
उद्योगीलाई समस्यै समस्या

ए डिभिजन लिग : आजबाट नवौं चरणका खेलहरु सुरु हुँदै

काठमाडौं, १३ माघ । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आजबाट नवौं चरणका खेलहरु सुरु हुँदैछन् । दशरथ रंगशालामा हुने नवौं चरणको पहिलो खेलमा आज नेपाल पुलिसले सशस्त्र प्रहरीको एपीएफ टिमसँग खेल्नेछ । आजै दिउँसो उपाधि दावेदार मच्छिन्द्र र थ्रिस्टार भिड्नेछन् । अंक तालिकामा मच्छिन्द्र क्लब १६ अंकसहित दोस्रो स्थानमा छ । १४ अंकका साथ […]

पारिवारिक लेनदेनमा विवाद हुँदा श्रीमानले ज्यूँदै जलाए श्रीमतीलाई

काठमाडौं, १३ माघ । सिराहाको औरी गाउँपालिका–२ मा श्रीमानले श्रीमतीलाई पेट्रोल छर्केर जिउँदै आगो लगाएका छन् । पारिवारिक लेनदेनको विषयमा विवाद हुँदा २१ वर्षीया अनिताकुमारी यादवलाई श्रीमान् विनोद यादवले शुक्रबार साँझ पेट्रोल छर्केर आगो लगाइदिएका हुन् । घाइते अनितालाई छिमेकीको सहयोगमा उपचारका लागि परिवारले विराटनगरस्थित म्याक्स अस्पताल पु¥याएका थिए, त्यहाँ उपचार सम्भव नभएपछि उनलाई आइतबार […]

कम्युनिस्ट शासनमा सुरक्षा नाजुक, फेरि पड्कियो प्रेसर कुकर बम !
काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सुरक्षा व्यवस्था सम्हालिरहेका बेला देशमा सुरक्षा नाजुक भएको छ ।
केही दिनअघि बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा मुछिएका व्यक्तिको घरमा राजधानी काठमाडौंमै बम विस्फोट भएको घटना सेलाउन नपाउँदै आईतबार संखुवासभा जिल्लामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनास्थलमा बम विस्फोट गरिएको छ ।
चिचिला गाउँपालिका–३ स्थित आयोजनाको जलविद्युत् गृह छेउमा भएको विस्फोटमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाका कार्यकर्ताको संलग्न रहेको आशंका गरिएको छ । बम विस्फोटबाट अरुण तेस्रोले राखेको जेनेरेटरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
प्रेसर कुकर बम पड्किँदा जेनेरेटर नजिकै पर्खालमा पनि क्षति पुगेको छ । घटनामा संलग्न भएको भन्दै प्रहरीले हालसम्म कसैलाई पक्राउ गरेको छैन । घटनास्थलमा प्रेसर कुकरका टुक्रा भेटिएका जनाइएको छ ।

