Home Blog Page 1361

जनकपुरमा १सय ५१ फिटकाे सीताको मूर्ति बनाउने काजलको सपना पूरा होला ?

घनश्याम मिश्र जनकपुरधाम, २१ माघ । जनकपुरधाममा एशियाकै ठुलो सिताको मूर्ति बनाउने अवधारणा लिएर एक युवती अघि सरेकी छिन् । जनकपुरधाम उपमहनगरपालिका–४ घर भई हाल अमेरिकामा बस्दै आएकी मैथिली दिवा यू एस एको नामले चर्चित काजल कर्णले जनकपुरको ऐतिहासिक रंगभुमी मैदान (बाह्रविघा)मा आदर्श नारी सीताको एशियाकै ठुलो मूर्ति बनाउने अवधारणा लिएर विभिन्न निकायसंग सुझाव संकलन […]

रत्ननगर १६ को वडाध्यक्षमा हरिराम श्रेष्ठको स्वतन्त्र उम्मेद्वारी

एमसिसीको ‘फुलफर्म’ थाहा नहुनेले यसका विरुद्धमा हल्ला फैलाए : परराष्ट्रमन्त्री ज्ञवाली

गुल्मी, २१ माघ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले एमसिसीविरुद्ध बाहिर आएका कुराहरु अनावश्यक, अतिरञ्जित र प्रायोजित भएको बताएका छन् ।

आजदेखि गुल्मीमा सुरु हुने स्वास्थ्य बीमा घोषणा कार्यक्रमका सन्दर्भमा गृहजिल्ला आएका परराष्ट्रमन्त्री ज्ञवालीले प्रेस सङ्गठन नेपाल गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा यस्तो बताएका हुन् ।

उनले सरकारले देश र जनताको हितलाई केन्द्रविन्दुमा राखेर यस विषयलाई उठान गरेकोे भन्दै बजारमा अनावश्यक विषयमा बहस गरेर मित्र राष्टहरुसँगको सम्बन्धलाई कसैले पनि तीतो बनाउन नहुने बताए ।

नेपालको राष्ट्रिय हित, जनताको लाभ र देशको विकास जेमा हुन्छ सरकार त्यसैमा अघि बढ्ने भन्दै एमसिसीको विस्तृत रूप (फुलफर्म) थाहा नभएकाहरूले यसका विरुद्धमा बजारमा बहस शुरु गरेको टिप्पणी गरे ।

उनले चुइगम चपाउँदा रस सकिएर दाँतमा टाँसिने र त्यसको कुनै स्वाद नहुने जस्तै प्रकृतिको बहस एमसिसीका बारेमा अहिले बजारमा चलिरहेको बताए । पार्टीहरू लोकतन्त्रका आधारस्तम्भ भएको भन्दै पार्टीहरु कमजोर हुँदा लोकतन्त्रसमेत कमजोर हुने उनले बताए ।

दुई वर्षको कार्यसम्पादनबाट वर्तमान सरकारको आत्मविश्वास बढ्दै भएको भन्दै मन्त्री ज्ञवालीले नेकपा अहिलेको सर्वाधिक लोकप्रिय दलका रूपमा स्थापित भएकोसमेत जिकिर गरे ।

जनताको वर्षांैदेखिको समृद्धिको सपना यही सरकारले पूरा गर्ने बताउँदै मन्त्री ज्ञवालीले त्यसमा कोही पनि द्विविधामा नपर्न आग्रह गरे ।

नेपाली जनताले वर्तमान सरकारलाई ठूलो जिम्मेवारी सुम्पिएको भन्दै उनले उक्त जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्न सरकार दृढ रहेको बताए । रासस

The post एमसिसीको ‘फुलफर्म’ थाहा नहुनेले यसका विरुद्धमा हल्ला फैलाए : परराष्ट्रमन्त्री ज्ञवाली appeared first on Koshi Online.

