Home Blog Page 1382

शुभ बिहानी ! आज माघ १५ गते बुधबारको राशिफल पढेर शे’यर गर्नुहोला।

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ – कार्य क्षेत्रमा मन लागेपनि सामान्य क्रुटि ले मानशिक चिन्ता दिलाउने छ । तपाईको कमजोरीको फाईदा अरुले उठाउन सक्नेछन । मनोरञ्जनका क्षेत्रमा सामान्य खर्च हुन सक्ने सम्भाबना रहेको छ । नयाँ लगानिका लागि मित्रजनहरुको साजेदारी दाभदायक रहनेछ । सभासम्मेलन जन्य कार्यमा सहभागीता जनाउने अवसर प्राप्त हुनेछ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – पारीबारीक झोर झमेला सताउन सक्नेछ । मान्यजनको साथ सहयोले आम्दानिका क्षेत्रमा सहयोग पुग्नेछ । मातृ पक्षको सहयोले बौधिक बिकासमा जुट्ने समय रहेको छ । सबारी साधनको प्रयोगमा ध्यान दिनु पर्ने समय रहेको छ । कार्यक्षेत्रमा लगाईएको लगन सिलताका कारण मानसम्मान प्राप्तीको योग बन्नेछ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह – एक्लो निर्णयले दाजुभाई बिच मनमुटाब रहन सक्ला । पारीवारिक मनोरञ्जनको क्षेत्रमा समय ब्यतित रहला । सामान्य यात्रा पश्चात कार्य सिद्यि हुनसक्ला । सबारी साधनको प्रयोगमा बिशेष ध्यान पूर्याउनु होला । मानसम्मानमा आचँ आउन सक्नेछ । कार्य क्षेत्रमा उत्पन्न लापरवाहिले सरसामान हराउन सक्ने सम्भाबना रहेकोछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो – बोलिको प्रभाबको कारण मान्यजनको साथ पाईनेछ । स्बास्थ सम्बन्धि समस्यामा सुधार आउनेछ । मित्रजनको साथ सहयोले आक्स्मिक धनलाभ हुन सक्नेछ । कार्यक्षेत्रमा लगाईएको लगानीको प्रतिफल प्राप्तनहुदा मनमा खिन्नता उत्पन्न हुन सक्नेछ । परीवारका सदस्यहरु सगँ सामान्य बादबिवादको सामना गर्नु पर्नेछ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे – हराएका धनमाल प्राप्ति योग रहेको छ । बौधिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा बिशेष फाईदा हुनेछ । संगित तर्फ रुचिजाग्नेछ । बिश्वासिला ब्यक्तिहरुबाट धोका हुन सक्नेछ । खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । अध्यन अध्यापनमा भने समय उत्तम रहनेछ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो – साधारण खर्च भएतापनि दिन मध्यम रहनेछ । पारीबारिक साथ सहयोग प्राप्त हुनाले कार्य सम्पादनमा सहयोग पुग्नेछ । सामान्य चोट पटकको सम्भाबना रहेको छ । ब्यपार ब्यवसायमा पारिवारिक साथ सहयोग मनग्य प्राप्त रहनेछ । भोजभतेर जन्यकार्यमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते – धनमालमा सामान्य क्षति हुने योग रहेको छ सजग रहनु होला । शारीरिक आलस्यताले सताउन सक्नेछ लगानि गर्दा बिशेष होस पुर्याउनु पर्ने समय रहेको छ । प्रेम सम्बन्धमा सामान्य मनमुटाब आउन सक्नेछ । सामान्य खर्च हुन सक्ने सम्भाबना रहेको छ । नयाँ लगानिका लागि मित्रजनहरुको साजेदारी दाभदायक रहनेछ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु – नयाँ कार्यको थालनि ले मन प्रशन्न रहला । आम्दानि क्षेत्र सबल रहेको छ । शुभचिन्तकहरुको सङ्ख्या मा बृद्यि हुने छ । गाएन क्षेत्रमा रुचि जाग्ने योग रहेको छ । बौधिक ब्यक्तित्वहरुको साथ सहयोग प्राप्त हुने समय रहेको छ । रचानात्मक कार्यमा जुट्ने उत्तम समय रहेकोछ । अध्यन अध्यापनमा समय राम्रो रहेकोछ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – कार्य क्षेत्रमा यत्पन्न झन्झट पश्चात सभा सम्मेलनमा सम्लग्न भईनेछ । मान्य जनहरुको साथ सहयोग प्रशस्त प्राप्त हुनेछ । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुनेछ । कार्यक्षेत्रको प्रतिफल सोच अनुरुप नरहनाले मनमा खिन्नता उत्पन्न हुन सक्नेछ । परीवारजनहरु सगँको सम्बन्धमा कार्य क्षेत्रका कारण सामान्य मदभेद रहन सक्नेछ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि – कार्य क्षेत्रमा बिशेष सजग रहनु होला सामान्य अप्जस प्राप्त हुन सक्ने सम्भाबना रहेको छ । नजिकका ब्यक्ति बाट धोका हुन सक्नेछ । सामान्य कार्यमा धेरै समय ब्यतित हुन सब्छ । दाजु भाई बिच सामान्य मनमुटाब रहन सक्नेछ । प्रतिपक्षीहरु सबल रहेता पनि तपाईको कार्य क्षेत्रको प्रभाबताले कार्यहरु सहजता पूर्ण सम्पादित रहनेछन ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द – अरुको बिश्वास गर्नाले धोका हुन सक्छ । आम्दानि क्षेत्र सबल रहेता पनि स्बास्थमा सामान्य बाधा आईपर्ने छ । खानपानमा बिशेष ध्यान दिनु होला । आटँ शाहसमा कमि आउनाले कार्य सम्पादनमा झन्झट आउन सक्नेछ । मनमा अस्थिरताले बास गर्नाले कार्य क्षेत्रमा सामान्य ढिलाईको योग रहनेछ ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि – सामान्य खर्च हुने योग रहेको छ । कार्य क्षेत्रमा सोचे अनुरुप समय दिन सकिने छैन । सामुहिक कार्यमा सहभागी हुने अबसर रहेकोछ । कार्य क्षेत्रमा साजेदारी उत्तम रहनेछैन । मान्यजनहरुको साथसहयोगमा आम्दानिका श्रोतहरु सबल तुल्याउन सकिनेछ । ब्यपार ब्यवसायमा जिबन साथीको सहयोग उत्तम रहनेछ ।
तपाईंको आजको दिन सुखद रहोस।

