Home Blog Page 1436

नारायणी नदिको पुलबाट हाम फालेका एक जनाको उद्दार

चितवन, कार्तिक, २० ।
नारायणी नदिको पुलबाट हाम फालेका एक जनाको उद्दार भएको छ। अन्दाजी ५० र ५५ बर्षका पुरुष नदीमा हामपालेको वडा प्रहरी कार्यालय नारायणगढले जानकारी दिएको छ ।

उनि आज विहान साढे ९ :३० बजे पुलबाट नदिमा हाम फालेका थिए । किन र के कारणले हाम फाले भन्नेबारे नखुलेको प्रहरीले जनाएको छ । नदीमा हामफालेका खबर पाउन साथ घटना स्थलमा पुगेको प्रहरी टोलीले ति पुरुषको उद्दार गरेको प्रहरीले जनाएको छ ।

अहिले उनलाई उपचारको लागि भरतपुर सरकारी अस्पातल पठाईएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

रत्ननगरमा कुल २१८४ मत गन्दा को छ अगाडी ?

अनौठो मन्दिर : जहाँ मनमनै होइन, चिच्याएर वर मागिन्छ

हिन्दूधर्मानुसार मन्दिरमा गएर भगवान्सँग मनमनै ‘वर’ माग्नु नौलो होइन तर यहाँको सत्यवती ताल र माइको मन्दिरमा भने सबैले सुन्ने गरी चिच्याएर ‘वर’ माग्ने चलन छ ।जिल्लाको तिनाउ गाउँपालिका–४ स्थित सत्यवती तालको वरपर तीनपटक घुमेर सार्वजनिक रूपमै चिच्याएर ‘सत्यवती बज्यै’ सँग वर माग्ने यहाँको पुरानो चलन हो । तीन दिनसम्म चल्ने मेला कात्तिक २४ गतेबाट शुरु हुँदैछ । सत्यवती ताल क्षेत्रमा कानले नसुन्ने बजैसँग चिच्याएर वर माग्ने धार्मिक मेला प्रत्येक वर्षझैँ यो वर्ष पनि आइतबारबाट शुरु हुँदैछ ।
सत्यवती ताल क्षेत्रमा बाजेबजै दुवैको मन्दिर रहे पनि विशेष गरी बजैसँग चिच्याएर वर माग्दा पूरा हुने धार्मिक विश्वास छ ।सत्यवती बज्यैले कानले सुन्दिनन् भन्ने जनविश्वास छ । त्यसैले पुस्तौँदेखि चिच्याएर वर माग्ने गरिएको हो । वर माग्न र सत्यवती माईको दर्शन गर्न जानेले बाँस र पातीको लिङ्गोसँगै लिएर जान्छन् । सोही लिङ्गोलाई तालको छेउमा गाडेर पूजा गर्ने चलन रहेको सत्यवती ताल विकास समितिका अध्यक्ष तिलबहादुर गाहाले बताउनुभयो ।

सत्यवतीमा पूजाअर्चना गर्दा मागेको पूरा हुने भएपछि यहाँ बली चढाउने भीड लाग्ने र चिच्याएर वर माग्ने कारण चहलपहल बढ्दो हुने अध्यक्ष गाहाले बताउनुभयो । अध्यक्ष गाहाका अनुसार यसपालि पूजा गर्ने जोग परेको दाबी छ । कात्तिक महिनामा बालाचतुर्दशी परेकोमा जोग परेको भन्ने चलन छ । “पहिला पहिला रातिको समयमा नै पूजा हुने चलन रहेको थियो । पछिल्ला वर्ष श्रद्धालु भक्तजनका सहजताका लागि दिनमा समेत पूजा हुन थालेको छ”, अध्यक्ष गाहाले भन्नुभयो ।

