Home Blog Page 1414

चीनमा रहस्यमयी भाइरसको महामारी, थपिए १ सय ३९ बिरामी

सुरुमा चीनको वुहान शहरमा देखिएको भाइरस यतिबेला चीनभर फैलन थालेको बीबीसीले जनाएको छ।

यस भाइरसबाट संक्रमितको संख्या चीनमा दुई सयभन्दा बढी पुगेको छ। भाइरसका कारण ३ जनाको मृत्यु भएको छ।

यस भाइरसले स्वास प्रस्वासमा असर पर्ने जनाइएको छ। डिसेम्बरदेखि कोरोना भाइरस फैलन थालेको हो।

यस भाइरस दक्षिण कोरिया, थाइल्यान्ड र जापानमा पनि देखिएपछि चीनबाट आउने यात्रुको स्वास्थ्य परीक्षणमा कडाइ गरिएको छ।

चीनले दुई सयको हाराहारीमा बिरामी देखिएको बताए पनि वेलायती चिकित्सकहरुले त्यहाँ १७ सयभन्दा बढी बिरामी कोरोना भाइरसका कारण संक्रमित भएको अनुमान गरेको छ।

कोरोना भाइरसका कारण मानिसको स्वास प्रस्वासमा समस्या हुने, ज्वरो आउने, कफ आउने लगायतका समस्या देखिने बताइएको छ।

चिनियाँ चिकित्सकहरुले यस भाइरस रोकथाम गर्न सकिने भनेता पनि यसको प्रकोप फैलँदै गएपछि मानिसहरु त्रसित बनेका छन्।

वुहानमा सि फुडको सेवनका कारण यस भाइरस फैलिएको अनुमान गरिएको छ। विश्व स्वास्थ्य संगठनले जनावरसँग नजिक नहुन, मासु तथा अन्डाजन्य पदार्थ राम्रोसँग पकाएर खान सुझाव दिएको छ।

पढाइ र उद्यम दुबैलाई एकसाथ अगाडि बढाउनुपर्छ : महावीर पुन

ओमानमा पनि सुरु भयो नेपाल भ्रमण वर्ष

ओमान । ओमानमा पनि नेपाल भ्रमण वर्षको सुरुआत गरिएको छ । राजधानी मस्कटस्थित नेपाली राजदूतावासले ओमानको इस्ति भिलेजमा एक कार्यक्रमको आयोजना गरी भ्रमण वर्षको शुभारम्भ गरेको हो ।

नेपाल सरकारले सन् २०२० लाई भ्रमण वर्षको रूपमा मनाउने घोषणा गरेसँगै ओमानस्थिन नेपाली दूतावासले पनि विविध कार्यक्रम गरी यसलाई सफल बनाउने तयारीसहित शुभारम्भ गरेको हो ।

कार्यक्रम राजधानीभन्दा टाढा गरिएको थियो । ओमानी सभ्यताको पहिचान दिने यो प्राचीन बस्तीले कार्यक्रमका सहभागीहरूलाई ओमानको इतिहाससँग साक्षात्कार हुने मौका प्रदान गरेको दूतावासले जनाएको छ ।

करिब एक हजार जनाको बसोबास रहेको उक्त बस्तीमा कार्यक्रमले ओमानी जनतासँग नजिकको सम्बन्ध स्थापित गर्दै पर्यटन प्रबर्द्धनमा लक्षित समूहसँग नजिक हुने वातारणको सिर्जना गरेको दूतावासको दाबी छ ।

कार्यक्रममा राजदूत शर्मिला पराजुली ढकालले नेपाली पर्यटनका विविध आयामहरूबारे जानकारी गराएकी थिइन् । उनले नेपाली कला, संस्कृति तथा प्राकृतिक सौन्दर्यको अलावा नेपाल किन घुम्ने भन्ने कुरामा विशेष जोड दिइन् ।

