Home Blog Page 1362

वडाध्यक्ष धामी मृतावस्थामा गोठमा भेटिए

अछाम, २१ माघ । पञ्चदेवल विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमबहादुर धामी मृतावस्थामा भेटिएका छन् । उनको शव मंगलवार विहान विनायक बजारबाट ३० मिनेटको दूरीमा रहेको गैरीगाउँको गोठमा भेटिएको छ । “गाईवस्तु बाँध्ने गोठमा रगताम्य अवस्थामा शव फालिएकोे छ”, घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले भने, “प्रारम्भिक अनुसन्धानअनुसार हत्या नै भएको पुष्टि […]

जो कोही चकित हुने चर्चित सेलेब्रिटीका तस्वीर

महोत्तरीका ११ स्थानमा ‘कोरोना हेल्थ डेस्क’

महाेत्तरी, २१ माघ । कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन महोत्तरीका भारतीय सीमानाका ११ स्थानमा ‘हेल्थ डेस्क’ सञ्चालनमा ल्याइएको छ । ती सीमानाका हुँदै नेपाल भित्रिनेमा सो भाइरसको सङ्क्रमण भए नभएको जाँच गरिने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाका भारतीय सीमावर्ती नाका खैरबनी, रघुनाथपुर, सम्सी, पोखरभिण्डा, इटहर्वाकट्टी, कट्टी, सिसवाकटैया, बथनाहा, मरुवाही, भिठ्ठामोर र मटिहानीसहितका स्थानमा […]

कोरोनाको प्रकोपपछि इटालीका दुई दर्जन शहर ठप्प, क्वारेन्टाइनको नियम पालना हुने

आजकाे प्रतिनिधिसभा बैठकमा अर्थमन्त्रीले ४ विधेयक पेश गर्ने

काठमाडाैँ, २१ माघ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा विभिन्न विधेयक र विधेयकसँग सम्बन्धित प्रतिवेदनहरु पेश हुने सम्भावित कार्यसूची छ । संघीय संसदका निमित्त महासचिव गोपालनाथ योगीका अनुसार महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले ज्येष्ठ नागरिक पहिलो संशोधन विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची छ । यसैगरी शिक्षा […]

राष्ट्रिय महिला बिच भलिबल पाल्पाको रानीमहलमा

प्रेमकुमारकाे प्रशंसा गर्दै गृहमन्त्रीले गरे बिदाइ, अबका गृहसचिव महेश्वर

काठमाडौं, २० माघ । अनिवार्य अवकाश पाएका गृहसचिव प्रेमकुमार राईलाई आज बिदाइ गरिएको छ । गृह मन्त्रालयमा एक समारोहमा उहाँलाई बिदाइ गरिएको हो । बिदाइ समारोहमा गृहमन्त्री रामबहादुर थापाले अवकाशप्राप्त सचिव राईले मन्त्रालयमा निर्वाह गर्नुभएको भूमिकाको प्रशंसा गर्नुभयो । सरल, सहज र कर्तव्यनिष्ट राईको राज्यप्रतिको समर्पण भाव प्रेरणादायी रहेको मन्त्री थापाले बताउनुभयो । हरेक सरकारी […]

‘नयाँ पुस्ताले जातीय विभेदको पीडा भोग्न नपरोस्’

घुसखोरी सिडियो विरुद्ध एकैदिन पाँच मुद्धा दायर, के–के छन् आरोप

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय दोलखाका तत्कालिन प्रमुख जिल्ला अधिकारी खरेन्द्रप्रसाद रिजालविरुद्ध एकैदिन ५ वटा मुद्दा दायर गरेको छ ।

रिजालले विभिन्न मुद्दाका सेवाग्राहीसँग घुस र रिसवत लिएको, अनुगमनको भ्रमण भत्ता अनियमित तरिकाले लिएको भन्ने व्यहोराको उजुरीउपर अनुसन्धान हुँदा आफ्नो दोषी पाइएका थिए ।

उनले सेवाग्राहीलाई महिला मुद्दा सम्बन्धी केस लाग्छ तथा कारागारको डर त्राससमेत देखाई गालीगलौज गरी ४ लाख रुपैयाँ घुस लिएको पुष्टि भएको अख्तियारको भनाइ छ ।

