Home Blog Page 1331

विद्यालयलाई जागिर खाने थलो नबनाउ : मन्त्री पोखरेल

काभ्रे । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विद्यालयलाई जागिर खाने थलो नबनाउन शिक्षकहरुलाई अनुरोध गरेका छन । जिल्लाको चौंरीदेउराली गाउँपालिका साक्षर गाउँपालिका घोषणा कार्यक्रममा मन्त्री पोख्रेलले विद्यालयलाई जागिर खाने थलो नबनाउन शिक्षकहरुलाई अनुरोध गर्दै उनले भने, गाउँपालिकालाई ९६.८३ % प्रतिशत साक्षर भएर मात्र हुँदैन अब बाँकी रहेका ३.१७ % शत नागरिकलाई खोजीखोजी साक्षर बनाउन गाउँपालिकालाई आग्रह गरे । मन्त्री पोख्रेलले अब तीन ऐन ल्याउने तयारी गरिरहेको उल्लेख गर्दै सबै नेपालीहरुलाई सीप सिकाउनका लागि प्राविधिक र व्यावसायिक शिक्षा नीति ल्याउन लागिएको बताए ।

सोही कार्यक्रममा मन्त्री पोख्रेलले अहिलेसम्ममा ५१ जिल्लालाई साक्षर घोषणा गरिसकेको र नेपालको साक्षरता ८२ प्रतिशत पुगेको बताउँदै आउने वर्षसम्ममा नेपाललाई साक्षर घोषणा गर्दै शिक्षित नेपाल बनाउने दिशामा मन्त्रिपरिषद्ले निर्णय गरिसकेको बताए । शिक्षकहरुको परिचय कुन ट्रेड युनियनको कुन तहमा भन्दा पनि गुणस्तरीय शिक्षा कतिको प्रदान गर्न सकियो भन्ने तर्फबाट परिचित हुन जरुरी रहेको बताउदै उनले भने, शिक्षा पूर्वाधारको पनि पूर्वाधार भएको उल्लेख गर्दै मानव जनशक्ति तयार गर्ने माध्यम भएकाले अनिवार्य तथा सङ्घीय संसद्बाट निःशुल्क शिक्षा ऐन बनाइसकेको र त्यसको कार्यान्वयन गर्ने चरणमा रहेको उल्लेख गरे ।

विद्यार्थीले छिटो बुझ्ना मातृभाषामा पढाउनु पर्नेमा जोड दिदै मन्त्री पोखरेलले शिप सिकाईसँग विद्यार्थीलाई जोड्नुपर्नेमा पनि जोड दिए । ‘घरमा आमा–बुबासँग जुन भाषा बोल्छ त्यही भाषामा पढाउनु पर्छ । अध्ययन अनुसन्धानले के देखाएको छ भने मातृभाषामा शिक्षा प्रदान गर्दा विद्यार्थीले चाँडै बुझ्न सक्छन ।’ उनले भने, ‘गाउँपालिकाले बिद्यालय कार्य सम्पादन सम्झौता गर्नुपर्छ । १२ सकिदा विद्यार्थीले एउटा सीप सिकेकै हुनुपर्छ । सीप सिकाइसँग विद्यार्थीलाई अब जोड्नु पर्छ ।’ भाषा पढाउने नाममा अंग्रेजी भाषा पढाएर नेपाली कमजोर बनाउन नमिल्ने पोखरेलले बताए ।

१५ देखि ६० बर्ष उमेर समुहका ९६.८३ प्रतिशत मानिस साक्षर चौरीदेउराली गाउँपालिकालाई साक्षर घोषणा गरिएको हो । बिहीवार अध्यक्ष दिननाथ गौतमले गर्नुभएको प्रस्तावमा नेपाल सरकारका शिक्षा विज्ञान तथा प्रविधी मन्त्री गिरिराजमणि पोखरेल समक्ष प्रस्ताव पेश गरे पश्चात मन्त्री पोखरेलले गाउँपालिकालाई साक्षर घोषणा गरेका हुन ।

The post विद्यालयलाई जागिर खाने थलो नबनाउ : मन्त्री पोखरेल appeared first on Rajdhani Daily News.