कार्यक्रमका प्रमुख अतिथि शेख खलिफा अलि अल हार्थीज्यूले नेपाल आफूलाई धेरै मन पर्ने बताउँदै नेपाली दूतावासको निमन्त्रणा स्वीकार गरी नेपाल सरकारले सुरू गरेको कार्यलाई साथ दिन र ओमानी पर्यटकहरूलाई नेपाल भ्रमणमा जान प्रेरित गर्न सहभागी भएको बताए ।

कार्यक्रममा सगरमाथाको सफल आरोहण गरेकी पहिलो ओमानी महिला नदिरा अल हार्थीले आफूले नेपाल भ्रमण तथा सगरमाथा आरोहण गर्दाको रोमाञ्चकारी अनुभव सुनाएकी थिइन् ।

कार्यक्रममा नेपाली गीत गाउने पहिलो अरबिक गायक हाइथम मोहम्मद रफिले नेपाली कला संस्कृतिबारे आफ्नो भनाइ राख्दै एक नेपाली तथा एक अरबिक गीत गाएका थिए ।

ओमानका लागि नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूतका रूपमा नियुक्त संगीत तथा संस्कृतितर्फ अरबिक गायक हाइतथम मोहम्मद रफि, साहसिक पर्यटनतर्फ नादिरा अल-हार्थी र सामाजिक अभियन्ता तथा प्राज्ञिक व्यक्तित्व डा. चिथ्रा नारायणलाई राजदूतद ढकालले नियुक्तिको प्रमाण पत्र हस्तान्तरण गरिन् ।

विशिष्ट नेपाली खानाका परिकारहरू (सेलरोटी, मःम, ढिक्री, भक्का, दालको फुरौला, गुन्द्रुकको अचार, चुकाउनीलगायत) प्रदर्शन गरिएको कार्यक्रममा नेपाली समुदायको उल्लेख्य सहभगिता रहेको थियो ।

 

गैरआवासीय नेपाली संघले ललितानिवासको जग्गाको सावाँ र ब्याजसहित रकम उठाउने

हिउँ नपग्लिँदा म्याग्दीको गूर्जामा आवतजावत ठप्प

हरिकृष्ण गौतम म्याग्दी, ६ माघ । म्याग्दी जिल्लाको धवलागिरी गाउँपालिका–१, गूर्जामा बाक्लो हिमपातका कारण आवतजावत प्रभावित भएको छ । समुन्द्री सतहदेखि ३ हजार २ सय २० मिटर उचाइमा अवस्थित जिल्लाको अति विकट मानिने गूर्जा पुग्ने जंगलमा करिव चार फिट हिउँले आवतजावत गर्ने पैदलमार्ग नै पुरिदिएपछि गाउँपालिकाको केन्द्र मुना आउन समस्या भएको हो । गूर्जा हुदै […]

अब छोरीले छोराको मुखमा एसीड खन्याउने अवस्था सृजना गर्दैछौं : मुख्यमन्त्री राउत (भिडियाे)

गाडीको आयात घट्दा वीरगञ्ज भन्सारकाे राजश्व प्रभावित

वीरगञ्ज, ६ माघ । तेस्रो मुलुकबाट आयात भई नेपाल भित्रिने गाडीको आयात घट्दा वीरगञ्ज भन्सार कार्यालयको राजश्व असुली प्रभावित भएको छ । चालु आवको ६ महिनामा वीरगञ्ज भन्सार कार्यालयले कूल राजश्वको ७० प्रतिशतमात्र राजश्व असुली गर्न सकेको सो कार्यालयले जनाएको छ । सङ्घीय सरकारले चालु आवको पुस मसान्तसम्म रु ९७ अर्ब ५२ करोड ६५ लाख […]

