Home Blog Page 1386

नेप्सेमा २४ अङ्कको वृद्धि

काठमाडौँ / आइतबार दोहोरो अङ्कले ओरालो लागेको धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक आज भने झण्डै २४ अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २३.९५ विन्दुले बढेर एक हजार ३००.६२ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ४.५३ ले वृद्धि भई २७९.१५ मा पुगेको छ ।

नेप्सेमा उच्च विन्दुको सुधार देखिँदा कारोवार रकममा भने त्यसको प्रभाव देखिएन । कूल १८० कम्पनीको २४ लाख नौ हजार २६२ कित्ता शेयर रु ९१ करोड ७३ लाख ५९ हजार ८६५ मूल्यमा खरीद बिक्री भए ।

नेप्सेका अनुसार कारोवार भएका कूल १२ उपसमूहको शेयर नै उकालो लागेको छ । बैंकिङ १८.०१, व्यापार ३४.५९, होटल ८३.३२, विकास बैंक ४३.८१, जलविद्युत् १९.५१, वित्त २.८६, निर्जीवन बीमा १४९.७६, उत्पादन ९.८६, अन्य ५.१५, लघुवित्त ६६.४३, जीवन बीमा १७४.०३ र सामूहिक लगानी कोष ०.०४ ले वृद्धि भएको छ ।

कारोवारका आधारमा आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु आठ करोड १४ लाख २८ हजार ४६९ बराबरको कारोवार भई शीर्ष स्थानमा रहेको छ । यस्तै ग्लोबल आइएमई बैंक रु पाँच करोड २६ लाख ५७ हजार ७२९, गरिमा विकास लघुवित्त वित्तीय संस्था रु चार करोड ६८ लाख ३४ हजार २७, एनआइसी एशिया रु दुई करोड ७० लाख ४९ हजार ८६२, प्राइम बैंक रु दुई करोड ५९ लाख ५० हजार र गुराँस लाइफ इन्स्योरेन्स रु दुई करोड ५१ लाख ७० हजार ७४८ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार समिट लघुवित्त ७.७९, नेरुडे लघुवित्त विकास बैंक ७.६३, फष्ट माइक्रोफाइनान्स ७.०२, आशा लघुवित्त वित्तीय संस्था ७.०१, गुराँस लघुवित्त ६.९९ र गरिमा विकास लघुवित्तका शेयरधनीले ६.७१ प्रतिशतले कमाए । यस्तै जोशी हाइड्रोपावर ३.०७, युनाइटेड फाइनान्स २.७६, दिव्यश्वरी हाइड्रोपावर १.९६, समृद्धि फाइनान्स १.९० र एनआइबिएल समृद्धि फण्ड एकका लगानीकर्ताले १.३३ प्रतिशतले गुमाए ।

The post नेप्सेमा २४ अङ्कको वृद्धि appeared first on Purbeli News.

मलमूत्र व्यवस्थापनमा नमुना बन्दै महालक्ष्मी

सुन तोलाको ५०० ले बढ्यो

काठमाडौँ / नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु ५०० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु ७६ हजार र तेजाबी सुनको मूल्य प्रतितोला रु ७५ हजार ५०० पुगेको छ ।

गत शुक्रबारको तुलनामा आइतबार सुन प्रतितोला रु ३०० ले बढेर छापावाला सुन प्रतितोला रु ७५ हजार ५०० र तेजाबी सुन प्रतितोला रु ७५ हजार २०० मा खरिद बिक्री भएको थियो ।

स्थानीय बजारमा चाँदीको मूल्य पनि प्रतितोला रु ५ ले वृद्धि भएको छ । महासङ्घले चाँदीको मूल्य प्रतितोला रु ९०० निर्धारण गरेको छ । माघमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो । यसअघि गत पुस २३ गते छापावाला सुनको मूल्य प्रतितोला रु ७६ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ७६ हजार २०० पुगेको थियो ।

The post सुन तोलाको ५०० ले बढ्यो appeared first on Purbeli News.

