Home Blog Page 1413

अहेवले गरे ४० वर्षीया महिलालाई बलात्कार, मुद्दा चलेपछि भए फरार

चालीस वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा बुलिङटार गाउँपालिका–४ अर्खला स्वास्थ्य चौकीमा कार्यरत अहेव टोकबहादुर सुस्लिङमाथि जिल्ला प्रहरी कार्यालय नवलपुरले मुद्दा चलाएको छ।

प्राप्त उजुरीका आधारमा छैटौँ तहमा कार्यरत अहेव सुस्लिङमाथि मुद्दा चलाएको हो। अहेव सुस्लिङ फरार रहेकाले उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

‘माघ २ गते बिहीबार साँझ सुस्लिङले ती महिलालाई जबर्जस्ती करणी गरेको भन्दै उजुरी परेपछि मुद्दा चलाइएको हो’, नवलपुरका प्रहरी उपरीक्षक मोहन पोखरेलले भने, ‘जाहेरी दर्ता भएपछि अहेव सुस्लिङलाई पक्राउ गर्न प्रहरी खटिएको छ। घटना थाहा पाउने बित्तिकै प्रहरीलाई घटनास्थल पठाइएको छ। पीडित महिलाको स्वास्थ्य जाँचसमेत गरिएको छ।’

घटना प्रहरी कहाँ पुगेको तीन दिनसम्म पनि आरोपित पक्राउ नपर्नु दुःखद भएको स्थानीयवासीले बताएका छन्। फरार आरोपीलाई प्रहरीले खोजतलास गर्न ढिला गर्न नहुने महिला अगुवा लीला भण्डारीले बताए। ‘पीडकलाई गाउँमै माफी मगाउने र पीडितलाई रु २० हजार दिएर मिलापत्र गर्ने धम्की दिएपछि प्रहरीको शरणमा आएका हौँ’, पीडित महिलाका श्रीमानले भने, ‘अहिले पनि तँसँग मुद्दा लड्ने पैसा छैन, मुद्दा फिर्ता लिई भन्दै पीडकका आफन्तहरुले दबाब दिएका छन्।’

पीडकलाई पक्राउ नगर्दा पीडितहरुमाथि दबाब र धम्की आइरहेको पीडितका श्रीमानले गुनासो गरे। जति छिटो प्रहरीले उनलाई पक्राउ गर्नुपर्ने बताउँदै उनले भने, ‘श्रीमतीलाई एक्लै पारेर जबर्जस्ती गर्नेलाई कारबाही हुनैपर्छ। मेरो श्रीमतीलाई उल्टै कान्छी बनाउन लैजान्छु तँलाई पैसा दिन्छु भनेर आएका छन्, अन्यायमा परेकाले न्याय पाइदैन?’उनले दोषीलाई कडाभन्दा कडा कानूनी कारबाही हुनुपर्ने बथताए।

गाउँमा पहिले पनि यौनजन्य अपराध हुँदा स्थानीयस्तरमै बसेर मिलापत्र गर्न जनप्रतिनिधिले दबाब दिने गरेकाले आरोपितहरुको मनोबल बढ्ने गरेको स्थानीयवासीको भनाइ छ। पीडकलाई कानूनी रुपमा कारवाही हुने अवस्था आउनुपर्ने बुलिङटारका यमबहादुर सारुले बताए। रासस

महाशिवरात्रिलाई भ्रमण वर्षसँग जोडेर भव्य रुपमा मनाइने

भन्सार छलीका हजाराैं प्याकेट मसला र सुर्ती बरामद, तीन पक्राउ

सुर्तिजन्य तथा पान मसला लगायतका वस्तुहरु अवैधरुपमा भन्सार छली गरी चोरी पैठारीमा संलग्न तीन जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ। प्रहरीले भारतबाट भन्सार छली गरी नेपाल भित्र्याई लुकाई छिपाई काठमाडौं लगायत देशका विभिन्न ठाउँमा अवैध कारोबार गर्ने तीन जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो। नेपाल प्रहरी महानगरीय अपराध महाशाखा टेकुले पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो।