उनले सेवाग्राहीसँग धरौटी भनि झुक्याइ ४ लाख रुपैयाँ घुस लिइ भ्रष्टाचारजन्य कार्य गरेको उल्लेख छ । रिजालले विभिन्न सेवाग्राहीसँग पटक–पटक गरी ५० हजार रुपैयाँ, ९० हजार रुपैयाँ, ७७ हजार ६०० रुपैयाँ, ३५ हजार रुपैयाँ घुस लिएका थिए ।

अख्तियारले घुस लिएको बिगो बराबरको रकम असुलउपर गरी जफत हुन मागदाबीलाई विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

झुक्किएर पाेल छुँदा करेन्ट लागेर मृत्यु

हत्या गरेको अवस्थामा वडाध्यक्षको शव फेला

अछामको पञ्चदेवल बिनायक नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष ४० वर्षीय पदमबहादुर धामीको हत्या भएको छ।

हत्या गरेर फालिएको अवस्थामा धामीको क्षतविच्छद शव घर नजिकै फेला परेको प्रहरीले जनाएको छ। धामी कांग्रेसको तर्फबाट निर्वाचित वडाध्यक्ष हुन्।

‘हत्या कसले र किन गर्यो खुलेको छैन,’ कांग्रेस अछामका सहसचिव एवं प्रवक्ता बेदप्रकाश तिमिल्सैनाले भने, ‘हामीले प्रहरीलाई तत्कालै अनुसन्धान थाल्न आग्रह गरेका छौँ।’

अनुसन्धानका लागि प्रहरी टोली घटनास्थल पठाइएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख दिपक भारतीले वताए।

धामीको शव मंगलवार विहान फेला परेको हो। उनको राति नै हत्या भएको आशंका स्थानीयले गरेका छन्।

धामी तत्कालिन नेकपा एमालेका उम्मेदवारलाई पराजित गरि वडाध्यक्षमा निर्वाचित भएका थिए।

डडेलधुरामा जनसहभागितामा सञ्चालन हुँदै भटमास उद्योग 

कोरोना भाइरसबाट हङकङमा पनि एक जनाको मृत्यु

काेराेना भाइरसको संक्रमणबाट हङकङमा पनि एक जनाकाे मृत्यु भएको छ।

कोरोना भाइरस संक्रमणका कारण बिरामी ३९ वर्षीय चिनियाँ पुरुषको उपचार क्रममा मंगलबार बिहान मृत्यु भएको हो।

कोरोना भाइरसको संक्रमणबाट हङकहङमा मानिसको मृत्यु भएको यो पहिलो घटना हो।

मांसपेशी दुखाइ र ज्वरोले थलिएका उनको, न्यु काउलुनको लाई चि कोकस्थित प्रिन्स मार्गरेट अस्पतालमा मृत्यु भएको चिकित्सकले पुष्टि गरेका छन्।

यही जनवरी २१ तारिख उच्च गतिको रेलबाट कोरोना भाइरस उत्पन्न भएको स्थल चीनको उहान पुगेका थिए।

ती व्यक्ति हङकङमा १३औं व्यक्ति थिए।

याे पनि : कोरोना अपडेट: मृत्यु हुनेको संख्या ४ सय नाघ्यो, संक्रमित २० हजारभन्दा बढी

माइक टाइसनलाई जित्छु भन्ने विल्डरलाई फ्युरीले गरे नकआउट

सर्लाहीका तीन कार्यालय प्रहरी निरीक्षक बिहीन

पूर्वपश्चिम राजमार्गमा पर्ने सर्लाहीका तीन इलाका प्रहरी कार्यलय प्रहरी निरीक्षक बिहीन बनेका छन्। प्रहरी निरीक्षक नहुँदा मुचुल्का हस्ताक्षरमा समस्या परेको भएको छ।

इलाका प्रहरी कार्यालय लालबन्दी, हरिवन र जिल्ला ट्राफिक प्रहरी कार्यलय नवलपुरमा प्रहरी निरीक्षक नहुँदा सर्वसाधारणलाई समस्या परेको हो। ती तीनै कार्यालयमा प्रहरी निरीक्षकको दरबन्दी भए पनि खाली छ।

इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक नारायण थापा तालीममा, जिल्ला ट्राफिक प्रहरी कार्यलय नवलपुरका प्रहरी निरीक्षक सूर्यनारायण यादव घर बिदामा र इलाका प्रहरी कार्यलय हरिवनका प्रहरी निरीक्षक सुवास भट्टराई काज सरुवा भएर गएपछि प्रहरी कार्यालय कार्यालय प्रमुख बिहीन बनेका हुन्।

अहिले कुनै मुचुल्कामा हस्ताक्षर गर्नुपर्दा इलाका प्रहरी कार्यलय हरिपुरका प्रहरी निरीक्षक भएको ठाउँमा पुग्नुपर्ने बाध्यता सिर्जना भएको छ। कार्यालय प्रमुख नहुँदा दुर्घटना सहित आत्महत्यालगायतका मुचुल्कामा हस्ताक्षर ढिलो हुने गरेको एक कर्मचारीले बताएका छन्।

केही समस्या हुँदा अर्को स्थानबाट भए पनि प्रहरी निरीक्षकको व्यवस्था गरेर काम चलाइएको सर्लाहीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले बताए।

उपभोक्ताले पाएनन् , १० प्रतिशत रकम फिर्ता

गोरखा रेष्ट्राे : खानाको स्वाद सँगै मनमोहक दृश्यावलोकन (तस्विरहरू सहित)

इटहरी । सुनसरीको ईटहरीमा नेपाल भ्रमण बर्ष २०२० लाई समेत लक्षित गर्दै सञ्चालनमा आएको गोरखा होटलले ग्राहकहरुको मन जित्न थालेको छ । प्रदेश १ को केन्द्रको रुपमा तिब्र बिकास भइरहेको इटहरीमा आन्तरिक तथा बाह्य पर्यटकहरूलाइ लक्षित गर्दै गोरखा होटल संचालनमा ल्याएको संचालक बलराम आचार्य बताउँछन । पारिवारिक बाताबरण र मनमोहक दृश्याबलोकनका लागि समेत उपयुत्त सो होटल तथा रेष्टुरेण्ट सञ्चालनमा आएपछि स्वदेशी तथा विदेशी पर्यटकहरूले सुविधा सम्पन्न होटलको समस्या भोग्नु नपर्ने आचार्यको भनाइ रहेको छ । उनका अनुसार उच्च स्तरको सेवा सुबिधा भएको रेस्टुरेन्ट तथा बार प्रदेश नं १ कै उत्कृष्ठ रहने दावी रहेको छ ।

करिब ४० करोडको लगानीमा सञ्चालनमा आएको सो होटलले यतिबेला ग्राहकहरुको मन जित्न सफल भएको आचार्य बताउँछन । उनी अन्य होटल सँग गोरखाको तुलना गर्न नमिल्ने समेत बताउँछन । होटलमा सञ्चालित रेष्टुरेण्टलाई बढी ग्राहकहरुले रुचाएका छन । अन्य रेष्टुरेन्ट भन्दा भिन्न र सुबिधा सम्पन्न भएका कारण पनि ग्राहकहरुको आर्कषण बढेको आचार्य बताउँछन । रेष्टुरेण्टमा बसेर दिवाकालीन तथा रात्रिकालीन ईटहरी र आसपासका दृश्यावलोकन गर्न पाउँदा ग्राहकहरु थप आकर्षित हुने गरेका छन ।

The post गोरखा रेष्ट्राे : खानाको स्वाद सँगै मनमोहक दृश्यावलोकन (तस्विरहरू सहित) appeared first on Purbeli News.

सुनको भाउ बढ्नेक्रम जारी,तोलाको ७८ हजार आठ सय पुग्याे

एजेन्सीमार्फत हुने गाडी आयात रोक्न नाडाको माग

काठमाडौं, २१ माघ । नाडा अटोमोबाइल एशोसिएशन अफ नेपालले अनधिकृत गाडी आयातलाई रोक्न माग गरेको छ । सोमवार नाडाको प्रतिनिधिमण्डलले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग गरेको छलफलमा सो माग गरेको हो । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा दर्ता भएकै भरमा एजेन्सीलाई गाडी आयात गर्न दिन नहुने उसको माग छ । आर्थिक ऐन २०७६ […]

एक नम्बर प्रदेशलाई खेलकूदको राजधानीका रूपमा विकास गरिन्छ : मुख्यमन्त्री राई