Home Blog Page 1415

सभामुख उम्मेदवारका लागि कांग्रेसले अग्नि सापकोटाविरूद्ध पुष्पा भुषाललाई उठाउने

काठमाडौँ, ६ माघ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सभामुख निर्वाचनमा पार्टीबाट पुष्पा भुषाललाई सभामुखमा उठाउने तयारी गरेको छ। भुषाल कांंग्रेसकी केन्द्रीय सदस्य एबं सचेतक हुन्। नेकपाले आइतवार स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटालाई सभामुख उम्मेदवार बनाउने निर्णय गरेपछि कांग्रेसले पनि आफ्नातर्फबाट उम्मेदवारका रूपमा सांसद पुष्पा भुषाललाई उठाउने गृहकार्य सुरू गरेको छ। रिक्त सभामुख पदका लागि आज […]

बागलुङमा ट्याक्टर खस्यो, तीनको मृत्यु

आफ्नो उपचार खर्च बेहोर्ने स्वार्थ समूहको हितमा नीतिगत निर्णय गर्नु भ्रष्टाचार हो : नेता श्रेष्ठ

ललितपुर, ६ माघ । समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले आफ्नो विदेश भ्रमण र उपचार खर्च बेहोर्ने स्वार्थ समूहको हीतमा नीतिगत निर्णय गर्नु भ्रष्टाचार भएको बताएका छन् । उनले भने, ‘सरकारले गरेको नीतिगत भ्रष्टाचार पत्ता लगाउन फाइल पल्टाएर मात्र पुग्दैन, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षहरूको विदेश भ्रमणको बिजनेस क्लासको टिकेट, तारे होटलको बिल र […]

सिनेटबाट ट्रम्पलाई महाअभियोगमा सफाइ, राष्ट्रपति पदबाट हट्नु नपर्ने

बर्दी र गैरबर्दीबीच भावनात्मक सम्बन्ध प्रगाढ नबन्दा अपराध बढ्याे : डिआइजी अर्याल

घनश्याम मिश्र जनकपुरधाम, ६ माघ । प्रदेश २ का सशस्त्र प्रहरी प्रमुख डिआइजी राजु अर्यालले प्रहरी र नागरिकबीच भावनात्मक सम्बन्ध बढाएर भ्रष्टाचार र अपराध न्युनीकरण गर्न सकिने बताएका छन्। आइतबार धनुषाको जनकन्नदनी गाउँपालिका- १ इनर्वा रेलवे स्टेसनस्थित बोर्डर अफ पोस्ट (बिओपी) कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले बर्दी र गैरबर्दी (नागरिक) बीचको सम्बन्ध सुदृढीकरणमा जोड […]

विश्व बैंकद्वारा नेपाललाई २२ अर्ब ८२ करोड ऋण सहयोग

पत्रकारमाथि कुटपिट गर्नेलाई कारबाही नभएको भन्दै आन्दोलनको घाेषणा

जनकपुरधाम, ६ माघ । पत्रकारहरुमाथि कुटपिट गर्नेहरुलाई कारबाही नभएको भन्दै नेपाल पत्रकार महासंघ धनुषा शाखाले आन्दोलनको घाेषणा गरको छ । आइतबार नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का महासचिव किरण कुमार मतोको संयोजकत्वमा संघर्ष समिति गठन गरी आन्दोलनको घोषणा गरेको हो । गएको पुस २२ गते जनकपुरधाम उपमहानगरपालिका कार्यालयमा जानकी मन्दिरको फुलबारी अतिक्रमण विषयमा मेयर […]

के कोरोनाबारे चीनले दिएको जानकारी पत्याउन सकिन्छ ?

