Home Blog Page 1384

रोनाल्डोको ट्वीट फिगोले नक्कल गरेको आरोप

पोर्चुगलकै अर्का स्टार क्रिस्टियानो रोनाल्डो फिगोलाई आफ्नो खेल जीवनको एक प्रेरणाको स्रोतको रुपमा लिन्छन्।

आइतबार राति बास्केटबलका स्टार खेलाडी कोबी ब्रायन्टको हेलिकप्टर दुर्घटनामा परी निधन भयो। त्यसपछि रोनाल्डोले कोबीको सम्झनामा एक ट्वीट लेखेका थिए।

रोनाल्डोले ट्वीट गरेको केही समयमै फिगोले पनि एक ट्वीट गरे। तर त्यो ट्वीट रोनाल्डोको ट्वीटसँग मिल्दो जुल्दो छ।

भाषा, शब्द सबै मिलेपछि यतिबेला ट्वीटरमा फिगोले रोनाल्डोको ट्वीटको नक्कल गरेको भनेर फिगोको आलोचना भइरहेको छ। केही ट्वीटर प्रयोगकर्ताले फिगोलाई लाज लाग्नु पर्नेहो भनिरहेका छन्।

केहीले फिगोको बचाउ गर्दै फिगोका सहयोगीले उक्त ट्वीट गरेको हुनसक्ने बताएका छन्।

चौथो दिदीबहिनी कपः एपीएफ सेमिफाइनलमा

वीरेन्द्रनगर दंगाग्रस्त क्षेत्र घोषणा

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर दंगाग्रस्त क्षेत्र घोषणा भएको छ। जिल्ला प्रशासन कार्यालय सुर्खेतले आज साँझ ६ः३० बजेदेखि वीरेन्द्रनगर नगरपालिकाको पूर्वमा इलाम, पश्चिममा वागेसिम, उत्तरमा कपासे ब्यारेक र दक्षिणमा ५०० मिटरको दूरीसम्म दंगाग्रस्त क्षेत्र घोषणा गरेको हो ।

स्थानीय प्रशासन ऐन (संशोधनसहित), २०२८ को दफा ६ बमोजिम जिप्रकाले निषेध गरिएको क्षेत्रभित्र कोही कसैलाई आवतजावत गर्न, भेला वा जम्मा हुन वा अन्य कुनै पनि काम गर्न नपाउने गरी दंगाग्रस्त क्षेत्र घोषणा आदेशको सूचना जारी गरेको हो।

वीरेन्द्रनगर नगरपालिका–३ सुर्खेत गौतमचोक नजिक आज बिहान ८ः३० बजे महावै गाउँपालिका–३ सिमखेत घर भएका २१ वर्षीय केशरबहादुर सिंहको भे १ ख २२४२ नं को टिपरले किचेर भएको मृत्यु भएपछि उत्तेजित भिडबाट तोडफोड, आगजनी र धनजनको क्षति हुने सम्भावित खतराबाट सुरक्षा स्थितिलाई नियन्त्रण लिन दंगाग्रस्त क्षेत्र घोषणाको आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जानकारी दिए। उनका अनुसार दंगाग्रस्त क्षेत्र घोषणा भोलि बिहान ६ बजेसम्म जारी गरिएको छ। रासस

निर्वाचन शान्तिपूर्ण मात्रै नभई जनमत प्रतिबिम्वित हुनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ

साझा प्रकाशनको महाप्रबन्धकमा गौतम

साझा प्रकाशन सञ्चालक समितिको यही माघ ११ गतेको निर्णयानुसार झापा जिल्ला शिवसताक्षी–२ निवासी होमप्रसाद गौतम साझा प्रकाशनको महाप्रबन्धक पदमा नियुक्त भएका छन्।

यसअघि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपसचिव ऋषिराम पंगेनीले महाप्रबन्धकको समेत जिम्मेवारी बहन गरेका थिए। राजनीति तथा समाजसेवामा विगत चार दशकदेखि अनवरत लागेका गौतमले झापा जिल्लाका विभिन्न स्थानीय नेतृत्वमा रही जिम्मेवारी पूरा गरिसकेका छन्। विगत केही वर्षदेखि अप्ठ्यारो परिस्थितिमा गुज्रिरहेको साझा प्रकाशन गौतमको नेतृत्वमा सबल र सक्षम हुने विश्वास लिइएको छ। रासस