समाजसेवी बद्री पहाडीद्वारा शान्ति समाज भवन निर्माणार्थ रु १ करोड सहयोग

हिउँले पुरिएका दुई युवकको शव फेला

मेलम्ची, १३ माघ । लाङटाङ राष्ट्रिय निकुञ्जमा ११ दिनदेखि बेपत्ता दुई युवकको शव हिउँले पुरिएको अवस्थामा फेला आज परेको छ । गोसाइँकुण्ड पदयात्रामा जाने क्रममा हराएका सिन्धुपाल्चोक हेलम्बुका १७ वर्षका वाङ्गेल लामा र काठमाडाँै जोरपाटीका २० वर्षका जापान तामाङ हिउँमा पुरिएर मृत्यु भएको अवस्थामा भेटिएका हुन् । उद्धारकर्ता लालबहादुर तामाङको नेतृत्वमा खटिएको टोलीले नुवाकोट घ्याङ्फेदीबाट […]

सिचाइ डिभिजन कार्यालय बैतडीका प्रमुख २ लाख घुससहित पक्राउ

पार्टीले दिएको जिम्मेवारीअनुसार पुरानै काममा फर्किनेः डा तुम्बाहाम्फे

सिन्धुपाल्चोक, १३माघ । पुर्वउपसभामुख डा शिवमाया तुम्वाहाम्फेले पार्टीले दिएको जिम्मेवारीअनुसार अब पार्टीको पुरानै काममा फर्कने बताउनुभएको छ । दोलखा आउनुभएका पूर्वउपसभामुख तुम्वाहाम्फेले आज चरिकोटमा सञ्चारकर्मीसँग कुरा गर्दै उपसभामुखमा राजीनामा दिएसँगै अब पार्टीले दिएको जिम्मेवारीअनुसार पार्टीको काममा लाग्ने बताउनुभयो । आफू उपसभामुख रहँदा पार्टीको गतिविधिमा सहभागिता नभए तापनि लामो समयदेखि पार्टीको विभिन्न जिम्मेवारी लिइ काम गरेको […]

दुताबासका कर्मचारीलाई कोरोना लागेपछि रियादमा रहेको दुताबासले निकाल्यो यस्तो सुचना

योगेश भट्टराईलाई झट्का लाग्ने यी ५ घटना, भ्रमण बर्षलाई धक्का !

काठमाडौं– जनवरी १ का दिन भव्य कार्यक्रम गरेर सुरु गरिएको भ्रमण वर्षको चर्चा भने अहिले छायाँमा छ । बरु, नेपालमा भइरहेका एकपछि अर्को घटनामा पर्यटक हराउने, घाइते हुने र मृत्युसम्मका घटनाले विश्वभर नेपालको छवि धुमिल हुँदै गइरहेको छ ।

भ्रमण वर्षलाई गिज्याउने पहिलो घटना हो दामनस्थित मुलुककै प्रतिष्ठित एक रिसोर्टमा ८ भारतीय नागरिकको मृत्यु । यस्तै दोस्रो घटनाका रुपमा अन्नपूर्ण पदयात्राका क्रममा हिउँमा पुरिएर तीन कोरियाली पर्यटक बेपत्ता भएको प्रसंगलाई लिन सकिन्छ।

अन्नपूर्ण आधार शिविर जाने बाटोमा गत साता हिमपहिरो खस्दा पदयात्रामा निस्केका ३ नेपालीसहित ४ जना कोरियाली नागरिक बेपत्ता बने । बेसक्याम्प जाने क्रममा हिंकु केभ र देउरालीको बीच भागमा हिम पहिरो खसेपछि उनीहरु बेपत्ता बनेका हुन् र उनीहरूको अवस्था अझै पत्ता लाग्न सकेको छैन ।

तेस्रो घटना हो,सडक दुर्घटनाको भयावह समस्या भोगिरहेको नेपालले गत साता चितवनमा भएको एक दुर्घटना, जसमा २१ जना चिनियाँ पर्यटक घाइते भएका थिए ।

दुर्घटनाका कारणले मात्र नभई भ्रमण वर्षलाई प्रभावित पार्ने काम आन्तरिक रुपमा पनि भइरहेको छ र त्यसमा पनि प्रधानमन्त्रीदेखि विभागीय मन्त्री नै मुछिएको घटनाले त जो–कोहीलाई लज्जित बनाउँछ ।