फेरि नेपाल पस्यो पश्चिमी वायु

बिप्लबका प्रदेश ब्युरो सदस्य ईन्दल पक्राउ

सप्तरी । नेत्रबिक्रम चन्द(बिप्लब) समुहका प्रदेश २ ब्युरो सदस्य इन्दल प्रसाद साह सप्तरीबाट पक्राउ परेका छन् । उनलाई सप्तरीको सुरुङ्गा नगरपालिका ६ ,श्रीपुरमा एक व्यक्तिको घरमा चन्दा माग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरी टोलीले बिप्लब समुहका ब्युरो सदस्य धनुषाको धनुषाधाम नगरपालिका ६ सरस्वतीपुर निवासी ३४ वर्षीय साहलाई बुधबार राति पक्राउ गरेको डिएसपी तिलक भारतीले जानकारी दिएका छन् ।

धम्काएर व्यक्तिसँग चन्दा मागिरहेको सुचनाको आधारमा खटिएको प्रहरी टोलीले साहलाई पक्राउ गरेको उनको भनाई छ । पक्राउ परेका साह केही महिनाअघि प्रहरी निरीक्षक अमिरी दाहालसहित ३ जनाको मृत्यु हुने गरि धनुषाको महेन्द्रनगरमा भएको बम बिस्फोट घटनाका योजनाकार समेत रहेको प्रहरीको भनाई छ ।

घटना लग्तै फरार रहेका साह सप्तरीमा बिभिन्न जनप्रतिनिधि तथा सर्वसाधारणहरुसँग चन्दा उठाउँदै आएको प्रहरीले जनाएको छ । यसैबीच जिल्ला प्रहरी कार्यालय धनुषामा साहबिरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, बिष्फोटक पदार्थ तथा संगठित अपराध मुद्दा दत्र्ता रहेको पत्राचार भएपछि कार्वाहीका लागि साहलाई धनुषा पठाइएको डिएपी भारतीले जनाकारी दिए ।

The post बिप्लबका प्रदेश ब्युरो सदस्य ईन्दल पक्राउ appeared first on Rajdhani Daily News.

अमूल्य निधि : योगी नरहरिनाथ

गजेन्द्र नारायण सिंह क्रिकेट प्रतियोतिगाको तयारी पुरा

सप्तरी । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकामा आगामी ११ फागुन देखि गजेन्द्र नारायण सिंह स्मृति क्रिकेट प्रतियोगिता हुने भएको छ ।
मधेशवादी नेता स्व. गजेन्द्र नारायण सिंहको स्मृति एवं सम्मानमा आयोजना गरिने प्रतियोगिता माध्यमिक विद्यालय कट्टीको खेल मैदानमा संचालन हुने तथा सो को सम्पूर्ण तयारी पुरा भएको गाउँपालिका अध्यक्ष सतिश सिंहले जानकारी दिएको छ ।

प्रतियोगितामा सो गाउँपालिका अन्तर्गतका सवै ८ वटै वडा टिमको सहभागिता रहने छ । यसै क्रममा प्रतियोतिगामा सहभागी हुने ८ वटै वडाका टिमलाई एक कार्यक्रम विच क्रिकेट खेल सामग्री समेत गाउँपालिकाका प्रमुख सिंहले हस्तान्तरण गरेका छन् ।
गाउँपालिकाका सूचना अधिकारी राजेश झाले खेलकुदको विकासका लागि गत वर्ष देखि नै सो प्रतियोगिता आयोजनाको थालनी भएको बताए ।

गाउँपालिका प्रमुख सिंहले खेलकुद क्षेत्रको विकास भएमात्र विकास निर्माणले गतिदिने बताए । उनले गाउँपालिकाको तर्फबाट योग्य खेलाडी उत्पादन तथा गाउँपालिकालाई माथि उठाउन वडा–वडामा खेल पुर्वाधार निर्माण कार्यलाई प्राथमिकतामा राखेको समेत जानकारी दिए ।

The post गजेन्द्र नारायण सिंह क्रिकेट प्रतियोतिगाको तयारी पुरा appeared first on Rajdhani Daily News.

वास्तविक नक्सा छिट्टै सार्वजनिक गर

यातायात कार्यालय इटहरीको ९ महिनाको रेकर्ड फाइल गायब !