मनाङ मर्स्याङ्दी क्लबको मुख्य प्रायोजक बन्यो आयल निगम

नेपाल आयल निगमले मनाङ मर्स्याङ्दी फुटबल क्लबलाई मुख्य प्रायोजन गर्ने भएको छ।

काठमाडौंमा सोमबार भएको पत्रकार सम्मेलनमा निगम र मनाङबीच सम्झौता भएको हो।

सम्झौतापत्रमा क्लबका अध्यक्ष छिनी उर्गेन गुरुङ र निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले हस्ताक्षर गरे। प्रायोजनबापत निगमले मनाङलाई ३५ लाख रुपैयाँ दिनेछ। सम्झौताअनुसार अब मनाङको नाम नेपाल आयल निगम मनाङ मस्र्याङ्दी हुनेछ।

निगमले १ वर्षका लागि मनाङलाई प्रायोजन गरेको क्लबका अध्यक्ष गुरुङले जानकारी दिए।

तीन दिन बदलीसँगै वर्षा हुने

‘नेपाली गोर्खा सैनिकको अटुट सम्बन्धले जोड्दै नेपाल–भारत’

नेपालस्थित भारतीय दूतावासका कार्यवाहक राजदूत डा. अजय कुमारले नेपाल र भारतलाई जोड्ने नेपाली गोर्खा सैनिकको अटुट सम्बन्धको चर्चा गर्दै उनीहरुको निःस्वार्थ सेवाभाव तथा त्यागप्रति कृतज्ञता व्यक्त गरेका छन्।

७२औं भारतीय सेना दिवसको अवसरमा आइतबार नेपालस्थित भारतीय दूतावासले आयोजना गरेको कार्यक्रममा सो धारणा व्यक्त गरिएको हो।

सोही कार्यक्रममा भारतीय सेनाका मानार्थ महारथी तथा सुकीर्तिमय राष्ट्रदीपबाट सम्मानित नेपाली सेनाका प्रधान सेनापति महारथी पूर्णचन्द्र थापा प्रमुख अतिथिका रुपमा उपस्थित थिए।

कुमारले अवकाश प्राप्त पेन्सनवाला भारतीय सैनिक र नेपालमा बसोबास गरिरहेका उनीहरुका परिवारको सेवाका साथै उनीहरुको स्वास्थ्य तथा सुविधाको हेरचाह गर्ने प्रतिबद्घता व्यक्त गरेका थिए।

प्रधान सेनापति थापाले दुई देशका सेनाबीच रहेको उत्कृष्ट सम्बन्ध र सहकार्य नेपाल भारतबीच रहेको सुमधुर सम्बन्धको उदाहरणको रुपमा रहेकोे बताए।

कार्यक्रममा नेपाली सेनाका प्रधान सेनापति र भारतीय दूतावासका कार्यवाहक राजदूतले भारतीय सेनाका वीरता पुरस्कार विजेता गोर्खा सैनिकहरुलाई सम्मान गरेका थिए।

प्रदेशको नाम पहिचानका आधारमा राख्न माग गर्दै मुख्यमन्त्री र सभामुखलाई ज्ञापन

भ्रष्ट्राचार गरेरै अफ्रिकाको धनी महिला बनिन् सान्तोस

यी महिलाले कसरी आफ्नो देश एङ्गोलामा दोहन र भ्रष्टाचार गरेर अकुत सम्पत्ति आर्जन गर्न सफल भइन् भन्ने सम्बन्धका दस्तावेजहरू बीबीसीले हेर्न पाएको जनाएको छ।

चुहावट ती दस्तावेज अनुसार एसाबेल डोस सान्तोसलाई उनका पिता एङगोलाका राष्ट्रपति हुँदा देशभित्र हुने कारोबारहरूमा सहभागी गराइएको थियो। त्यसै क्रममा उनले धेरै सम्पत्ति आर्जन गरेकी थिइन्।

एङ्गोलाका विगतमा भएका कारोबारहरूबारे चुहिएका ती दस्तावेजहरूले एसाबेल डोस सान्टोस र उनका श्रीमानलाई विभिन्न शङ्कास्पद कारोबारमा संलग्न गराई मूल्यवान् सरकारी सम्पत्ति खरिद गर्न दिइएको खुलासा भएको छ।