यसरी चौथो घटनाका रुपमा रहेको पर्यटन बोर्ड सीइओ नियुक्ति नै हो । मुलुकको पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि सार्वजनिक निजी साझेदारीको मोडलमा दुई दशकअघि गठित नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृतको नियुक्ति प्रधानमन्त्रीको निर्देशनमा रोकिएको खबर आफैंमा लज्जाजनकमात्र नभइ विधिको शासनको समेत उपहास हो ।
यसअघिका कार्यकारीलाई सर्ट लिष्टेडमा समेत नपारी छनोट समितिले जसरी अदृश्य शक्तिको आडमा नामावली सिफारिस गरेको थियो, सञ्चालक समितिका अध्यक्षले निर्णयसमेत नगरी प्रधानमन्त्री कार्यालयको निर्देशन शिरोपर गरेर बोर्डलाई पाँच वर्षअघिको जस्तै अन्योलपूर्ण र भद्रगोल अवस्थामा धकेल्ने काम गरेको देखिन्छ ।

भ्रमण वर्षलाई प्रभावित पार्ने पाचौंँ घटना बनेको छ, राष्ट्रिय ध्वाजावाहक नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलको राजीनामा । हुन त खरेलको कार्यसम्पादनसँग सन्तुष्ट हुनसक्ने अवस्था थिएन, तर तत्कालीन मन्त्रीको सहमतिबेगर उनलाई नियुक्त गर्ने प्रधानमन्त्रीले खरेलको कमजोरीप्रति जवाफदेही हुनु पर्ने कि नपर्ने भन्ने प्रश्न पनि उत्तिकै छ ।

जिबी राई र रवि लामिछानेविरुद्ध सहकारी विभागमा उजुरी दर्ता

यी कम्युनिष्ट सांसदले सरकारी छाप दस्तखत किर्ते गरेको ठहर

विराटनगर– तत्कालिन एमाले समानुपातिक तर्फबाट प्रदेश १ सभा सदस्य बनाएकी गुलेफुन मियाँ खातुन सरकारी छाप दस्तखत किर्ते मुद्दामा दोषी ठहरिएकी छन् । खातुनविरुद्ध उक्त मुद्दामा जिल्ला अदालत मोरङले गरेको आदेश उच्च अदालत विराटनगरले सदर गरेको हो ।

खातुन र उनका पति शेख सिलावर मियाँले आफ्ना बुवा शेख धाई मियाँको नाममा रहेको मोही जग्गाको हक हस्तान्तरणका लागि तत्कालीन कदमाहा गाविसको लेटरप्याड, छाप र गाविस सचिवको दस्तखत किर्ते गरेका थिए।

गुलेफुनका पति शेख दिलावर मियाँले आफ्ना बुवा शेख धाई मियाँको ०६३ माघ १० गते र आमा खैरुन खातुनको ०६५ मंसिर १२ गते मृत्यु भएकोले तत्कालीन कदमहा गाविस–२ स्थित मधुसुदनराज पाण्डेको कित्ता नम्बर ११० को ७२८० वर्ग मिटर क्षेत्रफल जग्गामा आफ्ना बुवाको नाममा रहेको मोहियानी हक हस्तान्तरणका लागि भूमि सुधार कार्यालय मोरङमा मुद्दा दर्त्ता गराएका थिए।

प्रदेससभा सदस्य खातुनलगायत चारै जना फरार छन्। फरार भएकै कारण गुलेफुनले बिहीबार सम्पन्न भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान गर्न आएनन्। उच्च अदालतले जिल्लाकै फैसलालाई सदर गरेपछि प्रदेशसभा सदस्यमा बहाल रहेकी खातुन फौजदारी अभियोगमा दोषी ठहर भएकी हुन्। सरकारी छाप किर्ते अभियोगमा दोषी ठहर भएपछि उनीमाथि फौजदारी अपराध संहिता अन्तरगत कानूनी कारवाही हुने व्यवस्था छ।

एमसीसी जति ठूलो सहयोग अहिलेसम्म आएका छैन, यसमा विरोध गर्नु हुँदैन : सभापति देउवा

कीर्ते कागजात प्रयोग गर्ने प्रदेश सांसद खातुनको पद गुम्ने

विराटनगर, १३ माघ । सरकारी कागजात कीर्ते मुद्दामा दोषी ठहर भएकी एक नम्बर प्रदेश सांसद गुलेफुन मियाँको पद गुम्ने पक्का भएको छ । कीर्ते कागजात प्रयोग गरेर देवरलाई ठगी गर्न खोजेको मुद्दामा जिल्ला अदालत मोरङको फैसलालाई उच्च अदालत विराटनगरले पनि सदर गरेपछि सांसद मियाँको पद गुम्ने पक्का भएको हो ।