The post शुभ बिहानी ! आज माघ १५ गते बुधबारको राशिफल पढेर शे’यर गर्नुहोला। appeared first on .

नेपाल प्रवेश गर्‍याे पश्चिमी वायु, फेरि सुरु भयो वर्षा र हिमपात

कोरोना भाइरस संक्रमणको डरले होस्टेलभित्रै थुनिएका नेपाली चीनबाट लाइभ, पाँच सय घुस माग्दै कर्मचारी ! (भिडियो)

काठमाडौं, १४ माघ । न्यूज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ४८८ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ । निम्न विषयमा रिपोर्टहरु प्रस्तुत गरिएको छ : १. हुम्लाको रुघाखोकी प्रभावित क्षेत्रमा औषधि र चिकित्सक अभावमा १४ को ज्यान गयो हुम्ला । हिमपातका कारण मौसमी रुघाखोकी प्रभावित […]

बजेट कार्यान्वयन गर्न कर्मचारी अभाव

भोलिदेखि बस्ने नेकपा केन्द्रीय कमिटी बैठकको कार्यसूची तय

काठमाडौं, १४ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले भोलिदेखि बस्ने केन्द्रीय कमिटी बैठकको कार्यसूची तय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकको कार्यसूची तय गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको उद्घाटन मन्तव्यपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले […]

श्रीमतीहरु गाउँमा ल’डे, त्यहि सुनेर दुबईमा श्रीमान्-श्रीमान् को फा’ईट

आन्तरिक राजश्व कार्यालय भरतपुरका नायबसुब्बा श्रेष्ठले दान भन्दै घुस मागेपछि…

चितवन, १४ माघ । सरकारी कर्मचारीले काममा ढिलासुस्ती गरिदिने, घुस माग्ने, र घुस नदिएसम्म कामै नगरिदिने गुनासो अधिकांश सेवाग्राहीको हुन्छ । चितवनको राजश्व कार्यालयमा त सेवाग्राहीलाई दुखः दिने गरेको र सेवाग्राहीसँग घुस माग्दै गरेको भिडियो नै हामीलाई प्राप्त भएको छ । आन्तरिक राजश्व कार्यलय, भरतपुरमा काम गर्न फाइल बोकेर पुगेका सेवाग्राहीसँग कार्यालयको १०८ नम्बर कोठाका […]

