Home Blog Page 1383

धिप्लुङ झरनाको आकर्षण, पर्यटक मोहित

राजन ठटाल खोटाङ, १४ माघ । खोटाङस्थित चुइचुम्मा गाउँपालिका –६ छितापोखरी स्थित रहेको धिप्लुङ झरना खोटाङकै अग्लो र पर्यटकीय गन्तव्यको रुपमा परिचित छ । पर्यटकीय क्षेत्रको अथाह सम्भावना बोकेको धिप्लुङ झरनाको दृश्यले जो कोहीको मन लोभ्याउँछ । झरना पुग्ने आन्तरिक तथा बाह्य पर्यटक झरनाको आवाजमा सुन्दै सोही झरनामा खेल्न, नुहाउन र सेल्फी खिच्न लालयित हुन्छन् […]

अनसनरत थारुको जीवन रक्षा गर्न सरकारसँग आयोगको आग्रह

नेकपाका २४ नेता – कार्यकर्ता कांग्रेसमा प्रवेश

रामेछाप, माघ १४ । रामेछाप खाँडादेवी गाउँपालिकाका दुई नेपाल कम्युनिस्ट पार्टीका २४ नेकपा नेता – कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेकपाभित्र बौद्धिक एवं कुशल संगठकको परिचय बनाएका राम कुमार कार्कीको नेतृत्वमा नेताहरु रामहरी कार्की, हरि कार्की, रामहरी गिरी लगाएतका नेता कार्यकर्ता प्रवेश गरेका हुन् । कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा आज आयोजित प्रवेश […]

पहिलो लिगमै उत्कृष्ट रक्षक बनेका अनन्त

सभामुख हुने वित्तिकै सापकोटा ओलीको विरुद्धमा, बालुवाटारमा हंगामा !

काठमाडौं– अग्निप्रसाद सापकोटा सभामुख पदको सपथ लिए लगत्तै एमसिसीको विरुद्धमा देखिएका छन् । जसका कारण एमसीसी अनुमोदन गर्नुपर्ने दबाबमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली चिन्तित बनेका छन् । सापकोटाले एमसीसीबारे हतारिनु नपर्ने बताएका छन् । यसबारे बहस भइरहेकाले अहिले हतार गर्नुपर्ने अवस्था नरहेको बताए ।

प्रधानमन्त्री ओलीसहित पूर्व एमाले पक्षधर एमसीसीको पक्षमा देखिएका छन् भने पुष्पकमल दाहाल प्रचण्ड, देव गुरुङ, जनार्दन शर्मासहित पूर्वमाओवादी पक्षधर नेता एमसीसीको विपक्षमा देखिँदै आएका छन् । यसैबेला प्रचण्डनिकट मानिने नेता तथा नवनिर्वाचित सभामुख अग्निको एमसीसीबारे सार्वजनिक अभिव्यक्तिले प्रधानमन्त्री ओली चिन्तित् बनेका हुन् ।

नेपालको विद्युत् प्रसारण लाइन र सडक स्तरोन्नतिका लागि घोषणा गरेको ५० करोड अमेरिकी डलर अनुदान परिचालन गरिने सम्झौता एमसीसी संसदबाट अनुमोदन गराउनु पर्नेछ । तर, यसमा महत्वपूर्ण भूमिका रहने सभामुख सापकोटाको अभिव्यक्तिले एमसीसीको भविष्य अझै अन्योलमा देखिन्छ । एमसीसी कार्यान्वयन हुन सरकार र एमसीसीबीच भएको सम्झौता संसद्बाट पारित हुनुपर्ने सर्त छ।

मुना कार्की हत्या : छानबिनको सुई तेस्रो पक्षतिर

बुधबारदेखि नेकपा केन्द्रीय कमिटी बैठक

काठमाडौं, १४ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दोस्रो केन्द्रीय कमिटी बैठकको तयारी पूरा भएको छ ।

बुधबारदेखि राष्ट्रिय सभागृहमा हुने बैठककको तयारी पूरा भएको नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले बताए ।

पार्टी एकता भएको डेढ वर्षपछि बैठक हुन लागेको हो ।

नेकपाको गत मङ्सिर २९ देखि पुस ६ गतेसम्म बसेको स्थायी कमिटी बैठकले एकीकरणको काम पूरा गराएसँगै केन्द्रीय कमिटीको बैठक राख्ने निर्णय गरेको थियो ।