तत्कालीन नेकपा एमालेबाट समानुपातिकतर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित खातुनले ३ विगाह १० कट्ठा मोही जग्गा आफ्नो नाममा ल्याउन तत्कालीन कदमाह गाउँ विकास समितिका सचिवको सही र कार्यालयको छाप कीर्ते गरी सिफारिस पत्र बनाएकी थिइन् ।

सोही सिफारिस भूमि सुधार कार्यालय पुगेको थियो । छानबिनका क्रममा दुई वर्षपछि सरकारी सहीछाप कीर्ते गरेको थाहा पाएपछि कदमाह गाउँ विकास समितिले नै प्रहरीमा जाहेरी दिएको थियो । २२ जेठ २०७३ मा मियाँ पक्राउ परेकी थिइन् ।

कीर्ते मुद्दामा २५ दिन प्रहरी हिरासतमा बसेकी उनलाई जिल्ला अदालतले १० हजार धरौटीमा छाड्ने आदेश दिएको थियो । ३१ बैसाख २०७४ मा जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद निरौलाको इजलासले सरकारी कागज कीर्ते मुद्दामा सांसद मिया र उनका श्रीमान् शेख सिलबर मियाँसहित चार जनालाई एक वर्ष कैद र अड्डाका कर्मचारी भएका कारण कामत र मण्डललाई थप २ वर्ष कैद सजाय सुनाएको थियो ।

जिल्लाको आदेशविरुद्ध मियाँ १९ भदौ २०७४ मा उच्च अदालत पुगेकी थिइन् । फौजदारी मुद्दाकी अभियुक्त भएपनि उनी तत्कालीन एमाले पार्टीबाट प्रदेश सांसदमा सिफारिस भएकी थिइन ।

उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश यमुना भट्टराईको इजलासले ९ पुसमा जिल्लाको आदेश सदर गरेको हो । जसमा शेख सिलबरले भने सफाइ पाएका छन् । सांसद गुलेफलनसहित तीन जनाको हकमा भने जिल्लाको आदेश सदर गर्दै उच्चले जनही १४ हजार ५ सय ८३ जरिवानाको फैसला सुनाएको छ ।

स्वतः पदमुक्त – संविधान विद

सांसद मियाँमाथि तत्कालीन मुलुकी ऐनअनुसार मुद्दा चलेको थियो । फौजदारी मुद्दामा दोषी ठहर भएपछि उनी स्वतः पदमुक्त भएको संविधानविदले बताएका छन् । संविधानविद भीमार्जुन आचार्य फौजदारी मुद्दामा दोसी देखिए स्वतः सांसद पदमुक्त हुने बताउँछन् । ‘कुनै सांसद फौजदारी कसुरमा दोषी देखिए स्वतः पद मुक्त हुन्छन्,’ उनी भन्छन्, ‘पदमुक्त भएको स्थानमा बन्दसूचीबाट नयाँ सदस्य पार्टीले पठाउन सक्छ ।’

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठ अदालतको फैसलाका विषयमा जानकारी आएपछि मात्र निर्वाचन आयोगले पदमुक्त गर्नसक्ने प्रावधानः रहेको बताउँछन् । सांसदको हकमा सम्बन्धित पार्टीले वा कुनै निकायले जानकारी गराउनुपर्ने उनको भनाइ छ । कारवाहीपछि रिक्त रहेको स्थानमा भने सम्बन्धित पार्टीले नै उम्मेद्वार पठाउनुपर्ने प्रावधानः रहेको उनले बताए ।

नेपालको संविधान २०७२ को धारा १७८ को (घ) मा प्रदेश सभा सदस्य नैतिक पतन देखिने फैजदारी कसुरमा सजाय नपाएको हुनुपर्ने उल्लेख छ । संविधानको धारा १८१ मा अयोग्य भए नभएको प्रश्न उठेमा त्यसको अन्तिम निर्णय सर्वाेच्च अदालतको संवैधानिक इजलासले गर्ने भन्ने उल्लेख छ । तर फौजदारी कसुरमा देखिएको अवस्थामा भने स्वतः पदमुक्त हुने संविधानविद आचार्यको भनाइ छ ।