प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले पक्राउ पर्नेमा काठमाडौंको सुन्धारा बस्ने भारत मोतिहारी घर भएका २७ वर्षिय मोहमद आदिल हुसेन, ललितपुरको खुमलटार बस्ने नुवाकोट घर भएका ३० वर्षिय नारायण बोगटी, र काठमाडौंको गौरिघाट बस्ने भारत छपराका ४५ वर्षिय उदय भनिने शरण कुमार सिंह पक्राउ परेको बताए। उनीहरुलाई प्रहरीले काठमाडौंको सुन्धारा, ललितपुरको धापाखेल तथा काठमाडौंको गौरिघाटस्थित गोदामबाट सामानसहित पक्राउ गरेको हो।

प्रहरी उपरीक्षक सिंहले उनीहरुले सुर्तिजन्य तथा पान मसला, कपडा, मोटर पार्टस लगायतका सामाग्रीहरु भन्सार छलेर चोरी पैठारी गरी भारतबाट ल्याई सिमावर्ती क्षेत्रमा जम्मा गर्ने र काठमाडौं लगायत देशका विभिन्न ठाउँमा विक्री वितरण गर्ने गरेको पाइएको बताए। उनीहरुलाई कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुरमा पठाउने तयारी भइरहेको समेत उनले बताए।

उनीहरुबाट रजनिगन्ध सिल्भर पेरिस लेखिएको प्याकेट २१५३ थान, रजनिगन्ध तुल्सी प्याकेट ३१६० थान, बबलु गोल्ड भुनी सुपारी लेखिएको सुपारीको प्याकेट ४२ थान, राज निवास पान मसला लेखिएको गुट्खाको पोका १८० थान, केशर युक्त विमल पान मसला लेखिएको प्याकेट ६० थान, गलु दन्त मन्जनको प्याकेट २७५ थान, वि–१ तम्बाकु लेखिएको पोका ९० थान, राजमा शर्मिला लेखिएको मिठा पान मसला ८१९ थान, स्नोपिक नथिना लेखिएको मिठा पान मसलको बट्टा ६०० थान, बाबा १२० लेखिएको जर्दा मान मसलाको बट्टा ४२९ थान बरामद गरिएको प्रहरी उपरीक्षक सिंहले बताए।

त्यस्तै उनीहरुबाट चुरोटको बट्टा ६७ थान, कथ्थाको प्याकेट ५५ थान, गुलाब स्प्रे पान मसलाको बोटल ४४ थान, पान हनिको बट्टा ३१० थान, पास पास माउथ फ्रेस पोका २८ थान, मधु स्विट सुपारी प्याकेट ४००० थान, सरैया तमाखु प्याकेट ७१ थान, चैनी खैनी प्याकेट १० थान, नेपाली विडी २४ थान, कोल ट्याब्लेटको पोका थान १०, गुलको डिब्बा थान ८१२ डिब्बा, कालो सुर्तीको प्याकेट ४५५० थान समेत बरामद भएको छ। 

सुनको मूल्य बढ्यो

कामदार भागेपछि लोकमार्ग निर्माण कार्य ठप्प

राष्ट्रिय गौरवको आयोजना मध्येको एक मध्यपहाडी (पुष्पलाल) लोकमार्गको बागलुङ–घोडाबाँधे सडकको काम शुरु नगर्दै कामदार भागेका छन्।

कामदार भागेसँगै बागलुङ–अछेते खण्डको काम पुनः अलपत्र परेको लोकमार्ग आयोजनाले बताएको छ। यस खण्डको २५ किमीमध्ये अक्षेते बिहूँ खण्डमा सन्तोषजनक काम भए पनि बागलुङ बजारको उपल्लाचौरदेखि अक्षेते बिहूँसम्मको सडक निर्माणमा खटिएका कामदार भागेको स्थानीयवासीले बताएका छन्।

