Home Blog Page 1430

प्रतिकूल मौसमले आन्तरिक उडान प्रभावित

लगातारको वर्षाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएका छन्। अन्तर्राष्ट्रिय उडान भने नियमित भइरहेको विमानस्थल कार्यालयले जनाएको छ।

विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले प्रतिकूल मौसमका कारण आन्तरिकतर्फ आंशिकरूपमा उडान प्रभावित भएको र अन्तर्राष्ट्रिय उडान सामान्य रहेको जानकारी दिए। आन्तरिकतर्फ बिहान केही उडान भए पनि अहिले आंशिकरूपमा मात्रै उडान भइरहेको महाप्रबन्धक केसीको भनाइ छ।

बिहीबार साँझदेखिको निरन्तर वर्षाले काठमाडौँसहित देशभरका विमानस्थलमा उडान प्रभावित भएको छ। खासगरी उच्च हिमाली भेग तथा पहाडी क्षेत्रका उडान बढी प्रभावित भएका छन्। मौसम बदलीसँगै निरन्तरको वर्षाले कम ‘भिजिबिलिटी’ हुँदा आन्तरिक उडानमा समयस्या भएको हो। उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपातका कारण पनि उडान प्रभावित भएको बताइएको छ।

अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ १० हेलिकोप्टरसहित २० तथा अन्तर्राष्ट्रियतर्फ तीन नेपालीसहित २८ वटा वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन्। रासस

वर्तमान सरकारले देश पछाडि धकेल्यो : नेता गगन थापा

इरानी क्षेप्यास्त्र आक्रमणमा ११ अमेरिकी सैनिक घाइते भएको खुलासा

जनवरी ८ मा इरानले इराकस्थित अमेरिकी सैन्य शिविरहरुमा गरेको क्षेप्यास्त्र हमलामा ११ अमेरिकी सेना घाइते भएको खुलेको छ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नोतर्फ कुनै क्षति नभएको दाबी गरेका थिए।

जर्नेल कासिम सुलेमानी हत्याको बदला भन्दै इरानले दुई वटा सैन्य अखडामा २२ क्षेप्यास्त्र प्रहार गरेको थियो।

सो क्रममा अल असद हवाई अखडामा रहेका ११ सैनिक घाइते भएको अधिकारीहरुले जनाएका छन्। ती सैनिकमा बेहोस हुने लक्षण देखिएको जनाइएको छ। उनीहरुलाई जर्मनी पु¥याएर जाँच गरिएको छ। एजेन्सी

खेलमा भाग लिन नेपाल आएका अस्ट्रेलियाली टेनिस स्टारको मृत्यु

चीनबाट फर्केका नेपाली विद्यार्थीलाई रहस्यमय कोरोना भाइरस लागेको आशंका

चीनको वुहानबाट फर्केका एक नेपाली नागरिकलाई कोरोना भाइरस लागेको आशंकामा स्वास्थ्य जाँचका लागि निगरानीमा राखिएको छ।

पढ्नका लागि चीन गएका ती विद्यार्थी नेपाल फर्केर आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनको स्वास्थ्यपरीक्षण गरिएको थियो। सो क्रममा उनलाई ज्वरो तथा श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल पुर्‍याइएको थियो। 

ती व्यक्तिलाई चार दिनदेखि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा निगरानीमा राखिएको अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेले नेपालखबरलाई जानकारी दिए।

डा. पाण्डेका अनुसार काेराेना भाइरस लागेकाे शंका मात्रै गरिएकाे हाे। हाल उनकाे अवस्था सामान्य छ भने आजै उनलाई डिस्चार्ज गर्ने अस्पतालकाे तयारी रहेकाे उनले जानकारी दिए। उनलाई एन्टिबायाेटिक औषधि प्रयाेग गरिएकाे थियाे। अस्पतालले निमाेनियाकाे समेत जाँच गर्दा फेला नपरेकाे उनले जानकारी दिए। 

त्यस्तै अस्पतालकै क्लिनिकल रिसर्च युनिटका प्रमुख डा. शेरबहादुर पुनले प्रभावित क्षेत्रबाट आउने जो कोहीमा सामान्य ज्वरो, रुघाखोकी लगायतका समस्या देखा परे त्यस्ता व्यक्तिलाई स्वास्थ्य निगरानीमा राख्न विश्व स्वास्थ्य संगठनले अनुमति दिने बताए। उनले सोही आधारमा ती व्यक्तिलाई निगरानीमा राखिएको बताए। 

