विष्फोटक पदार्थसहित विप्लव कार्यकता पक्राउ, प्रहरीमाथि आक्रमण गरेपछि हवाई फायर

विष्फोटक पदार्थसहित विप्लव कार्यकता पक्राउ, प्रहरीमाथि आक्रमण गरेपछि हवाई फायर

खरिपाटीमा छट्पटी : स्वास्थ्य निगरानीमा रहेका आफ्ना सन्तानको अनुहार हेर्न अभिभावहरु आतुर

काठमाडौँ / धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज झण्डै २१ अङ्कले ओरालो लागेको छ । साताको पहिलो दिन आज नेप्से २०.७९ विन्दुले ओरालो लागेर एक हजार २७६.६८ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचकसमेत ४.१० ले घटेर २७४.६२ मा पुगेको छ । नेप्सेको ओरालो यात्रासँगै कारोवार रकममा समेत गिरावट आएको छ । कूल १७४ कम्पनीका २६ लाख ६० हजार ३७ कित्ता शेयर रु ९६ करोड ५० लाख १८ हजार ६६२ मूल्यमा खरिद–बिक्री भए । नेप्सेका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये सबै उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ १८.४५, व्यापार १६.७३, होटल ३९.८, विकास बैंक २१.३१, जलविद्युत् १८.९६, वित्त १०.६७, निर्जीवन बीमा १५१.७४, उत्पादन २६.०५, अन्य ६.७२, लघुवित्त २६.८१, जीवन बीमा १२४.९९ र सामूहिक लगानी कोष ०.०६ ले घटेको छ ।
नेप्सेका अनुसार कारोवारका आधारमा डिप्रोक्स लघुवित्त वित्तीय संस्था शीर्षस्थानमा रहेको छ । सो संस्थाको रु आठ करोड २६ लाख ४६ हजार २७० बराबरको शेयर कारोवार भई शीर्षस्थानमा रह्यो । यस्तै नेपाल लाइफ इन्सुरेन्स कम्पनी रु छ करोड ४५ लाख ४७ हजार ५८४, ग्लाबेल आइएमई बैंक रु छ करोड २९ लाख ६८ हजार ७२५, शिवम् सिमेन्ट रु तीन करोड ३९ हजार ६६३, एनआइसी एशिया रु दुई करोड ९९ लाख ८६ हजार ३०६, प्रभु बैंक रु दुई करोड ९६ लाख ७२ हजार १४४ र गुराँस लाइफ रु दुई करोड ६८ लाख ९० हजार ६१७ बराबरको कारोवार भई शीर्षस्थानमा रहे ।
नेप्सेका अनुसार जोशी हाइड्रोपार ३.१७, एआइबिएल प्रगति फन्ड २.९२, एनएमबी माइक्रोफाइनान्स २.७१, खानीखोला हाइड्रोपावर १.९६ र प्रोगेसिभ फाइनान्सका लगानीकर्ताले १.८५ प्रतिशतले कमाए । त्यस्तै जानकी फाइनान्स ८.५५, मिथिला लघुवित्त ७.४८, रिडी हाइड्रोपावर ७.३१, सप्तकोशी डेभलपमेन्ट बैंक ६.८० र युनाइटेड इन्सुरेन्सका लगानीकर्ताले ५.१० प्रतिशतले गुमाए ।
The post नेप्सेमा २१ अङ्कको गिरावट appeared first on Purbeli News.