सत्यवती मन्दिर विकास समितिको आयोजनामा हुन लागेको तीन दिने धार्मिक मेलाका अवसरमा देश तथा विदेशबाट झण्डै तीन लाख पर्यटक आउने विश्वास गाउँपालिकाको अध्यक्ष ओमबहादुर घर्तीको छ ।मेला भर्न जिल्लाभित्रका साथै गुल्मी, रुपन्देही, स्याङ्जा, कपिलवस्तु, नवलपरासी, चितवन, काठमाडौँ, दाङ, पोखरासहित भारतको गोरखपुर, गोन्डा, लखनउ, नौतनहवाबाट पनि भक्तजन आउने बताइएको छ ।

सत्यवती तालको महत्व

धार्मिक, ऐतिहासिक तथा पर्यटकीय दृष्टिकोणले सत्यवती ताल क्षेत्र महत्वपूर्ण छ । पहाडको उच्च भागमा रहेको ताल क्षेत्र सधँै चिस्यान रहने हुँदा शीतल हावाका लागि पर्यटक त्यहाँ पुग्न रुचाउने गर्दछन् । वन, वातावरण र जैविक विविधताको हिसाबले यस क्षेत्रको महत्व रहेको गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठले जानकारी दिनुभयो ।

सीमसार क्षेत्रमा दुर्लभ

चार रोपनी क्षेत्रफलमा फैलिएको सत्यवती ताल क्षेत्र सीमसार क्षेत्रमा रहेको दुर्लभ तालका रुपमा रहेको पाइन्छ । चुरे र सीमसार क्षेत्रमा कमै मात्रामा ताल हुने र त्यसमध्येकै यो एउटा महत्वपूर्ण ताल रहेको छ । तालको छेउमा बाजेबज्यैको मन्दिर छ । तालको वरिपरि पर्यटकका लागि व्यवस्थित गोरेटो बाटो पनि छ ।

कसरी गर्ने पूजा

ताललाई तीन पटक घुम्दै वर माग्नुपर्छ । स्थानीय संस्कृतिअनुसार चिच्याएर वर जसले माग्छ, उसलाई पूरा हुने विश्वासका साथ चिच्याउने गर्छन् । त्यसपछि तालको छेउमा बाँसको लिङ्गो गाडेर पूजा गर्ने चलन छ । त्यहाँ पूजा गरी बज्यैको मन्दिरमा दर्शन गरी टीका ग्रहण गर्न सकिने मन्दिरका सचिव लालबहादुर दर्लामी बताउनुभयो । मन्दिर नजिकै पूजा गर्ने स्थान तोकिएको छ । त्यहाँ बलि चढाउने चलन पनि छ । बोका, पाथी, हाँस, राँगा चढाउने चलन रहिआएको छ । परेवालाई उठाउने चलन पनि रहेको सचिव दर्लामीले बताउनुभयो ।

कसरी पुग्ने ताल

रुपन्देहीको बुटबल उपमहानरपालिका क्षेत्रबाट आउनेलाई दोभानको झुम्सा पानीमिलबाट पूर्व दिशातर्फ पैदल हिँड्नुपर्ने हुन्छ । करीब छ किलोमिटर उकालो यात्रा सकेपछि सत्यवती क्षेत्रमा पुग्न सकिन्छ । सत्यवती क्षेत्रमा उकालो हिँड्नु पर्दैन । झम्सादेखि करीब दुई घण्टामा सत्यवती पुग्न सकिन्छ ।

पाल्पाको तानसेन हुँदै सत्यवती ताल पुग्न करीब दुई घण्टा लाग्छ । पाल्पा तानसेन सडकको चौबीस माइलबाट करीब दुई घण्टा उकालो यात्रा गरेपछि सत्यवती ताल पुगिन्छ । मेला अवधिभर यातायातको साधन सञ्चालनमा समितिले रोक लगाएको छ । भक्तजनका कारण बाटोमा भीड हुने भएकाले यातायातका साधन सञ्चालनमा रोक लगाएको जनाएको छ ।

मुस्ताङको लोघेकर दामोदरकुण्डमा एमाले विजयी

खुसुक्क चेक गर्छन श्रीमान् ले श्रीमतीको मोबाईल, खासमा किन गर्छन श्रीमान् ले यस्तो ??

