चितवन प्रहरी प्रमुखमा गुरुङ, पन्तलाई पर्सा पठाइयो

प्रहरी प्रधान कार्यालयले काठमाडौँ, चितवन लगातका केही जिल्लाका प्रहरी प्रमुख सरूवा गरेको छ।

एक महिनदेखि प्रमुखविहीन रहेको जिल्ला प्रहरी कार्यालय चितवनमा प्रहरी उपरीक्षक (एसपी) नातीराज गुरुङको सरुवा भएको छ भने महानगरीय प्रहरी परिसर काठमाडौँमा जिल्ला प्रहरी कार्यालय पर्साका एसपी सोमेन्द्रसिंह राठौरलाई ल्याइएको छ। एसपी राठौरले यसअघि महानगरीय अपराध अनुसन्धान महाशाखामा समेत काम गरेका थिए।

यसअघि गत पुसमा चितवन सरुवा भएकी एसपी गंगा पन्तलाई जिल्ला प्रहरी कार्यालय पर्सा पठाइएको छ।

गत पुस ४ पुसमा प्रहरी प्रधान कार्यालयले २५ जना एसपीको सरुवा गर्दै चितवनका तत्कालीन एसपी दानबहादुर मल्लको विमानस्थल सुरक्षा प्रहरी कार्यालय चितवनमा एसपी गंगा पन्तलाई सरुवा गरेको थियो। तर, एसपी मल्लले राजनीतिक संरक्षणका आडमा चितवन नछाडेपछि पन्त जान पाएकी थिइनन्।

मल्ल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा उनको पूर्वनिजी सुरक्षा अधिकृत (पीएसओ) रहेर काम गरेका थिए। सोही अडमा उनले प्रहरी प्रधान कार्यालयको निर्णयलाई चुनौति दिई चितवन छाड्न मानेका थिएनन्। मल्ललाई चितवनबाट रमाना लिन बाध्य बनाउन प्रदेश प्रहरी कार्यालयले लिखित निर्देशन नै पठाउनुपरेको थियो। मल्ले रमान लिए पनि उनको ठाउँमा पन्तलाई पठाइएको थिएन्।

एसपी पन्त चितवन सरुवा भए पनि जिम्मेवारी सम्हानुअधि नै उनको पुनः पर्सामा सरुवा भएको हो।

त्यस्तै महानगरीय प्रहरी परिसरका एसपी अशोक सिंहलाई प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखामा सरुवा भएको छ भने जिल्ला प्रहरी कार्यालय बाराका एसपी विकास खनालको प्रदेश ५ दंगा नियन्त्रण गण, सुनवलमा सरुवा भएको छ भने उनकाे ठाउँमा एसपी कृष्ण पंगेनीलाई पठाइएको छ।

तेस्रो सताक्षी गोल्डकप फाइनल : मच्छिन्द्र भाग्यमानी सावित, थ्रीस्टारको दुर्भाग्य

नेप्सेमा दोहोरो अङ्कको गिरावट

काठमाडौं, २१ माघ । लगातार उकालो लाग्दै आएको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १२.०९ विन्दुले घटेर एक हजार ३३७.०४ मा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक २.९२ ले घटेर २८४.९९ मा झरेको छ । नेप्से ओरालो लागे पनि कारोवार रकम भने […]

बुलिस ट्रेण्डमा नेप्से, ७० अङ्कको वृद्धि

झापाको चारपानेमा हत्या गरी जलाएको अवस्थामा शव फेला

राजु पौडेल, झापा, २१ माघ । झापाको बिर्तामोड–२ चारपानेमा एक जनाको हत्या गरी जलाएको अवस्थामा शव फेला परेको छ । प्रहरीका अनुसार अर्धबैंशे उमेरको पुरुषको शव परालमा जलेको अवस्थामा मंगलबार बिहान फेला परेको हो । स्थानीयले बिहान शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थल वरपर रगत लत्तपत्तिएकोले धारिलो हतियार प्रहार गरी हत्या गरेर जलाउन […]

