Home Blog Page 1360

स्थानीय तहमा बिजुली नपुग्दा समस्या

डोटी, २१ माघ । जिल्लाका कुल नौवटा स्तानीय तहमध्ये तीनवटा स्थानीय तहका विभिन्न वडामा बिजुली नपुगेका कारण समस्या हुने गरेको छ । जिल्लाको बोगटान फुड्सिल, बडीकेदार तथा जोरायल गाउँपालिकाका अधिकांश वडाहरुमा अहिलेसम्म पनि बिजुली विस्तार हुन नसक्दा कामकाजमा समस्या हुने गरेको कर्मचारी बताउँछन् । जोयाल गाउँपालिका–५ गड्सेरामा स्थानीय जलविद्युत् भए पनि सबै गाउँमा विद्युत् नपुगेको […]

४४ हजार नेपाली बस्ने कोरियामा कोरोनाको त्रास, दूतावास भन्छ- डराउनुपर्दैन

‘भिजिट नेपाल २०२०’ नेपाललाई पहिलो गाँसमा नै ढुङ्गा पर्‍यो : सांसद देवेन्द्र कँडेल

काठमाडौँ, २१ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद देवेन्द्र राज कँडेलले नेपालले भव्यताका साथ भिजिट नेपाल २०२० सुभारम्भ गरे पनि पहिलो गाँसमा नै झड्का लागेको दाबी गर्नुभएकाे छ । प्रतिनिधिसभामा बोल्दै सांसद कँडेलले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई अष्टेलिया डडेलो लागिरहेको अवस्थामा भ्रमण वर्षको प्रचार प्रसार गर्न गएको विषयमा व्यङ्ग्य […]

नेप्से ६९.५६ अंकले बढ्यो, साढे तीन अर्वको कारोबार

सावित्राको गाेलमा गाेकुलमको अपराजित यात्रा कायमै

राष्ट्रिय टोलीकी सावित्रा भण्डारी सम्मिलित गोकुलम केरला एफसीले भारतीय महिला लिग फुटबलमा लगातार चौथो जित निकालेको छ।

ब्यांग्लोर फुटबल स्टेडियममा मगंलबार भएको खेलमा ब्यांग्लोर युनाइटेड फुटबल क्लबलाई ४–१ ले पराजित गर्दै लिगमा लगातार चौथो जित निकालेको हो।

मंगलबारको खेलमा सावित्राले ४६ मिनेटमा टाेलीका लागि एक गोल गरेकी हुन्। जारी लिगमा सावित्रा सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा छिन्। समूह ‘बी’को शीर्ष स्थानमा रहेको सावित्राको गोकुलम एकमात्र अपराजित टोली हो। ४ खेल खेलेको गोकुलम १२ अंक जोड्दै शीर्षस्थानमा यथावत् छ।

गोकुलमले खेलको तेस्रो मिनेटमा नै ब्यांग्लोर युनाइटेडकी कोमल कुमारीको आत्मघाती गोलमा अग्रता बनाएको थियो। त्यसको २ मिनेटपछि ब्यांग्लोरकी सत्यवती काडियाले बराबरी गोल फर्काइन्।

पहिलो हाफ निकै प्रतिस्पर्धात्मक भएको खेलमा दोस्रो आफमा गोकुलमले दबाब बनाएको थियो।

खेलको ५१ र ५९ मिनेटमा व्यक्तिगत पहिलाे र दाेस्राे गाेल गरेकी कमलाले दोस्रो हाफको इन्जुरी समयमा अर्काे गोल थप्दै ह्याट्रिक पूरा गरिन्।

इट्टा उद्योगले स्वास्थ्यमा गम्भीर असर पार्ने कार्बनको प्रयोग गरेको भेटियो

स्वर्गीय नेता गणेशमान सिंहको सम्झनामा १० किमि दौड प्रतियोगिता हुने

प्रजातान्त्रिक आन्दोलका प्रेरणास्रोत स्व. गणेशमान सिंहको स्मृतिमा वीर गणेशमान सिंह एडिडास १० किलोमिटर रोड रेस प्रतियोगिता हुने भएको छ।

काठमाडौंमा मगंलबार पत्रकार सम्मेलन गर्दै रोड रेस फागुन २४ गते हुने आयोजक रुटस फेसन प्रालिका प्रबन्धनिर्देशक सञ्जीव तुलाधरले जानकारी दिए।

एडिडास शोरुम दरबारमार्गबाट सुरु हुने रोड रेस महेन्द्र शालिक, रत्नपार्क, भद्रकाली, सहिदगेट, वीर अस्पताल, भोटाहिटी, जमल, राजदरबार दक्षिणगेट, केशरमहल, लैनचौर, लाजिम्पाट, महाराजगञ्ज, शिवपुरी स्कुल, बालुवाटार, नागपोखरी, जयनेपाली सिनेमा घर हुँदै पुनः एडिडास शोरुम दरबारमार्गमा आएर सकिनेछ।