मेलम्ची नदीको पानी पुन : पथान्तरण

शिक्षकलाई हाजिरी लगाउन नदिने भन्दै विद्यालयमा तालाबन्दी

कृष्ण बिष्ट बैतडी, ६ माघ । बैतडीको शिवनाथ गाउँपालिका- ४ मा रहेको पिपलकोट मावि लोजनीमा तालाबन्दी गरिएको छ । निलम्बन फकुवा भएका शिक्षकहरुलाई हाजिरी लागाउन नदिने भन्दै तालाबन्दी गरिएको हो । फौजदारी मुद्दा लागेका ३ जाना शिक्षकहरु निलम्बन फुकुवा भएर गत शुक्रबारदेखि विद्यालयमा आएपछि हाजिरी लगाउन नदिने भन्दै विद्यालय श्रोतले नै ताला लगाएको हो । […]

पाथीभरा माइको दर्शन गरि आज माघ २४ गते शुक्रबारको राशिफल पढ्नुहोस ।

रोकिँदै काठ तस्करी

सुर्खेत, ६ माघ । डिभिजन वन कार्यालय सुर्खेतले काठ आपूर्तिलाई सहज बनाएपछि तस्करी घट्दै गएको पाइएको छ । कार्यालयले काठ तस्करको सञ्जाल निस्तेज पार्न गस्ती बढाउनुका साथै आपूर्ति व्यवस्थापनलाई सहज बनाएपछि तस्करीमा कमी आएको हो । यसअघि डिभिजन वनले आपूर्तिको काठ उपलब्ध गराउन नसक्दा सामुदायिक वनहरुबाट तस्करले उपभोक्ताको घरघरमा चोरीको काठ ढुवानी गर्ने गरेका थिए […]

चीनबाट नेपाली विद्यार्थी रुदै सोध्छन्, ‘के हामी नेपाली हैनौं ?’, बालुवाटार जग्गा प्रकरणमा सरकारको ऐतिहासिक ‘एक्शन’ (भिडियो)

सुन्तला बिक्रीबाट २५ लाख आम्दानी

वालिङ, ६ माघ । यहाँका पुराना सुन्तला व्यवसायी फणिनारायण अर्यालले यसवर्ष सुन्तला बिक्री गरेर २५ लाख आम्दानी गर्नुभएको छ । सुन्तला ब्यवसाय सञ्चालन गर्ने जिल्लाकै पुराना तथा धेरै मात्रामा सुन्तला उत्पादन गर्ने अर्जुनचौपारी गाउँपालिका–१ थापाथोकका अर्याल जिल्लामै धेरै आर्थिक लाभ लिने सुन्तला व्यवसायीमध्ये हुनुहुन्छ । अर्यालले यसवर्ष सुन्तला बिक्रीबाट रु २५ लाख आम्दानी गर्नुभएको छ […]

नेता नेपाल र अमेरिकी राजदूतबीच एमसिसीबारे छलफल

उपसभामुख तुम्बाहाङ्फेले गरिन् राजीनामाको घोषणा

काठमाडौं, ६ माघ । उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले राजीनामाको घोषणा गरेकी छन् । सोमबार संसद्मा सम्बोधन गर्दै उनले राजीनामा दिने घोषणा गरेकी हुन् ।

आइतबार नेकपाले अग्नी सापकोटालाई सभामुखको उम्मेद्वार बनाउने निर्णय गरेको थियो । सभामुख उम्मेद्वार तय भएपछि निकास दिने बताउँदै आएकी उपसभामुख तुम्बाहाङ्फेलाई आइतबार नेकपा सचिवालय बैठकअघि प्रधानमन्त्री ओलीले छलफल पनि गरेका थिए ।

उपसभामुखको राजीनामा पछि बैठकको अध्यक्षता जेष्ठ सदस्यका हैसियतमा राजपा अध्यक्ष मण्डलका नेता महन्थ ठाकुरले गर्ने बताइएको छ ।

The post उपसभामुख तुम्बाहाङ्फेले गरिन् राजीनामाको घोषणा appeared first on Koshi Online.