दैलेख / मालिका अल्लो प्रशोधन उद्योगलाई बजारको मागलाई पूरा गर्न मुस्किल परेको छ । गतवर्षदेखि रु १३ लाखको लागतमा नौमुले गाउँपालिकामा सञ्चालनमा आएको सो उद्योगमा आधुनिक गुणस्तरीय प्रशोधन उपकरणको अभाव र धागो उत्पादनमा गति नहुँदा बजारको मागलाई धान्न नसकेको हो ।
काठमाडौँ, भक्तपुर, पोखरालगायतका शहरदेखि अल्लोका कपडाको माग बढिरहेको सञ्चालक पदमबहादुर खडकाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“गाउँघरकै मागलाई पूरा गर्न अप्ठ्यारो छ, बाहिरको मागको कुरा नै नगर्नुहोस् ।”
उत्पादित अल्लोको कपडालाई प्रतिमिटर रु ५०० पर्दछ । उद्योगमा दक्ष कर्मचारीको अभाव रहेको छ । अधिकांश महिलाले उद्योगमा काम गरिरहेका छन् । स्थानीय बीना रोक्कामगरले उद्योगमा काम पाउँदा घरखर्च चलाउन सजिलो भएको र श्रीमान्को कमाइमा भर पर्नुपर्ने अवस्था नरहेको बताउनुभयो । उद्योगबाट एकवर्षमा १०० अल्लोका कोट बिक्री भएको सञ्चालक खड्काले जानकारी दिनुभयो । रु सातदेखि आठ हजारसम्म कोटको मूल्य रहेको छ ।
कर्णाली प्रदेश सरकारले कर्मचारी, जनप्रतिनिधिले अब आफ्नै प्रदेशमा उत्पादन भएका कपडाको प्रयोग गर्ने जनाएको छ । उक्त कार्यक्रमले उद्यमीलाई थप टेवा पुग्ने विश्वास गरिएको छ ।
The post अल्लो कोटको माग बढ्दो appeared first on Purbeli News.
एनएनआईपीए स्पोर्टस अवार्ड : प्याराग्लाइडिङका विमल र तेक्वान्दोकी निमा सर्वोत्कृष्ट खेलाडी

काठमाडौं– टर्कीमा गएको शक्तिशाली भूकम्पमा परि कम्तीमा २९ जनाको मृत्यु हुनुका साथै १४ सय भन्दा बढी मानिसहरू घाइते भएका छन्।
६.८ रेक्टर स्केलको सो भूकम्प पूर्वी टर्कीको इलाजिग प्रान्तको सिविरिस शहरलाई केन्द्रविन्दु बनाउँदै गएको थियो। भूकम्पबाट भवनहरु भत्किनुका साथै मानिसहरुको भागदौड भएको थियो।
बिबिसीका अनुसार भूकम्पमा पुरिएका ४३ जनालाई उद्धार गरिएको छ भने २० जना अझै भूकम्पबाट भत्केका घरको भग्नावेशमा थुनिएको आशंका गरिएको छ।
टर्कीमा प्रायजसो भूकम्प गइरहन्छ। सन् १९९९ मा पश्चिमी शहर इज्मिटमा गएको भूकम्पमा परि १७ हजार मानिसले ज्यान गुमाएका थिए।
शुक्रबार स्थानिय समय अनुसार ८ बजेर ५५ मिनेट जाँदा सो भूकम्प गएको हो। भूकम्पको धक्का छिमेकी मुलुक सिरिया, लेबनान तथा इरानसम्म महशुस गरिएको थियो।
यूएईको विमानस्थलमा आयो क’डा नियम , दोहोरो टिकट नहुनेहरु धमा’धम फर्काइँदै


वामाको, १२ माघ । उत्तरपश्चिम अफ्रिकाको मालीमा आइतबार अर्धसैनिक सुरक्षा बलको एक शिविरमा आक्रमण हुँदा कम्तीमा १५ जनाको ज्यान गएको यहाँको सैन्य तथा प्रत्यक्षदर्शी स्थानीयले बताएका छन् । “मालीको मध्यक्षेत्रमा रहेको सोकोलो सुरक्षा शिविरमा जिहादी विद्रोहीले गरेको आक्रमण परी कम्तीमा १५ अर्धसैनिकको ज्यान गएको छ,” मालीको सैनिक स्रोतले एएफपीलाई बतायो । आक्रमणबाट मृत्यु हुनेमा अर्धसैनिक […]
वेपत्ता छानबिन आयोगका अध्यक्ष भन्छन्ः भैरवनाथ गण र खारा घटनाको अनुसन्धान हुन्छ


