Home Blog Page 1430

डोटीमा चिसाेले बिरामी बढेपछि अस्पतालमा चाप

डोटी , २२ पुष । हिमपातसँगै बढेको चिसोले सताएपछि स्थानीवासी बिरामी पर्न थालेका छन् । यहाँका सरकारी तथा निजी अस्पतालमा अहिले बिरामीको चाप बढेको छ । जिल्ला अस्पताल डोटीमा मात्रै चिसोका कारण रुघाखोकी, निमोनियालगायतका ज्वरोका ४० बिरामी भर्ना भएको जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा ज्योति पाण्डेले जानकारी दिए। उनले भने, “चिसोले बालबालिका र ज्येष्ठ […]

निर्मला प्रकरणः डेढ वर्षमा फेरिए पाँच अनुसन्धान अधिकृत

अबुधाबी बस दुर्घटना अपडेट : ३ नेपालीको मृत्यु, १४ घाइते (नामावलीसहित)

३ माघ, अबुधाबी । आबुधाबीमा बिहीबार भएको सवारी दुर्घटना ३ नेपालीको ज्यान गएको पुष्टि भएको छ । सोही दुर्घटनामा १४ नेपाली घाइते भएका छन् ।

एमबीएम कम्पनीमा कार्यरत नेपाली चढेको बस बिहीबार बिहान अल रहा भन्ने स्थानमा दुर्घटना भएकाे थिए । गुडिरहेको लरीमा ठोक्किएर भएको दुर्घटनामा ६ को मृत्यु भएकोमा ३ नेपाली रहेको पुष्टि भएको हो ।

ज्यान गुमाउनेमा झापाकी कृष्णकुमारी अधिकारी, प्यूठानकी भावना कुँवर र अमिसा मोक्तान तामाङ रहेको नेपाली दूतावास अबुधाबीले जनाएको छ । तामाङको ठेगाना भने खुल्न बाँकी छ । यही घटनामा अन्य देशका ३ नागरिकको पनि ज्यान गएको छ ।

दुर्घटनामा १४ नेपाली घाइते भएका छन् । घाइते हुनेहरूमा सिन्धुपाल्चोककी माया तामाङ, सरिता थापा, झापाकी तुलसा थापा, पवित्रा तामाङ र मुना राई छन् । त्यस्तै इलामकी सीता सुब्बा, मकवानपुर टिस्टुङ पालुङकी रीता सिवाकोटी, हेटौंडाकी मिना सिंह चापागाँउ, ललितपुरकी कमला नेपाली, दाङ घोराहीकी आशा घर्ती मगर, ,नुवाकोटकी सरिता तामाङ, सुनसरी धरानकी वर्षा विश्वकर्मा, चितवनकी निर्मला प्रजा र सुजला विश्वकर्मा पनि घाइते छन् । सुजलाको नेपाल ठेगाना भने खुलेको छैन।

मफरक अस्पतालमा उपचारपछि निर्मला भने क्याम्प फर्किएकी छिन् । अन्य १३ जनाको आबुधाबीको मफरक , एनएमसी र अल रहा अस्पतालमा उपचार भइरहेको छ।

बसमा चालकसहित २४ सवार थिए । जसमा २३ महिला रहेको बताइएको छ ।

दुर्घटनाको खबरपाएपछि आबुधाबीस्थित नेपाली दूतावासका प्रतिनिधी कामदार उपचाररत अस्पताल पुगेका थिए ।
दूतावासका तर्फबाट राजदुत कृष्णप्रसाद ढकाल, उपनियोग प्रमुख रीता धिताल, श्रम काउन्सुलर भेषबहादुर कार्की र जनसम्पर्क अधिकारी (पिआरओ) इरफान आलम अस्पताल पुगेका हुन् ।

घाइतेहरूको उपचारमा कम्पनीले सहयोग गरिरहेको दूतावासका श्रमकाउन्सुलर भेषबहादुर कार्कीले बताए ।

