Home Blog Page 1387

थ्रिस्टारको पोष्टमा मछिन्द्रको २ गोल

कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको नवौँ चरणअन्तर्गत आजको दोस्रो खेलमा मछिन्द्र क्लबले थ्रिस्टार क्लबलाई शून्यका विरुद्ध २ गोलले पराजित गरेको छ। यसअघि आजै भएको पहिलो खेलमा सशस्त्रको एपीएफलाई नेपाल पुलिस क्लबले १–० गोल अन्तरले पराजित गरेको थियो।

मछिन्द्राका लागि आज रेजिन सुब्बाले ३८ मिनेटमा र विशाल राई (बी)ले ९० मिनेटमा गोल गर्दै क्लबलाई ३ अंक दिलाएका हुन्। जितसँगै मछिन्द्र लिगको शीर्षस्थानमा फर्किएको छ।

अघिल्लो सिजन मनाङमा रहेका प्रायः सबै र थ्री स्टारका केही खेलाडीलाई समेटेर बलियो टोली बनाएको मच्छिन्द्रसँग विराज महर्जन, विशाल राई, विशाल श्रेष्ठ, सुजल श्रेष्ठ, रेजिन सुब्बा, देवेन्द्र तामाङ, रन्जित धिमाल र एडिलाजा सोमिडेजस्ता खेलाडी रहेका छन्।

खेलमा अधिकांश समय थ्रिस्टारले दबाब बनाए पनि गोल गर्न भने सकेन। थ्रिस्टारको लिगमा औसत प्रदर्शन रहेको छ। योसँगै मछिन्द्रको उपाधि यात्रा बलियो हुँदै गएको छ।

सिनेमामा बल्ल सुन्तलीको डेब्यु

ए डिभिजन लिगमा एपीएफविरुद्ध प्रहरी १–० ले विजयी

कतार एयरवेज सहिदस्मारक ए डिभिजिन लिगको नवौँ चरणको पहिलो खेलमा नेपाल प्रहरीले एपीएफलाई पराजित गरेको छ।

१२औँ मिनेटमा प्रहरीका निरकुमार राईको कर्नरमा एपीएफका राजन गुरुंगले प्रहरीका भरत शाहलाई डीबक्समा फल गरेपछि पेनाल्टीमा गोल गर्दै प्रहरीले ३ अंक बटुलेको हो।

प्रहरीका भोला सिलवालले १३औँ मिनेटमा गरेको गोल नै निर्णायक बनेको थियो। खेलमा एपीएफका सुदिप शिखाकरलाई रेफ्रीले रातो कार्ड दिएका थिए। खेल सकिएपछि रेफ्रीलाई अभद्र व्यवहार गरेपछि सुदिपले रातो कार्ड पाएका हुन्।

आजको खेल जितेको भए एपीएफलाई भने रेलिगेसन क्षेत्रबाट माथि उठ्न सहयोग मिल्ने थियो।

 मच्छिन्द्र र थ्री स्टारबीचको खेल हुँदै
नवौ चरणको दोस्रो खेलमा आजै स्टार खेलाडीले भरिएको मच्छिन्द्र र थ्री स्टारबीचको खेल हुँदै छ। दुई बलिया टोलीबीचको नतिजाले लिगको उपाधि समीकरणसमेत प्रभावित बन्नेछ। मच्छिन्द्रले यो खेलमा जित हात पारे शीर्षस्थानमा पुनरागमन गर्नेछ। पराजित भएको अवस्थामा भने उपाधि यात्रामा धक्का लाग्नेछ। बराबरीले पनि उपाधि सम्भावना झिनो बन्ने छ।

अघिल्लो सिजन मनाङमा रहेका प्रायः सबै र थ्री स्टारका केही खेलाडीलाई समेटेर बलियो टोली बनाएको मच्छिन्द्रसँग विराज महर्जन, विशाल राई, विशाल श्रेष्ठ, सुजल श्रेष्ठ, रेजिन सुब्बा, देवेन्द्र तामाङ, रन्जित धिमाल र एडिलाजा सोमिडेजस्ता खेलाडी रहेका छन्।

यता, औसतको टोली बनाएर लिग खेल्दै औसतकै प्रदर्शन गरिरहेको थ्री स्टार मच्छिन्द्रलाई स्तब्ध पार्दै उपाधि यात्रामा अघि बढ्न चाहन्छ।