छाया सरकारको पहिलो बैठकको निर्णय : भ्रष्टाचार उजागर गर्न मन्त्रालयकाे अनुगमन गर्ने

एक नम्बर प्रदेशसभाको हिउँदे अधिवेशन बिहीबारदेखि

विराटनगर, २१ माघ । एक नम्बर प्रदेशसभाको हिउँदे अधिवेशन बिहीबारदेखि सुरु हुने भएको छ ।

एक नम्बर प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख सोमनाथ प्यासी अधिकारीले
प्रदेशसभाको हिउँदे अधिवेशन २३ माघ बिहीबार दिउँसो ३ बजे आव्हान गरेका छन् ।

२३ माघदेखी सुरु हुने हिउँदे अधिवेशन एक नम्बर प्रदेशसभाको पाँचौ अधिवेशन हो ।

१३ जेठ २०७६ देखि सुरु भएको एक नम्बर प्रदेशसभाको वर्षे तथा बजेट अधिवेशन ६२ घण्टा ८ मिनेटको समय खर्चँदै ५४ बैठकमा १४ विधेयक पारित गर्दै ८ असोजमा समाप्त भएको थियो ।

प्रदेशसभा गठन भएको दुई वर्ष पुगेको अवसरमा एक नम्बर प्रदेशसभा सचिवालयले स्मारिका, मोबाइल एप र युटयुब च्यानल सार्वजनिक गर्न लागेको छ ।

२२ माघ दिउँसो औचापरिक कार्यक्रम गरी प्रदेशसभा दुई वर्ष पुगेको अवसरमा एप, युटयुब च्यानल र स्मारिका सार्वजनिक गर्ने तयारी भइरहेको सचिव गोपालप्रसाद पराजुलीले बताए ।

१७ माघ २०७४ मा सचिवालय गठन भएको एक नम्बर प्रदेशलाई देशकै एक नम्बरको नमुना बनाउने प्रतिवद्धतासहित एक नम्बर प्रदेशको संघीय संसदको पहिलो अविधेशनको पहिलो बैठक २२ माघ २०७४ मा सम्पन्न भएको थियो ।

दिउँसो १ बजेर २३ मिनेट जाँदा सुरु भएको पहिलो बैठक एक नम्बर प्रदेशलाई देशकै एक नम्बरको बनाउने प्रतिवद्धता गर्दै २ बजेर १५ मिनेट जाँदा सम्पन्न भएको थियो ।

The post एक नम्बर प्रदेशसभाको हिउँदे अधिवेशन बिहीबारदेखि appeared first on Koshi Online.

एनसीसीएस क्रिकेट अवार्ड चैत २१ गते, वर्ष क्रिकेट खेलाडीलाई १ लाख ३२ हजार

कोरोनाको आशङ्कापछि पितालाई अलग्गै राख्दा अपाङ्गता भएका छोराको मृत्यु

‘सेरब्रल पोल्जी’ मस्तिष्कको पक्षाघात भएका छोराबाट अलग्ग्याइएपछि ती किशोरको मृत्यु भएको बीबीसीले जनाएको छ।

ती १६ वर्षीय किशोरको स्याहारसुसार गर्ने अन्य कोही नभएको जनाएको छ।

पिता र भाइबाट छुट्याएर एक्लै राखिएका यान चेङलाई एक सातापछि गत बुधवार मृत फेला पारिएको थियो। सो अवधिमा उनलाई दिनमा दुई चोटि मात्र खुवाइएको बताइएको छ।

ती किशोरको मृत्यु भएपछि दुई अधिकारीलाई पदमुक्त गरिएको छ। कारबाहीमा पर्नेमा चिनियाँ कम्युनिस्ट पार्टीका स्थानीय सचिव र हुएच्याहका नगरप्रमुख छन्।

हाल मृतक किशोर यान चेङबारे सामाजिक सञ्जालमा व्यापक चर्चा भएको छ।

उनको परिवार कोरोनाभाइरस प्रकोपको केन्द्रबिन्दु मानिएको हुबे प्रान्तको बासिन्दा हो।