यसअघि ०७६ असोजको दोस्रो साता दुवईमा नेपाली चढेको सवारी दुर्घटना भएको थियो । जसमा ६ नेपालीले ज्यान गुमाएका थिए ।

फेवाताल अतिक्रमण : सर्वोच्चले सरकारसँग प्रगति विवरण

युएईको आबुधाबीमा १८ जना नेपाली कामदार बोकेको बस दुर्घटना

युएई । युएईको आबुधाबीमा कामदार बोकेको गाडी दुर्घट्ना भएको छ । दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।

नेपाली कामदार बोकेको गाडी दुर्घटना भएकोले मृत्यु नेपाली हुनसक्ने आबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ । तर, मृतकको पहिचना नभएको दूतावसले जनाएको छ ।

बसमा २४ जना सवार थिए । त्यसमध्ये १८ जना नेपाली कामदार रहेको कम्पनीले जनाएको छ । अन्य ६ जना श्रीलंका र अफ्रिकी मुुलुकका महिला कामदार रहेको बताइएको छ । सवार सबै सरसफाइ सम्बन्धी काम एमबीएम कम्पनीका कामदार हुन् ।

नेपाली कामदारको अवस्था र विवरण संकलन गर्न दूतावासका प्रतिनिधि घाइतेको उपचार भइरहेको अस्पतालमा पुगेको दूतावासका श्रमकाउन्सुलर भेषबहादुर कार्कीले अनलाइनखबरलाई बताए ।

घाइतेहरुको आबुधाबीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । दुर्घट्नामा परेका नेपाली कामदारको अवस्था बुझ्न दूतावासबाट राजदूत कृष्णप्रसाद ढकाल, उपनियोग प्रमुख रीता धिताल श्रमकाउन्सुलर भेषबहादुर कार्की र जनसम्पर्क अधिकारी (पीआरओ) उनीहरु उपचाररत अस्पताल पुगेका छन् ।

मफरक अस्पतालमा उपचाररत नेपालीलाई भेटेर राजदूत कृष्णप्रसाद ढकालले स्वास्थ्यलाभको कामना गरेका छन् । कम्पनीले समेत उपचाररमा समन्वय गरिरहेको उनले जानकारी दिए ।

घाइतेमध्ये ५ जना नेपालीको आबुधाबी खलिफा सिटीमा रहेको एनएमसी अस्पतालमा उपचार भइरहेको छ । अन्यको मफरक र अल रहा अस्पतालमा उपचार भइरहेको कम्पनीले जनाएको छ ।

कामदार सवार बस स्थानीय समयअनुसार बिहीबार बिहान ५.३० बजे आबुधाबीको अल रहा भन्ने स्थानमा दुर्घटनामा परेको हो । काममा गइरहेको अवस्थामा उक्त बस अगाडिको लहरीमा ठोकिए दुर्घटना भएको हो ।

यसपटक मिलेन मौसमविद्को अनुमान

एनआरएन अस्ट्रेलियाको खातामा ३ करोड 

सिड्नी । गैरआवासीय नेपाली संघ अस्ट्रेलियाले आफ्ना दुई महत्वपूर्ण रिपोर्ट सार्वजनिक गरेको छ । एनआरएन अस्ट्रेलियाका कोषाध्यक्ष अनिल पोखरेल र जनवरी पहिलो हप्ता, भिजिट नेपाल २०२० लाई सहयोग गर्न बनेको अभियान टिमका संयोजक खेम शर्माको रिपोर्ट सार्वजनिक गरिएको हो ।

कोषाध्यक्ष पोखरेलको त्रैमासिक रिपोर्टअनुसार अहिले एनआरएन अस्ट्रेलियाको खातामा तीन लाख २७ हजार डलर रकम छ, जुन झण्डै तीन करोड नेपाली रुपैयाँ हाराहारीमा हो ।