भ्रष्टाचारको खोजी गरी सार्वजनिक गर्न छायामन्त्रीलाई कांग्रेसको निर्देशन

परिणाम देखिनेगरि काम गर्न मन्त्री जसमायालाई अधिकारकर्मीको आग्रह

विराटनगर ,२१ माघ । एक नम्बर प्रदेशकी समाजिक बिकास राज्य मन्त्री जसमाया गजमेरलाई परिणाम देखिनेगरि काम गर्न अधिकारकर्मीहरुले आग्रह गरेका छन ।
मंगलबार रिेडेफ नेपालले विराटनगरमा आयोजना गरेको बधाई ज्ञापन कार्यक्रममा एक नम्बर प्रदेशको समाजिक विकास राज्य मन्त्री जसमाया गजमेरलाई परिणाम देखिनेगरि काम गर्न अधिकारकर्मीहरुले आग्रह गरेका हुन ।
दलित समुदायबाट मन्त्री बन्न सफल जसमायालाई बधाई दिँदै मानव अधिकार सञ्जाल एक नम्बर प्रदेश अध्यक्ष डिकप्रसाद घिमिरेले परिणामुखी काम गर्नसकेमात्र मन्त्रीहरु आम जनताको माझमा बस्न सफल हुने बताए ।
उनले प्रदेश सरकारलाई पछाडी पारेको बर्ग समुदायलाई उकास्ने नीति कार्यक्रम निर्माण गराउने जिम्मा मन्त्री गजमेरले लिनुपर्छ भने ।
बराह ज्वेलरी धरानका संचालक मानबहादुर दियालीले प्रदेश तह मध्ये एक नम्बर प्रदेशमा पहिलो दलित समुदायबाट मन्त्री नियुक्त्त गरेकोमा प्रदेश सरकारलाई धन्यवाद दिए । उनले मन्त्री जसमायालाई सफल बनाउन आफुहरुले सक्दो प्रयास गर्ने बचन दिए ।

एक नम्बर प्रदेश सभा समाजबादी पार्टीका संसदिय दलका नेता जयराम यादबले पछाडी पारिएको समुदायबाट मन्त्री हुँदा सिँगो समुदायको आत्मसम्मान बढेको महशुस हुनेभएकोले व्यक्त्तिगत स्वार्थमा हैन समुदायगत भलााइकालागि काम गर्न आग्रह गरे ।
रिडेफ नेपालका अध्यक्ष उमेश विश्वकर्माले दलित समुदायबाट महिला मन्त्री हुनु आफैमा चुनौतीपुर्ण भएपनि अब लक्षित बर्गकालागि समाजिक बिकासकालागि बजेट बिनियोजन गराउने जिम्मेवारी मन्त्री जसमायाको भएको बताए ।
उनले प्रदेशलाई सबैखाले बिभेद मुक्त्त बनाउने भूमिका खेल्न सक्ने बिभागिय जिम्मेवारी प्राप्त भएकोले काम गरेर देखाउने अवसरलाई नगुमाउन आग्रह गरे ।
मन्त्री जसमायालाई मानव अधिकारकर्मी सोमराज थापा , अधिकारकर्मीहरु मन्जिता उपाध्याय , बिष्णु शर्मा , शान्ति गजमेर , प्रकाश परियार , पत्रकार पिवी दियाली , प्राध्यापक रवि रोका अधिबक्त्ता जयराम सुन्दास लगायतले दलित समुदायबाट प्रदेश तहमा पहिलो मन्त्री बन्न सफल भएकोमा खादा लगाएर बधाई दिएका थिए ।
५ माघमा जसमाया गजमेर एक नम्बर प्रदेश सरकारको समाजिक बिकास राज्य मन्त्रीमा नियुक्त्त भएकी थिइन ।
मन्त्री जसमायाले भनिन ,– भ्रष्टचार गर्दिन , सधै समुदायको हितमा काम गर्नैछु
बधाई ग्रहण गर्दै राज्य मन्त्री जसमायाले आफु पदमा बसुन्जेल भ्रष्टचारमा मुछिएर समुदायको शिर निहुरिन नदिने र सधै सामुहिक हितमा मात्र काम गर्ने प्रतिबद्धता जनाइन ।
भनिन , – ‘मैले भोगेको जातिय बिभेद र उत्पिडन विर्सिएकी छैन यसैले व्यक्त्तिगत हैन सधै समुदायको हितमा काम गर्नेछु ।,’

The post परिणाम देखिनेगरि काम गर्न मन्त्री जसमायालाई अधिकारकर्मीको आग्रह appeared first on Koshi Online.

इटालीमा कोरोनाबाट संक्रमित १ सय ३२ पुगेपछि सिरि एका ३ खेल स्थगित

धनगढी प्रिमियर लिगको मिति सर्‍यो

धनगढी प्रिमियर लिग क्रिकेटको मिति सरेको छ। आयोजक धनगढी क्रिकेट एकेडेमी डिसीएले मगंलबार प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रिय क्रिकेट टोलीको व्यस्त अन्तर्राष्ट्रिय कार्यतालिकाको कारण प्रतियोगिताको मिति सरेको जानकारी गराएको हो।

नयाँ मितिअनुसार प्रतियोगिता अब कात्तिक ८ देखि २२ गतेसम्म हुने एकेडेमीका अध्यक्ष सुवास शाहीले जानकारी दिए।

यसअघि एकेडेमीले फागुन ३ देखि १५ गतेसम्म जानकारी गराएको थियो। खेल धनगढीको फाप्ला क्रिकेट मैदानमा हुने छ। ६ सहरका ६ फ्रेन्चाइज टिमको सहभागिता रहँदै आएको प्रतियोगिताको अघिल्लो संस्करण सीवाईसी अत्तरियाले जितेको थियो।