स्थानीय सञ्चारमाध्यमका अनुसार आफूलाई यान चेङछोबाट छुट्याइएपछि उनका पिताले लोकप्रिय चिनियाँ सामाजिक सञ्जाल वेबोमा सहयोगको याचना गर्दै लेखेका थिए।

उनका अनुसार यान चेङलाई खानेकुरा र पानीबिना एक्लै छोडिएको थियो। मंगलबार बिहानसम्म नोबल कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय नाघेको छ। संक्रमितको संख्या २० हजार माथि पुगेको छ। बीबीसी

कोरियामा कोरोनाको संक्रमण फैलिएपछि नेपालले कामदार पठाउन रोक्यो, प्रस्तावित उडानसमेत रद्द

गौतमबुद्ध विमानस्थलको ८६ प्रतिशत काम सकियो, ३ महिना म्याद थप

रुपन्देही सदरमुकाम भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको हालसम्म ८६ प्रतिशत निर्माण सकिएको छ।

अबको तीन महिनाभित्र निर्माणको काम सम्पन्न गरी त्यसको तीन महिनाभित्र उडान भर्ने तयारी विमानस्थाल आयोजनाले गरेको जनाएको छ। पार्किङ, रनवे, ट्याक्सी, पार्किङ, टर्मिनल भवनको छाना हाल्ने लगायतका महत्वपूर्ण काम सकिएका छन्।

चिनियाँ ठेकेदार कम्पनी नर्थवेस्ट सिभिल एभिएसनले विमानस्थलको भौतिक संरचना निर्माणको काम गरिरहेको छ। एयर ट्राफिक, सञ्चार र मौसम व्यवस्थापन उपकरण जडानको काम भने थाइल्यान्डको एरो थाई कम्पनीले ठेक्का लिएको छ। उसले आवयक उपकरणहरु ल्याएर जडान गर्ने काम गरिरहेको आयोजना प्रमुख ई.प्रवेश अधिकारीले जानकारी दिए।

‘अहिले भौतिक संरचना र उपकरण जडानको काम धमाधम भइरहेको छ। दुबै कम्पनीले दुूत गतिमा काम गरिरहेका छन्’, उनले भने। उपकरण जडान गर्न अब कम्तिमा ३ महिना लाग्ने जनाइएको छ। आयोजनाकाअनुसार ९० प्रतिशत उपकरण निर्माण स्थलमा ल्याइसकिएको छ। बाँकी उपकरण पनि केही दिनभित्रै आइपुग्ने छन्।

पछिल्लो डेढ वर्षयता विमानस्थल निर्माणको काम द्रूत गतिमा अघि बढेको छ। त्यसअघि भएको ढिलाईले आयोजना करिब ३ वर्ष पछि धकेलिएको छ। विमानस्थलको काम दुूत गतिमा अघि बढ्दा संचालनका लागि नागरिक उड्डयन प्राधिकरणले गृहकार्य थालिसकेको छ।

भौतिक पूर्वाधार निर्माण सकेर ठेकेदारले सरकारलाई हस्तान्तरण गरेको तीन महिनाभित्र अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने तयारीमा प्राधिकरण छ।

योजनाकाअनुसार विमानस्थलको सम्पूर्ण काम सक्न अझै ३ महिना लाग्ने छ। ‘३ महिनामा काम सकियो भने त्यसको ३ महिनाभित्र विमानस्थल सञ्चालनमा आउँछ’, अधिकारीले भने।

समयमै ठेकेदारले काम नसकेपछि आयोजनाको म्याद अहिले तीन महिना थप गरिएको छ। भौतिक निर्माणको काम गरिरहेको चिनियाँ ठेकेदार कम्पनी नर्थवेस्टलाई ३ महिना थप म्याद दिइएको हो। उसलाई म्याद थप गरिएको चौथोपल्ट हो । ३१ डिसेम्बर २०१९ सम्म निर्माण नसकेपछि म्याद थपेर ३१ मार्च २०२० पुर्याइएको थियो। सन् २०१५ जनवरी १५ का दिन तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले विमानस्थलको शिलान्यास गरेका थिए।

