Home Blog Page 1372

प्रणय दिवसका लागि गुलाफ आयातमा कमी

विगतको वर्षको तुलनामा यस वर्ष प्रणय दिवसका लागि रातो गुलाफ फूलको आयात कम हुने भएको छ। बजार माग कम भएकाले रातो गुलाफ फूलको आयात कम हुने भएको हो।

गत वर्षको प्रणय दिवसका लागि रु एक करोड ५० लाख मूल्यको एक लाख ६० हजार ‘स्टिम’ गुलाफ आयात गरिएकामा यो वर्ष भने रु एक करोड मूल्यको एक लाख २० हजार ‘स्टिम’ गुलाफ मात्र आयात गर्न लागिएको हो।

बजारको माग कमी रहेकाले भारतबाट यस वर्ष गत वर्षभन्दा कम परिमाणमा फूल आयात गर्न लागिएको फ्लोरिकल्चर एसोसिएशन नेपालले जनाएको छ। प्रणय दिवसमा खपत हुने एक लाख ५० हजार स्टिम गुलाफमध्ये एक लाख २० हजार बाहिरी देशबाट ल्याइने र ३० हजार स्वदेशमै उत्पादन हुने जनाइएको छ।

एसोसिएशनका अध्यक्ष कुमार कसजु श्रेष्ठका अनुसार गुलाफको यस वर्ष मूल्य बढ्ने छैन। नेपालमा वार्षिक रु २० करोडको गुलाफ फूलको कारोवार हुने गरेको छ। प्रणय दिवसकै लागि भने रु दुई करोडको कारोवार हुने गर्दछ। आन्तरिक उत्पादन ३० र बाह्य देशबाट आयात गरिने ७० प्रतिशत रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए। आयात गरिएका गुलाफमध्ये सबैभन्दा बढी काठमाडौँ उपत्यकामा ६० प्रतिशत खपत हुने एसोसिएशनले जनाएको छ। प्रयोगकर्ताको कमी भएकाले विगतको वर्ष जस्तै यस वर्ष पनि प्रतिगुलाफ रु ७० देखि १०० सम्म उपभोक्ताले खरिद गर्नुपर्ने हुनेछ।

पश्चिमा संस्कृति भए पनि पछिल्लो समय नेपालमा यस दिवसलाई विशेष महत्वका साथ लिने गरेको पाइन्छ। प्रणय दिवस फेब्रुअरी १४ तारिखमा पर्दछ तर उक्त दिनभन्दा एक हप्ताअघिदेखि नै यसलाई मनाउने प्रचलन रहेको छ। प्रेमको प्रतीक मानिने रातो गुलाफ यस दिवसमा प्रेम जोडीले एकअर्कालाई उपहारस्वरुप दिएर मनाउने गर्दछन्।

नेपालमा विसं २००७ देखि शुरु भएको पुष्प व्यवसाय शहरीकरणको विकास तथा विस्तारसँगै फस्टाउँदै गएको छ। फूलको मागमा आएको वृद्धिसँगै विशेषगरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा लगभग ६७५ पुष्पखेती तथा नर्सरी विस्तार भइसकेको छ।

गुलाफको व्यावसायिक खेती गरिने जिल्लामा काठमाडौँ उपत्यकाका तीन र काभ्रेपलाञ्चोक रहेको छ भने अन्य जिल्लामा यसको खेती विस्तार हुने क्रम रहेको छ। व्यावसायिकरूपमा गुलाफका ४५० प्रजातिका फूल नेपालमा उत्पादन हुँदै आएको छ। यस व्यवसायबाट ४१ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्षरूपमा लाभ लिएका छन्। नेपालमा लगभग १५३ हेक्टर क्षेत्रफलमा ७०० व्यवसायीले यसको खेती गर्दै आएका छन्। विशेषगरी तिहारका लागि सयपत्री र अन्य समयमा सजावटका लागि केही फूल भारतबाट आयात हुने गरेको छ।