पछिल्लो तीन महिनामा झन्डै ४४ हजार आय र ९४ हजार खर्च भएको देखिन्छ, जसअनुसार झन्डै ५० हजार डलर पछिल्लो तीन महिनामा खर्च भएको छ । रिपोर्टमा डढेलो नियन्त्रणमा सहयोग गर्न एनआरएन अस्ट्रेलियाले गरेको आह्वानमा ३६९ जनाले सहयोग गरेका छन् । एनआरएन अस्ट्रेलियाले २० हजार रकम डढेलो नियन्त्रणमा खटेका अग्नि नियन्त्रकहरुलाई सहयोग गरेको थियो ।

यसैगरी गैरआवासीय नेपाली संघ अस्ट्रेलियाले भिजिट नेपाल २०२० लाई सहयोग गर्न नेपाल पठाएको अभियान टिमका संयोजक शर्माको रिपोर्टले यदि यो वर्षभरि एनआरएन अस्ट्रेलियाले बनाएजस्तै टिमहरु बनाएर नेपाल पठाउने हो विश्वभर छरिएका नेपालीहरुबाट मात्रै ८० अर्ब बराबरको कारोबार हुने बताइएको छ ।

रिपोर्टमा जम्मा १० बुँदामा भ्रमणको निष्कर्ष समेटिएको छ । सबैभन्दा रोचक निष्कर्ष त यो छ कि यदि यस्तै अभियान यो वर्षभरि मात्रै गैरआवासीय नेपाली संघ सन्जाल भएको ८२ देशमा फैलियो भने कम्तिमा ८२ वटा अभियान टिम बन्ने र, यस्तै नमूना ३ काम मात्रै गर्दा नेपालमा २४६ वटा नमूना काम हुने बताइएको छ ।

संसारभरका झन्डै ८० देशमा प्रत्येकमा ५० नेपाली संस्था भएको अनुपातमा जम्मा ४ हजार १०० नेपाली संस्था हुनसक्ने अनुमान गर्दै एक वर्षको योजना बनाएर प्रत्येक संघ संस्थाले नेपाली र आफ्ना विदेशी मित्रहरु गरी १०० जना नेपाल जाने तथा यस्तै नमूना कामहरु गर्ने हो भने ४ लाखभन्दा बढी पर्यटक एक वर्षभित्रै भित्रिने उक्त रिपोर्टले अनुमान गरेको छ ।

हेर्नुहोस् कोषाध्यक्ष पोखरेलको त्रैमासिक रिपोर्ट

विश्वभरिका नेपाली सामाजिक संस्थाहरुले मात्रै यही मोडेलका सामाजिक काम गर्दा नेपालमा १२ हजार तीन सय वटा सामाजिक काम हुने अनुमान गरिएको छ । विदेशमा भएका दूतावास तथा वाणिज्य प्रतिनिधिहरुका कार्यालयहरु मिलेर यहीस्तरमा भ्रमण दलहरु निर्माण गरेर परिचालन गर्न सक्ने हो भने एक वर्षमा मात्रै चार अर्ब हाराहारीको समाजसेवाका काम हुने र ८० अर्ब हाराहारीको आर्थिक कारोबार हुने यो टिमको अनुमान छ ।

संयोजक खेम शर्माले यस्ता अभियानहरुले मात्रै नेपालमा झन्डै ३६ हजार बढीलाई एक वर्षमा रोजगारी दिने बताए । साथै सबै संघ संस्थाहरुलाई यस्ता अभियानहरु सन्चालन गर्न अनुरोध गर्दै उनले आवश्यक भएमा आफ्ना अनुभवका आधारमा संसारभरका अन्य अभियान टिमलाईसहयोग गर्न आफू तयार रहेको बताए ।

नेपालमा चलिरहेको भिजिट नेपाल २०२० मा सहभागी हुन यही जनवरी पहिलो दिन नेपाल पुगेको गैरआवासीय नेपाली संघ अस्ट्रेलियाको टिमले आफ्नो पाँचदिने नेपाल भ्रमणको प्रतिवेदन एनआरएन अस्ट्रेलियालाई दुई दिनअघि बुझाएको थियो ।

