Home Blog Page 1332

‘विराट एक्स्पो २०७६’ को तयारी पूरा

सुन्दरहरैंचा / फागुन २ गते देखी विराटनगरकाे शंकरपुर मार्गमा हुन लागेको कृषि तथा औद्योगिक अन्तराष्ट्रिय प्रदर्शनी व्यापार मेला विराट एक्स्पाेको आवश्यक तयारी पूरा भएको छ । उद्योग संगठन मोरङकाे आयाेजनामा फागुन १० गते सम्म ९ दिनका लागि व्यापार मेलाको आयोजना हुने भएको हाे ।

औद्योगिक उत्पादन र प्रविधी प्रवर्धन, कृषि क्षेत्रमा गुणस्तरीय र व्यावसायीक उत्पादनलाई जोड दिन विराट एक्स्पो २०७६ कृषि तथा औद्यौगिक अन्तराष्ट्रिय प्रदर्शनी गर्न लागिएको हाे । मेलामा जुम्लाको स्याउ, मार्सि चामल, पोखराको पाउ, उदयपुरको खरायो र बरमझियाको पेडा पनि राखिने आयोजकले जनाएको छ । त्यसैगरी तेह्रथुमको ढाका, ईलामको ललिपप, चिया, संखुवासभाको अल्लो हस्तकला, कृषि यन्त्रका सामाग्री प्रदर्शनीमा राखिने भएको छ ।

हेलिकप्टरबाट विराटनगर र पाथीभराको अवलोकन तथा हातिबाट सवारी समेत गराईने विराट एक्स्पाेका संयाेजक भाेलेश्वर दुलालले जानकारी दिए । उनले प्रदर्शनीमा करिव ३ सय ४० वटा स्टल रहने साथै ४० वटा विदेशी कम्पनी, कुषि, घरेलु तथा हस्तकलाका ६० वटा, औद्योगिक उत्पादनहरुका १६० वटा , अटो मोवाइल्स ३८, खाद्यन्नका १२ स्टल रहने उल्लेख्य गर्दै अन्य स्टलहरू फुटवेयर र विविध औद्योगिक सामग्री र खाद्यान्नका लागि पनि छुट्याइएको बताए ।

एक्स्पोमा सूचना प्रविधिमा भएका नयाँ खोज तथा ज्ञानका लागि छुट्टै स्टल समेत राखिने भएको छ । शिक्षा, विज्ञान र स्वास्थ्यका बारेमा जानकारी गराउने स्टल पनि हुने आयोजकले जनाएको छ । एक्स्पोमा स्वदेशका उत्पादन र कृषिजन्य उत्पादनलाई विशेष प्राथमिकता दिइने भएको छ । विराट एक्स्पाेमा स्थानिय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति समेत रहने भएको छ । प्रदर्शनीमा मोरङ सुनसरी, सिरहा , सप्तरी, सुनसरी, उदयपुर , झापा र छिमेकी मुलुक भारतको विहार, चिन , भुटान लगायतका गरि ३ लाख दर्शकले अवलोकन गर्ने भएकोले मेला अबधिमा करिव एक अर्बको कारोवार हुने अपेक्षा गरिएको अायाेजक उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले जानकार दिए ।

The post ‘विराट एक्स्पो २०७६’ को तयारी पूरा appeared first on Purbeli News.

हेटौडाकी कंसाकारमाथि एसिड प्रहार गर्ने भारतीय नागरिकलाई ८ वर्ष कैद

कानून बनाएर पठाओ र टुटल सेवा सञ्चालन गर्न आदेश

काठमाडौं, ०१ फागुन । उच्च अदालत पाटनले मोटरसाइकलमा भाडामा लिएर यात्रु बोक्ने पठाओ र टुटलजस्ता सेवालाई कानून बनाएर सञ्चालन गर्न आदेश जारी गरेको छ । न्यायाधीशद्वय श्रीमणकुमार गौतम र मीना गौतम सेढाईंको संयुक्त इजलासले बुधबार कानून बनाएर मात्र त्यस्तो सेवा सञ्चालन गर्न परमादेश जारी गरेको हो । अखिल नेपाल मजदूर सङ्घ ट्याक्सी विशेष जिल्ला कमिटीले […]