रोडरेसको महिला–पुरुषतर्फको विजेताले समान ६० हजार रुपैयाँ पाउनेछन्। दोस्रो हुनेले ३०, तेस्रोले १५, चौथोले १० र पाँचौ हुनेले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतियोगिताको छैटौंदेखि १०औंसम्मको खेलाडीले ४ हजारबराबरको गिफ्ट ह्याम्पर प्रदान गरिनेछ। प्रतियोगिता आयोजना गर्न करिब १० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

महिला हिंसासम्बन्धी कानुनी विषयमा संसद्मा छलफल गर्न पाइएन : मन्त्री रेग्मी

सीमानाका बन्द भएपछि १४ नेपाली चीनको चाँगामै रोकिए

संखुवासभाको उत्तरी क्षेत्र किमाथांका नाका बन्द भएको छ। चीनमा कोरोना भाइरसको महामारी फैलिएपछि चीनले किमाथांका नाका बन्द गरेको हो।

नाका बन्द भएपछि कामको खोजीमा चाँगा बजार गएका १४ नेपाली सीमापारि नै रहेको भोटखोला गाउँपालिकाका अध्यक्ष तेम्बा भोटेले जानकारी दिए।

सीमापारि रहेकामा १२ जना संखुवासभा र दुईजना ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाका रहेको अध्यक्ष भोटेले बताए। उनीहरूलाई नेपाल फर्काउन मंगलबार जिल्ला प्रशासन कार्यालय खाँदबारीमा छलफल भइरहेको उनले बताए।

उनका अनुसार भोटखोला गाउँपालिका पनि चीनसँग जोडिएका कारण कोरोना भाइरस नेपाल भित्रिन सक्ने भएकाले सतर्क हुन आग्रह गरिएको छ।

‘चीनमा कोरोना भाइरस महामारीका रूपमा फैलिएपछि हामीले पनि भोटखोला नागरिकलाई सचेत रहन आग्रह गरेका छौँ’, उनले भने। कोरोना भाइरसका कारण भोटखोलावासीले अहिले नै डराउनुपर्ने अवस्था भने नरहेको उनको भनाइ छ।

खाद्यान्न संकट हुने अवस्था
चीनले यही माघ ५ गतेदेखि किमाथांका नाका बन्द गरेपछि सीमावर्ती गाउँमा खाद्यान्न संकट हुने अवस्थामा पुगेको अध्यक्ष भोटेले बताए। उहाँले भने, ‘हामी थुनिएका १४ जना र दैनिक उपभोग्य सामग्रीको अभावका बारेमा जिल्ला प्रशासन कार्यालयमा छलफल गरिरहेका छौँ।’ सदरमुकामदेखि पाँच दिनको पैदलमा रहेको भोटखोलाका नागरिक दैनिक उपभोग्य सामग्री खरिदका लागि तिब्बतको चाँगा बजारमा निर्भर छन्।

किमाथांका गाउँ र चीनको चाँगा बजार बीचमा रहेको कामु खोला पुलमा रहेको गेटमा ताला लगाएर चिनियाँ सुरक्षाकर्मी बसेका छन्। सोमबारको गाउँकार्यपालिकाको बैठकले किमाथांकाका नागरिकलाई खाद्यान्न उपलब्ध गराउने विषयमा निर्णय गरेको थियो। भोटखोलाका प्रत्येक घरलाई एक महिनासम्म पुग्ने खाद्यान्न ढुवानीमा पहल गर्न र ढुवानीका लागि हेलिकोप्टरको प्रबन्ध मिलाइदिन प्रशासनमा अनुरोध गरिएको अध्यक्ष भोटेले बताए। रासस

अध्यात्म र सकारात्मक सोचले मात्र समाजको परिवर्तन सम्भव छः कांग्रेस नेत्री डा. देउवा

नोबल कोरोना भाइरसः कुन देशमा कति संक्रमति?

चिनियाँ अधिकारीहरूका अनुसार कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ सय २५ पुगेको छ। चीनमा ४ सय २३ को मृत्यु हुँदा फिलिपिन्स र हङकङमा एक–एक जनाको कोरोनाको संक्रमणबाट मृत्यु भएको छ।

चीनमा मात्रै २० हजार ४ सय ३८ जना कोरोनाको संक्रमणमा परेका छन्। चीनबाहिर २६ देशमा फैलिएको कोरोनबाट १८५ जना संक्रमित भएको बताइएको छ।

कुन देशमा कति संक्रमित?