प्रणय दिवसका लागि गुलाफ आयात धेरै गर्नुपरे पनि विशेषगरी तिहारमा प्रायेग हुने सयपत्री फूल यस वर्ष ५० हजार मात्रै माला ल्याइएको थियो। गत वर्षको तिहारका लागि भारतबाट रु ३० लाख बराबरको तीन लाख सयपत्री फूलको माला ल्याइएको थियो। तिहारमा मात्रै रु एक करोड फूलको कारोवार हुने गर्दछ। विस्तारै सयपत्री फूलमा आत्मनिर्भर हुने क्रम बढे पनि गुलाफमा स्वदेशी उत्पादनले नै धान्नका लागि केही वर्ष लाग्ने देखिन्छ।

गुलाफबाहेक अन्य सजावट र तिहारमा प्रयोग गरिने फूल अहिले स्वदेशमै ९० प्रतिशत उत्पादन हुन थालेकाले १० प्रतिशत मात्र भारतबाट ल्याउनुपर्ने बाध्यता छ। यसअघिका वर्षमा १८ प्रतिशत फूल भारतबाट आयात गर्नुपर्ने अवस्था थियो।

नेपाली उत्पादन र आयात गरिएको गरी गत वर्ष रु एक अर्ब ८५ करोडको फूलको कारोवार भएको थियो। तिहार र अन्य मौसममा गरी रु ११ करोड बराबरको फूल वार्षिकरूपमा विदेशबाट आयात गरिँदै आएको छ। मुख्यगरी कात्तिकदेखि फागुनसम्म विभिन्न चाडबाड र विवाहको मौसम पर्ने हुँदा फूल बढी प्रयोग हुने गरेको छ।

तिहारमा सयपत्री र प्रणय दिवसमा रातो गुलाफ आयात गर्नुपरे पनि मखमली र गोदावरी फूलमा नेपाल आत्मनिर्भर बनिसकेको अवस्था छ। अष्टे«लिया र मलेसियामा धेरै नेपाली बसोबास गर्ने गरेकाले तिहारमा ती देशमा मखमली फूल निर्यातसमेत हुन थालेको अध्यक्ष श्रेष्ठले बताए। 

मुख्यमन्त्री राई भन्छन् ‘म रचना रिमाललाई वान साइड लभ गर्छु’

वुहानमा पसेका विद्यार्थी फिर्ता ल्याउन माग गर्दै नेपालले चीनलाई पठायो पत्र

काठमाडौँ, १८ माघ । सरकारले नोवल कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानमा रहेका नेपाली विद्यार्थी फिर्ता ल्याउने प्रक्रिया अघि बढाएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले त्यसको सहजीकरणका लागि चीन सरकारलाई पत्र पठाइएको जानकारी दिए । तर फर्किएकालाई ‘आइसोलेसन’ मा राख्ने व्यवस्था नेपालले सुनिश्चित गरेपछि मात्र चीनले अनुमति दिनेछ । मन्त्री ज्ञवालीले विद्यार्थी फिर्ता ल्याएर आइसोलेसनमा राख्न केही अस्पतालमा […]

प्रतिकूल मौसमले त्रिभुवन विमानस्थलमा उडान प्रभावित

चिकित्सा शिक्षामा मेडिकल कलेजको मनोमानी : अतिरिक्त शुल्क लिन फेरि सुरु

काठमाडौं । काठमाडौं विश्वविद्यालयअन्तर्गत रहेका मेडिकल कलेजले विद्यार्थीबाट पुनः अतिरिक्त शुल्क असुल्न थालेको पाइएको छ । ती मेडिकल कलेजले मनोमानी शुल्क असुल्न थालेका हुन् । सरकारले शुल्क मापदण्ड तयार पारे पनि कार्यान्वयन गर्न मेडिकल कलेजले अटेर गर्दै आएका छन् । सरकारले तोकेको रकमबाट विद्यार्थीको सम्पूर्ण खर्च टार्न नसक्ने भन्दै मेडिकल कलेज सञ्चालकले विद्यार्थीसँग थप रकम […]

नेकपा एमसिसी कार्यदलले आज प्रतिवेदन बुझाउने

काठमाडाैँका भिडभाड बढी हुने ठाउँमा सार्वजनिक शौचालय थप गरिँने

काठमाडौँ महानगरपालिकाले सम्पदा क्षेत्र र मानिसको अत्यधिक भीड हुने स्थानलाई पहिलो प्राथमिकतामा राखेर सार्वजनिक शौचालय निर्माण गर्ने तयारी गरेको छ।