जर्मनीमा राति दुई स्थानमा गाेलीकाण्ड, ८ जनाको मृत्यु

बैंकिङ कसुरमा कारागार चलान

बैंकिङ कसुरका फरार व्यक्तिलाई काठमाडौंबाट पक्राउ गरी आज कारागार चलान गरिएको छ। उच्च अदालत पाटनको आदेशले जरिवाना र कैद सजाय तोकिए पनि फरार हुँदै आएका काठमाडौ‌ं तारकेश्वर नगरपालिका–१ का राजेन्द्र बुढाथोकी आज कारागार चलान भएका हुन्।

उच्च अदालत पाटनको गत असोज २८ गतेको फैसलाले उनलाई १५ दिन कैद र रु पाँच लाख जरिवाना हुने फैसला सुनाएको थियो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले सोमबार काठमाडौंको गोलढुंगाबाट उनलाई पक्राउ गरी आज काठमाडौं जिल्ला अदालतमा पेश गरेकोमा अदालतले आजै केन्द्रीय कारागार सुन्धारा पठाएको हो।

उनले व्यवसायका लागि रकम आवश्यक प¥यो भनी रु पाँच लाख ऋण लिएर पैसा नभएको बैंकको चेक दिएको सीआईबीका प्रवक्ता बेलबहादुर पाण्डेले जानकारी दिए। सोही आधारमा मधु बुढाथोकीको जाहेरीले उनीविरुद्ध बैंकिङ कसुरमा मुद्दा परेको थियो। रासस

होटल क्वारेन्टाइन अब ७ दिन मात्र; खोप लगाएको प्रमाणपत्र भए सिधै घर जान पाईने

ल्याण्डफिल्ड साइटको प्रभावः नास्टले प्रतिवेदन बुझायो

नेपाल बिज्ञान तथा प्रबिधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले ल्याण्डफिल्ड साइटको वातारणीय प्रभाव मुल्या‌ंकनका बारेमा गरेको अध्ययन प्रतिवेदन आज महानगरका प्रमुख बिद्यासुन्दर शाक्यलाई बुझाएको छ । अध्ययन समितिका सदस्य सचिव एवं नास्टका बरिष्ट वैज्ञानिक अधिकृत डा. भोजराज पन्तले महानगरको सभा कक्षमा उक्त प्रतिवेदन बुझाएका हुन् । प्रतिवेदनले ल्याण्डफिल्ड साइट आसपासका १० ठाउँलाई अति प्रभावित, १० ठाउँलाई प्रभावित र ४ वटा स्थान कम प्रभावित भएको देखाएको छ ।

अध्ययन समितिका सदस्य सचिव एवं नास्टका बरिष्ट वैज्ञानिक अधिकृत डा. पन्तका अनुसार, साइटको गन्ध, सतह तथा भूमिगत पानी, लिचेड निष्कासन र व्यवस्थापन, माटोमा फोहोरमैला व्यवस्थापन गर्दा परेको प्रभावसँग पशुपंक्षी तथा मानव बसोबासमा परेको प्रभाव जस्ता बिषयलाई अध्ययनका क्रममा हेरिएको थियो। स्थलगत रुपमा गरिएको नमूना संकलनलाई प्रयोगशालामा गरिएको परीक्षण तथा स्थानीय अवस्था र स्थानीयबासीको धारणाका आधारमा अति प्रभावित, प्रभावित र कम प्रभावित गरी क्षेत्र निर्धारण गरिएको हो, डा. पन्तको भनाइ छ । अध्ययन गएको असोज कार्तिक महिनामा गरिएको थियो।

प्रतिवेदनमा पृष्ठभूमि, अध्ययनको बिधि, बिगतका अभ्यास र कागजपत्रको बिश्लेषण, निष्कर्ष र शिफारिस समेटिएका छन्। त्यस्तै अनुसूचीहरुमा स्थलगत अध्ययनका क्रममा स्थानीयसँग गरिएको छलफल भएका भनाइहरु समेटिएका छन्। अध्ययनमा सतह र भूमिगत पानीको अवस्था, लिचेड र यसले पानी तथा जमिनमा पु-याएको असर, ल्याण्डफिल्ड साइट आसपास क्षेत्रमा गन्धको प्रभाव, ल्याण्डफिल्ड साइटबाट निष्कासन भएको ग्यासको अवस्था, साइटबाट उत्पन्न हुने धुलनशील धुलोको कणको अवस्था र यिनीहरुले वातावरण तथा स्थानीय जनजीवनमा पारेको असर जस्ता बिषय समेटिएका थिए। यसका लागि लिचेड निष्कासन हुने १ ठाउँबाट लिचेडको, कोल्पु खोला १ ठाउँबाट भूमिगत र ४ ठाउँबाट सतही पानीको नमूना संकलन गरिएको थियो। त्यस्तै ल्याण्डफिल्ड साइटको ३ ठाउँबाट माटो, सिसडोलको २ वटा ठाउँबाट ग्याँस, ककनी गाउँपालिका वडा १ र २ का एक—एक वटा ठाउँबाट घुलनशील धुलोका कणका नमूना संकलन गरिएको थियो। त्यस्तै २४ ठाउँबाट गन्ध मापन गरिएको थियो।