नेपाल सरकारका राष्ट्रिय अभियानहरुलाई प्रवासबाट सक्रिय सहयोग गर्नुपर्छ भन्ने लक्ष लिएर नेपाल गएको यो टिमले आफ्नो दश पृष्ठको प्रतिवेदनमा नेपालमा घुमेका स्थान, भेटेका व्यक्तिहरु तथा गरेका केही कामहरुको ब्याख्या गरिएको छ ।

उक्त प्रतिवेदनमा सय जनाको संख्यात्मक लक्ष्य राखे पनि नेपाली तथा गैरनेपाली गरी जम्मा ४० जना जनवरी १ मा काठमाडौंमा आयोजित भिजिट नेपालको मुख्य कार्यक्रममा सहभागी भएको प्रतिवेदनमा उल्लेख छ । ‘सय जनाको संख्यात्मक लक्ष नपुगेपनि यो टिमले केही गुणात्मक सामाजिक काम भने गरेको छ,’ प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा सचित्र नेपालमा गरेका सामाजिक कामको वर्णन गरिएको छ ।

‘अस्ट्रेलिया-नेपाल गौरवमय यात्रा अभियान-२०२०’ नामाकरण  गरिएको उक्त भ्रमण टिमले जनवरी १ को बिहान काठमाडौं ओर्लिएपछि आफ्नो औपचारिक काम थालेको थियो । पहिलो काम उक्त टिमले नेपाल पत्रकार महासंघसंग लेखनवृत्ति दिने सहमतिमा हस्ताक्षर गर्‍यो । उक्त सहमतिअनुसार गैरआवासीय नेपाली संघ अस्ट्रेलियाको टिमले ३ लाख पचास हजार रकम नेपाल पत्रकार महासंघलाई बुझाएको छ ।

नेपालमा पर्यटन सम्बन्धी रिपोर्टिङ गर्ने सात प्रदेशका सात जना पत्रकारलाई जनही पचास हजार रकमको लेखनवृत्ति आगामी बैशाख १ मा प्रदान गर्ने उक्त सहमतिमा उल्लेख छ । लेखनवृत्ति रकम हस्तान्तरण कार्यक्रम सातै प्रदेशमा आयोजना गरिने नेपाल पत्रकार महासंघले जनाएको छ । ‘यो रकमले नेपालका सात जना पर्यटन बिटमा समाचार लेख्ने पत्रकारलाई प्रोत्साहन हुने छ,’ लेखनवृत्ति सहमति कार्यक्रममा सहभागी नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले बताए । लेखनवृत्ति सम्बन्धी सहमतिमा अभियानका संयोजक खेम शर्मा र नेपाल पत्रकार महासंघका अध्यक्ष गोबिन्द आचार्यले हस्ताक्षर गरेका छन् ।

जनवरी १ मा भिजिट नेपाल २०२० को मूल समारोहमा गैरआवासीय नेपाली संघको प्रतिनिधित्व गर्दै यो टिम दशरथ रंगशालामा सहभागी भएको थियो । नेपाल सरकारले गैरआवासीय नेपाली संघलाई आफू र आफ्ना साथीहरुलाई नेपाल भ्रमण गर्न निम्तो गरेको छ ।

त्यस्तै प्रतिवेदनका अनुसार उक्त टिमले चितवनको भरतपुरमा निर्माण भैरहेको गौतम बुद्ध अन्तरास्टि्रय क्रिकेट रंगशालाको निरीक्षण गरेर उक्त रंगशाला निर्माणका लागि २ लाख पचास हजार रकम सहयोग गरेको छ ।

