Home Blog Page 1385

चिनियाँ नाकामा ‘हेल्थ डेस्क’ स्थापना गर्न माग

नेपाल एशोसियशन टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपालसँग जोडिएका चिनियाँ नाकामा ‘हेल्थ डेस्क’ स्थापना गर्न माग गरेको छ।

नाट्टाले आज एक विज्ञप्ति जारी गरी मित्रराष्ट्र चीनको बुहान शहरबाट शुरु भई विभिन्न मुलुकमा फैलिँदै गएको कोरोना भाइरस नेपालमा भित्रिन नदिन नेपालसँग जोडिएका चीनका नाकामा हेल्थ डेस्क स्थापना गर्न माग गरेको हो।

नाट्टाका अध्यक्ष अच्युत गुरागाईंले महामारीको रुप लिइसकेको कोरोना भाइरस नेपालमा सङ्क्रमण हुन नसकोस् भनी उच्च सतर्कता अपनाउनुपर्ने बताए।

‘कोरोना भाइरसबाट बच्न सम्बन्धित निकायले समयमा नै ध्यान पु-याउनु जरुरी छ’, उनले भने। नाट्टाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समेत हेल्थ डेस्क स्थापना गर्नुपर्ने बताएको छ। रासस

पूर्वमन्त्री बडूको आरोप : वर्तमान सरकार सबै नेपालीको हुन सकेन

कोरोना भाइरसको संक्रमण रोक्न चीनले छुट्यायो साढे ८ अर्ब डलर

कोरोना भाइरसको संक्रमण फैलिनबाट रोक्न चीनले ८.७ अर्ब डलर बजेट छुट्याएको छ।

चीनको वित्त मन्त्रालय र राष्ट्रिय स्वास्थ्य आयोगले ६०.३३ अर्ब युआन बजेट जम्मा गरेको हो।

संक्रमण रोक्न तथा जनस्वास्थ्यका आधारभूत सेवा प्रवाह गर्न सो रकम खर्च हुने मन्त्रालयले सोमबार जनाएको छ।

हाल करिब २७ सय जना यो भाइरसबाट संक्रमित भएका छन् भने ८० जनाको ज्यान गइसकेको छ। एजेन्सी

गुण्डागर्दीमा संलग्न पासलाल पक्राउ

सापकोटाविरुद्धको मुद्दामा सुनुवाइ सकिएन, मङ्गलबार सुनुवाइ हुने

काठमाडौँ, १३ माघ । सर्वोच्च अदालतमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दामा आज सुनुवाइ नसकिएकाले हेर्दाहेर्दैमा मङ्गलबार सुनुवाइ हुने भएको छ । न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासमा सुनुवाइ शुरु भएको थियो । सुनुवाइ नसकिएको हुँदा हेर्दाहेर्दैमा राखिएको हो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्यामा संलग्नताको आरोप […]

राससलाई भौतिक र आर्थिक व्यवस्थापन सहयोग गर्न तयार छौंँ : मन्त्री जम्कट्टेल

भाेलि देशैभर हिउँदे वर्षा हुने सम्भावना

काठमाडौं, १३ माघ । देशैभर हिउँदे वर्षा हुने सम्भावना रहेको छ । पश्चिमी वायुको प्रभावले फेरि देशैभरीको मौसम प्रभावित बन्ने भएको हाे । भू–मध्य सागरबाट सोमबार अपरान्ह्र भित्रिएको जलवाष्पयुक्त वायुको कारण भोलि पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार मुलुकको उच्च पहाडी र हिमाली भेगमा […]

साउदी प्रवेश गर्नेलाई नयाँ नियम, अटेर गरे तुरुन्त देश निकाला

रियल मड्रिडको प्रसिद्ध रंगशालामा सजिँदैछ लकिताको कला

स्पेनी फुटबलको महारथी रियल मड्रिड क्लबका नेपाली प्रशंसक समूहका संयोजक हुन्– रविन न्यौपाने। पर्यटन व्यवसायमा आबद्ध उनी बेलाबेला रियलको खेल हेर्न पुगिरहन्छन्।