नयाँ शौचालय निर्माणसँगै सञ्चालनमा रहेका सार्वजनिक शौचालयको गुणस्तर सुधार गर्नुपर्ने, पहुँच बढाउनुपर्ने, पेट्रोल पम्पलगायत सार्वजनिक सेवा प्रदायक निकाय र होटल, रेष्टुराँलगायत निजी तथा व्यावसायिक स्थान सञ्चालन भइरहेका शौचालयलाई स्तरोन्नति गरिने कामपाको उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ) ले जानकारी दिइन्।

शुक्रबार बसेको नगर कार्यपालिकाको बैठकले सामाजिक उत्तरदायित्वअन्तर्गत सार्वजनिक शौचालय निर्माणको काम अघि बढाउन उपप्रमुख श्रेष्ठलाई जिम्मेवारी दिएको छ।

चालु आर्थिक वर्षमा कामपाले सार्वजनिक शौचालय निर्माणका लागि तीन करोड विनियोजन गरेको छ। पछिल्लो समय कामपाले शहरी योजना आयोग गठन गरी सार्वजनिक शौचालय निर्माणको लागि काम अघि बढाएको जनाए पनि हालसम्ममा निर्माणको लागि ढाँचा, लागत र स्थानको अध्ययन मात्र गरेको छ।

कापमासँग सार्वजनिक निजी साझेदारीमा हुने कामका लागि छुट्टै ऐन छ। त्यस ऐनमा व्यावसायिक सार्वजनिक सामाजिक उत्तरदायित्वमा हुने कामका विषयमा व्यवस्था नभएकाले कार्यदल गठन गरेर नीति मस्यौदा गर्न कार्यदल बनाइएको उपप्रमुख खड्गीले बताइन्।

सार्वजनिक शौचालय निर्माणका लागि कामपाले विगत पाँच वर्षदेखिनै यस विषय उठान गरेको भए पनि हालसम्म निर्माणको कामले गति लिएको छैन।

निर्माणको लागि शहरी योजना आयोगसहित विभिन्न सङ्घ संस्थाले गरेको अध्ययनअनुसार मानिसको सङ्ख्याको आधारमा सार्वजनिक शौचालय अत्यन्तै कम रहेकाले निर्माणको काम शुरु गर्नुपर्ने छ।

शौचालय सञ्चालनका लागि कामपासँग जग्गा कम भए पनि विभिन्न सरकारी तथा संस्थानका जग्गा लिज वा अन्य विधिबाट प्राप्त गरी सार्वजनिक शौचालयको विस्तार गर्न पहल गरिहाल्नुपर्ने अध्ययनले देखाएको छ।

हाल कामपामा ५८ सार्वजनिक शौचालय सञ्चालनमा छन्। सञ्चालमा रहेकामध्ये २८ प्रयोगमा रहेको र तीनमा पनि सरसफाइको अभाव छ।

नेपाल आयल निगम, कर्मचारी सञ्चयकोष, खाद्यसंस्थान, सांस्कृतिक संस्थान, गुठी, त्रिभुवन विश्वविद्यालयलगायतका संस्थासँग सहकार्य गरी सार्वजनिक शौचालय निर्माण गर्न सकिने प्रतिवेदनमा उल्लेख छ।

अध्ययनअनुसर आवश्यकता हेरी ६९ स्थानमा नयाँ शौचालन निर्माण गर्न सकिने छ। निर्माणका लागि छ वटा नमूना तयार भएको छ। सबै नमूनाको अध्ययन गरी कम लागतमा निर्माण हुने र टिकाउ शौचालय निर्माण कामपाको छनोटमा रहने उपप्रमुख खड्गीले बताइन्।

अध्ययनअनुसार सार्वजनिक शौचालय निर्माणको लागि टेकु, सानेपा पुलसँगै, कालीमाटी, कलङ्की, सीतापाइला, बालाजू, माछापोखरी, गोङ्गबु, प्रहरीचौकी, महाराजगञ्ज, सुकेधारा, चाबहिल, मित्रपार्क, जयबागेश्वरी, गौशाला, तिनकुने, कोटेश्वर, नयाँबानेश्वर, बबरमहल, थापाथली, त्रिपुरेश्वर, सुन्धारा एनएसीतर्फ, जुद्ध शालिक वरपर, हनुमानढोका, जमल, लैनचौर, स्रोह्रखुट्टे र पेट्रोलपम्पमा, बल्खु तथा कुलेश्वरलगायत स्थान छनोट गरिएको छ।