पार्टीको अन्तरिम विधान–२०७५ मा केन्द्रीय कमिटीको बैठक ६ महिनामा एक पटक बस्ने व्यवस्था भए पनि डेढवर्षमा पहिलो पटक बस्न लागेको हो ।

विधानमा २५ प्रतिशत सदस्यले लिखित माग गरेका खण्डमा केन्द्रीय कमिटीको बैठक एक महिनाभित्र बस्नुपर्ने व्यवस्था गरिएको छ ।

प्रचार विभाग उपप्रमुख थापाका अनुसार बुधबार (भोली)देखि सञ्चालन हुने बैठकको एजेण्डा तय गर्नका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक चलिरहेको छ ।

केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने छन् ।

यसैगरी विधान संशोधन, राष्ट्रिय अभियान सञ्चालन योजना र समसामयिक प्रस्ताव रहेका छन् ।

यसअघि पुस २३ मा बस्ने भनिएको बैठक राष्ट्रियसभाको निर्वाचन कारण सारिएको थियो ।

३ जेठ २०७५ मा तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीचको एकतापछिको यो दोस्रो केन्द्रीय कमिटीको बैठक हो ।

पहिलो बैठकमा केन्द्रीय सदस्यलाई शपथ खुवाइएको थियो । त्यसयता बैठक हुनसकेको छैन ।

बैठक भोलिदेखि यही माघ २० गतेसम्म चल्ने छ ।

महाधिवेशनपछिको कार्यकारी कमिटी केन्द्रीय कमिटीलाई लिने गरिन्छ ।

केन्द्रीय कमिटी आगामी एकताको राष्ट्रिय महाधिवेशनसम्मका लागि पार्टीको सर्वोच्च संस्था हुनेछ भनेर विधानमा उल्लेख गरिएको छ ।

बैठकमा सहभागी हुन विभिन्न जिल्लाबाट केन्द्रीय सदस्य काठमाडौँ पुगेका छन् ।

दुई पार्टी एकीकरण भएपछि ४४१ सदस्यीय केन्द्रीय कमिटी रहेको छ ।

The post बुधबारदेखि नेकपा केन्द्रीय कमिटी बैठक appeared first on Koshi Online.

नेपालमा मानव अधिकारको अवस्था कमजोर

गृहकार्य नगर्ने विद्यार्थीको हात भाँच्ने शिक्षक पक्राउ

लहान, १४ माघ । गृहकार्य नगरेको भन्दै विद्यार्थीको हात भाँच्ने सिरहाको मिर्चैयास्थित स्वस्तिक पाठशालाका शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ ।

गृहकार्य नगरेको भन्दै सिरहा नगरपालिका–२ का १२ वर्षीय रितिक यादवलाई कुटपिट गरी हात भाँचिदिएको आरोपमा पाठशालाका शिक्षक ताराबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।

कुटपिटबाट रितिकको बायाँ हात भाँचिएकाले शिक्षक कार्कीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक सन्तु जैसवालले जानकारी दिए ।

The post गृहकार्य नगर्ने विद्यार्थीको हात भाँच्ने शिक्षक पक्राउ appeared first on Koshi Online.

बागमती प्रदेशमा बालिकामाथि यौन शोषण बढ्दो

राष्ट्रिय हितलाई ध्यानमा राखेर एमसिसीबारे निर्णय हुन्छ : प्रवक्ता श्रेष्ठ

काठमाडौं, १४ माघ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले राष्ट्रिय हितलाई ध्यानमा राखेर ‘मिलेनियम च्यालेन्ज कर्पोरेस’ (एमसिसी) सम्झौताबारे निर्णय गरिने बताएक छन् ।

प्रेस सङ्गठन नेपाल, उपत्यका प्रदेश कमिटीका पदाधिकारीसँग आज आफ्नो निवास हात्तिवनमा कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । उनले एमसिसीलाई राष्ट्रिय हितका आधारमा हेरेर निर्णयमा पुगिने स्पष्ट पारे । गत पुस ७ गते सम्पन्न नेकपाको स्थायी कमिटी बैठकले सोबारे निर्णयको जिम्मेवारी पार्टीको सचिवालयलाई दिएको थियो ।