लघु उद्यमीहरूको दुई दिने राष्ट्रिय सम्मेलन आजदेखि सुरु

राजीनामा गर्दै उपसभामुख तुम्बाहाङ्फे

काठमाडौं, ६ माघ । नेकपाले सभामुखको उम्मेद्वारको टुंगो लगाएपछि उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिने भएकी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहमा प्रतिनिधिसभाको बैठक बस्नुअघि उपसभामुखले राजीनामा दिने भएकी हुन् ।

आइतबार नेकपाले अग्नी सापकोटालाई सभामुखको उम्मेद्वार बनाउने निर्णय गरेको थियो ।

सभामुख उम्मेद्वार तय भएपछि निकास दिने बताउँदै आएकी उपसभामुख तुम्बाहाङ्फेलाई आइतबार नेकपा सचिवालय बैठकअघि प्रधानमन्त्री ओलीले छलफल पनि गरेका थिए ।

उपसभामुखको राजीनामा पछि बैठकको अध्यक्षता जेष्ठ सदस्यका हैसियतमा राजपा अध्यक्ष मण्डलका नेता महन्थ ठाकुरले गर्ने बताइएको छ ।

सभामुख निर्वाचन प्रक्रिया आजकै बैठकबाट अघि बढ्नेछ ।

The post राजीनामा गर्दै उपसभामुख तुम्बाहाङ्फे appeared first on Koshi Online.

जन्ती बाेकेकाे ट्याक्टर दुर्घटना हुँदा तीनकाे मृत्यु, चार जना गम्भीर घाइते

प्रतिबन्धपछि मैदान फर्केका अन्जन भन्छन्- जिन्दगीभरीलाई पाठ सिकेँ

‘फुटबललाई नै भनेर सबैथोक त्यागेको मान्छेको जीवनमा फुटबल नै नरहेपछि के बाँकी रह्यो र!’

प्रतिबन्धमा परेको ४५ दिनपछि खेलमा फर्किएका राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर अन्जन विष्टले भने।

फिफा विश्वकप–२०२२ छनोट अन्तर्गत गत भदौमा नेपालले आफूभन्दा ४१ स्थानमाथिको चाइनिज ताइपेइलाई सनसनीपूर्ण खेलमा हराएको थियो। विश्वकप छनोट खेल्न थालेको ३३ वर्षपछि नेपालले हात पारेको त्यो पहिलो ‘अवे’ खेल थियो। त्यसका नायक थिए, अघिल्लो (कुवेतविरुद्ध) खेलमा पहिलो रोजाइमै नपरेका अन्जन। राष्ट्रिय टोलीका लागि २९औं खेल खेल्ने क्रममा चाइनिज ताइपेविरुद्ध उसैको मैदानमा डेब्यु खेलमै दुई गोल गरेपछि अन्जनको चर्चा ह्वात्तै चुलिएको थियो। उनी सेलिब्रेटी खेलाडी बनेका थिए।

तर, त्यसको दुई महिनापछि भएको अर्को घटनाले अन्जनलाई जीवनमा अविष्मरणीय पाठमात्रै सिकाएन, उनको छविसमेत धमिल्यायो।

‘त्यो घटना र समयले धेरै कुरा सिकायो। त्यो घटनापछि आगामी दिनका लागि मैले धेरै पाठ सिकेजस्तो लाग्छ,’ अहिले उनी सम्झन्छन्।

000
३० कात्तिक २०७६ मा अन्जन राष्ट्रिय टोलीसँगै भुटान यात्रामा (कुवेतविरुद्धको होम खेल खेल्न) जाँदै थिए। अखिल नेपाल फुटबल संघ (एन्फा) मा बिहान विदाई कार्यक्रम थियो। विदाई कार्यक्रममा उनीसहित विमल घर्तीमगर, सन्तोष तामाङ र दिनेश राजवंशीको हाउभाउमाथि मुख्य प्रशिक्षक योहान कालिनले शंका गरे।

कालिनले एन्फा पदाधिकारीलाई त्यसबारे जानकारी गराए। एन्फा महासचिव इन्द्रमान तुलाधरसहितका पदाधिकारीहरुले चारैजनालाई बोलाए र सोधपुछ गरे। उनीहरुको पोल खुल्यो। अघिल्लो राति ठमेलको डिस्कोमा गएको र मादक पदार्थ सेवन गरेको उनीहरुले स्वीकारे।