अनुसन्धानकै क्रममा भएकाले अहिले नै उक्त भाइरस लागेको भन्न नमिल्ने उनको भनाइ छ। ती व्यक्तिमाथि अस्पतालका निर्देशक डाक्टर पाण्डे, डा. अनुप बाँस्तोलालगायतको टोलीले नै स्वास्थ्य निगरानी गरेकाे थियाे। 

सार्सजस्तो लक्षण देखिने यो रहस्यमय भाइरस चीनको वुहानमा पहिलो पटक फेला परेको थियो। यो रोगका कारण चीनमा दुई जना मानिसको ज्यान गइसकेको छ।

यो भाइरस थाइल्यान्डमा पनि देखा परेको छ। विश्व स्वास्थ्य संगठनले नेपालमा पनि यो भाइरस देखिन सक्ने चेतावनी दिएको छ।

नेपाल मेरो आँधी हेर्न तयार हुनुस्: क्रिस गेल (भिडियो)

चारकिलोमा पहिराे खस्याे, नारायणगढ-मुग्लिन सडक अवरुद्ध

हिउँदे वर्षाका कारण पहिरो खस्दा नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ।

चितवनको इच्छाकामना गाउँपालिका-६ चारकिलोमा शुक्रबार बिहान पहिरो खसेको हो।

बिहीबार रातिदेखि भएको वर्षाले पहिरो खसेपछि सडक एकतर्फी रुपमा सञ्चालन भएको छ।

पानी पर्न नरोकिएकाले पहिरो पन्छाउन नसकिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

पहिरो पन्छाउनका लागि जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मुग्लिनबाट प्रहरी टोली परिचालन भएको प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए।

टयाक्सीमा हराएको नोकिया-८ फोन यात्रुलाई जिम्मा

सरकारी अस्पतालबाट बिरामी निजीमा पठाइन्छ : स्वास्थ्यमन्त्री भानुभक्त ढकाल

रिया भण्डारी काठमाडौं, २२ पुष । मंगलबार कान्ति बाल अस्पतालले आफ्नो ५८ वार्षिकोत्सव मनायो । कार्यक्रमका मुख्य अतिथि थिए– स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल । तर, वार्षिकोत्सवमा मन्त्री ढकालले सरकारी अस्पतालबाट कर्मचारीको मिलेमतोमा बिरामीलाई निजी अस्पताल पठाउने गरेको खुलासा गर्नुभयो । तर, अस्पतालले भोग्दै आएको समस्याकाबारेमा मौन रहनुभएका मन्त्रीको अभिव्यक्तिले पार्ने प्रभावका बारेमा भने […]

चेक किर्ते गरी बैंकबाट २० लाख निकाल्ने पक्राउ

पर्वतमा चिसोका बिरामी बढ्दै

सुवास लामिछाने पर्वत,२२ पुष । केही दिनदेखि अत्यधिक बढेको चिसोका कारण पवर्तमा चिसोका बिरामीको सङख्या पनि बढ्न थालेको छ । पर्वत सरकारी तथा निजी अस्पतालमा अहिले बिरामीको चाप बढेको हो । जिल्ला अस्पताल पर्वतमा मात्रै चिसोका कारण रुघाखोकी, निमोनिया लगायतका ज्वरोका बिरामी आउने गरेको जिल्ला अस्पतालका मेडिकल अधिकृत डा‍. शेषकान्त लामिछानेले जानकारी दिए । चिसोले […]

कोरोना भाइरस चमेराबाट मान्छेमा सरेको अनुमान

बन्दीपुर अस्पतालमा शल्यक्रिया सेवा शुरु

दमौली, २२ पुस । तनहुँको बन्दीपुर गाउँपालिकास्थित बन्दीपुर अस्पतालमा शल्यक्रिया सेवा शुरु भएको छ । आवश्यक उपकरण प्राप्त भएपछि अस्पतालले शल्यक्रिया सेवा शुरु गरेको हो । शल्यक्रिया सेवाका लागि नेपाल सरकारको सहकार्यमा निक साइमन्स इन्स्टिच्यूटले उपकरण उपलब्ध गराएको थियो । शल्यक्रिया सेवाको सोमबार शुभारम्भ गर्दै गाउँपालिकाका अध्यक्ष एवं अस्पताल कार्य सञ्चालन समितिका अध्यक्ष पूर्णसिं थापाले […]

१ हजार मेगावाट विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिँदै

गाउँघर क्लिनिक भवन बनेपछि स्थानीयवासीमा छायाे खुसी

दानबहादुर बुढा मुगु,२२ पुष । छायाँनाथ रारा नगरपालिका वडा नं. १२ शोभा गाउँमा सामुदायिक स्वास्थ्य इकाई गाउँघर क्लिनिक भवन बनेपछि स्थानीय खुसी भएका छन् । भवन नहुँदा स्वास्थ्य सेवामा सास्ती खेप्नुपरेका उनीहरु नयाँ भवन बनेसंगै खुसी भएका हुुन् । सामुदायिक विकास परियोजना अन्तर्गत स्वास्थ्य र सरसफाई कार्यक्रम गुर्डनेर्वश ईन्टरनेशनल नेपालको आर्थिक सहयोग र कर्णाली गरीबी […]