जिल्लावासीको चर्को दबाब, सांसद तथा जनप्रतिनिधिको विशेष पहलपछि दशैँ अघिदेखि ठप्प रहेको लोकमार्ग निर्माणको काम थालिएको थियो। बागलुङदेखि घोडाबाँधे सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्कामार्फत काम गरे पनि ठेकदारको लापरवाहीका कारण म्याद सकिने बेलासम्म पनि निर्माण कार्यले गति लिन सकेको छैन। अछेतैदेखि घोडाबाँधे सम्मको १३ किलोमिटर सडक निर्माणको जिम्मा पाएको सूर्य कन्स्ट्रक्सनले झण्डै २०० देखि ३०० कामदार दैनिक रुपमा खटाएर कालोपत्रका लागि आवश्यक पूर्वाधार निर्माण गरिरहेको भए पनि उपल्लाचौरदेखि अछेते बिहूँसम्मको १२ किलोमिटर सडक निर्माणको जिम्मा पाएको सिद्धिसाई कन्स्ट्रक्सनले काम अलपत्र पारेको लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख आशिष थापाले बताए।

‘तल्लो खण्डमा ४०-५० जना कामदारले २०० मिटर पक्की नाली निर्माण गरेका थिए, अहिले सडकमा कामदार छैनन्’ उनले भने, ‘ठेकेदार कम्पनी सम्र्पकमा छैन, कामदार भागेको जानकारी आएको छ।’

लोकमार्ग निर्माणमा खटिएका अधिकांश कामदारले जिल्ला छोडको मध्यपहाडी लोकमार्ग आयोजनाका इञ्जिनियर रामप्रसाद सुवेदीले बताए। सिद्धिसाई कन्स्ट्रक्सनले मजदूर उतारेर नाली निर्माण र केही भीर कटानको काम अघि बढाइएको भए पनि पैसा नपाएको भन्दै कामदार भागेपछि निर्माण कार्य ठप्प भएको छ।

आयोजना प्रमुख थापाले निरन्तर रुपमा ४०० देखि ५०० कामदार खटाउन भनेकोमा सय कामदार पनि खटाउन नसकेको र भएका कामदारले पनि काम छोडेर अन्यत्र गएको बताए। माथिल्लो खण्डको निर्माण अवधि सकिएर म्याद थप्ने पक्रिया अगाडि बढाए पनि तल्लो खण्डको ठेक्का सम्झौता यही माघ मसान्तसम्म छ। उनले काममा नफर्के ठेकेदार कम्पनीलाई कारबाही गरिने बताए।

ठेकेदार कम्पनीको लापरवाहीका कारण गत असारभित्र कालोपत्र गर्ने भनिएको लोकमार्गमा काम ठप्प भएको थियो। दुर्गम गाउँहरुको अधिकांश भाग कालोपत्र भइसक्दासमेत बजार आसपासकै खण्डमा कालोपत्र हुन नसक्दा यात्रु तथा त्यस आसपासका स्थानीयवासीले निकै सास्ती खेप्नुपरेको छ।

ट्रयाक खुलेको २० वर्ष बितिसक्दा पनि सडक कालोपत्र नहुनु चरम लापरवाही भएको भन्दै नागरिक अगुवाले सामाजिक सञ्जालमार्फत ठेकेदार हराएको प्रतिकात्मक तस्बिरसहित दबाब अभियान चलाएका थिए।

लोकमार्गको कूल एक हजार ७७६ किलोमिटरमध्ये बागलुङ खण्डमा मात्रै १४२ किलोमिटर पर्छ। जसमध्ये बागलुङ घोडाबाँधे २५ किमी र निसीखोला खण्डमा २५ किमी सडकमात्र कालोपत्रे गर्न बाँकी छ। निसीखोलाको दुई खण्डमा विभाजन गरी काम भइरहेको र असार मसान्तसम्म कालोपत्रे हुने गरी काम अगाडि बढेको लोकमार्ग आयोजनाले जनाएको छ। रासस