भनिन्छ, श्रीमान्–श्रीमतीको बीचको सम्बन्ध र प्रेमलाई कुनै समझदार व्यक्तिले मात्र बुझ्न सक्छ । उनीहरुका बीचमा एउटा बेग्लै प्रकारको समझदारी कायम हुन्छ । माया र विश्वास नै कुनै पनि सम्बन्धको वास्तविक कारण हो । श्रीमान्–श्रीमतीको सम्बन्धको वास्तविकता पनि यही नै हो । श्रीमान्–श्रीमतीका बीचमा यदि माया कम नै भयो भने पनि सम्बन्ध उक्त गाडी चलिरहन्छ । तर, विश्वास कम भयो भने सम्बन्धलाई अगाडि बढाइरहन गाह्रो पर्दछ । विश्वास भन्ने कुरा इमान्दारीबाट आउँछ । त्यसैले श्रीमान्–श्रीमती दुबैले एक–अर्कासंग निकै नै लचिलो हुनु पर्दछ ।

तर, कैयौं पटक श्रीमानले आफ्ना श्रीमतीको मोबाइल फोन उनीहरुको अनुपस्थितीमा चेक गर्न थाल्छन् । त्यसका पछाडि विभिन्न कारणहरु हुन सक्दछन् ।

विश्वासमा कमी हुनु

सबैभन्दा ठूलो कारण नै श्रीमानलाई आफ्ना श्रीमतीहरुप्रति कम विश्वास हुनु हो । पटक–पटक मोबाइल फोन चेक गरेर उनीहरुले के कुरा पत्ता लगाउन चाहन्छन् भने कतै उनले उसंग कुनै कुरा लुकाइरहेकी त छैनन् ।

शंका लाग्नु

श्रीमानले किन पनि श्रीमतीहरुको मोबाइल चेक गर्छन् भने उनीहरु आफ्नै श्रीमतीप्रति शशंकित हुन्छन् । उनीहरुलाई के लाग्छ भने कतै उनीकी श्रीमती अरु नै कुनै पुरुषसंग डेटिङमा पो गैरहेकी छिन् कि ।

झगडाको कारण खोज्नु

प्रायःश्रीमानले किन यसो गर्छन् भने उनीहरु श्रीमतीसंग झगडा गर्नका लागि कुनै न कुनै कारण खोजिरहेका हुन्छन् । त्यसरी मोबाइल चेक गरेर उनीहरु घरमा कहल मच्चाउने ठूलो षडयन्त्र गरिरहेका हुन्छन् ।

मायामा कमी

प्रायः श्रीमानलाई के लाग्छ भने उनीहरुका श्रीमतीहरुले उनीहरुलाई माया नै गर्दैनन् । त्यसकारण पनि उनीहरु श्रीमतीहरुको मोबाइल चेक गरेर के पत्ता लगाउन चाहन्छन् भने उनीहरुको सबैभन्दा लामो कुराकानी कोसंग भैरहेको छ ।

अरुसंग बढि लगाव

यदि तपाईंको लगाव अरु कुनै व्यक्तिसंग बढि हुन थाल्यो भने तपाईंका श्रीमान्लाई उक्त कुराले असुरक्षित महसुस गराउ“छ । त्यसकारण पनि उनलाई तपाईंको मोबाइल फोन चेक गर्ने बानी बस्छ ।

धोकाको अनुमान

कहिलेकाहिं श्रीमान आफ्ना श्रीमतीहरुले आफूलाई माया गर्छिन् भन्ने कुराप्रति त्यति विश्वस्त हुन सक्दैनन् । उनीहरुले मन–मनै श्रीमतीप्रति नकारात्मक धारणा बनाउन थाल्दै उनले आफूलाई धोका दिन थालेको अनुमान गर्न थाल्छन् । त्यसलाई पुष्टि गर्नका लागि समेत उनीहरुले बारम्बार श्रीमतीको मोबाइल फोन चेक गर्छन् ।