कञ्चनपुरमा धारिलो हतियार प्रयोग गरी एक दम्पत्तीको हत्या

विद्यालयको आन्तरिक किचलोका कारण ४ महिनादेखि विद्यार्थीले पाएनन् खाजा खर्च

रौतहट, ०१ फागुन । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ६ मा अवस्थित जनज्योति माध्यामिक विद्यालयले विद्यालय व्यवस्थापन समिति गठनमा चासो नदिदा विद्यार्थीहरु सरकारले दिने निःशुल्क खाजाबाट बञ्चित भएका छन् । बालबालिकाको स्वास्थ्य र पोषणलाई मध्यनजर गर्दै नेपाल सरकारले स्थानीय सरकार मार्फत शिशु कक्षादेखि ५ कक्षासम्मका विद्यार्थीहरुलाई दैनिक प्रति विद्यार्थी १५ रुपैयाँ बराबरको निःशुल्क खाजाको व्यवस्था […]

सुखानी शहीदको स्मृतिमा श्रद्धाञ्जलिसभा हुँदै

भीम रावल नेकपाको मैदानमा यसरी खेल्दैछन् एमसीसीको खेल !

काठमाडौं – अमेरिकी सहयोगको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताका असमान प्रावधानको चर्काे विरोध गर्दै आएका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य भीम रावललाई नेकपाले खेल मैदान नै दियो ।

एमसीसीको अध्ययन गर्न भनेर केन्द्रीय कमिटी बैठकबाट गठन गरिएको अध्ययन कार्यदलमा खेलाडीको स्थान पाएका रावलले एमसीसीलाई खेलाइरहेका छन् ।

केन्द्रीय कमिटी बैठकले १० दिनभित्र प्रतिवेदन बुझाउन म्याद तोकेको भएपनि रावल लगायत कार्यदलले काम पूरा गर्न सकेन । कार्यदलको संयोजकमा पूर्व प्रधानमन्त्री झलनाथ खनाल र सदस्यमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली रहेका छन् ।

परराष्ट्रमन्त्रीले एमसीसी राम्रो भएको भनेर पटक–पटक सार्वजनिक अभिव्यक्ति दिइसकेकाले एमसीसीको अध्ययन लम्ब्याउनमा भीम रावलकै मुख्य हात रहेको विश्लेषण हुन थालेको छ । संयोजक खनाल समेत एमसीसीका पक्षमा सकारात्मक नदेखिएकाले एमसीसी संकटमा पर्ने समेत देखिएको छ ।

गत माघ १९ गते नेकपा केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता खनालको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । तोकिएको १० दिनको समयसीमा बुधबार सकिएको थियो । एमसीसीका विषयमा नेकपाभित्र गम्भीर विवाद रहेको छ ।

कार्यदलले माग गरे अनुसार १० दिन म्याद बढाइएको संयोजक खनालले बताए । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० दिनका लागि कार्यदलको समय थप गरेका छन् ।

कोरोनाबाट बँच्न जापानमा चैतसम्म देशभर स्कूल बन्द

कुवेतमा चार नेपालीको ज्यान गयो, के हो कारण ?