हीरा र विभिन्न बहुमूल्य खनिजहरूमा धनी एङ्गोला दक्षिणी अफ्रिकामा अवस्थित छ।

त्यहाँ एसाबेल डोस सान्तोसलाई उनका पिता एङ्गोलाका पूर्व राष्ट्रपति जजे इदुआर्दो डोस् सान्टोस सत्तामा रहँदा एङ्गोलाको जमिन, हीरा, तेल र टेलिकमका प्रमुख व्यापारिक कारोबारहरूमा कसरी सहभागी गराइयो भन्ने खुलासा एक नयाँ अनुसन्धानले गरेको छ।

खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय संस्था इन्टरन्याशनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नलिस्ट्सले त्यो अनुसन्धान गरेको हो।

उदाहरणको लागि एङ्गोलाको सरकारी स्वामित्वको तेल कम्पनी सोनागोलसँग सम्बन्धित एक कारोबारबाट मात्र उनलाई पौने एक अर्ब युरो प्राप्त भएको खुलासा त्यो अनुसन्धानले गरेको छ।

तर डोस सान्टोसले आफू विरुद्धको आरोप पूरै झूटो भएको बताएकी छिन्।

सामाजिक सञ्जाल ट्विटरमा एक सन्देश लेख्दै उनले त्यो अनुसन्धान झूटो दस्तावेज र झूटो जानकारीमा आधारित भएको बताएकी छन्।

उनले त्यो अनुसन्धान एङ्गोलाको सरकारसँगको मिलेमतोमा गरिएको र त्यो राजनीतिक उद्देश्यले अभिप्रेरित भएको बताइन्।

पूर्व राष्ट्रपतिकी छोरी डोस सान्तोसले ब्रिटेनलाई आफ्नो घर बनाएकी छन् र मध्य लन्डनका केही महङ्गा घरजग्गा उनको स्वामित्वमा छन्।

उनीविरुद्ध एङ्गोलामा फौजदारी अनुसन्धान जारी छ र त्यसक्रममा उनको त्यहाँको सम्पत्ति रोक्का गरिएको छ।

अहिले उनको व्यवसायिक साम्राज्य बारेका सात लाख वटा भन्दा बढी दस्तावेज बीबीसीलाई उपलब्ध गराइएको छ।

ती दस्तावेजहरू ब्रिटेनको गार्डियन र पोर्चुगलको एक्सप्रेसो समाचारपत्रसहित ३७ वटा सञ्चार संस्थाहरूले अनुसन्धान गरेका छन्।

भ्रष्टाचार निगरानी गर्ने संस्था करप्सन वाचका प्रमुख एन्ड्रु फाइस्टाइनका विचारमा ती दस्तावेजहरूले एसाबेल डोस सान्तोसले एङ्गोलाका सर्वसाधारणको अहित हुने गरी कसरी आफ्नो देशलाई दोहन गरिन् भन्ने प्रस्ट पारेको बताए। बीबीसी

गच्छदारलाई मुद्दा लगाएपछि संसदमा कांग्रेसको अवरोध

६ बुँदे घोषणापत्र जारी गर्दै सकियो अनेसासको च्याप्टर सम्मेलन

जापान । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को तेस्रो च्याप्टर सम्मेलन ६ बुँदे टोकियो घोषणापत्र जारी गर्दै सकिएको छ ।

टोकियोको सिन्जुकुमा तीन दिनसम्म चलेको सम्मेलनले आन्तरिक कमजोरी सुधार गर्ने प्रतिबद्धतासहित घोषणापत्र जारी गरेको हो । सम्मेलनमा केन्द्र र च्याप्टरबीचको सम्बन्धमा रहेका कमजोरीहरूलाई पनि निकास दिइएको छ ।

सम्मेलनमा ९ देशका १७ च्याप्टरका प्रतिनिधि र नेपालका चर्चित साहित्यकारहरूको उपस्थिति थियो ।

केन्द्रीय कार्यसमितिको आयोजना र जापान च्याप्टरको संयोजन र व्यवस्थापनमा भएको उक्त सम्मेलनको संयोजक जापान च्याप्टरका पूर्वअध्यक्ष दीप पाठक थिए ।