तातोपानी नाकामा कोरोना हेल्थ डेस्क स्थापना

डोटीमा चिसाेले बिरामी बढेपछि अस्पतालमा चाप

डोटी , २२ पुष । हिमपातसँगै बढेको चिसोले सताएपछि स्थानीवासी बिरामी पर्न थालेका छन् । यहाँका सरकारी तथा निजी अस्पतालमा अहिले बिरामीको चाप बढेको छ । जिल्ला अस्पताल डोटीमा मात्रै चिसोका कारण रुघाखोकी, निमोनियालगायतका ज्वरोका ४० बिरामी भर्ना भएको जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा ज्योति पाण्डेले जानकारी दिए। उनले भने, “चिसोले बालबालिका र ज्येष्ठ […]

निर्मला प्रकरणः डेढ वर्षमा फेरिए पाँच अनुसन्धान अधिकृत

अबुधाबी बस दुर्घटना अपडेट : ३ नेपालीको मृत्यु, १४ घाइते (नामावलीसहित)

३ माघ, अबुधाबी । आबुधाबीमा बिहीबार भएको सवारी दुर्घटना ३ नेपालीको ज्यान गएको पुष्टि भएको छ । सोही दुर्घटनामा १४ नेपाली घाइते भएका छन् ।

एमबीएम कम्पनीमा कार्यरत नेपाली चढेको बस बिहीबार बिहान अल रहा भन्ने स्थानमा दुर्घटना भएकाे थिए । गुडिरहेको लरीमा ठोक्किएर भएको दुर्घटनामा ६ को मृत्यु भएकोमा ३ नेपाली रहेको पुष्टि भएको हो ।

ज्यान गुमाउनेमा झापाकी कृष्णकुमारी अधिकारी, प्यूठानकी भावना कुँवर र अमिसा मोक्तान तामाङ रहेको नेपाली दूतावास अबुधाबीले जनाएको छ । तामाङको ठेगाना भने खुल्न बाँकी छ । यही घटनामा अन्य देशका ३ नागरिकको पनि ज्यान गएको छ ।

दुर्घटनामा १४ नेपाली घाइते भएका छन् । घाइते हुनेहरूमा सिन्धुपाल्चोककी माया तामाङ, सरिता थापा, झापाकी तुलसा थापा, पवित्रा तामाङ र मुना राई छन् । त्यस्तै इलामकी सीता सुब्बा, मकवानपुर टिस्टुङ पालुङकी रीता सिवाकोटी, हेटौंडाकी मिना सिंह चापागाँउ, ललितपुरकी कमला नेपाली, दाङ घोराहीकी आशा घर्ती मगर, ,नुवाकोटकी सरिता तामाङ, सुनसरी धरानकी वर्षा विश्वकर्मा, चितवनकी निर्मला प्रजा र सुजला विश्वकर्मा पनि घाइते छन् । सुजलाको नेपाल ठेगाना भने खुलेको छैन।

मफरक अस्पतालमा उपचारपछि निर्मला भने क्याम्प फर्किएकी छिन् । अन्य १३ जनाको आबुधाबीको मफरक , एनएमसी र अल रहा अस्पतालमा उपचार भइरहेको छ।

बसमा चालकसहित २४ सवार थिए । जसमा २३ महिला रहेको बताइएको छ ।

दुर्घटनाको खबरपाएपछि आबुधाबीस्थित नेपाली दूतावासका प्रतिनिधी कामदार उपचाररत अस्पताल पुगेका थिए ।
दूतावासका तर्फबाट राजदुत कृष्णप्रसाद ढकाल, उपनियोग प्रमुख रीता धिताल, श्रम काउन्सुलर भेषबहादुर कार्की र जनसम्पर्क अधिकारी (पिआरओ) इरफान आलम अस्पताल पुगेका हुन् ।

घाइतेहरूको उपचारमा कम्पनीले सहयोग गरिरहेको दूतावासका श्रमकाउन्सुलर भेषबहादुर कार्कीले बताए ।

यसअघि ०७६ असोजको दोस्रो साता दुवईमा नेपाली चढेको सवारी दुर्घटना भएको थियो । जसमा ६ नेपालीले ज्यान गुमाएका थिए ।

फेवाताल अतिक्रमण : सर्वोच्चले सरकारसँग प्रगति विवरण