नेपाल सरकारको तर्फबाट दायर मुद्दामा दोषी ठहर भएकी खातुन गत बिहीबार भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान गर्न पनि आइनन् ।

ससूराको मृत्युपछि जग्गा हत्याउने दाउ

साबिक कदमाह गाउँ विकास समिति २ (हाल धनपालथान गाउँपालिका ६ ) मा खातुनका ससुरा शेख धाइका मियाँको तीन बिगाह १० कट्ठा मोही (जोतभोग दाबी) जग्गा थियो । सो जग्गा सीता जोशी पाण्डेको नाममा दर्ता छ । धाइकाका दुई छोरा शेख शिलबर र शेख वीरबल हुन् । धाइकाको मृत्यु भएपछि शिलबरकी श्रीमती गुलेफुनले जग्गा आफ्नो नाममा बनाउन ४ चैत २०७१ मा तत्कालीन गाविसबाट सिफारिस पत्र बनाएकी थिइन् ।

पुरानै चलानी नम्बर राखेर बनाएको पत्रका आधारमा जग्गा दाबी गरेपछि घटना बाहिर आएको थियो । सरकारी छाप र वडा सचिवको हस्ताक्षर नै कीर्ते गरेको देखिएपछि तत्कालीन गाविसको तर्फबाट इलाका प्रहरी कार्यालय रंगेलीमा उजुरी परेको थियो । उजुरीपछि प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको थियो ।

The post कीर्ते कागजात प्रयोग गर्ने प्रदेश सांसद खातुनको पद गुम्ने appeared first on Koshi Online.

बद्री पहाडीद्वारा शान्ति समाजलाई १ करोड सहयोग

सभामुख सापकोटाद्वारा पद तथा गोपनियताको सपथ

काठमाडौं, १३ माघ । प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित अग्निप्रसाद सापकोटाले पद तथा गोपनियताको सपथ लिएका छन् ।

मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा सभामुख सापकोटाले नेपालको संविधानबमोजिम राष्ट्रपतिबाट शपथ लिए ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहभागी थिए ।

त्यस्तै उपप्रधानमन्त्री ईश्वर पोखरेल, पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, मन्त्रिगण, सांसद, संवैधानिक अङ्गका पदाधिकारी, सुरक्षा निकायका प्रमुख, उच्च सरकारी अधिकारीलगायतको सहभागिता रहेको थियो ।

आइतबार बसेको बैठकले सापकोटालाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो ।

रिक्त रहको सभामुख पदमा उनको मात्र उम्मेदवारी परेपछि सापकोटा निर्विरोध भएका हुन् ।

बैठकमा ज्येष्ठ सदस्यको हैसियतमा बैठक सञ्चालन गरेका महन्थ ठाकुरले सापकोटा निर्विरोध सभामुखमा निर्वा्चित भएको घोषणा गरे ।

तत्कालीन सभामुख कृष्णबहादुर महरा महिलामाथिको यौन दुर्व्यवहारको विवादमा परेर सो पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त रहेको थियो ।

महराले १५ असोजमा राजीनामा दिएका थिए । हाल उनी पुर्पक्षका लागि थुनामा छन् ।

The post सभामुख सापकोटाद्वारा पद तथा गोपनियताको सपथ appeared first on Koshi Online.

विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइँदै

कोरोना भाइरस प्रभावित मुलुकबाट आउने जहाजलाई अलग्गै ‘पार्किङ’

काठमाडौं, १३ माघ । सरकारले छिमेकी मुलुक चीनका केही क्षेत्रमा फैलिएको कोरोना भाइसरका कारण पर्यटन क्षेत्रमा पर्न सक्ने सम्भावित जोखिमबारे उच्च सतर्कता अपनाउन सरोकारवालालाई आग्रह गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आज सरोकारवालासँगको छलफलमा मन्त्री योगेश भट्टराईले भाइसरबारे धेरै आत्तिनुपर्ने अवस्था नभए पनि उच्च सावधानी अपनाउन आग्रह गरे ।

भाइरसको प्रकोपलाई फैलन नदिन सरकारले तयारी गरिरहेको जानकारी दिए । उनले भने, ‘कोरोना भाइसर नेपालमा फैलन नदिन सबै सरोकारवालाले उच्च सतर्कता अपनाऔँ, सङ्क्रमण बढेको अवस्थामा नियन्त्रण गर्न सरकार तयार छ ।’