काठमाडौं, १२ माघ । नेपाल प्रहरीले अवैधरूपमा लुकाइछिपाई विदेश लैजान लागेको अमेरिकी डलरसहित एकजनालाई नियन्त्रणमा लिएको छ । प्रहरीको विमानस्थल सुरक्षा कार्यालयले आठ हजार ४१७ अमेरिकी डलरसहित ललितपुरका ३३ वर्षीय विकास जोशीलाई शनिबार पक्राउ गरेको हो । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले इत्तेहाद एयरवेजको उडानबाट अबुधावी हुँदै अमेरिका जान लागेका […]

काठमाडौं – छिमेकी भारतको उत्तरपूर्वी भूभागमा विकसित भएको मौसमी प्रणालीका कारण नेपालको पूर्वी, मध्य र पश्चिमका केही भेगमा मौसम बदली हुने भएको जनाइएको छ ।
मौसमी प्रणालीले देशका पूर्व र मध्यका सबै भूभाग तथा पश्चिमको बाग्लुङ र पर्वतपूर्व बाहेकका पहाडी जिल्लामा आंशिकदेखि सामान्य बदली गराएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् मञ्जु बासीले बदलीसँगै देशका मध्य र पूर्वका १/२ स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइन् । सोमवारदेखि मौसममा क्रमिक सुधार आएपनि साँझतिर पुनः पश्चिमी न्यूनचापीय प्रणाली नेपाल प्रवेश गर्ने भएकाले अझै केही दिन मौसम बिग्रने सम्भावना रहेको उनले बताइन् ।
मौसमी प्रणाली भित्रिएपनि काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम भने वृद्धि हुने उनले बताइन् । काठमाडौं उपत्यकामा आईतबार बिहानैदेखि मौसम बदली भएर घाम नलागेका कारण बढी चिसो महसूस गरिएको जनाइएको छ ।
देशका पूर्व, मध्य र पश्चिम तराई क्षेत्रमा बिहान हुस्सु र कुहिरो लागेपनि अपराह्नदेखि कुहिरो हटिसकेको उनले बताइन् । आईतबार काठमाडौंको न्यूनतम तापक्रम ४ दशमलव ४ डिग्री सेल्सियस र अधिकतम तापक्रम १६ दशमलव ८ डिग्री सेल्सियस रहेको छ ।
शनिबार र अघिल्ला केही दिन काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २ देखि ३ डिग्रीको हाराहारीमा पुगेपनि घाम लागेका कारण चिसो कम भएको थियो । माघ महिनामा दिउँसोपख घाम लागेपनि बिहान र बेलुका बढी चिसो हुने पूर्वानुमान गरिएको छ ।
सरकारले सुरक्षाकर्मि तानेर लगेपछि प्रचन्डको सुरक्षामा पुर्व जनमुक्ति सेना