पाठकको नेतृत्वमा रहेको जापान च्याप्टर (२०१७-२०१९) लाई संसारभरिका च्याप्टरहरूमध्ये उत्कृष्ट कार्य सम्पादन गरेबापत विशिष्ट च्याप्टर पुरस्कार प्रदान गरिएको थियो ।

जापान च्याप्टरले प्राप्त गरेको उक्त पुरस्कार प्रमुख अतिथि तथा जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले प्रदान गरेकी थिइन् ।

प्रमुख अतिथि राजदूत राणाले विदेशी भूमिमा नेपाली भाषा र साहित्यको उन्नयन र विकासमा अनेसासले गरेको योगदानको खुलेर प्रशंसा गर्दै यस कार्यमा दूतावास परिवार सहकार्य गर्न तयार रहेको बताइन् ।

कार्यक्रमलाई गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष भवन भट्टले सम्बोधन गर्दै प्रवासमा बढ्दै गएको साहित्य चेतलाई अनेसासले सङ्गठित गरेकोमा हर्ष प्रकट गरेका थए ।

एनआरएनए आईसीसीका कोषाध्यक्ष महेशकुमार श्रेष्ठले जापानमा रहेका नेपालीहरूको साहित्यप्रतिको लगावले आफू प्रभावित भएको बताए ।

सम्मेलनमा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक तथा साहित्यकार महेश पौड्यालले कार्यपत्र र ५० भन्दा बढी कविहरूले कविता वाचन गरेका थिए । यस्तै दर्जन बढि पुस्तकहरु विमोचन गरिएको थियो ।

पौड्यालले प्रस्तुत गरेको कार्यपत्रलाई नेपाली भाषामा स्नातकोत्तर गरेका जापानी नागरिक हारुहितो नोजु र पत्रकार भूषण घिमिरेले टिप्पणी गरेका थिए ।

प्रदेशमा जैविक अनुसन्धान केन्द्र खोल्न प्रदेश सरकार तयार : मुख्यमन्त्री राई

सुक्खा बन्दरगाह निर्माणको आशा फेरि पलायो

बाँके, ६ माघ । बाँके जिल्लाको नेपाल–भारत सीमा क्षेत्रमा सुक्खा बन्दरगाह (इन्ट्रिग्रेटेड कष्टम चेकपोष्ट) निर्माणको काम अगाडि बढ्ने भएको छ । झण्डै नौ वर्षको पर्खाइपछि बन्दरगाह निर्माणको काम अघि बढ्ने भएको हो । बन्दरगाह निर्माणका लागि बोलपत्र आह्वान भइसकेको सङ्घीय आयोजना कार्यान्वयन एकाइ नेपालगञ्जका इञ्जिनीयर होमनाथ भुसालले बताउनुभयो । बाँके जिल्लाको नेपाल–भारत सीमा क्षेत्रमा सुक्खा […]

‘बगैँचामा थरिथरिका’ नामक नेपाली बालगीत सार्वजनिक (भिडियो सहित)

पाकेको भात डल्ला पारेर उफार्दा प्लाष्टिकजस्तै उफ्रिएपछि…

सुवास शर्मा लामिछाने कुश्मा, ६ माघ । पर्वतको कुश्मा नगरपालिका वडा नम्बर ५ स्थित मेलमिलाप चोकमा रहेको स्थानिय प्रेम जैशी लामिछानेकाे घरमा पकाएको भात शंकास्पद देखिएकाे छ । पात पकाएर डल्लाे पारेर उफार्दा बल जसरी उफ्रिएपछि स्थानीय संशकित भएका छन् । गणेश खाद्य उद्योग पुरानो पर्सा बजार चितवनले उत्पादन गरेको जीरा मसिनो चामलको भात बल […]

कर्णाली प्रदेश :  जगदुल्ला र अपर पराजुली खोलामा शेयर लगानी गर्ने निर्णय