१. चीनः ४२३ मृत्यु, २० हजार ४३८ संक्रमित
२. अस्ट्रेलियाः १२ संक्रमित
३. कम्बोडियाः १ संक्रमित
४. क्यानडाः ४ संक्रमित
५. फिनल्यान्डः १ संक्रमित
६. फ्रान्सः ६ संक्रमित
७. जर्मनीः ११ संक्रमित
८. हङकङः १५ संक्रमित , १ को मृत्यु
९. भारतः ३ संक्रमित
१०. इटालीः २ संक्रमित
११. जापान २० संक्रमित
१२. मकाउः १० संक्रमित
१३. मलेसियाः ८ संक्रमित
१४. नेपालः १ संक्रमित
१५. फिलिपिन्सः २ संक्रमित एकको मृत्यु
१६. रुसः २ संक्रमित
१७. सिंगापुरः १८ संक्रमित
१८. दक्षिण कोरियाः १५ संक्रमित
१९. स्पेनः १ संक्रमित
२०. श्रीलंकाः १ संक्रमित
२१. स्वीडेनः १ संक्रमित
२२. ताइवानः १० संक्रमित
२३. थाइल्यान्डः १९ संक्रमित
२४. यूएइः ५ संक्रमित
२५. वेलायतः २ संक्रमित
२६. अमेरिकाः ११ संक्रमित
२७. भियतनामः ८ संक्रमित सीएनएन

यो पनि।

कोरोना भाइरसका लक्षण के हुन्, यसबाट बच्न के गर्नुपर्छ?

जग्गा विवादमा सिंगै परिवारमाथि कुटपिट, दुई जना अस्पताल भर्ना (भिडियो)

तेस्राेलिङ्गी अजिताकाे हत्यामा संलग्न ५ जना पक्राउ, हराएकाे माेबाइल ‘अन’ भएपछि पुगियाे हत्यारासम्म

मकवानपुर, २१ माघ । हेटौंडामा करिब २ साताअघि मृत भेटिएकी तेस्रोलिंगी अजिता भुजेलको हत्यामा संलग्न ५ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । यही माघ ४ गते बिहान अजिताको शव हेटौंडा–५ क्याम्पाडाँडास्थित कान्तिलोकपथमा फेला परेको थियो । त्यस अघिल्लो राति उनको हत्या भएको आशंका गरिउको थियो । घटनापछि अनुसन्धान गरिरहेको मकवानपुर प्रहरीले हत्यामा संलग्न ५ […]

कोरोनाभाइरसः चीनका लागि इजरायली राजदूतलाई क्वारेन्टाइनमा राखियो

जिल्ला कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी

बनेपा, २१ माघ । जिल्ला कारागार काभ्रेपलाञ्चोकमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी राखिएका छन् । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले सोमबार गरिएको अनुगमन÷निरीक्षणका क्रममा क्षमताभन्दा बढी कैदीबन्दी राखिएको पाएपछि तत्काल ठाउँको व्यवस्थापन गरी कारागारलाई व्यवस्थापन गर्न कारागार शाखालाई निर्देशन दिनुभएको छ । पचहत्तर जनाको क्षमता रहेको कारागारमा अहिले २४२ जना कैदीबन्दी रहेका छन् । उहाँहरुलाई सुत्ने व्यवस्थापन […]

‘मर्यादित महिनावारी’बारे छलफल गर्न २० देशका विज्ञ नेपाल आउँदै

कोरोनाबारे जानकारी दिने डाक्टरलाई पहिले ‘हल्लाबाज’को संज्ञा दिइयो

जब एक डाक्टरले नयाँ कोरोना भाइरसबारे जानकारी दिनखोजे प्रहरीले उनलाई घरमै पुगेर अफवाह बन्द गर्न चेतावनी दिए।

सुरुवातमा ‘हल्लाबाज’को संज्ञा पाएका ती डाक्टरलाई त्यसको एक महिनापछि भने नायकको संज्ञा दिन थालिएको छ।

चिनियाँ अधिकारीको चेतावनी बाबजुद वुहानको केन्द्रीय अस्पतालको शय्याबाट डाक्टर लि वेनलियाङले विश्वलाई नयाँ कोरोना भाइरसबारे सामाजिक सन्जालमा जानकारी दिन सुरु गरेपछि यसबारे सचेतना फैलिएको हो।

डाक्टर लिका अनुसार उनले डिसेम्बर महिनामै नयाँ कोरोना भाइरस फैलिएको चाल पाएका थिए।

उनी ७ वटा रोगीको उपचारमा खटेका थिए। जहाँ उनले सन् २००३ को सार्स रोगजस्तै यस भाइरस भएको पत्ता लगाएका थिए।