क्लबले विभिन्न देशमा भएका आफ्ना प्रशंसकहरुको संगठनसँग नियमित सम्पर्क राखिरहेको हुन्छ। रियलका ‘डाइ हार्ड’ फ्यान रविनको पनि क्लबका पदाधिकारीसँग बेलाबेला सम्पर्क भइरहन्छ। मड्रिड पुगेका बेला पदाधिकारीहरूकै सहयोगमा उनले कप्तान सर्जियो रामोस, मार्सेलो, लुका मोड्रिच, इस्कोलगायत खेलाडीसँग भेट गर्ने तथा उनीहरुसँग तस्बिर खिच्ने अवसर पाएका छन्।

लुका मोड्रिचसँग रविन(नीलो कोट)

हरेकपटक मड्रिड जाँदा रविन केही न केही मायाको चिनो लिएर जान्छन् र क्लबलाई हस्तान्तरण गर्छन्। पछिल्लोपटक सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेपछि ट्रेकिङ कम्पनी चलाइरहेका उनी प्रचारप्रसारका लागि पर्यटन बोर्डको कार्यक्रममा नेदरल्यान्ड्स जाँदै थिए। त्यहीँबाट उनले मड्रिड जाने योजना बनाए।

मड्रिड जाने भएपछि आफूले लैजाने उपहारबारे उनी सोचिरहेका थिए। त्यही बेला सामाजिक सञ्जालमा रंगीन मण्डलबीचमा अन्य फुटबल क्लबको लोगो उनले देखे। उनले रियलको यस्तै लोगो बनाएर लैजाने सोच बनाए।

त्यस्तो लोगो बनाउँथिन् भक्तपुरकी लकिता कायस्थले। रविनले लकितालाई रियलको लोगो बनाइदिन आग्रह गरे। उनले सहर्ष स्वीकारिन्। रविन लकिताले बनाएको कला बोकेर मड्रिड उडे।

रविनले जनवरी १८ मा क्लबका संस्थागत सम्बन्ध विभागका निर्देशक एमिलियोलाई लकिताले बनाएको त्यो कला हस्तान्तरण गरे। ‘स्पेनबाट दुई विश्वकप खेलेका र रियल मड्रिडमा १२ सिजन बिताएका प्रसिद्ध खेलाडी एमिलियोले नेपाली कलाकारको सिर्जना ग्रहण गर्नु नै ठूलो कुरो हो,’ रविनले सुनाए, ‘लकिताले बनाएको उक्त कला रियलको प्रसिद्ध सान्टियागो बर्नाबाउ रंगशालामा सजिनेछ।’

एमिलियोलाई लकिताले बनाएको लोगोसहितको मण्डला हस्तान्तरण गर्दै रविन। 

सन् १९८४ देखि १९९२ सम्म स्पेनको राष्ट्रिय टोलीको प्रतिनिधित्व गरेका र रियल मड्रिडबाट ३४१ खेल खेलेका एमिलियो चर्चित खेलाडी हुन्। अझ १९४७ मा निर्माण पूरा भएको ८१ हजार दर्शक अट्ने सान्टियागो बर्नाबाउमा नेपालको चिनो रहनु गौरवको कुरो भएको उनले बताए।

यही रंगशालामा चार पटक युरोपियन च्याम्पियन्स लिगको फाइनल खेल आयोजना भइसकेको छ। सन् १९८२ को फिफा विश्वकप फाइनल खेलसमेत यही स्टेडियममा भएको थियो। विश्वकप र च्याम्पियन्स लिग दुवैको फाइनल आयोजना गर्ने यो युरोपको पहिलो रंगशाला पनि हो। ऐतिहासिक रंगशालामा नेपाली कलाकारको सिर्जनाले ठाउँ पाउनेछ।