मच्छिन्द्रलाई पराजित गरे थ्री स्टार दोस्रो स्थानमा उक्लनेछ। मच्छिन्द्रले उपाधि दौडलाई थप मजबुत बनाउने वा थ्री स्टारले शीर्ष टोलीलाई दबाब दिने अर्थमा रोमाञ्चक हुनेछ। भारतीय लालरमाभिया, सञ्जोक राई र निशान खड्काको आगमनसँगै थ्री स्टार केही बलियो देखिएको छ। बिक्रम लामा, अनन्त तामाङ, मिक्छेन तामाङ, रुपेश केसी र प्रिसोको साथ पनि थ्री स्टारलाई हुनेछ।

लिगको आठौँ चरणको खेल सकिँदा मच्छिन्द्र ८ खेलबाट ५ जित, १ हार र २ बराबरीसँगै १६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। थ्री स्टार ४ जित, दुई हार र दुई बराबरीसँगै १४ अंक जोडेर चौथो स्थानमा रहेको छ ।

तीन महिनामा बन्यो ८० किलोकाे खुकुरी, उचाई १० फिट

साढे दुई केजी सुनसहित ५ जना पक्राउ

रसुवागढी नाकाबाट अवैध तरिकाले नेपाल भित्र्याइएको सुन बरामद भएको छ। पाँच टुक्रा बरामद गरिएको सुनको मूल्य रु एक करोड ६० लाख रहेको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए।

सुन ल्याइँदै गरेको सुराकीका आधारमा सीमा प्रहरीचौकी टिमुरेले ना १ ज ३५४२ नंको टाटासुमो जीप खानतलास गरी घटृेखोलाबाट बरामद गरेको बताइएको छ। साढे दुई केजी सुनमध्ये एक केजी चालकले कम्मरमा बाँधेको र डेढ केजी चालकको सिटमुनि लुकाइएका अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा चालक तुलानारायण श्रेष्ठ, सिन्धुपाल्चोक भोटेकोशीका नवाङनुर्पु तामाङ, ग्याल्जेन शेर्पा, सुब्बा लामा, सुवास तामाङ र साङ शेर्पा रहेको प्रहरी प्रमुख इन्द्रप्रसाद सुवेदीले बताए। अभियुक्तलाई सदरमुकाम ल्याउने तयारी भइरहेको र घटनाबारे मंगलबार पत्रकार सम्मेलन गरिने जनाइएको छ। रासस

कोरोना प्रकोप : मृतकको संख्या २४ सय नाघ्यो, ७५ हजार संक्रमित

रहस्यमा अफगान विमान दुर्घटना, एयरलाइनकै नाम पत्ता लागेन

अफगानिस्तानमा दुर्घटनाग्रस्त भनिएको विमान रहस्यको पर्दामा छोपिएको छ।

स्थानीय अधिकारीहरुले एरियाना एयरको विमान दुर्घटना भएको दाबी गरेपनि सो एयरलाइनले अस्वीकार गरेको छ।

सोमबार पूर्वी अफगानिस्तानको गजनी प्रान्तस्थित दे याक जिल्लामा सो विमान दुर्घटना भएको बताइएको छ।

‘हाल दुर्घटनामा भएको क्षति र एयरलाइनको नामबारे कुनै जानकारी छैन,’ गजनीका प्रान्तीय गभर्नर वहिदुल्लाह कलिमजाइले भनेका छन्।

तालिबानका प्रवक्ताले पनि आफूहरुलाई दुर्घटनाग्रस्त विमानबारे जानकारी नभएको बताएका छन्। एजेन्सी

टेड्र युनियन खारेज गरिए प्रतिरोध

पत्रकारिता पेशामा आउनेका लागि लाइसेन्स परीक्षा अनिवार्य

मिडिया काउन्सिल विधेयकमा पत्रकारिता पेशामा आउनेहरुका लागि लाइसेन्स परीक्षा पास गर्नुपर्ने प्रावधान राखिएको छ।

सोमबार राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिबाट सर्वसम्मतिमा पारित भएको नेपाल मिडिया काउन्सिल सम्बन्धी कानूनलाई संशोधन गर्न र एकीकरण गर्न बनेको विधेयकमा उक्त प्रावधान राखिएको हो।