मृत्युदण्डबाट जोगिएका उमेश १४ वर्षपछि आज श्रीमतीसँग अंकमाल गर्दै

साउदी अरेबियामा मृत्युदण्डबाट जोगिएर स्वदेश फर्केका धनुषाका उमेश यादव र उनको परिवारबीच झन्डै १४ वर्षपछि आज (सोमबार) पुनर्मिलन हुँदै छ।
अहिले काठमाडौं रहेका उमेश सोमबार बिहान १० बजे यति एयरको विमानबाट जनकपुर आउन लागेका हुन्।
उनलाई मृत्युदण्डको सजायबाट मुक्त गराउन पहल गरेका सामाजिक अभियन्ता सरोज रायका अनुसार जनकपुर विमानस्थलमा उमेशले सबभन्दा पहिले करिब १४ वर्षअघि बिछोड भएका श्रीमती मञ्जु तथा दुई छोरा १७ वर्षीय कमलेश र १३ वर्षीय रितेशसँग अंकमाल गर्नेछन्।
त्यसपछि उनी धनुषाको कमला नगरपालिका ५ पर्सास्थित आफ्नो घर पुगेर आमाबुवासँग खुसी साट्नेछन्।
घरमा झन्डै १४ वर्षदेखि छोरा आउने बाटो हेरिरहेका बुबा भोला यादव र आमा कुमदरदेवी छन्। घरपरिवारकै पालनपोषण र सुखका लागि उमेश वृद्ध आमाबुबा, श्रीमती र नाबालक दुई छोरालाई छाडेर सन् २००६ मा साउदी उडेका थिए। तर डेढ महिना पनि नहुँदै उनको जीवनमा दुर्भाग्य आइलाग्यो। अर्थात् सँगै काम गर्ने पाकिस्तानी नागरिक मोहम्मद लतिफ वासिरको हत्या आरोपमा उनी पक्राउ परे।
साउदीको जुबेल जेलमा कष्टकर जीवन बिताइरहेका उनीविरुद्ध १५ मे २०१८ मा जुबेल अदालतले मृत्युदण्डको सजाय सुनायो।
त्यसपछि मृत्यु कुरेर बसेका उनी सामाजिक अभियन्ता सरोज रायको प्रयासमा जुबेल अदालतबाट आमामाफी पाउन सफल भएपछि गत बुधबार बिहान काठमाडौं आइपुगेका हुन्।
सामाजिक अभियन्ता रायकै सल्लाहमा उनी विशेष कामले चार दिन काठमाडौंमै बसेर आज घर फर्किन लागेका हुन्। उनीसँग अभियन्ता राय पनि छन्।
चारदाजुभाइ रहेका उमेश साहिँला छोरा भए पनि आमाबुबाको सेवा गर्ने जिम्मा उनैले पाएका थिए। उमेश विदेशिएका बेला जेठो छोरा कमलेश ४ वर्षका थिए भने रितेश आमाकै गर्भमा थिए।
उनी विदेशबाट नफर्किएपछि श्रीमती मञ्जुले छोरालाई लिएर घर छाडेकी थिइन्। उनी धनुषाको महेन्द्रनगरमा स्थानीय एक उद्योगमा मजदुरी गरेर आफ्नो दुई छोरा पढाइरहेकी छन्। छोरा जेलमा र बुहारीले पनि घर छाडेपछि उमेशका आमाबुबा निकै कष्टकर जीवन बिताइरहेका थिए।
मृत्युको मुखबाट फुत्केर छोरा काठमाडौं फर्किसकेको खबरले निकै हर्षित आमाबुबा उनलाई हेर्न आतुर छन्। उनीहरूले विदेशबाट छोरा फर्केला र भेट गरौंला भन्ने आशा मारिसकेका थिए। लामो समयपछि मृत्यु छिचोल्दै घर फर्किन लागेका उमेशलाई हेर्न गाउँवासी समेत आतुर छन्।
आइतबार अभियन्ता रायले उमेशलाई परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञावालीसँग भेटघाट गराएका छन्। उमेशले आफूसँग साउदीको जुबेल जेलमा १४ वर्षभन्दा लामोसमयदेखि रहेका नेपाली नागरिक विवेक दहालको जीवनरक्षाको निम्ति पहल गरिदिन आग्रह गरेका छन्।
उनलाई पनि आफूलाई जस्तै मृत्युदण्डको सजाय सुनाइसकेकाले उनी मृत्यु कुरेर बसिरहेको उमेशले जानकारी गराए।
उमेशको मृत्युदण्डका विषयमा २ वर्षअघि समाचार सार्वजनिक भएपछि बचाउन अभियन्ता रायले चन्दा संकलन गरी मृतक पाकिस्तानी नागरिकका परिवारलाई ३० लाख पाकिस्तानी रुपैयाँ ब्लडमनी दिएपछि उनी मृत्युदण्डबाट जोगिएका हुन्।
यो पनि: मृत्युदण्डबाट जोगिएका उमेश भन्छन्ः सबैप्रति मेहरबान छु

दोस्रो चरणको चक्रपथ विस्तारमा किन भइरहेछ ढिलाइ ?