बी डिभीजनको उद्घाटन खेलमा ब्वाइज र श्री कुमारी भिड्ने

विद्यार्थीको हात भाँच्ने शिक्षक पक्राउ

गृहकार्य नगरेको भन्दै विद्यार्थीको हात भाँच्ने सिरहाको मिर्चैयास्थित स्वस्तिक पाठशालाका एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ।

गृहकार्य नगरेको भन्दै सिरहा नगरपालिका–२ निवासी १२ वर्षीय रितिक यादवलाई कुटपिट गरी हात भाँचिदिएको आरोपमा पाठशालाका शिक्षक ताराबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको हो।

कुटपिटबाट रितिकको बायाँ हात भाँचिएकाले शिक्षक कार्कीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक सन्तु जैसवालले जानकारी दिए। रासस

सडकको खाल्डो देखाउन गोरखापत्रले डराउनु पर्दैन : सञ्चारमन्त्री

दक्षिण कोरियामा श्रमरत कर्णालीवासी संगठित

काठमाडौं । दक्षिण कोरियामा श्रमरत कर्णालीवासीहरु संगठित भएका छन् । कोरियन नयाँ वर्ष सलनालको अवसर पारेर पहिलोपटक संगठित भएका हुन् ।

‘कर्णाली प्रदेशको शान, प्रदेशी भूमिमा एकता नै हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ कर्णाली प्रदेश सम्पर्क मञ्च, दक्षिण कोरिया गठन गरिएको हो ।

सुवन सहरको खप्तड रेस्टरेन्टमा भएको भेलाले पदम बहादुर बस्नेत (प्रकाश)को अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

मञ्चको बरिष्ठ उपाध्यक्षमा केपी कुसारी उपाध्याय, उपाध्यक्षमा धर्म तिहारी र प्रदीप खत्री, महासचिवमा भक्तराज योगी, कोषाध्यक्षमा कमल केसी र सचिवमा भीम रोकाय चयन भएका छन् ।

सदस्यहरुमा गणेश कोइराला, संजय वली, डलु भण्डारी, हरिस चन्द्र, भेषबहादुर थापा र तिलक हमाल रहेका छन् ।

भेला लक्ष्मीनारायाण बस्नेतको अध्यक्षता र एनसीसीका उपाध्यक्ष तुलस गुरुङको प्रमुख आतिथ्यतामा भएको हो ।

आमालाई गुल्टा’एर मा’र्न भीरको टुप्पामा पुर्याएपछी आमाले भनिन् छोरा फर्कने बाटो अप्ठे’रो छ, राम्रो संग जानु है !

ह्याकरको खुलासापछि एनआरएन अमेरिकाका प्रवक्तासहित २ निलम्बित

१४ माघ, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका प्रवक्ता ओम भट्टराई र सल्लाहकार शिव मल्ल निलम्बनमा परेका छन् । नक्कली फेसबुक पेजमार्फत गैरआवासीय नेपाली संघका विभिन्न व्यक्तिविरुद्ध निरन्तर चरित्र हत्या गरेको पुष्टि भएपछि एनआरएन अमेरिकाको आकस्मिक बैठकले उनीहरूलाई कारबाही गरेको हो ।

भट्टराई र मल्लले पदीय आचरणविपरीत कार्य गरेको भनी एनआरएनका आजीवन सदस्य प्रसन्न संग्रौलाले उजुरी गरेपछि सो उजुरीको प्रारम्भिक छानबिनका क्रममा दुवै जनाले नक्कली फेसबुक पेज खोलेर चरित्र हत्या गरेको पाइएको छ । यसबारेमा ४५ दिनभित्र विस्तृत छानबिन गर्न वरिष्ठ उपाध्यक्ष डा.अर्जुन बन्जाडेको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको छ ।

छानबिन समितिमा २ जना पछि थप गर्ने गरी कानुनी सल्लाहकार धन बस्नेत, सल्लाहकार सञ्जय थापा राख्ने निर्णय भएको महासचिव पशुपति पाण्डेले विज्ञप्तिमार्फत जनाएका छन् ।

अमेरिकामा आईटी विज्ञका रूपमा कार्यरत प्रसन्न संग्रौलाले भट्टराई र मल्लले छद्म नामबाट चलाएको ‘सीधा कुरा’ नामको फेसबुक पेज ह्याक गरेर सबै डाटा तथा प्रमाण पेस गरेपछि अमेरिकामा बस्ने नेपालीहरूबीच खैलाबैला मच्चिएको छ । सो पेजबाट विभिन्न व्यक्तिलाई गु्रप मेसेजमा जोडेर चरित्रहत्या तथा धम्की दिइएको पाइएको छ ।