डिसेम्बर २०१७ सम्म निर्माण सकिनुपर्ने भए पनि आयोजना झनपछि झन धकेलिँदै गएको हो। आयोजनाको पहिलो पटक म्याद थपेर १५ जुन २०१८, दोस्रोपटक २८ जुन २०१९ कायम गरिएको थियो। तेस्रो पटक डिसेम्बर २०१९ कायम गरिएको हो । चैथोपल्ट म्याद थपिएसँगै आयोजना सम्पन्न मिति ३१ मार्च २०२० पुगेको छ । ‘अब थप गरिएको समयमा काम सकिन्छ भन्ने हाम्रो विश्वास छ’, अधिकारीले भने।

तनहुँमा दुई बस एकआपसमा ठोक्किए, २० जना घाइते

स्थानीय सरकारले घरआँगनमै सेवा प्रदान गर्न थालेपछि डडेल्धुराबासी हर्षित

उत्तर बिष्ट डडेल्धुरा, २१ माघ । संघीय संरचना अनुसार सबैभन्दा तल्लो तहमा रहको स्थानीय सरकारले घरआँगनमै सेवा प्रदान गर्न थालेपछि स्थानीय वासिन्दा हर्षित भएका छन् । स्थानीय सरकारहरुको आलोचना भईरहेका वेला डडेल्धुराको अमरगढी नगरपालिकाका स्थानीय भने जनप्रतिनिधीले गरेको कामको खुलेर प्रशंसा गरिरहेका छन् । अमरगढी नगरपालिकाको वडा नं. ११ को कार्यालयले वडामा रहेका ज्येष्ठ तथा […]

दिपकराजको गीतमा वर्षा शिवाकोटीको अभिनय

उपल्लो डोल्पामा झाडापखालाका बिरामीको सङ्ख्या बढ्याे, औषधि नहुँदा थप समस्या

डोल्पा, २१ माघ । उपल्लो डोल्पावासी झाडापखालाको समस्याबाट पीडित बनेका छन् । चिसोका कारण आर्थिक अवस्था कमजोर र वृद्धवृद्धा मात्र उपल्लो डोल्पामा बस्ने गर्दछन् । डोल्पोबुद्ध गाउँपालिका–४ ताक्सी र धोगाउँमा झाडापखालको समस्या देखापरेको हो । परम्परागत उपचार विधि आम्चीको भरमा उपचार हुँदै आइएको जनाइएको छ । दैनिक ५० भन्दा बढी स्थानीयवासी बिरामी हुने गरेका डोल्पोबुद्ध […]

नेपाल पत्रकार महासंघ गोरखाको भवन शिलान्यास

‘यौन सम्पर्कपछि पैसामा कुरा नमिल्दा अजिताको हत्या’

मकवानपुरकाे हेटौंडा महानगरपािलका वडा नम्बर ११ की तेस्रो लिंगी अजिता भुजेलको हत्यामा संलग्नहरूलाई प्रहरीले सार्वजनिक गरेको छ।

मकवानपुर जिल्ला प्रहरी कार्यालयले मंगलबार हेटौंडामा पत्रकार सम्मेलन गरी हत्यामा संलग्न ५ जनालाई सार्वजनिक गरेको हो।

यही माघ ४ गते बिहान हेटौंडा-५, क्याम्पाडाँडास्थित कान्तिलोकपथमा अजिताको शव फेला परेको थियो।

मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुशीलसिंह राठौरका अनुसार यौन सम्पर्कपछि पैसाका विषयमा विवाद हुँदा अजिताकाे हत्या भएकाे अनुसन्धानबाट खुलेकाे छ। 