नेकपाका केन्द्रीय प्रचार विभाग प्रमुख श्रेष्ठले आफूले बागलुङको एक कार्यक्रममा ‘राष्ट्रिय हितका आधारमा त्यसबारे निर्णय हुन्छ’ भनेकामा ‘पारित हुन्छ’ भन्ने अर्थ लाग्ने गरी कतिपय सञ्चारमाध्यमले समाचार सम्प्रेषण गरेकामा ध्यानाकर्षण गराउँदै पत्रकारले विषयवस्तु अध्ययन र शब्द चयनमा संवेदनशीलता अपनाउन आग्रह गरे ।

अमेरिकी सरकारसँगको उक्त सम्झौता अनुमोदनका लागि सरकारले सङ्घीय संसद्मा प्रस्तुत गर्नुपर्ने व्यवस्था छ । नेकपाको स्थायी कमिटीमा सो सम्झौता अमेरिकाको हिन्द प्रशान्त रणनीतिको अङ्ग भएमा पारित हुन नहुने मत व्यक्त भएको थियो ।

सरकारले उक्त सम्झौता सो रणनीतिको अङ्ग नभएकाले अनुमोदन हुने जनाउँदै आएएको छ तर नेकपा नेतृत्वकै सरकार भएकाले पार्टीको सचिवालय बैठकको निर्णयपछि मात्रै अनुमोदनको प्रस्ताव अघि बढ्ने देखिएको छ ।

फरक प्रसङ्गमा उनले नेपालमा कम्युनिष्ट पार्टीको एकता र निर्वाचनबाट जनमत प्राप्तिसँगै शान्तिपूर्ण प्रतिस्पर्धा र उन्नत लोकतन्त्रको मार्गबाट नयाँ ढाँचाको वैज्ञानिक समाजवाद स्थापनाको लक्ष्यका साथ नेकपा अघि बढेको उल्लेख गरे ।

प्रवक्ता श्रेष्ठले भने, ‘क्रान्तिको यो नयाँ प्रयोगलाई विश्व समुदायले हेरिरहेको छ । कम्युनिष्ट र समाजवादी कित्ताले नेपालको क्रान्ति सफल भएमा त्यसको पाठ हुने दृष्टिले तथा पूँजीवादी र साम्राज्यवादी कित्ताले कम्युनिष्ट नेतृत्व स्थापित होला कि भन्ने शङ्काको दृष्टिले हेरिरहेको छ । त्यसकारण समृद्धि र समाजवादकोे कार्यभार पूरा गर्न हाम्रो ध्यान केन्द्रित हुनुपर्छ ।’

उनले आफूहरुले परम्परागत संसदीय गणतन्त्र वा कम्युनिष्ट शक्तिले सत्ता कब्जा गरेपछिको शासकीय अवस्थाबाट नभई एक्काइसौँ शताब्दीको नेपालको विशेषता र आवश्यकतानुकूल ‘समाजवादउन्मुख जनताको जनवाद’को नीतिका साथ अघि बढेको उल्लेख गरे ।

नेता श्रेष्ठले पार्टीमा गुट, उपगुट र व्यक्तिवाद नभई संस्थागत र पारदर्शिताका आधारमा निर्णय र कार्यान्वयन हुनुपर्नेमा पनि जोड दिए । रासस

The post राष्ट्रिय हितलाई ध्यानमा राखेर एमसिसीबारे निर्णय हुन्छ : प्रवक्ता श्रेष्ठ appeared first on Koshi Online.

महाशिवरात्रिमा पशुपति दर्शनका लागि पाँच स्थानबाट लाम

भारतीय महिला लिगमा सेथुको पहिलो हार

राष्ट्रिय टोलीकी मिडफिल्डर अनिता बस्नेत सम्मिलित सेथु एफसीले भारतीय महिला लिगमा पहिलो हार बेहोरेको छ।

ब्यांग्लोर फुटबल स्टेडियममा मगंलबार भएको लिग चरणको आफ्नाे दोस्रो खेलमा साविक विजेता सेथु एफसी कृप्सा एफसीसँग २–० ले पराजित भएको हो।

सेथुले तेस्रो खेलमा बीबीके एफसीसँग बिहीबार प्रतिस्पर्धा गर्नेछ।

समुह ‘ए’ मा रहेको सेथुले पहिलो खेलमा कोहलपुर एफसीलाई ५–० ले हराउँदै विजयी सुरुवात गरेको थियो।