सन्तोष काफ्ले, इटहरी, ०१ फागुन । यातायात व्यवस्था विभागको इटहरीस्थित कार्यलयको चरम लापरवाहीका कारण दैनिक आधा दर्जन सेवाग्राही कार्यालयमा आएर फर्किने गरेका छन् । कार्यालयमा २०६९ सालको साउनदेखि चैत महिनासम्मको सवारी चालक अनुमतिपत्र वितरण सम्बन्धी निर्णय भएको फाइल नै गायब भएको छ, जसको कारण सो ९ महिनाभित्र चालक अनुमतिपत्र लिएका कसैको पनि लाइसेन्स नवीकरण भएको […]

विद्यालय बनाउन नेपथ्यको कन्सर्ट

गुलरियामा जारी रनिङशिल्ड प्रतियोगिता : ५६ मध्य २८ इभेन्टका खेल सम्पन्न

ज्योतिकुमार पन्थी गुलरिया, ०१ फागुन। बर्दिया गुलरियामा गत माघ २८ गतेदेखि सञ्चालन भएको दोश्रो राष्ट«पति तथा प्रथम मेयरकप प्रतियोगिताको ५६ मध्य २८ इभेन्टका खेलहरु सम्पन्न भएको छ । जारी रनिङशिल्ड प्रतियोगिताको हालसम्म सम्पन्न २८ इभेन्ट मध्य सवैभन्दा बढी जनज्योति आवासिय माध्यमिक विद्यालयले स्वर्णपदक हात पार्न सफल भएको छ । आयोजकले दिएको तथ्यांक अनुसार हालसम्म जनज्योति […]

संसद् छलेर लगाइयाे इन्धनमा थप कर : उठेकाे ४१ अर्ब प्रयोगहीन, थप कर केका लागि ?

घुस लिएको आरोपमा वन अधिकृत पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, नवलपरासी (सुस्तापूर्व) मा कार्यरत सहायक वन अधिकृत र सोही कार्यालयका कार्यालय सहयोगीलाई आज घुस लिएको आरोपमा नियन्त्रणमा लिएको छ।

आयोगको बुटवलबाट खटिएको टोलीले टेण्डर काठ उठाएबापत सेवाग्राहीसँग रु दुई लाख घुस लिएको आरोपमा सहायक वन अधिकृत कृष्णबहादुर देवकोटा र कार्यालय सहयोगी प्रमोदकुमार तेलीलाई नियन्त्रणमा लिएको हो।

उनीहरुलाई घुस रकमसहित कावासोती नगरपालिका–८ स्थित कार्यालय परिसरबाटै नियन्त्रणमा लिइएको हो। रासस

४१ अर्बको छैन लेखाजोखा, पूर्वाधार विकासमा कर वृद्धि

सुरक्षाको माग राख्दै सप्तकोशीका पानी जहाज थन्किए

केही स्थानीयको दादागिरीबाट आजित

मोरङ । सुरक्षाको माग राख्दै सुनसरी बराहक्षेत्रको चतरादेखि भोजपुरको हतुवागढी ९ हसनपुरसम्म सञ्चालन हुँदै आएका पानी जहाज बिहीवारदेखि थन्क्याईएका छन । केही स्थानीयको दादागिरीबाट आजित भएपछी जहाज थन्क्याएर आन्दोलनमा उत्रन बाध्य भएको प्रस्तावित नेपाल जलयातायात व्यवसायी महासंघका अध्यक्ष बिमलमान श्रेष्ठले बताए । पटकपटक नदि किनाराका केही स्थानीयले कमिशन माग्ने, विभिन्न धाक धम्की दिने, भाडा नतिर्नेलगायतका गतिविधि गर्दै आएका थिए ।

बुधबार मात्रै धनकुटाको शहिदभूमी र साँघुरीगढीको सङगम क्षेत्र त्रिवेणिमा १४ जना भारतीय पर्यटकलाई ६ घण्टा बन्धक बनाएपछी आफुहरू आन्दोलनमा उत्रन बाध्य भएको सप्तकोशी टुरिजम एण्ड वाटर ट्रान्सपोर्टेशन प्रा.लि. का संचालक राजेन्द्र कार्कीले बताए । बुधबार पर्यटक सवार दुई जहाजलाई केही स्थानीयले नियन्त्रणमा लिएर करिब ६ घण्टापछि छाडेका थिए । स्थानीय यूवाहरुले लामो समयदेखि जहाज संकलकहरुसँग हरेक यात्रुको भाडामा २० प्रतिशत कमिसन पाउनुपर्ने, स्थानीयलाई भाडा मिनाहा हुनुपर्नेलगायतका विषयमा बार्गेनिङ गर्दै आएको जलयातायात संचालकहरुको गुनासो छ ।