समिति सभापति परशुराम मेघी गुरुङले अहिले पत्रकारिता पेशामा संलग्न व्यक्तिहरुको हकमा कुनै लाइसेन्सको व्यवस्था नगरिने तर नयाँ आउन चाहानेहरुका लागि काउन्सिलको पाठ्यक्रमका आधारमा परीक्षा लिने व्यवस्था गर्ने सहमति सहित पारित गरिएको बताए। ‘सबै पत्रकार र संस्थाको अभिलेखिकरण काउन्सिलमा पनि हुनुपर्ने र अभिलेख राख्ने क्रममा अहिले पेशमा रहेकाहरुको हकमा कुनै लाइसेन्सको व्यवस्था गरिने छैन। नयाँ आउन चाहानेहरुका लागि काउन्सिलले पाठ्यक्रमको आधारमा परीक्षा लिएर लाइसेन्सको व्यवस्था गर्ने कुरा पारित भएको छ’, उनले भने।

सभापति गुरुङले दण्ड जरिवानाको व्यवस्था अदालतबाट गराउने तर काउन्सिलले आचारसंहिता उल्लंघन गर्नेलाई प्रकृति हेरेर सचेत गराउनेदेखि लिएर निलम्बन गर्ने वा प्रमाणपत्र खारेजिका लागि सम्बन्धित निकायले सिफारिस गर्न सक्ने व्यवस्था पनि गरिएको बताए।

त्यसैगरी काउन्सिलको अध्यक्षमा सर्वोच्च अदालतको न्यायाधीश हुने योग्यता पुगेको व्यक्ति मात्रै हुन पाउने व्यवस्था गरिएको छ। ‘सर्वोच्च अदालतको न्यायाधीश हुने योग्यता पुगेको व्यक्ति वा १५ वर्ष अनुभव सहित विशेष योगदान पुर्‍याएको व्यक्ति काउन्सिलको अध्यक्ष हुने व्यवस्था गरिएको छ’, उनले भने। यस्तै सदस्यका लागि १० वर्षको अनुभव र कम्तिमा स्नातक तह उत्तिर्ण गरेको व्यक्ति हुनुपर्ने प्रावधान राखिएको छ। समितिमा प्रादेशिक प्रतिनिधित्व, विधागत प्रतिनिधित्व पनि सुनिश्चित गर्ने सहमति भएको सभापति गुरुङले बताए। समितिमा सम्बन्धित क्षेत्रका प्राध्यापक वा सहप्राध्यापकलाई समेट्ने सहमति पनि जुटेको छ।

पार्टीको एकताबाट ऐतिहासिक काम भएको छ, राष्ट्रिय हितमा एमसीसी पास हुन्छ : अध्यक्ष प्रचण्ड

गोसाइँकुण्ड पदयात्रामा हराएका दुई युवाको शव भेट्टियो

नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीबाट हराएका दुई युवाको शव आज भेट्टिएको छ।

गोसाइँकुण्ड पदयात्रामा जाने क्रममा गत माघ ३ गते हराएका सिन्धुपाल्चोक हेलम्बुका १७ वर्षका वाङ्गेल तामाङ र काठमाडौँ जोरपाटीका २० वर्षीय जापान तामाङ हिउँमा पुरिएर मृत्यु भएको अवस्थामा भेट्टिएको गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिए।

उनका अनुसार हराएका व्यक्तिको खोजीका लागि गाउँपालिकामार्फत परिचालन गरिएको पर्यटक गाइडसमेत रहेका तादी गाउँपालिका–१ उर्लेनीका लालबहादुर तामाङ नेतृत्वको उद्धारकर्मीको समूहले शव भेट्टाएको हो।

हराएका युवाको खोजीका लागि गाउँपालिका, प्रहरी, स्थानीयवासी एवं आफन्तले हेलिकोप्टरको समेत प्रयोग गरे पनि अवस्था थाहा हुन सकेको थिएन। उनीहरुको खोजीका लागि गाउँपालिकाले रु एक लाख उपलब्ध गराउने जनाएपछि परिचालन भएकामध्ये लालबहादुर तामाङको नेतृत्वमा रहेको उद्धारकर्मीको समूहले फेदीको खोँचस्थित हिउँमा पुरिएको अवस्थामा दुवै जनाको शव बरामद गरेको हो।