पोखरा र चितवनको भ्रमण सकेर धुलिखेल पुगेको टिमले त्यहाँ अस्ट्रेलियाबाट नेपाल आई जीवन गुमाउने पर्यटकहरुको स्मृतिमा निर्माण हुने पार्कको शिलान्यास गर्‍यो । धुलिखेल नगरपालिका र गैरआवासीय नेपाली संघ अस्ट्रेलियाको संयुक्त लगानीमा आगामी बैशाख १ मा उदघाटन हुने उक्त पार्क निर्माण सम्बन्धी सहमतिमा धुलिखेल नगरपालिकाका मयेर अशोक ब्यान्जु र एनआरएन अस्ट्रेलियाका युवा संयोजक इर्साद अहमदबीच हस्ताक्षर भएको छ ।

यो टिमले आफ्नो भ्रमणका क्रममा नेपालका केही विशिष्ट सामाजिक तथा राजनीतिक व्यक्तित्वहरुसँग पनि भेट गरेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनका अनुसार यो टिमले नेपालका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला, गण्डकी प्रदेश प्रमुख अमिक शेरचन तथा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, पूर्व मन्त्रीहरु जनार्दन शर्मा, डा. मिनेन्द्र रिजाल, भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल,  महानायक राजेश हमाल, पर्यटन व्यवसायी कर्ण शाक्य, होटेल व्यवसायी विनायक शाहलगायतलाई भेटेर नेपालको पर्यटन उद्योगमा प्रवासी नेपालीहरुको योगदानबारे जानकारी गराएको थियो ।

हेर्नुहोस् अष्ट्रेलिया-नेपाल गौरवमय यात्राको रिपोर्ट

बिराटनगर महानगरपालिका र वालिङ नगरपालिका सेमिफाइनलमा

जन्म मिति अनुसार महिलाको भाग्य

जन्म मिति अनुसार महिलाको भाग्य

जन्म महिना अनुसार महिलाको भाग्य कस्तो रहनेछ आजको भिडियोमा यसैको बारेमा चर्चा गरिएको छ।

भिडियो:

The post जन्म मिति अनुसार महिलाको भाग्य appeared first on BishwaGhatana.

जसले नेपाली उत्पादन युरोपभर चिनाए

कुन राशी सङग वैवाहिक/प्रेम सम्बन्ध ?

ज्योतिष विज्ञानमा विश्वास राख्नुहुन्छ भने मान्नुस्, राशी अनुसार मानिसको स्वभाव अलग-अलग हुन्छ । साथै भाग्य र भविष्यको फैसला पनि धेरै हदसम्म यसैमा निर्भर रहन्छ । राशी र स्वभावको आधारमा नै हाम्रो साथी, सम्बन्ध र प्रेम निर्धारित हुन्छ । त्यसैले तपाईंका लागि कुन राशीको प्रेमी वा प्रेमिकासँगको सम्बन्ध उत्तम हुन्छ, जानिराख्नु उचित हुन्छ । हामीले ज्योतिष विज्ञान सम्बन्धी विभिन्न पुस्तकहरुको सहयोगमा १२ वटै राशीबीच एक अर्काको सम्बन्ध कस्तो रहन्छ, यहाँ उल्लेख गरेका छौं ।

मेष राशी
मेष राशी हुनेहरुका लागि मेष, सिंह र धनु राशीका जीवनसाथी निकै उपयोगी हुन्छन् । यिनीहरुबीचको प्रेम सम्बन्ध पनि उत्तिकै राम्रो हुन्छ । यस्तै कुम्भ, तुला र मिथुन राशी मध्यम रहन्छ । यी तीन राशीसँगको प्रेम सम्बन्ध आपसी तालमेलमा बढि निर्भर रहन्छ । वृष, कन्या र मकर राशीसँग प्रेम सम्बन्ध सफल/अस’फल हुने सम्भावना ५०/५० प्रतिशत छ । तर वृश्चिक, मीन र कर्कट राशीसँगको सम्बन्ध लाभदायक हुँदैन ।