मंगलबारै भएको समूह ‘ए’ को अर्को खेलमा नेपाली राष्ट्रिय टोलीकी स्ट्राइकर सावित्रा भण्डारीले ह्याट्रिकसहित ५ गोल गरेपछि गोकुलम केरला एफसीले केन्क्रे एफसीलाई १०–१ ले पराजित गर्दै सानदार जित निकालेको थियो।

सोही मैदानमा भएको खेलमा नेपाली गोलमेसिन साम्बाले ५ गोल गरेकी थिइन्। खेलको ७ र १९ औं मिनेटमा गोल गरेकी सावित्राले पहिलो हाफको इन्जुरी समयमा ह्याट्रिक पूरा गरिन्। प्लेयर अफ दि म्याचसमेत बनेकी साम्बाले ४८ तथा ६१ औं मिनेटमा गोल गर्दै आफ्नो गोल सख्यां ५ पुर्‍याएकी थिइन्।

गोकुलमले लिगको पहिलो खेलमा श्रीभुमीलाई १–० ले पराजित गरेको थियो। सो खेलमा पनि सावित्राले ६७ औं मिनेटमा निर्णायक गोल गरेकी थिइन्।

गोकुलमले तेस्रो खेलमा आगामी शनिबार ओडिसा पुलिससँग खेल्नेछ। 

प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रिय बालमाविद्धारा कुश्मा बजार सरसफाई

मेस्सीको नजरमा पाँच फुटबल स्टार, रोनाल्डो अटाएनन् सूचीमा

स्पेनिस पत्रिका मार्कासँगको कुराकानीमा मेस्सीले वर्तमान समयमा आफ्ना पाँच मनपर्ने स्टारको नाम बताइरहँदा क्रिस्टियानो रोनाल्डोको नाम भने लिएनन्।

मेस्सीले वर्तमान समयमा आफूलाई पहिलो नम्बरमा नेमार जुनिएर मनपर्ने बताए।

त्यसपछि सर्जियो अग्वेरो, केलिएन एमबाप्पे, इदेन ह्याजार्ड र लुइस स्वारेज मेस्सीको नजरमा वर्तमानका स्टार खेलाडीहरु हुन्। एजेन्सी

Related image

Related image

दाजु भाउजु एचआईभी संक्रमित, भाईको परिवारै अपांग : न खानको टुङ्गो न बस्नको

रेलिगेसनको जोखिममा एपीएफ

घरेलु लिगमा प्रायः राम्रो प्रदर्शन गर्दै आएको विभागीय टोली एपीएफ क्लबले यो वर्ष निराशाजनक प्रदर्शन गरेको छ। काठमाडौँमा जारी कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको नवौँ चरणको खेल सक्दा एपीएफको एउटै लक्ष्य छ, रेलिगेसनबाट बच्ने।

गत संस्करणमा एपीएफले पाँचौै स्थानमा रहेर लिग टुङ्ग्याएको थियो। ७ खेलमा जित हात पार्दा उसले २ मा बराबरी र ४ खेलमा हार बेहोर्दै २३ अंक जोडेको थियो। तर, यसपटक एपीएफ ‘रेलिगेसन जोन’ मा छ।

१४ मध्ये शीर्ष ६ मा अटाउँदै आएको एपीएफ यो वर्ष अंक तालिकाको पुछारबाट दोस्रोमा छ। सबैभन्दा पुछारमा सरस्वती युथ क्लब छ।

मगंलबार भएको खेलमा सरस्वती युथ क्लबले लिगको पहिलो जित हात पारेसँगै एपीएफमाथि दबाब बढेको प्रशिक्षक राजेन्द्र तामाङले बताए। मगंलबार एपीएफले हिमालयन शेर्पालाई ४–३ गोल अन्तरले हराएको थियो।

‘अबको हाम्रो लक्ष्य रेलिगेसनबाट बच्ने हो,’ प्रशिक्षक तामाङले भने।

उनले खेलाडीमा लगानी गर्न नसक्दा टोलीको प्रदर्शन कमजोर भएको बताए।

‘सबैभन्दा पहिला आर्थिक पक्ष महत्वपूर्ण भएर आउँछ, हामीले राष्ट्रिय स्तरका राम्रा खेलाडी भित्र्याउन नखोजेका पनि होइनौ तर उनीहरुले महंगो पारिश्रमिक मागेपछि हामीले ल्याउन सकेनौँ। मध्यमस्तरका खेलाडीबाट राम्रो प्रदर्शन भएन। खेलाडीमाथि लगानी गर्न सकिएको छैन। त्यसैले लिगमा यस्तो नतिजा आएको हो,’ उनले भने, ‘अहिले हामीसँग राम्रा खेलाडी छैनन्, आशिष लामा र राजीव लोप्चन नै हाम्रा मुख्य हतियार हुन्। उनीहरुबाहेक हामीसँग राम्रा खेलाडी छैनन्।’