घटनामा संलग्न आरोपमा प्रहरीले हेटौंडा-४ का २५ वर्षीय सुशील थापा मगर, हेटौंडा-९ का १८ वर्षीय सिमोन परियार, हेटौंडा-११ की २० वर्षीया एलिसा पाख्रिन, हेटौंडा-४ का २४ वर्षीय आशिष बल र हेटौंडा-४ का २१ वर्षीय बुद्ध लामालाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार ना६ख ६५२७ नम्बरको ट्रकका सहचालक परियार र थापा मगरले भुजेलसँग हेटौंडा-११ थानाभर्‍याङमा ७ हजार रूपैयाँमा सम्झौता गरी अजितासँग यौन सम्पर्क गरेका थिए। तर सम्पर्कपछि पैसाबारे विवाद हुँदा उनकाे हत्या भएको प्रहरीको अनुसन्धानले देखाएको हाे।

हत्यापछि उनीहरू शव ट्रकमै हालेर क्याम्पाडाँडामा लगी फालेका थिए।

यसरी पत्ता लगायो प्रहरीले हत्यारा
अजिताको हराएको मोबाइलबाट हत्यारा पत्ता लगाउन प्रहरी सफल भएको हो।

अजिताको मोबाइल घटनामा संलग्न बुद्ध लामाले साथी आशिषलाई दिएका थिए। उनले त्यो मोबाइल आफ्नी पत्नी एलिसालाई दिएका थिए। त्यही मोबाइल अन भएपछि प्रहरी घटनाको सबै विवतरण पत्ता लगाउन सफल भएको हो। सोही कारण एलिसा पनि पक्राउ परेकी हुन्।

काठमाडौं महानगरीय प्रहरी अपराध महाशाखा र मकवानपुर प्रहरी टोलीले गरेको अनुसन्धानबाट उनीहरू पक्राउ गरिएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका एसपी राठौरले जानकारी दिए।

घटनामा संलग्न अझै २ जना फरार रहेकाले खाेजी भइरहेकाे प्रहरीले जनाएको छ।

याे पनि:

हेटौंडाको क्याम्पा डाँडामा तेस्रो लिंगी मृत भेटिए, हत्या भएको आशंका

 

 

वीरेन्द्र आर्दश माविले फागुन १ गते ५९औं वार्षिकोत्सव मनाउने

कोरोना भाइरसको प्रभाव : चीन उडान स्थगित हुँदै

काठमाडौं । छिमेकी मुलुक चीनमा फैलिएको कोरोना भाइरसले प्रकोपको रूप लिएपछि अहिले काठमाडांैबाट चीन उडान भर्ने विभिन्न वायुसेवा कम्पनीले धमाधम हवाई उडान स्थगन गर्न थालेका छन् । अहिले चिनियाँ वायुसेवा कम्पनी चाइना साउदर्नले काठमाडौं ग्वाङझाउ उडान कटौती गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका निर्देशक देवचन्द्रलाल कर्णले दैनिक दुई उडान भरिरहेको चाइना साउदर्नले दैनिक एक […]

छाउपडी अन्त्य गर्न ‘अन्तर्राष्ट्रिय मर्यादित महिनावारी कार्यशाला गोष्ठी’ को आयोजना हुने

युवा जनशक्ति परिचालन गर्न जोड

काठमाडौं ।  व्यवसायी एवं सम्बन्धित क्षेत्रका विज्ञले युवा जनसंख्याको बाहुल्यता रहेको नेपालले युवाको प्रभावकारी परिचालनमार्फत मुलुकको आर्थिक–सामाजिक विकास गर्नुपर्नेमा जोड दिइएका छन् । सोमबार नेपाल उद्योग वाणिज्य महासंघद्वारा पोखरामा आयोजित ‘मुलुक निर्माणमा युवालाई प्रोत्साहन’ विषयक एक दिने प्रेरणामूलक कार्यक्रमका सहभागीले यस्तो कुरामा जोड दिएका हुन् । उनीहरूले जसका लागि सरकारको विशेष नीति हुनुपर्ने र स्वदेशमै […]

प्रधानमन्त्री ओलीले नचाहेसम्म सरकार फेरिँदैन : प्रचण्ड