सार्स भाइरस सन् २००२ नोभेम्बर देखि २००३ को जुलाईमा चीनमै देखिएको थियो। सार्स १७ देशमा फैलँदा ७७४ को मृत्यु हुनुको साथै ८ हजार ९८ जनामा यसको संक्रमण देखिएको थियो।

तर जब डाक्टर लिले नयाँ भाइरसबारे चेतावनी दिन थाले। उनलाई पब्लिक सेक्युरिटी ब्युरोबाट हल्ला र त्रास फैलाएको र सामाजिक व्यवस्थामा खलल पुर्याएको आरोप लाग्यो।

डिसेम्बर ३० मा लिले आफ्ना सहपाठीहरुलाई नयाँ भाइरस देखिएको र त्यसबाट बच्न मास्क तथा भाइरस प्रतिरोधी पोशाक लगाउन चेतावदी दिएका थिए।

ब्युरोले चेतावनीपूर्ण भाषामा लिलाई भनेको थियो,‘हामी गम्भीर रुपमा तपाइँलाई चेतावनी दिन्छौं, तपाइँ आफ्नो जिद्दी छाड्नुहोस्, हल्ला बन्द गर्नुहोस्।’

लिले गरेको हल्लाले समाज त्रसित र भयभित मात्र हुने बताइएको थियो।

लिमाथि अफवाह फैल्याएकोमा प्रहरीले अनुसन्धान समेत गरेको थियो। त्यसपछि जनवरीमा डाक्टर लिले चिनियाँ वेबसाइट विबोमा आफ्ना भनाइहरु प्रकाशित गरे।

उनले आफूले थाहा पाएको भाइरसबारे सबै प्रस्टसँग राखे। जनवरीको पहिलो हप्ता वुहानमा डाक्टरहरुले कोरोनाबाट पीडितको उपचार सामान्य रुपमै गरिरहेका थिए।

प्रहरीले अनुसन्धान गरिसकेपछि लिले एक महिलाको उपचार गर्नुपर्ने थियो। उनलाई थाहा थिएन कि उनमा नयाँ नोबल कोरोनाको संक्रमण छ।

त्यसपछि लिपनि कोरोनाबाट संक्रमित बने। उनले अस्पतालको शय्याबाटै आफूलाई के भइरकेको छ जानकारी दिन थालेपछि कोरोनाबारे विश्वमा सचेतना फैलिएको छ।

जनवरी १० मा डाक्टर लिले आफूलाई कफ भएको विबोमा बताए। त्यसको दुई दिनपछि उनी अस्पतालमा भर्ना भए। उनको परिवार नै बिरामी पर्यो।

डाक्टर लिमा नयाँ कोरोना संक्रमण भएको दश दिनपछि अर्थात् जनवरी २० मा चीनले कोरोना भाइरसलाई खतराको संज्ञा दियो। चीनमा स्वास्थ्य आपतकालीन अवस्थाको घोषणा गरियो।

हाल डाक्टर लिको चीनमा मात्र नभएर विश्वमै प्रशंसा भइरहेको छ। उनलाई यतिबेला नायकको संज्ञा दिइएको छ।

मानिसहरुले डाक्टर लिजस्ता साहसी डाक्टरहरु विश्वभर लाखौं हुनुपर्ने धारणा दिइरहेका छन्। हाल लि उपचाररत छन्।

लिले कोरोनाबारे थाहा पाएकै समयमा सुरक्षा अपनाएको भए कोरोना यति धेरै मात्रामा नफैलिने पनि विश्लेषण हुन थालेका छन्।

मंगलबार बिहानसम्म नोबल कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय नाघेको छ। संक्रमितको संख्या २० हजार माथि पुगेको छ। बीबीसी

सीपी गजुरेलको आरोप : ‘गोकुल बाँस्कोटाको अडियो प्रकरणमा प्रधानमन्त्रीको पनि हात छ’

ओली-दाहालबीच जनवर्गीय संगठनको एकताबारे छलफल

काठमाडाैँ, २१ माघ । नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेकपा केन्द्रीय कमिटीको बैठक समीक्षा र पार्टी एकताका बाँकी काम टुंगो लगाउन अध्यक्षद्वयबीच छलफल भएको हो । अध्यक्षद्वयबीच केन्द्रीय कमिटी बैठकको समीक्षा, एमसिसीका बारेमा निर्णय गर्न बनाइएको कार्यदल र पार्टी एकता […]

एनआईसी बैंकको न्यू सुपर चमत्कारिक मुद्धती खातामा उच्च ब्याजदर सँगै २१ लाखको बीमा सुविधा