लिगमा अनुभव नभएका खोलडीका कराण प्रदर्शन कमजोर भएको उनले बताए। लिगमा एपीएफले अझै बलिया टोलीसँग खेल्न बाँकी नै छ। त्यसैले पनि एपीएफ रेलिगेसनबाट कसरी बच्न सकिन्छ भन्ने योजनामा छ।

अब ४ वटा खेल लगातार जित्न सके मात्रै एपीएफ रेलिगसनबाट बच्ने उनको भनाइ छ। ‘सरस्वतीले जितेमा हामीलाई पक्कै पनि दबाब हुन्छ, उसले हारेमा केही राहत हुन्छ,’ उनले भने, ‘तर खेल हो, कतिबेला के हुन्छ भन्न सकिदैँन।’

उपाधि होडबाट बाहिरियौं : थ्रीस्टार प्रशिक्षक
ए डिभिजन लिग फुटबल प्रतियोगितामा उपाधि दाबेदारका रुपमा हेरिएको मछिन्द्र क्लबसँग रुस्लान थ्रीस्टार क्लब सोमबार २–० ले स्तब्ध भयो। खेलपछि थ्रीस्टारका मुख्य प्रशिक्षक मेघराज केसीले मछिन्द्रसँगको हारले आफूहरु उपाधि होडबाट बाहिरिएको बताएका छन्। थ्रीस्टारलाई हराएको मछिन्द्र शीर्ष स्थानमा फर्किएको छ।

४ खेलमा जित, २ मा बराबरी र ३ मा हार भोगेको थ्रीस्टार अंक तालिकाको चौथो स्थानमा छ।

खेलाडीको प्रदर्शन राम्रो भएपनि जित्न नसकिएको प्रशिक्षक केसीले बताए। यस्तै खेललाई निरन्तरता दिन सकेमा आगामी खेलमा सहज हुने उनको भनाइ थियो।

शीर्ष स्थानमा फर्किएको मछिन्द्रले उपाधिमा दाबेदारी बढाएको छ। ६ खेलमा जित, २ मा बराबरी र १ मा हार भोगेको मछिन्द्रको अंक १९ छ। मछिन्द्रले १ खेल कम खेलेको आर्मीलाई २ अंकले पछि पारेको छ।

लिगमा अपराजित रहेको मनाङ मस्र्याङ्दी क्लब १६ अंकमा तेस्रो स्थानमा छ।

दक्षिण कोरियाका पूर्वराष्ट्रपतिलाई जेल सजाय

जावलाखेल युथलाई हराउँदै आर्मी लिगको शीर्षस्थानमा

जावलाखेल युथ क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लब सहिद स्मारक ए डिभिजन लिगको शीर्षस्थानमा फर्केको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा भरत खवासको गोलमा आर्मीले जावलाखेललाई १–० ले हराएको हो।

नवौं खेलमा छैटौं जित हासिल गरेको आर्मीको २० अंक पुगेको छ। १ अंक कम रहेको मछिन्द्र क्लब दोस्रो स्थानमा झरेको छ।

७५औं मिनेटमा कप्तान भरतले आर्मीका लागि गोल गरेका थिए। टेकबहादुर बुढाथोकीको पासमा भरतले हाफ भलीमा गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए। त्यही गोल खेलको निर्णायक बनेको थियो।

आजै भएको पहिलो खेलमा हिमालयन शेर्पा क्लबलाई ४–३ ले हराउँदै सरस्वती युवा क्लबले लिगमा पहिलो जित हासिल गरेको थियो । यद्यपि सरस्वती अंक तालिकाबाट पुछारबाट माथि उठ्न सकेन ।

सरस्वतीको ५ अंक पुगेको छ ।

सल्यानको प्रादेशिक महोत्सव एकै दिनमा १५ हजार दर्शकले गरे अवलोकन