काठमाडौं– कुवेतमा चार जना नेपालीको ज्यान गएको छ। अल मुत्ला क्षेत्रमा रहेको चिनियाँ कम्पनीमा कार्यरत चार जना नेपालीको पुरिएर मृत्यु भएको हो । निर्माणस्थलमा काम गर्ने क्रममा माथिबाट बालुवा खसेर उनीहरुको मृत्यु भएको जनाइएको छ ।

अन्य ३ जना कामदार हराएको र खोजी भइरहेको जनाइएको छ । मृत्यु हुनेको नाम भने नखुलाइएको जनाइएको छ । ढुंगा फुटाल्ने क्रममा ढुंगा र बालुवा माथिबाट खसेको जनाइएको छ ।

हामी जाँदा भिडभाड बढ्छ ऊद्धारमा बाधा पर्छ भनेर पोखरा नजाने भयौँ : गृहमन्त्री लामिछाने

क्रान्ति कसैको नक्कल हैन् : अध्यक्ष दाहाल

चितवन, १ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सही विचार र नेतृत्वकै कारण जनयुद्धलाई शान्तिमा रुपान्तरण गरेको बताएका छन् ।

जनआन्दोलन तथा जनयुद्धका शहीदहरुको स्मृतिमा नेकपा चितवनले बिहीबार भरतपुरमा आयोजना गरेको श्रद्धाञ्जलिसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले धैरै वर्षसम्मको वैचारिक बहस र कसरतपछि शान्ति प्रक्रिया र पार्टी एकीकरणका काम भएको बताए ।

‘‘तत्कालीन नेकपा एमाले र माओवादीबीचको शृङ्खलाबद्ध वार्ताले देशलाई सङ्घीय गणतन्त्रमा लैजाने अठोट गरेको हो’’, उनले भने,“त्यसले देशलाई युगीन परिवर्तन ग¥यो ।”

दाहालले कसैको नक्कल गरेर क्रान्ति नगरको भन्दै नेपालको क्रान्तिमा आफ्नैपन रहेको बताए । ‘‘नेपालमा जस्तै मौलिक परिवर्तन दुनियाँमा कतै भएको छैन्”, उनले भने,“यो सही विचारका कारण हुनसक्यो ।”

कम्युनिष्ट कमजोर अरुका कारण नभई आफ्नै कारणले हुने गरेको उनले बताए । ‘‘कम्युनिष्ट आन्दोलन प्रतिक्रियावादीको सङ्घर्षमा पराजित भएको छैन्”, उनले बताए,“आफैँभित्र देखा पर्ने विसङ्गति, विचलन र विकृतिले आफैँ सिद्धिने गरेका छौँ ।”

‘‘पार्टी एकता हतपत आवेगमा विचार नै नगरी भएको हो भन्ने कतिपयलाई लाग्न सक्छ”, अध्यक्ष प्रचण्डले भने,“यसका लागि धेरै वैचारिक बहस भएका छन् ।” पार्टी र सिद्धान्त समय र परिस्थिति अनुसार परिवर्तन हुनुपर्ने उनले बताए ।

नेपालमा हतियार नउठाएका पार्टीको राजनीतिक अस्तित्व नरहेको जिकिर गर्दै २००७ सालको जनक्रान्ति, २०२८ सालको झापा विद्रोह र २०५२ सालको जनयुद्धमार्फत आएका पार्टी नै नेपालमा स्थापित भएको उनको भनाइ छ ।

The post क्रान्ति कसैको नक्कल हैन् : अध्यक्ष दाहाल appeared first on Koshi Online.

खैरहनी महोत्सवमा हुने डान्सिङ्ग स्टार लागि टपटेन प्रतिष्पर्धी छनौट

नेकपाको नेतृत्वमा भएका सबै आन्दोलनलाई एक ठाँउ जोड्नु पर्छ : अध्यक्ष प्रचण्ड

काठमाण्डौ, १ फागुन । नेपाल कम्युनिष्ट पार्टी– नेकपाका अध्यक्ष एंव पूर्वधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा कम्युनिष्ट पार्टीको नेतृत्वमा भएका सबै प्रकारका आन्दोलनहरुलाई एकै ठाँउमा जोडेर हेर्नुपर्ने बताएका छन् ।

नेकपा केन्द्रीय कार्यालयले २५ औं जनयुद्ध र जनान्दोलन दिवसका अवसरमा बिहीबार धुम्बाराहीमा आयोजना गरेको श्रद्धाञ्जलीसभामा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