काठमाडौँ, १३ माघ । पूर्वतयारी समयमै नगरिँदा राजधानीको चक्रपथ विस्तार अन्तर्गतको दोस्रो चरणको काममा ढिलाइ भएको छ । विस्तारका लागि रूख कटान, बिजुलीका पोल स्थानान्तरण तथा सडक क्षेत्रमा परेका संचरना हटाउने कार्य हुन नसक्दा काममा ढिलाइ भएको हो । त्यसैगरी, महाराजगञ्ज क्षेत्रमा गर्नुपर्ने जग्गा अधिग्रहण हुन नसक्दा दोस्रो चरणको चक्रपथ विस्तार सुरु हुन नसकेको हो […]
जुबेल र दमाममा राहदानी वितरण हुने सम्बन्धी सुचना ( नामावली सहित )

सप्तकोसीमा जल यातायात : घट्यो दूरी, फेरियो जीवनशैली

विराटनगर, १३ माघ । विराटनगरबाट १० घण्टा लाग्ने भोजपुरको यात्रालाई सप्तकोसीमा सञ्चालित मोटरबोटले चार घण्टामा झारेको छ । सडकमार्ग हुँदै विराटनगर–इटहरी–धरान–धनकुटा हुँदै भोजपुर पुग्ने दूरीलाई सप्तकोसीको जल यातायातले २० किलोमिटरमा खुम्च्याइ दिइएको हो । सप्तकोसीमा व्यावसायिक जेटबोट सञ्चालन भएसँगै भोजपुर सदरमुकामदेखि दक्षिणवर्ती क्षेत्र हतुवागडी र आमचोक, रामप्रसाद गाउँपालिकासहितका गाउँपालिका सहजै तराईका जिल्लासँग जोडिएका छन् । […]
साउदीमा के गर्न हुन्छ के गर्न हुँदैन? दुतावासले जारी गर्यो यस्तो सुचना

पुन: प्रवेश गर्दै पश्चिमी वायु, तीन दिन वर्षा/हिमपातको सम्भावना

नेपालमा फेरि पानी पार्ने मौसमी प्रणाली प्रवेश गर्दै छ। पश्चिमी वायुबाट विकसित पश्चिमी न्यून चापीय प्रणाली नेपाल प्रवेश गर्ने क्रममा रहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार यो प्रणाली नेपालतर्फ नजिकिँदै छ र आज (सोमबार) दिउँसोसम्म यो प्रश्चिमी क्षेत्रमा प्रवेश गरिसक्नेछ।
‘देशको पश्चिमी क्षेत्रमा बेलुकादेखि यसको प्रभाव सुरु हुने देखिन्छ,’ सोमबार बिहान मौसमविद् प्रधानांगले नेपालखबरसँग भने, ‘आज बेलुकालाई पश्चिमी क्षेत्रका केही स्थानमा मात्रै वर्षा र हिमपात गराउनेछ।’
यो प्रणाली क्रमशः पूर्व सर्ने र भोलि मंगलबार मध्य क्षेत्रसम्म आइपुग्ने सम्भावना रहेको उनले बताए। उक्त प्रणालीका कारण मंगलबार काठमाडौंमा पनि पानी पर्न सक्ने उनको अनुमान छ।
‘बुधबार भने यो देशभरि फैलिने देखिन्छ,’ मौसमविद् प्रधानांगले भने, ‘यो यसअघिको जत्तिकै शक्तिशाली त छैन तर देशभर वर्षा तथा उच्च पहाडी तथा हिमाली भेगमा हिमपात गराउने सम्भावना छ।’
मौमस पूर्वानुमान महाशाखाको बुलेटिनअनुसार यस प्रणालीले बुधबारसम्म देशभर मौसम बदली गराउँदै विभिन्न स्थानमा वर्षा तथा हिमपात गराउने सम्भावना छ।
यस्तो छ अहिले मौसम
अहिले (सोमबार बिहान) काठमाडौं उपत्यकालगायत पहाडी क्षेत्रमा हुस्सु तथा तराई क्षेत्रमा कुहिरो लागेको छ।
मौमविद्का अनुसार हुस्सु केही पातलो हुन्छ भने कुहिरो अलि बाक्लो।
मौसमविद् राजु प्रधानांगका अनुसार पहाडी क्षेत्रमा लागेका हुस्सु घाम लागेसँगै हटेर जानेछ भने तराईका कुहिरो हट्न दिउँसोसम्म लाग्न सक्छ।
यसबाहेक देशभर सामान्यतया मौसम सफा नै छ।