परिणाम, अन्तिम समयमा अन्जनसहितका चारै खेलाडी टोलीबाट फालिए नै, एन्फा अनुशासन कमिटीले छानबिन पश्चात उनलाई फुटबलबाट ४५ दिनको प्रतिबन्ध र ५० हजार जरिवाना पनि लगायो।

प्रतिबन्धका यी ४५ दिन अन्जनका लागि जीवनकै सबैभन्दा कठिन थिए। एकातिर फुटबलबाट टाढा हुनुको पीडा थियो, अर्कातिर आफूसँग सम्बन्धित समाचारले पीडा थप्थ्यो।

‘सबैथोक सकिएजस्तो लाग्यो,’ अन्जनले भावुक मुद्रामा नेपालखबरसँग भने, ‘सुरुका दिन त डिप्रेसनमा नै पुग्छु जस्तो लागेको थियो। एकोहोरो समाचार आइरहेका थिए।’

तर, उनले लत्तो छोडेका छैनन्। ‘जे भयो त्यो कुराले मलाई अझ बलियो बनाएको छ। यो बीचमा सबैसँग र आफैसँगपनि अब यस्तो हुँदैन भनेर प्रतिबद्धता जनाएको छु। मैले धेरै गर्न बाँकी छ,’ उनी आशावादी देखिन्छन्।

परिवार र राजेशको साथ
उनका दाजु रन्जन पनि राष्ट्रिय खेलाडी हुन्। फुटबलबाट टाढा हुँदाको अवस्थामा परिवार र दाजुले उनलाई सहयोग गरे। तर, पीडाका यी ४५ दिनमा अन्जनको हौसला समाप्त हुन नदिने कोही थिए भने उनी १३ औं दक्षिण एसियाली खेलकुद (साग)का सहायक प्रशिक्षक राजेश मानन्धर। राजेशप्रति उनी कृतज्ञ छन्।

‘जे भयो त्यो एउटा गल्ती थियो। सुरुमा परिवार, दाजुले सम्हाल्नुभयो। राजेश दाइले ठूलो साथ र हौसला दिनुभयो। उहाँहरुकै साथ र सहयोगले मैले केही गर्नुपर्छ भन्ने भावना आएको थियो,’ अन्जन भन्छन्।

४५ दिन प्रतिबन्ध कटाएर गत पुस २१ गते अन्जन मैदान फर्किएका थिए। त्यसदिन मनाङले मछिन्द्रसँग खेल्दैथियो। हेभीवेटले भरिएको मछिन्द्रलाई मनाङले २–२ को बराबरीमा रोकेको थियो। त्यसदिन मछिन्द्रसँग अंक खोस्न खेलको दोस्रो मिनेटमा नै मनाङले गरेको गोलमा अन्जनले सहायकको भूमिका खेलेका थिए।

नेपाली घरेलु फुटबलका चिरप्रतिद्वन्द्वी क्लब हुन्, मनाङ र थ्रीस्टार। यी बीचको खेल हुँदा रंगशालामा दर्शकको ओइरो लाग्छ। शनिबार यी दुई क्लब जारी सिजनमा आमने सामने हुँदा दशरथ रंगशाला भरिभराउ थियो।

त्यही खेलमा पुनः अन्जनले आफूलाई प्रमाणित गरे। थ्रीस्टारविरुद्ध दुवै गोल गर्दै अंक खोसेका अन्जन राजेशलाई नै त्यसको श्रेय दिन्छन्।

खेलपछि उनले राजेशलाई भेटेरै अंकमाल गर्दै धन्यवाद दिए। उनले आफ्नो गोल पनि मानन्धरका लागि समर्पित गर्दै भने, ‘यो गोल हजुरको लागि। धेरै धेरै धन्यवाद!’

डा. केसीविरुद्धको अवहेलनाको मुद्दा खारेज