‘मड्रिडको त्यो प्रसिद्ध स्टेडियममा मेरो कलाले पनि स्थान पाउने भएपछि म धैरै खुसी छु,’ लकिताले नेपालखबरसँग भनिन्, ‘त्यहाँ पुर्‍याउन सहयोग गर्ने रविन दाइलाई धन्यवाद दिन चाहन्छु। यो मेरो जीवनकै ठूलो उपलब्धि हो। मड्रिडमा नेपालको प्रतिनिधित्व मेरो कलाले गर्ने भएपछि म गौरवान्वित छु।’

Lakita_1.jpg

मण्डलले दिएको खुसी
काठमाडौंको पुतलीसडकमा लकिताका बुबाले रङको पसल राखेका थिए। ६ सदस्यीय परिवारको गुजारा त्यसैबाट चल्थ्यो। लकिता भक्तपुरमै १२ कक्षामा पढ्दै थिइन्। तर, चार वर्षअघि फोक्सोको क्यान्सरले बुबाको निधन भएपछि कायस्थ परिवारको व्यवसाय ठप्प भयो। लकिताको पढाइमा मन बसेन।

जेठी छोरी लकिताले भाइबहिनीको पढाइमा सघाउन आफूले पनि काम गर्नुपर्छ भन्ने ठानिन्। त्यही सोचले उनलाई अटोमोबाइल कम्पनीको जागिरमा पुर्‍यायो। तर, त्यो काम उनले खासै रुचाइनन्।

एकदिन युट्युब चलाइरहँदा मण्डल कोर्दै गरेको भिडियो उनले देखिन्। त्यो उनलाई आकर्षक लाग्यो। त्यस्ता अरु भिडियो पनि उनी हेर्न थालिन् र भिडियो हेर्दै मण्डल कोर्न पनि सिकिन्।

‘खाली समयमा मण्डल कोर्दा एक किसिमको आनन्द महसुस गर्न थालें। विस्तारै त्यसैमा रुची बढ्दै गयो। त्यसले बुबाको निधनपछि मेरो मनको पिर पनि कम गर्दै लग्यो,’ तीन वर्षअघि मण्डल कोर्न थालेकी उनले भनिन्।

बिस्तारै मण्डलको ढाँचा, त्यसको ‘डिटेल्स एन्ड डट्स’ मा उनी भिज्न थालिन्, सीप तिखार्दै लगिन्। आफूले बनाएका मण्डलको तस्बिर उनी फेसबुक र इन्टाग्राममा पनि अपलोड गर्थिन्। सयौं लाइक र कमेन्ट आउँथे। एकदिन त उनलाई ‘अर्डर’ पनि आयो।

‘सुरुमा एकजनाले मलाई ब्ल्याक एन्ड ह्वाइट मण्डलको अर्डर गर्नुभएको थियो। एकहप्ता लगाएर मैले त्यो बनाएँ। त्यसबापत २ हजार रुपैयाँ पाएकी थिएँ। त्यसले म निकै खुसी अनि उत्साहित भएँ। थप काम गर्ने जाँगर आयो,’ उनले स्मरण गरिन्।

Lakita_8.jpg

त्यसपछि लकिताले जागिर छाडिन्, पूर्णकालीन मण्डल डिजाइनर बनिन्। अर्डर पनि बढ्दै गए। अनुभवसँगै मण्डलको मूल्य पनि बढ्दै गयो। अहिले मानिसहरू उनले बनाएका मण्डलको ३० हजार रुपैयाँसम्म तिर्छन्।

‘पछिल्लो २ वर्ष मण्डलबाटै मेरो खर्च चलिरहेको छ। भाइबहिनीको पढाइमा पनि सहयोग गर्न पाएकी छु, खुसी छु,’ घरमै सानो ग्यालरी सञ्चालन गरेकी लकिता सुनाउँछिन्।