काठमाडौं– राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले सरकारमा जाने तयारी भएपछि पार्टीभित्र भाँडभैलो मच्चिएको छ । महतोसँगै शरतसिंह भण्डारी, अनिल झा र राजकिशोर यादव केपी शर्मा ओली नेतृत्वको सरकारमा जाने तयारी गरेपछि राजपमा हंगामा मच्चिएको हो ।
राष्ट्रिय सभाको निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी र राजपावीचको गठबन्धन विजयी भए पछि महतो लगायतका नेताहरु सरकार जान उत्साहित भएको स्रोतको दावी छ । नेकपा–राजपावीचको गठबन्धनलाई निरन्तरता दिन र आफू सरकारमा जान राष्ट्रिय सभाको निर्वाचन पछि पनि उनीहरु नेकपाका अध्यक्ष द्धय केपी ओली र प्रचण्डसँग पटक पटक संवाद र सम्पर्कमा रहेका छन्।
तर राजपा भित्रकै केही नेताहरु भने नेकपा–राजपाबीचको गठबन्धनलाई निरन्तरता दिने पक्षमा देखिएका छैनन। राजपाका नेताद्धय महन्थ ठाकुर र महेन्द्र यादव पनि तत्काल सरकारमा जान नहने पक्षमा उभिएको स्रोतको भनाइ छ। तर राजपाका ६ अध्यक्षमध्ये ४ अध्यक्ष तत्काल सरकारमा जाने लाइनमा उभिएका छन्। यसबाट राजपा सरकारमा जाने सम्भावना बढ्दै गएको राजपाका एक नेताको भनाइ छ।
केही दिन अघि राजपाका वरिष्ठ उपाध्यक्ष लाल र ५ जना उपाध्यक्ष सर्बेन्द्रनाथ शुक्ल, रमेश यादव, गोविन्द चौधरी, सत्यनारायण मण्डल र जितेन्द्र सिंहले पार्टी नेतृत्वलाई चिट्ठिी लेखी अहिलको अवस्थामा सरकारमा जान नहुने सुझाव दिएका छन्। यसैगरी महासचिव विजयकुमार सिंहले पनि नेतृत्वलाई चिट्ठिी लेखेर उस्तै प्रकृतिको सुझाव दिएका छन्।
अहिलेको स्थितिमा राजपा सरकारमा सामेल हुनु भनेको सयौं सहिदहरुको बलिदानी र आन्दोलनकारीहरुको संघर्षलाई अपमान हुने उनीहरुले जनाएका छन्। चिट्ठिीमा भनिएको छ, ‘यस्तो गम्भिर विषयमा राजनीतिक समिति र पार्टीको केन्द्रीय समितिमा छलफल हुनु अत्यन्त आवश्यक छ। यस विषयमा पार्टीमा संस्थागत निर्णयमाफर्त निष्कर्षमा पुग्न माग गर्दछौ।’
पार्टी स्रोत भन्छ, राष्ट्रिय सभाको निर्वाचन सकिए पछि संघीय सरकारमा जान राजपा जान राजपाभित्र आन्तरिक तयारी सुरु भएको छ। यता, प्रदेश २ सरकारमा नेकपा आउन नेकपाका नेताहरू राजपासँग सहकार्य अघि बढाएका छन्। यसकोलागि नेकपाका नेताहरुले समाजवादी पार्टीसँगको सहकार्यलाई एकलौटी ढँगबाट तोडेका छन्।
‘केपी ओलीको मान्छे हुँ’ भन्दै हिँडने वनको कम्पनीमा राजश्वको छापा

काठमाडौं, १२ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरसबाट नेपाल पनि उच्च जोखिममा रहेको भन्दै सुरक्षाका लागि गम्भीरतापूर्वक आवश्यक व्यवस्थापन गर्न सरकारसँग माग गरेको छ ।
चीनको हुबई प्रान्तको राजधानी उहानबाट शुरु भएको कारोना भाइरस आधा दर्जन मुलुकमा फैलिसकेकोे छ ।
उहान शहरमा विभिन्न विश्वविद्यालय, शिक्षण संस्थामा अध्ययनरत नेपाली विद्यार्थी र त्यहाँ रहेका नेपाली व्यवसायीसमेत जोखिममा रहेकाले उनीहरुलाई सुरक्षित तरिकाले यथाशीघ्र उद्धारका लागि आवश्यक व्यवस्था गर्न कांग्रेस संसदीय दल आग्रह गरेको हो ।
महामारीका रुपमा फैलन सक्ने कोराना भाइरस फैलन नदिन आवश्यक सुरक्षा व्यवस्था तथा सङ्क्रमित व्यक्तिको उचित उपचारको व्यवस्था मिलाउन
प्रमुख सचेतक बालकृष्ण खाँणद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
The post कोरोना भाइरसबाट सुरक्षाको व्यवस्थापन गर्न कांग्रेसको माग appeared first on Koshi Online.