करिब ३ वर्ष यता व्यवस्थित रुपमा सप्तकोशी नदिमा मरिन इन्जिन (पानी जहाजमा लाग्ने इन्जिन ) भएका चारवटा कम्पनीका ७ वटा जहाज सप्तकोशीमा सञ्चालन हुँदै आएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका नदिहरुमा पानी जहाज सञ्चालन गर्ने बताएपछि हौसिएका सञ्चालकहरु यसमा भविष्य खोज्दै थिए । ‘करिब २० करोड रुपैयाँको लागतमा ७ वटा जहाज सप्तकोशीमा सञ्चालनमा छन् ।’ संचालक कार्कीले भने, तर वैधानिक भाडादर कायम नहुँदा लगानी डुब्ने खतरा बढ्दै गएको छ । 

नेपाल रिभर ट्रान्सपोर्ट प्रा.लि.का सञ्चालक अनिश थापाले बुधबारको घटनाले यात्रुको सुरक्षा जोखिम समेत बढेपछि जहाज सञ्चालनमा कठिनाई भएको बताए । उनले राज्य संयन्त्रले समेत जल यातायात सञ्चालकको कुरा सुन्ने काम नगरेको गुनासो गरे । पानी जहाजहरु पनि हवाईजहाज जस्तै संवेदनशिल हुन्छन्, तर त्यसलाई व्यवस्थित र सुरक्षित गर्न राज्यले उचित वातावरण बनाईदिनुपर्ने बताए । उनीहरुले पानी जहाजबाट अवैध सामाग्रीहरुको ढुवानीको जोखिम समेत रहेको भन्दै त्यसलाई चेकजाँच गर्ने संयन्त्रको समेत व्यवस्था हुनुपर्ने बताएका छन् । 


जलयातायात पूर्ण रुपमा बन्दभएपछि सुनसरी, धनकुटा, भोजपुर उदयपुरका करिब १ दर्जन गाउँपालिकाका बासिन्दा प्रभावित भएका छन् । पैदल चार घण्टाभन्दा बढी लाग्ने दुरी तय गर्न जहाजबाट १५ देखि १७ मिनेट मात्र लाग्छ । ती जहाजहरुले दैनिक ५ सय यात्रु र करिब ३ सय पर्यटकलाई चतरादेखि हसनपुरसम्मको यात्रा गराउँदै आएका थिए । जसको एकतर्फी भाडा ५ सय कायम गरिएको छ । 

आफुहरुको आन्दोलन सुरक्षाको पूर्ण प्रत्याभुति नभएसम्म जारी रहन्छ, प्रस्तावित जलयातायात व्यवसायी महासंघका अध्यक्ष श्रेष्ठले भने‘ हामी आजित भएर प्रदेश राजधानी विराटनगर आएर पत्रकार सम्मेलन गरेका हौं ।’‘मिडियाले चाँडै सरकारको ध्यान आकर्षण गराउँछ र हाम्रो माग सम्बोधन हुन्छ भन्नेमा विश्वस्त छौं ।’ 
  

The post सुरक्षाको माग राख्दै सप्तकोशीका पानी जहाज थन्किए appeared first on Rajdhani Daily News.

आज २०७९ साल माघ २७ गते शुक्रबार, फेब्रुअरी १०, आजको तपाईंको दिन कस्तो छ? ( राशिफल )

फुटबलको उपाधि सराँते युवा क्लबलाई

लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिका– ५ गहतेमा सञ्चालन गरिएको गहते कालिका रनिङ कप खुल्ला पुरुष तथा महिला फुटबल प्रतियोगिताको पुरुषतर्फको पहिलो पुरस्कार सिद्धार्थ युवा क्लब सुन्दरबजार नगरपालिका– ६, ले जितेको छ ।

प्रतियोगिताको बिहीबार सम्पन्न पुरुषतर्फको फाइनल खेल साँरतेदेवी युवा क्लबले र सिद्धार्थ युवा क्लब खहरेका बीचमा भएको थियो । जसमा ५– ३– गोल अन्तरले साँरतेदेवी युवा क्लब विजयी भयो । पहिलो उपाधीका साथमा सो टिमले एकलाख नगद रनिङ कप मेडल र प्रमाणपत्र पाएको छ । त्यस्तै, दोस्रो हुने टिमलाई ५० हजार नगद, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजक क्लबका कोषाध्यक्ष बुद्धि आलेले बताए ।

उनका अनुसार सेभेन ए साइजमा सञ्चालित सो प्रतियोगितामा सर्वाधिक गोलकर्तामा विजयी टिमका गोरे गुरुङ भएका छन् । उनले खेल अवधिभर आठ गोल गरेको आयोजकको भनाई छ । साथै उत्कृष्ठ खेलाडीमा पहिलो उपाधि विजेता क्लबका सुमित श्रेष्ठ भएका छन् उनीहरू दुवैलाई मेडल र प्रमाणपत्र प्रदान गरिएकोे छ ।