फुटबल र मण्डल
लकिता इङ्लिस फुटबल क्लब लिभरपुलकी फ्यान हुन्। सन् २०१८ जुनमा उनलाई आफ्नो क्लबको लोगो राखेर मण्डल कोर्न मन लाग्यो र डिजाइन गरिन्।

त्यो देखेपछि उनका साथीभाइले पनि आ–आफ्ना क्लबको लोगोसहितका मण्डल बनाउन अर्डर गर्न थाले। त्यसैअनुसार लकिताले विभिन्न क्लबको लोगो बनाइदिइन्।

Lakita_2.jpg

सामाजिक सञ्जालमा छरिएका तिनै लोगोसहितका मण्डल रविनले देखेपछि मड्रिडको लोगो बनाइदिन अनुरोध गरेका थिए।

‘अरू क्लबको चाहिँ मैले सीधै मण्डलभित्र लोगो राखेर सिम्पल डिजाइन गर्थें। यो क्लबलाई नै दिने भनेपछि मड्रिडको लोगो नै सर्कलमा बनाएँ। यो अरूभन्दा ठूलो बनाएर डिजाइन गर्दा ६ दिन लागेको थियो,’ लकिता सुनाउँछिन्।

मानव जीवनचक्रको प्रतिनिधित्व गर्ने मण्डलमै आफ्नो जीवन व्यतित गर्ने उनको सोच छ। बुबाको निधनपछि चार वर्ष पढाइ छुटेको थियो। अब स्नातक मा फाइन आर्ट्स पढ्ने उनको सोच छ।

चीनबाट ल्याइएका नेपालीमा कोरोना भाइरस छैन : स्वास्थ्य मन्त्रालय

थरंगाले ललितपुरबाट ईपीएल खेल्ने

श्रीलंकाका पूर्व कप्तान तथा बायाँ हाते ओपनर ब्याट्सम्यान उपुल थरंगाले एभरेष्ट प्रिमियर लिग ईपीएल खेल्ने भएका छन्। आयोजक इपीएलले सोमबार प्रेस विज्ञप्ती जारी गर्दै थरंगाले साविक विजेता ललितपुर प्याटियटर्सबाट लिग खेल्ने जनाएको हो। 

श्रीलंकाका पूर्व कप्तान तथा विकेटकिपर समेत रहेका उपुल थरंगा श्रीलंकाबाट ३१ टेष्ट, २ सय ३५ ओडीआई र २६ टि ट्वान्टी आई खेलेका छन्। टेष्टमा ३ शतक र ८ अर्ध शतक सहित १७ सय ५४ रन बनाएका छन्।

उनको आगमनले टोली अझ मजबुत भएको ललितपुरका मालिक किशोर मर्हजनले बताए। आफुहरु अभिभावकत्व लिन सक्ने खेलाडीको खोजीमा रहेको जसले ड्रेसिङ रुममा पनि आप्mना युवा खेलाडीहरुलाई अनुभव बाड्न सक्ने र सिकाउन सक्ने होस्। थरगांबाट खेलाडीहरुले धेरै कुरा सिक्ने ललितपुरले जनाएको छ।

ओडीआईमा उनले १५ शतक र ३७ अर्ध शतक सहित कुल ६ हजार ९ सय ५१ रन बनाएका छन्। उत्कृष्ट प्रर्दशन १ सय ७४ नट आउट छ। २६ टि ट्वान्टी खेलमा ४ सय ७ रन बनाएका छन्।

त्यस्तै वेस्ट इन्डिजका स्टार अलराउन्डर ड्वेन स्मिथले इपिएल शरद भेषवाकर कप्तान रहेको भैरहवा ग्याडियटर्सबाट खेल्ने छन्। दक्षिण अफ्रिका पुर्व कप्तान हसिम अमलाले पनि इपिएल खेल्ने पक्का भएको छ।