आज माघ १३ गते सोमबार,तपाईंको राशिफल पढी शे’यर गर्नुहोला।
पाथिभरा माइको दर्शन गरि आजको राशिफल पढ्नुहोस।
मेषः– परिस्थितिलाई वुझेर मात्र काममा हात हाल्नु होला । कार्य क्षमतामा वृद्धि हुनेछ । व्यापार व्यवसायमा प्रगतिका सम्भावना देखिने छन् । गीत संगितमा अभिरुची बढ्नेछ । मान्य जनको प्रेरणा,सहयोग सहानुभूति मिल्नेछ । मनलाई नियन्त्रण गरि अगाडि बढ्नु होला । सक्रियताबाट मात्र गन्तव्यमा पुगिनेछ ।
वृषः– काममा सहजीकरण गरि दिने कोहि हुने छैन । उपलब्धि विहिन काममा समय बढि खर्च हुनेछ । परोपकारले पेट भरिने छैन । व्यापार व्यवसायबाट उचित प्रतिफल मिल्ने छैन । आत्म विश्वासको कमि देखिन्छ । यात्राको सम्भावना देखिन्छ । आफन्तले पराईको व्यवहार गर्ने छन् । तर मध्यान्हबाट कामले गति लिनेछ ।
मिथुनः– उपलब्धिको संरक्षण गर्न सकिने छैन । आफन्त सँगको विश्वास र भरोसा टुट्नेछ । लगनाी अनुसारको व्यापार व्यवसायबाट उपलब्धि हात लाग्ने छैन । अन्तिम चरणमा पुगेका काम पनि रोकिने छन् । खानपान नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ । लेनदेन कारोवार विग्रिन सक्छ । नयाँ क्षेत्रमा लगानी नबढाउनु होला ।
कर्कटः– समय र धनको सदुपयोग गरेर अगाडि बढ्नु होला । स्वतन्त्र प्रकृतिका व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । नोकरी तथा राजनीतिमा नयाँ अवसरको खोजी हुनेछ । अध्यात्मिक भन्दा भौतिक सम्पतिको लालसा बढ्नेछ । मनमा सुख,शान्ति थोरै मिल्नेछ । गीत,संगित तथा कला सहित्यमा अभिरुची बढ्नेछ । मध्यान्हबाट काममा अवरोध आउनेछ ।
सिंहः– समय सुधारोन्मुख छ । तिव्र इच्छा शक्तिको खाचो देखिन्छ । लगनशिलता भङ्ग गरेर काम नगर्नु होला । काममा विरोधीको बक्रदृष्टि पर्नेछ । पढाई लेखाईमा प्रगति कम हुनेछ । मिलेर काम गर्दा विवाद बढि हुनेछ । प्रतिश्पर्धा गरेर अगाडि बढ्नु पर्ने देखिन्छ । धार्मिक आस्था र विश्वास बढ्नेछ । कुरा भन्दा काममा जोड दिनुहोला ।
कन्याः–अस्थिरताले अनिष्ट निम्त्याउने हुदा मनलाई नियन्त्रण गरि कर्म क्षेत्रमा जानु होला । कहि,कतै र कोहिबाट इज्जत प्रतिष्ठामा आच आउने काम हुनसक्छ । राजनीति औजार प्रयोग गरेर दुःख दिन खोज्नेहरु आफै त्यो पासोमा पर्ने छन् । व्यापार व्यवसायमा खासै प्रगति हुने देखिन्न । काम गर्र्न स्वास्थ्यले साथ कम दिनेछ ।
तुलाः– अनुकुल वातावरणमा काम गर्न पाईने छैन । प्रतिकुल परिस्थितिको सामना गनुृ पर्नेछ । आफ्नै कारण काममा ढिला सुस्ति हुनेछ । व्यापार व्यवसायबाट उचित लाभ लिन सकिने छैन । विपरित लिङ्गिबाट सहयोग मिल्नेछ । घरका समस्या समाधान गर्न गाह्रो गाह्रो हुनेछ । विचारको खडेरी पर्नेछ ।