शव परीक्षणका लागि हेलिकोप्टरमार्फत काठमाडौँ पठाउन लागिएको जिल्ला प्रहरी प्रमुख अविनारायण काफ्लेले जानकारी दिए। रासस

पुर्वयुवराज पारसले दिए प्रेमिका सोनिकालाई चुम्बन र हिराको हार

१४ वर्षपछि आमाको अंगालोमा उमेश (फोटोफिचर)

धनुषाका उमेश यादवले सोमबार करिब करिब १४ वर्षपछि आमाको अंगालो पाएका छन्। वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरेबिया पुगेका उमेशले सम्मुखको मृत्यु जितेर फर्किएसँगै साढे १३ वर्ष लामो समयपछि परिवारलाई भेटेका हुन्।

पाकिस्तानी नागरिकको हत्या गरेको भन्दै उनीविरुद्ध सन् २०१८ मे १५ मा साउदी अदालतले मृत्युदण्ड सुनाएको थियो। त्यसपछि परिवारले समेत उनलाई भेट्ने आशा मारिसकेका थिए। तर सामाजिक अभियन्ता सरोज रायको पहलमा उनी अदालतबाट आममाफी पाउन सफल भए। त्यसलगत्तै उमेश गत बुधबार काठमाडौं अवतरण गरेका थिए। सोमबार धनुषा पुग्दा उनलाई श्रीमती सञ्जु यादव, छोराहरु कमलेश र हितेशले हर्षाश्रु बगाएर स्वागत गरेका थिए। पहिलोपटक श्रीमती र छोराहरु भेट्दा भक्कानिएका उमेश जनकपुरधाम पुगेर पूजा गरेर घर फर्किए। जहाँ उनलाई वृद्धा आमा कुमैरदेवीले मायाको न्यानो अंकमाल गरिन्। बुबा भोला यादवले न्यास्रो मेटे।

उमेशको आरती उतारियो। विवाहमा आउने बेहुला जस्तै देखिए उनी भने स्वागत गर्नेहरु जन्तीजस्तै। गाउँलेले उनको आगमनको भव्य स्वागत गरे। घरबाट झण्डै ७ सय मिटर परैबाट ब्यान्डबाजा, डिजेबाजा बजाएर उनको स्वागत गरियो। कार्यक्रममा कमला नगरपालिकाका मेयर राम उद्गार बैठा आफैँ उमेशको स्वागत गर्न पुगेका थिए।

तस्बिरहरू 

janakpur puge umesh 3
janakpur puge umesh 4
janakpur puge umesh 5
janakpur puge umesh 6
janakpur puge umesh 7
janakpur puge umesh 8
janakpur puge umesh 9
janakpur puge umesh 10
janakpur puge umesh 12
janakpur puge umesh 11
janakpur puge umesh 13
umesh janak 1

पालिकास्तरीय मेयर कप भलिबल शुरु

लरीको ठक्करबाट युएईमा एक नेपालीको मृत्‍यु

युएई । युएईमा लरीको ठक्करबाट एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा दार्चुलाका रमेश कामी रहेको युएइको आबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ ।

ओमानबाट युएई आउँदै गरेको लरीले हत्ता भन्ने स्थानमा उनलाई ठक्कर दिएको थियो । प्रत्यक्षदर्शी प्रमोद तामाङका अनुसार उनको घट्नास्थलमै मृत्यु भएको हो ।

रमेश सरसफाइ सम्बन्धी काम गर्ने कम्पनीमा कार्यरत थिए । घटना शनिबार भएको हो ।

रमेशको शव नेपाल फर्काउने र कम्पनीबाट पाउने सेवासुविधालगायतका बारे दूतावासले कम्पनी र स्थानीय निकायसँग समन्वय गर्न दूतावासका जनसम्पर्क अधिकृत खटाएको जनाएको छ ।

पाँचथर मिडिया प्रालिका अध्यक्ष शेर्मा सम्मानित

खत्रीले जितिन् मिस नेपाल युरोपको उपाधि

बेल्जियम । मिस नेपाल युरोप २०२० को ताज फिनल्यान्ड निवासी निरुषा खत्रीले जितेकी छन् ।