१ सय ३७ वर्ष लामो इतिहास बोकेको इलामको ठूलो टुँडिखेलको नामेट हुने अवस्थामा

नेमारले जर्सी नम्बर २४ इसारा गर्दै आफ्नो गोल कोबे ब्रायन्टलाई समर्पित गरे

उनले गोलपछि मौन बसेर औंलाले इसारा गरेका थिए २ र ४।

यसको अर्थ नेमारले बास्टेकबलका स्टार कोबे ब्रायन्टलाई उक्त गोल समर्पित गरेका थिए।

अधिकांश समय कोबे ब्रायन्टले २४ नम्बरको जर्सी लगाएर लेकर्सबाट खेले उनले पाँचपटक एनबीए जिते।

तर आइतबार हेलिकप्टर दुर्घटनामा कोबेको निधन भयो। ४१ वर्षका कोबे बास्केटबलका महान खलाडी मानिन्छन्।

Image result for kobe and neymar

आइतबार जब नेमारको पीएसजी र लिले लिग वानमा भिडिरहेका थिए। सोही समयमा कोबे ब्रायन्ट सवार हेलिकप्टर दुर्घटनामा परेको थियो।

जब हाफ टाइम भयो नेमार यस खबरले स्तब्ध भए। खेलको २८ औं मिनेटमा नेमारले सुरुवाती गोल गरिसकेका थिए।

खेलको ५२ औं मिनेटमा नेमारले पेनाल्टी हान्ने मौका पाए। नेमारले जब पेनाल्टीमा गोल गरे। उनले खुशी मनाएनन्। उनी मौन बसे र उक्त गोल कोबेलाई समर्पित गरे।

Image result for kobe and neymar

नेमार भन्छन्,‘जब हाफ टाइममा म ड्रेसिङ रुम छिरे। सामाजिक सन्जालमा उनको निधनको समाचारले म स्तब्ध भए। बास्केटबलका फ्यानमात्र होइन पुरा खेल जगत यो समय शोकमा डुबेको छ।’

‘मैले मौन बस्नु र गोलपछि २४ इसारा गर्नु कोबेको सम्मानको लागि थियो।’ नेमारले भने।

भिडियो

प्रधानमन्त्रीलाई बाबुरामकाे चेतावनी- कालीदासले झैं हाँगामा बसेर फेद काट्दा के हविगत हुन्छ ?

अमेरिकी सैन्य विमान खसाएको तालिबानको दाबी

अफगानिस्तानमा अमेरिकी सैन्य विमान आफूहरुले खसाएको दाबी तालिबानले गरेको छ।

गजनी प्रान्तस्थित दे याक जिल्लामा सैन्य विमान खसाइएको र विमानमा सवार सबैको मृत्यु भएको तालिबानले जनाएको छ।

सोमबार सो स्थानमा एक विमान दुर्घटना भएको भनिएपनि त्यसबारे आधिकारिक जानकारी प्राप्त भएको छैन।

स्थानीय अधिकारीहरुले पहिले एरियाना एयरको विमान दुर्घटनाग्रस्त भएको बताए पनि एयरलाइनले त्यसको खण्डन गरेको थियो। जसका कारण दुर्घटना रहस्यमय बनेको थियो। एजेन्सी

कोरोनाविरुद्धको उपचारले सकारात्मक परिणाम दिइरहेको चिनियाँ राष्ट्रपतिको भनाइ

सभामुख सापकोटाको विरोध गर्ने १३ मानवअधिकारकर्मी पक्राउ

काठमाडौं, १३ माघ । अग्निप्रसाद सापकोटालाई प्रतिनिधिसभाको सभामुख बनाइएको विरोधमा राष्ट्रपति कार्यालय अगाडि धर्ना दिन गएका मानवअधिकारकर्मीहरू पक्राउ परेका छन् ।

प्रहरीले राष्ट्रपति कार्यालयमा धर्ना दिन गएका १२ मानवअधिकारकर्मीलाई पक्राउ गरेको हो । उनीहरूलाई केहीबेर अगाडि महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा चरण प्रसाइँलगायत छन् ।

वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक उमेश लम्सालले राष्ट्रपति कार्यालयको निषेधित क्षेत्र तोड्न खोजेपछि नियन्त्रणमा लिइएको जानकारी दिए । पक्राउ पर्नेमा नौ पुरुष र तीन महिला छन् ।

The post सभामुख सापकोटाको विरोध गर्ने १३ मानवअधिकारकर्मी पक्राउ appeared first on Koshi Online.