वृश्चिकः– अरुलाई पनि विश्वासमा लिएर काम गर्दा आफैलाई फाइदा हुनेछ । काम गर्दा साथी भाईको सहयोग मिल्नेछ । संघर्षबाट सफलताको शिखर चढिनेछ । परिश्रमको अन्तिम परिणाम सुखद रहनेछ । कार्य क्षमतामा कुनै कमि आउने छैन । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । शैक्षिक गतिविध अगाडि बढ्ने छन् ।
धनुः– दयाको भिख नमाग्नु होला उल्टो अपहेलित हुनु पर्नेछ । समस्याबाट टाढा नभागि अगाडि बढ्नु भयो भने मात्र मिशनमा पुग्न सक्नु हुनेछ । आर्थिक प्रलोभनमा परेर वाह्य व्यक्तिसँग कुनै आर्थिक कारोवार नगर्नु होला । स्पष्ट वोल्दा आफैलाई नोक्सना हुनेछ । व्यापार व्यवसायमा सामान्य उतार चढाव आउनेछ ।
मकरः– उपलब्धि हासिल गर्न काममा स्थायीत्व दिनुपर्ने देखिन्छ । जीवन साथीको सहयोग लिएर काम गर्दा थोरै फाइदा हुनेछ । काम गर्ने जोश जागर बढ्नेछ । धन लगानीमा धेरै जोड नदिनु होला । इच्छा र आकाँक्षा केहि पुरा हुनेछन् । मिलेर काम नगर्नु होला । भोज भतेरमा सहभागिताको लागि निमन्त्रणा आउनेछ ।
कुम्भः– असहज स्थितिको सृजना हुनेछ । काम गर्ने बातावरण खलबलिनेछ । खोक्रो आश्वासन पाईनेछ । चोटपटकको भय देखिन्छ । काम गर्दा सुरक्षित विधि अप्नाउनु होला । आशा र भरोसा टुट्नेछ । अराजनैतिका व्यक्ति भेटिने छन् । आर्थिक कारोवारमा ध्यान दिनुहोला । मध्यान्हबाट समयमा सुधार आउनेछ । व्यापार व्यवसायमा सुधार आउनेछ ।
मिनः– समयको महत्व वुझेर काम गर्नु होला उपलब्धि राम्रै हात लाग्नेछ । प्रयास र प्रयत्नबाट धेरै काम बन्ने छन् । अरुको भरमा मात्रै काम नगर्नु होला । अध्ययन कार्यमा भन्दा आर्थिक कार्यमा बढि दखल हुनेछ । कामको विचमा विचार परिवर्तन नगर्नु होला । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । मध्यान्हबाट समय प्रतिकुल हुनेछ ।
https://www.youtube.com/channel/UCEOJGEomUV7R8Mpgtn9nPVg
The post आज माघ १३ गते सोमबार,तपाईंको राशिफल पढी शे’यर गर्नुहोला। appeared first on .

आजको राशिफल : माघ १३ गते, सोमबार

वि.सं.२०७६ साल माघ १३ गते । सोमबार । ईश्वी सन् २०२० जनवरी २७ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । माघ शुक्लपक्ष । तिथि– तृतीया,५९ घडी १५ पला । नक्षत्र– शतभिषा,अहोरात्र । योग– वरियान,४८ घडी ०६ पला,रातको ०२ बजेर १० मिनेट उप्रान्त परिध । करण– […]