देशकै सर्वाधिक राशिको प्रतियोगिता समेत रहेको डीपीएलको अघिल्लो विजेता सीवाईसी अत्तरियाले ३० लाख रुपैयाँ हात पारेको थियो।

यसअघिका दुवै संस्करणको उपाधि साबिक धनगढी टिम चौराह हालको (धनगढी स्टार्स)ले जितेको थियो। लिगमा रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाइटेड, काठमाडौं गोल्डेन्स, धनगढी स्टार्स, सीवाईसी अत्तरिया र विराटनगर किंग्स गरि ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन्।

चार खेलसम्म गोल गर्न नसकेका मेस्सीले एकै खेलमा चार गोल गरे

भारतका लागि एस–४०० प्रतिरक्षा प्रणाली निर्माण सुरुः रुसी मन्त्री

उनले रुस र भारतबीच सम्पन्न सम्झौता अनुरुप अल्माज–आन्टे कम्पनीले उक्त उपकरणको उत्पादन सुरु गरेको र तोकिएकै मितिमा भारतलाई हस्तान्तरण गरिने बताए।

भारतले पाँच वटा एस–४०० प्रतिरक्षा प्रणालीका लागि रसियासँग ५ अर्ब ४३ करोड अमेरिकी डलरको सम्झौता गरेको थियो।

मन्त्री मान्टुरोभले एस–४०० का लागि तालिम केन्द्र भारतमा निर्माण गर्न थालिएको पनि जानकारी दिए।

रसियाले निर्माण गरेको यस अत्याधुनिक प्रतिरक्षा उपकरणलाई लिएर अमेरिकाले विशेष चासो दिने गरेको छ।

टर्कीले यस्तै उपकरण खरिद गरेको भन्दै टर्की विरुद्ध अमेरिकाले सैनिक सहयोग र सहकार्य रोक्ने वा कटौती गर्ने चेतावनी दिइसकेको छ। रासस/एएनआई

केही बर्षपछि हामी देशलाई धनि बनाउछौं : प्रधानमन्त्री

डढेलो नियन्त्रणका क्रममा मृत्यु भएका स्वयमसेवकका परिवारलाई विशेष सम्मान

क्यानबेरा । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले अग्नि नियन्त्रणमा खटेर मृत्यु हुने स्वयमसेवकका परिवारलाई राजधानी क्यानबेरामा सम्मान गरेका छन् ।

मंगलबार अस्ट्रेलियाको संसदमा आयोजित विशेष शोकसभामा लामो तथा भाबुक मन्तब्य दिदै उनले यो वर्षको आगलागीको मौसमलाई ‘कालो समर’को संज्ञा दिएका छन् ।

उनले कालो समरमा अस्ट्रेलियाले आगलागीबाट ३३ जना होनहार सन्तति गुमाएको र झन्डै ३ हजार घरहरु गुमाएको बताएका छन् ।

प्रधानमन्त्री मरिसनले आफ्नो शोक मन्तब्यमा अस्ट्रेलियाले व्यहोरिरहेको दु:खद घडीमा ७० देशले सहयोगको बचन दिएको र विभिन्न देशका तीन सय अग्नि नियन्त्रकहरु अस्ट्रेलियामा आएर सहयोग गरिरहेकोमा सबै सहयोगी देशहरु तथा स्वयमसेवकहरुलाई धन्यबाद पनि दिएका छन् ।

उनले अस्ट्रेलियाका ६ हजार ५ सय सैनिकहरु र तीन हजार स्वयमसेवकहरु दिन रात आगोबिरुद्ध लडिरहेका बताएका छन् ।

‘आगोले हाम्रा पहाडहरुको उचाइ छोएको छ र समुद्री किनाराहरुको लम्बाइ पार गरेको छ तर हाम्रा पच्चिस मिलिएन जनताको हामीलाई साथ छ,’ प्रधानमन्त्री मरिसनले संसद्को विशेष समारोहमा भने, ‘हाम्रा जनताको जीवन र सम्पत्ति जोगाउदै गर्दा ज्यान गुमाउनेका आदरणीय परिवारहरु आज यहाँ हुनुहुन्छ, उहाँहरु सबैप्रति हाम्रो उच्च सम्मान छ ।’

उनले आगो नियन्त्रणको काम सकिएपछि अस्ट्रेलियाले संकटकालीन अवस्थामा जोखिमपूर्ण काम गर्नेहरुलाई दिइने विशेष पदक कानूनमा संशोधन गरेर यो वर्षको अग्नि नियन्त्रणमा जीवन गुमाउने सबै वास्तविक नायकहरुलाई मरणोपरान्त पदक दिइने बताए ।