मापनका आधारमा नुवाकोट जिल्लाको ककनी गाउँपालिकास्थित तल्लो सिउँडिनी (तलेटार, ल्याण्डफिल्ड साइटको माथिल्लो भाग), सोति बालुवा, मंगटा टोल १ र २, पाँचमुरी टोल गरी पाँचवटा स्थान अति प्रभावित क्षेत्रमा परेका छन्। त्यस्तै धादिङ जिल्लाको धुनिबेँसी नगरपालिकाअन्तर्गत सिंम्खडा गाउँ, तिलखोरिया, कोल्पु खोला १ र २ गरी ४ वटा ठाउँ र काठमाडौको तारकेश्वर नगरपालिकाअन्तर्गत खिलबुटा एक गरी जम्मा १० स्थानलाई अतिप्रभावित क्षेत्रमा राखिएको छ।

यसै गरी ककनीका ८ वटा र धुनिबेँसीका २ ठाउँ गरी १० ठाउँ प्रभावित क्षेत्र परेका छन्। जसमा ककनी गाउँपालिकाअन्तर्गतका भण्डारथुम्का, ढोका भञ्ज्याङ्, चाउथी ए र बि, कागती गाउँ, शिवालय माध्यमिक बिद्यालय, तल्लो सिउँडिनी १ र २ तथा धुनिबेँसी नगरपालिका अन्तर्गत पाठक गाउँ, डिगाउँ गरी २ वटा ठाउँ छन्।

ककनी गाउँपालिकाकाको कागती गाउँ हेल्थ पोष्ट र सिउँडिनी ट्यांकी डाँडा गरी २ ठाउँ कम प्रभावित क्षेत्रमा परेका छन्। त्यस्तै धादिङकाे  धुनिबेँसी नगरतर्फ स्वना गाउँ र कटुञ्जे गाउँ गरी २ वटा ठाउँ कम प्रभावित ठाउँमा परेका छन्।

अध्ययनका लागि नास्टका सचिव डा. महेशकुमार अधिकारीको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरिएको थियो। नास्टकै बरिष्ट बैज्ञानिक अधिकृत डा. भोजराज पन्त सदस्य सचिव रहेको समितिको सदस्यमा नाष्टका बैज्ञानिक डा. दीपाश्री रावल र जयश्री सिजापति थिए भने वातावरणबिज्ञ इन्जिनियर सूर्यमान शाक्य र महानगरका इञ्जिनियर सरकारदीप श्रेष्ठ सदस्य थिए।

 

युएईले नेपालीलाई लगाएको प्रतिबन्ध जुलाई २१ सम्म लम्बायो; उडान खुलेपनि जान नपाईने

फौजी किराले धान खायो, हिउदे वर्षाले कोशे बाली

नेपालगन्ज । कहिले फौजी किराको प्रकोप त कहिले रोपेको धान नपसाएर क्षती व्यहोरेका बाँके बर्दिया दांङलगायतका जिल्लाका किसानलाई हिउदे बालीमा समेत प्रकृतिले पनि ठगेको छ । गत मंसिर २७ गतेदेखि लगातार परेको पानीका कारण बाँके बर्दिया दांङलगायतका जिल्लाका किसानले लगाएको हिउदे बाली मसुरो, चना, राजमा जस्ता कोशेबालीलाई नोक्सान पारेको हो । कोशेबाली अनुसंधान कार्यक्रम खजुरा […]