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वयमा हवाई मार्गबाट भित्रने पर्यटकको स्वास्थ्य परीक्षणका गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘हेल्थ डेस्क’ स्थापना गरिएको र विमानस्थलमा कार्यरत कर्मचारीमा सङ्क्रमण नहोस् भनेर पर्याप्त स्वास्थ्य सावधानी अपनाइएको बताए ।

उनले भने, ‘हामीले सङ्क्रमण नसरोस् भनेर विमानस्थलका सम्पूर्ण कर्मचारीलाई मास्क, पन्जालगायत सुरक्षात्मक सामग्री उपलब्ध गराएका छौँ ।’

नेपालको पर्यटन प्रवद्र्धनमा छिमेकी चीनको भूमिका अत्यन्त महत्वपूर्ण छ भन्दै उनले सो मुलुकबाट आउने पर्यटकलाई उच्च निगरानीमा राखिएको बताए । विश्व स्वास्थ्य सङ्गठनको मान्यताअनुसार भाइरस प्रभावित मुलुकबाट आउने जहाजलाई विमानस्थलमा अलग्गै ‘पार्किङ’को व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

भाइरसको सङ्क्रमण फैलन नदिन सरोकारवालाले पनि उच्च सतर्कता अपनाउनुपर्नेमा जोड दिँदै उनले भने, ‘यसलाई रोक्न निजी क्षेत्रको सक्रियता आवश्यक छ ।’ मन्त्री भट्टराईले लुम्बिनी, पशुपति, ठमेल, सौराहलगायत पर्यटकको उच्च चाप हुने क्षेत्रमा अंग्रेजी तथा चिनियाँ भाषामा सचेतनात्मक व्यानर टाँस्न आग्रह गरे ।

सरकारले काठमाडौँ उपत्यकामा कोरोना प्रभावितको उपचार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गर्ने व्यवस्था मिलाएको छ । आवश्यकतानुसार सातै प्रदेशका विभिन्न अस्पतालमा यसको उपचार गर्ने व्यवस्था मिलाइने जनाइएको छ ।

The post कोरोना भाइरस प्रभावित मुलुकबाट आउने जहाजलाई अलग्गै ‘पार्किङ’ appeared first on Koshi Online.

देशैभरी पश्चिमी वायुको प्रभाव, हल्का वर्षाको सम्भावना

मिस मार्टिना २०२० का सहभागीहरु तालिम र अवलोकनमा

इटहरी / सुनसरीको इटहरीमा जारि मिस मार्टिना २०२० का सहभागीहरु तालिम र अवलोकनमा रहेका छन् । माघको पहिलो साता बाट सुरु भएको प्रतियोगीताका १५ जना सहभागी फाइनल राउण्डका लागि तयारिमा जुटेकाे आयोजकले जानकारी दिएको छ ।

शिक्षा,स्वास्थ्य, पर्यटन, धार्मिक, व्याबहारिक ज्ञान, समाज, औधोगिक क्षेत्र, मनोरञ्जन लगायतका बिषयकाे अध्ययन तथा अवलोकनमा व्यस्त रहेको प्रतियोगिताकी संयोजक उर्बी श्रेष्ठले बताइन । त्यसैगरी अफिसियल कोरियोग्राफरमा नेहा बजाज तथा अफिसियल फोटोग्राफी पार्टनरमा बज फोटो एंड भिडियो स्टुडियो रहेको उनले जानकारी दिइन् । कार्यक्रमकाे सहयोगीमा सरोज श्रेष्ठ, प्रिया कुवर, कन्चन तिवारी लगायत रहेका छन् ।

यस कार्यक्रमकाे मुनाफाकाे केहि रकम सामाजिक क्षेत्रमा पनि खर्च गर्ने साथै भ्रमण बर्ष २०२० लाइ सफल पर्न आन्तरिक पर्यटनको प्रवर्द्भन गर्न सहयोग गर्ने श्रेष्ठकाे भनाइ थियाे । प्रतियोताकाे बिजेताले ५० हाजर नगद पुरस्कार पाउने छन् भने द्रोसो तथा तेस्रो हुनेले क्रमश २० हजार र १५ हजार पाउने छन ।

The post मिस मार्टिना २०२० का सहभागीहरु तालिम र अवलोकनमा appeared first on Purbeli News.

८० किलो फलामको १० फिट लामाे खुकुरी निर्माण