ध्यान दिनु पर्ने कुरा के छ भने यदि तपाईंका श्रीमान् पनि तपाईंको अनुपस्थितीमा तपाईंको मोबाइल फोन चेक गर्छन् भने उनलाई राम्ररी सम्झाउनु होला र सबै मनमुटावहरु हटाउनु होला । यसमै तपाईंहरु दुबैको भलाइ छ ।

राज्यशक्तिको चरम दुरुपयोग, मौन अवधीमा रेणु दाहालको घर अगाडी सरकारी गाडीको लावालस्कर

त्रिभुवन विमानस्थलमा ११ वर्षपछि खुल्यो ‘ड्युटी फ्रि शप’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले ड्युटी फ्रि शप पुनः सञ्चालनका लागि कार्ययोजना तयार गरेको छ । कार्यालयले यसबारे अध्ययन गरी पर्यटन मन्त्रालयमा कार्ययोजना पेश गरेको हो ।

पर्यटनमन्त्री योगेश भट्टराईले गत भदौमा विमानस्थलमा ड्युटी फ्रि शप पुनः सञ्चालनका निम्ति बिक्री गरिने सामानहरुको सूचिसहित अन्य व्यवस्थापनको योजना पेश गर्न विमानस्थल व्यवस्थापनलाई निर्देशन दिएका थिए ।

२०६५ सालमा डा। बाबुराम भट्टराई अर्थमन्त्री हुँदाको समयदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ड्युटी फ्रि शप बन्द छ । मन्त्रालयले विमानस्थलमा ११ वर्षपछि पुनःड्युटी फ्रि शप सञ्चालनको तयारी गरेको हो । यो समाचार आजको आर्थिक अभियानमा छ ।