सुकुम्बासी बस्तीबाट एमाले रत्ननगरको घरदैलो अभियान सुरु

फागुन १देखि प्रदेश १ सरकारले सुर्तीजन्य पदार्थको विक्री वितरण र सेवनमा कडाई गर्ने

तारा आचार्य विराटनगर, ०६ माघ । फागुन १ गते देखि सुर्तीजन्य पदार्थको विक्री तथा सेवन सम्बन्धी ऐन कार्यान्वयन बारे जानकारी दिन विराटनगरमा सचेतना ¥याली आयोजना गरिएको छ । प्रदेश सरकारले फागुन १ गतेदेखि मोरङमा सुर्तीजन्य पदार्थको विक्री वितरण र सेवनमा कडाई गर्ने गरी प्रतिबन्ध लगाउने घोषणा गरिसकेको छ । स्वस्थ जीवन प्रवद्र्धन अभियानलाई सार्थक बनाउन […]

एसियाली ‘दूरदृष्टा नेता तथा राष्ट्र निर्माता अवार्ड’बाट प्रधानमन्त्री ओली सम्मानित

प्रचण्ड र बादलको गृह जिल्ला चितवन प्रहरी प्रमुखविहीन, गंगामा बाँध कहिलेसम्म ?

केदार शर्मा चितवन, माघ ६ । राजनीतिक लडाइँका कारण जिल्ला प्रहरी कार्यालय चितवन बिगत १६ दिनदेखि प्रहरी प्रमुखविहीन बनेको छ । निवर्तमान प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्ल सरूवा भएर महानगरीय विमानस्थल सुरक्षा प्रहरी कार्यालय काठमाडौँ गएको १६ दिन बितिसक्दा समेत प्रहरी प्रधान कार्यालयले चितवनमा प्रमुखकोरुपमा कसैलाई पठाउन सकेको छैन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका पुष्पकमल दाहाल […]

राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधि प्रदेश नम्बर ५ लाई

पोखराको यातायातमा अख्तियारको अप्रेसन, सेटिङ गर्ने कर्मचारीको खोजी

उत्तम पौडेल पोखरा, ६ माघ । पोखराको यातायात ब्यवस्था कार्यालयमा सवारी चालक अनुमति पत्र वितरणमा सेटिङ भएको भन्दै अख्तियार पोखराले मंसिर र पुस २ महिनाको फाइल तानेर दर्ता गरेको छ । अख्तियारले यातायात ब्यवस्था कार्यालय लाइसेन्स शाखामा पनि लाखौ रुपैयाँ घुस लेनदेन सहित सेटिङ गरेर परिक्षामा पास गराइने गरेको रहस्य पनि खुलेको छ । यातायात […]

रत्ननगर १५ बाट आशिक तामांगले गरे मनोनयन दर्ता ( फोटोफिचर )

राष्ट्रियसभा सदस्यकाे निर्वाचनका लागि आज रातिबाट मौन अवधि सुरु हुँदै

काठमाडाैँ, ६ माघ । राष्ट्रियसभा सदस्यको माघ ९ गते बिहीबार हुने निर्वाचनको सोमबार राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । निर्वाचन आचारसंहिता बमोजिम ४८ घण्टा अगाडी आज राति १२ बजेदेखि मौन अवधि शुरु हुने भएको हो । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष एवं विश्वसनीय रूपमा सम्पन्न गर्न गराउन मौन अवधि र निर्वाचन आचारसंहिताको पूर्ण पालना […]

अब युवाले विदेश मोह त्याग्नुपर्छ : खेलकुदमन्त्री विश्वकर्मा

सामुदायिक वनमा तीव्र फडानी, किन काेही बाेल्दैनन् ?

