Home Blog Page 1412

सुन्दरहरैंचाका गायक प्रदीप ओझाले ल्याए नयाँ गीत ‘तिमीलाई देखेसी. . . . .’

इटहरी / सुन्दरहरैंचा– ७ गोठगाउँका युवा प्रदीप ओझाले ‘तिमीलाई देखेसी यो मनै बिझायो…’ भन्ने गीत ल्याएका छन् । केही समय अघि युट्युबमार्फत् अडियो मात्रै सार्वजनिक भएको सो गीतको हालै भिडियो पनि सार्वजनिक भएको छ ।

कृष्ण खवासको निर्देशनमा रहेको सो गीतमा सन्दीप सरदारको सङ्गीत रहको छ । केके म्युजिक स्टुडियो इटहरीमा रेकर्ड भएको सो गीतको कोरियोग्राफी रजनीश माझीले गरेका छन् ।

गायक ओझाका अनुसार गीतको भिडियोमा विराटनगरका मोडल सागर श्रेष्ठ र जस्मिन लामाले मोडलिङ गरेका छन् । सुनसरीको झुम्काको सोल डान्स क्रिउको नृत्य प्रस्तुति रहेको छ ।

यो गीतको भावको बारेमा राखिएको जिज्ञासामा गायक ओझा भन्छन्, ‘असारसाउनमा पर्ने पानी को धेरै गीत आए पनि चैतबैशाखमा हावाहुरीसँगै आउने पानीलाई आधार बनाएर गीत नलेखिएको हुनाले सो समयको पानीको भावलाई समेटेर गीत लखिएको हो ।’ ओझाको स्वर र शब्दमा यसअघि धनकुटा, हिले, पाख्रीबास…’ भन्ने गीत पनि रेकर्ड भएको छ ।

भिडियाे . . .

The post सुन्दरहरैंचाका गायक प्रदीप ओझाले ल्याए नयाँ गीत ‘तिमीलाई देखेसी. . . . .’ appeared first on Purbeli News.

सभामुख सापकोटालाई नागरिक अभिनन्दन

आयल निगमद्वारा मनाङ मर्स्याङ्दीको ‘टाइटल’ प्रायोजन

 नेपाल आयल निगमले सामाजिक उत्तरदायित्वअन्तर्गत मनाङ मर्स्याङ्दी फुटबल क्लबलाई एक वर्षका लागि ‘टाइटल’ प्रायोजन गरेको छ। आज यहाँ आयोजित कार्यक्रममा निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल र क्लबका अध्यक्ष छिमी उर्गेन गुरुङले प्रायोजनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे।

सम्झौतासँगै निगमले मनाङ मर्स्याङ्दीलाई रु ३५ लाख उपलब्ध गराएको छ। निगमका कार्यकारी निर्देशक पौडेलले क्लबका अध्यक्ष गुरुङलाई प्रायोजन रकममध्ये ५० प्रतिशत रकमको चेक हस्तान्तरण गरे।

निगमको स्वर्ण जयन्तीका अवसरमा आयोजित कार्यक्रममा कार्यकारी निर्देशक पौडेलले क्लबलाई मुख्य प्रायोजन गर्ने घोषणा गरेका थिए। निगमले बाँकी रकम एक वर्षभित्र उपलब्ध गराउनेछ। आठ पटकसम्म राष्ट्रिय लिग च्याम्पियन बनेको क्लबका लागि यो हालसम्मकै सर्वाधिक ठूलो प्रायोजन हो।

सो अवसरमा निगमका कार्यकारी निर्देशक पौडेलले खेलकूद क्षेत्रलाई उत्थान गर्न निगमले थप स्रोतसाधन परिचालन गर्ने बताए। ‘यो शुरुआत मात्र हो’, उनले भने, ‘अब निगमले नेपाली फुटबलमा योगदान गर्नेछ। यो सहयोग मनाङको मात्रै नभएर नेपाली फुटबलका लागि पनि हो।’ उनले यसअघि आर्थिक स्थिति बलियो नहुँदा निगम खेलकूदबाट बाहिर रहेपनि अबका दिनमा खेलकूद क्षेत्रमा सहयोग गर्ने बताए।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा शेर्पाले निगमले प्रायोजन गरेसँगै नेपाली फुटबलको विकासमा थप योगदान मिलेको बताए। ‘निगमको सहयोगसँगै नेपाली फुटबलले पुनः जीवन पाएको छ।’ क्लबका अध्यक्ष गुरुङले निगमको प्रायोजनसँगै नेपाली फुटबल नयाँ चरणमा प्रवेश गरेको बताए। ‘अब क्लब र संस्थालाई उच्च प्राथमिकता दिई खेलाडी प्रस्तुत हुनेछन्’, उनले भने। निगम र क्लबबीच भएको सम्झौताले आगामी दिनमा पनि निरन्तरता पाउने उनको विश्वास थियो।