वैशाख ३० गते सबै आन्तरिक उडान बन्द हुने

आज वि.सं. २०७६ कार्तिक १९ गते मङ्गलबार, आजको तपाइको दिन कस्तो छ? (राशिफल)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
मनमा वैराग्यको भावना पलाउन सक्छ । सामाजिक क्षेत्रका कामबाट लाभ लिन सकिने छ, तर गर्नैपर्ने काममा विलम्ब हुनसक्छ । यश, सम्मान र प्रतिष्ठामा बढावा हुन्छ तर सद्भाव र प्रेममा कमी आउने छ । प्रेमी÷प्रेमिकाका भावना र धारणाका कारण खिन्नता बढ्नेछ । स्वास्थ्यमा सामान्य समस्या देखिनाले मनमा उमङ्ग र उत्साहको कमी हुनेछ । आजका लागि शुभअङ्क : ३ र शुभरङ्ग : नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ बगलामुखीदेव्यै नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
प्रयाससाध्य समय छ धैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि हुनसक्छ । प्राविधिक काममा सफलता प्राप्त हुने छ । आत्मविश्वास जाग्नेछ । अभिभावकको आशीर्वादले काम गर्नसक्छ । हाकिम वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । श्रममूलक काममा मन जानेछ । व्यवसाय बढाउने वा नवीन रोजगारीको अवसर आउने छ । आजका लागि शुभअङ्क : २ र शुभरङ्ग : कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ पितृभ्यो नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ । आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ । धेरैले तपाईंका कामको तारिफ गर्नेछन् । कीर्तिमानी काम गर्ने समय छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सहयोगीहरूले साथ दिनेछन् । आँटेका काम पनि सजिलै बन्नेछन् । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । आजका लागि शुभअङ्क : ९ र शुभरङ्ग : गाढा पहेंलो वा केशरी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ परब्रह्मणे नमः न्यूनतम जापसङ्ख्या : १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
धन, धर्म र भाग्यमा हानी पुग्ने सम्भावना छ । गर्नु नपर्ने काम पनि बढी समय लगाएर गर्नु पर्ला । अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न हुने स्थिति आउने छ । तपार्इंको व्यक्तिगत दृष्टिकोण उल्टो हुने देखिन्छ । प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला । सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत हुनेछ । आजका लागि शुभअङ्क : ८ र शुभरङ्ग : नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ त्र्यम्बकाय नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
दाम्पत्य सम्बन्धमा सुमधुरताको प्राप्ति हुनेछ । सुरुमा घरपरिवारका सदस्य र साथीभाइसँग मतभिन्नता भएपनि अन्त्यमा उनीहरू सकारात्मक देखिने छन् । बालबच्चाबाट सुखसन्तोष प्राप्त हुनेछ । रमणीय र सुखद यात्राको योग छ । जीवनसाथी वा आमाको सल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ । बन्दव्यापारबाट राम्रै आय हुनसक्छ । आजका लागि शुभअङ्क : ७ र शुभरङ्ग : हलुका रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ इन्द्राण्यै नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ । ऋणसापटी लिनदिन आजको दिन अनुकूल छ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । प्रतिद्वन्द्वीहरूका माझमा आफ्नो क्षमता प्रदर्शन गर्ने दिन हो, आज । घरपरिवार र साथीभाइको राम्रो साथसहयोग प्राप्त हुनेछ । जीवनसँगीसित रहेको वैचारिक मतभिन्नताको समाप्ति हुनेछ । आजका लागि शुभअङ्क : ६ र शुभरङ्ग : सेतो वा घुर्मैलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ नागदेवताभ्यो नमः न्यूनतम जापसङ्ख्या : ०९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । साँझमा दिनभरिका क्रियाकलापको लेखाजोखा गर्न मन लाग्नेछ । बुद्धिपक्ष र प्राज्ञिक क्षेत्रमा राम्रो छ । कामधन्दा र व्यवसायका लागि काम गर्ने राम्रो वातावरण बन्नेछ । बौद्धिक क्षमताको प्रस्फुटन हुनाले सृजनात्मक सफलता मिल्नेछ । आजको चिन्तन र विचारले काम गर्नसक्छ । आजका लागि शुभअङ्क : ९ र शुभरङ्ग : आकासे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ हयग्रीवाय नमः न्यूनतम जापसङ्ख्या : ०९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
अस्थिरता र अधैर्यतालाई त्यागेर हिम्मतका साथमा अघि बढ्ने आत्मबल प्राप्त हुनेछ । छरछिमेकीसँग टाढिंदै गएको सम्बन्धमा सुधार आउने छ, त्यस्तै आफन्त, नातागोता वा घरपरिवारबाट आवश्यक सहयोग प्राप्त हुनेछ । मान्यजनको सुझावबमोजिम व्यवहार गर्नसकेमा फाइदा हुनेछ । परिश्रम गरेबमोजिम आम्दानी र प्रतिष्ठा प्राप्त हुनेछ । आजका लागि शुभअङ्क : ४ र शुभरङ्ग : कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ श्री स्वस्थानीपरमेश्वर्यै नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरूले हार खानेछन् भने सहयोगीहरूले राम्रो साथ दिनेछन् । दोहोर्याएर प्रयत्न गर्दा रोकिएका काम बन्न सक्छन् । थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुनेछ ।साथीभाइसँगको सम्बन्ध आत्मीय बन्नेछ । हाँकेको÷ताकेको काममा आफन्तहरूले राम्रो सहयोग र सद्भाव प्रदान गर्नेछन् । आजका लागि शुभअङ्क : ३ र शुभरङ्ग : हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ विघ्नविनाशिने नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
परिवारमा ठूलो जमघट वा कुनै धार्मिक सामाजिक कार्य सम्पन्न हुनेछ । विशिष्ट व्यक्तिले तपाईंको विचारको कदर गर्नेछन् । स्वास्थ्यस्थिति सन्तोषजनक रहनेछ । बन्दव्यापार फस्टाउने योग छ । प्राविधिक काममा विशेष सफलता प्राप्त हुनाले आत्मसन्तुष्टि प्राप्त हुनेछ । आभूषण, श्रृङ्गार, साजसज्जा, फेसनडिजाइन र सञ्चार क्षेत्रका व्यवसायीले राम्रो लाभ प्राप्त गर्नेछन् । आजका लागि शुभअङ्क : २ र शुभरङ्ग : सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ कमलायै नमः न्यूनतम जापसङ्ख्या : १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आजको प्रयास र कामधन्दाबाट दीर्घकालिक फाइदा पुग्न सक्छ, त्यसैले आफ्नो विचार र योजनालाई रचनात्मक रूप प्रदान गर्ने प्रयास गर्दा राम्रो हुनेछ । विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिने छ । नाम, दाम, प्रतिष्ठा र पुरस्कार प्राप्त हुनसक्छ । सहयोगीहरूको राम्रो साथ प्राप्त हुनेछ । रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ । आजका लागि शुभअङ्क : १ र शुभरङ्ग : गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ अञ्जनीसुताय नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
खर्चमा नियन्त्रण गर्नुपर्छ । कल्पना र भावनामा केन्दित भइने छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ, मुखलाई नियन्त्रणमा राख्नुहोला । पारिवारिक वातावरण पनि तपाईंको अनुकूल हुने छैन । घरपरिवार वा छरछिमेकीका सानातिना जिम्मेबारी आइलाग्न सक्छन् तर शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । घरमा परपाहुनाको चाप बढ्नसक्छ । आजका लागि शुभअङ्क : ४ र शुभरङ्ग : बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ अनन्ताय नमः न्यूनतम जापसङ्ख्या : ०९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाण्डौ, नेपालको अक्षांश : २७:४२ उत्तर तथा देशान्तर : ८५:१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