वृष राशी
वृष राशीका मानिसका लागि वृष, कन्या र मकर राशी निकै उत्तम छ । यिनीहरुको प्रेम सम्बन्ध पनि उत्तिकै राम्रो हुन्छ । यस्तै कर्कट, वृश्चिक र मीन राशी मध्यम रहन्छ । मेष, सिंह र धनु राशीसँग प्रेम सम्बन्ध सफल/अस’फल हुने सम्भावना ५०/५० प्रतिशत छ । तर मिथुन, तुला र कुम्भ राशीसँग प्रेम सम्बन्ध राख्नु प्रत्यू’त्पादक हुनसक्छ ।

मिथुन राशी
मिथुन राशीका मानिसका लागि मिथुन, तुला र कुम्भ राशी निकै उत्तम छ । यिनीहरुको प्रेम सम्बन्ध पनि उत्तिकै राम्रो हुन्छ । यस्तै मेष, धनु र सिंह राशीको जीवनसाथी चुन्नु मध्यम रहनेछ । कर्कट, वृश्चिक र मीन राशीसँग प्रेम सम्बन्ध सफल/अ’सफल हुने सम्भावना ५०/५० प्रतिशत छ । तर वृष, कन्या र मकर राशीसँगको सम्बन्ध लाभदायक रहँदैन ।

कर्कट राशी:
कर्कट राशी हुनेहरुका लागि कर्कट, वृश्चिक र मीन राशीका साथी निकै फाप्छन् । यिनीहरुबीचको प्रेम सम्बन्ध पनि उत्तम हुन्छ । यस्तै वृष, कन्या र मकर राशीसँगको सम्बन्ध मध्यम रहन्छ । यिनीहरुको सम्बन्ध धेरै हदसम्म आपसी तालमेलमा नि’र्भर गर्छ । मिथुन, तुला र कुम्भ राशीसँग प्रेम सफल/अस’फल हुने सम्भावना ५०/५० प्रतिशत छ । तर मेष, सिंह र धनु राशी यिनीहरुका लागि फा’प्दैन ।

सिंह राशी:
सिंह राशीका व्यक्तिहरुका लागि सिंह, मेष र धनु राशीका साथी श्रेष्ठ रहन्छन् । यिनीहरुसँग प्रेम प्रसंग पनि निकै उत्तम हुन्छ । यस्तै मिथुन, तुला र कुम्भ राशीसँगको सम्बन्ध मध्यम रहन्छ । वृष, कन्या र मकर राशीसँग प्रेम सफल/अस’फल हुने सम्भावना ५०/५० प्रतिशत छ । सिंह राशी हुनेहरुका लागि कर्कट, वृश्चिक र मीन राशीवालाहरुसँग सम्बन्ध नगाँस्नु नै राम्रो ।

कन्या राशी:
तपाईं कन्या राशीको हुनहुन्छ भने तपाईंका लागि कन्या, वृश र मकर राशीका जीवन साथी निकै लाभदायक हुन्छन् । प्रेम सम्बन्ध सफल हुने सम्भावना पनि निकै बढि हुन्छ । यस्तै कर्कट, वृश्चिक र मीन राशीसँगको सम्बन्ध मध्यम रहन्छ । यिनीहरुसँगको सम्बन्ध सफल/अस’फल हुने कुरा आपसी ताल’मेलमा निर्भर गर्छ । मेष, सिंह र धनु राशीसँग प्रेम सफल हुने सम्भावना ५०/५० प्रतिशत छ । तर मिथुन, तुला र कुम्भ राशी तपाईंका लागि राम्रो छैन । यी तीन राशीसँग प्रेम सम्बन्ध सफल हुने सम्भावना एकदमै न्यून छ ।

तुला राशी:
तुला राशीका लागि तुला, मिथुन र कुम्भ राशीको जीवनसाथी सबैभन्दा उत्तम हुन्छ । यस्तै मेष, सिंह र धनु राशीसँगको सम्बन्ध मध्यम रहनेछ । कर्कट, वृश्चिक र मीन राशीसँग प्रेम सफल/अस’फल हुने सम्भावना ५०/५० प्रतिशत छ । तर वृष, कन्या र मकर राशीसँगको प्रेम सफल न’हुनसक्छ । तपाईंका लागि यी तीन राशी लाभदायक छैनन् ।