सो अवसरमा निगमका कार्यकारी निर्देशक पौडेलले निगमको प्रतीक चिह्न अंकित जर्सी क्लबका कप्तान कलम श्रेष्ठ र सहकप्तान अञ्जन विष्टलाई हस्तान्तरण गरेका थिए। मनाङ मर्स्याङ्दीले एक वर्षसम्म निगमको लोगो अंकित जर्सी प्रयोग गर्नेछ। रासस

सौगात मल्ल अभिनित फिल्म ‘मन्त्र’को टिजर सार्बजनिक

तालामाराङ बजारमा आगलागी, २० लाखको क्षति

मेलम्ची नगरपालिका–६ तालामाराङ बजारमा पसल भएको घरमा आज बिहान अगलागी हुँदा करिब रु २० लाखको क्षति भएको पीडित दीपेन्द्र तामाङले बताएका छन्।

ग्यास चुहिएर शुरु भएको आगलागीबाट घरको भौतिक सामानमा क्षति पुगेको छ। त्यस्तै पसलको सामान नष्ट भएको पीडित तामाङले जानकारी दिए।

आगो प्रहरी र स्थानीयवासीको सहयोगबाट नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए। रासस

सन्दीप र करण चम्किँदा चार ओभरमा अमेरिकाको ४ विकेट गुम्यो

अमेरिकामा दुई प्रहरीको गोली हानी हत्या

हवाइ राज्यको वाइकीकी भन्ने स्थानबाट आपतकालीन फोन आएपछि दुई प्रहरी एक घरमा सहयोगका लागि पुगेका थिए।

सोही क्रममा अमेरिकी समयअनुसार आइतबार बिहान दुई प्रहरीको हत्या भएको हो। सीएनएनका अनुसार प्रहरीको हत्या गरिएपछि प्रहरीलाई फोन गरिएको घर जलाइएको थियो।

प्रहरीका अनुसार एक महिलाले आइतबार होनोलुला प्रहरीलाई सहयोग चाहिएको भन्दै फोन गरेकी थिइन्।

प्रहरी अधिकृत टिफानी इनरिक्ज सहयोगकका लागि पीडितको घर पुग्दा एक प्रहरीलाई चक्कुले घाइते भएकी महिलालाई सहयोग गरिरहेका थिए।

त्यसपछि दुवै प्रहरीले चक्कु प्रहार गर्ने व्यक्ति खोज्दा संदिग्ध व्यक्तिले अन्धाधुन्ध गोली हानेको जनाइएको छ।

गोली प्रहार गर्ने व्यक्तिले घरमा आगो लगाउँदा ७ घर जलेर नस्ट भएको जनाइएको छ।

हाल ती व्यक्तिको खोजी भइरहेको छ।

नेपालले अमेरिकालाई दियो १९१ रनको चुनौती

अमेरिकी गोलीकाण्डमा दुई मारिए

एजेन्सी, ०६ माघ । अमेरिकाको टेक्सास राज्यको सान एन्टोनियोमा आइतबार राती भएको एक गोलीकाण्डमा दुई व्यक्ति मारिनुका साथै अन्य पाँच घाइते भएका प्रहरी स्रोतले जानकारी दिएको छ । सान एन्टोनियोका प्रहरी प्रमुख विलियम म्याकमानुसले सञ्चार माध्यमलाई बताएअनुसार व्यक्तिहरूको समूहबीच भएको झगडामा एकजना व्यक्तिले बन्दुक निकालेर गोली हान्न शुरु गरेका थिए । विवाद शुरु भएपछि नै […]

‘पुर्नर्निमाणका कामहरुबाट राष्ट्रपति उत्साहित’

उपसभामुख पदको गरिमा जोगाउन सफल भएँ : तुम्बाहाङफे

काठमाडौं, ०६ माघ । प्रतिनिधिसभाकी सांसद शिवमाया तुम्बाहाङफेलेले उपसभामुख पदको गरिमा जोगाउन सफल भएको दावी गर्नुभएको छ । उपसभामुख पदबाट राजीनामापछि आयोजित पत्रकार सम्मेलनमा तुम्बाहाङफेले दलको निर्देशन अटेर गरेर प्रणालीको लडाई जितेको बताउनुभएको हो । उहाँले आफू कुनै राजनीतिक दलको व्यक्ति नभएकाले कुनै पनि दलको निर्देशन मान्न आवश्यक नभएकाले आफूले निर्देशन नमानेको समेत बताउनुभयो । […]

अन्टार्कटिकामा हालसम्मकै बढी तापक्रम

तरकारीमा आत्मनिर्भर बनाइँदै

दार्चुला, ६ माघ । दार्चुलाको नौगाड गाउँपालिकाले तरकारीमा आत्मनिर्भर बनाउने योजना अगाडि बढाएको छ । गाउँपालिकाले वडा नम्बर २ दल्लेख, सुण्डमुण्डु तथा वडा नम्बर ५ को बसर क्षेत्रलाई तरकारी पकेट क्षेत्रको रुपमा विस्तार गरी यहाँका तीन वटा बस्तीलाई तरकारी करिडोर बनाएर तरकारीमा आत्मनिर्भर बनाउने योजना अगाडि बढाएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले व्यावसायिक तरकारी उत्पादनलाई […]

भालेको आक्रमणबाट चितवनमा पाँच महिनाको पोथी गैँडा मर्‍यो

प्रहरी नागरिक मैत्री बन्न सकेन : सुरेशविक्रम शाह, प्रमुख, ५ नं. प्रदेश प्रहरी

मनोज श्रीवास्तव, कपिलबस्तु , ६ माघ । प्रदेश ५ प्रहरी प्रमुख एवं प्रहरी नायव महानिरीक्षक सुरेशबिक्रम शाहले अपराध र अपराधी समृद्ध मुलुकका लागि बाधक भएकाले सतर्क रहन निर्देशन दिनुभएको छ । जिल्ला प्रहरी कार्यालय कपिलबस्तु परिसरमा नवनिर्मित भवनको सोमबार उदघाट्न गर्दै प्रमुख शाहले प्रहरी नागरिक मैत्री हुन नसकेको पनि स्वीकार गर्नु भएको छ । महानिरीक्षक […]

आज माघ २५ गते शनिबारको रा’शिफल पढी शे’यर गर्नुहोस।

पृथ्वीनारायण क्याम्पसमा आन्दोलन : प्रमुखको कक्षमा तालाबन्दी

उत्तम पौडेल पोखरा, ०६ माघ । पृथ्वीनारायण क्याम्पस पोखराका प्रमुख डा. चन्द्रबहादुर थापाको कार्यकक्षमा आइतबारदेखि अनिश्चितकालीन तालाबन्दी गरिएको छ । आंशिक शिक्षकहरुको संघले करार सेवामा नियुक्त गर्न हालसम्म कुनै पनि कदम नचालेको आरोपमा तालाबन्दी गरेको हो । गत २९ गतेदेखि आन्दोलनरत संघले आंशिक प्राध्यापकहरुको समस्यालाई समाधान गर्न क्याम्पसले कुनै ठोस कदम नचालेको कारण तालाबन्दी गर्नुपरेको […]

सरकार समृद्धिको बाटोमा छ ढुक्क हुनुहोस् : प्रधानमन्त्री ओली

बीबीएलः एक ओभरमै सन्दीपले लिए दुई विकेट

सिड्नी सिक्सर्स विरुद्धको सोमबारको खेलमा सन्दीपले डेनियल ह्युजेसर र जोस फिलिप्पीलाई पवेलियनको बाटो देखाएका हुन्।

डेनिललाई चौथो ओभरको ४ बलमा र जोसलाई अन्तिम बलमा सन्दिपले आउट गरे। ३ ओभर बलिङ गरेका सन्दिपले ३८ रन खर्चे।

अष्ट्रेलियाको सिड्नीमा जारी खेलमा सन्दीप सम्मिलित मेलबर्नले टस जितेर फिल्डिङ रोजेको थियो। वर्षाका कारण १४ ओभरमा छोट्टाईएको खेलमा सिड्नीले मेलर्वनलाई १ सय ४४ रनको लक्ष्य दिएको छ।

सिड्नीले १४ ओभरमा ४ विकेट गुमाउँदै १ सय ४३ रनको योगफल तयार पारेको हो। सिड्नीका मोइसेस हेनरिक्स र जेम्स भिन्सले १ सय १४ रनको साझेदारी गरेपछि मेलबर्नलाई सम्मानजनक योगफल दिएको हो।

मेलबर्नका लागि मोइसेसले ७२ रनको उल्लेख्य पारि खेले। भिन्स ४१ रनमा नटआउट रहे। केहीबेबरमा सन्दीपको टोलीले जवाफी व्याटिङ गर्नेछ।

त्रिविमा २३ दिन बिदा