१९ जनामा कोरोना सङ्क्रमण, १८ जना डिस्चार्ज

दुध चियाको सौखिन हुनुहुन्छ? अब यता हेर्नुस, दुध चियाले गर्छन यस्ता बेफाइदा

नेपाली समाजमा चियाको छुट्टै महत्व छ ्र घरमा कोहि आउँदा वा कसैको घरमा जाँदा मात्र होइन साथीभाई भेटघाटमा समेत चिया पिउने चलन छ ।

१. अधिकांश नेपालीले बिहान चिया पिउछन् । के बिहान खाली पेटमा चिया पिउनु राम्रो बानी हो ? बिभिन्न अनुसन्धानले खाली पेटमा चिया पिउदा स्वास्थ्यलाई धेरै हानी हुनसक्ने देखाएका छन् ।

२. चियामा कैफिन र टैनिन पाइन्छ जसले शरीरलाई उर्जा दिन्छ । चियामा दूध मिसाउदा चियामा पाइने एण्टिअक्सिडेन्ट नष्ट हुन्छ ।

३. चिया पिउनुका फाइदा नभएका होइनन् । तर खाली पेटमा पिउने, धेरै पिउने र धेरै गुलियो चिया पिउदा स्वास्थ्यलाई असर गर्छ । दूध चिया भन्दा कालो चियाले फाइदा गर्छ तर कालो चिया पनि धेरै पिउनु हुदैन ।

४. खाली पेटमा दूध चिया पिउदा थकान बढ्ने, एसिडिटी बढ्ने हुन्छ । यसले पेटको अल्सर पनि हुनसक्छ । दिनमा ५ कप भन्दा बढी चिया पिउने मानिसलाई प्रोस्टेट क्यान्सर हुनसक्ने बिभिन्न अध्ययनहरुले दखाएका छन् ।

५. दूध चियाले मोटोपन बढाउछ । चियाले मधुमेहका बिरामीमा चिनिको नियन्त्रण बिग्रन सक्छ । दूध चियाको अर्को नराम्रो पक्ष भनेको कोलेस्टेरोल हो ।

६. दुध चियामा चियापत्तिको बढि प्रयोग हुन्छ । जुन स्वास्थ्यका लागि हानिकारक हुन्छ । चियापत्तिको बढी प्रयोगले शरीरमा क्याफिनको मात्रा बढी भएर मुटुको चालसम्बन्धी समस्या उत्पन्न हुनसक्छ ।