वृश्चिक राशी:
वृश्चिक राशी हुनेहरुका लागि वृश्चिक, कर्कट र मीन राशीसँगको सम्बन्ध निकै लाभदायक रहनेछ । प्रेम सफल हुने सम्भावना पनि निकै बढि छ । यस्तै वृष, कन्या र मकर राशीसँगको सम्बन्ध मध्यम रहनेछ । मिथुन, तुला र कुम्भ राशीसँग प्रेम सफल हुने सम्भावना ५०/५० प्रतिशत छ । तर मेष, सिंह र धनु राशी तपाईंलाई उत्तम मानिँदैन ।

धनु राशी:
धनु राशी हुनेका लागि मेष, सिंह र धनु राशीको जीवन साथी रोज्नु निकै लाभदायक रहनेछ । यस्तै कुम्भ, तुला र वृश्चिकसँगको सम्बन्ध मध्यम पनि रहन्छ । वृष, कन्या र मकर राशीसँग प्रेम सफल/अस’फल हुने सम्भावना ५०/५० प्रतिशत छ । तर कर्कट, वृश्चिक र मीन राशी तपाईंका लागि उपयोगी छैन ।

मकर राशी:
मकर राशी हुनेहरुका लागि मकर, वृष र कन्या राशीसँगको सम्बन्ध सबैभन्दा उत्तम हुन्छ । यस्तै कर्कट, वृश्चिक र मीन राशीसँग मध्यम सम्बन्ध रहनेछ । मेष, सिंह र धनु राशीसँग प्रेम सफल/अस’फल हुने सम्भावना ५०/५० प्रतिशत छ । तर मिथुन, तुला र कुम्भ राशी तपाईंका लागि सोचेजस्तो सफल नहुनसक्छ ।

कुम्भ राशी:
कुम्भ राशी हुनेहरुका लागि कुम्भ, तुला र मिथुन राशीसँगको सम्बन्ध निकै उत्तम रहनेछ । यस्तै धनु, सिंह र मेष राशीसँग पनि सम्बन्ध मध्यम रहन्छ । कर्कट, वृश्चिक र मीन राशीसँग प्रेम सफल/अस’फल हुने सम्भावना ५०/५० प्रतिशत छ । तर वृष, कन्या र मकर राशीसँग सम्बन्ध त्यत्ति लाभदायक छैन

मीन राशी:
मीन राशी हुनेहरुका लागि कर्कट, वृश्चिक र मीन राशी निकै लाभदायक रहनेछ । यस्तै वृष, कन्या र मकर राशीसँगको सम्बन्ध मध्यम छ । मिथुन, तुला र कुम्भ राशीसँग प्रेम सफल/अस’फल हुने सम्भावना ५०/५० प्रतिशत छ । तर मेष, सिंह र धनु राशीसँग प्रेम सफल नहु’नसक्छ, विचार पुर्याउनुहोला ।

जन्मदिनको अवसरमा चन्द्रागिरि केवलकार सेवा निःशुल्क

३५ ग्राम ब्राउनसुगरसहित दुई जना पक्राउ

बनियानी / झापाको कनकाई नगरपालिकाबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ । कनकाइ–३ बाट विशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले बिहीबार सुरुङ्गाकै एक होटलमा बसेका मोरङ उर्लाबारी नगरपालिका–१ का २५ वर्षीय नितेन कार्की र बिर्तामोड नगरपालिका–३ का ३९ वर्षीय राजनप्रसाद उप्रेतीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट ३५ ग्राम ब्राउन सुगर बरामद गरेको हो । पक्राउ परेका दुवै जना इलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान भइरहेको छ ।

The post ३५ ग्राम ब्राउनसुगरसहित दुई जना पक्राउ appeared first on Purbeli News.