उनीहरूले आफ्ना विरोधी गैरआवासीय नेपालीहरूको चरित्रहत्या गर्न सो फेसबुक पेज दुरुपयोग गरेको पाइएको एनआरएन अमेरिकाले जनाएको छ । एनआरएन अमेरिकाका निवर्तमान अध्यक्ष केशव पौडेलनिकट ओम र शिवले एनआरएन महाधिवेशनका बेला हालका अध्यक्ष कुमार पन्तविरुद्ध सो पेजबाट निरन्तर विभिन्न आरोप लगाएका थिए ।

संग्रौलाले गत बुधवार फेसबुक लाइभमा आएर आफूले सीधा कुरा नामको नक्कली फेसबुक प्रोफाइल पेज ह्याक गरेको स्वीकार गर्दै उक्त पेज शिव मल्ल र ओम भट्टराईले चलाएको डिजिटल फुटप्रिन्ट समेत पत्ता लगाउन सफल भएको खुलासा गरेका थिए । ४९ मिनेट लामो लाइभ भिडियोमा उनले कसरी ह्याक गरियो र सो पेजबाट के–कस्ता सामग्री प्रवाह भए भन्नेसमेत देखाएका छन् ।

३५००० फिटमा उडिरहेको प्लेन भित्र केक काटेर बर्थडे मनाउने चारजना कारबाहीमा

आन्दोलन गर्ने प्राध्यापक चाहिंदैन : प्रधानमन्त्री ओली

काठमाडौँ, १४ माघ । प्रधानमन्त्री एवम् काठमाडौं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले नेपाललाई आन्दोलकारी प्राध्यापक नचाहिएको बताएका छन् । काठमाडौं विश्वविद्यालय सभाको विशेष बैठकलाई सोमवार सम्बोधन गर्दै उनले भने, ‘विद्यार्थीलार्य आन्दोलन गर्ने प्राध्यापक होइन प्राध्यापन गर्ने प्राध्यापक चाहिएको छ ।’ काठमाडौं विश्वविद्यालयका प्राध्यापक र कर्मचारीको आन्दोलनले लामो समयदेखि विश्वविद्यालयमा पठनपाठन ठप्प छ भने परीक्षासमेत अवरुद्ध […]

सुरु हुन लागेको कतार टर्कीको उडान फेरी अनिश्चित; फोटो र बारकोड़ सहितको पिसिआर रिपोर्टले ल्यायो झ’मेला

आजको राशिफल : माघ १४ गते, मंगलबार

वि.सं.२०७६ साल माघ १४ गते । मंगलबार । ईश्वी सन् २०२० जनवरी २८ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । माघ शुक्लपक्ष । तिथि– चतुथी, अहोरात्र । नक्षत्र– शतभिषा,०३ घडी ०८ पला,बिहान ०८ बजेर १० मिनेट उप्रान्त पूर्वाभाद्रपदा । योग– परिध,४९ घडी १० पला,रातको ०२ […]

फट्यांग्राले दक्षिण सुडानमा निम्त्यायो भोकमरी

प्रवेश गर्‍याे पश्चिमी वायु, देशभर वर्षा/हिमपात सुरु हुँदै

नेपालमा फेरि पानी पार्ने मौसमी प्रणाली प्रवेश गरेको छ। पश्चिमी वायुबाट विकसित पश्चिमी न्यून चापीय प्रणाली सोमबार भित्रिएको हो।

अब यसको प्रभावले तीन दिन अर्थात् आज (मंगलबार)देखि पर्सि (बिहीबार)सम्म पश्चिमदेखि पूर्वसम्म देशका विभिन्न स्थानमा वर्षा र हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन प्रकाशन गर्दै भनेको छ : नेपालमा यस प्रणालीको प्रभाव बिहीबारसम्म नै रहने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।

महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज दिउँसो पश्चिमी भेगका केही स्थान,  मध्य र पूर्वी क्षेत्रका १/२ ठाउँमा हल्का वर्षाको सम्भावना छ। साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थान, पूर्वी र मध्य उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म हिमपात हुने सम्भावना छ।

यस्तै राति पनि पश्चिमी भूभागका केही स्थान र मध्य तथ पूर्वी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको उनले बताइन्। यसैगरी पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थान र पूर्वी र मध्य उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म हिमपातको सम्भावना रहेको उनले बताइन्।

आज काठमाडौंमा पानी पर्ला?
अहिले (मंगलबार बिहान) मध्य क्षेत्रअन्तर्गत काठमाडौं उपत्यकामा पनि मौसम आंशिक (आकाशमा थोरै बादल देखिनु) बदली भएको छ।