७. ब्रिटिस मेडिकल जर्नलमा छापिएको अध्ययनअनुसार तातो चिया पिउने मानिसमा खाना खाने नली तथा घाँटीको क्यान्सर हुने सम्भावना आठ गुणाबढी हुन्छ ।

ठेक्का लागेको तीन वर्षपछि सडक कालोपत्रे

हरिबोधनी एकादशीमा सार्वजनिक बिदा

गुल्मीको रेसुङ्गा नगरपालिकाले हरिबोधनी एकादशीमा सार्बजनिक बिदा दिने भएको छ । कार्तिक २२ गते शुक्रबार हरिबोधनी एकादशीको दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको रेसुङ्गा नगरपालिका मेयर डिल्लीराज भुसालले बताए ।

मेयर भुसालकै हस्ताक्ष भएको सार्वजनिक सूचनामा एकदशीमा एकदिन रेसुङ्गामा ठूलो मेला लाग्ने भएकाले बिदा दिने निर्णय गरिएको उल्लेख छ । रेसुङ्गाको शिखरमा त्रेतायुगमा अयोध्याका राजा दशरथका राजकीय ऋषि ऋष्यश्रृंगले तपस्या गरेको मानिन्छ । 

सुकुम्बासी बस्तीबाट एमाले रत्ननगरको घरदैलो अभियान सुरु

बस दुर्घटनाकी घाइतेको बयान, ‘दूध चुसाउँदै थिएँ, डुबिसकेको रहेछु’

‘चालकले पटकपटक गाडी बिग्रिएको बताउनुभएको थियो। दोलखाको मागा देउराली बाखोरबाट बिहान साढे ८ बजे हिँडेको बा२ख ७२४५ नम्बरको बस पहिलोपटक दोलखाकै मुढेभन्दा अगाडि बिग्रियो। त्यहाँ बनाएर अगाडि बढेको बस अन्य थुप्रै स्थानमा बिग्रियो।

बिग्रिएको बसलाई चालक र सहचालकले बनाउने प्रयास गरे। म चालकको पछाडि सिटमा बच्चालाई दूध चुसाएर बसिरहेको थिएँ। मेरो बच्चा २ महिनाको मात्रैै थियो।’ –घाइते यात्रु २४ वर्षीया सरिता तामाङले भनिन् ।

धुलिखेल अस्पतालमा उपचारार्थ सरिताको टाउको, ढाड, छाती र खुट्टामा चोट लागेको छ। ‘शरीर चुर्लुम्म डुबेछ। झस्याङ भएँ। दूध चुसिरहेको छोरो काखमा छैन। म पनि डुबिरहेको रहेछु’, सरिताले भनिन्– ‘दुई महिनाको छोरालाई दूध खुवाइरहेको थिएँ।

काखमा बच्चा खोज्दा मचाहिँ पानीमा डुबेको भेटिएँ अनि मात्रै होस आयो।’ ‘विस्तारै हिँडिरहेको बस भित्ताबाट एक्कासि छेउमा पुगेर बल्ढ्याङ खायो। मेरो छोरा हराइरहेको छ। धेरैबेर खोजें। अरूले पनि खोज्न सहयोग गर्नुभयो तर फेला परेन। अनि मलाई अस्पताल ल्याइयो।’ –सरिताले भनिन् । यो समाचार आजको नेपाल समाचारपत्रमा मोतीराम तिमल्सिनाले लेखेका छन् ।