कालाकाड लोकमार्ग संचालन नहुँदा मुगुको खत्याडमा दैनिक उपभोग्य वस्तुको मूल्य बढ्यो

श्रीमती भेट्न चीन पुगेका नेपाली चिकित्सक कोरोनाले अलपत्र

बेइजिङ, १८ माघ । चीन घुम्न आएका शल्य चिकित्सक समीर भट्टराई कोरोना भाइरसको सबैभन्दा प्रभावित क्षेत्र हुपेईमा अलपत्र परेका छन्। चीनले हुपेई प्रान्तको सदरमुकाम उहानलाई सिल्ड गरेपछि उनी नेपाल फर्किन नपाउने भएका हुन्। झापाको दमकस्थित लाइफलाइन अस्पतालका शल्य चिकित्सक उनी डिसेम्बर १० मा सात वर्षीया छोरी स्मारिकालाई लिएर चीन घुम्न आएका थिए। डा. भट्टराईको फर्किने […]

छिमेकीको घरमा विवाह हेर्न गएका बालक पोखरीमा मृत भेटिए

प्रदेश २ का छोरी जन्मिँदै ‘तीन लखिया’

जनकपुरधाम । प्रदेश २ मा छोरीहरु जन्मिँदै अब तीन लखिया हुने भएका छन्। प्रदेश सरकारले ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान अन्तर्गतको छोरी शिक्षा बीमाको रकम तीन लाख पुर्‍याएको छ। २०७५ माघ १ पछि प्रदेशका आठै जिल्लामा जन्मेका छोरीहरुको १ लाखको शिक्षा बिमा गर्ने घोषणा गरेको सरकारले सो रकमलाई अर्को वर्षमा तेब्बर बनाएको छ। शुक्रबार बसेको […]

११ वर्ष अघि मलेशियामा पुगेका लालबहादुर उतै हराए; आँसुमा डुब्यो परिवार

बिहानै नेपाल प्रवेश गर्‍यो पश्चिमी निम्न चापीय प्रणाली

आज (शनिबार) बिहानै नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी निम्न चापीय प्रणाली प्रवेश गरेको छ।

जसको प्रभावले अहिले पश्चिम र मध्य क्षेत्रका पहाडी भेगमा मौसम आंशिकदेखि सामान्यसम्म बदली गराएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखका मौसमविद् समीर श्रेष्ठका अनुसार यो कमजोर खालको प्रणाली भएकाले मौमस बदली देशभर नै गराए पनि पानी भने पश्चिम र मध्य क्षेत्रका पहाडी क्षेत्रमा मात्र पर्ने सम्भावना छ।

‘यो कमजोर खालको प्रणाली हो र यो आज एकदिन मात्र रहनेछ,’ मौमसविद् श्रेष्ठले शनिबार बिहान नेपालखबरसँग भने, ‘यसले पश्चिम र मध्य क्षेत्रका केही स्थानमा दिउँसो हल्का वर्षा गराउने देखिन्छ। पश्चिमका एक÷दुई स्थानमा भने राति पनि हल्का वर्षा हुने सम्भावना छ।’

साथै पश्चिम र मध्ये क्षेत्रकै उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना पनि रहेको उनले जानकारी दिए।

मौसम महाशाखाले शनिबार बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ :
तराईका केही स्थानहरुमा हुस्सुरकुहिरोका कारण घाम राम्रोसँग नलाग्ने भएकाले चिसोबाट बच्ने उपाय अपनाउनु हुन अनुरोध छ। साथै पहाडी भूभागमा हल्का वर्षा र उच्च पहाडी र हिमाली भूभागमा हल्का हिमपात हुने भएका कारण तापक्रममा गिरावट आउन सक्ने हुनाले सावधानी अपनाउन हुन अनुरोध छ।  