दानबहादुर बुढा मुगु, ६ माघ । मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं १४ मा रहेको चंंखेली र मिन डाडा सामुदायिक वन तीव्र रुपमा फडानी भएको छ । तर सरोकारवाला निकाय भने बेखबर भएर बसेका छन् । बाम, फैपाटा, दर्खे, नार्फालगायत बस्तीका ३ सयभन्दा बढी घर परिवारले प्र्रयोग गर्दै आइरहेको मिनडाँडा सामुदायिक वन र चंंखेली सामुदायिक […]

ललिता निवास प्रकरण : माधव नेपाल भन्छन्, ‘मेरो संलग्नता छैन’

संकटा र ब्रिगेड ब्वाइज गोलरहित बराबरीमा

संकटा क्लब र ब्रिगेड ब्वाइज क्लब (बीबीसी)ले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा सोमबार गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्।

सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा दुवै टोलीले गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न सकेनन्। संकटाको ७ खेलपछि २ जित, ३ बराबरी र २ हारका साथ ९ अंक जोडेको छ। बिबिसीले २ जित, २ बराबरी र ३ हार बेहोर्दै ८ अंक छ।

बीबीसीले आजको खेलमा भारतीय खेलाडी मोहम्मद सौकतलाई मैदान उतारेको थियो। दक्षिण एसियाली कोटा अन्तगर्त बीबीसीले भारतीय एक खेलाडीलाई टोलीमा आबद्ध गरेको हो। मोहम्मदले बिएसए स्पोर्टिङ क्लबबाट भारतको कोलकाता प्रिमियर लिग खेलेका थिए।

अखिल नेपाल फुटबल संघ (एन्फा) को पछिल्लोे नियमावली अनुसार ए डिभिजन टोलीले लिगका लागि ४ विदेशी खेलाडी राख्न पाउने प्रावधान अनुरुप चौथो खेलाडी राख्दा एक जना दक्षिण एसियाली खेलाडी अनिवार्य गरेको छ।

आर्मी र च्यासल भिड्दै
आजै हुने अर्को खेलमा त्रिभुवन आर्मी र च्यासल युथ क्लव मैदान उत्रदैछन्। लिगको सातौं चरणको अन्तिम खेल दशरथ रंगशालामा दिउँसो ३ बज हुनेछ। उपाधि दाबेदार आर्मी च्यासललाई हराउँदै मछिन्द्रसँगको अंक दुरी बढाउन चाहान्छ।

गत साता संकटासँग १–१ गोलको बराबरीमा रोकिएपछि आर्मीले शीर्षस्थानमा उक्लने मौका गुमाएको थियो। कम्तिमा बराबरीको नतिजाले समेत आर्मी शीर्षस्थानमा उक्लनेछ। आर्मीले ४ जित, १ बराबरी र १ हारबाट १३ अंक जोडेको छ।

अर्कोतर्फ लिगमा १ सय गोलको आँकडा पार गरेका सन्तोष साहुखलको साथ पाएको च्यासल आर्मीलाई स्तब्ध पार्दै अंक तालिकामा सुधार गर्ने योजनामा हुनेछ। सुरुवाती दुई खेलमा उत्कृष्ट प्रर्दशन गरेको च्यासलले त्यसयता लय समाउन सकेको छैन। च्यासल ६ खेलबाट ६ अंक बटुल्दै तालिकाको १२औं स्थानमा छ।

जलवायु परिवर्तनको असर : खेतीमा प्रकोप र लागत बढ्दो

रंगशालाको पर्खालले छेक्न नसकेको फुटबल हेर्ने रहर (भिडियो)

यतिबेला काठमाडौंमा शहिद स्मारक ए डिभिजन लिग फुटबल चलिरहेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्स र त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ए डिभिजनका १४ क्लबहरु देशको प्रतिष्ठित उपाधिका लागि भिडिरहेका छन्।

फुटबल प्रेमी दर्शकहरु पनि आ-आफ्ना क्लबको समर्थनमा दैनिक रंगशाला पुग्छन्। रंगशालाभित्र फुटबल भइरहँदा बाटोमा हिड्ने बटुवाहरु पनि पर्खाल तथा रुखबाट केहीबेर फुटबलको मज्जा लिइरहेका भेटिन्छन्। 

राष्ट्रपतिबाट चलचित्र पुरस्कार प्रदान