मौसमविद् मानन्धरका अनुसार यो बदली पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले भएको हो।

‘आज काठमाडौंमा पानी पर्ने सम्भावनाचाहिँ एकदमै कम छ,’ उनले भनिन्, ‘तर मौसम खुल्दैन, घाम बादल घाम बादल हुने सम्भावना छ।’

उनका अनुसार बिहान साढे ६ बजेको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३.६ डिग्री सेल्सियस छ।

तराईमा हुस्सु/कुहिरो लाग्न छाड्यो
पश्चिमी न्यून चापीय प्रणाली प्रवेश गरेपछि तराईमा हुस्सु कुहिरो लाग्न छाडेको छ।

यो प्रणालीको प्रभावले मौसम बदली भएर आकाशमा बादल देखिन थालेपछि हुस्सु कुहिरो नलाग्ने मौसमविद् बताउँछन्।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज (मंगलबार) बिहान तराईमा कुहिरो देखिएको छैन।

‘अब यो प्रणालीको प्रभाव रहुन्जेल हुस्सु कुहिरो लाग्दैन,’ उनले भनिन्।

यस हिसाबले कम्तीमा अब तीन दिन तराइवासीले हुस्सु कुहिरोका कारण बिहान बिहान हुने कठ्यांग्रिँदो चिसोबाट मुक्ति पाउने भएका छन्।

तर मौसम बदलीका कारण दिउँसो घाम नलाग्ने भएका कारण दिउँसो भने जाडो हुनेछ।

 आगामी तीन दिनको मौसम पूर्वानुमान  
माघ १४ गते (मंगलबार)
दिउँसो : देशको पश्चिमी र मध्य भू-भागमा सामान्य बदली तथा पूर्वी भू-भागमा आंशिकदेखि सामान्यसम्म बदली रहनेछ। पश्चिमी भू-भागका केही स्थान र मध्य तथ पूर्वी भूभागका १-२ स्थानमा हल्का वर्षाको सम्भावना छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थान र पूर्वी र मध्य उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म हिमपातको सम्भावना छ।

राति : देशको पश्चिमी र मध्य भू-भागमा सामान्य बदली तथा पूर्वी भू-भागमा आंशिकदेखि सामान्यसम्म बदली रहनेछ। पश्चिमी भू-भागका केही स्थान र मध्य तथा पूर्वी भू-भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थान र पूर्वी र मध्य उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यमसम्‍म हिमपातको सम्भावना छ।

माघ १५ गते (बुधबार)
दिउँसो : देशभर सामान्य बदली  रहनेछ। पश्चिमी र मध्य भू-भागका अधिकांश स्थान र पूर्वी भू-भागका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यमसम्म हिमपातको सम्भावना छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा भारी हिमपातको सम्भावना छ।

राति : देशभर सामान्य देखि पूर्ण बदली  रहनेछ। पश्चिमी र मध्य भू-भागका अधिकांश स्थान र पूर्वी भू-भागका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यमसम्म हिमपातको सम्भावना छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा भारी हिमपातको सम्भावना छ।

माघ १६ गते (बिहीबार)
दिउँसो : देशको उच्च पहाडी र हिमाली भेगमा सामान्य बदली रहनेछ भने बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पूर्वी र मध्य भू-भागका थोरै स्थान र पश्चिमी भू-भागका १-२ स्थानमा हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना छ।

राति : देशको पूर्वी भागमा आंशिकदेखि सामान्यसम्म बदली  रहनेछ भने बाँकी भू-भागमा आंशिक बदली रहनेछ।

छोरी भन्दा आमा तरुनी…

गायिका आस्था राउत ब्लु क्रस अस्पतालको ४२३ कोठा नम्बरमा

काठमाडौ, १३ माघ । गायिका आस्था राउतलाई अस्पतालमा लगिएको छ । बिरामी भएको भन्दै प्रहरीले त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पताल लगिएको हो । अस्पताल प्रशासनका अनुसार राउतलाई अस्पतालको चौथो तल्लाको ४२३ कोठा नम्बरमा राखेर उपचार भैरहेको छ । उनको के सम्बन्धी उपचार भइरहेको हो त्यो भने खुलाएको छैन । राउतलाई सोमबार बिहान प्रहरीले नियन्त्रणमा लिएपछि सरकारी […]

कपिलवस्तुको यशोधरा गाउँपालिकाको लेखा शाखामा तालाबन्दी