एमसीसी राष्ट्रलाई खतरा नहुने गरी पारित हुन्छ : मन्त्री बाँस्कोटा

ल्यापटपको ख्याल कसरी गर्ने

काठमाडौं। वर्तमान अवस्थामा कुनै पनि कामकाजी व्यक्तिको अभिन्न अंगका रूपमा ल्यापटप भइसकेको छ । ल्यापटप बोक्नु विद्यार्थीदेखि कार्यालयमा काम गर्ने व्यक्तिका लागि आवश्यकताजस्तै भइसकेको छ । झोलामा ल्यापटप बोक्नु अहिलेको आवश्यकता नै भइसकेको छ । उतिउपयोगी र महŒवपूर्ण साधनको रूपमा परिचित छ । महँगो हुनुका साथै हाम्रा महŒवपूर्ण डाटा यसैमा हुने भएकाले यसको सुरक्षा र […]

शैक्षिक क्षेत्रको साख

हिउँदेबाली ४० प्रतिशतसम्म घट्न सक्ने

नेपालगन्ज । फौजी कीराको प्रकोपको कारण धानमा क्षति बेहोरेका बाँके बर्दिया दाङलगायतका जिल्लाका किसान हिउँदमा परेको पानीको कारण मारमा परेका छन् । गत २७ मंसिरदेखि लगातार परेको पानीका कारण बाँके बर्दिया दाङलगायतका जिल्लाका किसानले लगाएको हिउँदे बाली मसुरो, चना, राजमाजस्ता कोसेबालीमा नोक्सान पु¥याएपछि उत्पादनमा ४० प्रतिशत घट्ने आँकलन गरिएको छ । कोसेबाली अनुसन्धान कार्यक्रम खजुरा […]

जापानी अस्पतालबाट मास्क चोरी

इटहरीमा खुल्याे फाेर्स माेटर्सकाे साे-रूम

इटहरी / प्रदेश नं. १ मै पहिलाे पटक फाेर्स माेटरकाे अाधिकारिक साे-रूम खुलेकाे छ । पुर्वकाे मेगा सिटिकाे रूपमा विकसित भइरहेकाे इटहरीमा हिमालयन अर्गनाइजेसनकाे फाेर्स माेटर्सकाे साेरूम खुलेकाे हाे ।

मंगलबार एक कार्यक्रम गरि प्रदेश नं. १ का कानुन न्याय तथा अान्तिरक मामिला मन्त्री हिकमन कार्की र अायाम इन्टरकन्टिनेन्टल प्रा.लि. का अध्यक्ष ध्रुवबहादुर थापाले संयुक्त रूपमा साे-रूमकाे उद्घाटन गरेका थिए । नेपालमा दर्जनाैँ माेटर कम्पनीहरू छन् । फाेर्स माेटर्सले अन्य सबै कम्पनिहरूलाइ उछिनेर व्यापार गर्न सकाेस् भन्दै शुभकामन दिएका थिए ।

स्थानिय क्षेत्रमा फाेर्स माेटर्सकाे सेवा सुविधा उपलब्ध गराउने उद्देश्यले इटहरीमा साे-रूम सञ्चालनमा ल्याएकाे कम्पनिका निर्देशक रामचन्द्र काेइरालाले बताए । साे-रूप उद्घाटनकै दिन इटहरीका दधिराम नेपालले ट्रयाक्स कुजर जिप र कञ्चनजंघा मन्टेस्वरी किन्टर गार्डेन स्कुलले स्कुल बस खरीद गरेका थिए । उनिहरूलाइ प्रमुख अतिथी कार्कीले गाडीकाे चावी हस्तान्तरण गरेका थिए ।

फाेर्सका गाडीहरू टिकाउ, इन्धनकिफायती र अारामदायि हुन्छन् । यी गाडीहरूमा ३ वर्ष वा ३ लाख कि.मि. सम्मकाे वारेन्टि सुविधाका साथै ७ पटक सम्म निसुल्क सर्भिसिङकाे सुविधा उपलब्ध छ । फाेर्स माेटर्सले नेपालमै सबै भन्दा बढि सिट क्षमता भएकाे १४ सिटे ट्रयाक्स क्रुजर जिप बिक्रि गर्दै अाइरहेकाे छ भने कार्गाे कङ्गपिकअप, ट्राभलर बस, मिनिबसहरू तथा एम्बुलेन्सहरू पनि नेपाली बजारमा उपलब्ध गराउँदै अाएकाे छ ।

The post इटहरीमा खुल्याे फाेर्स माेटर्सकाे साे-रूम appeared first on Purbeli News.

महाशिवरात्रि पर्वको सम्पूर्ण तयारी पूरा