दैलेखमा चट्याङ लागेर एकजना घाइते

ओम् नम: शिवाय, आज फाल्गुन १३ गते विहिबार ( २५ फेब्रुअरी २०२१), तपाईंको राशिफल पढी शे’यर गर्नुहोला।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्या’पार व्याव’सायमा लगा’नि गरि आम्दा’निका स्रो’तहरु फरा’किला पार्न सकि’नेछ भने इच्छित चाहा’नाहरु पुरा गर्न सकिने हुँदा घर परिवारका स’दस्यहरु खुसि रहनेछन् । अध्ययन अध्या’पनमा मन जाने हुँनाले नति’जा आफै’तिर ल्या’उँन सकि’नेछ । तरपनि बिदे’शी स’मानको व्या’पारबाट मन’ग्गे धन आ’र्जन गर्न सकिनेछ । सा’झपख प्रवि’धिको प्र’योग मा’र्फत आम्दा’नीका स्रोत’हरु बढा’उँन सकिनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) समाजमा राम्रा काम गर्न सकिने हुनाले उचा’ई ब’ढ्नेछ । व्यापा’र व्या’वसायमा ल’गानि गरि म’नग्गे धन आ’र्जन गर्न सकि’नेछ भने आक’श्मिक ला’भ तथा आ’भुषण प्रा’प्तीको गति’लो योग रहेकोछ । तपाईको कार्य’कुसलताको सबैले तारि’फ गर्नेछन् । कु’टुम्ब तथा आ’फन्तबाट धन तथा सम्पति लाभ हुने ग्रह’योग रहेकोछ । मेलमि’लाप तथा भा’ईचाराको सम्ब’न्ध स्थाप’नमा त’पाईको भुमि’का महत्व’पुर्ण हुनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) पढाई लेखाईमा उ’त्कृष्ट नतिजा ल्याई ‘पुर’स्किृत हुँने समय रहेकोछ भने पा’रिवारिक जमघ’टमा सह’भागि भई स्वा’दिष्ट भो’जन भोजन ग्र’हण गर्ने अवस’र प्राप्त हुनेछ । व्या’पार व्याव’सायमा प्र’शस्त आ’म्दानि गर्न सकिनेछ भने नयाँ काम पा’उँने तथा बढु’वा हुँने योग रहेको छ । प्र’साशनिक क्षेत्रमा सा’मेल भई सामा’जिक काम गर्ने अवस’र प्राप्त हुँँने हुँदा मान सम्मान तथा ईज्ज’त प्रति’ष्ठामा बृद्धि भएर जानेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) लामो दुरि’को धा’र्मिक तथा शैक्षिक यात्राको प्रश’स्त स’म्भावना रहेको छ । पारि’वारिक माहो’लमा दिन ‘बि’त्ने तथा आफ’न्त बाट सह’योग पाईनेछ । अध्य’यन तथा अनुश’न्धानको क्षेत्रमा राम्रो प्र’गति गरि अरुलाई देखा’उन सकिनेछ । धा’र्मिक तथा सा’माजिक कार्यमा दिन बित्नेछ । प्रभाव’शालि ब्याक्तिहरु सँग भेट हुनेछ भने नयाँ योज’नाको रुपरे’खा कोरे’र फाई’दा हुँने काम अगा’डि बढाउन सकिनेछ । मान सम्मा’न तथा प्रति’ष्ठा बृद्धि भएर जानेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) शि’क्षित तथा बौद्धि’क ब्या’क्तित्वहरु सँग सहभा’गि भई आफ्नो गति’लो प्रश्तु’ति प’स्कने अवस’र प्राप्त हुनेछ भने पढा’ई लेखाईमा भनेजस्तो नति’जा हात लाग्नेछ । परि’वार तथा दिदि’बहिनिको मा’ध्याम बाट काम बन्ने’छ । व्या’पार व्या’वसायमा लगानि ब’डाउँदा राम्रो प्रति’फल प्राप्त हुनेछ । आक’स्मिक ला’भ हुने तथा बा’धा अवरो’धहरु स्वत ह’टेर जानेछन् । माया प्रेम’मा सा’मिप्यता बढेर जानुका साथै भौ’तिक स’म्पति तथा स’वारि सा’धन प्राप्ति’को योग रहेको छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) पढाई लेखाईमा ख’र्चिएको सम’यबाट भनेजस्तो नति’जा हात लाग्ने हुनाले मन प्र’शन्न रहनेछ । माया प्रेमको गा’ठो क’सिनेछ भने घर प’रिवार तथा आफन्त’सँगको सम्बन्धमा सु’धार भएर जानेछ । भौ’तिक स’म्पति तथा सवा’रि सा’धन प्रा’प्तीको योग रहेकोछ भने बि’लाशी बस्तुको प्रयोग मार्फत अरुको मन आ’फुतिर लोभ्या’उन सकि’नेछ । सा’भपख गो’प्य यो’जनाहरु सार्व’जनिक न’गर्नु नै उ’चित हुनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) आफ’न्त तथा मा’वलि पक्षबाट हरेक क्षेत्रमा सह’योग तथा स’मर्थन पाईने यो’ग रहेकोछ । न्याल’यबाट हुँने न्यायि’क नि’र्णयहरु तपाईकै प’क्षमा हुँने हुँनाले खु’सिले उचाई नाघ्नेछ । बि’द्या तथा प्रति’श्पर्धामा प्रतिश्प’र्धिहरुलाई कि’नारा लगाउँदै न’तिजा आफ्नो पो’ल्टोमा पार्न सकिनेछ । स’त्रु प’रास्त हुनेछन् भने व्या’पार व्याव’सायमा प्रश’स्त आ’म्दानि हुनेछ । पुरा’ना ऋ’ण,रो’ग तथा स’त्रुबाट छु’ट्करा पाईने हुँनाले मन प्र’शन्न हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) भोग’बिला’सका सामानहरु प्राप्त हुनेछन् भने आक’स्मिक ध’न तथा स’म्पति लाभहुँने यो’ग रहेकोछ । अध्ययन अध्या’पनको क्षेत्रमा भनेजस्तो प्रग’ति हुँने हुँदा आफन्त तथा गुरुव’र्गहरु खुसि हुनेछन् । सन्तान तथा आफन्तहरुले तपाईले शुरु गरेको व्यापार व्या’वसायमा साथ तथा सम’र्थन दिनेछन् । माया प्रे’ममा रमाउँन चाहनेहरुका लागि आजको समय उ’त्तम रहेकोछ । खान’पानमा ध्या’न दिनुहोला सामा’न्य स्वास्थ्य सम्बन्धि सम’स्या आउँन सक्छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आमा वा आमा सोसरहका मानिसको स’ल्लाह तथा सुझा’बलाई शि’रोधार्य गर्दै अगाडि बढ्न सके उपल’ब्धि हुँने काम गर्न सकिनेछ । कृषि तथा पशु’पान ‘व्याव’सायमा लगानि ब’ढाई मन’ग्गे आ’म्दानि गर्न सकिने’छ भने पढाई लेखाईमा अरुदिन भन्दा बढि समय दिन सक्दा सफ’लता हात लाग्नेछ । साझ’पख प्रेम प्रश’ङगमा खुले’र रम्ने समय रहेकोछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) दाजुभाई तथा छि’मेकिसँग मिलेर गरिने व्यापार व्या’वसाय फस्टा’एर जाने हुँनाले आ’र्थिक रुपमा एक कद’म अगाडि बढ्न सकि’नेछ । छो’टो दु’रिको उप’लब्धिमुलक यात्रा’को त’य गर्न सकिनेछ । खो’ज तथा अनु’शन्धानको क्षेत्रमा मन जाने हुँनाले परिणा’ममुखि नति’जा ल्याउँन सकिनेछ । न्या’यिक निर्णयहरु तपाईकै प’क्षमा आउँने छन् बिवा’दित बिषय’हरु स’माधान भएर जानेछन् । माया प्रेममा र’माउँने चाहने हरुका लागि समयले साथ दिनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) अ’ध्ययनमा तपाईले दिएको सम’यबाट भनेजस्तो नति’जा हात लगाउँन सकिनेछ । बो’लीको प्र’भाव बढ्ने हुँनाले बोलैरै राम्रा तथा उपल’ब्धिमुलक कामहरु गर्न सकिनेछ । माया प्रे’मको डो’रो कसि’लो भएर जाने तथा जीवन सथिको सहयो’गले अगाडि बढ्न मद्दत गर्नेछ । पारि’वारिक तथा सां’गितिक माहो’लमा जमघ’ट भई मिष्टान्न भो’जन ग्र’हण गर्ने अव’सर जुर्ने’छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) तपाईको बिरु’द्ध नका’रात्मक कै’चि चला’उनेहरु आफै कि’नारा लाग्नेछन् । कुनै प्रति’ष्पर्धामा प्रति’ष्पर्धिहरुलाई पछि छो’ड्दै’ तपाईनै अग्र ‘स्थानमा आउनु हुनेछ । राजनिति तथा समाजसेवामा लामो समय देखि समय दिनुहएकोछ भने पद प्राप्तीको गति’लो योग रहेकोछ । नया प्रकृतिका बिला’शी तथा फे’न्सि सामानको प्रयोग मार्फत अरुको मन आ’फुतिर आकर्षि’त गर्न सकिनेछ ।