अध्यक्ष प्रचण्डले परिवर्तनका लागि मुलुकमा भएका सबै आन्दोलन एक आपसमा सम्बन्धित रहेको बताए ।

उनले हरेक आन्दोलनमार्फत् नयाँ पाठ सिक्दै मौलिक ढंगबाट सुरु गरिएका आन्दोलनहरू सफल भएका उल्लेख गरे ।

अध्यक्ष प्रचण्डले तत्कालीन माओवादीले सुरु गरेको जनयुद्ध सफल हुनुको पछाडि सही विचार र नेतृत्व भएको बताए ।

अध्यक्ष प्रचण्डले मुलुकमा समाजवाद स्थापनाका लागि कम्युनिष्ट पार्टीले एक पटक फेरि मेहनत गर्नुपर्ने समय आएको पनि बताए ।

The post नेकपाको नेतृत्वमा भएका सबै आन्दोलनलाई एक ठाँउ जोड्नु पर्छ : अध्यक्ष प्रचण्ड appeared first on Koshi Online.

चार किलो गाँजा सहित ७ जना पक्राउ

नेकपा मोरङले मनायो २५ औ जनयुद्ध स्मृति दिवस

विराटनगर, १ फागुन । नेपाल कम्युनिष्ट पार्टी मोरङले जनयुद्ध र संयुक्त्त जनआन्दोलनका शहिदहरुलाई श्राद्धान्जली व्यत्त गर्दै २५ औ जनयुद्ध स्मृति दिवस मनाएको छ ।

विराटनगर पाञ्चाली स्थित पार्टी कार्यालयमा नेकपा मोरङले बिहान जनयुद्ध र संयुक्त्त जनआन्दोलनका शहिदहरुलाई सम्झना गर्दै श्राद्धान्जली व्यक्त्त गरेर दिवस मनाएको हो ।

जनयुद्ध र संयुक्त्त जनआन्दोलनका शहिदहरुलाई नेकपा केन्द्रिय सदस्य गुरु बराल , महेश रेग्मी, राष्ट्रिय सभाका सांसद गोपी अछामी एक नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङबो , समाजिक बिकास मन्त्री जिवन घिमिरे , प्रदेश सांसद धिरेन्द्र शर्मा नेकपा मोरङ अध्यक्ष ऋषी पोखरेल सचिव गणेश उप्रेती सहित कार्यकर्ताहरुले श्राद्धान्जली व्यक्त्त गरेका थिए ।

जनयुद्ध दिवसको अवसरमा बुधबार विराटगरमा कोशी साँस्कृतिक प्रतिष्ठानले साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको थियो ।

The post नेकपा मोरङले मनायो २५ औ जनयुद्ध स्मृति दिवस appeared first on Koshi Online.

दोस्रो बेंसीसहर मेयर कप फुटबल प्रतियोगिता शुरु

एमसिसी सम्झौता नेपालको लागि खतरा- विजुक्छे

भक्तपुर, १ फागुन । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले एमसिसी सम्झौता नेपालका लागि खतरा भएको बताएका छन् ।

पार्टीले एमसिसीको खुलेर विरोध गर्दै आएको बताउँदै उनले नेपालका लागि एमसीसी खतरा रहेको बताए ।

भक्तपुर नगरपालिकाको छैटौँ नगरसभालाई सम्बोधन गर्दै उनले चीनबाट फर्काइने नेपालीलाई मानव बस्तीभन्दा टाढा लगेर स्वास्थ्य परीक्षण गर्नुपर्ने बताए ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आर्थिक वर्ष २०७६÷७७ को लागि विनियोजित रकमको समीक्षा तथा नगरपालिकाका लागि आवश्यक ऐन, नियम, विनियम र कार्यविधिबारे जानकारी दिए ।