जलवायु परिवर्तनको असर : खेतीमा प्रकोप र लागत बढ्दो

आज बस पल्टेपछि २ मिनेटमै उद्दार गर्न सफल भएका युवाले एस्तो भन्छन पूरा हेर्नुहोस

म सुकुटे बीच रिसोर्टमै वसिरहेको थिएँ । खोला तिरै हेरेर टहलिँदै थिए । सडकबाट गाडी झ्याम्मै खोलामा खस्यो । ठूलो आवाज आयो । होटलबाट दुर्घटनास्थल बिस मिटरको दुरीमा पर्छ । बस दुर्घटना भएको कन्फर्म हुन केही समयनै लागेन । तुरुन्त र्‍याफ्टिङ बोट निकालेर म सहित चार जना उद्दारको लागि खटियौं । घटनाको दुई मिनेट नपुग्दै घटनास्थल पुग्यौं ।

त्यहाँको दृष्य विभत्स थियो । सुनकोशी रातै भएको थियो । गाडी माथी फर्केर पल्टिएको थियो। दश जना जति उत्तानो परेको बसमाथी बसेर विलौना गरिरहेका थिए । नदीमा यात्रु बगिरहेका थिए । सुन्दा र त्यो आपत देख्दा कस्तो मन नै भन्न्कानिएर आउँछ । गहभरी आँसु आउँछ । यो दु:खद को घडी मा जती सक्छौ हामी उदार गर्न तिर लाग्यौं । पहिले गाडीको छतमा रहेकाहरुलाई उद्दार गर्‍यौं । कतिपयले गाडी भित्र आफन्त रहेको भन्दै बसबाट बाहिर आउन मानेन् ।

बलजफति उनीहरुलाई उद्दारा गर्यौं। गाडीले च्यापेका दुई शव म आफैले निकाले । गाडीको झ्यालबाट कसैले हात हल्लाईरहेको थियो। नजिक पुगेर मैले उसलाई ताने। ति महिलाको काखमा बच्चा समेत थियो । उनीहरु दुवैलाई सकुसल सडकमा निकाल्यौं । त्यत्तिकैमा पाँच छ वटा र्‍याफ्टिङ बोट नदिमा आए । बगिरहेका यात्रु यात्रुसम्म पुगेर उद्दार गरियो ।

Atmanirbhar Laghubitta IPO Result

ठेक्का लागेको तीन वर्षपछि सडक कालोपत्रे

नेपालमा धेरै भएपछी, कुलेखानीको बिजुली भारत निर्यात

नेपाल बिद्युत प्राधिकरणले कुलेखानी जलविद्युत आयोजनाबाट उत्पादित बिजुली भारत निर्यात गरेको छ ।

पानीको सतह उच्च बढेर खतराको संकेत देखिएपछि कुलेखानी पहिलो र दोश्रो आयोजना पूर्ण क्षमतामा संचालन गरि सरकारले बिजुली निर्यात गरेको हो । अहिले ९० मेगावाटको कुलेखानी पहिलो र ३२ मेगावाटको कुलेखानी दोश्रो आयोजना चौबिसै घण्टा संचालन भैरहेको छ।

उर्जामन्त्री बर्षमान पुनले गत बर्षहरुमा असोजको १५ गतेसम्ममा पानीको सतह १५२७ मिटर पुग्ने गरेकोमा यो वर्ष भारी बर्षा हुँदा असार महिनामै १५२७ मिटर पुगेकाले आयोजना पूर्ण क्षमतामा संचालन गरिएको जानकारी दिए। यस अघि कुलेखानी आयोजनालाई अन्य आयोजनाले माग धान्न नसकेको खण्डमा मात्र संचालन गर्दै आएको थियो । तर, अहिले २०५० साल यताकै धेरै पानी जमेपछि अहिले नै आयोजना संचालनमा ल्याएको हो।

मन्त्री पुनले नेपाल बिद्युत प्राधिकरणले ३ दिन १५० मेगावाट र आज २ सय मेगावाट बिजुली निर्यात गरिएको बताए । उनले इनर्जी बैंकिंङ्को अवधारणा अनुरुप बिजुली निर्यात गरिएको बताए ।

अहिले पनि कुलेखानीमा पानीको सतह १५२६ घनमिटर रहेको छ। कुलेखानीको क्षमता १५३० घनमिटर रहेको छ ।

https://ujyaalonepalnews.com/archives/6