बेल्जियमको लुभेन सहरमा आयोजित कार्यक्रममा युरोपका विभिन्न देशका १२ जना प्रतिस्पर्धीलाई उछिन्दै खत्रीले उपाधि जितेकी हु्न । उनलाई मिस नेपाल २०१९ अनुष्का श्रेष्ठले ताज पहिर्‍याइन् ।

फस्ट रनरअपको उपाधि आयरल्यान्डकी संगीता थापाले जितिन् । सेकेन्ड रनरअपको उपाधि बेल्जियमकी ज्योति भट्टले हात पारिन ।

आयोजक ड्रिम्स नेपालकी संस्थापक योगिता थापा र हिडेन ट्रेजरका अध्यक्ष दिवाकर राजकणिर्कारबीच भएको सम्झौताअनुसार मिस नेपाल, युरोपको उपाधि विजेता खत्री नेपालमा आयोजना हुने मिस नेपालको फाइनल राउन्डमा सोझै प्रवेश पाउनेछिन् ।

ड्रिम्स नेपाल बेल्जियमकी अध्यक्ष योगिता थापाले पहिलो पटक आयोजना गरिएको मिस नेपाल युरोप भव्य रूपमा सम्पन्न हुँदा आफू अत्यन्त उत्साहित भएको बताइन् ।

कार्यक्रममा युरोपका विभिन्न देशका प्रतिस्पर्धीले भाग लिएका थिए । गैरआवासीय नेपाली संघको महिला विभागसँगको सहकार्यमा युरोपमा गरिएको अडिसनबाट फिनल्यान्डकी निरुषा खत्री, फ्रान्सबाट अस्मिता ढकाल, श्रेया भण्डारी, सुष्मिता न्यौपाने, नर्वेबाट श्रद्धा थापा, अस्ट्रेलियाबाट स्नेहा मल्ल, सुशीला बोहरा, जर्मनीबाट समा पराजुली, आश्मा घिमिरे, बेल्जियमबाट ज्योति भट्ट, लुना श्रेष्ठ, सविना नेपाली, स्वीजरल्याण्डबाट रोजमेरी भाटिया, आयरल्यान्डबाट संगीता थापा छानिएका थिए ।

अर्को निर्णय नभएसम्मका लागि स्ववियु निर्वाचन स्थगित

गैरआवासीय नेपालीका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपालीका माग सम्बोधनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका एनआरएनएका अध्यक्ष कुमार पन्तसहितको टोलीसँग उनले गैरआवासीय नेपाली समुदायले पछिल्लो समय नेपाल र नेपाल बाहिर गरेका गतिविधिप्रति चासो राख्दै सरकारले आफ्नो तर्फबाट गर्नुपर्ने सहयोग गर्न तयार रहेको बताएका हुन् ।

भेटका क्रममा एनआरएनए अध्यक्ष पन्तले संसदमा विचाराधीन गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयक पारित गर्न भइरहेको ढिलाइप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

जवाफमा प्रधानमन्त्री ओलीले गैरआवासीय नेपालीहरुको नागरिकता सम्बन्धी विधेयक संसदीय प्रक्रियामा रहेको बताउँदै छिट्टै त्यसलाई टुंगो लगाइने आश्वासन दिए ।

भेटमा अध्यक्ष पन्तले दोस्रो विश्व गैरआवासीय नेपाली ज्ञान सीप सम्मेलनबारे समेत जानकारी गराएका थिए ।

यस्तै गैरआवासीय नेपालीले नेपालमा गर्न लागेको १० अर्बको सामूहिक लगानी कोषको तयारीका बारेमा पनि प्रधानमन्त्री ओलीसँग छलफल भएको अध्यक्ष पन्तले जानकारी दिए ।

अध्यक्ष पन्तका अनुसार प्रधानमन्त्री ओलीले वैदेशिक रोजगारीमा रहेका श्रमिकको हितका निम्ति स्थापित कल्याणकारी कोष वृद्धि गर्न संघले गरेको पहलप्रति विशेष चासो राख्दै त्यसमा रहेका नीतिगत सहजताका निम्ति सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

संसदमा थापाको भाषण स्वस्थानी शैलीमा