जनकपुरमा जेसीबी अपरेटर तालिम केन्द्र सुरु

सभामुखको विवाद संसदीय दलको बैठकले टुङ्गो लगाउँछ : मन्त्री ढकाल

दमौली / स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सभामुख चयनको विवाद पार्टीको संसदीय दलको बैठकले टुङ्गो लगाउने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) शुक्लागण्डकी नगर कमिटीले आज तनहुँको दुलेगौँडामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा मन्त्री ढकालले सभामुख चयनको विवाद अब धेरै दिन नरहने बताउनुभयो ।

मन्त्री ढकालले सभामुख चयन हुन नसक्दा संसद् बन्धक बनेको चर्चा गर्दै पार्टीले सहमतिमै सभामुख उम्मेदवार चयन गर्ने जानकारी दिनुभयो । मन्त्री ढकालले मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसिसी)का विषयमा धेरै चर्चा भएकाले एमसिसीको बारेमा पनि संसदीय दलमा छलफल गरिने बताउनुभयो । वर्तमान सरकारले गरेका राम्रा कामको पार्टीका कार्यकर्ताले प्रचारप्रसार गर्नुपर्नेमा जोड दिँदै मन्त्री ढकालले ‘समृद्ध नेपाल, सुखी नेपाली’ आकांक्षालाई सार्थक बनाउन सरकार लागिपरेको उल्लेख गर्नुभयो ।

The post सभामुखको विवाद संसदीय दलको बैठकले टुङ्गो लगाउँछ : मन्त्री ढकाल appeared first on Purbeli News.

एन आई सी एशिया बैंकका ग्राहकलाई सामसुङ माेवाईल खरिदमा छुट

पर्यटक बोकेको गाडी दुर्घटना हुँदा ३३ घाइते

चितवन / भरतपुर महानगरपालिका–१ रामनगरमा आज बिहान गुडिरहेको ट्रकमा पछाडीबाट आउँदै गरेको पर्यटक बसले ठक्कर दिँँदा ३३ जना घाईते भएका छन् । घाइतेमध्ये २१ जना चिनियाँ पर्यटक रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार नारायणगढतर्फ आउँदै गरेको लु२ख ३३०५ नं को ट्रकमा पछाडीबाट आउँदै गरेको बा१प ७८३ नं को पर्यटक बस बिहान ११ः१५ बजे ठक्कर दिएको थियो । ट्रकमा ठोक्किएर बस नजिकैको घरमा ठक्कर खान पुगेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी पर्यटक बसमा सवार २१ जना चिनियाँसहित ३२ जना र घरमा रहेका एकजना महिला घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । पर्यटक सौराहा जान आउँदै गरेको जनाइएको छ ।

The post पर्यटक बोकेको गाडी दुर्घटना हुँदा ३३ घाइते appeared first on Purbeli News.

जमैकाको समुद्री तटमा ७ दशमलव ७ रेक्टरको भूकम्प, सुनामीको चेतावनी

रंगेलीमा आगलागी, पाँच लाख बराबरको क्षति

विराटनगर / मोरङको रंगेली नगरपालिका–९ का सन्तोश नेपालको घरमा शुक्रबार आगलागी भएको छ । आगोले घर, घरमा रहेका काठपात, भाँडाकुँडा समेत जलेर ध्वस्त हुँदा पाँच लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहालले बताउनु भयो । खोले पकाउनेका लागि बालेको आगो घरमा सल्किएर घटना भएको जनाइएको छ । स्थानीय बासिन्दा, प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ । समयमै नियन्त्रणमा लिन सकिएका कारण अरु थप क्षति हुन नपाएको प्रहरी निरीक्षक दाहालले बताउनु भयो ।

The post रंगेलीमा आगलागी, पाँच लाख बराबरको क्षति appeared first on Purbeli News.

युएईको रोयल गार्डमा कसरी जान सकिन्छ ? के के छ मापदण्ड ? हेर्नुस् विस्तृतमा