खाडीको यो मुलुकले गर्यो नेपाललाई कोभिड संक्रमणको खतराको सूचीबाट हटाउने निर्णय

फेसबुक, ट्वीटर, युट्युवलगायत सामाजिक सञ्जालमा विज्ञापन गर्न नपाइने

काठमाडौं / अबदेखि फेसबुक, ट्वीटर, युट्युव, इन्टरनेट जस्ता सामाजिक सञ्जालमा विज्ञापन नपाइने भएको छ । यसरी विज्ञापन गरेर अनौपचारिक रुपमा विदेशमा पैसा पठाइएकाले तत्काल नरोकिएको कारवाही गरिने राष्ट्र बैंकले बताएको छ । यस्तो कार्य गैरकानुनी भएको भन्दै कसैले यस्ता माध्यममा विज्ञापन गरेमा कारबाही गर्ने केन्द्रीय बैंकले शुक्रबार सूचना जारी गर्दै जानकारी गराएको हो ।

सामाजिक सञ्जालमा विज्ञापन गरी अनौपचारिक माध्यमबाट विदेशमा भुक्तानी पठाउने र विदेशबाट त्यसरी रकम प्राप्त गर्ने कार्य गैरकानुनी भएको राष्ट्र बैंकको भनाई छ । विशेषगरी सामाजिक सञ्जालमार्फत बैंक, वित्तीय संस्था, होटल रेष्टुराँ लगायत अन्य कर्पोरेट संस्थाले विज्ञापन गर्दै आएका छन् ।

यसबाट सरकारले प्राप्त गर्ने अरबौं रुपैयाँ राजस्वसमेत गुमेको अनुमान हुँदै आएको छ । यसरी गरिने विज्ञापनका लागि राष्ट्र बैंकले सटही सुविधा दिंदैन । यसर्थ, यो गैरकानुनी कार्य भएको राष्ट्र बैंकको भनाई छ । यसरी विज्ञापन गर्दा मुद्रा अपचलनको कारवाही समेत हुन सक्ने देखिएको छ ।

The post फेसबुक, ट्वीटर, युट्युवलगायत सामाजिक सञ्जालमा विज्ञापन गर्न नपाइने appeared first on Purbeli News.

बाग्लुङका गोठ गोठमै आउन थाले दूध किन्ने ग्राहकहरु

चीनबाट कोही पनि विदेशी मङ्गोलिया आउन नपाउने

उल्लान्बातार, १७ माघ । कुनै पनि चिनियाँ नागरिक तथा अन्य देशका नागरिकलाई चीनबाट आफ्नो देशमा आउन मङ्गोलियाले प्रतिबन्ध लगाएको छ । मङ्गोलियाले चीन हुँदै विमान, रेल वा सडक यातायात मार्फत् आफ्नो देशमा भित्रिन नपाइने व्यवस्था गरिएको शुक्रबार घोषणा गरेको छ । विनाशकारी कोरोना भाइरसका कारण चीनमा धेरै जनाको मृत्यु भइसकेको र संसार भरी नै फैलिँदै […]

नेता र मिडिया जनताको उच्च निगरानीमा – मन्त्री बर्षमान पुन