उनले डढेलोमा खटेका स्वयमसेवकहरुका लागि आर्थिक सहयोग गर्ने सबै जनता, साना र ठूला व्यवसायी, स्कूले नानीहरु, सामाजिक संस्थाहरु, च्यारिटी संस्थाहरु सबैलाई बिशेष धन्यबाद दिएका छन् ।

कोरियामा कोरोना भाइरसको संक्रमण तिब्र रुपमा फैलिएपछि नेपाल सरकारद्वारा कामदार पठाउन रोक

अमेरिकामा पनि प्रविधिले धोखा दियो, चुनावी नतिजा स्थगन

एजेन्सी । अमेरिकी डेमोक्र्याटिक पार्टीको आयोवा राज्यमा भएको प्रारम्भिक चुनावी नतिजा प्रविधिमा आएको समस्याका कारण स्थगन भएको छ । मोबाइल एपमा रिपोर्टिङ प्रणालीमा देखिएको समस्याले पार्टीका नेता एवं समर्थकहरु निराश भएका छन् । आयोवा डेमोक्र्याटिक पार्टीले मङ्गलबार अपराह्न मात्र प्रारम्भिक नतिजा सार्वजनिक गर्ने जनाएको छ । पार्टीले मतपत्र मार्फत भएको मतदान र विद्युतीय मतदानलाई जाँच […]

कोरोनाका कारण कोरियामा मार्च ९ सम्म स्कुल विदा

गोठमा आगलागी हुँदा महिलाको मृत्यु

जुम्ला, २१ माघ । जुम्लाको कनकासुन्दरी गाउँपालिका–२ मालिकाबोतामा आगलागी हुँदा एक महिलाको ज्यान गएको छ । प्रेम ऐडीको एकतले गोठमा आगलागी हुँदा उनकी ४५ वर्षीया श्रीमती भेटेनी ऐडीको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताउनुभयो । आगलागीबाट एक गोरु र एक कुखुरासमेत जलेर नष्ट भएको छ । गएराति १०ः३० बजे […]

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, एक गम्भीर घाइते

आगलागीबाट महिलाको मृत्यु

जुम्लाको कनकासुन्दरी गाउँपालिका–२ मालिकाबोतामा आगलागी हुँदा एक महिलाको मुत्यु भएको छ। प्रेम ऐडीको एकतले गोठमा आगलागी हुँदा उनकी ४५ वर्षीया श्रीमती भेटेनी ऐडीको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताए।

आगलागीबाट एक गोरु र एक कुखुरासमेत जलेर नष्ट भएको छ । गएराति १०ः३० बजे गोठमा आगलागी हुँदा ऐडी गोरु फुकाउन जाँदा निस्सासिएर मुत्यु भएको प्रहरीले जनाएको छ। आगलागी भएको स्थलतर्फ प्रहरी निरीक्षकसहित सातजनाको टोली पठाइएको प्रहरी नायब उपरीक्षक धामीले बताए। आगलागी हुनाका कारण र क्षतिको विवरणबारे मुचुल्का उठाउन प्रहरीको टोली जिल्लाबाट घटनास्थलमा पठाइसकेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

ज्येष्ठ नागरिकलाई ज्याकेट वितरण

जुम्लाको हिमा गाउँपालिकाले यहाँका ज्येष्ठ नागरिकलाई जाडोका लागि न्यानो ज्याकेट वितरण गरेको छ। यसपटक जुम्लामा अत्यधिक चिसो बढेकाले ज्येष्ठ नागरिकको स्वास्थ्यलाई दृष्टिगत गर्दै न्यानो ज्याकेट वितरण गरिएको गाउँपालिकाका अध्यक्ष रजबहादुर शाहीले बताए।

आव २०७६/७७ देखि ज्येष्ठ नागरिकलाई प्रोत्साहन भत्तास्वरूप मासिक रु एक हजार उपलब्ध गराउने पनि निर्णय भएको छ। पालिकाको वडा नं ५ मा एक घर एक खानेपानी धारा निर्माणसम्पन्न गरिसकेको र वडा नं ४ पनि यही योजना शुरु गर्न लागेको गाउँपालिका उपाध्यक्ष हिमाली रोकायाले बताए।

गाउँपालिका प्रत्येक वडाहरुमा ग्रामीण सडकको ट्र्याक खोलेको पनि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढाले बताए। गाउँपालिकाले ज्येष्ठ नागरिकको सम्मान गर्दै स्वास्थ्यमा दृष्टिगत गर्दै न्यानो ज्याकेट दिएकामा स्थानीय सरकार ज्येष्ठ नागरिकप्रति सम्मान गरेको ज्येष्ठ नागरिक रामबहादुर शाहीले बताए। रासस

महाकाली नगरपालिकाका कर्मचारी धर्नामा, कामकाज ठप्प