उनले ९९ करोड ८० लाख विनियोजन गरिएकोमा २०७६ पुस मसान्तसम्ममा ३६.२४ प्रतिशत अर्थात ३६ करोड १७ लाख २२ हजार मात्र खर्च भएको जानकारी दिए

चालु आव २०७६/०७७ मा पूँजीगततर्फ एक अर्ब १३ करोड ३० लाख विनियोजन गरिएकोमा २०७६ पुस मसान्तसम्म २२.१६ प्रतिशत अर्थात रु २५ करोड १० लाख ९५ हजार खर्च भएको प्रमुख प्रजापतिले जानकारी दिए ।रासस

The post एमसिसी सम्झौता नेपालको लागि खतरा- विजुक्छे appeared first on Koshi Online.

समीक्षाको प्रश्न– मलाई गाली गर्ने अधिकार तिमीहरूलाई कसले दियो ?

कान्तिपुर फिल्म एकेडेमि इटहरी शाखाको उद्घाटन

इटहरी / कान्तिपुर फिल्म एकेडेमि इटहरी शाखाको आज एक भव्य कार्यक्रम बिच उद्घाटन गरिएको छ । प्रदेश नं १ को सुन्दर शहर इटहरीमा फिल्मका बिभिन्न बिधा अध्ययन गर्न चाहने बिद्यार्थिहरुमा खुसि छाएको छ । बरिष्ठ कलाकार हरिवंश आचार्यको प्रमुख आतिथ्यता तथा कान्तिपुर फिल्म एकेडेमिका अध्यक्ष छबिराज ओझाको अध्यक्षतामा सम्पन्न उक्त उद्घाटन कार्यक्रममा पूर्वका बिभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्ति, हल सञ्चालक, साहित्यकार एवं सञ्चारकर्मिको बाक्लो उपस्थिति रहेको थियो ।

फिल्म अध्ययन गर्न चाहनेहरुको लागी कान्तिपुर फिल्म एकेडेमिले पहिलो शाखा इटहरीमा सन्चालन गरीएको कान्तिपुर फिल्म एकेडेमिका सिइओ प्रकाश पुरीले जानकारी दिए । कार्यक्रममा बोल्दै बरिष्ठ कलाकार हरिवंश आचार्यले मोफसलमा फिल्म अध्ययनको पहुँच पुर्याउन कान्तिपुर फिल्म एकेडेमिले गरेको यो प्रयासको प्रसंशा गर्दै शुभकामना व्यक्त गर्नु भएको थियो ।

साहित्यकार एवं प्राध्यापक मनु मन्जिलले कान्तिपुर फिल्म एकेडेमिले पूर्वको शान बढाएको बताउनु भयो, भने प्रदेश नं १ ट्राफिक प्रहरी प्रमुख भिम बहादुर दाहालले सफलताको शुभकामना दिनु भयो , स्थानिय सरकारकाे तर्फ बाट वडा अध्यक्ष दिपक गौतमले एकेडेमीले दक्ष कलाकर्मि जन्माउनेमा आशा व्यक्त गर्दै शुभकामना प्रदान गर्नु भयो । साथै कार्यक्रममा उपस्थित पूर्वका ख्यातिप्राप्त व्यक्तित्वले कान्तिपुर फिल्म एकेडेमि इटहरीको प्रगतीको लागी शुभकामना प्रदान गर्नु भएको थियो । पहिलो चरणमा कातिपुर फिल्म एकेडेमि इटहरीले फिल्म मेकिङ, भिडियो इडिटिङ र फोटोग्राफिको १ महिने कक्षा यही फागुन ४ गतेबाट सन्चालन गर्दैछ ।

The post कान्तिपुर फिल्म एकेडेमि इटहरी शाखाको उद्घाटन appeared first on Purbeli News.

साम्यवादमा नपुगेसम्म पार्टीभित्र बहस र विवाद भइरहन्छ : अध्यक्ष प्रचण्ड