चीनबाट ल्याइएका सबै नेपाली स्वस्थ

एमसीसीको बहस छेडिएको छ, बहसबाट निस्कने निष्कर्षका आधारमा निर्णय लिइन्छ : सभामुख सापकोटा

काठमाडौं, १३ माघ । नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले संसद्प्रति जनताको आशा र विश्वास बढ्ने ढङ्गबाट आफूले सदनको कामकारबाही अगाडि बढाउने बताएका छन् ।

सभामुख पदको शपथ ग्रहणलगत्तै आज सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पदवहाली गरेपछि आयोजित संक्षिप्त पत्रकार भेटघाटमा उनले सदनलाई जीवन्तरूपमा सञ्चालन गरिने बताए ।

उनले भने, ‘हामीले चुनेर पठाएका प्रतिनिधिले लोकतान्त्रिक बाटोबाट छलफल गरेका छन् भनेर जनताले अनुभव गर्नेगरी सदनलाई अगाडि बढाउँछु । केही विधेयक प्रमाणीकरण गर्न बाँकी छ । प्राथमिकता प्राप्त विधेयकलाई शीघ्र अगाडि लैजाने र विधेयकको प्राथमिकता छुट्टयाएर काम गर्नेछु ।’

सभामुखमा निर्वाचिचत भएलगत्तै अब आफ्नो सम्पूर्ण ध्यान संसदमा केन्द्रित भएको उनको भनाइ थियो । सभामुख सापकोटाले सदनमा दर्ता भएका विधेयकका साथै सङ्कल्प प्रस्ताव, सार्वजनिक महत्वका प्रस्तावलाई प्राथमिकता क्रम छुट्टयाएर अगाडि बढाउने बताए ।

‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ (एमसिसी) सम्बन्धी प्रस्ताव के गर्नुहुन्छ ? भन्ने जिज्ञासामा उहाँले एमसिसीसम्बन्धी सहयोग लिने र नलिने भन्नेमा नेपाली समाजमा बहस छेडिएको र बहसबाट निस्कने निष्कर्षका आधारमा निर्णय लिइने टिप्पणी गरे ।

‘एमसिसीको सन्दर्भमा सबै सांसदको भावना समेटेर अघि बढ्छु’, उनले भने ।

लोकतन्त्रमा विरोध भइरहन्छन्

सभामुखमा निर्वाचित भएपछि आफ्नो बारेमा गरिएको विरोधलाई सामान्यरूपमा लिँदै उनले लोकतन्त्रमा विरोध गर्न सबैलाई छुट भएको टिप्पणी गरे । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेसँगै केही व्यक्तिले विरोध गरेका थिए ।

उनले आफूविरुद्ध अदालतममा केही मुद्दा विचाराधीन रहेको र ती विषयमा बढी बोल्नु मनासिव नहुने बताए ।

‘यस विषयमा धेरै बोल्नु परिवक्वता हुँदैन, त्यस विषयमा आफूलाई बोल्न बाध्य नपार्न आग्रह गर्दै उनले भने,’ केही विषय उठेका छन्, ती निरुपण हुँदै जान्छन् ।’

पदवहालीलगत्तै सभामुख सापकोटाले संसद्मा पेश गर्न विधेयक स्वीकृत गरेका थिए । रासस

The post एमसीसीको बहस छेडिएको छ, बहसबाट निस्कने निष्कर्षका आधारमा निर्णय लिइन्छ : सभामुख सापकोटा appeared first on Koshi Online.

सिटिजन्स बैंकद्वारा एक लाख आर्थिक सहयोग