यसैगरी, महिलातर्फको फाइनल खेलमा पहिलो उपाधि आयोजक टिम कालिका युवा क्लबले जितेको छ । आयोजक टिम र ॐसिद्धार्थ तमु युवा क्लब चिसापानीको आयोजनामा भएको उक्त खेलमा ३– ० गोलले जीत हार भएको आयोजकको भनाई छ ।

महिलातर्फको खेलमा पुरस्कार स्वरुप पहिलो हुने टिमलाई १० हजार नगद, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ भने दोस्रो हुने टिमलाई पाँच हजार नगद, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।
विजयी खेलाडीलाई सोही वडाका अध्यक्ष ललित गुरुङ तथा वडासदस्य श्री कृष्ण कोइराला आयोजक क्लबका संस्थापक कोषाध्यक्ष सूर्यकुमार गुरुङले संयुत्तल रुपमा पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए ।

उक्त समापन कार्यक्रम आयोजक क्लबका संयोजक पालबहादुर गुरुङको सभापतित्वमा भएको थियो । कार्यक्रमको सञ्चालक आयोजक क्लबका कोषाध्यक्ष बुद्धिलाल आलेले गरेका थिए । उनका अनुसार प्रतियोगितामा पुरुषतर्फ १६ टिम र महिलातर्फ तीन टिमले भाग लिएका थिए । फोटा छन् ।

The post फुटबलको उपाधि सराँते युवा क्लबलाई appeared first on Rajdhani Daily News.

बाघ संग जुधेर फर्किईन् मैती बयलकोटी

लागुऔषध सहित २ भारतीय नागरिक पक्राउ

बारा । बारामा लागु औषध सहित दुईजना भारतीय नागरिक पक्राउ परेका छन । कलैया उपमहानगरपालिका वडा नम्वर १०, मटिअर्वा स्थित सिमा नाकाबाट लुकाई छिपाई लागुऔषध लिएर आउँदै गरेको अवस्थामा दुईजना भारतीयलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा भारत बिहार जिल्ला मोतिहारी थाना हरसिद्धि पोष्ट मुरारपुर वडा ४ , का चन्दन कुमार मोतिहारी कै रामसिह छतौनी वडा ३ का मुकेश साह तेली रहेको प्रहरी उपरिक्षक कृष्ण पंगेनीले जानकारी दिए ।

विशेष सुराकीको आधारमा प्रहरी नायव निरिक्षक लक्ष्मण पाठकको नेतृत्वमा सिमामा खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा भारतको आदापुरबाट कलैया आउँदै गरेको ना २ ह ३६१४ नम्वरको अटोलाई चेकजाँच गर्ने क्रममा भारतीय नागरिकले पिठयुँमा कपडाका झोलामा लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा पक्राउ गरिएको हो ।

पक्राउ परेका भारतीय नागरिकको साथमा नोफिन २ एमएल ७ सय पिस, फेर्नगन २ एमएलको ७ पिस र डाइजेपम २ एमएल ७ पिसको दरले २१ पिस सहित पक्राउ गरिएको हो । लागुऔषध सहित पक्राउ परेकाहरुलाई लागुऔषध मुद्धामा अदालतबाट पहिलो पटक ५ दिनको म्याद अनुमति लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

The post लागुऔषध सहित २ भारतीय नागरिक पक्राउ appeared first on Rajdhani Daily News.

कोरोना : भारतले जापानबाट उद्धार गरेको नेपाली काठमाडौं कपनकी

महिनाको पहिलो दिन बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । महिनाको पहिलो दिन सुनचाँदीको मूल्य बढेको छ । बिहीबार सुनमा ३ सय रुपैयाँ बढेको छ भने चाँदीमा प्रतितोला ५ रुपैयाँ बढेको छ । बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ७६ हजार रुपैयाँमा कारोबार भएको छ भने तेजाबी सुनको मूल्य ७५ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य बिहीबार ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुनको मूल्य प्रतितोला ७५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

The post महिनाको पहिलो दिन बढ्यो सुनचाँदीको मूल्य appeared first on Purbeli News.

कोरोना भाइरसको संक्रमणप्रति विमानस्थलमा ‘शून्य’ सावधानी, बिना चेकजाँच यसरी भित्रिदै यात्रुहरु ! (भिडियो)